दाङ, २२ मंसिर
घोराही उपमहानगरपालिकाले अटो रिक्सा सञ्चालनमा कडाई गरेको छ । अटो रिक्साहरुले मनपरि भाडा असुलेको, जहाँतही पार्किङ गर्ने गरेको, रुट परमिट विनै चलेको, दर्ता बिनै चलेको लगाएका गुनासो आए पछि उपमहानगरको अटो रिक्सा व्यवस्थापन समितिको बैठकले विभिन्न निर्णय गरेको हो ।
जस अनुसार २०७५ साल कार्तिक ११ गते देखी लागु भएको भाडादरलाई तीन दिन भित्र अनिवार्यरुपमा अटो रिक्सामा टाँस्नु पर्ने र सोही अनुसार भाडा लिनु पर्ने निर्णय गरेको छ ।
त्यसैगरी, २०७६ साल मंसिर २२ गते सम्म घोराही उपमहानगर भित्र रोड परमिट लिएका अटो रिक्सालाई उपमहानगरमा १५ दिन भित्र दर्ता गर्नु पर्ने समेत निर्णय भएको छ ।
अटो रिक्सा व्यवस्थापन समितिका संयोजक एवं नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेको अध्यक्षतामा बसेको बैठकले अटो रिक्सा दर्ता गर्दा अनिवार्य प्रालीमा दर्ता भएर आउनु पर्ने, नगर क्षेत्रमा सञ्चालन गर्न अनिवार्य रुट परमिट लिएको हुनुपर्ने र अन्य क्षेत्रका लागि रुट परमिट लिएकालाई पूर्णरुपमा नगर क्षेत्रमा रोक लगाउने निर्णय गरेको छ ।
साथै तोकिएका भन्दा बढी भाडा असुल गरे पहिलो पटकलाई एक सय रुपैयाँ र पार्किङ स्थल भन्दा अनेत्र पार्किङ गरे एक सय रुपैयाँ जरिवाना गर्ने निर्णय भएको राजस्व शाखा प्रमुख कृष्ण कुमार के.सी. ले जानकारी दिनुभएको छ ।
सोसल मिडियामा शेयर