उमेश कुशवाहा, बिरगंज पौष १४
केही दिन देखी जसको मुखमा पनि जून काम गर्ने जादा बिरगंज महानगरपालिकामा रुपैया (घुस) नदीन काम नभईरहेको छ भने चौक चौराहा,खाजा पसल,चिया पसलमा चर्चाको बिषय बनेको छ। तर आज हेटौंडाबाट खटीएको टोलीले एउटा माछालाई पक्राउ गर्न सफल भएको छ।
बिरगंज महानगरपालिकाका कम्प्युटर अपरेटर राकेश कुमार जैशवाललाई १५ हजार घुस रकमसहित हेटौंडाबाट खटीएको टोलीले रंगेहात पक्राउ गरेको हो।
वीरगञ्ज महानगरपालिका -१८ मा सडक बनाएर रकम भुक्तानी गर्ने क्रममा उनले घुस मागेको आरोपमा पक्राउ गरिएको आयोगले जनाएको छ। सोमबार बिरगंज महानगरपालीकाका टोलीले छापा मारेको थियो।