उमेश कुशवा
बिरगंज मंसिर १९
प्रदेश न.२ को बाराको बरियारपुरमा लागिरहेको गढीमाई मेलामा हालसम्म प्रहरी तथा मेला समितिले २५० जना पाकेटमार तथा सार्वजनिक अपराध गर्नेलाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये ३७ जनामाथि सार्वजनिक मुद्दा दायर गरी अनुसन्धान अघि बढाएको बाराका प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताएका छन् ।
मेला शुरू भएदेखि मङ्सिर १८ गतेसम्म विभिन्न घटनामा बारा प्रहरीले छानबीन गर्दै २५० जना भन्दा बढ़ीलाई पक्राउ गरेकामा अधिकांश अभियुक्त छिमेकी राष्ट्र भारतीय महिला रहेको बारा प्रहरीले जनाएको छ ।मेलामा गर-गहना, मोबाइल, नगद तथा बेचनको लागि राखिएको सामान चोरी बढी भएको छ भने रक्सी खाएर मेलामा महिला लाई नराम्रो शब्द प्रयोग गर्ने, वातावरण खल्बल्याउने तथा झैझगडा गर्नेलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।