गोर्खा आरुघाट बासिन्दाद्वारा आन्दोलन स्थगित

  • २२ मंसिर २०७६, आईतवार १५:४७ मा प्रकाशित
  • रम्जान “समर्पण”

    धादिङ । पछिल्लो केहि महिनादेखि बुढीगण्डकी आयोजनाबाट प्रभाबित आरुघाटवासी स्थानियले  मुआब्जा प्रति असन्तुष्टी जनाउँदै गर्दै आएको आन्दोलन स्थगित गरेका छन्  ।
    मुआब्जा प्रति असन्तुष्टीका कारण गत सोमवार देखि स्थानीयले चक्काजमा गरि आरुघाट बजार बन्द गरेका थिए तर वार्ता र छलफलको माध्यमबाट माग सम्बोधन गर्ने भन्दै केही दिनका लागी आन्दोलन स्थगित गरिएको कुरा आयोजना समिति गोरखाका संयोजक जगन्नाथ खनालले मिडियामा जानकारि दिएका छन्  ।

    ‘सर्वपक्षिय भेला बसेर स्थानीय स्तरको आन्दोलन स्थगित गरे पनि मुआब्जा पुनरावलोकन तथा जग्गा वर्गीकरणको पुर्नविचार गर्नुपर्ने माग राख्दै काठमाण्डौमा माइतीघर मण्डलामा भने आन्दोलन जारि रहेको कुरा बताएका छन् ।

    आन्दोलन स्थगित भए लगत्तै आरुघाट गाउँपालिकाको कार्यालयमा लगाइएको ताल्चा   खुलेको, बजार तथा शैक्षिक संस्थाहरु हरु खुलेका छन् भने  यातायातहरु पनि चल्न थालेका छन् ।

    बुढीगण्डकी आयोजनाबाट डुवानमा पर्ने आरुघाट लगायतका बजार क्षेत्रको प्रति आना ५० हजार देखि ७ लाख सम्म मुआब्जा तोकिएको छ । आरुघाटको जग्गालाइ दश र आर्खेतको जग्गालाइ दुइ भागमा वर्गिकरण गरिएको छ । आयोजनाले तोकेको मुआब्जा रकम र जग्गा वर्गिकरण प्रति स्थानीयले असन्तुष्टी जनाउदै निर्धारित मुआब्जा उचित नभएको भनि आएको गुनासो व्यवस्थापनका लागी गृह मन्त्रालयमा उजुरी हाल्ने निर्णय समेत गरेको छन् । उजुरीको उचित किसिमले सम्बोधन नभए जग्गा फुकुवा गर्न माग गर्ने भेलाले निर्णय गरेको छ ।

    Leave a Reply