गोरखामा बोलेरो जिप दुर्घटना, ६ जना घाइते ।

  • ११ पुष २०७६, शुक्रबार १२:०० मा प्रकाशित
  • गोरखा नगरपालिका–९ ठिगुरेस्वाँरामा वुधवार राती भएको बोलेरो जिप दुर्घटनामा चालक सहित ६ जना यात्रु घाइते भएका छन् ।
    गोरखाबाट आवुखैरेनी जाँदै गरेको ग २ च ६४९३ नम्वरको जिप अनियन्त्रित भइ सडकमा पल्टिएको हो ।
    घाइते हुनेमा चालक गोरखा नगरपालिका–९ टक्सारका गणेश चुमी मगर, अनिता गुरुङ,  रजीना थापा मगर, सन्दिप थापा मगर, कोनिकेस थापा मगर र विनिसा थापा मगर रहेको प्रहरीले जनाएको छ ।
    घाइतेहरुको जिल्ला अस्पताल गोरखामा समान्य उपचार पश्चात थप उपचारका लागी चितवन मेडिकल कलेज लगिएको थियो । उपचार पश्चात उनीहरु घर फर्केको र सबैको अवस्था सामान्य रहेको डिएसपी भेषराज रिजालले बताए ।

    गत मंगलवार पनि पालुङटार नगरपालिकामा बोलेरो जिप दुर्घटना भएको           थियो  । दुर्घटनामा परी पाँच जना घाइते भएका थिए । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना दर बढ्दो छ ।
    साभार अनलाइनगोरखा

    Leave a Reply