गजल

  • २५ मंसिर २०७६, बुधबार १६:३१ मा प्रकाशित
  • अब्दुल करिम, गोर्खा बयापानी

    पौडिएर समुद्रपार हुन सक्छ र!
    होहल्ला नहुने कुनै बजार हुन सक्छ र!

    आफ्नै हातहरुको पन्जालडाइँ गरेर
    कसैको जीतहार हुनसक्छ र!

    थोरै नाफा नि अपेक्षा नराख्ने
    त्यस्तो कुनै व्यापार हुनसक्छ र!

    कसैले पालेर नबिग्रीएको होस्
    सद्देखालको अहंकार हुन सक्छ र!

    सुखदुःख एकाकार गर्न नसक्ने
    सुखी परिवार हुन सक्छ र!

    सुर्य उदाउनासाथ अस्ताओस्
    त्यतिसारो हतार हुनसक्छ र!

    Leave a Reply