काठमाडौं – नेपाली कांग्रेसका चर्चित युवा नेता तथा सांसद गगन थापाले आगामी संसद बैठकदेखि आफूले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली सरकारसँग १–१ हिसाब माग्ने घोषणा गरेका छन् ।
नागरिक न्युज डटकमको ‘नागरिक फ्रन्टलाइन’ कार्यक्रममा अन्तर्वार्ता दिँदै सांसद थापाले आफू सांसद भएकाले आफ्नो कर्तव्य पूरा गर्न ओली सरकारसँग हिसाब माग्ने बताएका छन् ।
यसअघि समेत थापाले संसदमा ओली सरकारका कामको तथ्य र तर्कसंगत आलोचना गर्ने गरेका छन् । ओली प्रधानमन्त्री भएकै बेला समेत सांसद थापाले खनखनी गनेर हिसाब माग्ने बताएका थिए ।
कम्युनिस्ट सरकारलाई खबरदारी गर्न आफूले सदनबाट पहल गर्ने र अन्य साथीहरूले पार्टीको जिम्मेवारीबाट काम गरिरहेको समेत सांसद थापाले स्पष्ट पारेका छन् । कालापानी क्षेत्रमा भएको सीमा अतिक्रमणबारे कांग्रेस सभापति शेरबहादुर देउवाले भनेपछि प्रधानमन्त्री ओलीले सर्वपक्षीय बैठक आह्वान गरेको थापाले खुलासा गरेका छन् ।
सभार मिडियाडबली