गँदारीमा खानेपानी धारा बितरण, ३२ घरधुरी लाभान्वित

  • १५ पुष २०७६, मंगलवार १८:०७ मा प्रकाशित
  • वसन्त अनुभव-
    कमिरेचौर ,१५ पुस / दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं ४ गँदारीमा खानेपानीको धारा बितरण गरिएको छ । पिउने पानीको अभावमा सास्ती भोगेका गँदारीबासी भने घर घरमा धारा पुगे पछि यतिबेला खुसी भएका छन् । नेपाल सरकारको एक घर एक धारा भन्ने निति अनुसार गँदारी टोलमा एक घर एक धारा संचालनमा आएसँगै गँदारी टोलका ३२ घर परिवार अहिले घंण्टौ लाईनमा बसेर कुवाको पानी खानु पर्ने बाध्यता बाट मुक्त भएका छन् ।

    आज एक कार्यक्रमको आयोजना गरि उक्त खानेपानी योजनाको उद्घाटन गरिएको थियो । बंगलाचुली गाउँपालिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि भक्त बहादुर वलीले खानेपानी योजनाको उद्घाटन गर्नु भएको थियो । बंगलाचुली गाउँपालिका वडा नं.४ का अध्यक्ष नारायण डाँगीको अध्यक्षता कार्यक्रम संचालन भएको थियो । सो अवसरमा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जनताले आभास पाउने गरी जनताकै सेवामा आफुहरु लागिरहेको बताउनु भयो । उहाँले जनताको आधारभूत आवश्यकताहरु परिपुर्तिका लागी स्थानिय सरकार जहिले पनि तत्पर रहेको बताउनु भयो ।

    बंगलाचुली गाउँपालिका वडा नं ४ का अध्यक्ष नारायण डाँगीले बंगलाचुली गा.पा.को २५ लाख रुपैयाको लागतमा उक्त खानेपानी योजना निर्माण भएको जानकारी गराउनु भयो । उहाँका अनुसार योजनाका लागि साढे चार किलोमिटर पाइपलाइन बिच्छाइएको थियो । सो अवसरमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष यमुना थापा मगर, खानेपानी डिभिजनका ईन्जिनियर तिलक न्यौपाने, नेपाल रेडक्रस सोसाइटी कमिरेचौर उपशाखा सभापती चुरामणी नेपाली, शिक्षक संगठनका सोम वली लगाएतले मन्तव्य राख्नु भएको थियो ।

    Leave a Reply