–बसन्त अनुभव-
घोराही, ३ पुस /घोराहीमा नगर स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समिति गठन गरिएको छ । प्रदेश सरकारले तय गरेको कार्यविधी अनुसार नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा खानेपानी, सरसफाई तथा स्वच्छता समिति गठन गरिएको हो ।
समितिको सदस्यमा उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत, १९ वटै वडाका अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, खानेपानी उपभोक्ता समितिबाट एक जना, सरसफाईको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाका एक जना प्रतिनिधी सदस्यमा रहने व्यवस्था गरिएको छ ।
समितिमा खानेपानी सरसफाई स्वच्छता समन्वय शाखाका प्रमुख सदस्य सचिब रहेका व्यवस्था गरिएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगी संयोजक रहेको खानेपानी तथा सरसफाई स्वच्छता कार्यदल गठन गरेको छ ।
समितिको सदस्यहरुमा मानव कल्याण तथा बाताबरण संरक्षण केन्द्र, नगर स्तरीय खानेपानी महासंघका अध्यक्ष कुलप्रसाद रजौरे, दाङ जिल्ला उद्योग बाणिज्य संघ, नारायणपुर उद्योग बाणिज्य संघ, सरसफाईको क्षेत्रमा कलम चलाउदै आउनुभएको पत्रकार गोबिन्द खड्का, हुमा डि.सी. र सदस्य सचिबमा सरसफाई व्यवस्थापन शाखा प्रमुख प्रेम के.सी. रहनुभएको छ ।
नगरलाई तीन बर्ष भित्र पूर्ण सरसफाई सँगै सबैको घरमा पानीको धारा पुरयाउने प्रदेश सरकारको सोचलाई पुरा गर्ने गरी अब काम हुने भएको छ । जस्कालागि सबै वडामा खानेपानी सरसफाई स्वच्छता समन्वय समिति गठन भैसकेको छ । अबको दुई महिना भित्र नगर भरीका घरहरुमा पुगेर गणकहरुले खानेपानी र सरसफाईको बस्तुगत अबस्था संकलन गर्ने भएका छन।
सोसल मिडियामा शेयर