किराँत समुदायको महान् पर्व उधौली, राष्ट्रपतिद्वारा शुभकामना प्रदान

  • २६ मंसिर २०७६, बिहीबार १५:३० मा प्रकाशित
  • रम्जान समर्पण

    आज 26 मंग्सिर 2019 किराँत समुदायको महान् पर्व उधौली देश बिदेशमा हरेको किराँत समुदायले बिभिन्न कार्यक्रम सहित हर्सोउल्लासको साथ मनाईरहेका छन् ।

    यसै उधौली पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले  शुभकामना व्यक्त गर्नुभएको छ ।

    नेपाल चार वर्ण छत्तिस जातको फुलबारी रहेकोमा कसैको द्विमत छैन जहाँ बिभिन्न जात जाति धर्मका आ आफ्नै बिशेषता झल्किने चार्डबाडहरु रहेका छन् । भने सम्पूर्णले आ आफ्नै तरिकोले आ आफ्नो चार्डबाड मनाउँछन् र सरकारद्वारा पनि शुभकामना आदानप्रदान हुने गर्दछ ।

    यसै क्रममा ‘नेपाल विभिन्न जातजाति र समुदायहरुको साझा फूलबारीका रुपमा रहेको छ । किराँत समुदायका उधौलीजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नका लागि महत्वपूर्ण योगदान गरेका छन्’। शुभकामना सन्देशमा भनिएको छ ।

    सन्देशमा भनिएको छ, उधौलीजस्ता चाडपर्वले ‘प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको र नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धिका साथै वातावरण संरक्षणका लागि समेत सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु’, ।

    Leave a Reply