काठमाडौं महानगरले घोषणा गर्‍यो ‘सडक मानव मुक्त’ अभियान

  • २९ मंसिर २०७६, आईतवार १७:४४ मा प्रकाशित
  • २९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक मानवमुक्त सहर अभियान घोषणा गरेको छ । काठमाडौंलाई सडक मानव मुक्त बनाउनका लागि भन्दै ३ महिने अभियान घोषणा गरिएको हो ।

    महानगरको २५ औं वार्षिकोत्सवका अवसरमा आइतबार बसन्तपुरमा आयोजित समारोहमा महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले अभियानको घोषणा गरे । यो अभियान ३ महिनासम्म चल्नेछ ।

    बेसहराहरुलाई आश्रय दिदै आएको मानव सेवा आश्रमको सहयोगमा अभियान सुरु गरिएको हो । ३ महिनासम्म अभियान चलाइने र त्यसपछि महानगरलाई सडक मानवमुक्त महानगर घोषणा गरिने मेयर शाक्यले बताए ।

    सडक मानवमुक्त बनाउन सबै पक्षसँग सहयोगका लागि उनले अपिल समेत गरे । ‘सडकमा कोहि बेसहरा देख्नु भयो भने तत्कालै सम्पर्क गर्नुहोस, यो अभियानमा सबैको सहयोग आवश्यक छ’ उनले भने, ‘सञ्चारकर्मीको त यसमा झन ठूलो भूमिका छ, सहयोग गर्नुहुन म आग्रह गर्न चाहन्छु ।’

    साबार अनलाईनखबर

    Leave a Reply