
बाके को बैजनाथ गाउँ पालिका ८ टिटिहिरिया बर्गदी निवासी बर्ष ५० का गोरख बहादुर बुढा मगर गत बर्ष असोज २९ गते आफ्नै घरमा करेन्ट लागेर घाईते हुनुभएका बुढा अझैसम्म पुर्नरूपमा निको भएका छैनन् ।बुढा परिवार को गुनासो छ कि स्थानीय सरकार बाट मात्र दुई हजार ५ सय सहयोग पायौं ।औसधि उपचारमा ५ लाख खर्च भयो सबै रिन नै लिएका छौँ ।जग्गा पनि थोरै घर बास मात्र छ । औषधि सकिएको छ मल्लम मात्र लगाउने गरेको छु। किस्ता आउछ तिर्ने उपाय छैन ।

यसरी पीडित परिवार लाई बाबा विश्वकर्मा सेवा समाज नेपाल द्वारा सोमबार रु ६ हजार १ सय नगत सहयोग हस्तान्तरण गरि सेवा समाजले आफ्नो कार्य थालनी का साथै पुर्न पदाधिकारी चयन गरि समिती लाई पुर्नता दिएको छ। बाबा विश्वकर्मा सेवा समाज नेपाल को तदर्थ समितिको अध्यक्षमा मोहन विश्वकर्मा वरिष्ठ उपाध्यक्ष गौसरा सुनार महासचिव शेर बहादुर विश्वकर्मा सचिब भिमकला सुनार दलामी कोषाध्यक्ष उशा सुनार वरिष्ठ सदस्य शेर बहादुर सुनार र पानसरा सुनार सदस्य सदस्य दिलमाया सुनार सुरेन्द्र बि क लगाएत १३ सदस्य समिती गठन गरिएको सरक्षक सुरेस विश्वकर्माले जानकारी दिनु भयो।
साभार :- बैजनाथ दैनिक