गोरखा ! जाडोको समय सुरु हुदै गर्दा एनआरएनद्वारा निर्मित लाप्राक एकीकृत बस्ती पनि हिउँले ढाकेको छ ।
यसै सँगै गोरखाको उत्तरी भुभागमा हिमपात शुरु भएको छ । सामागाउँ, साम्दो, लार्के, छेकम्पार लगायतका क्षेत्रमा विहीवार राती देखि लगातार हिमपात भएको छ ।
चिसोको अधिकतम वृद्धिले एनआरएनए द्वारा निर्मित लाप्राकको एकीकृत नमूना वस्ती गुप्सीपाखामा पनि हिउँ परेको छ । नमुना बस्तीका सबै घरहरु हिउँले ढाकिएर सेताम्य देखिएको छ ।
हिउँ परेपछि खेतिपाती राम्रो हुने भन्दै स्थानीय खुशी छन् । अहिले स्थानीयले जौ, गहुँलगायतका खाद्यान्न बाली लगाएका छन् । आलु लगाउने तयारी उनीहरुको छ । हिउँ परेसँगै चिसो बढेको छ ।
हिउँ परेर झन् धेरै चिसो बडे पछि स्थानीयको जनजीवन भने कष्टकर बनेको छ । दैनिक कामकाजका लागी स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । उनीहरु आगो तापेर घरभित्रै बसेका छन् । जिल्लाको तल्लो भेगमा पनि लगातार बर्षा भइरहेको छ ।