काठमाडौं (जस ) गैरआवासीय नेपाली संघ एनआरएनएले अन्तर्राष्ट्रिय कार्यसमितिमा सदस्य, मानार्थ सदस्य मनोनित गरेको छ । संघका प्रवक्ता डिबी क्षेत्रीले बैठकले अन्तर्राष्ट्रिय कार्यसमितिका सदस्य, मानार्थ सदस्य मनोनित गरेको र विभिन्न विभागीय जिम्मेवारी समेत तोकेको बताए ।
संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा साइवर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विदेशस्थित नेपाली दूतावाससँग सहकार्य गरी कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ । यसका लागि सबै राष्ट्रिय समितिलाई निर्देशन दिइएको संघका प्रवक्ता क्षेत्रीले बताए । क्षेत्रिकाअनुसार संघको कार्यसमितिमा २१ जना नयाँ सदस्यहरु मनोनित गरिएको छ ।
मनोनित हुने सदस्यहरुमा अमेरिका क्षेत्रबाट पासाङ्ग लामा, पुरुषोत्तम बोहोरा, डा.हरि दाहाल, डा. विष्णुमाया परियार, यमुना भट्टराई र प्रमोद सिटौला छानिएका छन् ।
युरोप क्षेत्रबाट रामशरण सिम्खडा, भक्त गुरुङ्ग, अनुजा प्रधान, प्रेम पाेमु र गुणराज शर्मा रहेका छन् । अष्ट्रेलिया क्षेत्रबाट डा. बिनोद श्रेष्ठ, डा. बसुन्धरा भट्टराई र दुर्गा आचार्य मनोनित भएका छन् ।
मध्यपूर्वबाट अब्दुल वासिद, नविन पौडेल र यास्मिन वेगम चयन भएका छन् भने एशिया क्षेत्रबाट नारायण प्रसाद सुवेदी, इन्दिरा सुजुकी, दासुराम पराजुली र शान्ति अधिकारी संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । मनोनयनमा परेका २१ जना सदस्य मध्य सबैजसो संघको जिम्मेवारी अहिलेसम्म नलिएका र संघको काम नगरेकाहरु रहेका छन ।
धेरै त राजनैतिक पार्टीका क्रियासील सदस्य र पदिय जिम्मेवारीमा बहाल नै रहेका व्यक्तिसमेत रहेका छन । यो निर्णय सार्बजनिक भएसँगै संघमा आन्तरिक बिबाद बढेर गएको छ । अध्यक्ष पन्तले आफु र आफ्ना गुटका केहि एनसिसि सदस्य नै नभएकालाई पनि आईसिसि सदस्य मनोनित गरेपछि बिबाद सार्बजनिक भएको हो । एनआरएनए अभियानमा योगदान गरेका व्यक्ति भन्दा आफ्ना नजिकका मान्छेलाई आईसिसि सदस्य बनाईयो यो हास्यास्पद निर्णय हो एक एनआरएनए अभियन्ताले जनसवाल लाई बताए ।
५१ सदस्यीय मानार्थ परिषद सदस्यकाे नामावलि
शनिबार नै बसेको बैठकले ५१ सदस्सिय मानार्थ परिषद समेत मनोनित गरेको छ । ५१ सदस्यीय मानार्थ परिषद सदस्यमा- धर्मराज अधिकारी,शिव कुमार वरूवाल, प्रकाश पुन, किरण विक्रम थापा, जानकी गुरूङ, भुषण घिमिरे, गणेश केसी, गाेवा कटुवाल, राजन बस्नेत, दिपक जाेशी, गंगाधर गाैतम, रजनी प्रधान, पारश गाैतम, अर्जुन गुरूङ, रविन्द्र घिमिरे, नवराज गुरूङ, हरिहर अर्याल, शन्ताेश भट्टराइ, रमेश अर्याल, मिन बहादुर गुरूङ, सुदन थापा, डिलाराम खरेल, कपिलदेव थापा, सुनिल कार्की, विनाेद कुवर, शंकर बहादुर पाैडेल, सशी पाैडेल, हिक्मत थापा, डा. अलिनि पाेखरेल सुवेदी, कुवेर कार्की, कमल मणि गुरागाँइ, शनि वली, विमल सुवेदी, गाैविन्द प्रसाद गाैतम, रमेश भण्डारी, दिपक खरेल, भारती लिम्बुनी, गाेपाल प्रसाद कडेल, कर्ण बहादुर शाही, चन्द्र गुरूङ, रण केसी, विजन भट्ट, विनाेद ज्ञावाली, कृष्ण लामिछाने, पाशाङ लामा, प्रेम श्रेष्ठ, नविन शेरचन, विकास उप्रेति, वेद बस्नेत, प्रकाश साप्काेटा, देवराज आचार्य (चिरन) रहेका छन ।
करिब १० घण्टा लामो बैठक सम्पन्न भएर निर्णय सार्वजनिक हुन नपाउँदै मानार्थ परिषद सदस्यहरुले राजिनामा दिन शुरु गरेका छन । मानार्थ परिषद् सदस्यमा मनोनित मध्य २ जनाले राजिनामा दिएका छन् भने अन्य केहिले पनि निर्णयमा असहमति जनाउदै राजिनामा गर्ने बताएका छन । राजिनामा दिनेमा कृष्ण लामिछाने र बिकास उप्रेती रहेका छन उनीहरुले संघको निर्णय आफुहरुलाई अमान्य भएकाले राजिनामा दिएको बताउदै अध्यक्ष पन्तलाई पत्र लेखेका छन ।
एनआरएनए एउटा सामाजिक संस्था भएकाले यसलाई आफ्नो उद्येश्य अनुसार अगाडि बढाउन संघभित्र यस्ता तिक्तताहरु आउन नदिन नेतृत्व सजग हुनुपर्दछ । अध्यक्ष पन्तमाथि लागेको आरोपका बारेमा वर्तमान कार्यसमिति मौन रह्यो भने भोलिका दिनमा काम गर्न असहज हुने पक्का छ । त्यसैले यस्ता आरोपहरुको खण्डन गरी हाल्न जरुरी देखिन्छ । यदि गल्ति भएकै हो भने सच्याउने प्रतिबद्धता पनि संघमा गर्नु बूद्दिमानि देखिन्छ ।
वैठकले संघका महत्वपूर्ण मानिएका विभागहरुको संयोजक समेत तोकेको छ । एनआरएन लगानी समितिको संयोजकमा कुमार पन्त आफैले लिएका छन , नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा निवर्तमान अध्यक्ष भवन भट्ट, वैदेशिक रोजगार संयोजकमा महासचिब डा.बद्री केसी, भुपूगोखा समन्वयन समिति संयोजकमा चन्द्र गुरुङ्गलाई चयन गरिएको छ ।
यस्तै नागरिकताको निरन्तरतामा रामप्रताप थापा संयोजक र सदस्यमा सोनाम लामालाई जिम्मेवारी तोकिएको छ । पर्यटन तथा व्यापार समितिको संयोजकमा उपाध्यक्ष अर्जुन श्रेष्ठ, पर्यटन प्रवर्द्धनमा सपिला राजभण्डारी, भाषा तथा साहित्यमा हिक्मत थापा, विदेशमा नेपाली सामान प्रवर्द्धन गर्ने समितिको संयोजकमा शिव बरुवाल, एनआरएन नलेज एकेडेमीमा उपाध्यक्ष मन केसी, एनआरएनए एकेडेमी संयोजकमा डा. प्रमोद ढकाल, नेपाल विज्ञान फाउण्डेसनमा डा. राजु अधिकारी, भोकेसनल शिक्षामा राम थापा, मानविय सहायता तथा परोपकारमा सोनाम लामा, एक एनसीसी एक च्यारीटी संयोजकमा उपाध्यक्ष रविना थापा, नेपाल लाईब्रेरी परियोजनामा नरेश कोइराला, रक्त संचारमा फडिन्द्र पन्त, स्वास्थ्यमा डा. संजिव सापकोटा, बालबालिका शिक्षा समिति संयोजकमा भूषण घिमिरे, महिला तथा युवा संयोजकमा रविना थापा, महिला स्वास्थ्यमा रजनी प्रधान र स्पोटर्स एकेडेमीमा युवा संयोजक हिमाल गुरुङ्ग संयोजक रहने निर्णय भएको छ ।
यस्तै बैठकले संस्थाको प्रशासन प्रमुखमा संघका महासचिव डा. हेमराज शर्मालाई जिम्मेवारी दिएको छ । बैठकले स्मार्ट एनआरएनए समिति संयोजकमा सचिब गौरी जोशी, सदस्यता वितरण समिति संयोजकमा सचिब आरके शर्मा, प्रकाशन संयोजकमा प्रबक्ता डिबी क्षेत्रीलाई चयन गरेको छ ।
बैठकले अनुसाशन समितिको संयोजकमा डा.अम्विका अधिकारी, सदस्यहरुमा इन्द्रा बन, डा. देवकाजी डंगोल, सूर्य गुरुङ्ग र कृष्ण पाण्डेलाई चयन गरेको छ । यस्तै बैठकबाट विधान संसोधन समितिको संयोजकमा भवानी ओली संयोजक, सदस्यहरुमा विनोद भट्टराई, रविन बज्राचार्य, पुष्प थापा, ओम गुरुङ्ग रहेका छन् ।
नियमावली निर्माण समितिको संयोजकमा ध्रुव सुवेदी र संघको पोलिसी तथा प्रोसिडर समितिको संयोजकमा रामशरण सिम्खडा चयन भएका छन् भने संघको आर्थिक स्थायित्व समितिको संयोजकमा कोषाध्यक्ष महेश श्रेष्ठ, आर्थिक संकलन समितिको संयोजकमा सहकोषाध्यक्ष लोक दाहाल र एनआरएनए फाउण्डेशनको संयोजकमा एकनाथ खतिवडा चयन गरिएको छ ।
प्रवक्ता क्षेत्रीका अनुसार बैठकले काठमाडौंमा ४ वटा सार्वजनिक शौचालय बनाउने निर्णय गरेको छ । बैठकले लाप्राकमा जस्तापाता बिक्रीबाट संकलन भएको रकम गोर्खा जिल्लाको अर्को क्षेत्रमा च्यारिटी काममा खर्च गर्ने निर्णय पनि गरेको छ । बैठकले अब अर्को बैठक जनवरी दोस्रो साता नेपालमा बस्ने निर्णय गरेको छ ।