सुनसरी /प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ बाट आधुनिक हतियार एसएसमजी र करिब १० हजार थान गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार, स्थानीय खेमराज प्रधानको बन्द भएको कुखुराको फर्ममा माटो मुनि गाडेको हतियारसहित गोली फेला परेको हो ।
२० लिटरको प्लाष्टिकको ड्राममा हालेर गाडिएको बन्दुक र गोली खिया लागेको अवस्थामा पाइएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए । एकथान एसएमजी र ९ हजार ९ सय ८२ वटा गोली बरामद गरेको हो ।
उनका अनुसार हतियार र गोली बरामद भएको स्थानमा २०६७ सालमा कुखुराको खोर निर्माण गरिएको थियो । पछिल्लो समय खोरमा कुखुरा पालिएको छैन् ।
विष्फोटक पदार्थ भेटिएको सूचनाका आधारमा नेपाली सेनाको बम डिष्पोजल टोलीसहित पुगेको प्रहरीले हतियार बरामद गरेको हो । बरामद हतियार तत्कालिन माओवादी कार्यकर्ताले लुकाएर राखेको हुनसक्ने प्रहरी स्रोतले बताएको छ ।
साभार: prashasan.com