अब अनलाइनबाटै कोरियन भाषा सिक्न सकिने ।

  • १४ पुष २०७६, सोमबार २१:३८ मा प्रकाशित
  • अब अनलाइनको माध्यमबाट सहजै तरिकाले कोरियन भाषा सिक्न सकिने भएको छ।

    पछिल्लो अनलाइन सिकाइको क्षेत्रमा काम गर्दै आएको काठमाडौं अनामनगरस्थिर्त ओटिस’ ले कोरियन भाषा पनि अनलाइनबाटै पढ्न मिल्ने व्यवस्था मिलाएको हो। कामकाजी युवाहरुलाई ध्यानमा राखी घरबाटै कोरियन भाषा बढ्न सहज होस् भन्ने उद्देश्यले यस्तो कोर्स डिजाइन गरेर्को ओटिस’ का प्रबन्धक निर्देशक सन्तोष भट्टराईले जानकारी दिए।

    अहिले अधिकांश युवाहरु काम गर्छन्, उनीहरुलाई भाषा कक्षा पढ्ने समय नहुनुको साथै खर्चिलो पनि हुन्छ। त्यही भएर अनलाइन कोर्स समय सान्दर्भिक छ,’ भट्टराईले भने।

    उनका अनुसार अनलाइन कोर्सका लागि ओटिटिआइएसएच डटकम ब्राउज गरेर लगइन गर्नुपर्छ। लगइनको पासवार्ड चाहिँ ओटिसबाट लिनुपर्छ। यसरी पासवार्ड भएपछि आफूलाई चाहिने कोर्सर्मा एक्सेस’ हुन्छ र, चाहिएको कोर्स खोलेर मोबाइल वा कम्युटरमा पढ्न सकिन्छ। अडियो–भिज्युअल माध्यमबाट कोरियन भाषा पढाइ हुने भएकाले सिक्न सजिलो हुने भट्टराईको भनाइ छ।

    चार महिनाअघि देखि सुरु भएको ओटिसले सिए कोर्सलाई अनलाइन रुपमा विकास गर्दै आएको छ। आगामी विविध विषयलाई अनलाइन कोर्समा समेट्दै जाने लक्ष्य रहेको ओटिसका प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिए ।

    नेपालन्युज खबर बाट

    Leave a Reply