नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको मृत्यु

  • ८ मंसिर २०७६, आईतवार ०४:५१ मा प्रकाशित
  • काठमाडौंको नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वरका ७२ वर्षीय प्रभु जोशी रहेको नयाँ बानेश्वर प्रहरी वृत्त तीनकुने जनाएको छ।

    संघीय संसद भवनको १ नम्बर गेट अगाडी  आइतबार बिहान ६ः१५ बजे दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए । डाक्टर जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको  र  मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको हवल्दार साहीले बताए।

    तीनकुने प्रहरीका अनुसार सवारीको ठक्करबाट जोशीको टाउको क्षतविक्षत भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । 

    ठक्कर दिने सवारी चालकको खोजी भइरहेको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रहरी निरीक्षक सुरेश ठाकुरले बताए। 

    Leave a Reply