यामाहा एमटी २५ को चर्चा चुलियो, यस्तो छ बजारमा ल्याउने तयारी

  • ३ मंसिर २०७६, मंगलवार ०५:१० मा प्रकाशित
  • यामाहाले पछिल्ला दिनमा एमटी सिरिजमा एकपछि अर्को मोटरसाइकललाई बजारमा ल्याईरहेको छ । नेपाली बजारमा केही महिनाअघि एमटी १५ सार्वजनिक भएको थियो । अब भने कम्पनीले अन्तर्राष्ट्रिय बजारमा एमटी सिरिजको अर्को मोडल एमटी २५ को चर्चा चुलिएको छ । 
    कम्पनीले केही दिनअघि भएको टोकियो मोटर शोमा यसलाई सार्वजनिक गरेको थियो । अबको केही महिना भित्रै एमटी २५ लाई भारतीय बजारमा उतार्ने अनुमान गरिएको छ । भारतीय बजारमा आएसँगै यो नेकेड स्ट्रीट फाईटर नेपाली बजारमा पनि आउने अनुमान गरिएको छ । 
    निकै आकर्षक र आक्रमक डिजाइनको कारण चर्चामा रहेको एमटी २५मा हेडल्याम्पको माथि फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको यो मोटरसाइकल निकै उत्कृष्ट आउने अपेक्षा गरिएको छ । 
    मोटरसाइकलमा निकै आरामदायी सिट दिइएको छ, भने सहजै ह्यान्डलिङ गर्न सक्ने किसिमले तयार गरिएको छ । स्प्लीट ग्रायव रेल, निकै आकर्षक एलइडी टेल लाईट, अलोय ह्वील जस्ता फिचर यसमा उपलब्ध रहेको छ । 
    कम्पनीले यसमा २४९ सीसी, लिक्वीड कुल्ड, फोर स्टोक, ८ भल्भ, डिओएचसी इन्जिन दिइएको छ । उक्त इन्जिनमा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । यसमा स्लीपर क्लचको प्रयोग गरिएको छ । 
    मोटरसाइकललाई सुरक्षीत बनाउन डबल च्यानल एबीएस दिइएको छ भने दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मल्टी स्टेप एड्जस्टेवल मोनोसक दिइएको छ । 

    Leave a Reply