काठमाडौं। सुजुकी गाडीको अधिकृत विक्रेता सिजी होल्डिङस् अन्तर्गत सिजी मोटोकोर्पले आइतबार एस-प्रेसो सार्वजनिक गरेको छ।
१० भन्दा बढी अत्याधुनिक फिचर भएको एसयुभी(स्पोर्ट्स युटिलीटी भेहिकल)को सुरुवाती मूल्य करिब २३ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गाडीमा मनोरञ्जनका लागि स्मार्ट प्ले इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ। बोल्ड र पार्वरफुल लुक्स रहेकोले यो गाडीलाई योङ एसयुभीको उपमा दिइएको कम्पनीले जनाएको छ।
‘हर्टटेक्ट प्लेटफर्म’को पाँचौँ संस्करणमा निर्माण गरिएको गाडीमा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ भने वेस्ट इन क्लास फिचर जडान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ३६ वटा आधिकारिक डिलरमा ग्राहकले यो गाडी खरिद गर्न सक्नेछन्।‘एस-प्रेसोले ग्राहकका लागि बेस्ट भ्यालु प्राइस मा बेस्ट इन डिजाइन टेक्नोलोजी र सेफ्टी उपलब्ध गराउन प्रतिबद्ध छौँ भन्ने तथ्यलाई प्रमाणित गरेको छ। हामीलाई विश्वास छ एसप्रेसोले यो सेगमेन्टमा नयाँ उत्साह सिर्जना गर्नेछ।’ कम्पनीका कार्यकारी निर्देशक करण चौधरीले भने।
एक सय ८० एमएम ग्राउण्ड क्लियरेन्स भएको गाडीमा अपराइड ए-पिलर र ब्याक डोर डिजाइनले गाडीलाई बलियो बनाएको कम्पनीको दाबी छ। गाडीमा जडान गरिएका अर्पेचर हेडल्याम्प र ग्रिल ग्राफिक्सले थप बोल्ड बनाएको कम्पनीले जनाएको छ।
सिटिङ लेआउट थोरै अग्लो भएका कारण ग्राहकले कमाण्डिङ ड्राइभिङ पोजिसन लिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार स्पोर्टी ब्ल्याक कलर स्किम सहितको ठूलो क्याविन स्पेशले युवा ग्राहकमा उत्साह ल्याउनेछ।
गाडीको अगाडी र पछाडी भागमा रहेको युटिलिटी स्पेश, ओपन ट्रे, ग्लोब बक्स र डोर कन्सोल पकेट लगायत स्टोरेज अप्सन रहेको कम्पनीले जनाएको छ।
अत्याधुनिक प्रविधि जडान गरिएको गाडीमा स्टेरिङ माउन्टेड अडियो एण्ड भ्वाइस कन्ट्रोल, म्युजिक, इन्टरटेनमेन्ट, टच स्क्रीन स्मार्ट प्ले, एण्ड्रोइड अटो, एप्पल कारप्ले लगायत फिचर जडान गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार गाडीमा डुअल एयरब्याग, इलेक्ट्रोनिक ब्रेक फोर्स, एन्टिलक ब्रेकिङ सिस्टम, प्रि-टेन्सनर, फोर्स लिमिटर सहितको सीट बेल्ट, रियर पार्किङ सिस्टम, हाइ स्पिड वार्निङ एलर्ट, रिभर्स पार्किङ सेन्सर, बेल्ट रिमाइन्डर लगायत सुरक्षाका फिचर समावेश गरिएको छ।
स्ट्याण्डर्ड, एलएक्सआइ, भीएक्सआई, भीएक्सआई प्लस लगायत चार प्रकारका गाडी छन्। गाडीको सुरुवाती मूल्य २२ लाख ९९ हजार रुपैयाँ देखि २५ लाख ४९ हजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ।