बसन्त के सी
दाङ जिल्लाको लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ११७१ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको रा १ ब ५८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार एक ब्यक्तिको मृत्यु भएको छ । उक्त ब्यक्त कृषि ज्ञान केन्द्र, घोराहीमा कार्यरत कर्मचारी ५८ बर्षीय बन्धुराम चौधरी भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्राप्त जानकारीका अनुसार घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी चौधरीलाई बिहीबार पौने ६ बजेतिर टिप्परले ठक्कर दिदा गम्भीर घाईते भई उपचारकालागि लमही लैजादै गर्दा बाटोमै निजको मृत्यु भएको थियो।