गीत

  • ८ मंसिर २०७६, आईतवार १०:२७ मा प्रकाशित
  • वसन्त अनुभव
    गीत
    म कसरी हाँसु प्रिय, देश रोएको बेला ।
    छिमेकीले सिमा मिच्दै, गरेको छ हेला ।

    कैले भन्छ सुस्ता मेरो, कैले लिपियाधुरा ।
    ग्रेटर नेपाल सानो पार्यो, भैन इच्छा पूरा ।
    छिमेकीकै स्तुतिगानमा, मस्त छन रे चेला ।
    म कसरी हाँसु प्रिय, देश रोएको बेला ।
    छिमेकीले सिमा मिच्दै, गरेको छ हेला ।

    कैले गर्ने नाकाबन्दी, नालापानी मिच्ने ।
    जति सह्यो मित्र भनी, उस्ले मात्र थिच्ने ।
    धन बलको रवाफमा, सधै यस्तै खेला ।
    म कसरी हाँसु प्रिय, देश रोएको बेला ।
    छिमेकीले सिमा मिच्दै, गरेको छ हेला ।

    दाङ

    Leave a Reply