सन्तोस समिप लुइँटेल
गच्छे
देखाउनेको होडमा कहाँ त्यो परम्परा छ
अरुको भन्दा बढी हुनै पर्ने धेरै त ढर्रा छ
के चाड के पर्व घरका बूढा बा-अामालाई
परदेशी फर्किएन मूल थामको सहारा छ
संसार चलाउँछु भनेर घमण्ड गर्ने हरु हो
याद गर मान्छेको पनि सीमित दायरा छ
खुशी पनि खटाई खटाई हुन्छ गरिबको
धन नहुँदा पो एक्लो हुँदा दुनियाँ सारा छ
भेदभाव चुरिफुरी अधिक् मैमत्ताले गर्दा
आज मान्छेलाई मान्छेबाटै ठूलो खतरा छ