• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४८ सम्पन्न

  • ११ चैत्र २०८०, आईतवार १५:०४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १४८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    होली
    रङहरूको पर्व
    मौलिक संस्कृतिमा गर्व !
    -वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    होली
    खेलौँ मजाले
    रङसँगको तमाम रङ्गेली !
    -अच्युत घिमिरे, सर्पाङ, भुटान
    [३]
    हाेली
    रङहरूकाे पर्व
    सम्पूर्णलाई लाग्छ गर्व ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    [४]
    होली
    गरौँ रमाइलो
    मनपेट सबै खोली !
    -प्रेम थापा “मन”बागलुङ
    [५]
    मस्त
    रङ्गमा रङ्गिएर
    रमाइन्थ्यो होली पर्वमा ।
    -रचना प्रतीक्षा
    [६]
    होली
    रङ्गहरूको पर्व
    सबैले मान्नुपर्छ गर्व !
    -बेदु न्यौपाने
    [७]
    रङ्गमा
    रङ्गियाे मन
    हाेली पर्वकाे रमझम ।
    -ताराप्रसाद चापागाईँ
    [८]
    होली
    रङको चाड
    सबैमा खुसी साटासाट ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [९]
    होली
    रङ्गको उमङ्ग
    रमाइलो खेलेर दङ्ग
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१०]
    होली
    मनमा रङ्गोली
    हिँड्नुपर्छ बनाई टोली !
    -देवी पन्थी
    [११]
    होली
    रङ्गहरुको पर्व
    गरौँ संस्कृतिमा गर्व !
    -पशपती राई खोटाङ
    [१२]
    होली
    आऊ रङ्गमञ्चमा
    बगाऊ ज्ञानको खोली ।
    -सरस्वती श्रेष्ठ इटहरी
    [१३]
    हाेली
    रङ्गकाे पर्व
    खेलेर गर्छन गर्व ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर
    [१४]
    होली
    दुनियाँ रङ्गीन
    गरौँ मनोरञ्जन एकछिन ।
    -सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [१५]
    होली
    छरेर रङ्ग
    सानो फूलबारी दङ्ग !
    -आर्त अकुलीन
    [१६]
    फागु
    रङ्गको पर्व
    हाँसीखुसी मनाऊँ सहर्ष !
    -घनश्याम पौडेल,पोखरा
    [१७]
    गर्वले
    मनाउने पर्व
    खेलेर हाेली सहर्ष ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [१८]
    होली
    हृदय खोली
    चढौँला रङ्गहरूको डोली !
    -पृथक प्रकृति ,झापा
    [१९]
    खेलौँ
    रमाएर होली
    जिन्दगी फर्कँदैन भोलि !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा.-६, दोलखा ।
    [२०]
    रङ्गहरूको
    पर्व होली
    खेलौँ दिल खोली !
    -अनिता भण्डारी ताप्लेजुङ
    [२१]
    पर्व
    रङ्गको होली
    होलिका दहन भोलि !
    -सविता के.सी.
    [२२]
    होली
    रङ्गीन पर्व
    मनाउँ गरेर गर्व !
    -धनमाया चौधरी कैलाली
    [२३]
    होली
    उमङ्गको झोली
    सातै रङ्ग घोली !
    -हिमाल अम्मै घोडाघोडी कैलाली
    [२४]
    फागु
    रङको पर्व
    नेपाली साँस्कृतिक गर्व ।
    -दुर्गा अधिकारी भमरकोटे ।
    [२५]
    होली
    खेलौँ रङ्गसँग
    मनमा खुसीको तरङ्ग !
    -सीता पाण्डेय मरासिनी
    तम्घास, गुल्मी
    [२६]
    होली
    उमङ्गको पर्व
    मौलिक संस्कृतिमा गर्व !
    -संगीता खरेल
    काठमाडौँ
    [२७]
    होली
    मान्छे रमाउँछ
    आफ्नो हृदय खोली !
    -बाबुराम पाण्डे
    [२८]
    मन
    कालो निलो
    आवरण छ रङ्गीचङ्गी !
    -मधुसूदन शर्मा
    [२९]
    होली
    रङ्गहरूको पर्व
    वसन्त ॠतुको आगमन !
    -सीता रिजाल
    काठमाडौँ
    [३०]
    होली
    पर्व रङको
    हर्षोल्लास् प्रेम तरङ्गको !
    -घनश्याम पौडेल
    गौरीगंगा -९, कैलाली
    [३१]
    रङ्ग
    नपर्नु दङ्ग
    मुलुकमा छैन उमङ्ग !
    -ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    [३२]
    पर्व
    रङ्गको आयो
    वातावरण रङ्गीन बनायो !
    -प्रविना प्रयासी
    ओखलढुंगा
    [३३]
    होली
    रङ्गहरूको पर्व
    मनाउँ दिल खोली !
    -दीपा समभाव
    दुबेकोल, रावाबेशी खोताङ्ग
    [३४]
    होली
    सप्तरङ्गी डोली
    खेलौँ मनै खोली !
    -रघु थापा /सु न पा १.
    [३५]
    हाेली
    विकृति आजभोलि
    सुध्रिनू खेलाडी टोली !
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३६]
    हाेली
    रङ्गीन चाेली
    पिच्कारीमा रङ्ग घाेली !
    -नवराज भट्ट
    कञ्चनपुर
    हाल काठमाण्डौ
    [३७]
    होली
    पर्व सद्भावको
    रङ्गोली खेलौँ एकताको !
    -कमला देवकोटा, पाल्पा
    [३८]
    पर्व
    मान्दै आएको
    शिष्ट हुनुपर्छ भनेको !
    -नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा
    [३९]
    होली
    रङको पर्व
    चल्यो आज भोलि !
    -विवश पारदर्शी
    झापा,
    [४०]
    होली
    रङ्गहरू घोली
    खेलौँ दिल खोली !
    -रुना कर्माचार्य दाहाल
    चितवन
    [४१]
    होली
    रङ्गहरूको पर्व
    गरौँ सनातनीहरू गर्व ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४२]
    होली
    लगाएर टिको
    मन पार्नुछ निको !
    -नागेन्द्रप्रसाद यादव
    [४३]
    पर्व
    आयाे हाेली
    खेलौँ दिल खोली !
    -सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [४४]
    रङ्ग
    रङ्गीयो मन
    झन् हुन्छ दङ्ग !
    -शारदा गौतम
    ललितपुर
    [४५]
    हाेली
    रङ्गीन उत्सव
    वसन्त ऋतुकाे आगमन !
    -श्रद्धा आचार्य, पाेखरा
    [४६]
    हाेेली
    जनको बोली
    रमाऔँ हानेर लाेली !
    -कविदत्त ढकाल
    [४७]
    होली
    रङको पर्व
    विजयको थापौँ झोली !
    -सरस्वती वली
    [४८]
    होली
    खेलौँ खुलेर
    सात रङहरूमा डुबेर !
    -भगवती दवाडी ,दमक,झापा
    [४९]
    होली
    रङ्गको पर्व
    आफ्नोपनमा छ गर्व !
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    [५०]
    होली
    छरेर रङ्ग
    मनाउ खुसीको उमङ्ग !
    -सुरेश न्यौपाने
    [५१]
    होली
    रङ्गियो चोली
    संस्कृतिभन्दा झन् विकृति !
    -बुद्धिप्रसाद लामिछाने ,कैलालि
    [५२]
    हाेली
    रङहरूकाे पर्व
    मनाउँ गरेर गर्व !
    -उर्मिला के.शी.
    धनकुटा
    [५३]
    होली
    छ्ररेर रङ्ग
    भरिदिऊँ सबैमा उमङ्ग !
    -धर्मी शाक्य ,बुटवल ,रुपन्देही ।
    [५४]
    होली
    होलीका डढाई
    रङ्ग खेल्छन् रमाई !
    -मंगला उपाध्याय
    [५५]
    संस्कृति
    मिष्ठान्न खाऔँ
    फागुपूर्णिमा मिली मनाऔँ !
    -सुरेश चन्द्र घिमिरे
    कपन
    [५६]
    होली
    सप्तरङ्गी रङ्ग
    हुन्छौँ खेलेर दङ्ग !
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल।
    [५७]
    होली
    रङ्गमा घोली
    खेलौँ मिलेर टोली !
    -टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [५८]
    होली
    खेल्ने मिली
    आज होइन भोलि !
    -कला ढकाल, झापा
    [५९]
    रङ्गमा
    बेथिती नहोस्
    होली नियमपूर्ण रहोस्
    -सरिता सेढाई धादिङ
    [६०]
    होली
    रङ्गको खेल
    नहोस् है जालझेल ।
    -समुन्द्रा शर्मा
    सुनसरी ।
    [६१]
    होली
    रङसङ्ग खेल्दै
    मनाउँछौ मन खोली !
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    [६२]
    होली
    रङ्गको पर्व
    खुसी बाँडेर गर्व !
    -कविता आचार्य, कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४८ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४७ सम्पन्न

  • ४ चैत्र २०८०, आईतवार १८:१५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १४७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    छलफल
    पचाउन भत्ता
    भागबण्डा पालैपालो सत्ता !

    • वसन्त अनुभव
      [२]
      प्रतिनिधि
      कुकुरको गिदी
      भत्ता पचाउने विधि !
    • पशपती राई, खोटाङ
      [३]
      छलफल
      सत्ता टिकाउन
      जनताका आँखामा छारो !
    • रमा पन्त, पाल्पा
      [४]
      सल्लाह
      कुर्सी पाएपछि
      भयो खरानीको डल्ला
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [५]
      आहा
      रमाइलो भेटघाट
      राजनीतिक विरासतको छलफल !
    • नारायण कोइराला
      तानसेन,पाल्पा, हाल: कुवेत
      [६]
      छलफल
      कुकुरकाे भेटघाट
      सत्ता टिकाउन रणनीति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [७]
      बहस
      दाउ मार्ने
      आफ्नो भागमा पार्ने !
    • भवानी घिमिरे, सर्लाही
      [८]
      गठबन्धन
      मिलेर खाने
      नेताझैँ यी कुकुर !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [९]
      सभा
      छलफल इच्छाले
      माग कुर्सीको भिक्षाले !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [१०]
      सुर
      गाउँका कुकुर
      वनमा गाईको सिनो !
    • हिमाल अम्मै
      घोडाघोडी, कैलाली
      [११]
      कुकुरहरू
      जमात राखेर
      मिलेर खान गठबन्धन‌ !
    • बेदु न्यौपाने
      [१२]
      स्वभावमा
      कुकुर अगाडि
      मान्छे धेरै पछाडि !
    • देवी पन्थी
      [१३]
      छलफल
      सत्ता उस्तै
      देखियो व्यबहार दुरुस्तै !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१४]
      कुकुरहरू
      भएर भेला
      हेर्न लागे खेला !
    • सरिता सेढाई, धादिङ
      [१५]
      बैठक
      कुकुरका छलफल
      सत्ता टिकाउन गठबन्धन !
    • धनमाया चौधरी, कैलाली
      [१६]
      निर्णय
      कार्यकर्तालाई चारो
      भासेभुसेका आँखामा छारो !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१७]
      संसद
      भुस्याहा कुकुर
      नेतृत्वको लागि छलफल !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१९]
      बहस
      कुकुरको राजनीति
      भागबण्डा मिलाउने रणनीति !
    • दुर्गा भट्टराई
      [२०]
      कुकुर
      नाटकिय खेल
      सिनो माथी जालझेल !
    • भुपेन्द्र राना मगर, धादिङ
      [२१]
      बैठक
      कुष्टरोगको घाऊ
      मालिक रिजाउने दाऊ !
    • ऋजु दिल्पाली, ईटहरी-१, सुनसरी
      [२२]
      हामी
      भोटमा चल्ने
      अहिले रिसले जल्ने !
    • चक्र शाही, लम्की, कैलाली
      [२३]
      सुविचार
      हराउँदै गयो
      देशमा अराजकता भयो !
      कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [२४]
      राजनीति
      बाहिर भुक्ने
      भित्र भित्रै मेल !
    • राजाराम रत्गैंया
      अमौरा, कैलाली
      [२५]
      इमान्दार
      सामुहिक एकता
      विवेकशील मानवलाई पाठ !
    • घनश्याम पौडेल
      गौरीगङ्गा -९, कैलाली
      [२६]
      सत्ता
      देखिने छलफल
      पचाउने आआफ्नो भत्ता !
    • आर्त अकुलीन, कैलाली
      [२७]
      भ्रष्टहरू
      एकैपटक भेला
      खेल्दै हत्याउने खेला !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौँ
      [२८]
      बैठक
      भुसिया कुकुरको
      अर्थहिन राजनीति छलफल !
    • ध्रुव श्रेष्ठ
      [२९]
      निरन्तरता
      आफ्नै स्वार्थको
      जनतालाई चिन्ता व्यर्थको !
    • तेजप्रसाद खनाल, दाङ
      [३०]
      लुछाचुँडी
      गरेर तानातान
      भर्छन् आफ्नै भुँडी !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [३१]
      सल्लाह
      नेताहरु गर्छन्
      कुर्सीको लागी लड्छ्न्
    • अनिता भण्डारी, ताप्लेजुङ
      [३३]
      कुकुर
      भागबन्डामा सल्ला
      गाउँ शहर हल्ला !
    • टीकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [३४]
      जमात
      आधार स्तम्भको
      गतिरोध देशको भविष्यको !
    • कमला देवकोटा, पाल्पा
      [३४]
      इमान्दार
      सामुहिक मिलन
      सिक्नू मानव खबरदार !
    • शारदा गौतम, ललितपुर
      [३५]
      कुकुर
      सत्ताकाे छलफल
      समस्याको हुन्छ हल !
    • श्रीकृष्ण धामी, बझाङ
      [३७]
      नेता
      जिर्ण रोग
      निजी स्वार्थ लोक !
    • पृथक प्रकृति, झापा
      [३८]
      सधैँ
      सत्ताकै लुछाचुँडी
      जनतामा अस्थिरता रोपी !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३९]
      माग
      कसलाई उर्जा
      मलाई चाहिँ गृह !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४०]
      कुकुर
      ढुकुर जस्तै
      खानमा छन् मस्तै !
    • दीपा समभाव, काठमाडौँ
      [४१]
      कुकुर
      गरिरहन्छ लुछाचुँडी
      एउटै हड्डीको टुक्रामा !
    • केन्द्रप्रकाश बराल, इलाम
      [४२]
      छलफल
      बिना स्वार्थ
      निष्कर्षले लिन्छ मार्ग !
    • सुरेश घिमिरे
      [४३]
      भेला
      गर्छन् रेला
      भत्ता हसुर्ने खेला !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४४]
      मिलेका
      जनावरको संगठन
      ओहो कस्तो ईमानदारीता !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [४५]
      नियति
      हाम्रो देशको
      कुकुर जस्ता नेता !
    • मङ्गला उपाध्याय, बारा
      [४६]
      सजिलो
      रहेछ भन्दैमा्
      खोज्दा भेटियो कसिलो !
    • नन्दलाल आचार्य
      एनेलकुटी, सिरहा
      [४७]
      छलफल
      हेर्दा एकता
      भाग निमल्दा भिन्नता !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४८]
      लुछाचुडी
      बिकासका आधार
      खोक्रो राजनैतिक धार !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४९]
      भेला
      देखाउँदै खेला
      संसद भवनमा मेला !
    • कला ढकाल, झापा
      [५०]
      सत्ता
      कामकाज बेपत्ता
      देखिएन जन्तुभन्दा भिन्नता !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५१]
      भेला
      कुकुरका चेला
      नेपालको राजनीति मेला !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [५२]
      बिन्दास
      कुकुर सम्मेलन
      सर्वनाश जनता उदास !
    • विवश पारदर्शी, झापा
      [५३]
      वफादार
      जन्तुदेखि सबै
      बनौँ हामी होशियार !
    • चिरञ्जीवी श्रेष्ठ, धनकुटा
      [५४]
      बैठक
      कुकुर बिरालाको
      सिकारको सहकार्य मिलाको !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [५५]
      सभा
      तार्किक बहस
      सर्वमान्य उत्कृष्ट निष्कर्ष !
    • श्रद्धा आचार्य, पोखरा
      [५६]
      सत्ता
      आरोहणको साझेदारी
      भागबण्डामा -याल चुहाउँदै !
    • गोपालप्रसाद पौड्याल
      [५७]
      भलो
      राजनीतिक चौतारीमा
      अड्केको हाम्रो हलो !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी
      [५८]
      रक्षक
      आफै भक्षक
      बन्दैन कहिले संरक्षक !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५९]
      सडक
      कुकुर भेला
      आखिर सिकार योजना !
    • कविता आचार्य, कैलाली
      [६०]
      कुकुर
      भएर जम्मा
      गरेर आपसमा सल्लाह !
    • सहयात्री शाेभा अर्याल
      रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४७ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४६ सम्पन्न

  • २६ फाल्गुन २०८०, शनिबार २३:२६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    उदक अभ्यास १४६ मा सहभागी उदक यात्रीहरूका सुन्दर उदकहरू –
    [१]
    शिवरात्री
    शिवका उपासना
    भगवान् कृपाको चाहाना !

    • वसन्त अनुभव
      [२]
      शिवजी
      फोटोमा देखियो
      एउटा उदक लेखियो !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [३]
      महादेव
      हुन् देवाधिदेव
      हिन्दू दर्शनमा कामदेव !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [४]
      शिवरात्री
      शिवकाे शक्ति
      गराैँ आराधना भक्ति !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [५]
      शिव
      जनका आस्था
      उनैमा आश्रित सजीव !
    • मीना देवकाेटा, सर्लाही
      [६]
      शिवजी
      शिवरात्री महिमा
      सनातन धर्मको गरिमा ।
    • पशपती राई, खोटाङ
      [७]
      शिवरात्री
      उपासना शक्ति
      बसौँ शिवको भक्ति !
    • बेदु न्यौपाने
      [८]
      शिवरात्री
      देखिन अनुशासन
      बाटोमा सुत्ने आसन !
    • सविता के.सी.
      [९]
      महादेव
      कोटी नमस्कार
      धर्तीमा गर्नुहोस् चमत्कार !
    • सरिता सेढाई, धादिङ
      [१०]
      महादेव
      देवहरूका देव
      अलौकिक दिव्य शक्ति !
    • तोया नाथ चापागाईं
      [११]
      शिवरात्री
      अनुपम शक्तिदात्री
      गरौँ ईश्वरको उपासना !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [१२]
      शिवरात्री
      गाँजाको विकृति
      कलियुग हराउँदै संस्कृति !
    • संगीता खरेल
      चन्द्रागिरी-८, काठमाडौँ
      [१३]
      शिवरात्री
      भाङको कथा
      सधैँको यस्तै व्यथा !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१४]
      शिव
      सर्वव्यापी निराकार
      साकार मूर्तचित्र महेश्वर !
    • डा. वासुदेव काफ्ले
      [१५]
      भोलेनाथ
      गर्छौँ भक्ति
      देऊ हामीलाई शक्ति !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१६]
      ॐ
      नमस्तस्मै भगवते
      मृत्युनाशं करो तुमे !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१७]
      शिव
      ध्यानमा एकाग्र
      शालीन शिवका उपासक !
    • आर्त अकुलीन
      [१९]
      कैलासपति
      भयाे दुर्गति
      सुधार भ्रष्हरूकाे मति!
    • नवराज भट्ट, कञ्चनपुर
      [२०]
      शिवरात्री
      महिमा अपार
      बुझौँ अनुपम सार !
    • शारदा दाहाल भण्डारी
      [२१]
      शिवरात्री
      संस्कृतिको कथा
      जम्दै विकृतिको व्यथा !
    • टीकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [२२]
      शिवरात्री
      लागुपदार्थ सेवनले
      समाजमा ल्यायो विकृति !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, संगम काेलाेन, राधे राधे, भक्तपुर
      [२३]
      महादेव
      बुद्धि दिनुहाेस्
      बाैलाउने बानी छिन्नुहाेस् !
    • निरज कोइराला, इटहरी
      [२४]
      शिवरात्री
      छैन दर्शन
      उल्टो असामाजिक गर्जन !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२५]
      शिवरात्री
      आस्थाको चाड
      हिन्दु सनातनको धरोहर !
    • रघु थापा, सु न पा १.
      [२६]
      शिवरात्री
      शिवको पुजन
      देशैभर गुञ्जियो भजन !
    • सन्तु खत्री
      [२७]
      देवाधिदेव
      महादेवको कृपा
      अलौकिक अतुलनीय भक्ति !
    • तोयानाथ सुवेदी
      [२८]
      शिव
      गराऊ सुद्धि
      हरायो सबको बुद्धि !
    • रमा पन्त, पाल्पा
      [२९]
      शिव
      देवताका देव
      सद्बुद्धि देऊ परमेश्वर !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [३०]
      शिव
      भजन गर
      मनमा आनन्द भर !
    • कला ढकाल, झापा
      [३१]
      शिवरात्री
      शिवको पूजा
      गाँजा खानेको बिगबिगी !
    • चक्र शाही, लम्की, कैलाली
      [३३]
      भगवान्
      आस्थाको धरोहर
      हिन्दु धर्म सनातन !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३४]
      शिवरात्री
      बढाऔँ इच्छाशक्ति
      गरेर शिवको भक्ति !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [३४]
      शिवरात्री
      महिमा धर्मको
      जीवनमा भर कर्मको !
    • सरस्वती वली
      [३५]
      शिव
      भजन गरौँ
      शरणमा हामी परौँ !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [३७]
      शिवरात्री
      चढाउँ बेलपाती
      होस सबैको जाती !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [३८]
      महादेव
      तीन नेत्र
      शक्ति सत्ताको होड !
    • दिपा गुरुङ
      [३९]
      शिव
      जन्मोत्सव खास
      अज्ञानीलाई तिम्रै आस !
    • दीपा तिम्सिना
      [४०]
      शिवरात्री
      भोलेको महिमा
      शान्ति छाओस् जनमा !
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      [४१]
      शिव
      हे त्रिलोकदाता
      लोक कल्याण नाता !
    • होम प्रसाद नेउपाने
      धरान, सुनसरी
      [४२]
      शिव
      निलकण्ठ जटाधारी
      श्मशान बास संहारकारी !
    • कमला देवकोटा, पाल्पा
      [४३]
      शिवरात्री
      शिवको आराधना
      सुख समृद्धिकाे कामना !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [४४]
      शिवरात्री
      शिव महिमा
      भाङ धतुरोको महत्त्वहिन !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४५]
      भक्त
      शिव उपासक
      धुनी बालेर जाग्राम !
    • मङ्गला उपाध्याय
      [४६]
      महादेव
      शिवशङ्कर आसुताेष
      प्राणहरूकाे रक्षा गर्नुहाेस् !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४७]
      शिवरात्री
      शिवकै चर्चा
      सर्वत्र शिवकै महिमा !
    • तेजप्रसाद खनाल, दाङ
      [४८]
      शिव
      शक्तिमान हुन्
      गरिमा अपार धुन !
    • पृथक प्रकृति, झापा
      [४९]
      संहारकर्ता
      तिमी महेश्वर
      दु:ख पीडा हर्ता !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [५०]
      शिवरात्री
      पवित्र मनले
      भक्ति गरौँ शिवको !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [५१]
      शिव
      शक्ति अपरम्पार
      लगाऊ जीवन पार !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५२]
      शिवरात्री
      हाम्रा मित्रराष्ट्रहरू
      बन्दैछन् लागुपदार्थ दात्री !
    • विवश पारदर्शी, झापा
      [५३]
      शिव
      गाँजामा मस्त
      अगस्तीले लूट्दैछन् देश ! – त्रिलोक रामदाम
      भैरहवा-८, रुपन्देही
      [५४]
      म
      निरिह प्राणी
      तिमीविना सोच फगत !
    • ध्रुव श्रेष्ठ
      खोटाङ, हाल: काठमाडौ
      [५५]
      शम्भु
      संहारकर्ता तिमी
      हिन्दुका आराध्य महादेव
    • कण्ठराज गिरी, टीकापुर
      [५६]
      महादेव
      नाम अनेक
      नीलकण्ठ रहेछ विशेष !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५७]
      महादेव
      शिवको उपासना
      महाशिवरात्रिको अपार महिमा !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [५८]
      मङ्गलम्
      हृदय भाव
      सत्यम् शिवम् सुन्दरम् !
    • शारदा गौतम आचार्य, ललितपुर
      [५९]
      शिवरात्री
      महिमा यत्रतत्र
      गाईको दुध बेलपत्र !
    • प्रभा देवी पौडेल
      [६०]
      शम्भु
      भोला कैलाशपति
      सुधार नेताको मति !
    • दुर्गा अधिकारी भमरकोटे
      [६१]
      आदियोगी
      बुद्धिमत्ता दुर्दर्शिता
      भुवनमा सर्वाेत्कृष्ट ज्ञानदाता !
    • श्रद्धा आचार्य, पोखरा
      [६२]
      शिवरात्री
      शिवको चाहाना
      सबैलाई हार्दिक शुभकामना !
    • श्रीकृष्ण धामी, बझाङ
      [६३]
      शिवरात्री
      शिवको भक्तिभाव
      सम्पूर्ण सजीवमा भक्ति !
    • कविता आचार्य, कैलाली
      [६४]
      शिवरात्री
      शिवकाे शक्ति
      गरेर उनकाे भक्ति !
    • सहयात्री शाेभा अर्याल, रुपन्देही
      [६५]
      महाशिवरात्री
      श्रीपशुपतिनाथ मन्दिर
      लाखौँ भक्तजनको भिडभाड !
    • जिज्ञासु पन्त, लमजुङ
      [६६]
      महाशिवरात्री
      शिवजीको नाउँमा
      भाङ खाने दिन !
    • अच्युत घिमिरे
      सर्पाङ, भुटान
      [६७]
      शिवत्व
      अद्भुत शक्ति
      पालन सम्हार मुक्ति !
    • लक्ष्मी अर्याल, काठमाडौँ
      [६८]
      महादेव
      शक्तिका अपार
      सदा रहोस् आशिर्वाद !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४६ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३८

  • २८ पुष २०८०, शनिबार १९:३६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    बच्चा
    बोक्दै डोकोमा
    आमा कामकै धोकोमा !
    - वसन्त अनुभव 
    [२]
    आफ्नै 
    पेट भोको
    दाउराको मूल्य कति ?
    - सोमनाथ लुइटेल 'रवि पाल्पाली'
    [३]
    बच्चा 
    आमाकाे काख 
    हुन्छ संसारमा लाख !
    - केसर बाेहरा 'सङ्घर्ष’
     अछाम, हाल: भारत
    [४]
    बाेकेर 
    दाउराकाे डाेकाे
    सन्तान हुर्काउने धाेकाे !
    - ताराप्रसाद चापागाईँ, धुनिबेसी
    [५]
    बोकेर
    माया ममता
    जङ्गल जानु बाध्यता !
    - नारायण कोइराला
       तानसेन, पाल्पा
    [६]
    चमत्कार 
    एउटा आइमाईको
    विशुद्ध विश्व समाजको !
    - एवाइ प्रभात
    सहिदभूमि, धनकुटा
    [७]
    आमा 
    ममताकी खानी 
    दुःखकष्ट गाह्रो नमानी !
    - गुणनिधि घिमिरे, अमेरिका
    [८]
    बाध्यता
    आमा भोकमा
    बच्चा बोकी डोकामा !
    - घनश्याम पौडेल, पोखरा
    [९]
    आमा
    महान् धर्ती
    कामसँग सन्तानको जिम्मेवारी !
    - सीता पाण्डेय मरासिनी 
       तम्घास, गुल्मी
    [१०]
    आमा
    हुन् जीवनदाता 
    ब्रह्माण्डमा अमूल्य नाता !
    - पृथक प्रकृति, झापा
    [११]
    पौरखी
    आमा नेपाली
    मधेशी पहाडी हिमाली !
    - सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
    [१२]
    अतुलनीय 
    आमाको स्याहार 
    महिमा सदा अपार !
    - गङ्गा खड्का 
    बूढानीलकण्ठ, काठमाडौँ
    [१३]
    आमा
    जीवनको चालक
    डोकोमा बोकेर बालक !
    - सरिता सेढाई, धादिङ
    [१४]
    ममता
    माताको जिम्मेवारी
    बोझ नहुने भारी !
    - म्यामराज राई
    [१५]
    आमा
    वात्सल्य प्रेम
    दाउराको बन्छ फ्रेम !
    - ऋजु दिल्पाली
    ईटहरी-१, सुनसरी
    [१६]
    काम 
    जीवन धान्न
    बच्चा डाेकाेमा बाेकी !
    - राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
    मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर 
    [१७]
    आमा 
    शब्द अपार
    मुटुसँग सम्बन्धित माया !
    - भवानी घिमिरे
    [१९]
    आमा
    बोकेर भारी
    स्वप्न सागर आखिरी !
    - आर्त अकुलीन
    [२०]
    दरिद्रता
    बाध्यताको भारी
    आपार मातृत्व स्नेह !
    - राजाराम रत्गैंया, अमौरा, कैलाली
    [२१]
    सन्तान 
    महिनौँ गर्भमा 
    नबढुञ्जेल एकसाथ कर्ममा !
    - अगस्टीन राई, भारत
    [२२]
    माया 
    हरेक पीडामा 
    आमाको शितल छाया !
    - डम्बर थामी 'अनुपम' 
    कालिन्चोक गा.पा.-६, दोलखा 
    [२३]
    महान्
    आमाको ममता 
    संसार अड्याउने क्षमता !
    - सरस्वती वली
     बर्दिया, नेपाल
    [२४]
    कर्म
    आमाको बुझौँ
    हामी सबैले मर्म !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा -६, संखुवासभा 
    [२५]
    आमा
    दिउँसो दाउरामा
    बिहान बेलुका चुल्हामा !
     - डा. देवी पन्थी
    [२६]
    आमा
    धरती समान
    प्रकृतिको अनुपम उपहार !
    - गोपालप्रसाद पौड्याल
    [२७]
    आमा
    पहाडकी नारी
    सधैं बोक्नुपर्ने भारी !
    - कला ढकाल
      झापा, दमक
    [२८]
    बोझ  
    पापी  पेट 
    निकम्मा निर्लज्ज सरकार !
    - मङ्गला उपाध्याय, बारा
    [२९]
    आमा
    शक्तिकी रूप
    कर्म जिम्मेबारी धूप !
    - प्रभादेवी पौडेल, चितवन
    [३०]
    काख
    दाउराको भारी
    शरीर भारीमा लछारी !
    - सविता के.सी.
    दक्षिणकाली-९, काठमाडौँ 
    [३१]
    आमा 
    बच्चाको संसार
    सन्तानको माया अपरम्पार !
    - रमा पन्त, पाल्पा
    [३३]
    नारी
    दाेहराे भारी
    बालक दाउरा माथि !
    - नवराज भट्ट, कञ्चनपुर
    [३४]
    काम
    सहनै गाह्रो
    आमालाई पार्‍यो साह्रो !
    - अम्बिका अधिकारी
        झापा, बिर्तामोड
    [३५]
    निस्वार्थ 
    ममताले भरिएको 
    सङ्घर्षपूर्ण आमाको जिन्दगी !
    - पुष्पराज पराग, इटहरी
    [३६]
    आमा
    ममताकी खानी
    बुढेसकालमा बनून् रानी !
    - निरज कोइराला
    इटहरी-१६ सुनसरी
    [३७]
    आमा
    कष्टकाे भारी 
    सन्तान हुर्काउँदाकाे जिम्मेवारी !
    - नारायण प्रसाद उपाध्याय, कैलाली 
    [३८]
    माता
    वाध्यता विवशता
    सन्तान स्नेह दृढता !
    - पं ज्यो. तोयनाथ सुवेदी 
       हेटौडा -८, कमाने
    [३९]
    अतुल्य
    सन्तान प्रतिको
    आमाको त्याग अमूल्य !
    - विवश पारदर्शी, झापा
    [४०]
    आमा
    डोकोमा नानी
    नगरी चल्दैन जिन्दगानी !
    - चक्र शाही, लम्की, कैलाली 
    [४१]
    घरबारी
    सन्तानको जिम्मेवारी
    डोकामा दाउराको भारी !
    - हिमाल अम्मै
    घोडाघोडी, कैलाली
    [४२]
    आमा
    ईश्वरको रुप
    आमाविना विश्व कुरूप !
    - तेजप्रसाद खनाल
        लमही, दाङ
    [४३]
    भारी
    बोक्ने नारी
    सन्तानको बोझ उठाउने !
    - धनमाया चौधरी, कैलाली
    [४४]
    भविष्य
    पसिनामा खोज्दै
    मस्त जग निर्माता !
    - मधुसूदन शर्मा, रोल्पा
    [४५]
    आमा
    अपारको माया
    सन्तानको शितल छाया !
    - बुद्धिप्रसाद लामिछाने, कैलाली
    [४६]
    भारी
    बच्चासँगै जिम्मेवारी 
    समाल्ने गर्छिन् नारी !
    - दीपा गुरुङ्ग 'समभाव'
    बुनपा-१२, काठमाडौँ
    [४७]
    माता
    दुःखकी मित
    जीवन जगतकी दाता !
    - पुष्पा श्रेष्ठ 'पुसु'
    रुपा गाउँपालिका-७, कास्की
    [४८]
    आमा
    दयाकी खानी
    साक्षात् भगवानको रूप !
    - दुर्गा अधिकारी भमरकोटे
         हाल, कपन 
    [४९]
    माता
    सृष्टिसित नाता
    टुट्न दिन्नन् ममता !
    - पशपती राई, खोटाङ 
    [५०]
    आमा
    कार्यकुशल नारी 
    काँधमा घरको जिम्मेवारी !
    - मन्दिरा सेढाई 
     मलेखु, धादिङ
    [५१]
    आमा
    दायित्व बाेध
    बच्चा पीडा साेध !
    - ढकाल कवि दत्त
    [५२]
    नारी 
    दुईटा भारी 
    सम्हाल्नुपर्ने सारा स्विकारी !
    - गोपेन्द्र रिजाल, पाँचथर 
    [५३]
    आमा
    पिठ्युँमा भारी
    ममता कर्तव्य बाध्यता !
    - अशोक थापा
    [५४]
    आमा
    ममताकी खानी 
    बोक्छिन् पुरै जिम्मेवारी !
    - सुरेश न्यौपाने
     लम्की, कैलाली
    [५५]
    आमा
    सन्तानको माया
    पिठ्युँमा गरीबीकाे छाया !
    - बलराज गिरी
    जानकी गा.पा.-८, कैलाली
    [५६]
    आमा
    दयाकी खानी
    छैन कुनै बेइमानी !
    - प्रेम थापा 'मन', बागलुङ
    [५७]
    आमा
    धरती समान
    सक्छिन् दु:खसुख सहन !
    - प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे 
    [५८]
    आमा
    सन्तानको हर्ष
    गर्छिन् हर्दम सङ्घर्ष !
    - दीपा तिम्सिना पौडेल, इलाम
    [५९]
    नारी
    ममताको फूलबारी 
    सन्तानको असल छहारी !
    - तोया नाथ चापागाईं
     दमक, झापा, नेपाल
    [६०]
    जिन्दगी 
    कसरी हुर्किन्छ
    ठुलो भएपछि बिर्सिन्छ !
    - होमप्रसाद नेउपाने
       धरान, सुनसरी 
    [६१]
    ममता
    आमाको जिम्मेवारी
    हुर्काउँछिन् बोकेर भारी !
    - सरस्वती श्रेष्ठ 
    रुपन्देही, बुटवल
    [६२]
    आमा 
    हुर्काउँछिन् सन्तान 
    रत्तिभर गाह्रो नमानी !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [६३]
    आमा
    बोकेर भारी
    सन्तान हुर्काउने जिम्मेवारी !
    - शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [६४]
    दिनचर्या 
    आमा सृष्टिकर्ता
    बनाइने उनैलाई भर्या !
    - रामप्रसाद पुरी, बादेल, खाेटाङ 
    [६५]
    जननी
    हाम्रो सृष्टिकर्ता
    काम कर्तव्यमा निरन्तरता !
    - कविता आचार्य, कैलाली
    [६६]
    परिस्थिति 
    जस्ताेसुकै बनाेस्
    सन्तान भुल्दिनन् आमा !
    - सुधा बाँस्कोटा ढकाल
    [६७]
    आमा 
    सन्तानको माया 
    थपियाे जिम्मेवारी काँधमा !
    - श्रद्धा आचार्य, पोखरा
    [६८]
    सम्बन्ध
    गर्भ शक्तिकाे
    आमा र सन्तान !
    - राेशन पराजुली
      बरगाछी, धरान
    [६९]
    कमलाे 
    आमाकाे ममता
    काँडा पनि बिझाउन्न !
    - टीकाराम जाेशी, इमाडोल
    [७०]
    विवश
    आमाको साथमा 
    अथाह जिन्दगीको व्यथा !
    - जिज्ञासु पन्त
    [७१]
    आमा
    ममताकी खानी
    दु:खमा वित्यो जीन्दगानी !
    - सरिता काफ्ले 
    कोहलपुर-८, पिपरी, बाँके
    [७२]
    मातृत्व 
    बगिरहेको खोला 
    पिडा अपार झोला !
    - जमुना कायस्थ, पोखरा
    [७३]
    आमा
    सन्तानको लागि
    केही पिर नमान्ने !
    - सरस्वती श्रेष्ठ, इटहरी
    [७४]
    आमा
    पवित्र माया
    ममताकाे दिव्य खानी !
    - सहयात्री शाेभा अर्याल 
       रुपन्देही, अर्याल
    [७५]
    आमा 
    नि:स्वार्थ माया
    धरामा भगवतीको छाया !
    - धनुष न्यौपाने
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३८

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P