समपञ्चाङ्ग :- २, त्रिसम पञ्चाङ्ग:- १ पञ्चाङ्गहरू :- ३४
समपञ्चाङ्ग ०१
जनताको जायज नै माग हुनुपर्छ विकास गर्नलाई त घाग हुनुपर्छ उत्तर-दक्षिण मिलाउन नेता हुनु परिपक्व नेता भई खाग हुनुपर्छ तिक्ष्ण बुद्धी चलाखमा काग हुनुपर्छ ।
स्वच्छ छबि नलागेको दाग हुनुपर्छ सुन्दर सङ्गीत जस्तै राग हुनुपर्छ सोझा जनतालाई धोका कैले नदिनु बैरीलाई डस्न सक्ने नाग हुनुपर्छ सबैलाई चित्त बुझ्ने भाग हुनुपर्छ ।
समपञ्चाङ्ग ०२
गाउँ भरिकाले सदैव कालू भन्छन् मलाई टाठो चलाख भएर नै चालु भन्छन् मलाई कहिले राम्रो भन्दछन् कहिले विचरा भएँ गमक्क परेर बसेको ठालु भन्छन् मलाई सबै मिलेर अब यहाँ ढालु भन्छन् मलाई ।
दु:ख भोग्नेलाई नै कहाँ फालु भन्छन् मलाई कुन ठाउँको कोप्चातिर हालु भन्छन् मलाई समय अनुसार चल्दा अनेकौँ दु:ख पाएँ अनपढ केही नजान्ने आलु भन्छन् मलाई घरभित्रै राखेर आगो बालु भन्छन् मलाई ।
त्रिसमपञ्चाङ्ग ०१
विवाद गरी बोलिले मारेर गयौ मलाई अन्यथा भयो जमिन सारेर गयौ मलाई बलले आर्ज नैतिक भएर बुद्धि देखाऊ शासन गर्दै भोगाइ सारेर गयौ मलाई कसरी हुन्छ तिमीले खारेर गयौ मलाई ।
जीवन बित्छ दु:खले बारेर गयौ मलाई तनाव दर्द भागमा पारेर गयौ मलाई जीवन ढल्दा बलेको राप ताप्दैन कसैले भागमा जित आफैले हारेर गयौ मलाई हलको गोरु बनाई नारेर गयौ मलाई ।
गलत सही भनेर झारेर गयो मलाई नारीको हेलाँ सहेर दारेर गयौ मलाई निशब्द भएँ देखेर काम गरेन सुद्धिले तिक्तता बोली रसमा तारेर गयौ मलाई संसारै दुई आखाले चारेर गयौ मलाई ।
पञ्चाङ्ग २९०
चुरापोते हरियो सारीको पहिरन पनि हरियो साथी एक महिनाको व्रत आराम हिजैबाट गरियो साथी चोखो खानु शुद्ध भएर वचन वाण कहिले नहान्नु जस्तै भएनि कामगर्ने घाँस बाँध्न खोइ बरियो साथी साउने सक्रान्तिमा लुतो दाद फाल्न काम सरियो साथी ।
पञ्चाङ्ग २९१
मान्छे हुँ सिसा जस्तै फुट्न सकिन सत्य आत्मासँग नै जुट्न सकिन कुरा आदर्शका छाँटेर के गर्नु मानेको दोषीलाई चुट्न सकिन सकिएको ज्ञानले लुट्न सकिन।
पञ्चाङ्ग २९२
राजा पनि गुरुको पाउ पर्न जान्नु पर्छ गुरुले भनेको साच्चै सदैव मान्नु पर्छ शिक्षादीक्षा दिने गुरु बाहेक छैन कोही असल गुरुलाई आफैँले नै छान्नु पर्छ गुरुलाई शिष्यको हृदयले तान्नु पर्छ।
पञ्चाङ्ग २९३
कतिको त सातो गयो कतिको फुक्न बाँकी छ मै हुँ भन्ने नेता मैदान छोडी लुक्न बाँकी छ रविले देश चलाए बुढा नेता भागे राम्रो युवा नेताको कामको अगाडि झुक्न बाँकी छ खलनायकलाई जनताले थुक्न बाँकी छ ।
पञ्चाङ्ग २९४
स-सानो कुराले पनि झस्केको देखियो मीठो बोलिले नै निकै मस्केको देखियो जीवनमा सुखदुःख आई नै रहन्छ दु:ख तनावले छाती चस्केको देखियो आजभोलि के भएर खस्केको देखियो ।
पञ्चाङ्ग २९५
सफा नगरेपछि जालो आउँछ साथी एकदिन फाटेको टालो आउँछ साथी चक्र नै हो हेरेर बस्नु पर्दछ यहाँ गोरो गएपछि कालो आउँछ साथी एकपटक साच्चै पालो आउँछ साथी ।
पञ्चाङ्ग २९६
मेरो लागि कोही मरे जस्तो लाग्छ काम पर्दा अन्तै सरे जस्तो लाग्छ खाँचो पर्दा टार्न सक्ने छैन कोही सम्पत्ति नहुँदा परे जस्तो लाग्छ श्रम गर्दा केही गरे जस्तो लाग्छ ।
नारीले चुरा छोडी कडा लगाउन थाले अस्तित्व बजारमा सधैँ बगाउन थाले स्वतन्त्र भनेको छाडा बन्नु होइन होला हुँदाहुँदै नशाको ध्वनि जगाउन थाले युवाको साथले सभ्यता भगाउन थाले।
पञ्चाङ्ग २९९
मित्रताको शिखरमा पुग्नुपर्छ भन्छन् सत्यतथ्यमा सदैव झुक्नुपर्छ भन्छन् अनुहार जस्तै दिल नि चाहिन्छ सफा एकताको अघि सधैँ नुघ्नुपर्छ भन्छन् सङ्घर्षको मैदानमा जुट्नुपर्छ भन्छन् ।
पञ्चाङ्ग ३००
अखडा बढेको छ जुवाडेको तास हेर्न छोड्ने सकेको छैन मानवले मास हेर्न मरेको त सुतेको हुन्छ जुवाडे बसेको प्रवृत्ति यस्तै हो आउछन् बढी लास हेर्न कसैको घाटा अनि नोक्सानको रास हेर्न।
पञ्चाङ्ग ३०१
आज पनि मेघ गर्ला जस्तो छैन माथिबाट पानी झर्ला जस्तो छैन इन्द्र नि रिसाएको मनावसँग पानीबिना रोपो सर्ला जस्तो छैन एक थोपा पानी पर्ला जस्तो छैन।
पञ्चाङ्ग ३०२
माया भन्ने कुरै यस्तो जति गर्यो कम हुने साँचो पिरती लाएपछि त्यसैमा दम हुने घातको कुरा नगर्नु माया गाँसिने बेलामा एकताको कुरा गरी आँखाभरि नम: हुने यस्तो गहिरो माया दिनु नशामा रम हुने ।
पञ्चाङ्ग ३०३
तिमी रात भए म छायाँ बन्नेछु तिम्रो दिलमा बस्ने माया बन्नेछु मौसम वसन्त झैँ राख्छु समाली हिन्दाखेरि म दायाँ-बायाँ बन्नेछु सुख दु:खको सधैँ काया बन्नेछु।
पञ्चाङ्ग ३०४
मेचिकाली अभियानमा नेता लाग्न थाले पाँच वर्षे कुर्सीको लागि नेता भाग्न थाले नेतालाई ठुलो चिन्ता स्वतन्त्र अगाडि छ दुई हात जोडी नेताले भोट माग्न थाले नेताको काम देखर जनता जाग्न थाले ।
पञ्चाङ्ग ३०५
पीडा मेटाउन नसा पिए हटाउन मलाई के गर्छौ रोग लागेर मर्ने भएछु बचाउन मलाई के गर्छौ म बाँचे मरे पनि तिमीलाई फरक कत्ति पर्ने छैन जिउदो लास भएछु अब सजाउन मलाई के गर्छौ अन्तिम बेलामा लास बनेँ जलाउन मलाई के गर्छौ।
पञ्चाङ्ग ३०६
आमाको मायामा सन्ततिले काख पाइन्छ बचेको ममताको मुल्यमा साख पाइन्छ जननी हुन् सन्तानको पीर व्यथा सहने सेवा गरेपछि आशीर्वाद लाख पाइन्छ मनमा श्रद्धा भएमा सधैँ दाख पाइन्छ ।
पञ्चाङ्ग ३०७
कस्तो अक्षम बुद्धी नभएको काठो रहेछ भन्थ्यो अरुलाई राय दिन नसक्ने पाठो रहेछ भन्थ्यो मनुष्य भएपछि त हुनुपर्ने हो मिलनसार कहिले फुकाउनै नसकिने गाँठो रहेछ भन्थ्यो अगाडि बढ्ने थिएँ तर अल्को आँठो रहेछ भन्थ्यो।
पञ्चाङ्ग ३०८
तिमीलाई आँखाभित्र सजाउन चाहन्छु दुश्मनको हृदयलाई जलाउन चाहन्छु जमानाले सताउँदा फरक मान्नु पर्दैन मायाले तिमीलाई सधैँ बचाउन चाहन्छु वाँच्दासम्म माया गर्दै फकाउन चाहन्छु ।
पञ्चाङ्ग ३१०
मलाई माया गर्न जानिनौ तिमी भनेको नि कहिले मानिनौ तिमी सम्बन्ध एकोहोरो बलियो हुन्न बन्धन मायाको हो ठानिनौ तिमी विश्वासले मलाई तानिनौ तिमी।
पञ्चाङ्ग ३११
आँखाभित्रको कसिङ्गर बनाए मलाई रिस थियो अर्काको रिसै खनाए मलाई बोले छुचो भएँ चुपचाप बस्दा घाती नै लोभिपापी जस्तो संज्ञामा जनाए मलाई वाणै वाणको चुच्चोले नै हनाए मलाई ।
पञ्चाङ्ग ३१२
आँखाबाट आँसु खस्छ तिमी रोएको बेला हृदय पनि त्यहीँ दुख्छ तिमीले छोएको बेला टेक्ने ठाउँ कहीँ छैन हुरीले लगिसक्यो घिन लाग्छ होला मेरो आँसु धोएको बेला मन नि कति दुख्ने निचोर्दै दोएको बेला ।
पञ्चाङ्ग ३१३
चोटै चोट पाएर छाती दुखेको बेला कति दु:ख सहेर आज लुकेको बेला पीडा नि सारै खनिएर आयो सदैव सुनिए पछि दिल धेरै चुटेको बेला के लाग्छ र दैवले दिल थुतेको बेला ।
पञ्चाङ्ग ३१४
कोही घाती बने कुनै जाती हुनेलाई देवी देउतामा चढ्ने पाती हुनेलाई समस्या बड्छ घट्ने हैन रुनु पर्नेछ दु:ख केहो भनी सोध छाती हुनेलाई गोप्य कुरा त नखोल्नु घाती हुनेलाई ।
पञ्चाङ्ग ३१५
नाग पञ्चमी नागै नागको मेला हो श्रावणमा नाग देवको हुने भेला हो दुध-दही आदिले अर्घ दिनुपर्छ यही मासमा आउने पर्व बेला हो ऋषिबाट श्रापित चेली अनि चेला हो ।
पञ्चाङ्ग ३१६
जल्छ मुटु भतभती जलेको देखाऊ तिमी सुस्त-सुस्त चल्छ मुटु चलेको देखाऊ तिमी सास लिँदा साह्रो हुन्छ वाक्य पनि फुरेन है दिल पीडाले नै गल्छ गलेको देखाऊ तिमी आगो फुक्दा निभ्छ यहाँ बलेको देखाऊ तिमी।
पञ्चाङ्ग ३१७
चोट लागे पनि दुख्यो भन्न कहाँ सक्छु दिएको चोट अहिले गन्न कहाँ सक्छु छिया भयो मुटु भित्र तिम्रो बास थियो अशक्त भए बेलामा खन्न कहाँ सक्छु जति गरे पनि तिम्रो बन्न कहाँ सक्छु ।
पञ्चाङ्ग ३१८
जानेदेखि कामको पनि गगन हुन्छ लगाउने चिज- वस्तुमा बटन हुन्छ मान्छेले गरेर नहुने केछ लोकमा साधारण मान्छेको पनि वतन हुन्छ उडेको देख्नेलाई साच्चै जलन हुन्छ।
पञ्चाङ्ग ३१९
गरिबले धनीको किन लात खान्थे काम गरेको पैसाले नै भात खान्थे निर्धो भएर बाँच्नु अभिशाप हो नि मिहनेत गर्न श्रमको जात खान्थे मिल्ने भए गरिबले त पाथ खान्थे ।
पञ्चाङ्ग ३२०
जडिबुटीले निको पार्छ भन्ने हामी जान्नु पर्छ परम्परादेखि चलिआएको मन्त्र मान्नु पर्छ ऋषिमुनीदेखि आजसम्म सुत्र आयुर्वेद हो जङ्लमा भएको ओखती हामीले छान्नु पर्छ जडिबुटी उत्थानको लागि डलर तान्नु पर्छ ।
पञ्चाङ्ग ३२१
यहाँ चोटले नै छाती चस्केको देखियो त्यहाँ मोज लिँदै सधैँ मस्केको देखियो कुरा काटे नि प्रवाह गेरेनौ कहिले सपनीमा त सदैव झस्केको देखियो राम्रो छोडी नराम्रोमा हस्केको देखियो।
पञ्चाङ्ग ३२२
दुई आत्माको मिलन हुन्छ दिल खोल्न जानेपछि आफैँ माया प्रगाढ हुन्छ मीठो बोल्न जानेपछि डर हुँदैन कसैको प्रेममा बिश्वास भरोसा भए सानो ठूलो कोही हुन्न मिलाएर बोल्न जानेपछि चिसो माया तातो हुन्छ स्पन्दनले पोल्न जानेपछि।
पञ्चाङ्ग ३२३
धिकार छ जिन्दगी समयले नचायो मलाई खान खोजें जहर,औषधिले बचायो मलाई राम्रोको पछि लाग्ने त्यस्मा पर्दिन होला केगरुँ? हेर अनायासै सधैँको लागि मचायो मलाई कहिले कुराले कैले छुराले पचायो मलाई ।
पञ्चाङ्ग ३२४
मर्ने बेला कात्रोमा राखेर लाने धन छैन मेरो तिमीलाई छोडी अन्त कतै लाग्ने मन छैन मेरो समयको चक्र मात्र धनिकै समीप घुम्छ हेर आगो लाउने थिएँ बल्ने खरको बन छैन मेरो उर्जा धारासायी भयो उठ्ने मन झन छैन मेरो ।
शुद्धीकरण ————– सोमनाथ लुइटेल भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
समायोजन ————- दुर्गा आचार्य & भवानी घिमिरे
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको पाँचौं अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१
चारैतिर हरियो बिचमा बाटो छ आराम गर्ने कुर्सी विश्राम पाटो छ बाटोमा सुन्दर देखिन्छ सफाइले सफा पनि कति न त कतै टाटो छ सुन्दर हेर्नेलाई त्यो रातो माटो छ ।
👌सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग ०२
प्रकृतिसँगै मितेरी लाउन पाए राम्रो कहाँ जानू बसि बसि धाउन पाए राम्रो बाटोको दायाँबायाँ कुर्सी नै राखिएको छ सुसेली पनि सुसेल्दै गाउन पाए राम्रो दुःख भित्र खुसीयाली पाउन पाए राम्रो ।
✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग ०३
हरियाली छाएकाे छ वनकुञ्ज भित्र जस्तो स्वयं लाग्छ स्वर्गकाे त्यो बगैँचाकाे चित्र जस्ताे पञ्चाङ्गकाे फूलबारी सजाउने मन गरी एकान्तमा घाेत्लिएकाे पारखी त्याे मित्र जस्तो देखेँ मैले प्रकृतिकाे रूप छ-वि-चित्र जस्ताे ।
👌विष्णु दाहाल, इनरुवा ५, सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०४ 🌹🙏🌹 शोभनीय पनि कति हो त्यो जङ्गलको बाटोमा राम्रो सफा सुन्दर देखिने त्यो वनको रातो माटोमा राम्रो चारैतिर वृक्ष लता फलफूल झुलेको हरियाली आरामको कुर्सी रहेछ त्यो फलैँचाको साटोमा राम्रो पर्यटक रमाउछन् डु्ल्दा त्यो बाटो घाटोमा राम्रो ।
👌बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०५
विदेशमा ठाउँ ठाउँमा यस्तै उद्यान बनेका छन् ठाउँहरू घाँस रूखले हरिया कति भएका छन् बस्नकाे लागि बेन्चहरूकाे राम्राे व्यवस्था गरेकाे पर्यटकले आउनका बीचमा बाटा रहेका छन् मान्छे यसरी आनन्दित भई मजाले बसेका छन्
✍️नवराज भट्ट, महृेन्द्रनगर, मञ्चनपुर ।
चित्रपट पञ्चाङ्ग ०६
रमाइलो वन जस्तो हरियाली मन जस्तो लाग्यो हराऊ कि त्यहीँ सुन्दरता तन जस्तो जन्मको आँगन जस्तो ।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपटमा पञ्चाङ्ग ०७
कति सुन्दर हरियाली मन लोभ्याउने चौतारीमा बस्दा हजुर तन लोभ्याउने चारैतिर हरियाली बिचमा छ है बाटो हेर्दा कति राम्रो ठाउँ यो झन लोभ्याउने प्राकृतिक हराभरा यो वन लोभ्याउने ।
✍️बुद्धिमान दनुवार, सुरुङ्ग –४ झापा ।
चित्रपट पञ्चाङ्ग ०८ १ एकलास कुनै यो ठाम होला यसको पनि आफ्नै नाम होला आहा !कति मनोरम दृश्य छ कुनै दिन यसको काम होला यो ठाउॅ आउनेको लाम होला। २ दिनमा छ सुनसान राती कस्तो होला। घाम डुबेपछि गए मुटु बस्तो होला। कसैलाई यही ठाउॅ मनोरम भए, डोरी पनि सर्प बनी आई डस्तो होला बेकारमा जान कस्को ज्यान सस्तो होला
✍️घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग चित्रपट ०९
मनोरम दृश्य मन लोभ्याउने यहाँ बस्दा सधैं तन लोभ्याउने कति सुन्दर हरियाली ठाउँ छ रमाइलो हेर्दा झन लोभ्याउने सुन्दर हरियो वन लोभ्याउने।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १० ❤️✍️❤️ १ व्यवस्थित ठाउँ यस्तो पाउन गार्हो छ विकासको गति सार्थक हुन सार्हो छ भए अलिक दिनमै भत्किएर जाने कर्म लिनेमा सबै जन किन तारो छ नडराउ तिर्खा लागेमा दायाँ धारो छ। २ हरियाली जताततै मन लोभ्याउने बसेर नअघाउने झन लोभ्याउने पर्यटनका लागि आकर्षक गन्तव्य सागरले भरिएको टन लोभ्याउने प्राकृतिक धरोहर जन लोभ्याउने ।
✍️जमुना आचार्य,सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग ११
सुन्दर हरियाली ठाउँ भेटियो हिँड्दा हिँड्दै। विश्राम गर्ने राम्रो नाउँ भेटियो हिँड्दा हिँड्दै। यो सुन्दर ठाउँमा बस्दा मन आनन्द हुन्छ, उठेर जाँदा राम्रो गाउँ भेटियो हिँड्दा हिँड्दै। गाउँमा भगवानको पाउँ भेटियो हिँड्दा हिँड्दै।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १२
प्रकृतिलाई सजाए राम्रो लोक सङ्गीत बजाए राम्रो प्रकृति जीवन हो आखिर खुसीको साथ लजाए राम्रो माया पिरती भजाए राम्रो ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग १३
अति रमाइलो गाउँ सहर छ । यही समिपमा बस्ने रहर छ । स्वर्गकाे टुक्रा झरे झैँ भान हुने, गाउँकै नजिक यहाँ नहर छ । पर्यटक बढ्ने मेरो ठहर छ ।
✍️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १४
जति हेर्यो हेरिरहुँ लोभलाग्दो वन त्यहाँ लगातार तानिरहेछ चञ्चल मन त्यहाँ शारीरिक र मानसिक थकाइ मार्न भुल्दै तरोताजा बन्न पुग्छ मेरो सारा तन त्यहाँ सोचेजस्तो सफल हुन्छ हाम्रो जीवन त्यहाँ ।
✍️वसन्त अनुभव,घोराही, दाङ ।
चित्रपट पञ्चाङ्ग १५
सुन्दर शान्त ठाउँमा बस्न पाए हुन्थ्यो कोइली आवाजमा कसैले गाए हुन्थ्यो दायाँबायाँ हरियाली बाटो कति स्वच्छ प्रकृतिसँग हामीले मित लाए हुन्थ्यो कुर्सीमा बसेर नै आँखाले धाए हुन्थ्यो ।
✍️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग १६
हरियाली सुन्दर प्रकृतिले मन छुनु पर्छ देखिन्छ स्वर्गको नै आकृति छविमा हुनु पर्छ अथाह लाग्छ आनन्द यहाँ बसेर मजा लिन प्रकृति पनि हाम्रो संस्कृतिले जस्तै दुनु पर्छ फैलाउनु हुन्न विकृतिबाट पनि रुनु पर्छ ।
✍️देबकी के.सी. , बिरगंज ।
चित्रपट पञ्चाङ्ग १७
सुन्दर हरियाली राम्रो बाटो छ थकाइ सानाे त्यो चाैतारी पाटाे छ रमाइलो ~ हराभरा ~ चारैतिर काेही नि दाग नभएको टाटाे छ उब्जा शक्ति भएको राताे माटो छ ।
✍️सहयात्री शोभा अर्याल, बुटवल ।
चित्रपट पञ्चाङ्ग १८
जाउ भो साथी प्रकृति हेर्नलाई कतै आँखालाई राम्रो दृश्य फेर्नलाई कतै दायाँबायाँ हरियाली बाटो बिचमा होस् पञ्चाङ्ग त्यही बसेर केर्नलाई कतै अङ्गालोमा प्रकृतिले बेर्नलाई कतै ।
✍️दुर्गा निरौला, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १९
आउ एक छिन दुबै प्रकृतिमै रमाऊँ बसेर माया प्रेमका कहानीले मनमा जमाऊँ बसेर बिश्वास घात हुनेछैन म बाट कहिल्यै बुझन राम्रो गरी समाज पनि मायामा कमाऊँ बसेर युग बित्छ चोखो मायाले बन्धन समाऊँ बसेर !!
✍️इन्दिरा देवकोटा,कपिलवस्तु न पा ३
चित्रपट पञ्चाङ्ग २०
यस्तै सुन्दर प्राकृतिक झैँ मन भै दिए हरियाली आहा भन्ने यस्तै वन भै दिए जानै पर्दैन घुम्न अन्य देश परदेश मिलनसार सबै मानिस झन भै दिए सबैको सौहार्दपूर्ण आफ्नै पन भै दिए ।
✍️रुपा गौतम, बारा ।
चित्रपट पञ्चाङ्ग २१
बस्ती बसाउँदा राम्राे हावापानी सधैँभरि खाँचाे नहाेस् भनी साेच्नुपर्छ नानी सधैँभरि बगैँचा हाेस् सदा राम्रो मार्ग चारैतिर खुलाेस् प्राणमा वायु घुस्दैमा हुन्न हानि सधैँभरि धर्ती स्वच्छ बनाउने हाेस् है बानी सधैँभरि
✍️ताेयानाथ सुवेदी, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २२
रुखमाथि चरीले गीत गाएको छ चारैतिर हरियालीले छाएको छ पृथ्वीमा स्वर्ग झैँ देखिन्छ ठाउँ हो! ईश्वरको वरदान पाएको छ हेरिरहुँ लाग्छ, मन रमाएको छ ।
✍️दुर्गा भमरकोटे सुसेली, कपन ।
चित्रपट पञ्चाङ्ग २३ १ हरियो वन नेपालको धन जगाउँनु पर्छ वरपर बारीमा नै बिरुवा लगाउँनु पर्छ हामीलाई धेरै फाईदा हुन्छ त वृक्ष रोपेर स्वच्छ हुन्छ धरा मलजल बगाउँनु पर्छ अक्सिजन कै लागि त बिरुवा मगाउँनु पर्छ । २ सम्पूर्ण प्राणी बचाउँने माटो हुँ चिनी राख्नु घर आँगन रङ्गाउँने टाटो हुँ चिनी राख्नु यदि चिनेर अगाडि बढ्यौँ भने महोदय अन्यायमा बगेको हेर्ने लाटो हुँ चिनी राख्नु पृथ्वीमा भन्छन् रिसाउँने फाटो हुँ चिनी राख्नु।
✍️कमला पाण्डे पराजुली झापा चारआली।
चित्रपट पञ्चाङ्ग २४
हरियाली भएको आँखाले देख्न पाउनु पर्छ यस् प्रकृति दृश्य हेर्नलाई हामी धाउनु पर्छ बाटोको किनारमा बस्ने व्यवस्था भएको राम्रो सुरिलो आवाज घरमा खरले छाउनु पर्छ माटो राम्रो भएको बाटोमा सारी लाउनु पर्छ ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग २५
बाटो वरिपरि हेर्न मन छ हरियाली भए बिक्ने तन छ कहिले आउला नेपालमा त्यो बनाएमा नेपालीको धन छ दृश्यमा देख्दामा आफ्नो पन छ ।
✍️अनुप आचार्य, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २६
हरियाली वनजङ्गल रमाइलो लाग्छ मलाई। यस्तो ठाउँमा बस्न पाउँदा त पीडा भाग्छ मलाई। अहिले हरियो जङ्गल मासेर बस्ती बसेको छ, मानव बस्तीको कोलाहलले रोग जाग्छ मलाई स्वस्थ्य हुनलाई हरियालीको अति माग्छ मलाई ।
✍️सुशीला ढकाल अधिकारी, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २७
बन जङ्गल दुबैतिर चौरी हरियो साथी मन मङ्गल भयो मेरो दङ्ग परियो साथी आफ्नो गाउँको घर पनि भुईंचालोले लड्यो बीचमा बाटो कति राम्रो मनै भरियो साथी त्यसैले यतैतिर पो बसाइँ सरियो साथी ॥
✍️गुणनिधि घिमिरे, दमक ।
चित्रपट पञ्चाङ्ग २८
सधैं हरियाली भएको डाली राखौं बाटाका फोहोरलाई नि फाली राखौं सुन्दर, हराभरा बनाउन हामीले प्लास्टिकहरु डस्बिनमा हाली राखौं बोट बिरुवाहरुलाई चाली राखौं ।
✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २९
प्रकृतिको उपहार हाम्रो हरियो वन राम्रो वनपाखामा सँगै डुल्ने दौँतरीको मन राम्रो जोगाएर पर्यावरण बचाउनु छ जीवन हिमाल,पहाड,तराई नेपालीको धन राम्रो सुन्दरताकी रानी रारामा गुराँसले झन् राम्रो
‘साताका तीन लघुकथा’को सत्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका जनैपूर्णिमा विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (जनैको कथा, बाचा बन्धन र जनै) छनोट गरी प्रकाशन गरिएको छ।
१) लघुकथा : जनैको कथा
✍️ लक्ष्मण अर्याल
“यसपालि तिब्बती भोटेले जनै पठाउँदै पठाएन । यो त पोहोरको जगेडा हो ।” पूजा सामग्री पसलका बुढा बा भन्दै थिए ।
“धन्न हाम्रो संस्कृति त्यही भोटेले भने पनि जोगाइदिएको छ बा ।” उसले कुराको पुच्छर जोड्यो ।
“जनै मन्तर्नु (मन्त्रनु) अनि मन्तरिएको (मन्त्रिएको) जनै लगाएर त्यसको विधिविधान पालना गर्नु, यी सबै दन्त्यकथा भए । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला, यो संस्कृति खाल्डोमै जाला, पैसा जति भोटेले लाला ।” पसले बुढा पनि कहाँ कम थिए र । उनले ठट्टैठट्टामा गहिरो कुरा गरे ।
“हो त नि बुबा ।” उसले बुढाका कुरामा सही थाप्यो । “तिमीलाई पुराना कुरा था’छैन बाबु । उहिले एक जना ज्ञान दिलदास भन्ने सन्त कविले भनेका थे, ‘धर्म र कर्म गुरुङले गर्यो छक् पर्योे बाहुन’ यो बाहुनलाई हेप्या हो भन्लाऊ नि फेरी । हैन, सत्ते कुरा बोलेको हो ।” बुढा अझ कुरामा गहिरिए ।
बुढा आफ्ना कुरा सुनिदिने र सही थाप्ने मान्छे भेट्टाए यसरी कुरामा बगिरहन मनपराउँछन् । घर बसेर काम नहुँदा उनी दिक्क थिए । यसैले छोरालाई कर गरेर एउटा पूजासामग्री पसल राखे । यो पसल राखेपछि उनी झनै तेजिला बन्दै गएका छन् ।
उसले भन्यो, ” तपाईं पनि यही जनै लाउनुहुन्छ बा ?” बुढाले कुरालाई निथारेरै भने, “मेरा लागि जनै म आफैं बनाउँछु बाबु । मन कहाँ मान्छ र यस्तो जनै भिर्न । अड्डी ब्राह्मणका लागि होइन यो जनै, हड्डी बाउनले मात्र यस्ता लाउँछन् ।”
रत्न नगर, टाँडी, चितवन
२) लघुकथा : बाचा बन्धन
✍️ निरज कोइराला
“येनबद्धु बलीराजा दानवेन्द्रो महाबल: …… “ पण्डितले डोरो बाँध्दै थिए । मैले गुरुलाई डोरो बाँध्नुको कारण बताउन कर लगाएँ । “सचि पुराण, स्कन्द पुराण, पद्म पुराण र श्रीमद्भागवत् पुराणमा समेत दानवीर असुर राजा बलीले देवताहरूलाई जितेपछि स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम् सीमामा पुगेको थियो । असुरराजको अहङ्कारलाई चकनाचुर बनाउनका लागि भगवान् विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बलीकहाँ भिक्षा मागे ।
राजा बली महान् दानवीर थिए । उनले ब्राह्मणलाई जे माग्छौ दिने छु भनेर वाचा गरे । ब्राह्मणरुपी भगवान् विष्णुले बाचा बन्धनमा तीन पाउ जमिन मागे । दुई पाउले आकाश र मर्त्य ढाकी पाताल पठाए ।” गुरुलाई रोकेर सँगै बसेका मित्र गणेशले प्रश्न तेर्स्याउनुभयो, “यो पुराण गुरुहरूले पहिल्यैदेखि असुर नेताहरूलाई पढाएर कपटी विष्णु बनाउनुभएछ । हामी सबै दानवीर बलीराजा । अब मङ्सिर चारको हाम्रो दुई भोट, त्यस्तै दुई पाउ त हुँदैन ?”
बेलका १ । हालः इटहरी
३) लघुकथा : जनै
✍️ नारायण कोइराला बस आफ्नै गतिमा अगाडि बढ्दै थियो । नजिकै एउटै सिटमा बसेको साथीले फोनमा ठूला गफ गर्यो, “घाँटीमा धागो लगाउँदैमा के नै हुन्छ र ?” म कुरा बुझ्न सकिरहेको थिइनँ । मनमनै सोचेँ, “कुनै भ्रम होला, उसमा ।”
मौसम खराब हुँदा रोड भाँसियो । सौभाग्य ! ठूलो रुखमा बस अडियो । म आफ्नो जनै समाउँदै भगवानलाई सम्झिएँ । हत्तपत्त ऊ, मेरो जनै समाउन पुग्यो । मैले जोडसँग भगवानलाई पुकारेँ । उसले पनि ।
हामी दुवै बिस्तारै बसबाट उत्रियौँ । मैले प्रश्न गरेँ, “तिम्रो जनै खोइ ?” उसको शिर झुक्यो । मैले कुरा बुझेँ । उसले धागो भनेर साथीसँग कुरा काटेको त्यो धागो त ! पूजा गरिएको जनै पो रहेछ ।
भरतपुर, चितवन साहित्य संगम चितवनले बहुचर्चित साहित्यकार , गीतकार तथा प्राज्ञ अमृता रसाइली रामदामको चारु संग्रह “खण्डित इन्द्रेणी”को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ।
नारायणी माविको हलमा सम्पन्न उक्त कार्यक्रमको सभापति संगमका अध्यक्ष साहित्यकार प्रकाश चापागाईं र प्रमुख अतिथि भरतपुर मनपा प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी हुनुहुन्थ्यो ।
पुस्तक विमोचन र समीक्षा कार्यक्रममा बर्दघाट नगरपालिकाका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमी, डा.देवी पन्थी, यज्ञलाल सुवेदी( बुटवल ), घनश्याम पौडेल ( पोखरा ), प्रा. कपिल अज्ञात , हुसेन खाँं,रमेश प्रभात, किसान प्रेमी आदि चितवन हुनुहुन्थ्यो ।
बहरे गजलको विकल्पमा प्रयोगमा ल्याइएको बेबहर चारु छोटो समयमा नेपाल र हिन्दुस्तानमा निकै लोकप्रिय भएको छ भन्दै डा परिश्रमीले चितवन कि अम्रुता रसाइली विश्व कि प्रथम चारुकार हुन सफल भएकोमा चितवनवासीलाई समेत बधाई दिनु भयो।
प्रा.कपिल अज्ञातले आफ्नो महानगरबासी अमृता रसाइलीको साहित्यिक प्रगतिमा खुशी व्यक्त गर्नु भयो । प्रमुख अतिथि उपकुलपति इन्द्र रेग्मीले अमृताले सही बाटो लिएको र हिँडेकै बाटोलाई निरन्तर दिन आशीर्वाद दिनुभयो । अध्यक्ष प्रकाश चापागाईंले चारु संग्रहको प्रथम कृति विमोचन तथा चर्चा परिचर्चा गर्न पाएकोमा खुशी व्यक्त गर्दै अमृतालाई बधाई दिनुभयो ।
साहित्यकार रमेश प्रभातले जुन साहित्य वादविवादबाट खारिदै अगाडि बढ्छ त्यो नै असल साहित्य हुन्छ भन्दै अमृताको प्रगतिमा आफू खुशी भएको आशय व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा प्रथम चारुकार अमृता रसाइली र उहाँका जीवनसाथी प्रेम रामदामलाई चारु साहित्य प्रतिष्ठानको तर्फबाट दोसल्ला , प्रमाणपत्र , माला र नगद राशीले सम्मान गरिएको थियो। कार्यक्रमको संचालन प्राज्ञ उषा तिवारीले गर्नुभएको थियो ।
काठमाडौ, २८ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
social media
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] गाईजात्रा सांस्कृतिक पर्व नेपाली हुनुमा गर्व ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] गाईजात्रा नेपाली परम्परा हाम्रो मौलिक पारा ! ✍️ पशपती राई खोटाङ
[३] गाईजात्रा फरक मेला पर्वमा सबै भेला ! ✍️ शिव ज्ञवाली (जिज्ञासु) गुल्मी
[४] गाईजात्रा मौलिक पर्व हास्य व्यङ्ग्य प्रदर्शन ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[५] गाईजात्रा नेपालीको गर्व ब्यङ्गको महान पर्व ! ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे