• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

बिश्व रक्तदान दिवसको अवसरमा बहुदरमाई नगरपालिका वडा नं. ७ को अस्थायी वार्ड कार्यलयमा रक्तदान कार्यक्रम सम्पन्न

  • ४ असार २०७९, शनिबार ०९:२१ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज – बिश्व रक्तदान दिवसको अवसरमा आज शुक्रबार पर्साको बहुदरमाई नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

    बहुदरमाई नगरपालिका वडा नं. ७ को अस्थायी वार्ड कार्यलय तथा सर्वोतम युवा क्लब छपकैयामा आयोजित रक्तदान कार्यक्रममा ५ महिलासहित २६ जनाले रक्तदान गरेका छन । 

    उक्त रक्तदान कार्यक्रममा पुग्नुभएको बहुदरमाई नगरपालिका मेयर सिंगासन सा तेलीले रक्तदान गर्नेहरुलाई रगत जम्मा हुने प्याकेट दिएर कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

    कार्यक्रमलाई शुभारम्भ गर्दै मेयर तेलीले रक्तदान जीवनको सबै भन्दा ठुलो दान भएकोले सबैले रक्तदान गर्नुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी बहुदरमाई नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिरेन्द्र प्रसाद यादेवले प्रत्येक व्यक्तिले तिन तिन महिनामा रक्तदान गर्ने बताउनुभयो ।

    उहाले तपाइहरुको एक एक थोपा रगतले कसैको ज्यान बचाउने बताउनुभयो । उहाले बिना कुनै डरत्रासको रक्तदान गर्नुपर्ने बताउनुभयो ।  

    कार्यक्रममा वडा नं. ७ का वडाअध्यक्ष बिरेन्द्र प्रसाद यादव, ईब्राहिम देवान, हरिन्द्र साह, स्थानीय जसपाका नेता महन्थ यादव, स्थानीय तथा उपशाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्राबिधिक जितेन्द्र कुशवाहाको टोलीले प्राबिभिक सहयोग गरेको थियो भने कार्यक्रमका सञ्चालान रेडक्रस सोसाईटी पर्साशाखका सदस्य शिवनाथ यादवले गर्नुभएको थियो  ।
     

    Posted in मुख्य खबर, समाजLeave a Comment on बिश्व रक्तदान दिवसको अवसरमा बहुदरमाई नगरपालिका वडा नं. ७ को अस्थायी वार्ड कार्यलयमा रक्तदान कार्यक्रम सम्पन्न

    बहुदरमाई नपा-७ का वड़ा अध्यक्ष यादवको अध्यक्षतामा विश्व रक्तदान दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न

  • १ असार २०७९, बुधबार ०७:५२ मा प्रकाशित
  • उमेश कुशवाहा, बीरगंज, पर्साको बहुदरमाई नगरपालिका -७ का वड़ा अध्यक्ष बीरेन्द्र प्रसाद यादवको अध्यक्षतामा विश्व रक्तदान दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

    बहुदरमाई नगरपालिका वडा नम्बर-७ को अस्थायी वडा कार्यालय छपकैयामा विश्व रक्तदान दिवसको अवसर पारेर आयोजक नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा बिरगन्जले वड़ा अध्यक्ष यादवको अध्यक्षतामा उत्प्रेरणा कार्यक्रममा सम्पन्न गरेको छ।


    प्रमुख अथिति नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाका कोषाअध्यक्ष महन्थ प्रसाद यादव लगायत स्थानिय युवाहरु,महिला, समाजसेवी, बुद्धिजिवी लगाएतको सहभागिता रहेको थियो ।


    साथै यही आउदो शुक्रबार असार ३ गतेका दिन बहुदरमाई न.पा.७ को वार्ड कार्यालयमा बिहान ७ बजे देखि रक्तदान कार्यक्रमको आयोजना समेत गरिएकोले सबै वडा बासीलाई रक्तदान गर्न यादवले अनुरोध गर्नु भएको छन।

    Posted in समाजLeave a Comment on बहुदरमाई नपा-७ का वड़ा अध्यक्ष यादवको अध्यक्षतामा विश्व रक्तदान दिवसको अवसरमा उत्प्रेरणा कार्यक्रम सम्पन्न

    गाेरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष सञ्चालनका लागि न्यौपाने परिवारद्वारा २५ हजार रकम सहयोग

  • २९ जेष्ठ २०७९, आईतवार ०९:५३ मा प्रकाशित
  • गाेरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष सञ्चालनका लागि न्यौपाने परिवारद्वारा २५ हजार रकम सहयोग प्राप्त भएको छ । घोराही उपमहानगरपालिका वडा नं.१२ हापुर विजौरी स्थायी ठेगाना भइ हाल घोराही – १५ भरतपुर निवासी चम्पा न्यौपानेले शनिबार उक्त रकम गुरुकुललाई हस्तान्तरण गर्नुभएको हो ।

    स्व.दुर्गा प्रसाद न्याैपाने र स्व.जीवेश्वरा न्यैापानेकाे जेष्ठ पुत्र वधु चम्पा न्यैापानेले आफ्नो माइती तथा घर तर्फका समस्त पितृहरू र हालसालै असामयिक रुपमा मृत्युुवरण गर्न पुगेकी भान्जी विद्या गाैतमकाे समेत माेक्षकाे कामना सहित उक्त रकम नगदै प्रदान गर्नुभएको थियो ।

    वैदिक गुरुकुल पद्धतिमा आधारित सनातन शिक्षा ग्रहण गर्दै आएका बाल बालिकाहरूकाे शैक्षिक उन्नयनका साथै समग्र गुरुकुल शिक्षा पद्धतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्राप्त अक्षयकोष रकम दाताको ईच्छा अनुरुप नै सदुपयोग गरिने प्रतिबद्धता गुरुकुलले गरेको थियो ।

    साथै उक्त अवसरमा गुरुकुलले दाता परिवारकाे सुख, शान्ति, समृद्धि तथा उत्तराेत्तर प्रगतिको कामना पनि गरेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरखनाथ वैदिक गुरुकुलमा अक्षयकोष सञ्चालनका लागि न्यौपाने परिवारद्वारा २५ हजार रकम सहयोग

    विद्युतीय पोलमा मान्छे चढेपछि प्रहरी हैरानीमा 

  • २८ जेष्ठ २०७९, शनिबार १६:२५ मा प्रकाशित

  • काठमाडौं, २८ जेठ । विद्युतीय पोलमा एक जना मान्छे चढेपछि प्रहरी हैरानीमा परेको छ । यो घट्ना नुवाकोट ककनीमा भएको हो । त्यहाँको एउटा विद्युतीय पोलमा एक जना मान्छे बिहानैदेखि चढेर तारमा पनि हिड्ने गरिरहेको र प्रहरीले उनलाई फकाएर तारबाट तल झर्न आग्रह गरेको कुरा आएको छ । अहिले त्यहाँ मान्छेहरु ठूलो संख्यामा जम्मा भएको जनाईएको छ ।

    Posted in समाजLeave a Comment on विद्युतीय पोलमा मान्छे चढेपछि प्रहरी हैरानीमा 

    अवरुद्ध नारायणगढ – मुग्लिन सडक सञ्चालनमा

  • २८ जेष्ठ २०७९, शनिबार १२:२३ मा प्रकाशित
  • मुग्लिन, जेठ २८ । वर्षासँगै पहिरो खसेर अवरुद्ध भएको नारायणगढ –मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।गए राति ९:५ बजे चितवनको इच्छाकामना–६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुइतर्फी अवरुद्ध बनेको थियो ।पहिरो हटाएर राति १ः३० बजेबाटनै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।


    Posted in समाजLeave a Comment on अवरुद्ध नारायणगढ – मुग्लिन सडक सञ्चालनमा

    भित्रि वस्त्रमा लुकाएर ल्याएको सुनसहित एक पक्राउ

  • २६ जेष्ठ २०७९, बिहीबार १३:२३ मा प्रकाशित

  • काठमाडौं, २६ जेठ । बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पुरुष पक्राउ परेका छन् ।५१६.५ ग्राम सुनसहित कतार एयरवेजको क्युआर ६५२ उडानबाट काठमाडौं आएका धनुषा घर भएका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।विमानस्थलमा यात्रु चेकजाँचको क्रममा भित्री वस्त्र भित्र लुकाएर राखिएको अवस्थामा बिस्कुट आकारको सुन ४ थान र ५० ग्रामको सिक्रि गरी उक्त मात्रामा सुन नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

    Posted in समाजLeave a Comment on भित्रि वस्त्रमा लुकाएर ल्याएको सुनसहित एक पक्राउ

    प्लस टु दिई बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

  • २५ जेष्ठ २०७९, बुधबार १८:०५ मा प्रकाशित

  • काठमाडौं, २५ जेठ । भर्खरै +२ दिई बसेका छात्रछात्राहरुलाई अन्नपूर्ण केबुलकारले केबुलकार टिकटमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।आगामी दिनमा उच्च शिक्षा अध्ययन गर्नका लागि प्रोत्साहन गर्ने र मेहेनती हातहरुलाई अझ मेहेनती बन्नका लागि उर्जा प्रदान गर्दै केही समय भएपनि रमाइलो बनाउने उद्देश्यका साथ प्लस टु दिई बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट दिएको हो ।यस छुट लिनको लागि विद्यार्थीले यस वर्ष प्लस टु परीक्षामा सामेल भएको परीक्षा प्रवेश पत्र अनिवार्य देखाउनु पर्नेछ । यो योजना २६ जेठ २०७९ देखि ३ असार २०७९ सम्म लागु हुनेछ ।पोखराको सेदी बगरदेखि सरांकोटसम्म सञ्चालनमा रहेको यस केबुलकारमार्फत करिब १० मिनेटमा सेदीदेखि सरांकोट पुग्न सकिने छ ।

    Posted in समाजLeave a Comment on प्लस टु दिई बसेका विद्यार्थीहरुलाई अन्नपूर्ण केबुलकारमा ५० प्रतिशत छुट

    एनआरएनए आइसिसी उपाध्यक्ष यास्मिन बेगमको अध्यक्षतामा महिला बिभागको बैठक सम्पन्न ।

  • २१ जेष्ठ २०७९, शनिबार ०४:१६ मा प्रकाशित

  • ४ जुन २०२२, साउदी अरब ! गैर आवसिय नेपाली संघ अंतराष्ट्रीय समन्वय परिषद अंतर्गत रहेको महिला विभागको पहिलो बैठक मिति २ जून २०२२ को दिन एनआरएनए आइसिसी उपाध्यक्ष यास्मिन बेगमको अध्यक्षतामा सम्पन्न भएको छ ।

    आइसिसीकि अध्यक्ष रबिना थापाको प्रमुख आतिथ्यमा बसेको उक्त बैठकमा IES का महिला पदाधिकारीहरु सचिब टिका गुरुंग , महिला सहकोषाध्यक्षद्वय यमुना भट्टराई , अमृता कंचन थापाको साथमा महिला संयोजकद्वय संगीत मरहट्टा र विमला सापकोटाको साथै विभिन्न क्षेत्रका महिला क्षेत्रीय संयोजक तथा उपसंयोजकहरु क्रमशः तृष्णा काफ़्ले शर्मा अमेरिकाज़ ,उषाकिरण बारिया ओसेनिया , शांति अधिकारी एशिया प्याशिफ़िक ,पारू मल्ल यूरोप क्षेत्र , डाक्टर इंदिरा तिवारी साउथ कोरिया,इंदिरा त्रिपाठी अमेरिकाज़ समेतहरुको उपस्थिति रहेको थियो ।
    परिचयात्मक तथा सम्पूर्ण नव निर्वाचित महिला पदाधिकारी हरु लाई बधाई तथा शुभकामना कार्यक्रम बाट शुरू भएको उक्त बैठकमा कार्यकाल २१-२३ का निमित्त महिला तथा बालबालिकाको क्षेत्रमा बिशेष गरि महिला स्वास्थ्य र बालबालिका हरुको शिक्षाको परियोजना बारेमा विस्तृत छलफल गर्दै अन्य तह तप्कामा रहनु भएका महिला पदाधिकारीहरु सँगको बृहत छलफल पछि कस्तो परियोजना अघि सार्ने भन्ने बारे समेत निर्णय गरिएको कुरा उपाध्यक्ष यास्मिन बेगम ले जानकारी दिनु भयो ।

    सचिब टिका गुरुङद्वारा संचालित उक्त बैठक अति नै मिठासपूर्ण अनी सभ्य तवरमा महत्त्वपूर्ण बिषयहरुमा छलफल गरि सम्पन्न भएको उपाध्यक्ष बेगमले जानकारी दिनु भयो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए आइसिसी उपाध्यक्ष यास्मिन बेगमको अध्यक्षतामा महिला बिभागको बैठक सम्पन्न ।

    वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी 

  • १९ जेष्ठ २०७९, बिहीबार २१:३८ मा प्रकाशित

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न शून्य सहनशीलता नीति अपनाउने बताएका छन् । सचिव एकनारायण अर्यालसहित बिहीबार बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन गर्दै मन्त्री श्रेष्ठले ठगीमा परेका युवालाई समयमा न्याय दिने तथा विदेशमा अलपत्र श्रमिकको तत्काल उद्धार गर्न संयन्त्र बनाइने बताए । ठगीमा परेर उजुरी दिएका युवालाई छिटोछरितो सेवा दिन निर्देशन दिँदै उनले समयमै न्याय दिन कानुनी समस्या भए पनि त्यसलाई समाधान गरेर अघि बढ्न आफू तत्पर रहेको बताए ।मेनपावरले श्रमिक विदेश पठाउन सक्ने क्षमताका आधारमा धरौटी रकमलाई पुनर्मूल्यांकन गर्ने संयन्त्रलाई समेत सुधार गरिने उनको भनाइ छ । धरौटी रकमका आधारमा उजुरीकर्तालाई रकम फिर्ता गर्न नसक्ने अवस्था भए पनि मेनपावरले राखेको बैंक ग्यारेन्टीलाई द्रुत प्रयोग गरी श्रमिकलाई रकम फिर्ता दिन उनले विभागका कर्मचारीहरुलाई निर्देशन दिए ।

    शैक्षिक परामर्श संस्थासमेत वैदेशिक रोजगारी व्यवसायमा
    पछिल्लो समय शैक्षिक परामर्श सेवाका लागि शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर खोलिएका संस्था नै वैदेशिक रोजगार व्यवसायमा जोडिएर करोडौं रकम असुल्ने गरेको पाइएपछि यसलाई रोक्न दोषीलाई कारवाहीको दायरामा ल्याइने मन्त्री श्रेष्ठले बताए ।कतिपय शैक्षिक परामर्श संस्थाले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौं रुपैया असुली गरी संचालक फरार हुने गरेको उजुरी विभागमा परेको छ । विभागले हालै इन्टरनेसनल एक्पो एन्ड ट्राभल सर्भिस प्रालि र जिनियस एजुकेसन एन्ड कन्सल्टेन्सी सर्भिस प्रालिले १४४ जनाबाट साढे ४ करोड उठाएपछि वैदेशिक रोजगार न्यायाधिकरणका मुद्दा दायर गरेको महानिर्देशक शेषनारायण पौडेलले बताए ।

    पौडेलले शैक्षिक परामर्श सेवाका नाममा खुलेका धेरै संस्थाले वैदेशिक रोजगारीको काम गरिरहेकामध्ये हाल ३ वटाको मुद्दा वैदेशिक रोजगार न्यायाधिकरणमा दायर गरिएको बताए । एक शैक्षिक परामर्श संस्था, ट्राभल एजेन्सी र व्याक्तिगत सहित पछिल्लो महिनामा मात्र ४ करोड ९३ लाखको दाबी र सोको हर्जनासहित ७ करोड रुपैयाँ बराबरको मुद्दा दायर गरिएको उनको भनाइ छ ।

    मन्त्रीको निर्देशनपछि पीडितले पाइन् न्याय 

    अनुगमनका क्रममा मन्त्रीले श्रेष्ठले गोरखा जिल्ला स्वारा गाविस वाड नं. १, हाल परिवर्तित बारपाक सुलिकोट गाउँपालिका–३ बस्ने निशान बगालेले ठगी विरुद्ध दिएको उजुरीका सम्बन्धमा तत्काल कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिए । पीडित बगालेलाई वैदेशिक रोजगारीका लागि मासिक एक हजार डलर तलब रकम हुने होटल सम्बन्धी काममा अष्ट्रेलिया पठाईदिने जनाउँदै काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं ६ बस्ने हरि शरण खडकाले एकमुष्ट १० लाख लिएका थिए । पीडित बगालेले दिएको उजुरी सम्बन्धमा विभागले आजै कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ । मन्त्री श्रेष्ठको निर्देशनसँगै कारवाही प्रकृया सुरुभएपछि पीडित श्रेष्ठले खुसी व्यक्त गरिन् ।



    Posted in समाजLeave a Comment on वैदेशिक रोजगारीका नाममा कन्सल्टेन्सीबाट एक महिनामै ५ करोड ठगी 

    दुबईमा मृत्यु भएका साउदको शव एक महिना पछि नेपाल ल्याइयो।

  • १९ जेष्ठ २०७९, बिहीबार ०१:०९ मा प्रकाशित
  • कञ्चनपुर : दुबईमा मृत्यु भएका बेदकोट नगरपालिका ४ विजयनगर बगुनका २२ वर्षीय खडक साउदको शव एक महिना पछि नेपाल ल्याइएको छ।

    मृतकका दाजु शेरसिंह साउदले बुधवार त्रिभुवन विमानस्थलमा शव बुझेको बेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए।

    शव बुझेपछि विमानस्थल बाटै गाडीमा आफन्त सहितलाई घर पठाईएको छ।

    उनका अनुसार साउद तीन महिना अघि भिजिट भिसामा दुबई गएका थिए। वैशाख २४ गते साउदको अचानक मृत्यु भएको थियो।

    भिजिट भिसामा दुबई गएका साउदकाे शव ल्याउन त्यहाँ रहेका नेपालीले तीन लाख रकमको व्यवस्था मिलाएका हुन्। नेपाल सरकारले भिजिट भिसामा गएको शव ल्याउन नसकिने बताएपछि त्यहाँ रहेका नेपालीले सहयोग गरेको बताइएको छ।

    थाह खबर बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on दुबईमा मृत्यु भएका साउदको शव एक महिना पछि नेपाल ल्याइयो।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P