• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

सबै मन्त्री तथा सचिवलगायतका कार्यालयमा सिसिटिभी क्यामेरा राखौं : खिमलाल देवकोटा

  • २४ श्रावण २०७८, आईतवार १८:५२ मा प्रकाशित
  • File photo

    काठमाडौं ।

    राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले सबै मन्त्री तथा सचिवलगायतका कार्यालयमा सिसिटिभी क्यामेरा राख्नु पर्ने बताएका छन् ।

    आइतबार बसेको राष्ट्रिय सभा बैठकमामा उनले सही शासक नहुँदा मध्य रातमा प्रतिनिधिसभा विघटन जस्तो काम नहुने र
    गुप्त कोठामा बसेर गरिएको शासनले जनताको हित हुन नसकेको बताएका हुन् ।

    ‘गुप्त कोठामा बसेर गरेको शासनले जनताको हित हुन सकेन्, यदि, यस्तो भएको भए मध्य रातमा प्रतिनिधिसभा विघटन हुने थिएन,’ उनले भने, ‘सबै कार्यालयमा सिसिटिभी क्यामेरा राखे बन्द कोठाको शासन सबैले देख्न पाउने र जतनाको हितअनुसार काम हुने थियो ।’

    पटकपटक बनेको सरकारका नेतृत्व वा प्रधानमन्त्रीलाई जनताले भेट्ने इच्छा राख्दै गर्दासमेत नपाएर मृत्युवरण गर्नु परेको र सरकारले जनताको आवाज सुन्न नसकेको आरोप लगाए ।

    Ankush

    Posted in राजनीतिLeave a Comment on सबै मन्त्री तथा सचिवलगायतका कार्यालयमा सिसिटिभी क्यामेरा राखौं : खिमलाल देवकोटा

    बीपी प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउने सम्झौता ठीक होइन : पूर्वमन्त्री पोखरेल

  • २२ श्रावण २०७८, शुक्रबार १४:३६ मा प्रकाशित

  • २२ साउन, काठमाडौं । पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री गिरिराजमणि पोखरेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउनुपर्ने भन्ने सम्झौता ठीक नभएको बताएका छन् । जो दोषी हो, उसैलाई मात्रै हटाउनुपर्ने उनको धारणा छ ।
    शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबारको बैठकमा पूर्वमन्त्री पोखरेलले भने, ‘सम्झौता गर्दा सबै पदाधिकारी हटाउने भन्ने उद्देश्यबाट आएको छ, त्यो ठीक कुरा छैन । कोको दोषी हो, त्योत्यो दोषी किटान गर्नुपर्छ त्यसभित्र पनि ।’
    उनले भने, ‘सबै बदल्नुपर्छ भन्ने अर्को उद्देश्यद्वारा प्रेरित छ । एउटा क्रियाको अर्को प्रतिक्रियातर्फ लग्यो भने त्यो संस्था बन्दैन । एकपटक रिभ्यू गर्नुपर्छ त्यो संस्थालाई हेर्दा चाहिं ।’
    स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षबीच प्रतिष्ठानका चारैजनालाई पदबाट हटाउने प्रक्रिया सुरु गर्ने लगायतका ६ बुँदे सहमति भएको थियो ।
    पूर्वमन्त्री पोखरेलले प्रतिष्ठानका उपकुलपतिको सन्दर्भमा उत्पन्न समस्यालाई तत्कालै समाधान गर्न र अरुकोबारेमा ठोस अध्ययन गर्न सुझाव दिए ।
    उपकुलपतिलाई असीमित अधिकारहरु दिइएको भन्दै उनले त्यसमा पुनर्विचार गर्नुपर्ने बताए । ‘भिसीलाई यति धेरै अवशिष्ट अधिकारीहरु दिइएको छ, रेक्टरको पनि रेक्टरको रोल छैन त्यसभित्र, अरुको पनि छैन,’ उनले भने ।

    Posted in राजनीतिLeave a Comment on बीपी प्रतिष्ठानका सबै पदाधिकारीलाई हटाउने सम्झौता ठीक होइन : पूर्वमन्त्री पोखरेल

    सांसद विमलाको दावी– शौचालयको चप्पल लगाएर मुख्यमन्त्री निवासबाट भागेँ

  • २१ श्रावण २०७८, बिहीबार १४:४१ मा प्रकाशित
  • लुम्बिनी प्रदेशसभा सदस्य विमला कुमारी खत्री (वली)ले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई पाँच दिनसम्म बन्दी बनाइएको खुलासा गर्दै त्यहाँबाट उम्किन सफल भएको घटना पत्रकार सम्मेलनमार्फत दावी गरेकी छन् ।
    बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफूलाई साउन १५ गते अपहरण शैलीमा बुटवल ल्याइएको र मुख्यमन्त्री निवासमै बन्दी बनाएर राखिएको बताइन् । उनले साउन २० गतेमात्र आफू त्यहाँबाट भाग्न सफल भएको बताइन् ।
    साउन २० गते दिनको करिब पौने १२ बजे सबै आराम गरिरहेको मौका छोपेर आफू मुख्यमन्त्री निवासबाट भागेको उनको भनाइ छ ।
    ‘दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ,’ उनले प्रेस विज्ञप्तिमा भनेकी छन्, ‘जहाँ मेरो आफ्नै खुल्ला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरेँ ।’
    आफू त्यतिबेला मानसिक रुपमा निकै थकित भएको हुनाले साउन २० गते नै सार्वजनिक हुन नसकेको उनले बताइन् । 
    ‘राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलो पटक बेहोर्नुप¥यो,’ उनले भनिन्, ‘नेकपा एमालेले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइनँ ।’
    उनले आफू नेकपा माओवादी केन्द्रमा रहेको र सो पार्टीप्रति नै पूर्ण प्रतिबद्ध रहेको पनि बताइन् ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on सांसद विमलाको दावी– शौचालयको चप्पल लगाएर मुख्यमन्त्री निवासबाट भागेँ

    गरीबलाई नि:शुल्क बिजुली दिने तयारी अन्तिम चरणमा छ : मन्त्री भुसाल

  • २१ श्रावण २०७८, बिहीबार १४:०७ मा प्रकाशित
  • २१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् ।
    बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग जसले बढी गर्छ, उसलाई विद्युत महशुल पनि कम गर्ने गरी आफूले तयारी गरिरहेको उनले जानकारी दिइन् ।
    उनले भनिन्, ‘गरीबीको रेखामुनि भएका आधारभूत जनता, उनीहरुलाई कहिँ राहत दिनुपर्छ भनेर नि:शुल्क विद्युत दिने गरेर एउटा तयारी गरिरहेकी छु । करीब करीब हामी त्यसको निकर्षमा पुग्दैछौँ । घरेलु उपभोग बढाउनको निम्ति जसले बढी बाल्छ, उसलाई अलिकति रेट कम होस् भन्ने उद्देश्यका साथ त्यसको तयारी गरेकी छु मैले ।’
    ऊर्जा मन्त्री भुसालले सबै कृषियोग्य भूमिमा सिँचाई पुर्‍याउनको निम्ति पनि आफू क्रियाशील रहने बताइन् । सिँचाईको नि: शुल्क सेवा दिन सके विदेशी तेल खपत गरेर पम्प, मोटर चलाउनुपर्ने अवस्थाको अन्त्य हुने र राष्ट्रिय अर्थतन्त्र बढ्ने उनले बताइन् । सिँचाइको सुविधा पुर्‍याएर युवा जनशक्तिलाई कृषिमा आकर्षित गर्ने योजना रहेको उनले उल्लेख गरिन् ।
    मन्त्री भुसालले भनिन्, ‘सबै कृषि योग्य जमिनमा सिँचाई पुर्‍याउने । सिँचाईलाई पनि हामीले आधारभूत र नि: शुल्क ढंगले सेवा दिन सक्यौ भने विदेशी तेलको खपत गरेर पम्प, मोटर चलाएर सिँचाई गर्ने व्यवस्थालाई हामीले अन्त्य गर्न सक्छौ। त्यसले राष्ट्रिय अर्थतन्त्रमा उत्पादकत्व बढाउने कुरा र पेट्रोलियम पदार्थमा विस्थापित गर्ने कुरा सँगसँगै कृषिप्रति युवा जनशक्तिको आकर्षण हुन्छ भन्ने मान्यता हो ।’

    Posted in राजनीतिLeave a Comment on गरीबलाई नि:शुल्क बिजुली दिने तयारी अन्तिम चरणमा छ : मन्त्री भुसाल

    आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको आशा र अपेक्षा माथिको घात: मुख्यमन्त्री पोख्रेल

  • २० श्रावण २०७८, बुधबार १६:२१ मा प्रकाशित
  • तुलसीपुर
    २० साउन/ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले भूमिहिन दलित र सुकुम्वासी समस्याको समाधान गर्नु राज्यको संवैधानिक दायित्व भएको बताएका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत यस्तो बताएका हुन् ।
    उनले भूमिहिन दलित र सुकुम्वासी समस्याको समाधान गर्नु राज्यको संवैधानिक दायित्व हो । विगतमा कानुको अभावमा समस्याको समाधानमा व्यवधान सिर्जना हुदै आएको थियो, भनेका छन् ।त्यस्तै मुख्यमन्त्री पोख्रेलले सरकारले संसदबाट कानुन बनाएर भूमि आयोग गठन गरेको बताएका छन् । ‘यसपटक सरकारले संसदवाट कानुन वनाएर भूमि आयोग गठन गरेको थियो, उनले भनेका छन् ।’भुमिहिन तथा अव्यवस्थित बसोबासको समस्या नेपालको अधिकांश स्थान र विषेश गरी तराई क्षेत्रमा यसको विकराल समस्या भएको उल्लेख गरेका छन् । साथै उनले यसको समस्या समाधान गर्नु राज्यको सामर्थ्य भएको बताएका छन् ।
    ‘अव्यवस्थित बसोबासको समस्या नेपालको तराई क्षेत्रको विकराल समस्या हो । यसको समाधान राज्यको सामर्थ्य वृद्धिसंग पनि गासिएको विषय हो, उनले लेखेका छन् ।’त्यस्तै मुख्यमन्त्री पोख्रेलले कानुनी रुपमा गठन भएको र लक्षित समुदायको पहिचान र जग्गाको उपलब्धता जस्ता आधारभूत कार्यादेश स्थानीयतहलाई प्रदान गरिएको अवस्थामा राजनितीक पूर्वाग्रहका आधारमा आयोग नै विघटन गरेर सरकारले ठूलो भूल गरेका उनले बताए ।
    त्यस्तै उनले आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको आशा र अपेक्षा माथिको घात भएको उल्लेख गरेका छन् । यस्तो खालको जनविरोधी कार्यको सबैले विरोध गर्नु पर्ने भन्दै आयोगलाई पुनस्थापित गर्नका लागि जनदवाव सिर्जना गर्न भनेका छन् ।

    सामजिक संजालमा यस्तो लेखिएको छ...

    Posted in राजनीतिLeave a Comment on आयोगको विघटन भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको आशा र अपेक्षा माथिको घात: मुख्यमन्त्री पोख्रेल

    विमला वली फेरि माओवादी केन्द्रमै 

  • २० श्रावण २०७८, बुधबार १४:०७ मा प्रकाशित

  • २० साउन, बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली फेरि माओवादी केन्द्रमै फर्किएकी छन् । एक हप्तादेखि पार्टीसँग ‘सम्पर्कविहीन’ भएकी उनी बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी छन् ।
    माओवादी संसदीय दलका एक सदस्यका अनुसार उनी आफैं पार्टीको सम्पर्कमा आएकी हुन् । विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको  माओवादी संसदीय दलका सदस्यले अनलाइनखबरलाई जानकारी दिए । ‘उहाँ आज बिहान ११ बजेपछि आफैं माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आउनुभयो,’ उनले भने, ‘उहाँ हामीसँग रुनु पनि भयो, निकै तनावमा हुनुहुन्थ्यो ।’

    Posted in राजनीतिLeave a Comment on विमला वली फेरि माओवादी केन्द्रमै 

    कुलमानका नियुक्ति बारे भ्रम र यथार्थ ।

  • २० श्रावण २०७८, बुधबार ०१:०३ मा प्रकाशित
  • काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका केन्द्रका अध्यक्ष प्रचण्डबीच केही दिन अघि विद्युत प्राधिकरणमा कुलमान घिसिङ ल्याउने सहमति भएको थियो। प्राधिकरणमा कुलमान ल्याउँदा सरकारको लोकप्रियता बढ्ने दुबैको निष्कर्षसहित नियुक्ति अगाडि बढाउने सहमति भएको थियो। तर प्राधिकरणमा चार वर्षका लागि केपीशर्मा ओलीको सरकारले कार्यकारी निर्देशकमा चार वर्षका लागि हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो।

    प्रतिस्पर्धाका आधारमा शाक्य नआएपनि हटाउँदा प्रक्रिया पुर्‍याउन नसके कानुनी उल्झनमा पर्ने समस्याका बारेमा समेत छलफल भयो।

    अन्तिममा शाक्यलाई प्रधानमन्त्री राखेर उर्जामन्त्री पम्फा भुसालले राजीनामा माग्ने सहमति बन्यो। त्यही सहमति अनुसार सोमबार १२ बजे शाक्यलाई बालुवाटार बोलाइयो। प्रधानमन्त्री देउवाको उपस्थितीमा उर्जामन्त्री भुसालले शाक्यलाई अन्य ठाउँमा एडजस्ट गर्ने भन्दै कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरे।

    ‘पछिल्लो समयमा प्राधिकरणको अवस्था विग्रदै गएको छ। एउटा ट्रयाकमा आइसकेको संस्था विस्तारै लथालिङ हुन थालेको छ,’ उनले शाक्यलाई भनेकी थिइन्, ‘मैले पनि केही नयाँ काम गर्ने अठोटका साथ उर्जा मन्त्रालयमा आएको हुँ। त्यसका लागि समेत तपाइँले कार्यकारी निर्देशकबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुस्।’ उनले प्राधिकरणको नेतृत्व बलियो नहुँदा चेन अफ कमाण्ड भत्किदै गएको र चुहावट बढ्न थालेको समेत बताएकी थिइन्।

    मन्त्री भुसालले कार्यकारी निर्देशक शाक्यको राजीनामा माग्दा प्रधानमन्त्री देउवाले भने मौननै बसेका थिए। प्रधानमन्त्री देउवाले शाक्यसँग दोहोरो कुरा गरेनन्। प्रधानमन्त्रीको रोहबरमा उर्जामन्त्री भुसालले राजीनामा मागेपछि शाक्य मोबाइल स्वीच अफ गरेर केही घण्टा बसेका थिए। उनी बालुवाटारबाट प्राधिकरणको कार्यालय समेत गएनन्।

    उनले प्राधिकरणको गाडी बीचमा छाडेर निजी गाडीमा लिएर हिडेका थिए। दिउँसो उर्जामन्त्री भुसालले उर्जासचिव देवेन्द्र कार्कीमार्फत सम्पर्कको प्रयास गरेकी थिइन्।

    तर मोबाइल स्वीच अफ भएका कारण सम्पर्क भएको थिएन्। शाक्यले साँझ मात्रै मोबाइल अन गरेका थिए। स्रोतका अनुसार भुसालको आग्रह अनुसार शाक्यले राजीनामा दिएको भए सोमबारकै मन्त्रिपरिषद्बबाट कुलमानलाई नियुक्ति दिने तयारी भएको थियो।

    राजीनामा मागका बारेमा के भन्छन् शाक्य?

    Source: bizmandu.com

    Posted in अर्थ, मुख्य खबर, राजनीतिLeave a Comment on कुलमानका नियुक्ति बारे भ्रम र यथार्थ ।

    विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी 

  • १९ श्रावण २०७८, मंगलवार १७:२६ मा प्रकाशित

  • १९ साउन, काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याउने तयारी गरेको छ ।
    ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसालले मंगलबार मात्र प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन् । उनले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन् ।
    कार्यकारी निर्देशक शाक्यले भने केही जवाफ दिएका छैनन् । तर प्रधानमन्त्री देउवाले नमागेको कारण राजीनामा नदिने निकटवर्तीहरुसँग बताएका छन् ।
    प्रधानमन्त्रीको निजी सचिवालयले भने शाक्य हटेपछि कुलमान घिसिङलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाउन उर्जा मन्त्रीलाई निर्देशन दिइसकेको बताएको छ ।

    Posted in राजनीतिLeave a Comment on विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई ल्याउने तयारी 

    अघिल्लो सरकारको जनविरोधी काम खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री

  • १९ श्रावण २०७८, मंगलवार १४:५६ मा प्रकाशित
  • १९ साउन, काठमाडौं । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्ने जिम्मेवारी पनि लिनुपर्ने बताएकी छन् ।
    मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो सरकारले संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर नपुग्ने भन्दै अघिल्लो सरकारले गरेका गलत कामलाई सुधार गर्नुपर्ने बताएकी हुन् ।

    अघिल्लो सरकारले झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्गा बिक्री गर्न पाउने गरी गरेको निर्णय खारेज गर्नुपर्ने नेतृ झाँक्रीले बताइन् ।
    ‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको थियो, यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन् ।
    नेतृ झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ इंगित गर्दै अघिल्लो सरकारले तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएको पनि बताइन् ।

    Posted in राजनीतिLeave a Comment on अघिल्लो सरकारको जनविरोधी काम खारेज गर्नुपर्छ : रामकुमारी झाँक्री

    माधव समूहको स्थायी कमिटी बैठक जारी 

  • १८ श्रावण २०७८, सोमबार १५:०८ मा प्रकाशित

  • १८ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक शुरु भएको छ । वुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा बैठक शुरु भएको हो ।
    एमालेको आन्तरिक एकता र राष्ट्रिय परिस्थितिबारे छलफल गर्न बैठक शुरु भएको बताइएको छ । गएको २७ जेठमा दोस्रो तहका दश नेताले दश बुँदे सहमति गरेपनि एमालेको एकता कायम हुन सकेको छैन ।
    अध्यक्ष केपी शर्मा ओलीतर्फको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सोमबार तीन बजे बैठक बोलाइएको छ ।

    Posted in राजनीतिLeave a Comment on माधव समूहको स्थायी कमिटी बैठक जारी 

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P