टुक्का साहित्य समाज, नेपालको आयोजनामा टुक्का कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वाचन कार्यक्रम शुक्रबार अपरान्ह ६ बजेदेखि भर्चुअल रूपमा सञ्चालन भएको थियोे ।
वरिष्ठ टुक्काकार एवम् छन्द प्रशिक्षक रामशरण न्यौपानेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको अध्यक्षता भने समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले गर्नुभएको थियोे ।
कार्यक्रमको समापन मन्तव्य दिदै कार्यक्रमका अध्यक्ष एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले वाचन कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । साथै प्रत्येक महिनाको तेश्रो शुक्रबार हुने भर्चुअल रचना कार्यक्रममा जोडिनका लागि सम्पूर्ण टुक्काकारहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रामशरण न्यौपाने, वसन्त अनुभव, चूडा निर्भीक, सुरेशकुमार पान्डे, होमप्रसाद नेउपाने, बेदु न्यौपाने, शोभा गौतम, जमुना आचार्य, रामप्रसाद पुरी लगायतले आ-आफ्ना टुक्का कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन टुक्का साहित्य समाजका महासचिव चूडा नीर्भिकले गर्नुभएको थियो ।
मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता
मेरो निलो आकाशमाथिको कालो बादललाई चिरेर मेरो धरतीको माझ खुसीले उदाएको हो गणतन्त्र! र ल्याएको हो मेचीदेखि महाकालीसम्म अनेक थान खुसीहरू !
कतै अस्तव्यस्त छ कतै कसैलाई गजब मस्त छ बारीमा छेपारोहरू रङ्ग फेर्छन् र आफ्नो काम गर्छन् राज चलिरहन्छ गणतन्त्रको आवरणमा रमाउँछन् उनीहरू !
कोही डुबुल्की मार्छन् कोही तीरमा बसेर रमिता हेर्छन् यो गणतन्त्रको तलाउमा भ्यगुताहरू! निर्दोष माछाहरू खान्छन् तिनै भ्यागुताहरू! काला सर्पद्वारा समातिन्छन् मारिन्छन् र खाइन्छन् अनि लाग्छ कुनै उत्सव मनाउँदै छ !
यो मेरो हाँडी गाउँ हो जहाँ एक पृथक जात्रा लाग्दछ र त भनिन्छ हाँडी गाउँको जात्रा हो त्यहाँ पनि आएको छ गणतन्त्रको नाउँमा महाकुम्भ मेला !
एकातिर मौसम फेरिएको छ हुरी चलेको छ आँधी आएको छ अर्कोतिर गणतन्त्रको नाउँमा काला भोटे कुकुरहरू! खैरा स्यालहरू! बिरालाहरू! क्रमशः -याल निकालिरहेका छन् मासुभात खाने हाडहरू चुस्ने बाहानामा बगैँचामा वरिपरि घुमिरहेका छन् लाग्छ हुटिट्याउँले आकाश थामिरहेको छ !
कुर्सीको वरिपरि सिंहहरू! क्रमशः घुमिरहेका छन् गणतन्त्रको गन्ध चारैतिर फैलिएको छ प्रदुषित यो वातावरणमा सुगन्ध खोज्दै वनचरीहरू उडिरहेका छन् आफ्नो गन्तव्यमा क्षितिज हेर्दै सगरमाथा उक्लिरहेका छन् !!
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १०५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] पर्याप्त स्रोतसामग्रीहरू तर प्रायोगिक ज्ञानको कमी !
वसन्त अनुभव, दाङ
[२] अँधेरो वरिपरि भर्याङ्ग उक्लन क्षमता नभएको !
जमुना कायस्थ, पोखरा
[३] आकाङ्क्षा क्षमताको कमी प्रयाप्त स्रोतको उपलब्धता !
नारायणप्रसाद उपाध्याय, कैलाली
[४] मान्छे लगाएर दिमाग गरौँ नयाँ काम !
प्रदिप नेपाली, पर्वत
[५] पर्याप्त स्रोत सामग्रीहरू तर साक्षारताको कमी !
बेदु न्यौपाने, काठमाडौँ
[६] पर्याप्त लोभको भाँडोले बनाएर छाडे अपर्याप्त !
टीकाराम पुन मगर, सल्यान
[७] दृष्टिकोण परिष्कृत विचार जिन्दगीको व्यवहारिक पाटो !
केशवप्रसाद ढकाल, गोरखा
[८] सम्पन्न पुर्खाको स्रोत व्यवहारिक ज्ञान विज्ञान !
प्रद्युम्न चालिसे, भक्तपुर
[९] साथी माल पायौ तर चाल पाएनौ !
गुणनिधि घिमिरे, अमेरिका
[१०] भर्याङ्ग वरिपरि थियो उसले बाटो देखेन !
सरिता सेढाई, धादिङ
[११] इच्छा बुद्धि बिच्छा आमा भनेर चिच्या !
पशपति राई, खोटाङ
[१२] ज्ञान बिनाको साधन झन धेरै उल्झन
सुरेशकुमार पाण्डे
[१३] सुझ प्रयाप्त भएन भए हुन्थ्यो चयन !
तेजप्रसाद खनाल, लमही, दाङ
[१४] साधन दिमागी सामान आफू आफै व्यवधान !
म्यामराज राई, जापान
[१५] मूर्ख शून्य विचार सङ्घर्ष गर्दै विचरा !
अच्युत घिमिरे, भुटान
[१६] साधन प्रयाप्त उपलब्ध भएन सहि सदुपयोग !
राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
[१७] अज्ञान उपाय हैन अन्तै छ ध्यान !
घनश्याम पौडेल, पोखरा
[१८] घमण्ड ज्ञानको अभाव गधाको जस्तो स्वभाव !
पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती न.पा.-३, काभ्रे
[१९] इच्छा पर्खाल पारको उमेर उत्ताउलो बालापन !
चक्र शाही, कैलाली
[२०] मगज नअपनाउँदा तादम्यता आफैँलाई अति आपत !
प्रेम थापा ‘मन’, बागलुङ
[२१] सामाग्री प्रयाप्त मात्रामा साेच कुम्ल्याउने जात्रामा !
सुरेश चन्द्र घिमिरे, काठमाडौँ
[२२] सामग्री नफालौँ असरल्ल निर्माण गरौँ व्यवस्थित !
वासुदेव ज्ञवाली तानसेन नपा- १०, ध्रुवघाट, पाल्पा
[२३] म दृष्टि परदेशको मोजमस्ती सम्पन्न स्वदेशको !
पागल भिक्षुक, कैलाली
[२४] आसन मीठो भाषण स्वार्थीकाे हातमा शासन !
रामप्रसाद पुरी, बादेल, खाेटाङ
[२५] अभाव आवश्यकताको लहर नदेख्नु नबुझ्नु समस्या !
सविता के.सी. दक्षिणकाली-९, काठमाडौँ
[२६] मन शून्य मगज गन्तव्य परको क्षितिज !
आर्त अकुलीन, कैलाली
[२७] साधन भएर नहुने ज्ञान पनि चाहिने !
मङ्गला उपाध्याय, बारा
[२८] प्रयास सिँढीहरूमा चढेर उक्लन खोज्दैछ माथि !
धर्मी शाक्य, बुटवल, रुपन्देही
[२९] सोचाइ चन्द्रमा छुने प्रयोगमा बुद्धिको कमी !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा
[३०] पर्याप्त स्राेत सामाग्री भएको ज्ञानको कमी !
शाेभा आचार्य गाैतम, काठमाडौँ
[३१] आएन सोच दृष्टिले छाएन मन दिमाग !
सुमित्रा पोखरेल, काठमाडौँ
[३२] अल्छी उठाउँदिन सिन्को तर सबै चाहियो !
मानन्धर रमेश
[३३] पर्याप्त प्राकृतिक स्रोत तर भौँतारिएका मृगमरीचिका !
गोपालप्रसाद पौड्याल, विराटनगर
[३४] स्रोत प्रशस्त विद्यमान भ्रष्टाचारले सीमा नाघेको !
त्रिलोक रामदाम सि.न.न.पा.-८, भैरहवा
[३५] मुढता बुर्जुवा शिक्षा प्राविधिक ज्ञानको अभाव !
विवश पारदर्शी, झापा
[३६] प्रयास देख्न खोज्ने साधनको अर्थ नबुझ्ने !
सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल
[३७] प्रसस्त साधन स्रोत अभाव सीपमुलकको ज्ञान !
सोमनाथ लुइटेल ‘रवि पाल्पाली’ हाल: बुटवल
[३८] सीप साथमा नहुँदा जीवन व्यर्थ देखिन्छ !
समुन्द्रा शर्मा, सुनसरी
[३९] उपलब्धी सङ्घर्षमा हैरान सफलताको शिखरको मैदान !
अम्बिका अधिकारी झापा, विर्तामोड
[४०] सिँढीहरू जिर्ण प्रतिबिम्ब सत्ता प्राप्तिको मार्ग !
कण्ठराज गिरी, टीकापुर
[४१] दृश्य प्रयाप्त स्रोतसाधन चेतनाको अभाव देखिएको !
रिता खराल, रुपन्देही
[४२] मगज भित्री विवेक बाहिर कालो बादल
कविता आचार्य, कैलाली
[४३] श्रोत सामान प्रसस्त तर चेतनाको कमी !
सरस्वती श्रेष्ठ, इटहरी
[४४] माल नपाउँदा चाल बन्दै जिन्दगी बेहाल !
हिमाल अम्मै, घोडाघोडी, कैलाली
[४५] वस्तु बनाए सामग्री नत्र फोहरको डङ्गुर !
बुद्धिप्रसाद लामिछाने, कैलाली
[४६] साधन प्रयाप्त मात्रामा सही सदुपयोगकाे कमी !
श्रद्धा आचार्य, पोखरा
[४७] सामाग्री चेतना सुन्य विवेकशील मानिस अध्यारोमा !
लुम्बिनी प्रदेशकै सुन्दर नगरी दाङको घोराहीमा आज एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङले आयोजना गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष डा. कृष्णराज डि.सी.ले गर्नुभएको थियोे भने लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र विनेसाप्र लुम्बिनी प्रदेशका महासचिव तेजप्रसाद खनाल रहनुभएको थियो।
वसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उच्च प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। भावना खनाल, उत्तमकृष्ण मजगैया, तेजप्रसाद खनाल, डा.कृष्णराज डि.सी., वसन्त अनुभव, स्वर्ण शिखा, नारायण नेपाल, लोकराज पराजुली , यागेश्वर बस्नेत , डिल्लीराज श्रीधर, टिकाराम उदासी, पिताम्बर रिजाल, खगराज न्यौपाने, रमा पन्त , पुरुषोत्तम खनाल, शारदा शर्मा, गणेश विषम, सन्ध्या रेग्मी, वीना रोका, हुमबहादुर डिसी, नारायण जिज्ञासु, सन्जना शर्मा, सुरेश कुमार पान्डे लगायतले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नरेशजंग राणाद्वारा लिखित ‘स्मृतिका पानाहरू’ गजल सङ्ग्रहको लोकार्पणका साथै कविशिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्वको बारे समालोचना गर्दै स्मृती गरिएको थियो । प्राध्यापक हरेकृष्ण ज्ञवालीले कविशिरोमणि पौड्यालको व्यक्तित्व र कृतित्वको बारेमा बोल्नुभएको थियोे ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि भावना खनालले साहित्यिक कार्यक्रममा नयाँ पिँढीहरूलाई समेटनुपर्ने बताउनु भयो । विमोचित कृतिको समीक्षा कार्यक्रमका अध्यक्ष डा.कृष्णराज डि.सी.ले गर्नुभएको थियोे ।
उक्त अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठानमा दुईवटा अक्षय कोष खडा गरिएको थियोे । नरेशजंग राणाले आफ्नी स्वर्गीय श्रीमती मञ्जुराणाको स्मृतिमा मञ्जुराणा स्मृति साहित्य प्रज्ञा पुरस्कार र चन्द्रप्रकाश देवकोटाले आफ्नी स्वर्गीय श्रीमतीको स्मृतिमा गोमाकला साहित्य स्मृति प्रज्ञा पुरस्कार खडा गर्नु भएको थियोे । करिब ८० जना साहित्यकारहरुको सहभागीता रहेको यस कार्यक्रमको सहजीकरण संस्थाका जिल्ला सचिव निमबहादुर थापाले गर्नुभएको थियो।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १०४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] बाध्यता निरीह व्यवस्था नसुन्ने नबोल्ने अवस्था !
वसन्त अनुभव
[२] लोकतन्त्र बलियालाई शासन कमजोरीलाई छैन आसन !
पशपती राई, खोटाङ
[३] सान हाम्रा बन्द आँखा मुख कान !
गुणनिधि घिमिरे, अमेरिका
[४] अवस्था नबोल्ने नसुन्ने बाध्यताको अनौठो व्यवस्था !