• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

‘मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

  • १६ जेष्ठ २०८०, मंगलवार २२:०९ मा प्रकाशित
  • मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

    मेरो निलो
    आकाशमाथिको
    कालो बादललाई चिरेर
    मेरो धरतीको माझ
    खुसीले उदाएको हो
    गणतन्त्र!
    र ल्याएको हो
    मेचीदेखि
    महाकालीसम्म
    अनेक थान खुसीहरू !

    कतै
    अस्तव्यस्त छ
    कतै
    कसैलाई गजब मस्त छ
    बारीमा छेपारोहरू
    रङ्ग फेर्छन्
    र आफ्नो काम गर्छन्
    राज चलिरहन्छ
    गणतन्त्रको आवरणमा
    रमाउँछन् उनीहरू !

    कोही
    डुबुल्की मार्छन्
    कोही
    तीरमा बसेर
    रमिता हेर्छन्
    यो गणतन्त्रको तलाउमा
    भ्यगुताहरू!
    निर्दोष माछाहरू खान्छन्
    तिनै भ्यागुताहरू!
    काला सर्पद्वारा समातिन्छन्
    मारिन्छन्
    र खाइन्छन्
    अनि लाग्छ
    कुनै उत्सव मनाउँदै छ !

    यो मेरो हाँडी गाउँ हो
    जहाँ
    एक पृथक जात्रा लाग्दछ
    र त भनिन्छ
    हाँडी गाउँको जात्रा
    हो
    त्यहाँ पनि आएको छ
    गणतन्त्रको नाउँमा
    महाकुम्भ मेला !

    एकातिर
    मौसम फेरिएको छ
    हुरी चलेको छ
    आँधी आएको छ
    अर्कोतिर
    गणतन्त्रको नाउँमा
    काला भोटे कुकुरहरू!
    खैरा स्यालहरू!
    बिरालाहरू!
    क्रमशः
    -याल निकालिरहेका छन्
    मासुभात खाने
    हाडहरू चुस्ने बाहानामा
    बगैँचामा
    वरिपरि घुमिरहेका छन्
    लाग्छ
    हुटिट्याउँले
    आकाश थामिरहेको छ !

    कुर्सीको वरिपरि
    सिंहहरू!
    क्रमशः घुमिरहेका छन्
    गणतन्त्रको गन्ध
    चारैतिर फैलिएको छ
    प्रदुषित
    यो वातावरणमा
    सुगन्ध खोज्दै
    वनचरीहरू उडिरहेका छन्
    आफ्नो गन्तव्यमा
    क्षितिज हेर्दै
    सगरमाथा उक्लिरहेका छन् !!

    • आर्त अकुलीन, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘मेरो धरती, गणतन्त्र र हुटिट्याउँले थामेको आकाश’ – कविता

    उदक यात्री टेकनारायण रिमाल ‘कौशिक’का सुन्दर उदकहरू

  • १६ जेष्ठ २०८०, मंगलवार २१:५५ मा प्रकाशित
  • उदक यात्री टेकनारायण रिमाल ‘कौशिक’का सुन्दर उदकहरू

    १
    हिमाल
    बिहानी पख
    स्वर्गिक स्वर्ण मन्दिर !

    २
    बर्खा
    हरियो धरती
    हृष्टपुष्ट अनेक जिन्दगी !

    ३
    घर
    महल दरबार
    टाउको छोप्ने आधार !

    ४
    भोक
    साग सिस्नो
    दाल भात तिहुन !

    ५
    कतै
    रुखो काँक्रो
    कतै मेवा मिष्टान्न !

    ६
    तीर्खा
    शुष्क घाँटी
    खोला नाला टाढा !

    ७
    परीक्षा
    घाम पानी
    दुःख सुख तपस्या !

    ८
    प्रतीक्षा
    विकास सोपान
    स्वादिलो रसिलो फल !

    ९
    प्रतिज्ञा
    संयम सुरक्षा
    गलत बाटो बन्द !

    १०
    घुस
    सुरा सुन्दरी
    दल नेता पर्याय !

    ११
    कुर्सी
    सत्ता सम्पत्ति
    मुख पेट फरक

    १२
    छल
    तीतो प्रतिफल
    स्वार्थी नेताको भाषण !

    • टेकनारायण रिमाल ‘कौसिक’
      याङ्गून म्यान्मा (बर्मा)
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री टेकनारायण रिमाल ‘कौशिक’का सुन्दर उदकहरू

    उदक यात्री रिता खरालका उत्कृष्ट उदकहरू

  • १६ जेष्ठ २०८०, मंगलवार २१:५३ मा प्रकाशित
  • उदक यात्री रिता खरालका उत्कृष्ट उदकहरू –

    १
    यात्रा
    रमाइलो पल
    संसार देखियो झलमल !

    २
    सुन्दरता
    दृश्य देखिएको
    नयाँ उमङ्ग थपिएको !

    ३
    बुझाइ
    फरक रहेको
    समाजमा के भएको !

    ४
    असल
    कर्म गर्नु
    कसैको भर नपर्नु !

    ५
    स्वच्छ
    मन भएमा
    जीवनमा खुसी छाउने !

    ६
    रिस
    नपाल्नु कहिल्यै
    उत्साह रहोस् जहिल्यै !

    • रिता खराल, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री रिता खरालका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०५

  • १४ जेष्ठ २०८०, आईतवार १९:५९ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०५ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    पर्याप्त
    स्रोतसामग्रीहरू तर
    प्रायोगिक ज्ञानको कमी !

    • वसन्त अनुभव, दाङ

    [२]
    अँधेरो
    वरिपरि भर्‍याङ्ग
    उक्लन क्षमता नभएको !

    • जमुना कायस्थ, पोखरा

    [३]
    आकाङ्क्षा
    क्षमताको कमी
    प्रयाप्त स्रोतको उपलब्धता !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [४]
    मान्छे
    लगाएर दिमाग
    गरौँ नयाँ काम !

    • प्रदिप नेपाली, पर्वत

    [५]
    पर्याप्त
    स्रोत सामग्रीहरू
    तर साक्षारताको कमी !

    • बेदु न्यौपाने, काठमाडौँ

    [६]
    पर्याप्त
    लोभको भाँडोले
    बनाएर छाडे अपर्याप्त !

    • टीकाराम पुन मगर, सल्यान

    [७]
    दृष्टिकोण
    परिष्कृत विचार
    जिन्दगीको व्यवहारिक पाटो !

    • केशवप्रसाद ढकाल, गोरखा

    [८]
    सम्पन्न
    पुर्खाको स्रोत
    व्यवहारिक ज्ञान विज्ञान !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [९]
    साथी
    माल पायौ
    तर चाल पाएनौ !

    • गुणनिधि घिमिरे, अमेरिका

    [१०]
    भर्याङ्ग
    वरिपरि थियो
    उसले बाटो देखेन !

    • सरिता सेढाई, धादिङ

    [११]
    इच्छा
    बुद्धि बिच्छा
    आमा भनेर चिच्या !

    • पशपति राई, खोटाङ

    [१२]
    ज्ञान
    बिनाको साधन
    झन धेरै उल्झन

    • सुरेशकुमार पाण्डे

    [१३]
    सुझ
    प्रयाप्त भएन
    भए हुन्थ्यो चयन !

    • तेजप्रसाद खनाल, लमही, दाङ

    [१४]
    साधन
    दिमागी सामान
    आफू आफै व्यवधान !

    • म्यामराज राई, जापान

    [१५]
    मूर्ख
    शून्य विचार
    सङ्घर्ष गर्दै विचरा !

    • अच्युत घिमिरे, भुटान

    [१६]
    साधन
    प्रयाप्त उपलब्ध
    भएन सहि सदुपयोग !

    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [१७]
    अज्ञान
    उपाय हैन
    अन्तै छ ध्यान !

    • घनश्याम पौडेल, पोखरा

    [१८]
    घमण्ड
    ज्ञानको अभाव
    गधाको जस्तो स्वभाव !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे

    [१९]
    इच्छा
    पर्खाल पारको
    उमेर उत्ताउलो बालापन !

    • चक्र शाही, कैलाली

    [२०]
    मगज
    नअपनाउँदा तादम्यता
    आफैँलाई अति आपत !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२१]
    सामाग्री
    प्रयाप्त मात्रामा
    साेच कुम्ल्याउने जात्रामा !

    • सुरेश चन्द्र घिमिरे, काठमाडौँ

    [२२]
    सामग्री
    नफालौँ असरल्ल
    निर्माण गरौँ व्यवस्थित !

    • वासुदेव ज्ञवाली
      तानसेन नपा- १०, ध्रुवघाट, पाल्पा

    [२३]
    म
    दृष्टि परदेशको
    मोजमस्ती सम्पन्न स्वदेशको !

    • पागल भिक्षुक, कैलाली

    [२४]
    आसन
    मीठो भाषण
    स्वार्थीकाे हातमा शासन !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    [२५]
    अभाव
    आवश्यकताको लहर
    नदेख्नु नबुझ्नु समस्या !

    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ

    [२६]
    मन
    शून्य मगज
    गन्तव्य परको क्षितिज !

    • आर्त अकुलीन, कैलाली

    [२७]
    साधन
    भएर नहुने
    ज्ञान पनि चाहिने !

    • मङ्गला उपाध्याय, बारा

    [२८]
    प्रयास
    सिँढीहरूमा चढेर
    उक्लन खोज्दैछ माथि !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२९]
    सोचाइ
    चन्द्रमा छुने
    प्रयोगमा बुद्धिको कमी !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [३०]
    पर्याप्त
    स्राेत सामाग्री
    भएको ज्ञानको कमी !

    • शाेभा आचार्य गाैतम, काठमाडौँ

    [३१]
    आएन
    सोच दृष्टिले
    छाएन मन दिमाग !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [३२]
    अल्छी
    उठाउँदिन सिन्को
    तर सबै चाहियो !

    • मानन्धर रमेश

    [३३]
    पर्याप्त
    प्राकृतिक स्रोत
    तर भौँतारिएका मृगमरीचिका !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [३४]
    स्रोत
    प्रशस्त विद्यमान
    भ्रष्टाचारले सीमा नाघेको !

    • त्रिलोक रामदाम
      सि.न.न.पा.-८, भैरहवा

    [३५]
    मुढता
    बुर्जुवा शिक्षा
    प्राविधिक ज्ञानको अभाव !

    • विवश पारदर्शी, झापा

    [३६]
    प्रयास
    देख्न खोज्ने
    साधनको अर्थ नबुझ्ने !

    • सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल

    [३७]
    प्रसस्त
    साधन स्रोत
    अभाव सीपमुलकको ज्ञान !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      हाल: बुटवल

    [३८]
    सीप
    साथमा नहुँदा
    जीवन व्यर्थ देखिन्छ !

    • समुन्द्रा शर्मा, सुनसरी

    [३९]
    उपलब्धी
    सङ्घर्षमा हैरान
    सफलताको शिखरको मैदान !

    • अम्बिका अधिकारी
      झापा, विर्तामोड

    [४०]
    सिँढीहरू
    जिर्ण प्रतिबिम्ब
    सत्ता प्राप्तिको मार्ग !

    • कण्ठराज गिरी, टीकापुर

    [४१]
    दृश्य
    प्रयाप्त स्रोतसाधन
    चेतनाको अभाव देखिएको !

    • रिता खराल, रुपन्देही

    [४२]
    मगज
    भित्री विवेक
    बाहिर कालो बादल

    • कविता आचार्य, कैलाली

    [४३]
    श्रोत
    सामान प्रसस्त
    तर चेतनाको कमी !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [४४]
    माल
    नपाउँदा चाल
    बन्दै जिन्दगी बेहाल !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [४५]
    वस्तु
    बनाए सामग्री
    नत्र फोहरको डङ्गुर !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४६]
    साधन
    प्रयाप्त मात्रामा
    सही सदुपयोगकाे कमी !

    • श्रद्धा आचार्य, पोखरा

    [४७]
    सामाग्री
    चेतना सुन्य
    विवेकशील मानिस अध्यारोमा !

    • घनश्याम पौडेल
      गौरीगङ्गा नगरपालिका-९, कैलाली

    [४८]
    मूर्ख
    लिस्नो ठड्याऊँ
    सजिलोसँग माथी जाऊँ !

    • गुणनिधि घिमिरे, अमेरिका

    [४९]
    आफूसँग
    भएका सामग्रीको
    गरौँ सही सदुपयोग !

    • केन्द्रप्रकाश बराल, इलाम
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०५

    विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

  • १३ जेष्ठ २०८०, शनिबार २२:१३ मा प्रकाशित
  • लुम्बिनी प्रदेशकै सुन्दर नगरी दाङको घोराहीमा आज एक भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । विश्व नेपाली साहित्य प्रतिष्ठान दाङले आयोजना गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष डा. कृष्णराज डि.सी.ले गर्नुभएको थियोे भने लुम्बिनी प्रदेश अध्यक्ष भावना खनाल प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै विशिष्ट अतिथिमा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा र विनेसाप्र लुम्बिनी प्रदेशका महासचिव तेजप्रसाद खनाल रहनुभएको थियो।

    वसन्तराज अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा उच्च प्राज्ञिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। भावना खनाल, उत्तमकृष्ण मजगैया, तेजप्रसाद खनाल, डा.कृष्णराज डि.सी., वसन्त अनुभव, स्वर्ण शिखा, नारायण नेपाल, लोकराज पराजुली , यागेश्वर बस्नेत , डिल्लीराज श्रीधर, टिकाराम उदासी, पिताम्बर रिजाल, खगराज न्यौपाने, रमा पन्त , पुरुषोत्तम खनाल, शारदा शर्मा, गणेश विषम, सन्ध्या रेग्मी, वीना रोका, हुमबहादुर डिसी, नारायण जिज्ञासु, सन्जना शर्मा, सुरेश कुमार पान्डे लगायतले रचना वाचन तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    कार्यक्रममा नरेशजंग राणाद्वारा लिखित ‘स्मृतिका पानाहरू’ गजल सङ्ग्रहको लोकार्पणका साथै कविशिरोमणि लेखनाथ पौड्यालको व्यक्तित्व र कृतित्वको बारे समालोचना गर्दै स्मृती गरिएको थियो । प्राध्यापक हरेकृष्ण ज्ञवालीले कविशिरोमणि पौड्यालको व्यक्तित्व र कृतित्वको बारेमा बोल्नुभएको थियोे ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिँदै प्रमुख अतिथि भावना खनालले साहित्यिक कार्यक्रममा नयाँ पिँढीहरूलाई समेटनुपर्ने बताउनु भयो ।
    विमोचित कृतिको समीक्षा कार्यक्रमका अध्यक्ष डा.कृष्णराज डि.सी.ले गर्नुभएको थियोे ।

    उक्त अवसरमा विश्व नेपाली साहित्य प्रतिष्ठानमा दुईवटा अक्षय कोष खडा गरिएको थियोे । नरेशजंग राणाले आफ्नी स्वर्गीय श्रीमती मञ्जुराणाको स्मृतिमा मञ्जुराणा स्मृति साहित्य प्रज्ञा पुरस्कार र चन्द्रप्रकाश देवकोटाले आफ्नी स्वर्गीय श्रीमतीको स्मृतिमा गोमाकला साहित्य स्मृति प्रज्ञा पुरस्कार खडा गर्नु भएको थियोे । करिब ८० जना साहित्यकारहरुको सहभागीता रहेको यस कार्यक्रमको सहजीकरण संस्थाका जिल्ला सचिव निमबहादुर थापाले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on विश्व नेपाली साहित्य प्रतिष्ठान दाङद्वारा भव्य साहित्यिक कार्यक्रम सम्पन्न

    आठौँ  क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशनसम्पन्नः  

  • १३ जेष्ठ २०८०, शनिबार ०२:०१ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका मातहतमा रहेको पूर्वी क्षेत्रदम्मामको क्षेत्रिय समन्वय समितिको २०२३–२०२५ कार्यातालका लागी अध्यक्षमा विष्णुभण्डारीलाई चयन गर्दै आठौँ अधिवेशन २६ मेई २०२३ का दिन सम्पन्न भएको छ।

    संघका वरिष्ठ उपाध्यक्ष रविना अर्यालको संयोजकत्वमा रहेको तिन सदस्यीय क्षेत्रिय समन्वयसमिति अधिवेशन समितिले सर्वसम्मतिमा १५ सदस्ययी कार्यसमितिको चयन गरेको हो। उक्तअधिवेशन बाट वरिष्ठ उपाध्यक्षमा काशिन्द्र पासमान, उपाध्यक्षमा धनकुमार तामाङ चयन गरिएकोछ  भने सचिवमा पूर्ण सुनार, सहसचिवमा तोयानाथ अधिकारी चयन गरिएको छ ।

    त्यसै गरी उक्त आठौँ अधिवेशन बाट कोषाध्यक्षमा संजिता महर्जन, सहकोषाध्यक्षमा दिपक खाँड, युवा संयोजकमा मोती राज चेम्जोङ चयन भएका छन्।

    विष्णु भण्डारीको नेतृत्व रहेको उक्त कार्यसमितिको सदस्यहरूमा मित्रलाल बगाले, सुजेन्द्र जित, घनेन्द्र ईजम, रूद्र बहादुर थापा, राम ललित यादव, ललित मण्डल र निरज कुमार राय चयन भएकाछन्।

    अधिवेशन कार्यक्रममा एनआरएनए आरसीसी पूर्वी क्षेत्र दम्मामका अध्यक्ष विष्णु भण्डारी द्वारासांगठनिक तथा कार्य प्रगति विबरण प्रस्तुत गरिएको थियो भने आर्थिक प्रतिवेदन समितिकाकोषाध्यक्ष संजिता महर्जन द्वारा प्रस्तुत गरिएको थियो ।

    Posted in ताजा अपडेटLeave a Comment on आठौँ  क्षेत्रिय समन्वय समिति दम्मामको आठौँ अधिवेशनसम्पन्नः  

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ९ जेष्ठ २०८०, मंगलवार २१:०० मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू-

    १
    दम्भ
    नाक कान
    मुख बन्द बिलखबन्द !

    २.
    दोहन
    मृदुल क्रन्दन
    देशद्रोहीको अनेक रोदन !

    ३.
    मन
    वचनको दुरुपयोग
    धन्सार भित्रका मुसाहरू !

    ४.
    मिच्याइँ
    जनता किचाइ
    कहालीलाग्दो द्रव्य घिँचाई !

    ५.
    त्रिकोण
    गन्जागोल ठेलमठेल
    उम्काउने गणितीय खेल !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ९ जेष्ठ २०८०, मंगलवार २०:५६ मा प्रकाशित
  • उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू –

    १.
    धर्म
    कहाँ गरिन्छ
    फल पाउने कर्म !

    २.
    माया
    सद्भाव समर्पण
    आदर सम्मानको छाया !

    ३.
    प्रहरी
    देशको माया
    मनमा राख हरि !

    ४.
    भावना
    सदा रक्षा
    रहोस् मनमा कामना !

    ५.
    आमा
    धर्ती जननी
    सन्तानले गरौँ माया !

    ६.
    आकार
    कुनै बस्तुको
    कल्पना सहित प्रकार !

    ७.
    वायु
    नजान्दा हाम्रो
    घटछ जीवनको आयु !

    ८.
    नानी
    अबोध बालक
    रूदै माग्छ पानी !

    ९.
    सानी
    हाम्रो घरको
    छुनु मुनु ज्ञानी !

    १०.
    चोट
    सार्थक बन्छौ
    नराखे मनमा खोट !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०४

  • ९ जेष्ठ २०८०, मंगलवार ०६:५६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    बाध्यता
    निरीह व्यवस्था
    नसुन्ने नबोल्ने अवस्था !

    • वसन्त अनुभव

    [२]
    लोकतन्त्र
    बलियालाई शासन
    कमजोरीलाई छैन आसन !

    • पशपती राई, खोटाङ

    [३]
    सान
    हाम्रा बन्द
    आँखा मुख कान !

    • गुणनिधि घिमिरे, अमेरिका

    [४]
    अवस्था
    नबोल्ने नसुन्ने
    बाध्यताको अनौठो व्यवस्था !

    • बेदु न्यौपाने, काठमाडौँ

    [५]
    अदालत
    अन्धो कानुन
    निरीहको छैन वकालत !

    • गोविन्द राना मगर,कपिलवस्तु

    [६]
    पीडा
    अबाेध बालक
    चुसाहा दुष्ट पालक !

    • निरज कोइराला, इटहरी

    [७]
    कठै
    नसुन्छन् नबोल्छन्
    कुराहरू कसरी खोल्छन् ?

    • सरिता सेढाई

    [८]
    बाध्यता
    निधारमा लेखिएको
    कसले बुझिदेला मर्म ?

    • डुकछिरिङ लेपचा
      मिरिक-डुपटिन, भारत

    [९]
    मान्छेहरू
    मानवता सिद्धियो
    उपहासका स्रोत बन्छन् !

    • सुरेशकुमार पान्डे

    [१०]
    चुपचाप
    नराम्राे नसुन्ने
    खराब वस्तु नहेर्ने !

    • नवराज भट्ट, कञ्चनपुर

    [११]
    बाध्यता
    नसुन्ने नबोल्ने
    खोज्दै परिवर्तन जिन्दगीको !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा

    [१२]
    बिचरा
    नसुन्छन् नदेख्छन्
    कसरी कुराहरू खाेल्छन् ?

    • राज कुमार राजभण्डारी
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [१३]
    राजनीति
    देखेर खराबले
    खिल्ली उडाए यसरी !

    • अमृत सुवेदी, रुपा सात, कास्की

    [१४]
    अन्योलता
    बाल मनोविज्ञान
    गतिहिन शिक्षा स्वास्थ्य !

    • होमप्रसाद, धरान, सुनसरी

    [१५]
    जिन्दगी
    बाध्यताको नाम
    ठुलाले गरे छलछाम !

    • सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ

    [१६]
    गणतन्त्र
    अवाक् बालबच्चा
    अवस्था निकृष्ट मनतन्त्र !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [१७]
    ऐना
    देशको मुहार
    छर्लङ्ग देखिएको दृश्य !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [१८]
    परिस्थिति
    आँधीबेरीको जस्तै
    नसुन्ने नबोल्ने नदेख्ने !

    • आर्त अकुलीन, कैलाली

    [१९]
    अचम्म
    छोप आँखा
    नसुन्ने नबोल्ने अबस्था ।

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [२०]
    व्यवस्था
    सुन्दैन देख्दैन
    त्यसैले केही बोल्दैन !

    • घनश्याम पौडेल, पोखरा

    [२१]
    साथ
    उस्तै उस्तैको
    नदेख्ने नबोल्ने नसुन्नेको !

    • चक्र शाही, कैलाली

    [२२]
    व्यङ्ग्य
    मेरो सरकार
    नदेख्ने नबोल्ने नसुन्ने !

    • विवश पारदर्शी, झापा

    [२३]
    कोलाहल
    अन्याय अत्याचारको
    थेग्नै नसकिने भो !

    • ऋजु दिल्पाली, इटहरी-१, सुनसरी

    [२४]
    दृश्य
    देख्नै नसकिने
    मान्छेको अनेक चलखेल !

    • रिता खराल, रुपन्देही

    [२५]
    आखिर
    सबै बन्द
    आँखा मुख कान !

    • समुन्द्रा शर्मा, सुनसरी

    [२६]
    बाध्यता
    नदेख्न नसुन्ने
    विवश मुख थुन्न !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    [२७]
    दम्भ
    नाक कान
    मुख बन्द बिलखबन्द !

    • कमला देवकोटा, पाल्पा

    [२८]
    जिन्दगी
    बाध्यतामा चलेपछि
    निरीह देशको भविष्य !

    • रमेश प्रभात, चितवन

    [२९]
    बालबालिका
    आफैँमा बन्दकी
    बाँचुन्जेल फाटेको जिन्दगी !

    • पागल भिक्षुक, कैलाली

    [३०]
    अवस्था
    छैन व्यवस्था
    सुन्ने बोल्ने अवस्था !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [३१]
    बाध्यता
    सबै बन्द
    खोलौँ भने डरैडर !

    • धनमाया चौधरी कैलाली

    [३२]
    तिम्रो
    जीवन दुखिया
    मानव मुटु छियाछिया !

    • बुद्धिप्रसाद सापकोटा
      गैँडाको ट ७, नवलपुर

    [३३]
    बन्द
    नगरियोस् अब
    मुख आँखा कान !

    • रचना शर्मा ‘प्रतीक्षा’, ललितपुर

    [३४]
    परिस्थिति
    मनमा खुम्चेका
    रहर बाँधिएको स्थिति !

    • दुर्गा आचार्य, मोरङ

    [३५]
    बाध्यता
    लाचार अवस्था
    नबोल्नु नसुन्नु नदेख्नु !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [३६]
    चिन्तित
    बच्चा पीडित
    ज्ञानेन्द्रिय बन्द विवशता !

    • भगवती दवाडी, झापा

    [३७]
    बिचरा
    नसुन्नु नबोल्नु
    जीवन कसरी चल्नु ?

    • केन्द्रप्रकाश बराल, इलाम

    [३८]
    भावना
    अशल सहकार्य
    असक्तहरूको बिचमा एकता !

    • रामकृष्ण दवाडी

    [३९]
    संयम
    आउँछ दिन
    धैर्यता गर्नुपर्छ जिन्दगीमा !

    • नारायण कोइराला
      तानसेन, पाल्पा

    [४०]
    एक
    भएर लागौँ
    ज्ञानेन्द्रिय चनाखो पारी !

    • मङ्गला उपाध्याय, बारा

    [४१]
    व्यवस्था
    लादिएकाे अवस्था
    अधिकार संविधानमा लेखेको !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    [४२]
    परिस्थिति
    खुलेर बाँच्न
    गरिबीले दिएन हाँस्न !

    • अम्बिका अधिकारी
      झापा, विर्तामोड

    [४३]
    भोगाइ
    अर्थहीन लाग्ने
    हेराइ बोलाइ सुनाइ !

    • तोया घिमिरे, शङ्खमुल, काठमाडौँ

    [४४]
    सचित्र
    जनता त्रस्त
    साढे अति भष्ट !

    • कठराज गिरी, टीकापुर

    [४५]
    छलछाम
    राजनीतिको खाम
    अधिकारीहरुको गोप्य काम !

    • अच्युत घिमिरे, भुटान

    [४६]
    दयनीय
    अन्धा कानुन
    भ्रष्ट बलिया जानून् !

    • जमुना कायस्थ, पोखरा

    [४७]
    बाध्यता
    आँखा कान
    बन्द गर्नुपर्ने अवस्था !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    [४८]
    निषेध
    भ्रष्टाचारी व्यवहार
    आँखाले कानले मुखले !

    • टीकाराम जाेशी, टीकापुर

    [४९]
    अन्धा
    पापी सरकार
    रुँदै बालक गल्लीमा !

    • चन्द्रावती अधिकारी, कोहलपुर

    [५०]
    नेपाली
    झुट बोल्दैन
    देख्दैन अनि सुन्दैन !

    • डा. देवी पन्थी

    [५१]
    चीत्कार
    भोकभोकै तन
    समस्यै समस्यामा जन !

    • तेजप्रसाद खनाल, लमही, दाङ

    [५२]
    भिन्नता
    असमान स्थिति
    बाँच्नुको निरीह अवस्था !

    • तोयानाथ सुवेदी, हेटौंडा -८

    [५३]
    सृष्टि
    भगवान्को लीला
    बालकमा ज्ञानेन्द्रिय समस्या !

    • श्रद्धा आचार्य, पोखरा

    [५४]
    नाटक
    अनेक किसिमका
    हुरी बतासको चलखेल !

    • कविता आचार्य, कैलाली

    [५५]
    व्यापारी
    देख्न‌ै नसकिने
    छलछाममा उत्कृष्ट अधिकारी !

    • राेशन पराजुली

    [५६]
    जिन्दगी
    बाँच्न बाध्यता
    गरिबको नाजुक अवस्था !

    • दुर्गा भट्टराई
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १०४

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४४

  • ५ जेष्ठ २०८०, शुक्रबार ०८:३९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४४ [चवालिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/०३ गते  समय :- साँझ ८ बजे ।

    भ्रष्टाचार विरुद्ध पञ्चाङ्ग लेखेर सदनमा हाल भैरहेको अवस्थालाई  उजागर गर्न र जनता सामुन्ने पञ्चाङ्गद्वारा अनुभुती  गराउन १/१पञ्चाङ्ग लेख्न हुन अनुरोध छ ।
    ……………………………………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग संरचना
    …………………

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान:-

    ✍️आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता[०१]
    ✍️बोल्दा  कुरा पूरा  हुन्न  कता गयौ हाम्रा नेता[०२]

    तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ
    ———————————-

    💢सदनलाई कब्जामा राखी काण्ड गर्दै आयौ [०३]

    माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने
    ———————————
    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    ✍️सुन काण्ड  गर्नेलाई  कता  लयौ हाम्रा नेता[०४]
    ✍️गाउँदेखि  भ्रष्टाचार  गर्ने  सयौं  हाम्रा  नेता[०५]

    ४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ ।
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग  

    ✍️आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता।
    ✍️बोल्दा  कुरा पूरा  हुन्न  कता गयौ हाम्रा नेता।
    💢सदनलाई कब्जामा राख्ने काण्ड गर्दै आयौ,
    ✍️सुन काण्ड  गर्नेलाई  कता  लयौ हाम्रा नेता।
    ✍️गाउँदेखि  भ्रष्टाचार  गर्ने  सयौं  हाम्रा  नेता।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।

    …………………………………………………………

    पञ्चाङ्ग   [०१

    छन्द : अद्रितनया (२३।३८६१४२४ पिङ्गल)
    लक्षण: नजभजभा जभौ लघुगुरू बुधैस्तु गदितेयमद्रितनया ।
    गण:         न      ज     भ      ज     भ      ज    भ     ल    गु
    सङ्केत :  ।।।    ।ऽ।    ऽ।।   ।ऽ।    ऽ।।   ।ऽ।   ऽ।।  ।     ऽ
    वर्ण:२३,         यति:  ७, १३  र २३ अक्षरमा  ।

    पञ्चाङ्गहरू
    ………………
    [०१]
    सुन सिक मित्र हो, अब त सीपको, अटल ज्ञान अर्थ सब त्यो ।
    जनप्रिय बन्छ है,सकल कर्मको, सबल ध्यान अर्थ सब त्यो।
    नरजन सीप  मै, प्रगति  हुन्छ त्यो, अबल उच्च साथ छिन मै,
    जन हित हुन्छ है, मुलुकको यहाँ, परम सान अर्थ  सब त्यो ।
    सुन अब मन्त्रको, अकल ज्ञान यो, जनम मान अर्थ  सब त्यो
    [०२]
    युगयुग  चल्छ है, रहर यत्नको, सबल  सीप  हुन्छ त  जहाँ ।
    भरसक चल्छ है, कहर जिन्दगी, सबल खीप हुन्छ त जहाँ ।
    निप थुम भूमि त्यो, रहर  अन्नको,अवनि मिल्छ  ज्ञान  सगर,
    लहलह  हुन्छ है, सगर भूमिको, जमिन  नीप  हुन्छ त जहाँ ।
    सब सिप  लाउनू, बगर  मात्रमा, उदित दीप  हुन्छ त  जहाँ ।
    [०३]
    छ सिप प्रयत्नको, रहर भित्रको, मुलुक दीप बाल्नु छ यहाँ ।
    हरपल देशको, कहर छेड्न त्यो, कदम धेर चाल्नु छ  यहाँ ।
    कृषिस्थल कर्मको, जहर भेड्नमा,अब बजेट राख्नु न अहो ,
    छ चुसक शत्रुको, अब देशको, कठघरा नि   हाल्नु छ यहाँ ।
    सब जन मात्रको,सुखशान्तिले, मुलुकभित्र  पाल्नु छ यहाँ ।

    ✍️राजेन्द्रकुमार  बज्राचार्य, ललितपुर ।
    …………………………………………………

    पञ्चाङ्ग   [०२]

    गनाउँदै हिँड्छन् ठूलो भुँडी पारी हाम्रो नेता।
    यो  देश र जनता खाल्डोमा झारी हाम्रा नेता।
    छैन-अलिकति पनि मनाम लाज घिन को,
    अगाडि बढेकाछन् जनता मारी हाम्रा नेता।
    घुसको लागि त के सारो लाचारी  हाम्रा नेता।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [०३]

    स्वादिष्ट आटो देश मेरो हो ।
    सिक्काको पाटो देश मेरो हो ।
    जिन्दगी न हो उकालो अनि,
    ओरालो बाटो देश मेरो हो ।
    जन्मेको माटो देश मेरो हो ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०४]
    [०१]
    आफै जान्ने आफै सुन्ने भ्रष्ट भयौ हाम्रा नेता।
    बोल्दा  कुरा पूरा  हुन्न  कता गयौ हाम्रा नेता।
    सदनलाई कब्जामा राख्ने काण्ड गर्दै आयौ,
    सुन काण्ड  गर्नेलाई  कता  लयौ हाम्रा नेता।
    गाउँदेखि  भ्रष्टाचार  गर्ने  सयौं  हाम्रा  नेता।
    [०२]
    काम  भन्दा  कुरा बढी  गर्ने ल्याइयो हामीले नेता।
    राम्रो-राम्रो  कुरा  गर्दा  गीत  गाइयो  हामीले नेता।
    सदनलाई कब्जामा राख्ने काण्डै काण्ड गर्दै आयौ,
    राम्रो  काम  गर्नेलाई  कति धाइयो  हामीले   नेता।
    खातैखात  भ्रष्टाचार  गर्ने   पाइयो  हामीले   नेता।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०५]
    [०१]
    बिना काम संसदमा कराउनु भयो।
    तोपे बाले  बेकारमा हराउनु भयो।
    ढिलोचाॅडो धुरीबाट पाप कराउॅछ,
    सुकुम्बासी नाम लिॅदै डराउनु भयो।
    सम्पत्तिले भकारी नै भराउनु भयो।
    [०२]
    बिरोधका शैली पनि थरि थरि भए।
    एक पल्ट भए हुन्थ्यो घरि घरि भए।
    सानो निहुॅ हुनु हुन्न आन्दोलन हुन्छ,
    कहिले त आन्दोलन बर्षै भरी भए।
    कुनै राम्रा कुनै  देखाबटी सरी भए।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………………

    पञ्चाङ्ग   [०६]

    शान्तिय  प्रिय भए पनि  हाम्रो देश।
    बिखण्डित  हुँन थालेको राम्रो  देश।
    उठाउँछन् झण्डा धेरैले भिन्दा भिन्दै,
    बनाउँन  खोजे  दुष्टले  चाम्रो   देश।
    सुगौली सन्धिपछि भयो साम्रो देश।

    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
    …………………………………………

    पञ्चाङ्ग   [०७]

    सेतै फुलेर नि फल्न चाहिँ  कहिल्यै नजान्ने कस्तो दारी यो।
    न  त  बुद्धि आउँछ न  विवेक किन पालेको यत्रो भारी यो।
    मुखले चाहिँ  मीठो भाषण दिने  कर्तुत भित्र अर्कै पाल्ने,
    पहेंलो  वस्त्र  धारण  गर्ने  अनि भट्टी  छिर्ने कस्तो धारी यो।
    आफैं  बेचिइएर  नि  फेरि  देशै  बेच्ने कस्तो भ्रष्ट चारी यो।

    ✍️पशपती राई, खोटाङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [०८]
    [०१]
    देशमा काण्डै काण्ड चलाउने नेता ल्यायौँ हामीले।
    जनताका ति आँखा छलाउने नेता ल्यायौँ हामीले।
    सबै  आडम्बरी  भएका   नेताहरू  रोज्यौँ   सबैले,
    सत्ता  पुगेर  देशै  जलाउने  नेता  ल्यायौँ   हामीले।
    भ्रष्टाचार बिकास  पलाउने  नेता  ल्यायौँ  हामीले।                                                                                                                                                                                                       

    ✍️बेदु न्यौपाने , काठमाडौ ❤️ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [०९]

    देसमा सत्ता पाएपछि शासकले ढाँट्यौ त के गरौँ।
    एउटा घरका दाजुभाइ भाईमा फाट्यौ त के गरौँ।
    भन्थ्ये चार जात छत्तीस वर्णको सिङ्गो फूलबारी हो,
    थियो एक आपसमा बलियो तार काट्यौ त के गरौँ।
    भनौं भन्नलाई के आफ्नै देस भुल्न आट्यौ त के गरौँ।

    ✍️दुर्गा रिजाल आचार्य , मोरङ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१०]
    [०१]
    अब युवा नेताहरूले देश चलाउँछ रे।
    भ्रष्टाचारी बुढालाई झेलमा जलाउँछ रे।
    पहिला कति गरे भ्रष्टाचार  हिसाब गर्नू,
    दु:खी पीडितहरू माथी दयाँ पलाउँछ रे।
    हाम्रो देशमा विकास गरेर फलाउँछ   रे।
    [०२]
    जता हेर्छु म पापै पाप मात्र भेटिदैछ यहाँ।
    सत्य र धर्मको अनगन्ति रेटिदैछ यहाँ।।
    सोच्दैछु यो त घोर कलियुग आयेकै होत।
    पूजा पाठ कति कतिघर मेटिदैछ यहाँ।।
    एक्लै हिंड्दा चोर फटाहले लुटिदैछ यहाँ।।

    ✍️कमला पाण्डे पराजुली, झापा चाराआली ।
    ……………………………………………………

    पञ्चाङ्ग   [११]

    देशमा  अनेक बेथिति चलाउने नेता।
    साेझा साझा जनताहरू छलाउने नेता।
    कहिले खै त देशमा राम्रो व्यवस्था हाेला,
    सधैँ दुःखकाे भुमरीमा जलाउने नेता।
    देशमा भ्रष्टाचार खेती फलाउने नेता।
     
    ✍️शाेभा आचार्य गाैतम,काठमाडौँ।
    …………………………………………………

    पञ्चाङ्ग   [१२]

    चुनावकाे बेला जनतामा ठूलाे राग थियाे।
    नेता भन्दै थिए भेडा बनाउने धाग थियाे।
    जनतालाई काैडिमा नबिक्ने पत्रु बनाए,
    जितेपछि मुहार फेर्ने भाेटकाे माग थियाे।
    ला ला भनेर देखाउने हरियाे साग थियाे।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१३]
    [०१]
    आन्दोलन गरेर हुन्न सिधै फाँसी देउ।
    फाँसी दिएको दिन हेरी सबै हाँसी देउ।
    भ्रष्टचारी बढार्नु पर्छ अब सबै मिली,
    घाटमा लान यिनलाई हरियो बांसी देउ।
    केही नलागे भित्तामा किलाले टाँसी देउ।
    [०२]
    देशमा शान्ति ल्याउन यहाँ आन्दोलन गर्नु परेको छ।
    नेपाल आमाका सन्तान लडाँई गर्दै मर्नु परेको छ।
    दुबोसरी मौलाउँदै छ यहाँ भ्रष्टाचारको जालो,
    पार्टीपार्टी  सदनमै खिचातानी गर्छन् पर्नु परेको छ।
    भ्रष्टाचारी उम्कने बाटो खोज्दै सिमाना तर्नु परेको छ।
    [०३]
    ठुला साना सबैको नजरमा गिर्नु परेको छ आज।
    मागी खानेले झैँ झोली र कुम्लो भिर्नु परेको छ आज।
    जिवनको पाइला आफ्नै गतिमा चलिरहेको बेला,
    बिना सापटिका ति रिणहरु तिर्नु परेको छ आज।
    कसैले देख्छ की भनी कुनामा छिर्नु परेको छ आज।

    ✍️सरिता सेढाई, धादिङ ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [१४]

    देशले सच्चा नै नेतृत्व छान्न सकेन ।
    कुपात्रको कठघरामा तान्न सकेन।
    जसो  गरे नि मनपरी छोडेको हुँदा,
    राजनीतिले  अख्तियार  मान्न  सकेन ।
    कच्चा यो आर्थिक नीतिले धान्न सकेन।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ……………………………………………

    पञ्चाङ्ग   [१५]

    तिमी मेरो आँखाको नानी हौं प्रिय।
    प्यास लाग्दा पिउने पानी हौं प्रिय।
    तिमी छौ र त म बाँचेकी छु यहाँ,
    प्रेमील संसारको खानी हौं प्रिय।
    आपत विपतमा ज्ञानी हौं प्रिय।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………

    पञ्चाङ्ग   [१६]

    अशान्तिको नास होला भन्ने आसमा छु।
    खै धर्मको बास होला भन्ने आसमा छु।
    पापी नै पापी भेटिन थाले जताततै,
    म पनि कसैको खास होला भन्ने आसमा छु।
    खानलाई थोरै गास होला भन्ने आसमा छु।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………………

    पञ्चाङ्ग  [१७]

    राष्ट्रिय राजनितिलाई तरङ्गित बनाउँछन्।
    नेपालीले नेपालीलाई शरणार्थी जनाउँछन्।
    सत्ता र शक्तिको घमण्डले मात्तिएर होला,
    सडकदेखि सदनसम्म मान्छे गनाउँछन्।
    उच्च तहमा बस्नेले  जनता भनाउँछन्।

    ✍️कला ढकाल, झापा दमक ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१८]
    [०१]
    जङ्घार तर्दा गाेडा कमायाे भने  ।
    अघि बढ्नेकाे खुट्टा समायाे  भने ।
    विकासको ढाेका बन्द हुनेछ है ,
    अन्यायबाट सम्पत्ति जमायाे भने ।
    अर्को दुःखमा पर्दा रमायाे भने ।
    [०२]
    फेरि पाइन्छ कि पाइन्न मानव चाेला यहाँ ।
    सङ्कल्प गर्दै छु छाेड्दिन बाेक्ने छु झाेला यहाँ ।
    चराइरहेकाे घाउमा मलम लगाउन ,,
    बगाउँछु अधिक पसिनाकाे त्यो खाेला यहाँ ।
    साथ देऊ भगवान्  हे जगन्नाथ भाेला यहाँ ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ……………………………………………

    पञ्चाङ्ग   [१९]

    सानो-सानो कुरामा रिसाउने मेरो बानी छ साथी।
    दु:खलाई  सुखमा  मिसाउने मेरो बानी छ साथी।
    जिन्दगी  सफर  भए  हाँसीहाँसी    बिताउनुपर्छ,
    आगोझैँ  झर्किएमा चिसाउने मेरो बानी छ साथी।
    थकाइ  लागेमा  त बिसाउने  मेरो बानी छ साथी।

    ✍️जानुका गौतम , काठमाडौं ।
    ………………………………………………………

    पञ्चाङ्ग   [२०]

    लुकाएर गरेको काम छरेर गरेकै सर भयो।
    ढाकछोप गरेरे पनिपो डरेर मरेकै सर भयो।
    स्वतन्त्र भ्रष्टाचार गरी सबै मिलेर भरेको बेला ,
    एक्कासि के अकास झरेर बज्र परेकै सर भयो।
    दिन बिग्रि दशा सरेर सर्बश्व हरेकै सर भयो ।

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२१]
    [०१]
    बुढेसकालमा पनि खेल  मनपर्छ ।
    सबैसँगको  समान मेल मनपर्छ ।
    आखिर के  छ र मरिलाने जिन्दगीमा ,
    पहिले भन्दा समय अचेल मनपर्छ ।
    खेल्दै गर्दा तातो तातो सेल मनपर्छ ।
    [०२]
    बुद्धले ज्ञान बुद्धि  बाडेकाे हाम्रो देश नेपाल ।
    अशान्तिले दिनहुुँ जरा गाडेको  देश नेपाल ।
    दिक्दार लाग्छ  खै किन भएको मति  बेग्ला बेग्लै ,
    हर्दम नेता आपसमा फाटेकाे देश नेपाल ।
    नेताले जनता सधैं नै ढाँटेकाे देश नेपाल ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    खाँटा उकिएर आजकाल माम्री बसेकी छे।
    आफ्नै भुडी भर्नलाई यहाँ  हाम्री बसेकी छे।
    भष्टाचार  नगर  हैन्  सके  जत्ती गर  भनौ,
    कति गाउँनु  गुणगान लौ  चाम्री बसेकी छे।
    नराम्रो त न भनी  दिनु है  राम्री  बसेकी छे।

    ✍️डिल्ली राज घिमिरे, अर्घाखाँची ।
    …………………………………………………

    पञ्चाङ्ग   [२३]

    जनताकाे भन्दा सताकाे मरिहते गर्छन् यहाँ ।
    कहिले यता अनि कहिले त उता सर्छन् यहाँ ।
    देशमा घुसखाेरी,भ्रष्टाचारले सिमा नाघेपछि ,
    बिदेशीहरूकाे अगाडि लम्पसार पर्छन्  यहाँ ।
    आफ्नाे स्वार्थ पुरा गर्न देशलाई नै हर्छन् यहाँ।

    उर्मिला के.शी., धनकुटा ।
    …………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ४४

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P