• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको उन्तिसौँ भाग सम्पन्न

  • २३ बैशाख २०७९, शुक्रबार १४:०० मा प्रकाशित
  • ——————————————–
    “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/ ०१/२०
    ………………………………………….

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    महासचिव
    रामराजा के. सी.

    ======================
    अनुप्रास र स्थायी आफुखुसी  राखेर १६ अक्षरमा पञ्चाङ्ग बनाउनु होला ।

    पञ्चाङ्ग    ०१

    जनता हार्दा   चुनाव  अहिले  सार भएन
    जनमत आयो  आर्कैको  अब पार भएन
    पाँच वर्षमा आएको चुनाव खेरै जाने भो
    जनता  मरे  नेतालाई   कैले   मार भएन
    नेता   थिए जनता   एकदेखि चार भएन ।

    🙏सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग   ०२

    लेक र बेसी, प्रीतको बोट, सारेर जानुछ ।
    सबैले मिली, प्रेमको फल, झारेर जनुछ ।
    जीवन मार्ग, हेरेर जानु, मानिस सबैले ,
    आँखाको आँसु, मनको पीडा, तारेर जानुछ ।
    आखिर पल, सृष्टिको माया, मारेर जानुछ ।

    🙏आर्त अकुलीन, कैलाली।

    पञ्चाङ्ग   ०३

    चुनाव खेल खेल्दामा एक जित हाे अवश्य ।
    हुँदैन द्राेह गरेर बसे हित हाे अवश्य ।
    पाइन्न पार बाेकेर रिस राग हाे शत्रुता  ,
    मिलेर रहे विकास  गरे मित हाे अवश्य ।
    जित्नु र हार्नु दौडमा हुने रीत हाे अवश्य ।

    🙏भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग   ०४

    सातु सर्वत खाने दिन आजै परेछ हैत
    शिवकाे बिहे वार्षिकाेत्सव् आजै रहेछ
    हैत सत्य युगमा हिमालयकी पुत्री पार्वतीकाे
    बिहे भएर कलि युगिमा आस्था झरेछ हैत
    सनातन धर्मिले याे महत्व गरेछ हैत ।

    🙏मधुसूदन प्रसाद घिमिरे ।

    पञ्चाङ्ग   ०५

    हावा हुरीबाट जोगाउने एउटा घर होस्
    सुखदुःखमा साथ निभाउने वर होस्
    तब जिन्दगीमा सन्तुष्टि मिल्छ सफल हुन्छ
    पर्दा हातमा हात दिने उस्तै भर होस्
    गोत्र कन्यादान गरे नि उही थर होस् ।

    🙏सविता के.सी. काठमाडौं ।

    पञ्चाङ्ग   ०६

    चुनावकाे यहाँ धेरै चटाराे छ जतातता
    गाउँघर डुली हिड्ने हताराे छ जतातता
    उत्तरसँग आएर दक्षिण मिल्छ के गरी
    पूर्व र पश्चिमी चाेसाे पसाराे छ जतातता
    सत्ता भित्र गुताईने लठाराे छ जतातता

    🙏ताेयानाथ सुवेदी, काडाघारी,काठमाडौं ।

    पञ्चाङ्ग    ०७

    साइनो गाँस्दै घर दैलोमा आउँछ है फेरि
    सय बाँड्दै लाखौं उठाउन धाउँछ है फेरि
    कति सुत्छौ मस्त? जनता अब त जाग्नुपर्छ,
    भोट माग्न मुकुण्डेले चिप्लो लाउँछ है फेरि
    लय फेर्दै पुरानो गीत नै गाउँछ है फेरि।

           🙏अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   ०८

    एक  छाक  टार्न  दिनदिनै  गिट्टी कुट्नु पर्छ
    काम  गर्न  आफ्ना  परिवारसँग  छुट्नु  पर्छ
    भयावह अवस्था बुझ्छौ, बुझ्दैनौ हाम्रो प्रश्न
    निमुखा  हेप्नेका  मन  नै  बेसरी  खुट्नु  पर्छ
    यस्तो  असमानता रोक्न नै हामी जुट्नु पर्छ ।

    🙏प्रेम थापा “मन”बागलुङ ।

    पञ्चाङ्ग   ०९

    सहर   गाउँ   उराल्दै  गीत   गाएछ   चुनाव
    गठबन्धन   एकल   लड्न   लाएछ   चुनाव
    सिध्दान्तहिन  कुचेष्टा  लिए जनता रूवाइ
    अर्कैकाे   दल   जिताइदिन   धाएछ   चुनाव
    अाफ्नैमा  भाेट  सजाय भाेग्न अाएछ चुनाव ।

    🙏सुरेश चन्द्र घिमिरे, लमजुङ ।

    पञ्चाङ्ग    १०

    समयमा ठाउँमा नपुग्दा हार लाग्ने रैछ
    केही गर्छु भन्दा पनि जाँगर नै भाग्ने रैछ
    सञ्जालबाट मुक्ति पाउन नी गार्है छ अब
    परिस्थिति अनुसार मन सारा माग्ने रैछ
    सादा जीवन उच्च भावना भोकै जाग्ने रैछ ।

    🙏जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   ११

    आजभोलि म घरदैलोमा लागेकाेछु राम्ररी
    त्यसैले त हाेला म साह्रै नै थाकेकाेछु राम्ररी
    नजाउँ भनेपनि पार्टीमा लागि हालियाे नि त
    समाजमा पार्टीकाे इज्जत राखेकाेछु राम्ररी
    मासुभात उम्मेदवारकाे खाएकाेछु राम्ररी ।

    🙏नवराज भट्ट, महेन्द्रनगर, कञ्चनपुर ।

    पञ्चाङ्ग   १२

    उमेरमा त भिर पाखामा गइदोरहेछ
    बुढेसकालमा बिरामी नि भइदोरहेछ
    तिमीहरूको उमेरमा हामी के के गर्थौ
    अझ उमेर ढल्के पिढीमा रहिदोरहेछ
    त्यो बेला जसले जे भनेनी सहिँदोरहेछ ।

    🙏सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग   १३
    ०१
    सुरुमा दिलमा बास बस्ने गरी आउँने छन्
    नपाउन्जेल जहिले पछि पछि धाउँने छन्
    जब आफ्नो स्वार्थ पूरा हुन्छ नि तब उनैले
    स्वच्छ  पवित्र प्रेमलाई पाखा लगाउँने  छन्
    जिन्दगी भरि पिडाकाे आँसुमा डुबाउने छन् ।
      ०२
    अरूलाई फकाउने बानी गज्जबको छ तिम्रो
    कसैसँग लजाउने बानी गज्जबको छ तिम्रो
    धेरै नौटंकी नाटक देखाउनु पर्दैन अब
    कोही पछि लगाउने बानी गज्जबको छ तिम्रो
    कसैलाई हटाउने बानी गज्जबको छ तिम्रो ।
    ०३
    घाइते मुटु लिएर हिँडेको देख्ने को छ र
    फाटेको दिल सिएर हिँडेको देख्ने को छ र
    जिन्दगी त हासीखुसी रमाउने को लागि पो
    गुनमा खुन दिएर हिँडेको देख्ने को छ र
    तनाव हुँदा पिएर हिँडेको देख्ने को छ र ?
    ०४
    खुनको बदला खुनले तिर्ने छु
    परि आए मुटु,कलेजो चिर्ने छु
    मुखले ठिक्क पार्ने नगर्दा हुन्छ
    झ्यालबाट भए पनि म छिर्ने छु
    खराब व्यक्तिलाई मैले पिर्ने छु ।
    ०५
    पैसा र पावरको कुरा नगर तिमी
    जिन्दगीमा कसैको भर नपर तिमी
    मुखले फुर्ति लगाउने धेरै छन् यहाँ
    कुराले अघि सार्यो भने नसर तिमी
    जहिले उम्रिने बीज मात्रै छर तिमी ।

    🙏सुशीला पौडेल  ।

    पञ्चाङ्ग   १४

    मेरो भग्यमा लेखेको मात्र पाउँछु होला
    बिपरित   दिशामा  सदैव धाउँछु होला
    बिधाताको  नियम थाहा पाउन सके त
    इच्छा लागेको कुराहरू नै लाउँछु होला
    तिमीले दिलैले बोलाएमा आउँछु होला ।

    🙏देविकी के.सी. , काभ्रे हाल बिरगंज ।

    पञ्चाङ्ग     १५

    सपनामाथि असिना पानी परेपछि
    दिनै मार सहने यो बानी परेपछि
    कर्म छैन भने सुख कहाँबाट हुनु
    दुःखै दुःखको अनन्त खानी परेपछि
    अचानोझैँ मेरो जिन्दगानी परेपछि  ।

    🙏श्रीकृष्ण शर्मा, पोखरा ।

    पञ्चाङ्ग    १६

    नजान्नेकाे फुत्की जान्छ दाउ चाैका पनि
    सबैलाई   एकैचाेटी आउन्न   माैका पनि ।
    कहिले पालाे कसैकाे हाे कहिले कसैकाे
    चैतमासे खडेरीमा के काम  नाैका पनि?
    उही अमृत उही बीष  हुन्छ  लाैका पनि ।

    🙏चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १७

    बाघकाे छाेराे बाघै हुन्छ हेर स्याल हुँदैन
    घमण्डले खान्छ नै एकदिन ख्याल हुँदैन
    छाेड्न सक्नु पर्छ खराव अाचरण सबैले
    धनदेखि काेही नचुहाउने -याल हुँदैन
    पर्मात्माकाे अाँखा नपर्ने कुनै झ्याल हुँदैन ।

    🙏रामराजा के.सी.
    फर्पिङ, काठमाडौं ।

    पञ्चाङ्ग   १८

    गाउँ सहर घन्काउदै  गित  छाउँछ चुनाव
    जनता र नेता बिचमा मीत लाउँछ चुनाव
    घर  समाजमा  डुलाउँदै  झुकाउँदै   माथ
    सत्य युगका देवताका गित गाउँछ चुनाव
    फूल  हार  पहिराएर  जित  धाउँछ चुनाव

    🙏सरिता काफ्ले कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १९

    जहाँतहीँ चुनावको माहोल चलेको छ हेर्नुस्
    एकअर्को बिच पार्टीमा आगो बलेको छ हेर्नुस्
    प्रचार प्रसारका निम्ति नै तछाड मछाड गर्दै 
    हिडेर शरीरलाई  बेस्सरी गलेको छ हेर्नुस्
    मानिसले स्वार्थका लागि पनि छ्लेको छ हेर्नुस्  ।

    🙏आर्मित्मा थापा मगर
    स्याङ्जा ।

    पञ्चाङ्ग   २०

    साहित्यको भोक हो यो मेटिँदैन कहिले
    भोक लाग्दा खानेकुरा   भेटिँदैन कहिले
    यस्तै गरि निशा लाग्ने सबैलाई नै होकि
    लेख्दा लेख्दै निद्रा आए लेटिँदैन कहिले
    सारङ्गी ता आफैँआफ  रेटिँदैन कहिले।

    🙏गुणानिधि घिमिरे, हाल अमेरिका ।

    पञ्चाङ्ग   २१

    आफू बलियो भएदेखि उछिन्न मन लाग्छ
    असहाय भएपनि सबै किन्न मन लाग्छ
    दुःखी गरिबीको कोही छैनन् यस जगतमा
    सामन्तीलाई त घुनसँगै पिन्न मन लाग्छ
    सहयोगीलाई मौकामा  नै चिन्न मन लाग्छ ।

    🙏निर्मला सुवेदी , बागलुङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको उन्तिसौँ भाग सम्पन्न

    गाेरखनाथ वैदिक गुरुकुलकाे तृतीय वार्षिक उत्सव मंगलबार सम्पन्न

  • २३ बैशाख २०७९, शुक्रबार १३:५० मा प्रकाशित
  • दाङ, २० बैशाख ।
    श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा सञ्चालित गाेरखनाथ वैदिक गुरुकुलमले आफ्नाे तृतीय वार्षिक उत्सव एक समारोह बिच मंगलबार मनाएको छ । उक्त कार्यक्रम नेपाल संस्कृत विश्विद्यालयका उपकुलपति प्रा.डा.यादवप्रकाश लामिछानेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    सनातन वैदिक दर्शन र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि आज भन्दा ३ बर्ष अगाडि वि. सं. २०७६ साल बैशाख २४ गते अक्षय तृतीयाकै दिन दाङ जिल्लाकाे ऐतिहासिक महत्त्व बाेकेकाे श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा गाेरखनाथ वैदिक गुरुकुलमको स्थापना भएको हाे ।

    जाेगी देवनाथकाे अध्यक्षतामा संचालित कार्यक्रममा गुरुकुल समितिकि सदस्य सुषमा रेग्मीले स्वागत मन्तव्य सहित कार्यक्रम बारे जानकारी गराउनु भएकाे थियाे ।उक्त कार्यक्रममा प्रमुख अतिथि एवं उपकुलपति लामिछानेले संस्कार, संस्कृति र आफ्नाे पहिचान बचाउन आज कठिन परिस्थिति भएको उल्लेख गर्नुभयो । साथै उहाँले दाङकाे यस गुरुकुलका कृयाकलापले अत्यन्तै प्रभावित पारेकाे बताउनुभयो ।

    उहाँले विश्वविद्यालयकालागि चाहिने शैक्षिक जनशक्ति यदि कसैले दिनसक्छ भने त्याे गुुरुकुलले मात्रै भएको बताउनुभयो । गुरुकुलबाट पढेर आएका जनशक्तिकै अभावले ने.सं. वि. लगायतका सम्पूर्ण शैक्षिक तथा धार्मिक क्षेत्र पनि सन्ताेष गर्न लायक नबन्दा दु:ख लागेकाे बताउनु भयाे ।

    साथै उहाँले दाङ जिल्लामा सञ्चालित याे गुरुकुलमा आफू २ पटक आउँदा पहिलेकाे भन्दा धेरै प्रगति भएकाे धारणा राख्दै गुरुकुल हुर्काउने दायित्वबाट ने सं वि पछाडि हट्न नहुने भन्दै मठ तथा गुरुकुल परिवारलाई धन्यवाद समेत प्रदान गर्नु भएको थियाे ।

    कार्यक्रमका अन्य वक्ताहरूमा उप-प्राध्यापक सुन्दर गाैतम, पतञ्जलि याेग समितिका उदय डाँगी, घाेराही नगर शिक्षाका नारायण प्रसाद पाैडेल, प्रेश सेनानी तथा सर्वाेदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गाैतम, लगायतका रहनुभएको थियोे । शैक्षिक उन्नतिका साथै सामाजिक रुपान्तरणका लागि गुरुकुलीय शिक्षा र संस्कारकाे ठूलाे भुमिका रहेकाे सहभागी वक्ताहरूको भनाइ रहेकोे थियोे ।

    गुरुकुलमा अध्ययनरत छात्र छात्राहरूबाट स्वस्ति वाचन र स्वागत गीतबाट सुरुभएकाे कार्यक्रममा प्रमुखअतिथिले गुरुकुलमा अक्षयकाेष, नगद तथा खाद्यान्न ,लत्ताकपडा लगायतका वस्तु सामग्री सहयाेग गर्नुहुने दाताहरूलाई रुद्राक्ष माला सहित प्रमाण पत्रले सम्मान गर्नु भएकाे थियाे।

    कार्यक्रममा नगर शिक्षाका अधिकृत नारायण प्रसाद पाैडेलबाट उत्कृष्ठ अंक प्राप्त गर्ने छात्रछात्रालाई र पीर मठाधीश याेगी ब्रह्मनाथ महाराजबाट सरसफाईमा ध्यान दिने ,अनुशासित तथा जेहेन्दार छात्रछात्रालाई सम्मान सहित पुरस्कार प्रदान गरिएकाे थियाे ।

    उक्त कार्यक्रममा गुरुकुलकी प्राचार्य सन्ताेषी सुवेदीले गुरुकुलकाे परिचय गराउनुभएको थियोे भने निवर्तमान अध्यक्ष प्रकाश भट्टराईले विभिन्न जिल्लाका गुरुकुल र धार्मिक एवं शैक्षिक निकायबाट प्राप्त शुभकामना सन्देश वाचन गरेर सुनाउनु भएको थियो ।

    शुभकामना सन्देश प्रेषित गर्नेमा नेपाल महर्षि वैदिक फाउन्डेसन, श्री दुर्गा संस्कृत वेद वेदाङ्ग विद्यापीठम् दुर्गानगर रुपन्देही, श्री निङ्गलासैनि गुरुकुल संस्कृत विद्यापीठ,धनगढी ,कैलाली, श्री दुर्गा वैदिक विद्यापीठ नयाँमील ,रुपन्देही, श्री पञ्चकाेशी वेद विद्याश्रम दैलेख, श्री अनन्तादर्शन संस्कृत वेद विद्यालय माईधार,झापा, श्री रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल आधारभुत विद्यालय काेहलपुर बांके, विश्व हिन्दूमहासंघ केन्द्रीय कार्यालय, श्री कालिगण्डकी गुरुकुलम् पाल्पा लगायतका संस्थाहरू रहेका थिए।

    गुरुकुलका अध्यक्ष जाेगी देवनाथकाे अध्यक्षतामा सञ्चालित कार्यक्रमको सञ्चालन गुरुकुल समितिका सदस्य कृष्ण प्रसाद अधिकारीले गर्नु भएकाे थियोे। कार्यक्रमको अन्तमा अध्यक्ष जाेगी देवनाथले कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी हुनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे।

    शिक्षक अभिभावक संघको भेला सम्पन्न

    उक्त गोरखनाथ वैदिक गुरुकुलको वार्षिक उत्सव कार्यक्रम समापन भएसँगै दाेस्राे शिक्षक अभिभावक संघको भेला संघका अध्यक्ष शम्भु हरि अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।
    साथै भेलाले विभिन्न विषयहरुमाथि छलफल गरेर निर्णय समेत गरेको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरखनाथ वैदिक गुरुकुलकाे तृतीय वार्षिक उत्सव मंगलबार सम्पन्न

    प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

  • २३ बैशाख २०७९, शुक्रबार ००:५३ मा प्रकाशित

  • रियाद/साउदीअरब। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास संगठन, प्रबासी नेपाली एकता समाज (पानस) Overseas Nepali Unified Society (ONUS) साउदी अरबले नयाँ वर्ष वि.सं. २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसर शुभकामना आदान प्रदान साथै आफ्नो दोस्रो राष्ट्रिय अधिवेशन ४ मेई २०२२ का दिन साउदीअरबको पूर्वीय प्रान्त दम्माम स्थित एक सभाहलमा सम्पन्न गरेको छ। उक्त राष्ट्रीय अधिवेशनले २०२२ – २०२४ कार्यकालका लागी कुवेर हुमागाईँको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्।
    उक्त कार्यसमितिको अध्यक्षमा कुबेर हुमागाईं सहित उपाध्यक्षमा धिरज साउद, मनोज धिमाल, मौला इस्माईल, लोकेश कामी र महिला उपाध्यक्षमा प्रमिला सापकोटा निर्वाचित भएका छन् । त्यसै गरी महामन्त्रीमा नबिन मुडभरी, सह-महामन्त्रीमा जनक थापा मगर, सचिवमा लाल बहादुर बोगटी र सह-सचिवमा बिक्रम न्यौपाने निर्वाचित भएका छन्।


    उक्त महाधिवेशन बाटै समितिको प्रबक्ताको रूपमा राजन ओझा, सह-प्रबक्तामा धन बहादुर नाथलाई मनोनीत गरेका छन् भने कोषाध्यक्षमा मनिस थापा, सह-कोषाध्यक्षमा संजय थपलियालाई चयन गरिएको छ। त्यसै गरी सदस्यहरुमा पूर्ण बहादुर जिम्मी,नगेन्द्र थापा मगर,सबिन घिमिरे, दिपक उपाध्याय, रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम, अमन बि.क., बिनोद भट्टाराई, सिला चाम्लिङ राई, शिव वाग्ले, बेग श्रेष्ठ, सन्त कुमार भण्डारी, ईश्वर श्रेष्ठ, टंक चापागाईं, बिमला राई र भोज कुमार कार्की निर्वाचित भएका छन्।


    उक्त अधिवेशन संयोजक सिद्धार्थ कन्दङ्गवाको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वीय प्रान्त दम्मामको लागी स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका कार्यवाहक अध्यक्ष रबिना अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्ष यसमिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक सदस्य राजु सैयद लगायत राष्ट्रीय, क्षत्रिय र स्थानीय समन्वय समितिका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरू, साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा बुद्धिजीवीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरूको उपस्थिती रहेको थियो।


    नयाँ वर्ष २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको शुभकामना आदान प्रदान साथै पानसको दोस्रो राष्ट्रिय अधिवेशन कार्यक्रमको संचालकको भूमिकामा प्रमिला सापकोटा र नरेन्द्र कार्की रहेको थियो ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

    प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

  • २३ बैशाख २०७९, शुक्रबार ००:२८ मा प्रकाशित
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास संगठन, प्रबासी नेपाली एकता समाज (पानस) Overseas Nepali Unified Society (ONUS) साउदी अरबले नयाँ वर्ष वि.सं. २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्वइदको अवसर शुभकामना आदान प्रदान साथै आफ्नो दोस्रो राष्ट्रिय अधिवेशन ४ मेई २०२२ का दिनसाउदीअरबको पूर्वीय प्रान्त दम्माम स्थित एक सभाहलमा सम्पन्न गरेको छ। उक्त राष्ट्रीयअधिवेशनले २०२२ – २०२४ कार्यकालका लागी कुवेर हुमागाईँको अध्यक्षतामा ३१ सदस्यीयकार्यसमिति निर्वाचित भएका छन्।

    उक्त कार्यसमितिको अध्यक्षमा कुबेर हुमागाईं सहित उपाध्यक्षमा धिरज साउद, मनोज धिमाल, मौलाइस्माईल, लोकेश कामी र महिला उपाध्यक्षमा प्रमिला सापकोटा निर्वाचित भएका छन् । त्यसै गरीमहामन्त्रीमा नबिन मुडभरी, सह-महामन्त्रीमा जनक थापा मगर, सचिवमा लाल बहादुर बोगटी र सह-सचिवमा बिक्रम न्यौपाने निर्वाचित भएका छन्।

    उक्त महाधिवेशन बाटै समितिको प्रबक्ताको रूपमा राजन ओझा, सह-प्रबक्तामा धन बहादुरनाथलाई मनोनीत गरेका छन् भने कोषाध्यक्षमा मनिस थापा, सह-कोषाध्यक्षमा संजय थपलियालाईचयन गरिएको छ। त्यसै गरी सदस्यहरुमा पूर्ण बहादुर जिम्मी,नगेन्द्र थापा मगर,सबिन घिमिरे, दिपकउपाध्याय, रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम, अमन बि.क., बिनोद भट्टाराई, सिला चाम्लिङराई, शिव वाग्ले, बेग श्रेष्ठ, सन्त कुमार भण्डारी, ईश्वर श्रेष्ठ, टंक चापागाईं, बिमला राई र भोज कुमारकार्की निर्वाचित भएका छन्।

    उक्त अधिवेशन संयोजक सिद्धार्थ कन्दङ्गवाको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुखअतिथिको रूपमा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वीय प्रान्त दम्मामको लागी स्थानीयजनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका कार्यवाहक अध्यक्ष रबिना अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्ष यसमिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक सदस्य राजु सैयद लगायत राष्ट्रीय, क्षत्रिय र स्थानीयसमन्वय समितिका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरू, साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरू, समाजसेवी तथाबुद्धिजीवीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरूको उपस्थिती रहेको थियो।

    नयाँ वर्ष २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको शुभकामना आदान प्रदान साथै पानसकोदोस्रो राष्ट्रिय अधिवेशन कार्यक्रमको संचालकको भूमिकामा प्रमिला सापकोटा र नरेन्द्र कार्की रहेकोथियो ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on प्रबासी नेपाली एकता समाज साउदीको अध्यक्षमा कुवेर हुमागाईँः

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २२ बैशाख २०७९, बिहीबार २२:१६ मा प्रकाशित
  • … ✍️ आर्त अकुलीन
    १
    यात्रा
    भिरको बाटो
    एउटा पीरको जीवन !

    २
    नववर्ष
    पुरानै प्रवृत्तिहरू
    केवल फेरिएको पात्रो !

    ३
    प्रकृति
    सौम्य शालीनता
    मनमा प्रतिबिम्बित सृष्टि !

    ४
    दम्भ
    काँडाको पीडा
    मनको कालो तुवाँलो !

    ५
    अरिङ्गाल
    आफैमा सजीव
    सजीवकै प्रमुख शत्रु !

    ६
    पहरा
    पत्थरको खानी
    सुख दु:खको कहानी !

    ७
    आँगन
    सुन्दर बगैंचा
    चारैतर्फ विष वमन !

    ८
    ईशान
    सबैभन्दा महान
    सन्तान खोज्दै पहिचान !

    ९
    उडुस
    पाएमा रगत
    नपाएमा खाली सुत्ने !

    १०
    माया
    पिरतीको फूल
    सफा पानीको मूल !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको आशंका, आन्तरिक उडान पुरै ठप्प

  • २१ बैशाख २०७९, बुधबार ११:२९ मा प्रकाशित
  • काठमाडौं, बैशाख २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अज्ञात समुहले बम राखेको हल्लापछि आन्तरिकतर्फको उडान ठप्प भएको छ ।

    अज्ञात व्यक्तिले विहान ९ः४० मा पहिलो र ९ः५१ मा पुनः फोन गरेर आन्तरिकतर्फको टर्मिनलमा ५–६ वटा बम राखेको विमानस्थल टावरलाई जानकारी दिएपछि यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

    सुचना पाएलगत्तै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका तालिमप्राप्त कुकुरसहित सर्च अपरेसन सुरु गरिएको छ । १० बजेदेखि सर्च अप्रेसन सुरु भएपनि कुनै शंकास्पद वस्तु फेला नपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

    सुचनादिने व्यक्तिको समेत खोजिकार्य सुरु भएको छ । आन्तरिकतर्फको उडान ठप्प रहेपनि अन्तर्राष्ट्रियतर्फका उडानहरु भने जारी रहेका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखेको आशंका, आन्तरिक उडान पुरै ठप्प

    साताका तीन लघुकथा

  • २१ बैशाख २०७९, बुधबार ११:२२ मा प्रकाशित
  • साताका तीन लघुकथाको चौधौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका मातातिर्थ औँसी विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (उपहार, भर्चुअल नाता र आमाको गुनासो) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथा : उपहार

    ✍️ वसन्त अनुभव
    मातातीर्थ औँसीको दिन । विहान सबेरै उठेर नुहाइ धुवाइ गरेँ। आमा भने आफ्नो कोठामा सुतिरहनुभएको थियो ।

    “आमा ! आज हजुरको मुख हेर्ने दिन । हजुरलाई के उपहार दिऊँ ?” चियाको कप दिदै मैले सोधेँ ।

    “मलाई केही चाहिन्न, बाबु ! सबै पुगेको छ । केही दिनु पर्दैन ।” आमाले ठाडै इन्कार गर्नुभयो।

    “तैपनि आमा ! आज विशेष दिन । हजुरले उपहार त लिनैपर्छ। भन्नु त के दिऊँ ?!” मैले आफ्नो कुरामा जोड दिएँ।

    “सबै कुरा पुगेकै छ, बाबु ! साह्रै जिद्दी गरिस् । दिने नै भए, एउटा राम्रो मोबाइल किनेर ल्याइदे ।” बल्लतल्ल आमाले मुख फोर्नुभयो।

    केही समयपछि पसलबाट मोबाइल लिएर आएँ । आमालाई फलफूल, मिष्ठान्न खुवाएर मोबाइल उपहार दिएँ । आमाबाट आशिर्वाद ग्रहण गरेँ ।

    “तँ साह्रै लोभी छस्, आफ्नो लागि केही गर्दैनस् । अरुको लागि मात्र कति खर्च गर्छस् बाबै । मोबाइल फुटेको कति दिन भइसक्यो, किनेकै होइन । यो मैले तेरै लागि मगाएको थिएँ।” मोबाइल मलाई नै फिर्ता गर्दै आमाले भन्नुभयो।

    “तर आमा ! .. तपाईंको उपहार ..।” अप्ठ्यारो मान्दै मैले भनेँ।

    “तर सर केही होइन्, खुरुक्क राख् । मलाई उपहारमा यी, यस्ता भौतिक वस्तु केही चाहिन्न । यस्तै मीठो बोली र असल व्यवहार भए सबै पुग्छ, बाबु ।” आमाले बिचमै टोक्नुभयो ।

    घोराही उपमहानगरपालिका १४, दाङ
    २०७९/०१/१७ शनिबार

    [२] लघुकथा : भर्चुअल नाता

    ✍️ नवराज शर्मा
    “यो तपाईंको पनाति ! यी नाति र नातिनीबुहारी ! अब पालैपालो टिका लगाइदिनुस् ।” मैले चोरऔँलाले सबैलाई देखाउँदै भनेँ ।

    ” मैले पनि देख्या’छु, तैँले देखाउनु पर्दैन् ।” भन्दै आमाले सबैलाई दसैँको टिका र जमरा लगाई दिनुभयो । सबैले दर्शन भने । आमाले खुट्टा तेर्साई दिनुभयो । मुसुमुसु हाँस्दै ढोग गरेँ । टिका लगाउने काम सकिएपछि हामी भान्छा कोठातिर लाग्यौँ । खान बस्नु अघि, मैले ल्यापटपको स्क्रीन दाग नबसोस् भनेर स्प्रिटले सफा गरेँ ।

    दिउँसो भान्जा, भान्जी , बहिनी, ज्वाईं, दाजुभाइ सबै आए । टिका लाए । गए । तर जो आएपनि एउटै कुरा सोध्थे, ” छोरा छोरी आउलान् त ?”

    “आउँछु भन्या’छन् ।” मेरो एउटै जवाफ हुन्थ्यो । आफ्नो सन्तानको उज्ज्वल भविष्यको कामना गर्दै उच्च शिक्षाको लागि विदेश पठाएपछि उनीहरू पनि त आफ्ना सन्तानको सुखद भविष्यको सपना देख्दा हुन् ! कामना गर्दा हुन् ! त्यो कुरा किन हो कुन्नी म जानी जानी बिर्सन्थेँ । म जतिचोटि “आउँछन्” भन्थेँ, आमा त्यतिपटक मेरो मुखमा पुलुक्क हेर्नुहुन्थ्यो ।

    आज औँसी । आमाको मुख हेर्ने दिन । मैले ल्यापटप खोलेँ । एकछिन पछि पर्दामा छोरा-बुहारी, छोरी- ज्वाईं, नातिनातिना देखिए । हामी भर्चुअल संसारमा थियौँ, हाम्रो भर्चुअल बैठक जारी थियो ।
    ” ल आमाको मुख हेर !” मैले भनेँ ।
    सबैले दर्शन भने । एकछिन रमाइलो भयो ।

    भर्चुअल भेटघाट र भलाकुसारीपछि खाना खाएर म कोठातिर लागेँ, यसो ढल्किन भनी । आँखा झपक्क के लागेको थियो, ” मेरो मुख हेर्दैनौ, बाबु ? आज आमाको मुख हेर्ने दिन ।” कानमा आवाज ठोक्किए जस्तो लाग्यो । तन्द्राबाट ब्युँझिएँ । भित्तातिर हेरेँ । भित्तामा आमाको तस्बिर थियो । माला लगाएको तस्बिर मुसुमुसु हाँसे जस्तो लाग्यो । “मसँग पनि त भर्चुअल नाता बाँकी होला नि बाबु !”

    वीरगन्ज
    हाल भक्तपुर- १

    [३] लघुकथा : आमाको गुनासो

    ✍️ सावित्री अधिकारी
    “काकी नमस्कार ! सन्चै हुनुहुन्छ?”
    “ओहो सानी! कैले आइस् तँ? भाग्यमानी भएस्, खै सन्चो भनुँ कि बिसन्चो ! सधैँ यस्तै त हो, नानी ! गर्न केही सकिदैँन । शरीरमा देखिने राेग केही छैन्, खाली नाटक गरेजस्तो । ठिकै छ नानी ! यस्तै हो ।” एक्कासि छिमेकीको छोरी सानीलाई देखेर रमाले सुस्केरा हाल्दै बोलिन्।

    “ए ! के भएको होला त खै ! म हिजो आएकी काकी, यसपालि औँसी पनि छुट्टीकै दिन पर्यो । फेरि भोलि पनि मजदुर दिवस, छुट्टी छ । त्यसैले हिजो साँझ आइपुगेको । आमालाई पनि अलि सन्चो छैन। आएको बेला हजुरलाई बोलाएर जाउँ भनेर नि ! अनि सिमा खै त काकी? कि आएकी छैन?”

    “के आउँथी र नानी ! कहिले पो आएकी थिई र ! न तीजमा आउँछे न औँसीमा। खै कति निष्ठुरी भाकी हो ।”
    “टाढा भएर त होला नानी ! गाडीमा सन्चो पनि हुँदैन । त्यसैले होला, हिड्नै मन लाग्दैनँ । कहिल्यै नआउने भएर होला मलाई त आइन भनेर पिर पनि लाग्दैन।”

    “ए ! यसपालि त छुट्टी छ, आएकी भए हुन्थ्यो नि ! म त आइ होला, भेट हुन्छ भन्ठानेको त। अनि दाइ भाइहरू पनि कोही आएनन् ?”
    “आउदैनन् बा ! कोही आउदैनन् । सबै आ-आफ्नै ठाउँमा ब्यस्त छन्। घरमा भएकी एउटी बुहारी पनि घुम्न गएकी छ। ऊ हुँदा त पहिले मेरो मुख हेरेर मात्र माइत जान्थी । छुट्याउदैनथी । यसपालि ऊ पनि नहुँदा शुन्य लागेको छ ।”

    बिहानै भिडियो कल गरेका थिए सबैले, त्यसैमा चित्त बुझाएँ । अब के गर्नु, यस्तै रहेछ संसार ! माया उँधो सर्छ भन्थे, हो रहेछ नानी। तँ आइस् मलाई सबै छोराछोरी आए जतिकै भो। बिहान पसल जाँदा तातो जेरी पकाउदै रहेछ, अलिकति ल्याएको । काका पनि पूजामा जानुभा’को आइपुग्नु भा’छैन । एक्लै खानै मन लागेन । ल अब आमाछोरी मिलेर खाउँ।” मुहार केही उज्यालो पार्दै रमाले थालभरि जेरी लिएर आइन्।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • २० बैशाख २०७९, मंगलवार २२:२८ मा प्रकाशित
  • १
    असिना
    साना ठूला
    गर्जनले पुछिएको पसिना !

    २
    भीषण
    वर्षाको भारी
    भिजेका हाम्रा खेतबारी !

    ३
    चुनावी
    हर्ष उल्लास
    असिनाले पारेको बित्यास !

    ३
    समय
    हुरी बतास
    नाङ्गा बनेका घरधुरी !

    ४
    सख्खर
    पानीको घोल
    सातु सर्वत अनमोल !

    ५
    समय
    तृतीया अक्षयको
    सातु सर्व महिमाको !

    ६
    शिव
    प्रणय सतीसँगको
    महिमा दान पुण्यको!

    ७
    मरेका
    चराचुरुङ्गी प्रकोपले
    बेघर बनेका तारामण्डले !

    ८
    जल
    नभए निर्जन
    जीवन्त प्राणको आधार !

    • कमला देवकोटा
      पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    गोरखामा जीप दुर्घटना : ज्यान गुमाएकाको पहिचान

  • २० बैशाख २०७९, मंगलवार ०८:५८ मा प्रकाशित
  • गोरखामा जीप दुर्घटनामा परी मृत्यु भएका तिनै जनाको पहिचान खुलेको छ ।

    दुर्घटनामा परी मृत्यु हुनेमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ चनौटे घर भएका ५० वर्षीया देवी पोखरेल, नवलपुर जिल्ला कावासोती नगरपालिका–१४ का ८० वर्षीय कृष्णप्रसाद सिग्देल र काठमाडौँ महानगरपालिका–१६ बस्ने ५१ वर्षीय कमलराज दानी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज कोइरालाले जानकारी दिए ।

    सिरानचोक गाउँपालिका–५ मा पर्ने आरुबोटेमा सोमबार साँझ करिब ७ बजे दुलही लिएर फर्कने क्रममा रोकिराखेको बा१४च ७८१ नंको स्कोपियो जीप भिरबाट खसेर दुर्घटनामा परेको थियो । जन्ती चढ्ने क्रममा एक जनाले ह्याण्डब्रेक चलाइदिएका कारण सो दुर्घटना भएको उनले बताए ।

    चालक चढ्न नपाउँदै जन्ती चढ्ने क्रममा सो घटना भएको थियो । जीप आरुबोटेस्थित फिरफिरे भिरबाट झण्डै २०० मिटर तल खसेको थियो ।

    जिपमा पाँच जना सवार रहेकामा अन्य दुई जनाले भने हामफालेर ज्यान जोगाएको प्रहरीको भनाइ छ । मृतक तिनै जनाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको छ । शव परीक्षण गरी अन्त्येष्टिका लागि परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on गोरखामा जीप दुर्घटना : ज्यान गुमाएकाको पहिचान

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३१औँ शृङ्खला शनिबार सम्पन्न

  • २० बैशाख २०७९, मंगलवार ००:१३ मा प्रकाशित
  • काठमाडौ, १७ बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३१औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३१औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार राजेशराज गड्तौलाले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    किन गर्छौ व्यर्थै रिस राग तितो वचन बोली,
    मर्दाखेरी जानैपर्छ हामी सबले हात खोली ।
    ✍️ राजेशराज गड्तौला

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    मानिसको जात त्यस्तै रिस नगरे बॅाच्न गाह्रो,
    अर्काको आरिस नगरी खाना पच्न अति साह्रो ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [२]
    खाली हात आयौँ हामी जान्छौँ खाली हात,
    ब्यर्थै केको रिस राग गर्छौ केमा मात ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [३]
    तँछाड मछाड लडाई अनि झगडाकाे मूल,
    उँधाे बाटाे आरिस अनि घमन्डीपन हाे भुल ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबसी, हाल प्रवास ।

    [४]
    जिन्दगी मेरो बाँचेको छ, बोकेर रङ्गिन सपना,
    तिम्रा प्रत्येक शब्दहरूका, कटुता सधैँ जपना।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी, सुनसरी

    [५]
    मानिस बुद्धिमान हो, नबोलौँ मिथ्या बोली,
    मर्दा सबै जानुपर्छ, चढी बाँसको डोली।
    ✍️
    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [६]
    दुखी मानिसलाई कहिल्यै हेला होँचो नगर,
    आखिर धरती छोडी जानु छ जिउँदै नमर।
    ✍️
    रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [७]
    एउटै शरीर बनेको छ मिली हाड,
    पाउने केही होइन रिस राग छाड ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [८]
    सत्य जान्दाजान्दै सक्दिनँ आरिस नगरी,
    सायद फर्कन्न सुर्ता भड्खालोमा नपरी ।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [९]
    मान्छेबाट गल्ती हुन्छ सच्याउने मान्छेबाटै,
    सबै मिले बढ्छ पाइला नमिले बन्छ माटै।
    ✍️
    म्यामराज राई
    भोजपुर हाल-जापान

    [१०]
    बचाउन गाह्रो भयो अपराधीबाट समाज,
    मीठो नारा देखाई प्रोत्साहन गर्ने बढे आज।
    ✍️
    पौडेल विमुन्स
    पोखरा कास्की

    [११]
    के लिएर आएका थियौ मानव के लिएर जान्छौ,
    किन तिमी आफूलाई कहिल्यै नमर्ने प्राणी ठान्छौ?
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [१२]
    बिना कारण जब अरूको खोइरो खन्नेछौ,
    तिमी पनि अवश्य अगचको जालो बन्नेछौ ।
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [१३]
    मर्नुपर्छ जान्दाजान्दै मान्छे रिस राग गर्छन्,
    अनगिन्ती चोट र पीडाका भुमरीमा पर्छन् ।
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [१४]
    नाम,दाम ईज्जत सबै कमाउँने हो बाँच्दा खेरि ,
    आउँछ आउँदैन अर्को जुनी खै मोज गर्न फेरि।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१५]
    बाँचुन्जेल हो तेरो मेरो किन गर्छौ छुच्चो बोली,
    जानैपर्छ परलोक आखिर दुई हात खोली ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [१६]
    लोभ, पाप, भय, क्रोध साँच्नुहुन्न कहिल्यै,
    मर्दाखेरि खाली हात जानुपर्छ जहिल्यै ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [१७]
    रित्तै आयो रित्तै जान्छ मानिसको चोला,
    रिस राग किन राख्नु फाइदा के होला ?
    ✍️
    बुद्धिमान चौधरी
    सुरुङ्गा ४ झापा

    [१८]
    रिस गर्नेलाई गर्न देऊ साथी आफैँ झाँको झर्छ,
    हेर्दै मात्रै जानुपर्छ समयमा आफैँ छक्क पर्छ।
    ✍️
    दीपक ठटाल जलन
    खरसाङ ३०.०४.२२

    [१९]
    जानुपर्छ आखिर सबेलाई छोडी,
    किन गर्छौ रिस राग व्यर्थ मन तोडी।
    ✍️
    सुरेखा चाम्लिंग**
    -भक्तपुर//

    [२०]
    एकातिर छ काम कुरा कुम्लो बोकी हिँड्छौ अन्तै तिर,
    राम सिवाय खै के भनौँ? व्यर्थै खोज्छौ हाम फाल्ने भिर।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२१]
    धर्म सत्कर्म, ज्ञान गुन परलोकमा पाइन्छ रे लान,
    मरेपछि पाइन्छ पाइदैन भ्रष्टाचार गरेर खान ।
    ✍️
    रिजाल विनोद
    बेलबारी ०२ मोरङ

    [२२]
    जानुपर्छ सुम्पिई इज्जत, दाैलत, धन,
    फेरि पनि किन गर्छन् लालच सानाे मन ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा

    [२३]
    गर्नुहुन्न रुखाे व्यबहार अनि बाेली,
    नाङ्गै आयौँ अनि नाङ्गै जानुपर्छ भोलि ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [२४]
    आखिर जानैपर्छ बनाएर बाँसको डोली,
    नगरौँ बाबा आमामा तितो वचन र बोली ।
    ✍️
    भगवती दवाडी

    [२५]
    पढ्छाै ज्ञान लिन्छौ,माेह व्यर्थ हो भन्छाै हृदय खाेली,
    अहिले सम्झना छ, विवश भई बिर्सिदिन्छौ भाेलि।
    ✍️
    रामप्रसाद पुरी
    खाेटाङ बादेल ।

    [२६]
    राष्ट्रघाती आरिसेहरू त मरी जाऊन्,
    देशभक्त देखारिसेहरू गरी खाऊन् !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [२७]
    बाँचुन्जेल आखिरमा किन बेमेल गर्नु,
    सेवाभाव राखी सधैँ हर्षले मन भर्नु ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [२८]
    जन्मियौँ नाङ्गै अनि जादा पनि नाङ्गै घमण्ड किन ?
    सक्छौ भने नाम कमाऔँ सुकर्म गरौँ हरदिन ।
    ✍️
    शंकर कार्की
    थाहा ३मकवानपुर,

    [२९]
    हात बाँधी आएका थियौँ, जान्छाैँ हात खाेली,
    छाडी जाने हो सबै यतै, मरी जादा भोलि ।
    ✍️
    दुर्गा वनवासी
    झापा

    [३०]
    सधैँ गरौँ मीठो बोली नगरिकन रिस डाहा,
    मित्रवत व्यवहार गरौँ भनून् सबले आहा !
    ✍️
    रुपेश कु.सदाय
    सखुवानन्कारकट्टी-३(सिरहा)
    हाल-गोलबजार (सिरहा)

    [३१]
    तितो वचन रिस राग नगरे शान बढ्दैन,
    यहाँ मरेर जाने चाेलाको खासै दान चढ्दैन ।
    ✍️
    गणेश तिमल्सिना गति
    धनुषा

    [३२]
    आयौँ नाङ्गै जान्छौँ नाङ्गै लानु केही छैन,
    सुखसँग कोही यहाँ बाँच्न पा’को हैन ।
    ✍️
    रुपा गौतम
    बारा

    [३३]
    जन्मेपछि मर्नुपर्छ भन्ने भुल्छ मानिस,
    लोभ लालच गर्छ व्यर्थ घमण्ड र रिस ।
    ✍️
    राजेन्द्र बस्नेत राप्तार
    जुनिचाँदे५ जाजरकोट

    [३४]
    रिस राग गरेर केही पाइँदैन,
    मिलापले बाँचेमा धन चाहिँदैन ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [३५]
    एउटा थिए गाउँमा गर्थे सधैँ नै भिडन्त,
    तर आखिर उनको दाउराले नै भो अन्त।
    ✍️
    गणेश तामाङ वाइबा

    [३६]
    सुन्दर रुपमा सुन्दर बोली सुहाउँछ झन,
    पहिचान सुन्दर रिस राग रहित जीवन ।
    ✍️
    बादल गुरुङ’वियोगी’

    [३७]
    नाङ्गै आयाैँ नाङ्गै जाने संसारकाे रित,
    बाँचुञ्जेल मिठो बाेलाैँ हामी सबैसित।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर, गुल्मी, हाल:तिलाेत्तमा न पा -२

    [३८]
    मान्छे नै हो सर्वश्रेष्ठ प्राणी तेरो मेरो किन?
    त्याग रिस ईर्ष्या डाहा अनि सोच एकैछिन।
    ✍️
    अबजस चन्द्र
    झापा

    [३९]
    व्यर्थ हाे अर्काकाे प्रगतिमा डाहा गरि रिसले जल्नु,
    सके पुरुषार्थ सिद्ध गर, पर्छ भाेलि चितामा बल्नु ।
    ✍️
    रामकृष्ण रिजाल
    बागलुङ

    [४०]
    फेसबुकमा फोटो किन आमा बृद्धाश्रम राखेर ?
    आमा बस्छिन् छोराको भलो होस् भन्दै ईश्वर भाकेर ।
    ✍️
    तारा घिमिरे
    संखुवासभा

    [४१]
    रिस राग नगर है गर्छौ सधैँ नै पो किन ?
    सकारात्मक सोच राखे आउँछन् राम्रा दिन ।
    ✍️
    दुर्गा भट्टराई

    [४२]
    भरोसा केही छैन जिन्दगीको आज होकि भोलि,
    त्यागेर रिस राग मुस्कुराइदेऊ मनै खोली ।
    ✍️
    श्रीशा खड्गी नेवा
    लगनखेल, ललितपुर

    [४३]
    रिस रागले खरानी बनाउने छ आफ्नै साख,
    मरी जाने याे जिन्दगीमा सुवचन बोली राख ।
    ✍️
    प्रद्युम्न चालिसे

    [४४]
    रिस हाे मानवकाे शत्रु उन्नतिकाे बाधक,
    यसबाट टाढा रहने गर्छन् सच्चा साधक ।
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [४५]
    मीठो बोलेर संसारलाई आफ्नो बनाऊ,
    सक्छौ भने अस्तित्वलाई देशमै जमाऊ ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४६]
    रिस हो मानवकाे शत्रु, उन्नतिको बाटो रोक्छ,
    आफ्नै ज्यानको तल र माथि पत्तै नपाई बोक्छ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [४७]
    रिस राग राख्नुहुन्न तितो वचन बोल्नुहुन्न,
    मरी जाने जिन्दगीमा मिथ्या कुरा नि खाेल्नुहुन्न।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३१औँ शृङ्खला शनिबार सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P