रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो।
ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११:४० मा लागेको आगो ११:५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर पूर्ण रूपमा क्षति भएको छ।
प्रहरीका अनुसार लु २ ख २६५६ नम्बरको ट्यांकरमा पूर्ण रूपमा क्षति भएको छ। त्यसैगरी आगलागीमा परी ट्यांकरका एक जना हेल्पर घाइते छन्।
प्रहरी नायब निरीक्षक लक्ष्मण डाँगीका अनुसार तिलोत्तमा ९ का १८ वर्षीय विजेश चौधरी घाइते भएका छन्। उनको हात र खुट्टामा जलेर घाइते भएको डाँगीले जानकारी दिए।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलबारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका थिए।
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- बत्तिसौँ भाग (३२)
“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०२/१० …………………………………………. प्रशिक्षक:- सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी
सङ्कलक :- सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :- (महासचिव) रामराजा के. सी.
======================
अनुप्रास र स्थायी :- आफू खुशी
अक्षर संख्या १२ देखि २० सम्म
======================
पञ्चाङ्ग १
अहिले मानिस् केटा केटी चित्त बुझेपछि जात हेर्दैनन् । उत्पत्ति हुँदा जात भातका कुरा थिएन भात हेर्दैनन् । स्वायम्भु मनु र सतरुपा महारानी पहिलाे श्रृष्टि हाे धनी र गरिबीकाे खाडल् छ तर रुपैया खात हेर्दैनन् मन मिलेपछि साना गल्ती क्षम्य हुनेले मात हेर्दैनन्।
✍️ मधुसूदन प्रसाद घिमिरे
अभ्यास २
एक्काइसौँ शताब्दीमा पनि आज जात चलेन हजुर मानिस त एकै होनि तर किन भात चलेन हजुर परम्परादेखिको जरो गडेको उखेल्न गाह्रो भएको मुखले भनेर के भो ? दलितको हात चलेन हजुर सम्भ्रान्त भनिनेको बिचमा हाम्रो बात चलेन हजुर ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ३
कसैको यादमा आँसु खसाइ रात बिताएको हल्ला सुनेँ जीवनदेखि हार खाएपछि बात बिताएको हल्ला सुनेँ हजार दुःख आएपनि दिलभित्र दबाएर राख्छु भन्थ्यौ आज एक हुनै लाग्दा पराईसाथ बिताएको हल्ला सुनेँ आफूलाई निर्दोष नपाउँदा जात बिताएको हल्ला सुनेँ ।
✍️अम्विका अधिकारी झापा विर्तामोड ।
पञ्चाङ्ग ४
जीवन यात्रा कठिन भन्दै रात सम्झेर हिँडेको बेला बारेर भोकै मुटुमा पीडा भात सम्झेर हिँडेको बेला माटोको माया देशको शिर उच्च छ हेर सगरमाथा जूनको हाँसो फूलको खुसी पात सम्झेर हिँडेको बेला मनको बाँध फुटेको हुन्छ घात सम्झेर हिँडेको बेला ।
✍️ आर्त अकुलीन, कैलाली।
पञ्चाङ्ग ५ १ उहिले उहिले बिवाहमा टपरालाई पात चाहिन्थ्यो भोकाएका जन्तीलाई एक टपरी दालभात चाहिन्थ्यो आजभोली सजिलो छ जातपात दालभात बराबरी केटा केटी लगन जुराएर एकैखाले जात चाहीन्थ्यो बिहे गर्ने साईतलाई दिउँसो होइन रात चाहिन्थ्यो॥ २ उहिले रक्सी कोही पिउँदैनथे मात लाग्थ्यो नानीहरू माया प्रीति लव गर्दा पनि धेरै बात लाथ्यो नानीहरू आजभोली सजिलो छ अरे त डेटिङ गयो लव गर्यो कर्के आँखा लायो भने दोषै दोष खात लाग्थ्यो नानीहरू बिहेलाई कुरा छिन्न झण्डै भर रात लाग्थ्यो नानीहरू। ३ मनमा माया गाढा छ मेरो मायालु जात पात चाहिन्न भोकको बेला गुन्द्रुक ढिडोले हुन्छ दालभात चाहिन्न पिरती गाँस्नु रमाएर बाँच्नु जीवनको मेरो लक्ष हो खान लाउन पुगे ता भई हाल्छ पैसाको खात चाहिन्न म आफू एक्लै बाँच्न सकुँला कसैका स्वार्थी हात चाहिन्न ।
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग ६
जमना हेर्दा माया बसे मन मिले जात हेर्नु हुँदैन, त्यसैले होला रगत रातो सबैको हात हेर्नु हुँदैन । परम्परागत कुरामा आकलन गर्दै हिँड्दा खेरि , अबत यहाँ धनी गरिब पैसाको खात हेर्नु हुँदैन, मानिससँगै गल्ती हुन्छन् नजानेर मात हेर्नु हुँदैन।
✍️दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग ७
नेताहरूको दलैपिच्छे जात हुँदो रहेछ बाबै आफ्नो दुनो सोझ्याउन परेमा घात हुँदो रहेछ बाबै मानिसको स्वाभिमान किनबेच गर्नेलाई थाहा हुन्छ किनबेच गराउने तत्वको खात हुँदो रहेछ बाबै हो लाई होइन बनाउने तातो भात हुँदो रहेछ बाबै ।
✍️सविता के.सी., काठमाडौँ ।
पञ्चाङ्ग ८
दुःखीकाे जीवन चरम गरिबी एक यहीँ नै जात हाे पसिना बेची पाल्दैछु जहान यहाँ जुटाउने भात हाे कहिलेसम्म चल्नेछ सरकार देश तिम्रो याे चालामा निराश छन् जनता अहिले समृद्धि हुने मात्र बात हाे चुलिँदै गयाे महङ्गी अति दिनदिन ऋणको त खात हाे ।
✍️भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग ९
पहिले पहिले जवानीमा रक्सीको मात लागेको बेला नचाहादा नचाहादै नि कसैसित बात लागेको बेला प्रेम भन्ने कुरा रमाएर गाँस्नु पो जीवनको सार हो यहाँ त गाउँ शहर चारैतिर कुराको खात लागेको बेला गाह्रो रहेछ बाँच्न यहाँ त स्वार्थका हात लागेको बेला ।
✍️दुर्गा भट्टराई, मोरङ ।
पञ्चाङ्ग १० १ काम गरेरै खाने समयमा किन हेरिन्छ जात यहाँ विश्व साँघुरिएको छ किन बेचैन मान्छेको खात यहाँ बोल्नेको पिठो बिक्छ सहजै सोझो हेरेको हेर्यै जमाना सोर्स र फोर्स लाग्नेको मात्र सुनिश्चित सबै बात यहाँ विपन्नताको घरमा किन पाक्न सक्दैन त भात यहाँ। २ किन गर्ने ठाउँ पुगेपछि चढ्छ सबैलाई मात यहाँ दिनमात्र अाफ्नो विपरीत परिश्रमीलाई रात यहाँ समय अनुकुल परिणाम राख्न मुस्किल सबैलाई मुस्किल छ रूखलाई खाना बनाउन विना पात यहाँ छायाँ पियारो सर्वशक्तिमान हुन्छ मानव हात यहाँ ।
✍️जमुना आचार्य सिन्धुपाल्चोक।
पञ्चाङ्ग ११
साथदिन्छु बाँचुन्जेली भन्दै समाउने मेरै हात थियाे संसारमा नभएका मिठामिठा पिरतिकाे वात थियाे सम्झन्छु हरेक पलहरू, सँगै खाएका कसम पनि थाहै थिएन नि मन भित्र लुकेकाे अन्तरघात थियाे उनकाे ताेड्न नाता मसँग,अन्त्यम बहाना जात थियाे ।
✍️रामराजा के.सी. फर्पिङ, काठमाडौं ।
पञ्चाङ्ग १२
आमाको जस्तो काखको माया कहाँ पाइन्छ सितल र छाहारीको छाँया कहाँ पाइन्छ माया गरेर मात्र ऋण तिरिन्छ कसरी ? सदैव जिन्दगीभर दायाँ कहाँ पाइन्छ मलाई ममता भर्ने काया कहाँ पाइन्छ ।
✍️निर्मला सुवेदी, बागलुङ ।
पञ्चाङ्ग १३
चन्चले मन यता उता सर्दा सर्दै सकिने भो यो जिन्दगी हाम्रो दुखेसो गर्दा गर्दै सकिने भो भोलि गर्छु भन्दा भन्दै,औंला नुगाई गन्दा गन्दै अभावको अनेक गर्त भर्दा भर्दै सकिने भो आँखाबाट आँशुकै भेल , झर्दा झर्दै सकिने भो ।
१. निकै टठिला,गहकिला र स्पष्ट रैछन बाले अब झेाले र खाते राजनीति यहाँ बाट फाले । २. धूर्त नै रैछन हाम्रा नेता टाउकामा बेरेका विदेशी फेटा मासु चुसेर फाल्देको हड्डी मै रमाउने पारे नेपाली केटा । ३. आजसम्म नेता जतिले आफ्ना घर मात्र भरिभराउ यहाँ गराए युवालाई विदेश लखेटी विदेशीका भण्डार नै भर्नु सम्म भराए । ४. अब देखौला देश बिगार्ने पापीहरूका यहाँ सान यिनीहरू नै हुन विदेशमा हाम्रो घटाउने मान । ५. नेपालीका कर्मै खेाटाे सधैँ बन्नुपर्ने नाबालकमै धेरै लाहुरे विदेश पठाइ काइते नेताका नीति चैँ रेमिट्यान्स हण्डी खाउरे । ✍️ पवन कुमार बुढाथाेकी काठमाण्डाै ।
काठमाडौ, ७ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३४औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३४औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
जित्दैमा मात्तिनु हुन्न, हार्दैमा आत्तिनु हुन्न, बिर्सेर मतभेद थाल्नु पर्छ, सम्बन्ध तुन्न । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] जहिल्यै फरक हुन्छ नेताको व्यवहार बोली, अकालमा मर्न बाध्य छन् आर्तहरू आजभोलि । ✍️ संझना कुवर
[२] जितेपछि कोही-कोही नेता त मातिन्छ, चुनाव आउने बेलामा फेरि तातिन्छ? ✍️ बि.कुलुङ दार्जिलिङ
[३] कोसिस गरि राख्नुपर्छ हुनलाई, नरोकिइकन उद्देश्य छुनलाई । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[४] जसोतसो चुनावलाई जिती मैदानमा आएको, देख्न नपरोस् कागज मिलाएर बजेट खाएको। ✍️ शंकर कार्की थाहा,३ मकवानपुर ।
[५] हार्नेले पाठ सिकोस् जित्नेलाई गरि आदर, जित्ने नमात्तियोस् व्यवहारमा रहनु भर । ✍️ होम प्रसाद नेउपाने धरान।
[६] हारजित जे भएनी मन बाँध्नु पर्छ, अन्तर्घात आफ्नैबाट अरूले के गर्छ । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी, हाल प्रवास
[७] चुनावमा मात्र हो पार्टीको हिसाब, तत्पश्चात त जित्नेको छुट्टै किताब। ✍️ बिके माकजु , भक्तपुर ।
[८] जित एक परीक्षा हो अनि मूल्याङ्कन, हार एक अनुभव हो अनि मन्थन । ✍️ प्रेम थापा “मन”बागलुङ
[१०] प्रतिस्पर्धा हो हारजित हुन्छ, जित्ने खुसीले हाँस्छ हार्ने रुन्छ। ✍️ तारा घिमिरे सङ्खुवा सभा
[११] चरित्र राख शुद्ध, बन, मह दिने माैरी, गाेजी भरे, भेटाैँला फेरि, पाँच वर्षे लाैरी । ✍️ निरज काेइराला इटहरी १६
[१२] जितोन्माद मात्र होईन समृद्धिको कोर खाका, सुन्दर, हराभरा हुँदै जाओस् हाम्रो गाउँ पाखा । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा ।
[१३] नेताहरू जहिल्यै कुर्सी मात्र ताक्छ्न्, अनाहक जुलुसले सडक ढाक्छन् । ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी कालेबुङ
[१४] मत जित्नेले अहङ्कार नपाले हुन्छ, यो हो तिम्रो परीक्षा, मन जित्न सक्यौ भने उत्तीर्ण हुन्छौ यो नै तिम्रो लागि शिक्षा। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
[१५] जनताले दिएको अभिमतको कदर गर्न सिकून्, भ्रष्टचारको दलदलमा फसेर अब चैँ नबिकून्। ✍️ बिबस पारदर्शी भद्रपुर – २ झापा
[१६] हार्ने जित्ने दुबै मिलीमिली खाऊ, पाँच वर्ष पछि भोट माग्न आऊ। ✍️ बिके मुखिया सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।
[१७] खानुसम्म खायौ हेर देश खौरीखौरी, होश गरे आउँदै छ पाँच वर्षे लौरी । ✍️ बेदु न्यौपाने भोजपुर, निवास काठमाडौ
[१८] जाे जेबाट जिते पनि अब बन्नु साझा, राम्रो काम गरे, जनले मान्ने छन् राजा। ✍️ मित्र उराठी गाैतम
[१९] खेलको मैदान उत्रिएपछि हेर एकले जीत खान्छ, विजेताले समान व्यवहार गरे उसले पनि मान्छ । ✍️ भगवती दवाडी झापा
[२०] कोसिस गर्ने मान्छे महान, विकास तर्फ नै जाओस् ध्यान । ✍️ अनिल प्रसाद यादव रुपन्देही
[२१] हार अनि जीतलाई सामान्य सम्झनु पर्छ, यस्तै सोच राख्ने व्यक्ति प्रगति सदैव गर्छ। ✍️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[२२] नारा थियोे समृद्धि र सुखी तर्फ खट्ने, गर काम दुनियाँकाे दुःख दर्द घट्ने । ✍️ रामकृष्ण दुवाडी पाेखरा ।
[२३] चुनावले ल्याएको झगडा चुनावले समाप्त गरोस् जित्न नसकेर तथानाम गर्ने त्यो अकालमै मरोस् । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२४] एक नहारे अर्कोको जित कहाँ हुन्छ, हार्नेको एकदिन भगवानले सुन्छ। ✍️ सुरेखा चाम्लिंग भक्तपुर
[२५] लडाइँ हामी बिचको, जित हाम्रै भाछ यहाँ, स्थान हामी सबैको हो, आश्रित छौ तिमी जहाँ। ✍️ प्रदीप के रिमाल
[२६] हारजितको खेल रहेछ चुनाव, आऊ हातेमालो गरौँ, रिसराग छोडी देश विकासतिर मिलिजुली अघि सरौँ । ✍️ बुद्धिमान दनुवार कनकाई नगरपालिका ४ झापा
[२७] चुनाव अघि पार्टीको थियौ जितेपछि जनताको, स्वच्छ छवि बनाए तिम्रै मान्छे बन्छन् पार्टी जताको। ✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[२८] किमार्थ नगरौँ हारजितमा आतिने र मात्तिने, हो चुनाव लड्ने सम्बन्ध तोड्न चाही किन तात्तिने? ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[२९] राजनीति सेवा पाे हो त मेवा नखाेज्नु हाेला, भलाे गर्नै जन्म लिएको हो मानिसको चाेला । ✍️ रामप्रसाद पुरी ऐसेलुखर्क २, बादेल,खाेटाङ
[३०] यसको उसको नभएर बिन्ती हाम्रो बनिदेऊ, खराबलाई खराब, राम्रोलाई राम्रो भनिदेऊ । ✍️ वसन्त अनुभव घोराही, दाङ
[३१] देशको समुन्नत विकास गर्न सबैले बढाउनु हात, बहुदलीय गणतन्त्रको हुदैन कुनै राजकीय जात । ✍️ जि कुमार गौतम भद्रपुर -१ पृथ्वीनगर झापा
[३२] हारजित मैदानको परिणाम भयो, कोही हारेर चिसो कोही जितेर गयो। ✍️ सुरेशकुमार पान्डे। दाङ घोराही१८
[३३] जितेर मात्र हुदैन् उपलब्धि योगदान देऊ, विकासलाई अगाडि बढाउने कसम लेऊ । ✍️ अम्विका अधिकारी झापा विर्तामोड
[३४] जय पराजय जे भएनि चुनावमा पर्छ सहनु, त्यागेर आपसी वैमनष्यता मिलेर बसी रहनु। ✍️ रामकृष्ण रिजाल बागलुङ
[३५] जीतहार खेलकाे हाे नियम कुर्सी मात्र ठूलाे हैन , जनसेवा गर्नेले अहम् झिकेर बसे त काम छैन । ✍️ प्रद्युम्न चालिसे
[३६] अनेकौँ नारा हुन्छ विभिन्न पाटिकाे भित्र, जितेपछि नेताले देखाउँछन् आफ्नो चित्र। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[३७] मैदानमा पुगेपछि हारजित अवश्य हुन्छ, मान्छेले बिर्सिए यति कुरा पछुताएर रुन्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ
[३८] दल मात्र त फरक हो एजेन्डा सबले एउटै बोकेका, जस्तो नारा भएपनि देश विकासको समर्पण घोकेका । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक
[३९] आगामी साल फेरि तिम्रो पालो हाँस्नेछ मुहार, हेर्नेछौँ हामी बस्ती र गाउँमा हुन्छ के सुधार । ✍️ सुर्यमणी रेग्मी
[४०] जित्दैमा मात्तिनेहरू, हार्दैमा आत्तिनेहरू, अब जाऔँ गाउँतिर , भोकै बसौँ मरौँ बरू। ✍️ गुणनिधि घिमिरे अमेरिका
काठमाडौ, ७ जेठ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
Social media
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] मोबाइल देखासिकी प्रचलन केटाकेटीको सेल्फीको रहर ! ✍️ गुणनिधि घिमिरे अमेरिका