• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६१ औँ भाग शनिबार सम्पन्न

  • १० श्रावण २०७९, मंगलवार २३:३१ मा प्रकाशित
  • काठमाडौ, ०७ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    social media

    तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    वर्षा
    हिलाम्मे बाटो
    गैह्री खेतको आभास !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    सडक
    हिलोमा गाडी
    गाडीमा सुकिलो मान्छे !
    ✍️
    पशपती राई
    खोटाङ

    [३]
    पङ्क
    दबदबे कलङ्क
    मार्दैछ विकासको डङ्क !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [४]
    पहिरो
    नेतालाई मस्ति
    जनतालाई दैनिक सास्ती!
    ✍️
    रमा पन्त
    पाल्पा

    [५]
    माेटर
    कच्ची बाटाे
    हिलाम्मे राेपाईकाे सम्झना !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर

    [६]
    श्रावण
    हिलाम्मे सडक
    कष्टकर बन्दै जीवन !
    ✍️
    आर्त अकुलीन, कैलाली

    [७]
    अभाव
    सडक बनेर
    फैलिन्छ देशै भरि !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही

    [८]
    सडक
    गुड्दै गाडी
    हेर्दा धान खेती !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    [९]
    बाटो
    वर्षाले हिलाम्मे
    परिणाम सास्ती जनतालाई !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१०]
    वर्षा
    बाटो हिलाम्मे
    एक्काइसौँ सदिका हामी !
    ✍️
    अबोध निर्मल
    कैलाली

    [११]
    सडक
    वर्षाले गर्दा
    यात्रा गर्न कठिनाइ !
    ✍️
    मंगला

    [१२]
    बजेट
    असारे विकास
    कमिसने नेतालाइ दसैँ !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [१३]
    सडक
    देखाउँछ फरक
    विकासको लहर अलग !
    ✍️
    अगस्टीन राई
    भारत

    [१४]
    वर्षायाम
    असक्षम नेतृत्वको
    बिना उद्देश्यको योजना !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [१५]
    बाटो
    लत्पतियो माटो
    छैन कतै राँटो !
    ✍️
    होम प्रसाद
    सुनसरी ।

    [१६]
    प्रकृति
    सहनशील माता
    कति सहन्छौ ब्यथा ?
    ✍️
    गोपेन्द्र रिजाल
    पाँचथर ।

    [१७]
    वर्षा
    थिलोथिलो बाटो
    भाँसिएका गाडी मोटर !
    ✍️
    टिकाराम पुन टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [१८]
    गाडी
    सडक हिलो
    धानरोप्ने खेतको आभास !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [१९]
    बाढी
    पहिरोले पीडित
    असारे कार्य क्षणिक !
    ✍️
    कमला

    [२०]
    विकास
    अनियन्त्रित निकास
    समयको माग नियाल !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [२१]
    सङ्घर्ष
    बाटो पूल
    भ्यूटावरमै भयो भूल !
    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ।

    [२२]
    सडक
    हिलाम्मे पूरा
    विकास कार्य अधुरा !
    ✍️
    भावना मञ्जु
    माेरङ

    [२३]
    गन्तव्य
    सडकको यात्रा
    कतै नभएको जात्रा !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [२४]
    सडक
    खेतमा परिणत
    खेत महलमा परिणत !
    ✍️
    देबकी के.सी.
    दक्षिणकाली,काठमाडौ

    [२५]
    बजेट
    समृद्धि यात्रा
    हिलाम्मे बाटोकाे जात्रा !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [२६]
    तनाव
    कृषकमा प्रभाव
    मल बीउको अभाव !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [२७]
    वर्षात
    निरन्तर झरी
    सडक खेत सरी !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन – ६ संखुवासभा
    हाल मलेसिया

    [२८]
    सरकार
    आँखामा अदूरदृष्टि
    देशको बजेट अपूर्णता !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    [२९]
    हिलाम्मे
    कच्ची सडक
    बजेटको अत्यधिक दुरुपयोग !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [३०]
    सडक
    यात्रीको कहर
    विकास बालुवामा पानी !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    [३१]
    विकास
    हिलाम्मे सडकमा
    नेताहरूको गोजीमा रोपाइँ !
    ✍️
    धर्मी शाक्य
    बुटवल ,रुपन्देही ।

    [३२]
    अनियन्त्रित
    दोषी नेतृत्व
    अस्तित्व सङ्कट मनोरन्जन !
    ✍️
    जमुना कायस्थ, पोखरा

    [३३]
    सडक
    समृद्धिको आधार
    कहिले होला सुधार ?
    ✍️
    प्रेम थापा “मन “

    [३४]
    वर्षा
    हिलाम्मे सडक
    देश विकासमा चटक !
    ✍️
    सरस्वती

    [३५]
    विकास
    बिना योजना
    झन सङ्कटको सामना !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [३६]
    पृथ्वी
    जल तेज
    वायु र आकाश !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [३७]
    कष्टकर
    जीवन शैली
    आशावादी जनतामा तुषारापात !
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [३८]
    किसान
    आकास हेरी
    सरकार बस्यो नटेरी।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [३९]
    हिलाम्मे
    निर्माणाधीन सडक
    यात्रीलाई चर्को कहर !
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´

    [४०]
    सडक
    हिलोले छोपेर
    यात्रुलाई सधैँको सास्ती !
    ✍️
    रमेश प्रभात
    चितवन

    [४१]
    डग्गर
    नैहो नहर
    सुनसान हर पहर !
    ✍️
    सागर कुस्मी
    कैलाली ।

    [४२]
    जनता
    कठिन यात्रा
    नेता सदनमा जात्रा !
    ✍️
    चक्र शाही
    कैलाली ।।

    [४३]
    हिलाम्मे
    यस्तो बाटोमा
    गुड्छन् सवारी धन्य !
    ✍️
    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    [४४]
    सडक
    वर्षा पहिरो
    हिलाम्मे खाडल गहिरो !
    ✍️
    सरिता काफ्ले
    कोहलपुर बाँके

    [४५]
    सरकार
    निरीह हुँदा
    सडक निर्माण अलपत्र !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी संगमकाेलनी भक्तपुर ।

    [४६]
    हिलाम्मे
    कच्ची सडक
    यात्रा सधैँ कष्टकर !
    ✍️
    इन्दिरा ज्ञवाली
    तानसेन , पाल्पा

    [४७]
    वर्षा
    पहाडी बाटो
    जीवन साह्रै कष्टकर !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [४८]
    वर्षा
    बिग्रेको बाटो
    आउँदा जाँदा कठिनाइ !
    ✍️
    सहयात्री शाेभा
    अर्याल रुपन्देही

    [४९]
    सडक
    साउने झरी
    जनता अप्ठ्यारोमा परी !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [५०]
    हिलाम्मे
    विकासोन्मुख बाटो
    ध्यानाकर्षण गर्नुपर्ने पाटो !
    ✍️
    इश्वरी अधिकारी
    लमजुङ

    [५१]
    बर्खा
    हिलाम्मे सडक
    मल बीउकाे अभाव !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [५२]
    अभाव
    मल बीउको
    यात्रा निकै कठिन !
    ✍️
    रिता खराल
    रुपन्देही

    [५३]
    दुर्गति
    राजपथ धानखेत
    बीज मलको गाडी !
    ✍️
    कण्ठराज

    [५४]
    श्रावण
    हिलोको साथ
    चारैतिर भो वर्षात !
    ✍️
    नबिन

    [५५]
    अफ्ठ्यारो
    बाँझो जमिन
    किसानको कष्टकर जीवनशैली !
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [५६]
    अभाव
    मल वीउको
    वाह ! कृषिप्रधान देश !
    ✍️
    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [५७]
    विकास
    कमिसनको खेल
    आर्थिक मसान्तमा ठेलमठेल !
    ✍️
    प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [५८]
    विकास
    हिलाम्मे सडक
    असहज यात्रामा मीठास !
    ✍️
    रामकृष्ण

    [५९]
    बाटो
    खेत बराबर
    बेवास्ता गर्दै सरकार !
    ✍️
    शिव ज्ञवाली
    गुल्मी

    [६०]
    किसानलाई
    आकाशको फल
    आँखामा आँसुको भल !
    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ*

    [६१]
    माटो
    कच्ची बाटो
    दुर्गमको दुखको खाटो !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६१ औँ भाग शनिबार सम्पन्न

    उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • १० श्रावण २०७९, मंगलवार २१:४९ मा प्रकाशित
  • १
    सङ्घर्ष
    बाँच्नलाई परिश्रम
    जीवन पैसाको खेल !

    २
    विश्वास
    आत्माको महल
    घातले हुन्छ हलचल !

    ३
    महल
    सन्तुष्टिको छहारी
    खरको सानो झुपडी !

    ४
    छहारी
    शीतल चौतारी
    गर्मीमा हावाको वहाव !

    ५
    झरना
    पानीको वहाव
    पहाडबाट तल मैदानमा !

    ६
    क्षितिज
    जमिन जोडिएको
    नक्षेत्रमा एक पाइला !

    ७
    आशा
    छुन्छ रहर
    विश्वासको बलियो आधार !

    ८
    माया
    मनको खेल
    खन्याएर रित्तो नहुने !

    ९
    श्वास
    बाँचेको विश्वास
    दुखाइमा युद्ध बाँच्नलाई !

    १०
    मुकुण्डो
    बाहिरी आवरण
    च्यातिन्छ वास्तविकता देखिन्छ !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

    उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

  • १० श्रावण २०७९, मंगलवार २१:४६ मा प्रकाशित
  • १
    अधिकार
    देखाउने दाँत
    बङ्गाराको सधैँ खाँचाे !

    २
    विद्रोह
    जरुरी हुने
    हेपाइ सहनु कति ?

    ३
    विभेद
    अलग अलग
    गरिने झन मलजल !

    ४
    सम्मान
    लिनको लागि
    नितान्त दिन सिक्नुपर्ने !

    ५
    औकात
    तौलिन नसकिने
    दम्भको तराजुमा मात्र !

    • निर्मला सुवेदी, बागलुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री निर्मला सुवेदीका उत्कृष्ट उदकहरू

    उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

  • १० श्रावण २०७९, मंगलवार १५:४१ मा प्रकाशित
  • १.
    शङ्का
    अविश्वासी मन
    अपत्यारिलो मनको बह !

    २.
    सपना
    देख्नु ठुलो
    नछाड्नु कहिल्यै अपूरा !

    ३.
    काम
    विना ठेगान
    विना हुन्छ्न् नाम !

    ४.
    बाटो
    अधुरो यात्रा
    टेक्ने ठाउँको पाटो !

    ५.
    मायालु
    मीठो आभास
    नपार्नु सधैँ लजालु !

    ✍️ मिलन के. सी.( थापा), पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री मिलन केसीका उत्कृष्ट उदकहरू

    बस्छन् मनैमा हरि – कविता

  • १० श्रावण २०७९, मंगलवार १५:३० मा प्रकाशित
  • अविचल आस्था मणि

    बस्छन् मनैमा हरि
    (शार्दूलविक्रीडित छन्द)

    १.
    आहा सुन्दरता विशेष लयको देखिन्छ मुस्कानमा
    बास्ना मग्मग फैलने कुसुमको भेटिन्छ उद्यानमा
    आँखामा अनुरागपूर्ण कविता लेखिन्छ रागात्मक
    पाखामा हरिया लता र लहरा छन् धेर भावात्मक
    २.
    पानी सिम्सिम बर्सिएर नभमा झुम्मी बसे बादल
    आँखामा ममता समुत्सुक कला काला थिए गाजल
    इच्छा भेट हुने थियोे अतलमा उद्वेगमा खुल्दुली
    यात्रामा अनुभाव भाव सुकिला, चढ्ने सकेमा चुली
    ३.
    स्रष्टाको छ मुहारमा मखमली मायाँ खुलेको पल
    द्रष्टा प्रेमिल छन् असाध्य सुखका ताना बुनी झल्मल
    अर्काको उपकारको मत मिल्यो, सौजन्यमा सार्थक
    भाषा मेलमिलापको छ गहिरो, लाग्ने अनेकार्थक
    ४.
    जो संकेत सशक्त धार कविता लेख्छन् रमाई कवि
    स्वेच्छामा शुभदा सदा विनयमा उक्ले उकालो छवि
    गर्ने आर्जन कीर्तिपूर्ण कविता लेख्ने कलापारखी
    पाएका अनमोल छन् हृदयमा साक्षी बनेकी सखी
    ५.
    गर्दैछिन् नखरा म पढ्छु कखरा यो प्रेम जम्मै भनी
    छायाँमा सविता उजागर गरिन्, सौन्दर्यमा जीवनी
    जिब्रो, ओठ चलाउँदै गजबले निम्त्याउँछिन् किन्नरी
    इच्छा सार्थक सोचसाथ गहिरो बस्छन् मनैमा हरि।

    अविचल आस्था मणि
    छाङ, म्याग्दे, तनहुँ, गण्डकी प्रदेश, नेपाल ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on बस्छन् मनैमा हरि – कविता

    उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

  • ९ श्रावण २०७९, सोमबार ०७:२५ मा प्रकाशित
  • १.🇳🇵
    पक्षपाती
    नागरिकता विधेयक
    एकपछि अर्को राष्ट्रघाती !

    २.🇳🇵
    पतन
    विदेशीकै रटान
    यसरी हुँदैन जतन !

    ३.🇳🇵
    कुदृष्टि
    अगचको भेल
    कस्तो हुन्छ प्रविष्टि ?

    ४.🇳🇵
    मानिस
    नैतिकता बिर्सेर
    कुर्लन्छ छाती फुलाएर !

    ५.🇳🇵
    सङ्कलित
    मानव भयवित
    आखिर हुनुपर्ने दुखित !

    • प्रेम थापा, बागलुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री प्रेम थापाका उत्कृष्ट उदकहरू

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • ९ श्रावण २०७९, सोमबार ०७:१९ मा प्रकाशित
  • १.
    नयन
    लजालु स्वभाव
    मन्द मुस्कान सहजता !

    २
    मोहित
    तानेको रूपले
    विना शृङ्गारको सुन्दरता !

    ३.
    फुलेको
    मन्द सुगन्ध
    मोहित बनाउने बगैँचा !

    ४.
    आत्मियता
    सुन्दर जोडी
    अनुपम चञ्चल स्वभाव !

    ५.
    सन्देश
    चेतनाको कमी
    हरेक घरमा आवश्यक !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

  • ८ श्रावण २०७९, आईतवार १८:१२ मा प्रकाशित
  • साउन,बुटवल । पाल्पामा बस दुर्घटना हुँदा ६ जना यात्रुको मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

    लुम्बिनी प्रदेश प्रहरी कार्यालयका इन्सपेक्टर वीरदत्त पन्तका अनुसार दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका १६ जनाको उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

    मृतकको सनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु, १६ जना घाइते

    झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

  • ८ श्रावण २०७९, आईतवार १२:१५ मा प्रकाशित
  • झापाको कचनकवल गाउँपालिकामा तीनजना किशोरीले एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

    कचनकवल गाउँपालिका- ५ स्थित पाठामारीको बेल्लेगाउँस्थित सुनकोसी चिया बगानको बयरको रुखमा झुन्डिएर स्थानीय तीन किशोरीले सामूहिक आत्महत्या गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।

    दुईजना एउटै हाँगामा र अर्की अर्को हाँगामा झुन्डिएको अवस्थामा फेला परेको उनले बताए ।

    सामूहिक आत्महत्या गर्नेहरूमा कचनकवल- ५ निवासी पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीया छोरी कल्पना रहेका छन् ।

    स्थानीयका अनुसार उनीहरू तीनैजना शनिबार दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए । उनीहरू आइतबार बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

    तीनैजना किशोरी चिया बगानमा काम गर्ने गरेका थिए । सामूहिक आत्महत्याको कारण भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी खटाइएको डीएसपी पाठकले बताए ।

    यो घटनाले गाउँ नै शोकमा डुबेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on झापामा तीनजना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए

    लघुकथाकार राई कृत लघुकथासङ्ग्रह ‘हाम्रो बाटो’को परिचर्चा कार्यक्रम

  • ७ श्रावण २०७९, शनिबार २३:४१ मा प्रकाशित
  • युवा लघुकथाकार म्यामराज राईको पहिलो लघुकथा सङ्ग्रह ‘हाम्रो बाटो’को आज परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सञ्चालित उक्त परिचर्चा कार्यक्रमको आयोजना नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको हो ।

    नेपालको हतुवागढी भोजपुरमा जन्मेर हाल जापानलाई कर्मथलो बनाई राख्नुभएका राई अत्यन्त सशक्त नव लघुकथाकारको रुपमा परिचित हुनुहुन्छ । लघुकथाकार राईले लघुकथाका अलावा गजल, कविता, टुक्का कविता लगायतका साहित्यिक विधामा समेत कलम चलाउँदै आउनुभएको छ । उहाँ नमस्ते आधुनिक लघुकथा मञ्चको व्यवस्थापनमा रहेर लघुकथाको उन्नयनमा सक्रिय रुपमा लाग्दै आउनुभएको छ ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ लघुकथाकार तथा समालोचक प्रा. डा. कपिल लामिछाने, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. विदुर चालिसे, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. शङ्कर प्रसाद गैरे, वरिष्ठ लघुकथाकार तथा समालोचक डा. शेखरकुमार श्रेष्ठ र वरिष्ठ लघुकथाकार तथा समालोचक हरि प्रसाद भण्डारीले कृतिको परिचर्चा गर्नुभएको थियो ।
    हाम्रो बाटो लघुकथासङ्ग्रहमा समकालीन युगबोध, विषय चेत बोकेको लघुकथा सङ्ग्रह भएको परिचर्चाकारहरूले बताउनु भयो ।

    सङ्ग्रहमा सङ्ग्रहित लघुकथाका परिवेश स्वदेश (ग्रामिण र शहर ) र विदेश (जापान, अष्ट्रेलिया र कतार ) रहेको, कथामा मानव र मानवेत्तर पात्रहरूको कुशल ढङ्गले प्रयोग भएको, सरल रेखिय प्रणालीमा रहेको परिचर्चाकारहरूले उल्लेख गर्नुभयो ।

    साथै सङ्ग्रहले सामाजिक, राजनैतिक, शैक्षिक, स्वास्थ्य, कला संस्कृति लगायत बहुल विषयमा रहेका विकृति, बिसङ्गति माथि सरल एवं व्यङ्ग्यात्मक ढङ्गले कडा प्रहार गर्न सफल भएको छ । महिला हिंसा र वैदेशिक रोजगारमा जानेले भोग्नुपरेको पीडा अभिव्यक्त गर्नुका साथै विदेशका नागरिकमा देखिएको अनुशासन, कर्तव्यबोध चर्चा गरेको छ । विदेशमाझैँ नेपालमा पनि त्यस्तै हुनुपर्ने आशय सहितको सकारात्मक सन्देश दिन सफल भएको उहाँहरूले बताउनुभयो ।

    जापान जस्तो मुलुकमा बसेर अत्यन्त व्यस्तताको बावजुद पनि समय निकालेर नेपाली साहित्यमा गर्नुभएको योगदानको प्रशंसा गर्दै अझै त्यहाँको रहनसहन, वैज्ञानिक प्रणाली आदि समेटेर लघुकथा सृजना गर्न लघुकथारलाई परिचर्चाकारहरूले सुझाव दिनुभयो ।

    लघुकथाकार म्यामराज राई

    आजको परिचर्चा कार्यक्रम आफ्नो जीवनकै महत्त्वपूर्ण कार्यक्रम सावित भएको उल्लेख गर्दै हाम्रो बाटो लघुकथासङ्ग्रहका सर्जक म्यामराज राईले सम्पूर्ण परिचर्चाकारहरूमा आभार प्रकट गर्नुभयो । साथै उहाँले आज प्राज्ञिक व्यक्तित्वहरूबाट धेरै कुरा सिक्ने अवसर मिलेको पनि बताउनुभयो । यो अवसर जुटाइदिएकोमा अत्यन्त खुसी हुँदै नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत मञ्च परिवार प्रति आभार प्रकट गर्नुभयो ।

    मञ्चका उपाध्यक्ष शेखर अर्यालको सहजिकरणमा सञ्चालित उक्त परिचर्चा कार्यक्रममा परिचर्चाकारहरू प्रा.डा. कपिल लामिछाने, डा. विदुर चालिसे, डा. शङ्कर प्रसाद गैरे, शेखरकुमार श्रेष्ठ र हरि प्रसाद भण्डारीका साथै कृतिकार म्यामराज राई, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, रञ्जुश्री पराजुली, शेखर अर्याल, वसन्त अनुभव, नानी विबु, गणेश नेपाली, मीठुकुमारी पाठक, हेम पोखरेल, छायादत्त न्यौपाने, छविलाल खड्का, सि एन बन्जाडे, दिनानाथ पण्डित, महेश जिज्ञाशु, प्रकाश वाग्ले लगायतका लघुकथाकार/साहित्यकारको उपस्थिति रहेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on लघुकथाकार राई कृत लघुकथासङ्ग्रह ‘हाम्रो बाटो’को परिचर्चा कार्यक्रम

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P