साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११४ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खला यही श्रावण ०२ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ४२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
एक क्विन्टल सुन ल्याँउदा, चट्ट सलाम ठोके, के भाका हुन् यी भन्सारे ? एउटा मोबाइल रोके । वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] सुन ल्याउन छोडी छोडी मोबाइल ल्यायौ ? थुइक्क तिम्रो काँचो बुद्धि बल्ल चोक्टा खायौ । -वसन्त अनुभव घोराही, दाङ
[२] सुन ल्याउनेलाई खुसी भएर भाग पाउँला भनी सलाम ठोके, आफ्नै मोबाइल ल्याउनेको चैँ जबर्जस्ती गरी खोसेर नै पो बोके । -पवन कुमार बुढाथेाकी काठमाडौंं
[३] त्यत्रो सुन भित्र्याउँदा तिमी बसेर के हेर्यौ, चोक्टा खाने आस गरेका झोल पिएर छेर्यौ । -बेदु न्यौपाने काठमाडौँ
[४] एउटा मोबाइल ल्याउँन गाह्रो एयरपोर्ट भन्सारमा, सुन तस्करको माखेसाङ्ग्लो हेर विदेशदेखि धन्सारमा । -टिकाराम पुन टिपु सल्यान
[५] चोर्नेको सेटिङ्ग भएरै छिराउन सफल भए सुन, कहाँ सम्झन्थेँ सानाले ठूलालाई हिजो लगाएको गुन। -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
[६] धन्सारे र भन्सारे त उस्तै उस्तै साथी, तलबाट रोकेजस्तो छिराउने माथि । -गुणनिधि घिमिरे, अमेरिका
[७] यतिधेरै सुन भित्रिँदा भन्सार विभागले कतै लुकाएन ? त्यो चेकजाँच गर्ने मेसिनले हरे किन यहाँ चाल पाएन ? -कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[८] अझै आफैँ ठुला हुँदै झुटाे भाषण गर्ने, जनतामात्र हुन् खाली घेराबन्दीमा पर्ने। -धनु रेग्मी भरतपुर
[९] कतिबेला देखाउँछौ ङिच्च दाँत, पारिकन लोलोपोतो, चेकजाँच भन्ने त्यस्तै रहेछ, खास रहेछ मिलोमोतो । -प्रेम थापा “मन”बागलुङ
[१०] भित्रभित्रै मिल्या होला पाइन्छ भनी अंश, के थाहा ! देखेको छैन एउटै हुन् कि वंश ? -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[११] अलिअलि भाग रोक्नेलाई पनि लाए, त्यत्रो सुन सबै मिली खर्लप्पै पो खाए । -सरिता सेढाइ धादिङ
[१२] ठुलालाई उम्काई हाल्छन् साना पर्छन् घानमा, अचम्मको कानुन बन्छ साेझासाझा तानमा । -त्रिलाेचन भण्डारी मेचीनगर, झापा
[१३] बाहिरबाट गरेको छ जनताको काम, भित्रभित्रै छ अर्कै खेती कमाउने दाम । -भवानी घिमिरे सर्लाही ।
[१४] थाहा छैन यो घर कसरी चल्दैछ, भित्रभित्रै माटो जस्तै गरी गल्दैछ ! -आर्त अकुलीन, कैलाली
[१५] व्यापारी ब्वाँसाकाे अवतार हाम्रो सधैँ लुटिरहन्छाैँ, नाटक गर्छाैँ अनेकन् जनताकाे गिदी भुटिरहन्छाैँ । -निरज कोइराला इटहरी
[१६] चेकजाँच गर्ने मेसिन कस्तो नुन ल्याउदा चुई चुई कराउने, भारीकाे भारी सुन भित्रिँदा सुन छ भनेर बाेल्न पुरै डराउने । -राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
[१७] पित्तल भनेर छोडेको सुन पो परेछ, हात्ती फुकाऊ भनेको थिएँ भेडो झरेछ। -म्यामराज राई, भोजपुर
[१८] भन्सारेको के कुरा गर्नु, रोक्ने कुरा छिराउँछन्, धनीलाई काखी च्यापी गरीबलाई पिराउँछन्। -दीपक ठटाल जलन,२२.७.२४
[१९] भन्सारेले गर्ने भनेको सर्वसाधारणलाई रोक्ने काम, अलिक ठुला सामान आए त मिलीजुली नदेखाई हाम । -राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ
[२०] एकसय किलो सुन ल्या’को छु बोराभित्र भरी, अब आफ्नो नाम खोपेर बनाउँछु जलहरी । -नवशिला, बेलबारी-२,लालभित्ती,मोरङ।
[२१] मोबाइल र पैसा राख्न त छ जतासुकै ठाउँ, एक क्विन्टल सुन सरकार कहाँ तह लाउँ ? -बिबस पारदर्शी झापा
[२२] जनताले ल्याएको एउटा मोबाइल किन झार्ने, सुन ल्याउने हाकिमले सलाम ठोकी आँखा मार्ने । -अम्विका अधिकारी झापा विर्तामोड
[२३] सुनको लङ्का भन्थे नि पैला, लौ अहिले नेपाल सुनको भारी वोक्ने भरियाको, छ छाती विशाल । -ध्रुव श्रेष्ठ, खोटाङ ।
[२४] ‘लाेके’तन्त्रमा जनतालाई ‘भुकतन्त्र’ तर्फ जाल छ माेड्ने, माैका थियो’ अनि ‘यही’ सत्ता पूजारीकाे सुन सम्पत्ति जाेड्ने । -रामप्रसाद पुरी, बादेल खाेटाङ ।
[२५] ठुला माछा समात्ने हुनुपर्छ आँट, भुरा खाने बाहेक देखिएन छाँट । -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
[२६] जे गर्छ यहाँ फटाहाले नै सबै थोक गर्छ, चेकजाँचमा त केवल सोझो मान्छे पो पर्छ । बाबुराम पाण्डे अर्घाखाँची
[२७] कस्ता आँखा होलान् चेकजाँचकर्ताको अमुल्य बस्तु छेक्ने, कमिशन नआउने समान चैँ टाढैबाट प्रष्ट धेक्ने । -शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर।
[२८] सबै मिली गरीबको पसिनाको कमाईमा आँखा गुडाए, स्वार्थ पूर्तिकै लागि सरकारी कानुनको खिल्ली नै उडाए । -रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !
[२९] ठुला माछा चिप्लेर भाग्छन् साना पर्छन् जालमा, भित्र भित्र षड्यन्त्र बुन्छन् ठुला बस्छन् खालमा। -दुर्गा आचार्य मोरङ
[३०] काले आए गोरे आए सुनकै खेती गर्छन्, मर्ने बेला मुखमा राखी वैतरणी तर्छन् । -पद्मा पाण्डे पथरी मोरङ
[३१] एक क्विन्टल त्यो सुन ल्याउँदा देख्ने काेही नि भएन, कसरी आयाे एयरपोर्टमा, चेकजाँचमा गएन। -शाेभा आचार्य गाैतम काठमाडौँ
[३२] मिल्दैन भाग तेराे र मेरो हुन् कुकुर बिराला, टाउके लुक्छन् भरिया थुन्दै दुखी देश निकाला। -इन्दिरा प्रयास
[३३] नेपाल गरिब छ भनी सुन ल्याउन थाले, व्यक्तिगत सम्पत्ति दाखिला गर्नुहुन्न काले । -जमुना आचार्य सिन्धुपाल्चोक
[३४] रोल्पा, रुकुममा छैन खाने नुन, तस्कर गर्दैछन् नेता मिली सुन। -शिव कुमार रेग्मी पोखराथोक,पाल्पा
[३५] एउटै गतिलो छैन सरकारी संयन्त्र, बिस्तारै घाँडो बन्दैछ देशमा गणतन्त्र। -प्रदीप के रिमाल इटहरी, सुनसरी।
[३६] मोबाइल होइन सुन छिराउने गौँडो थियो, चुन्नलाई सानो गल्ती भयो गेटमै खसाल्दियो। -अच्युत घिमिरे-भुटानबाट🇧🇹
[३७] आउँदा नुन भनेर आयो भन्सारभित्र, एक क्विन्टल सुन रहेछ कस्तो बिचित्र। -होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[३८] सादा तलबले त आधुनिक भवन बन्दै बन्दैन, भन्सारले जाँचपास गर्यो, म चाेर कसैले भन्दैन । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
[३९] विदेशको चिनो ल्याए अहो ! कस्तो दु:ख पाइन्छ, सेटिङ छ सुन तस्करीबाट मात्र कमाइन्छ । -भगवती दवाडी
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिपनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५३ (त्रिपन्नौं) ————————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०४/०८ गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
……………………………………………… पञ्चाङ्ग:०१ राम्रो सम्बध त जुटाउनु छ। देखावटी माया टुटाउन छ। मानिसको ब्यबहार देख्दा त, जिन्दगी भर नै छुटाउनु छ। कुरौटे टाउको फुटाउनु छ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ सुन मेरो कुरा अझै मन गलेको छ आज। दिल पनि आज किन किन जलेको छ आज। अचानो बन्यो मेरो मुटु साट्न सकिन पीडा , मुटु पनि किन सुस्त सुस्त चलेको छ आज । उनकै कुराले यो हृदय बलेको छ आज ।
✍️सोमनाथ लुइटेल रवि पाल्पाली” पाल्पा हाल :- बर्दिया ।
पञ्चाङ्ग:०३ अन्जान भएर नै गरेको कर्म भोग्दैछु आज। खै कसरी छुट्याउने पाप धर्म भोग्दैछु। धनी न गरीब जीवनको त्यो कर्म भोग्नै पर्छ, मानव भएको नामको त्यो सर्म भोग्दैछु आज। आफैँले गरेको कामको हो मर्म भोग्दैछु आज। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०४ अक्षर१६
देशभक्तको देशका लागि तन मन हुन्छ। देशको अघात मायाँ माटो हाम्रो धन हुन्छ। दुष्टले देशलाई कब्जा गर्ने कोसिस गर्दा, दुश्मन सँग नै सधै हाम्रो भनाभन हुन्छ। चुप नलागौं अब त चिन्ता जनजन हुन्छ। सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:०५ रातदिन नभनी काम गर्नु छ। भोको पेट संघर्ष गरि भर्नु छ। मानिस मानिसको फरक देख्दा, सबैको हृदयमा खुसी छर्नु छ। भएका दुःखी आत्म जति हर्नु छ। ह्यारिस
पञ्चाङ्ग:०६
मायाको डोरो कसैले नबाटे आफैँ बाटिँदो रहेछ । झिना मसिना कुरा नढाँटे तापनि ढाटिँदो रहेछ । तीतो कुरालाई चाख्दै नचाख्ने मानवीय स्वभावमा , मिठो पाए हात चाट्यो भाँडो समेत चाटिँदो रहेछ । कसैले च्वास्स भन्दा झट्ट आफ्नो चित्त काटिँदो रहेछ ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०७
स्वास्थ्यकाे लागि अर्गानिक माग बढी छ। खाद्यान्न वस्तुमा विषादी भाग बढी छ। कहाँ पाउनु खै जमिन बस्तीले ढाक्याे, जुनै तरकारी रङको राग बढी छ। भाेग्नु पर्दा नागरिकमा अाग बढी छ। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०८ भाग्यमा जे जे लेखेकाे छ यही पाइने रहेछ। दु:ख परेेपछि नमिठाेे पनि खाइने रहेछ। जीवन बिताउन त्यति सजिलाे कहाँ छ यहाँ, पेट भर्नकाे अनेक ठाउँमा धाइने रहेछ। स्वार्थकाे लागि त नजाने पनि गाइने रहेछ। नवराज भट्ट कञ्चनपुर
पञ्चाङ्ग:०९ अक्षर-१७
यहाँ वृक्ष काटि सबै उजाड बनायो दैवले। बाढी पहिरो आई खेतबारी हनायो दैवले। समयको घडी साथमा हुदा खेरि पनि यहाँ भए भरको दु:ख पीडा सबै खनायो दैवले, पीडामा यस्तै भो जीवन भन्ने जनायो दैवले।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:१० उमेरले काम गर्ने जाँगर हराई दियो। समयले कसो गर्छ भनेर डराई दियो। आखिरमा पर्खदैन कसैलाई पनि यस्ले, बिनासित्तै आशंका मात्रै बढी गराई दियो। आलो घाउमाथि नुनखुर्सानी छराई दियो।
घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग:११
तिमीले आफ्नो अधिकार त चलाउन सक्छौ। अधिकार चलाएर सत्ता ढलाउन सक्छौ । तर तिमीले फेर्ने सास त आफै उडि जान्छ, सास गएपछि मुर्दालाई जलाउन सक्छौ। अथवा जमिनमा गाडेर गलाउन सक्छौ । -पशपती राई खोटाङ
पञ्चाङ्ग:१२
दैव लागेथ्यो थाहा थिएन सयो कुन बाटो। कर्म यो सहज पार्न खोज्दा भयो कुन बाटो। जानीनजानी किन फेरेछु सोच्छु घरीघरी, त्यो आत्माले त बुझेको छ नि लयो कुन बाटो देख्नेका लागि भएन भन्छन् गयो कुन बाटो ।
जमुना आचार्य
पञ्चाङ्ग:१३
माया थिएन भने किन आँखामा खिलायाै तिमीले। छिया छिया भै फाटेकाे मनलाई सिलायाै तिमीले। कपटी रहेछ तिम्रो त चाल बुझ्नै सकिन मैले, मनभित्र पसी अनेक भराेसा दिलायाै तिमीले। देखायाै अमृत तर जहरनै पिलायाै तिमीले।
उर्मिला के.शी. धनकुटा !
पञ्चाङ्ग:१४
आज तिम्रो नाममा व्रत बसेकी छु। तिम्रो मन मुटुमा म त पसेकी छु। भगवान मेरो आयु नि थपि दिनु है, भगवानको नजरबाट खसेकी छु। प्रभु तिमीलाई मनमा कसेकी छु। सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:१५ तिमीले माया मारेर के भो ? मलाई एक्लो पारेर के भो ? सक्छु बाँच्न तिमी बिना पनि, छेकेर बार बारेर के भो ? बसाइँ अन्तै सारेर के भो ? ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सैतीसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०४/ ०४गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३७[ सैत्तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~ पञ्चाङ्ग:०१
अविरल पानीको झमझम झरी छ साउनमा । मेहदी हातमा चुरा लाएकी परी छ साउनमा । हरियो वन बुट्यान र मान्छे चिन्न गार्हो भाे मित्र , शृङ्गार उही बन्दाकोपीकाे नै गरी छ साउनमा । पाेसाक कार्यक्रम पिच्छे थरी थरी छ साउनमा ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०२
धरतीले बर्षातकाे पानी पाएकाेे साउनमा। झ्याउकिरी झ्याउझ्याउ गर्दै गाएकाे साउनमा। रमाएछ हरियाे तस्बिरमा बन्दाकाेपी पनि, धेरै नै रमाइलो समय आएकाे साउनमा। आहा कति राम्राे हरियाली छाएकाेे साउनमा। सुशीला पाैडेल
पञ्चाङ्ग:०३
स्वर्गकी परी धर्तीमा झरी छ। चुँडेर मन आँखामा परि छ। राम्री छे सारै हरित वस्त्रमा, सबैको दिल्को धड्कन परि छ। बन्दा डल्लाले शृङ्गार गरि छ। कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:०४ कति राम्री सुन्दरी परी हेर। रङ्ग सँगै धर्तीमा झरी हेर। हरियो रङ प्रकृतिको कला, लाेभ लाग्दाे श्रृङ्गार गरी हेर। पाेशाकका अनेक थरी हेर। शाेभा अाचार्य गाैतम काठमाडौँ
पञ्चाङ्ग:०५ लेकबाट झरेर बेंसी रोपाइँ गरीछन नारीले । झमझम परेको साउने भेल तरीछन नारीले। हरियै साडी चुरा पोते मेहदी लाएकी नारीछन, शृङ्गार चै जंगल जस्तै हरियै परीछन नारीले। बन्दाकोपी जस्तै सुन्दर शरीर भरिछ्न नारीले। बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०६ अक्षर-१६ साउन र भदौ हरियाली छाएको देखियो। असारको गित खेतालाले गाएको देखियो। जता हेर्दा हरियो छ यो बेला मनै आनन्द, बन्दाकोपीले पनि हरियो लायको देखियो। सबै आनन्दले रमाएर खाएको देखियो ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०७ साउनमा मुसल्धारे झरि देखियो। झरिमा पलाको थरिथरि देखियो। हेर काउलीको त रुपै फेरिएछ, यो रुपान्तरण घरिघरि देखियो। मान्छेको रुप झैँ मनपरि देखियो।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
पञ्चाङ्ग:०८ हरियो चुरा लाउनु भन्दा रैछ्न् साउनमा। फोटो खिच्न हिलो माटो खन्दा रैछन् साउनमा। नया प्रविधिको खेती समयको मात्रै क्षति, बीउ त छैन भ्युज पो गन्दा रैछन् साउनमा। नग्नता प्रदर्शनको धन्दा रैछन् साउनमा। -पशपती राई खोटाङ
पञ्चाङ्ग:०८
कति राम्रो बन्दा कोपी छ। हरियो लाएको टोपी छ। साउन हरियो सबैको, लौ पातले लाज छोपी छ। यति राम्रो बोट रोपी छ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०९
पानी झम्झम पर्न जान्छ अहिले याे साउने मास हाे। राेपेका विरुवा हुने छ हरियाे जाे अन्नकाे गाँस हाे। खानै पर्दछ प्राण धान्न सबले पक्वानका साधन नारीले हरियाे चुरा र कपडा लाए भने खास हाे। पूजा शंकरकाे जपी व्रत गरे जाने उनै पास हाे।
ताेयानाथ सुवेदी,काडाघारी
पञ्चाङ्ग:१० कति राम्रो बनाए बन्दा गोपीमा। मानिस नै जनाए बन्दा गोपिमा। मानिसको कलालाई मान्नु पर्छ, पसिना नि खनाए बन्दा गोपीमा। नजान्ने त गनाए बन्दा गोपीमा। ह्यारिस
पञ्चाङ्ग:११
हरियो अर्गानिक फलफूलको माग बढेको छ । यसरी दक्षिणबाट भारतको भाग बढेको छ । आफैले गरौँ उत्पादन नेपाली बजार छदैछ , प्राकृतिको आवरणबाट हाम्रो राग बढेको छ । नेपालीले काम देख्दा हृदयमा आग बढेको छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग: १२
किनेर खानुभन्दा आफैँ लाएकै वेश हुन्छ । आफ्नै बारीमा तरकारी पाएकै वेश हुन्छ । विदेशबाट आयातित विषालु सब्जी भन्दा, गरेर खेती अर्गानिक खाएकै वेश हुन्छ । बाँझो जोत्न स्वदेश फर्की आएकै वेश हुन्छ ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३३ औँ) शृङ्खलाका लागि लघुकथाकार अवधेश सिंहको लघुकथा ‘अन्धोको लट्ठी’, लघुकथाकार तुलसी पण्डितको लघुकथा ‘उपेक्षित’ र लघुकथाकार ललिता ‘दोषी’को लघुकथा ‘महान् गुरु’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा : अन्धोको लट्ठी
अवधेश सिंह आँखाको शल्यक्रियापछि पट्टी खोल्ने दिन थियोे । नयन सिंह बडो व्यग्र भई उसको आँखाको पट्टी खुल्ने घडीको प्रतीक्षामा थियोे । घरी ऊ पट्टी छाम्थ्यो, घरी दुई हात जोड्थ्यो । सायद दृष्टिकालागि भगवानसँग प्रार्थना गरेको होला ।
प्रतीक्षाको प्रहर सकियो । चिकित्सकले उसको आँखाको पट्टी खोले र बिस्तारै आँखा उघार्न भने । दृष्टि पाउने/नपाउने आशा/निराशाको द्वन्द्व, उसको हाउभाउमा झल्किरहेको थियोे ।
मन थामेर नयन सिंहले बिस्तारै आँखा उघार्यो । “धन्यवाद ! धन्यवाद डाक्टर सा’ब ! म देख्न सक्ने भएँ !” -प्रथम ज्योति प्राप्तिको हर्षातिरेकको स्थितिमा थियो, नयन सिंह ।
अस्पतालबाट डिस्चार्ज हुने बेला आयो । नयन सिंहले औषधि लगायत आफ्ना एक एक सामग्री समेट्यो; सिवाय एउटा सेतो लट्ठी, जुन वार्डको एक कुनामा ठडिएको थियोे । वार्डबाट बाहिरिने बेलामा उसले एकपटक फेरि कोठालाई नियाल्दा त्यो लट्ठीले उसको ध्यान तान्यो। तर ऊ त्यसलाई उपेक्षाभावले हेर्यो र वार्डबाट निस्क्यो ।
त्यहाँ उपस्थित परिचारिकाले टुइँटुइँ भर्याङ ओर्लँदै गरेको नयन सिंहलाई हेरिन्; अनि हेरिन् हिजोसम्म उसको जीवनलाई सहारा दिने त्यस परित्यक्त लट्ठीलाई र उच्छवास लिइन्- “अन्धोको लट्ठी !”
सानो भर्याङ, साकेत मार्ग, काठमाडौँ २०८०/०३/०३
२) लघुकथा : उपेक्षित
तुलसी पण्डित आरक्षण ! आरक्षण ! आरक्षण । के का लागि हुन्छ एउटै देशमा बस्ने मानिसहरूको बिचमा यो आरक्षण ? केही टाठाबाठा बाहुन सत्तामा पुगे भन्दैमा तीनै सरह अरू बाहुनक्षेत्रीलाई तुलना गर्न मिल्छ र ? कति दयनिय अवस्थामा छन्, बाहुनक्षेत्रीहरू । खानकै लागि समस्या छ । पढ्न उपचार गर्न झन् कठिन् छ । अनि किन आउँछ मधेसी, दलित, लोपोन्मुख, जनजातिलाई मात्र आरक्षण दिने कुरा ? के दरिद्र गरीब बाहुनक्षेत्रीहरूलाई चाहिँदैन ? के बाहुनक्षेत्री, यो देशको नागरिक हैनन् ? के अरू सरह उसले अधिकार पाउनु पर्दैन ? के उसको पढाइको मूल्याङ्कन हुनु पर्दैन ?” -हर्के एकोहोरो बोलिरह्यो । ऊ गरीब र जेहन्दार विद्यार्थी हो ।
“श्याम हेर न ! म बर्बाद भए ।” “के भो तिमीलाई ?” ” के भएन भन त ! यो देशको आरक्षण प्रक्रियाले म डुबेँ। बाबाआमाले कति दुख गरेर पढाउनु भयो । छोरो पढ्न तेज छ । लोकसेवामा सहज रूपमा नाम निकाल्छ भन्ने उहाँहरूको आशामा तुषारापात भयो । म नब्बे प्रतिशत ल्याएर पास गर्नेले नाम न निकाली आरक्षणको नाममा पचपन्न प्रतिशत ल्याउनेले नाम निकाल्यो ।”
“हो, तिमीले ठिक भन्यौँ । अब राम्रा मान्छे यो देशमा नअटाउने भएँ । सबै विदेश पलायन हुने भएँ । यो देशमा बस्ने भनेका आरक्षणको नाममा सहुलियत दिएका मात्र हुने भए ।”
“त्यही त म पनि बुझ्दिनँ, यो देशको नीति । किन बाहुनहरू यो देशको उपेक्षित तेस्रो दर्जाका नागरिकहरू हुन पुगे ?”
३) लघुकथा : महान् गुरु
ललिता ‘दोषी’ खोक्दै नरहरिले भने- “हेलो नानी ! तिमीले खातामा पैसा राखिदिएको कुरा बाबुले गर्थे । बैङ्कमा त पैसा छैन पो भन्छन् गाँठे ! डाक्टरले चेक गर्न मात्र बाह्र हजारजति लाग्छ भनेका छन् ।” “हैन, जापानमा पैसा फल्ने रूख नै हुन्छ भन्ठान्नुभएको छ कि क्या हो ? खाईनखाई दुईचार पैसा कमायो; तपाईंलाई पुर्दैमा ठिक्क छ । उमेरले डाँडा काटिसक्यो । जँचाउनुसचाउनु पर्दैन बरु हरिभजन जपेर बस्नु, सब ठीक हुन्छ ।” एउटी कर्कसा नारीआवाज चारैतिर फैलियो । नरहरि ढुनमुनिँदै गएर मेचमा बसे । आँखाबाट बरबरी आँसु झरिरह्यो ।
बैङ्ककी कर्मचारी उपमाले बाहिर आएर भनिन्- “हजुरको छोराको नाम कञ्चन होइन ? हजुरको खातामा बीस हजार आएको छ । अर्को सरले राम्ररी हेर्नु भएनछ । हजुरलाई जति पैसा चाहिन्छ । यो नम्बर हो, फोन गरिसेला । हजुरले दुःख पाउनु नै पर्दैन ।”
नरहरि पैसा लिएर खुसीको आँसु झार्दै बाटो लागे । उपमातिर हेर्दै प्रितमले भने- “होइन के अचम्म हो उपमाजी ? नआएको पैसालाई आएको छ भनेर दिनुभयो । फेरि उहाँको नालीबेली कसरी थाहा भयो नि ?” आँसु पुछ्दै उपमाले भनिन्- “मेरो बाबा बितेपछि उहाँले नै मलाई फिस माफी गरेर चार कक्षादेखि बोर्डिङ स्कुलमा पढाउनुभयो । आज म जे छु उहाँकै कृपा हो । पार्टनरसिपको स्कुलबाट पापीहरूले उहाँलाई निकालेकोसम्म थाहा थियो । अहिले यो अवस्थामा हुनुहोला भन्ने कल्पनासम्म गरेकी थिइनँ ।”
“तपाईँले आफूलाई चिनाएको भए हुन्थेन र ?” -प्रितमले जिज्ञासा राखे । उपमाले उत्तर दिइन्— “प्रितमजी ! उहाँकी बुहारीको कुरा सुनेपछि उहाँको एउटै छोराप्रतिको भरोसा टुटाउन मन लागेन । मरी लानु के नै छ र ? मलाई आकाश छुवाउने महान् गुरुका लागि केही सहगोग गर्न पाउनु मेरो पनि सौभाग्य हो ।” २०८०।३।२० बुद्धनगर काठमाडौँ
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बाउनौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५२ (बाउन्नौं) ————————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०४/०१ गते भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
………………………………………………
पञ्चाङ्ग:०१
हातमा हात मिलाएर अघि बढ्नु छ। फाटेको मन सिलाएर अघि बढ्नु छ। दुःख र सुख एक अर्कोको सारथी हुन् दुःखमा हाँसो पिलाएर अघि बढ्नु छ। परेको दुःख जिलाएर अघि बढ्नु छ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ अक्षर-१८
सागर आँखामा छ मेरो तलाउ किन चाहिन्छ र? मनैदेखि झन्कार छ त चलाउ किन चाहिन्छ र? सारथि बनि हिडने जुवानै भाचियो जिन्दगीको हिलोमा गाडिएको लाई थलाउ किन चाहिन्छ र ? जीवनमा थकेकोलाई गलाउ किन चाहिन्छ र?
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३
कतै शब्दले मन छुन्छ तिम्रो । कतै भावले मन रुन्छ तिम्रो । यस्तै हुन्छ जिन्दगीमा कहिले , कस्ले मनको कुरा सुन्छ तिम्रो । तगारो हाल्ने जाल बुन्छ तिम्रो ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
समपञ्चाङ्ग :१ १. गन्थन् लौ कति हो गर्न सकेको। प्रेम बिलाप मात्र भर्न सकेको। जिन्दगी यसरी नै बित्छ कि के हो? कति यताउता चैँ सर्न सकेको। सबै सँग ठिक्क नै पर्न सकेको। २. कति सबैको मन हर्न सकेको। सबैमा माया जाल छर्न सकेको। कृष्णजी कै लीला नै पो होकी के हो, कति गोपी सँग नै चर्न सकेको। मानव प्रेम नदी तर्न सकेको।
बेदु न्यौपाने काठमाडौँ ❤️
पञ्चाङ्ग:०४
कतै सामु जाँदा कुरा गर्न आयाै। कुनै स्वार्थ तिम्राे पुरा गर्न आयाै। फसायाै मलाई मिठाे बात गर्दै, अकस्मात् तिमीले बुरा गर्न आयाै। विषादी भरेकाे मुरा गर्न आयाै।
ताेयानाथ सुवेदी काँडाघारी
पञ्चाङ्ग:०५ कुरितीले भरिएको दुष्टको बास भयो। देशभित्र दु:खै दु:खको धेरै रास भयो। समाजबाद र समाबेसी अन्मुख भन्छन् जनता देशको समस्या झनै खास भयो। सहिदको सम्मान हुन्छ भन्ने आस भयो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
पञ्चाङ्ग:०६ फुल्नु भन्दा पहिला फूल कलि रहन्छ। विश्वासको दियाे नै सदा बलि रहन्छ। परिवर्तनशील छ मान्छेको जीवन, आउने जाने क्रम धेरै चली रहन्छ समय सधैं सबैलाई छलि रहन्छ।
ह्यारिस
पञ्चाङ्ग:०७ भाग्यमानी थिए म छोरी हुँदा। मनखुसी जिए म छोरी हुँदा। घर छुट्यो खुशी नि लुट्यो, कती आँसु पिए म छोरी हुँदा। फाट्यो मन सिए म छोरी हुँदा।
सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:०८
भक्तालुहरू शिव मन्दिर धाएका छन्। श्रावण मास हरियो बस्त्र लाएका छन। साउन मासमा हरियो हुन्छ मान्यता, मन्दिरमा भजन किर्तन गाएका छन् । हरियो रङ्ग व्यापार धेरै पाएका छन् ।
शाेभा अाचार्य गाैतम काठमाडौँ
पञ्चाङ्ग:०९
परिस्थिति बनाउने मन हाे । अलिकति मिसाउने धन हाे । समय त आउँछ सधैँ जान्छ, बाँच्ने कला आफ्नो आफ्नो पन हाे । सुखी त्याे सहनशील जन हाे ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१०
सत्य बोलेर नै सहि बाटो बन्छ साथी । हिड्नलाई श्रमिकले सधैँ खन्छ साथी । पृथ्वीमा सोझो भएर बाँच्न जानिएन, लुटको धन कसरी पैसा गन्छ साथी । हात पसारेर खाली देउ भन्छ साथी ।
✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग:११
तिमीसँगै हाँस्न रुन मन छ । मायाले ती हात छुन मन छ । घटाएर दुरी हामी बीचको, धुलो अनि मैलो धुन मन छ । सातै जन्म तिम्रै हुन मन छ ।
२९ असार, काठमाडौ । विश्व नेपाली साहित्य प्रतिष्ठानको आयोजनामा २१० औं भानु विशेष रचना वाचन र कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। भर्चुअल माध्यममा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार डा नारायण गैरेले भानुको योगदान बारे चर्चा गर्नुभएको थियोे । वहाँले भानुभक्त भन्दा पहिले साहित्य स्रष्टा भएको भए पनि प्रभाव, मौलिकता र सरल नेपाली भाषामा लेख्ने कविको रूपमा उनी आदिकवि हुन् भन्नुभयो । अर्का अग्रज साहित्यकार डा बम बहादुर थापा जितालीले भानुभक्त प्रथम व्यङ्ग्य कवि समेत हुन् भन्दै भानुको व्यङ्ग्य कविता सुनाउनु भएको थियोे ।
विश्व नेपाली साहित्य प्रतिष्ठानका केन्द्रिय अध्यक्ष जनार्दन अधिकारी धड्कनले नेपाली साहित्यको श्रीवृद्धिको लागि प्रतिष्ठानले २ वर्ष देखि कार्य गरिरहेको कुरा बताउनुभयो। वहाँले साहित्यकार शिव खनाल जीवमले प्रकाशित गरेको कृति साहित्य यात्रा नेपाली साहित्यको सम्पत्ति रहेको र प्रतिष्ठानले नेपाली माटोमा जन्मेका विभिन्न विधाहरुलाई प्रवर्द्धन गर्ने कुरा बताउनुभयो ।
स्रष्टा शिव खनाल जीवमले साहित्य यात्रा कृति विभिन्न कालखण्डमा लेखिएका साहित्यिक अवधारणाहरु र रचनाहरुको संग्रह भएको कुरा बताउनुभयो। वहाँले जीवन साहित्य, लेखन प्रविधि, लक्षित साहित्य, शाब्दिक कविता र झरको अवधारणा एवम् सिद्धान्त समेटिएको कृति साहित्य यात्रामा, १२० प्रतिनिधि झरहरु समेत समेटिएको कुरा बताउनुभयो । अर्को प्रसङ्गमा वहाँले भानु जयन्ती भानुभक्तलाई सम्झना गर्ने दिन मात्रै नभएर अग्रज साहित्यकारलाई सम्मान गर्ने दिन समेत हो भन्नुभयो । वहाँले आगामी दिनहरुमा अग्रजलाई सम्मान गर्ने कार्यक्रम समेत राख्ने कुरा बताउनुभयो ।
साहित्य यात्रा कृति बारे समिक्षा गर्दै अग्रज साहित्यकार खगेन्द्र बस्यालले हाम्रै सेरोफेरोमा राम्रा स्रष्टाहरु रहेको र वहाँहरुलाई उपर्युक्त सम्मान दिनुपर्ने कुरामा जोड दिदै नजिकको तीर्थ हेला गर्न नहुने कुरा बताउनुभयो । वहाँले जीवमको कृतिले औल्याएको साहित्य, जीवनको पक्षमा लेखिएको हुनुपर्ने, मानिसका समस्याहरु समाधान गर्न सक्ने र सकारात्मक हुनुपर्ने कुरा मननीय रहेकोे कुरामा जोड दिनुभयो । साहित्य यात्रा कृति जगत्रदेवी साहित्य संगम गल्याङ स्याङ्जाले प्रकाशनमा ल्याएको हो ।
कार्यक्रममा साहित्यकार लक्ष्मी प्रसाद मिश्र, सुधा बास्कोटा ढकाल, निरु गौतम, भावना खनाल, चुडा निर्भीक, उत्तम भेटुवाल, उर्मिला पन्त, रिता खतिवडा, गंगा अभिलाषी, चन्द्रावती अधिकारी, दर्बेन्द्र देव खनाल लगायतले रचना वाचन गर्नुभएको थियोे ।
प्रतिष्ठानका केन्द्रिय सहसचिव सविता केसीको संचालनमा रहेकोे कार्यक्रममा कोशी प्रदेश अध्यक्ष निरु गौतमले स्वागत मन्तव्य राख्नुभएको थियोे भने कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनले गर्नुभएको थियोे । कार्यक्रम गुगल मिटको माध्यमबाट साँझ ८ बजेदेखि ११ बजेसम्म ३ घण्टा चलेको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– ११२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] भानुभक्त नेपाली आदिकवि भाषा साहित्यका रवि !
वसन्त अनुभव, दाङ
[२] भानु महिमा अनुपम साहित्यमा थुप्रो योगदान !
सुरेशकुमार पाण्डे, दाङ, घोराही
[३] नेपाली शिर हाम्रो देशको अमिट छाप !
डुकछिरिङ लेपचा, भारत, दार्जिलिङ
[४] भानुभक्त महिमा अपार नाम अटल अमर !
धनमाया चौधरी, कैलाली
[५] भानु नेपाली साहित्यका एक प्रखर व्यक्ति !
प्रेम थापा ‘मन’, बागलुङ
[६] भानु घाँसीको अर्ती रामायण नमो नम: !
किशोर खनाल तानसेन-१,पाल्पा
[७] भानु चम्किला तारा आखिरी सबैका प्यारा !
आर्त अकुलीन, कैलाली
[८] भानु घाँसीबाट प्रेरित नेपाली साहित्यको छानु !
पशपती राई, खोटाङ
[९] भानु सदैव रहनेछौ नेपाली भाषाका ध्रुवतारा !
गोपालप्रसाद पौड्याल, विराटनगर
[१०] भानुभक्त कवि शसक्त सामाजिक आदर्श दृष्टान्त !
निरज कोइराला, इटहरी
[११] प्रणेता आदिकवि भानु साहित्यको फाले गानो !
ऋजु दिल्पाली, इटहरी-१, सुनसरी
[१२] प्रेरणा घाँसीबाट पाएका साहित्य क्षेत्रमा उदाएका !
सावित्री अधिकारी, काठमाडौँ
[१३] आदिकवि नेपालका रवि उठाए साहित्यकाे छवि !
ईश्वर लामिछाने, धरान
[१४] रामायण साहित्यका महारथी भानुभक्त हुन आदिकवि !
पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत” पनौती-३, काभ्रे
[१५] भानुभक्त काव्यका सशक्त साहित्यका अमूर्त रक्त !
टिकाराम पुन टिपु, सल्यान
[१६] आदिकवि नेपाली भाषामा दियौ अमर कृती !
समुन्द्रा शर्मा, सुनसरी
[१७] भानु साहित्यका रवि प्रेरणाले उदाएका कवि !
बुद्धिप्रसाद लामिछाने, कैलाली
[१८] सारा उदाए साहित्यमा भानु सबैका प्यारा !
सरस्वती वली, बर्दिया, नेपाल
[१९] कवि पहिलेका शसक्त अहिलेका चाहिँ परित्यक्त !
नन्दलाल आचार्य, उदयपुर
[२०] आदिकवि बनाए छवि नेपाली कविका रवि !
गोपेन्द्र रिजाल, पाँचथर
[२१] भानु साहित्यका तारा जनका मनमा बसेका !
इन्दिरा देवकोटा कपिलवस्तु न पा-३
[२२] महिमा भानुभक्तको गरिमा नेपाली साहित्यको उत्थान !
होमप्रसाद नेउपाने, धरान, सुनसरी
[२३] भानुभक्त नेपालका तारा नेपाली भाषा एकीकरण !
सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ
[२४] आदिकवि भानुभक्त जयन्ती लाेकप्रिय नेपाली रामायण !
नवराज भट्ट, कञ्चनपुर
[२५] आदिकवि नेपाली साहित्याकाशमा भाषिक एकीकरणका रवि !
कण्ठराज गिरी, काठमाण्डु
[२६] रामायण संस्कृतमा रहेको भरे नेपालीमा प्राण !
डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा
[२७] भानुभक्त साहित्यका बीज फैलियाे नेपालमा सशक्त !
यशोदा सुवेदी ‘यसु’ धरान, सुनसरी
[२८] भानु चम्किला तारा नेपाली साहित्यका सहारा !
चेतन खनाल, दाङ
[२९] भानुभक्त रामायण अनुवादक आदिकवि नेपाली सशक्त !
पुस्पा सायरा, विराटनगर
[३०] भाषिक एकताका कवि साहित्य क्षितिजका रवि !
परमेश्वरराज कार्की, कैलाली
[३१] रवि नेपाली भाषामा उनको ठुलो छवि !
सुमित्रा पोखरेल, काठमाडौँ
[३२] भानु उदायौ नेपालमा गोड्यौ साहित्यको बगैँचा !
त्रिलोक रामदाम, सिद्धार्थनगर-८, रुपन्देही
[३३] उज्यालाे भाषा सारथि आदिकवि ज्ञानकाे ज्याेति !
राेशन पराजुली
[३४] भानुभक्त असल संस्कार हर घरघरमा रामायण !
लक्ष्मी अर्याल, काठमाडौँ
[३५] भानु रामायण लेखी ज्ञान बाँड्यौ सारा !
धर्मी शाक्य, बुटवल, रुपन्देही
[३६] भानुभक्त चर्चा सर्वत्र साहित्यका उदयमान नक्षत्र !
प्रभादेवी पौडेल, चितवन
[३७] भानुभक्त निर्मल नक्षत्र बिख्यात् छन् सर्वत्र !
तोयानाथ चापागाईं दमक, झापा, नेपाल
[३८] महान भानुभक्त कवि चिनाए अमुल्य छवि !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा -६, संखुवासभा
[३९] भानुभक्त भाषा फैलाएर विश्वमा नेपाल चिनाएका !
रमा पन्त, पाल्पा
[४०] भानुभक्त रामायणका रचयिता नेपाली साहित्यमा पोख्त !
विवस पारदर्शी, झापा
[४१] भानुभक्त तीक्ष्ण बुद्धिका एउटा सशक्त कवि !
शेाभा आचार्य गाैतम, काठमाडौँ
[४२] भानु साहित्यका सारा एउटा चम्किला तारा !
बेदु न्यौपाने, काठमाडौँ
[४३] भानु रामायणका तारा भएका सबैका प्यारा !
दुर्गा आचार्य, मोरङ
[४४] भानु आँगनमा आएका खोलेर पूर्वको द्वार !
उर्मिला पन्त पाण्डेय ज्ञानेश्वर, काठमाण्डौँ
[४५] रामायण भानुको समर्पण नेपाली भाषिक एकीकरण !
तोया घिमिरे शङ्खमूल, काठमाडौँ
[४६] आदिकवि घाँसीबाट प्रेरित पुस्तक रामायण चर्चित !
श्रद्धा आचार्य, पोखरा
[४७] भानुभक्त आए सशक्त साहित्य जगतै पोख्त !
जमुना कायस्थ, पोखरा
[४८] वाल्मीकि रामायणलाई सरल बनाउने भानुभक्त अमर !
मङ्गला उपाध्याय, बारा
[४९] एकता भाषिक एकीकरण आदि कविको महानता !
हिमाल अम्मै, घोडाघोडी, कैलाली
[५०] खुसी नेपाली भाषी भानुभक्तकाे रामायण पाएसी !
टीकाराम जाेशी, टीकापुर
[५१] भानु साहित्यमा खरो भाषाका मूल जरो !
मिलन के. सी.(थापा ), पोखरा
[५२] आदिकवि साहित्य लेखेका रामायण अनुवाद गरेका !
रिता खराल, रुपन्देही
[५३] भानु भाषाका पुजारी भाषिक एकताका पिता !
चन्द्रावती अधिकारी काेहलपुर, बाँके
[५४] माेती चम्काए भानु साहित्य आकाशका रानु !
प्रद्युम्न चालिसे, भक्तपुर
[५५] भानुभक्त मृदुभाषी साहित्यकार नेपाली छविका अभिभार !
अम्विका अधिकारी झापा, विर्तामोड
[५६] भानु साहित्यकार कवि छाडे अनेकौँ छवि !
सहयात्री शाेभा अर्याल बुटवल, रुपन्देही , नेपाल
[५७] भानुभक्त साहित्यका मोती सुरम्य कलामा सशक्त !
शारदा गौतम आचार्य, ललितपुर
[५८] भानु साहित्यका आदिकवि नेपाली भाषाका रवि !
कल्पना पहाडी, सिन्धुली
[५९] भानु साहित्यका रारा भाषा संस्कृतिको ध्रुवतारा !
राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’ मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[६०] भानुभक्त पहिलो महाकाव्य लोकप्रिय रामायण आदर्श !
पं. ज्यो. तोयनाथ सुवेदी हेटौंडा -८, कमाने, मकवानपुर