• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साताका तीन लघुकथा- ३७

  • ९ भाद्र २०८०, शनिबार ०८:५४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३७औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘छाती’, लघुकथाकार एलपी पराजुलीको लघुकथा ‘फाँसी’ र लघुकथाकार शिवहरि अधिकारीको लघुकथा ‘भत्केको घर’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: छाती

    ✍️ डा. विदुर चालिसे
    सास अड्किएकाे थियाे । नि:श्वास पनि थिएन । चिकित्सक हैरान थिए । अफसाना लत्रक्क परेर ओछ्यानमा पल्टिरहेकी थिइन् । उनकाे मुटुकाे सञ्चालन लगभग गतिहीन भइसकेको थियो । पसिना पसिना भएका चिकित्सकले नजिकैकाे ताेदीरामलाई साेधे-
    “कति भयाे बिरामी परेकाे ?”
    “केही दिन भयाे हाेला !”

    थप जिज्ञासाले ताेदीरामकाे मन बतासिएकाे थियाे नै । उनले वेदना, संशय, निरू परायता र करूणाकाे भाव घुलित शब्दले बिरामीकाे माया माथि प्रश्न थपे-
    “बिरामीलाई के भएकाे रहेछ ?”
    “उसलाई मानसिक तनाव चर्काे चढेकाे थियाे ।”
    बाँच्ने आशामा अस्पतालमा पुर्‍याइएका अफसानाकाे अवस्था देखेर ताेदीराम कालाेनिलाे भए । छेउमा बसेर रुन र कराउन थाले । चिकित्सकले उनीहरूलाई सम्झाउँदै भन्न थाले-
    “यस बिरामीकाे मुटु पनि सानाे थियाे ।”
    ताेदीराम खुम्चिएकाे निधार चाउरी पारेर चिकित्सककाे मुख हेर्न थालिन् । रुन्चे रुवाइमा फेरि साेधे-
    “अनि अरू ?”
    “अरू त कलेजाे पनि सानाे ।”
    “मन नि ?”
    “त्याे पनि निकै सानाे थियाे ।”
    “हृदय ?”
    “त्याे त छँदै थिएन ।”
    “उसाेभए बिरामी बामपुड्के हाे र ?”

    चिकित्सक भने अफसानाकाे राेकिएकाे सास ब्युँताउन उनकाे शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले ताेदीराम लगायत आफन्तहरूलाई अन्तिम घाेषणा गरिदिए-
    “यसलाई पार्किन्सनकाे दीर्घ राेग पनि रहेछ ।”
    “अर्थात ?”
    “बेलाबेला नसा कामिरहने ।”

    ताेदीराम अफसानालाई अत्यन्त बेदित भावमा अबिर, फूल, माला र धुप चढाएर अफसाेची किर्तन भट्याउन थाले-
    “यस्तै रहेछ चलेकाे लघुकथा ।”
    ठुला छातीका मानिसहरूकाे छातीभरि किलाेका किलाे माला लत्रिएकाे थियाे । तर अत्तरकाे साथमा झिङ्गा पनि भन्किरहेकाे थियाे ।

    २)
    लघुकथा: फाँसी

    ✍️एलपी पराजुली
    “हाम्रो पूजनीय जनावरलाई मार्ने अपराधीहरूलाई सिधै फाँसी दिनुपर्छ ।” -धर्मगुरूले आक्रोशित हुँदै भनेपछि हजारौँ भक्तजनहरूले जोसका साथ ताली पिटे र जयजयकार गरे । सधैँ शान्त रहने धर्मगुरु आज आक्रोशित थिए ।

    अनुहार रातो पार्दै उनले थपे- “परम्परा छोड्दैनौँ, संविधान मान्दैनौँ भन्दा रहेछन् । त्यसो भन्न पाइन्छ ? नेपाली भएपछि नेपालको संविधानमा जे लेखेको छ, त्यो त मान्नुपर्छ नि ! संविधानमा नलेखेको मागेर पाइन्छ ?”

    धर्मगुरूको कुरा बुझेर हो वा नबुझेर हो यसपटक धेरै कमले मात्र ताली पिटे । भिडियो खिचिरहेको एक सञ्चारकर्मी युवकलाई धर्मगुरुको भनाइमा चित्त बुझेनछ, उसले क्यामेरा बन्द गर्दै प्रश्न गर्‍यो :

    “अनि नेपालको संविधानमा व्यवस्थै नभएको मृत्युदण्ड वा फाँसीको अनुचित माग चाहिँ राख्न मिल्छ र गुरुजी ?”

    कपन, काठमाडौँ
    ५ भाद्र २०८०

    ३)
    लधुकथा: भत्केको घर

    ✍️ शिवहरि अधिकारी
    गहभरि आँसु लिएर आमाले भनिन् – “बाबु ! घर भत्क्यो ।”
    “घर बनाउने ठेगदार नै गतिलाे नभएपछि । यता टाल्याे उता भत्किन्छ, उता टाल्याे यता भत्किन्छ । जताततै मुसाहरूले भ्वाङ मात्रै पारेका छन् ।” छाेराले गुनासो पाेखे।

    “कुरा गरिसाध्य छैन बाबु ! मुसापनि साना छन र ! बिराला भन्दा ठुल्ठुला छन् । बिरालाेदेखि मुसा डराउनु पर्नेमा, यहाँ त मुसादेखि बिरालाहरू डराउँछन् । उनीहरूकै राज चलेको छ । बिरालाे पनि छटटु रहेछ; साना मुसालाई च्याप्पै समाउँछ । ठुलो मुसा देख्ना साथ म्याउँ गर्छ, पछि पछि सर्छ ।” फाटेकाे मजेत्राेकाे छेउले आँसु पुछ्दै भनिन्।

    आमाको कुरा सुनेपछि छाेराले भने- “आामा अब याे भत्केको घर टालटुल गरेर हुँदैन । अब मुसाहरू नपस्ने गरि नयाँ घर बनाउनु पर्छ ।”
    २०८०/५/७
    भरतपुर महानगर पालिका वडा नं ७ कृष्णपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३७

    टुसासको आयोजनामा झापाको त्रिफला पुस्तकालयमा टुक्का सर्जक भेटघाट, रचना वाचन र सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न

  • ८ भाद्र २०८०, शुक्रबार १५:५१ मा प्रकाशित
  • भदाै ७ झापा,
    टुक्का साहित्य समाजकाे आयाेजनामा त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापामा टुक्का कविताका सर्जक भेटघाट, रचना वाचन तथा सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे सभापतित्व तथा त्रिफला राष्ट्रिय पुस्तकालयका संरक्षक प्रेम प्रकाश फलहारी ज्यूकाे प्रमुख अतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।

    hdrpl

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि फलहारीले नेपालमा नै दुई हरफकाे कविता लेखन अभियान शुरु भई देश विदेशमा समेत लाेकप्रिय भई सकेकाे जानकारी पाउँदा अत्यन्त खुसी व्यक्त गर्दै नेपालमा नै शुरुवात भएकाे काव्यिक उपविधा टुक्का कविताकाे प्रकाशन र प्रचारप्रसारमा सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुकाे साथै त्रिफला राष्ट्रिय पुस्तकालयकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।

    कार्यक्रममा टुक्का कविताकाे चाैथाे वार्षिकाेत्सवकाे अवसरमा घाेषणा भई वितरण गर्न बाँकी रहेका टुक्काकारहरू राजेन्द्र प्रधान पासालाई टुक्का साहित्य समृद्धि सम्मान २०८० र टुक्काकार परिक्रमा श्रेष्ठलाई टुक्काश्री साहित्य सम्मान २०८० प्रदान गरिएकाे थियाे ।

    उक्त कार्यक्रममा टुक्का साहित्य समाजकाे तर्फबाट अध्यक्ष चापागाईँ, राजेन्द्र पासा तथा भगवती दवाडीले त्रिफला राष्ट्रिय पुस्तकालयलाई टुक्का कविता सङ्ग्रहरू लगायत विभिन्न पुस्तकहरू उपहार स्वरुप प्रदान गर्नु भएकाे थियाे ।

    कार्यक्रममा टुक्काकारहरू राजेन्द्र प्रधान पासा, भगवती दवाडी, परिक्रमा श्रेष्ठ, भानु पाेख्रेल, त्रिलाेचन भण्डारी, बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छाे), भेालामान बर्देवाले टुक्का कविता तथा साहित्यकारहरू राधा घिमिरे, दुर्गा सिग्देल लगायत विभिन्न साहित्यकारहरूले समेत रचनाहरू वाचन गर्नु भएकाे थियाे ।

    साहित्यकार लक्ष्मी अच्युत ढुङ्गानाकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रम टुक्काकार त्रिलाेचन भण्डारीले सञ्चालन गर्नु भएकाे थियाे भने टुक्काकार भानु पाेख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।

    कार्यक्रममा सहभागी साहित्यकारहरूले टुक्का कविताकाे श्रष्टा भेटघाट कार्यक्रमकाे क्रममा त्रिफला राष्ट्रिय पुस्तकालयकाे समेत अवलाेकन भ्रमण गर्ने अवसर प्राप्त भएकाेमा खुसी व्यक्त गरेका थिए । 

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुसासको आयोजनामा झापाको त्रिफला पुस्तकालयमा टुक्का सर्जक भेटघाट, रचना वाचन र सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न

    पञ्चाङ्ग अभ्यास शृङ्खला- ५७

  • ७ भाद्र २०८०, बिहीबार ००:२२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सन्ताउन्नौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५७ (सन्ताउन्नौं)——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०५/०४गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    समय केहाे कस्ताे हुन्छ कहिले चिन्न सकिन्न।
    समय खराब राम्रो कतै कसैकाे छिन्न सकिन्न।
    निरन्तर बगिरहने नदी जस्तै गतिमा हिड्ने,
    त्याे समयलाई सुदृढ बनाउन पिन्न सकिन्न।
    पैसाले घडी किन्न सकिन्छ समय किन्न सकिन्न।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    खुसुक्क घरभित्र पसेर यहाँ।
    हिँड्छन् उनीहरू नै डसेर यहाँ।
    मानिस पनि अजिवका हुन्छन् हो,
    अघि कुराले चिल्लो घसेर यहाँ।
    कुरा काट्छन् बाहिर बसेर यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग:०३

    पूजा सर्पको हाेइन शक्तिको गरिदै छ ।
    भाव भक्ति र अधिक श्रद्धाले भरिदै छ ।
    विष सारा निली दिँदैछौ शुद्ध हावा यहाँ ,
    तिम्रो कृति आजभोलि चौतर्फी छरिदै छ ।
    बिज्ञानकाे अध्ययनशालामा सरिँदै छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४

    पूजा गर्नु घरको छेउ नाग देवता।
    पखाल्नु छ मनको लेउ नाग देवता
    अरू केही माग्नु छैन तिमीसँग आज,
    दुःख र कष्ट हरि देऊ नाग देवता,
    जिन्दगीको पाइनँ भेउ नाग देवता ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०५
    मान्छे रहने त समाजमा नै हो जहाँ जहाँ बसे पनि।
    समाज बिहिन हुनै सक्दैन समाजबाटै खसे पनि।
    मेरो शरीर मेरो खुशी अरुलाई के चासो भन्नेले नै,
    फेरि कुरा काट्छ त कसैले आँखामा गाजल घसे पनि।
    कस्ती बुढी मान्छे जस्ती रे कम्मरमा पटुकी कसे पनि।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग०६

    दैलामाथि नागलाई लाउॅदैछन् अब।
    लामबद्ध चाडबाड अउॅदैछन् अब।
    बर्षाकाल सकिएर जाॅदैछ बिस्तारै,
    रमाइलो तीज गीत गाउॅदैछन् अब।
    दर खान माइतीमा धाउॅदैछन् अफ।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०७

    नेपालिको पसिना जमाउन सक्दैनौ नेता।
    श्रमिकको मोल त कमाउन सक्दैनौ नेता।
    लाजलाग्नु पर्ने हो जनतालाई यिनै मान्दा ,
    जनताको खुनमा रमाउन सक्दैनौ नेता।
    गणतन्त्रले केहि समाउन सक्दैनौ नेता।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।

    पञ्चाङ्ग०८
    अक्षर-१५

    गरिबलाई जहाँ गए पनि बास छैन।
    भाडामा अन्न हुन्न मुख खाली गाँस छैन।
    सड्कको पेटीमा मसंगै सुतेको साथीको,
    उस्को बिहानै उठेर हेर्दा त सास छैन।
    त्यसैले सधैँदर्द कुनै दिन खास छैन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    कृष्णको पाऊ शिरबाट छोडे नाग देव आज।
    मनका बिष सबैलाई तोडे नाग देव आज।
    खडेरीमा पानी दिई सबैको पुण्य गरेका थियौ,
    अन्यायको संजाललाई फोडे नाग देव आज।
    देशको मंगलमा हात जोडे नाग देव आज।
    सुस्मिता पौडेल (अधिकारी ),काठमाडौँ

    पञ्चाङ्ग:१०
    अक्षर-१६

    गरिबको जुनी जहाँ गयो त्यही बास छैन।
    भाडामा हुन्न अन्न पेट छ खाली गाँस छैन।
    सधैं सड्क पेटीमा बिताउनु छ रात यहाँ,
    कसैले उसको ब्यथा सुन्ला भन्ने आस छैन।
    त्यसैले त दु:खिको जिन्दगी कुनै खास छैन।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:११
    घर सफाई गरे वरपर आज।
    नागको पूजा गरे घरघर आज।
    सुरुवात भयो अब पर्वहरूको,
    पानी पनि बर्सियो दरदर आज।
    मुटु मेरो कमायो थरथर आज।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:१२
    समाएर हात उठायौ मलाई।
    सकेपछि बात उठायौ मलाई।
    आखिर उठाएर फाल्नै रहेछ,
    लगाउन लात उठायौ मलाई।
    देखाउन घात उठायौ मलाई।

    ✍️अच्युत घिमिरे, सरपाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:१३

    घर घरमा नागपूजा लगायौँ आज।
    प्रार्थना गरि दुःख कस्ट भगायौँ आज।
    विविध संस्कृति बाेकेकाे याे देश हाम्रो,
    दियाे र फूलले शान्तिकाे जगायौँ आज।
    धर्म संस्कार बचाँउन सगायौ आज।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग अभ्यास शृङ्खला- ५७

    उदक यात्री सुस्मिता अधिकारीका उत्कृष्ट उदकहरू

  • ५ भाद्र २०८०, मंगलवार २०:१८ मा प्रकाशित
  • उदक यात्री सुस्मिता अधिकारीका उत्कृष्ट उदकहरू –

    १.
    कविता
    उत्कृष्ट सृष्टि
    उच्च मनोबलको विकास !

    २.
    कविता
    मनको भाव
    प्राणी जीवनको लगाव !

    ३.
    रचना
    प्रकृतिको चित्र
    प्रवेश ब्रह्माण्डको भित्र !

    ४.
    कविता
    कलमको मित्र
    पस्किन्छन् भाव विचित्र !

    ५
    कृति
    भावनाको सृष्टि
    अमर कविको चिनारी !

    • सुस्मिता अधिकारी
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुस्मिता अधिकारीका उत्कृष्ट उदकहरू

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ५ भाद्र २०८०, मंगलवार २०:१५ मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –

    १.
    भदौरे
    घाम चर्को
    चिन्ता रोग शोकको !

    २.
    मकै
    पाक्ने याम
    पेटको अग्निमा आराम!

    ३.
    नाग
    मित्र प्रकृतिको
    डस्नु स्वभाव उसको !

    ४.
    जीव
    जन्तु पुजन
    आत्मियताको ज्वलन्त उदाहरण !

    ५.
    आगो
    पोल्नु नाश
    स्थलचर संरचनाको सत्यानास!

    ६.
    नमरी
    स्वर्ग देखिन्न
    भावीको लेखा मेटिन्न !

    ७.
    दृढता
    जनको आस्था
    स्वार्थी तस्कर नेता !

    ८.
    देश
    बेच्ने कला
    अन्ततः जीवन कठघरा !

    ९.
    पृष्टपोषण
    चारित्रिक शोषण
    अशान्त मनमा स्थिरता !

    १०.
    डङ्गुर
    पन्छ्याउने धोको
    घण्टी बजाउनेको खोजी!

    ११.
    आमा
    साटो मामा
    तीजमा पोलेका तामा !

    १२.
    बाबा
    छाहरी रुखको
    सदा बक्षस्थल सन्ततीको !

    • कमला देवक्कोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    उदक यात्री भवानी घिमिरेका सुन्दर उदकहरू

  • ४ भाद्र २०८०, सोमबार ११:०९ मा प्रकाशित
  • उदक यात्री भवानी घिमिरेका सुन्दर उदकहरू –

    १.
    आँसु
    पानीकाे ओइरो
    निसासिएकी आँखाकाे नानी !

    २.
    आँखा
    पानीको खानी
    पिरमा पौडिन्छिन् नानी !

    ३.
    आँसु
    आँखाको कवज
    पानीको अभावमा जरुवा !

    ४.
    आँसु
    पीडा हर्ष
    झार्छ स्विकार्न सहस्र !

    ५.
    पानी
    आँखामा नानी
    संसार देखाउने बानी !

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका सुन्दर उदकहरू

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९८

  • ४ भाद्र २०८०, सोमबार ०९:०९ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९८ औँ शृङ्खला यही भाद्र २ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    न कुनै डर, ~~~~न कुनै सन्ताप,
    खाडीमा लोग्ने, स्वास्नी चाहिँ टाप ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    जब उनले सकेनन् मेरो खर्च धान्न,
    लागे म अर्कैसँग, छोडेर पति मान्न ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    घर-परिवार नातागोता मध्येको, पुत्र परेँ एक्लो सन्तान,
    अर्काको श्रीमती भगाएर भित्र्याउँदा, अझ गर्छन् पो सम्मान।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [३]
    गरेर गलत काम देखाउँछन् अझै शान,
    मैले भनु पर्दैनँ अपराधी हो भनी जान ।
    ✍️
    Prem Sunar
    [४]
    खाडीमा पसिना बगाई उता श्रीमान दुःख भोग्ने
    श्रीमती अर्कैसॅंग मोजमस्ती के गरोस् अब लोग्ने।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [५]
    दुईचार जना बिग्रदा सबै घानमा परे,
    तिनै लाज पचेकाहरूले गर्नसम्म गरे ।
    ✍️
    सरिता सेढाइ धादिङ
    [६]
    अर्काको घर भत्काएर, भन्दै हिँड्छौ रे नामी,
    टुनामुना के लगायौ, पहिला थियौ कि धामी?
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [७]
    धेरै छाडा भयो समाज कसैको भएन डर,
    विकृति र विसङ्गति बाहेक अरू छैन कर।
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [८]
    पतिव्रता, पत्नीव्रता हिजोआज त यहाँ गए कता,
    लाज,डर रत्तिभर छैन कस्ताे हाे याे आधुनिकता ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [९]
    पुरुषले जस्तो अपमान भो ! गरेको छैन,
    घरमा तिमी हुँदाहुँदै अर्को ल्याएको हैन।
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [१०]
    बुढा विदेश कमाउने आस बोकेर,
    यता घरकी भौतारिन्छे, ओठ टोकेर।
    ✍️
    शंकर मकवानपुर,
    [११]
    धनले मात्रै रमाउन नसकेपछि मन,
    बाटो मोडी हिँडे म पनि जेजे भने नि भन।
    ✍️
    चन्द्रप्रकाश `कमल´
    तिनाउ-1,कचल,पाल्पा
    [११]
    साथमा लाेग्ने हुँदाहुँदै बाहिर आँखा तर्ने,
    लाेग्नेले पनि त्यस्तै गरे आखिर के हाे गर्ने?
    ✍️
    भवानी पाेखरेल (बाबु विराज)
    कपिलवस्तु
    [१२]
    बुढाले चैँ उतै बसी, गर्ने माेजमस्ती,
    घर बसी सहने त्याे बुढी हाेली कस्ती ?
    ✍️
    माधवप्रसाद पाैडेल, अर्घाखाँची
    [१३]
    विदेश बस्दा श्रीमानले पत्नीव्रता खै कति पालना गरे ?
    यहाँ एक्लै देखी मेरो मन बिगार्न धेरै जना लागि परे ।
    ✍️
    Sushila Thapa
    काठमाडौं कागेश्वरी मनोहरा
    [१४]
    खोरिया खनौँ है भन्दा नमानेर खाडी मुलुक छिर्‍यौ,
    पठाएको गुट्मुट्यायो अर्कैले आई रित्तो झोला भिर्‍यौ ।
    ✍️
    जमुना आचार्य सिन्धुपाल्चोक
    [१५]
    श्रीमान खाडीको घाममा, श्रीमती अर्कै काखमा,
    पैसा काँढी गएको श्रीमान, फर्किन्छ लौ लासमा।
    ✍️
    एवाइ प्रभात
    छेन्ताङ धनकुटा
    [१६]
    आधा सम्पत्ति मलाई ले, नत्र केश हाल्दिन्छु,
    मलाई केही गरिस् भने तेरो शाखा ढाल्दिन्छु ।
    ✍️
    समुद्र
    [१७]
    बुढो विदेश जान्छ बरा गर्दै धनको खोजी,
    बुढी गाउँमा डुल्दछे खाइलाग्दो केटो रोजी ।
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    [१८]
    श्रीमान खाडीमा थिए, सल्के अर्कैतिर
    समातेँ हात अर्कैको, कति मान्नु पीर ?
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ
    [१९]
    बुढाको कमाई बुढीको रमाई पुगेन घरमा,
    मन छुट्टियो तन छुट्टियो लागेँ म परपरमा।
    ✍️
    टिकाराम पुन टिपु
    सल्यान
    [२०]
    यता घर चलेको छैन, उता पोई रक्सी धोक्ने,
    माया गर्ने मान्छे आउँदा मलाई कसले रोक्ने?
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [२१]
    विश्वासको पात्र बुढी अर्कोतिर जुट्ने,
    घुच्चुकमा बुद्धि राखेर श्रीमान लुट्ने ।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    [२२]
    खाडीको लोग्नेको पसिना अर्कैलाई पोस्न थाली,
    घरमा फर्की आयो, लोग्ने तब तालाचाबी हाली ।
    ✍️
    कमला देवकोटा, पाल्प्पा
    [२३]
    कुन चाहना पुरा गर्न उनी लागिन् टाप ?
    घरमा बुढो भयो एक्लो, न धर्म न पाप ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    [२४]
    लोग्ने भने विदेशमा खाडल भर्दैछन्
    श्रीमती चाहिँ अर्कैसँग डेरा सर्दैछन्।
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी
    [२५]
    पोइल जाने सबको लोग्ने खाडी गएको छैन,
    बिग्रन्छ मति पुरुषको नि मात्र नारीको हैन ।
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ वजार ।
    [२६]
    सँगै बसौँ भनेकै हो, मानेनौ खेदियौ पर,
    जवानीले दियो धोका, चोरियो बैँस सुन्दर।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    [२७]
    उमङ्गता वैलिई जान्छ आफ्नो आयु घटेसी,
    कति कुरुँ रमाउँला भनी चालीस कटेसी।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा-२,रुपन्देही
    [२८]
    सोझोपनको फाइदा उठाई गर्छन् घात,
    यस्ताको त जीवनमा दिउँसै परोस् रात ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [२९]
    पुरुष कमाउन खाडी गए नारी घर धान्छ्न्,
    एक नारीको दोष भएपनि सारा दोषी ठान्छन् ।
    ✍️
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।
    [३०]
    श्रीमान चैँ खाडी मुलुकमा पसिना बगाउने,
    श्रीमती यता अर्कैकाे सिन्दूर पाेते लगाउने ।
    ✍️
    राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर
    [३१]
    पसिना बगाई कमाएर पठाइयो बस्दै नबसी विदा,
    श्रीमतीहरू मात्तिने रहेछन् जे भन्यो त्यही पुर्‍याइदिदा ।
    ✍️
    रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !
    [३२]
    पसिना बगाउन बुढा चैँ विदेश गएको,
    घरमा मस्ती गर्दै बुढी चैँ अरूकै भएको ।
    ✍️
    राजेन्द्र प्रधान ‘पासा,, दार्जीलिङ ।
    [३३]
    परिवारकाे निम्ति दुःख गर्दैछन् पुरुष खाडी,
    श्रीमती यता मोजमज्जामा लौ आफ्नै घर भाडी।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [३४]
    जसलाई पर्छ आजीवन नारी जातकै हर्जा,
    उसले नै दिन्छ नारीलाई सदैव दोश्रो दर्जा l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    [३५]
    पर स्त्री जानीजानी किन अँगाल्नु पर्‍यो ?
    पतिव्रता नारी पनि किन तल झर्‍यो ?
    ✍️
    बिके मुखिया
    दार्जीलिङ, भारत।
    [३६]
    ख्याल हैन यो बाक्लै भेटिन्छन् यस्ता कहानी,
    दिगो बस्ने भए हुन्न नारीको मानहानि ।
    ✍️
    Chudamani Dhurba Devkota
    [३७]
    नारी पुरुष बराबरी बन्नुहुन्न छाडा,
    मती बिग्रे जीवनरुपी चल्दैन है गाडा।
    ✍
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।
    [३८]
    दयामाया बिना नै छाेडेर छाेराछाेरी,
    बैँसले मात्तिएर भागेकी थिई माेरी ।
    ✍️
    खुनराज काेईराला
    सिद्दलेक ३ गैरीगाउँ,धादिङ
    [३९]
    जवानी बेचेर समृद्धि खोज्दाको परिणाम,
    नेपालमा सुनिन्थ्यो गीत पोइल जान पाम ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४०]
    छाडेर आउँ है खाडीलाई,
    ठेगान लगाउँ राडीलाई ।
    ✍️
    Anmol Rai
    [४१]
    दुःख परे सहिन्छ आफैँ अरू कसैले हर्दैन,
    भगुवा श्रीमतीका लागि खाडी नै हुनुपर्दैन।
    ✍️
    सुस्मिता पौडेल अधिकारी
    काठमाडौँ
    [४२]
    पोइ गए खाडीमा घर व्यवहार धान्न,
    यता छोडे जोईहरू श्रीमानलाई मान्न ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ
    [४३]
    तिमीजस्ता सोझालाई कति पर्खनु ?
    दुःख गरी कमाएको बकति खर्चनु ?
    ✍️
    नन्दलाल आचार्य,
    सिद्धार्गटोल, उदयपुर ।
    [४४]
    वर्षौँ बित्दा पनि तिमी आएनौ खै फर्किएर,
    म पनि लागेँ आफ्नै बाटो नबसी तड्पिएर ।
    ✍️
    प्रविना प्रयासी
    ओखलढुंगा
    [४५]
    घर छोडी जो हुन्छ अर्कैसँग टाप,
    कहिले हुँदैन यस्ताको फलिफाप ।
    ✍️
    सागर मल्ल
    कपिलवस्तु,कृष्णनगर।
    [४६]
    आँखामा आँसु बगेको हेर बगायो रहर,
    पीडामा जन रोएका सारा गाउँ र सहर !
    ✍️
    आर्त अकुलीन, कैलाली
    [४७]
    माया र ममता पैसामा बिकाए,
    एउटाले जे गर्‍यो त्यही सिकाए ।
    ✍️
    अम्बका अधिकारी
    झापा बिर्तामोड
    [४८]
    जब म घर जान चढेँ गाडीमा,
    सिन्दूर हालेछ राखेर राडीमा ।
    ✍️
    प्रदीप के रिमाल।
    [४९]
    लोग्नेस्वास्नी समेत नेपालमा जिन्दगीभर सँगसँगै बस्न पाएनन्,
    नेपालका युवाले जस्तो अरू ठाउँका युवाले बढी हण्डर खाएनन् ।
    ✍️
    पवनकुमार बुढाथेाकी
    काठमाडौं
    [५०]
    कथा भन्थेँ उसकै व्यथा बताउँथेँ त्यसकै,
    उसको अभाव खड्कन्थ्यो माया लाग्थ्यो केशकै ।
    ✍️
    लक्ष्मी रिजाल, सप्तरी
    [५१]
    जुन औँलामा विष लाग्छ त्यहीँ औँलो काटिन्छ,
    पति पत्नी सँगै मिली दु:ख र सुख साटिन्छ ।
    ✍️
    पद्मा पाण्डे
    पथरी मोरङ
    [५२]
    परदेशीए युवाहरू बदलियाे संस्कृती,
    इमान्दारिता हराएर गुमाउँदै छन् धृति ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [५३]
    श्रीमानको परदेश कमाइ श्रीमतीको छ श्रृङ्गार झाँकी,
    दुई वर्ष नभई पाउदैन आउन अझै धेरै छ बाँकी ।
    ✍️
    जिज्ञासु पन्त
    लमजुङ ।
    [५४]
    घर छोडेँ परिवार पाल्ने ~ कमाउने रहरमा,
    भाँडियो घर रुँदैछु आज बालुवाको सहरमा ।
    ✍️
    लक्ष्मण लक्ष्मण
    दोलखा
    [५५]
    संस्कार र संस्कृति भाँचेर भित्र्यायाै विकृति,
    सरकारकाे नियत कस्ताे ? खुशीले स्विकृती ।
    ✍️
    प्रद्युम्न चालिसे
    [५६]
    विदेशमा श्रीमान पसिना चुहाउँदै पैसा कमाउने,
    गाउँघरमा श्रीमती नाँठोसँग खुशी खुशी रमाउने ।
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५७]
    आफ्नै परिवारकाे लागि खाई नखाई दु:ख गर्छन् खाडीमा,
    यता भने छाेराछाेरीकाे बिचल्ली पारी हिँड्छिन् स्वास्नी गाडीमा ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही नेपाल
    [५८]
    विदेशमा दाजुभाइ कति बस्छौ घर छोडी ?
    हिँड्न लागे श्रीमतीहरू आआफ्नो बाटो मोडी।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ९८

    उदक यात्री मिलन के. सी.का सुन्दर उदकहरू

  • ३ भाद्र २०८०, आईतवार १८:२४ मा प्रकाशित
  • उदक यात्री मिलन के. सी.का सुन्दर उदकहरू –

    १. जन्मभूमि
    अत्यन्तै प्यारो
    बालापनको यादगार दिनहरू !

    २. माइती
    चेलीको लागि
    आफैँमा स्वर्ग समान !

    ३. बिरानो
    माइती देश
    आमाको काख न्यानो !

    ४. गाउँ
    मनभित्रै माया
    आफ्नै पाखा छाया !

    ५. रमाइलो
    आफ्नै गाउँ
    जन्मेको हुर्केको ठाउँ !

    ६. तीज
    नारीको पर्व
    दिदीबहिनी मिलेर नाँच्ने !

    ७. दिदीबहिनी
    रमाइलो मेला
    भेटमा हुनेछौँ भेला !

    ८. रमाइलो
    माइती देश
    देखेपछि लाग्दैन निराश !

    ९. माया
    अनौठो चित्र
    देखेर सुन्दर बिचित्र !

    १०. सम्झना
    अनुपम खानी
    हुदैन कहिल्यै बिरानी !
    ………………
    ✍️ मिलन के. सी.(थापा)
    कास्की ,पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री मिलन के. सी.का सुन्दर उदकहरू

    पञ्चाङ्ग चित्रपट भाग- ४०

  • ३ भाद्र २०८०, आईतवार ०६:३२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- चालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०४/ ३२ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४१[ एकचालिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग:०१
    धेरै  दिनकाे  बर्षात पछि आज घाम लाग्याे।
    हतारमा  हिँडेकाे थिए गाडिकाे लाम लाग्याे।
    उफ् कति  गर्मी जताततै भिडै भिड मात्र छ,
    शहर   भित्र  अब  बस्नै  नहुने  ठाम  लाग्याे।
    छाता बाेकेर हिनेकाे पनि कत्ति काम लाग्याे।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    जताततै आजभोलि मानिसको भेला लाग्छ ।
    घाम पानी दुबै हुँदा छाता ओडी मेला लाग्छ ।
    भेला मेला सुखका हुन् दुःख पर्दा एक्लै एक्लै ,
    स्वार्थीकाे याे दुनियाँमा जालझेल खेला लाग्छ।
    गुरुलाई  छिड्की हान्न टपर्टुय्या  चेला लाग्छ ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    आज मलाई  माइती जाम लाग्यो।
    जाँदा बाटोमा गाडीको लाम लाग्यो।
    जहाँ जादा नि मान्छे कै भिड भाड,
    आज त टन्टलापर घाम लाग्यो।
    त्यो हेर्दा उराठ लाग्दो ठाम लाग्यो ।

    पञ्चाङ्ग:०४
    साउन मसन्तमा टन्टलापुर घाम लागेको छ
    कुनै रमाइलो ठाउँमा घुम्न जाम लागेको छ
    आहा! कति सुन्दर मनमोहक दृश्य हो यहाँ
    मनोरम दृश्य हेर्न मान्छेको लाम लागेको छ
    आज त छाता बोकेकोले धेरै काम लागेको छ ।
    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:०५
    आज बजार भरी खिरै खीरा छन्।
    मधेसी  मु्लका  खुर्सानी  पीरा छन्।
    सबैलाई   सुख  सुविधाको  खाँचो,
    जता जान्छु मानिस   सरी  कीरा छन्
    जमिनमा स्खलन   चिरै चिरा छन् !
    कमला  देवकोटा,  पाल्पा

    पञ्चाङ्ग:०६
    याे साउन मासमा आज घाम लाग्यो।
    पानीमा ओढ्ने छाता हेर काम लाग्यो।
    छाता घाम र पानीबाट ओत दिन्छ,
    घमाईलाे दिनमा कतै जाम लाग्यो।
    बाटोमा अधिक गाडीको लाम लाग्यो ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    साउन मासको अन्तिममा कति चर्को घाम लागेछ।
    घामले गर्दा बाटामा मानिस  छाताको लाम लागेछ।
    छाताले मानिस लाई घाम र पानीबाट ओताउँछ ,
    मानिसको भिडभाड ले गर्दा बाटोमा जाम लागेछ।
    यहाँ झरीले धेरै दिनपछि को सूर्य भाम लागेछ।
                   बेदु न्यौपाने
                          काठमाडौँ ❤️

    पञ्चाङ्ग:०८
    टन्टलापुर घाम लागेको छ आज।
    छाता ओडेर जाम लागेको छ आज।
    हेर्दा हेर्दै चारै तिर बाट घेरेको,
    अतिनै व्यस्त ठाम लागेको छ आज।
    मान्छेको निकै लाम लागेको छ आज।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०९
    गर्मी मौसम छ घाम कति चर्का लागेका छन्।
    भीड भए पनि मान्छे यताउता भागेका छन्।
    घामपानी दुवैमा छेक्न ओतिन काम लाग्ने,
    छाता ओढेर नि मान्छे मनैदेखि जागेका छन्।
    लाइन लागेरै मनोकाङ्क्षा वर मागेका छन् ।
    दाहाल कल्पना

    पञ्चाङ्ग:१०
    कहिले घाम लाग्छ हेर कहिले भने पानी पर्छ।
    कसैलाई फाइदा पर्छ त कसैलाई हानी पर्छ।
    भविष्य कस्तो आउँछ ज्योतिषीको भर नपर्नु है,
    अहिल्यै काम नगरेपछि भोलि भन्ने बानी पर्छ।
    ठुली आउली भन्ने आश गर्दा त भोलि सानी पर्छ।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:११
    बर्षात यामको बेला छ यहाँ ।
    श्रावण मासको मेला छ यहाँ ।
    कहिले घाम र कहिले पानी ,
    निमुखा,सोझाको हेला छ यहाँ ।
    काममा उसैको फेला छ यहाँ ।
    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:१२
    भदौरे घाम के सार्हो चर्केको छ।
    साँझ फेरि सुनपानी छर्केको छ।
    भगवानलाई सुख कहाँ छ र,
    असन्तोषी मनहरु झर्केको छ।
    घाम पानी जे भए नि तर्केको छ।
    मन्दिरा सेढाई

    पञ्चाङ्ग:१३
    बाहिर घाम निकै चर्केको छ।
    पसिनाले शरीर झर्केको छ।
    छाता चाहिने थियो गर्मी हुँदा,
    ल्याउन बिर्सिदा मन् घर्केको छ।
    कोही गर्मीमा पानी छर्केको छ।
    ह्यारिस

    पञ्चाङ्ग:१४(१३ अक्षर)
    घाम लागेको छ भीषण चर्को आज।
    बाहिर हिड्न लागेको  छ  झर्को आज।
    मान्छेको भीडमा बाटोमा हिंड्न गाह्रो,
      छाता नि ल्याउनै बिर्सेछु घर्को आज
      बजारमा किन्नु पर्ने भो अर्को आज।
          नानीबाबा अधिकारी
            काठमांडौ

    पञ्चाङ्ग:१५
    चर्को त्यो घामले अत्यायो।
    बाटोको जामले अत्यायो।
    जता हेर्यो मान्छेको कति,
    मन्दिरको लामले अत्यायो।
    नक्कली ठामले अत्यायो।
    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग१६
    घाम पानी दुबैलाई छाता काम लाग्छ।
    जौमेसेलो भेटिएको नाता काम लाग्छ।
    आजभन्दा भोलिलाई सम्झनाकोलागि,
    फुर्सदमा लेखिएको खाता काम लाग्छ।
    दुख सुख पर्दा पिता माता काम लाग्छ।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:१७
    छाताले पो  डेकोरेसन लिएर बस्यो ।
    फोटो सेसन जस्तै भीड दिएर बस्यो ।
    जता नयाँ चीज उतै पछ्याउने बानी,
    हाम्रो मस्तिष्क यतैतिर खिएर बस्यो ।
    अन्तिम दिन कुर्दै आज जिएर बस्यो ।
    जमुना आचार्य

    पञ्चाङ्ग:१८
    कतै सक्षम कतै कतै जमात छ।
    चाप्लुसे कुराहरूका खातैखात छ।
    उदाए चन्द्र अस्ताउने घाम भयो,
    घनिघसाइ धेरै मान्छेको जात छ।
    बर्षातमा पानीले झारेको पात छ।
    डिल्ली राज घिमिरे अर्घाखाँची

    पञ्चाङ्ग:१९
    विकल्प रोज्छु है कठिन पाइला चालेर अब।
    घामपानी असिनाको डर सबै फालेर अब।
    संघर्ष विना कहाँ सजिलै बल्छ चुल्हो  सबैको,
    सधैं हिड्छु जहिले झोलामा छाता हालेर अब।
    मन्दिरमा गर्छु पूजा धुप बत्ति बालेर अब।
    सुस्मिता पौडेल (अधिकारी )
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ४०

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११७

  • २ भाद्र २०८०, शनिबार २३:११ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    कृषि
    उन्नत प्रविधि
    देखियो अमूल्य निधि !

    • वसन्त अनुभव
      [२]
      प्रविधि
      प्रयोग किसानको
      बढदैछ परम्परा शानको !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [३]
      युवा
      तरे पारी
      वृद्धवृद्धा जाेत्दै बारी !
    • भवानी घिमिरे, सर्लाही
      [४]
      गतिविधि
      रुन्छ मन
      हेर्दा देशको स्थिति !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [५]
      खेती
      मिलेर गरेमा
      असम्भव नहुने त्यती !
    • सरिता सेढाइ, धादिङ
      [६]
      किसानी
      भएन पुस्तान्तरण
      पर्दा अर्काको शरण !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [७]
      क्रान्ति
      कृषिमा आधुनिक
      गोरु राँगा विस्थापित !
    • तेजप्रसाद खनाल
      लमही, दाङ
      [८]
      गाउँ
      युवाको अभाव
      मनमा कृषिको प्यार !
    • सुरेशकुमार पाण्डे
      [९]
      प्रविधि
      एकादेशको कथा
      दुरदराजका चोटिला व्याथा !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      [१०]
      विडम्बना
      छोराछोरी परदेश
      कृषिप्रधान देशको वेदना !
    • पृथक प्रकृति, झापा
      [११]
      खेती
      मानिसको काम
      कठिन खानलाई माम !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१२]
      कृषि
      देशको ढाड
      पिलाउँछ सबैलाई माड !
    • तोयानाथ चापागाईं
      दमक, झापा, नेपाल
      [१३]
      देश
      अझै अन्धकारमय
      तस्विर बोल्छ नभए !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [१४]
      कृषि
      आधुनिक प्रविधि
      चौतर्फी देशको समृद्धि !
    • आर्त अकुलीन, कैलाली
      [१५]
      युवा
      पसिना खाडीमा
      वृद्धावस्था विजाेग बारीमा !
    • प्रद्युम्न चालिसे, भक्तपुर
      [१६]
      प्रविधि
      भए जाती
      हलो जोत्ने साथी !
    • चक्र शाही, कैलाली
      [१७]
      प्रविधि
      आधुनिक चमत्कार
      कृषिमा ठूलो उपलब्धि !
    • साहित्य प्रेमी सलिन
      [१८]
      काम
      जुटाउनलाई माम
      गर्नुपर्छ आउँछ परिणाम !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [१९]
      गोरु
      मान्छे गोरु
      भयो अधिकारवाला गोरु !
    • लक्ष्मी रिजाल, सप्तरी
      [२०]
      किसानी
      विवशतामै ठट्यौँली
      नेपाली अनुपम नमूना !
    • एस बी देशभक्त, लमही
      [२१]
      किसान
      खनजाेत खेतबारी
      माटाेमा अन्नपात उब्जाउँदै !
    • श्रद्धा आचार्य, पोखरा
      [२२]
      प्रविधि
      अहिलेको माग
      खेतबारी जोत्ने साधन !
    • बेदु न्यौपाने, काठमाडौँ
      [२३]
      कृषि
      अनौठो प्रविधि
      पुरुषले महिला जोत्ने !
    • त्रिलोक रामदम
      [२४]
      परिस्थिति
      एउटा व्यङ्ग्य
      बुझ्दैन अधोगतिको सरकार !
    • प्रेम थापा “मन”, बागलुङ
      [२५]
      कृषक
      मेहनत खेतीबारीमा
      गुलाम अर्काको इशारामा !
    • डुकछिरिङ लेपचा
      मिरिक, भारत
      [२६]
      कृषि
      बेलामा मेहनत
      उब्जनिको गुजारामा परिवार !
    • दुर्गा आचार्य, मोरङ
      [२७]
      परिश्रम
      समृद्धिमा परम
      निकाली सारा भ्रम !
    • टिकाराम पुन टिपु, सल्यान
      [२८]
      निकास
      नहुने अनुदान
      कृषिमा व्यक्तिगत विकास !
    • बिके माकाजु
      [२९]
      लोकतन्त्र
      कृषिमा क्रान्ति
      भ्यागुताको विवाहमा जन्ती !
    • पशपति राई, खोटाङ
      [३०]
      खेती
      पौराणिक प्रविधि
      अझैसम्म नेपालीको गतिविधि !
    • दुर्गा भमरकोटे, काठमाडौँ
      [३१]
      कृषि
      अमुल्य खेती
      मेहनत ज्यादै मात्रा !
    • योगेन्द्र भट्टराई, खोटाङ
      [३२]
      अनौठाे
      नारीकाे शाेषण
      अरूकाे उदर भरण !
    • नवराज भट्ट, कञ्चनपुर
      [३३]
      दुर्दशा
      उन्नत कृषिको
      अभियान मानव क्रान्तिको !
    • कमला देवकोटा, पाल्पा
      [३४]
      सहकार्य
      महिलाको जीवन
      सङ्घर्षसँगै रहेको धैर्य !
    • सरस्वती वली
      बर्दिया, नेपाल
      [३५]
      किसान
      आफैँ जोतिने
      अनि अरूलाई जोताउने !
    • घनश्याम पौडेल, पोखरा
      [३६]
      गृहलक्ष्मी
      नारिएका गोरु
      परम्परित संस्कारको पुनरावृत्ति !
    • कण्ठराज गिरी, काठमाण्डु
      [३७]
      भाषण
      कुरा ठुल्ठुला
      कृषिमा देशको अवस्था !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३८]
      कर्म
      साँढेकाे जुधाइ
      मियाेविनाकाे उही रचाइ !
    • राेशन पराजुली, धरान
      [३९]
      पिरलो
      बौद्धिक पलायनको
      धान्दै वृद्धहरू थातथलो !
    • देवकी केसी
      [४०]
      प्रविधि
      छन् सस्तै
      दुःख जादैन कतै !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [४१]
      प्रविधि
      नासिँदै गोरु
      हलो तान्दै नारी !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नपा-३
      [४२]
      कागजी
      कृषि क्रान्ति
      सपना पाँचतारे खानाको !
    • टीकाराम जाेशी, इमाडाेल
      [४३]
      प्रविधि
      एक ग‍ोरुले
      दुई गाई ज‍‍ोतेको !
    • धनमाया चौधरी, कैलाली
      [४४]
      परिवार
      मिल्यौँ हामी
      जोत्यौँ बाँझो पनि !
    • मङ्गला उपाध्याय, बारा
      [४५]
      उद्यमी
      कृषिप्रधान देश
      शताब्दीकै लज्जास्पद परिवेश !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [४६]
      युवा
      विदेश पलायन
      भर महिला वृद्धको !
    • रामप्रसाद दाहाल, सुर्खेत
      [४७]
      दुःख
      बेरोजगारी समस्या
      किसानको नाजुक अबस्थामा
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४८]
      कृषि
      अनौठो प्रविधि
      आवश्यक एक नीति !
    • मिलन के.सी., पोखरा
      [४९]
      हलो
      नरको हातमा
      गोरु बनेका नारी !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      पाल्पा, हाल: बर्दिया
      [५०]
      कृषि
      नयाँ प्रविधि
      यसैमा निर्भरताको गतिविधि !
    • दुर्गा भट्टराई, मोरङ
      [५१]
      कृषि
      दु:ख झेल्नुपर्ने
      दुई छाक टार्न !
    • उर्मिला के.सी., धनकुटा
      [५२]
      कली
      आइमाईको बली
      बैरागी काले हली !
    • जमुना कायस्थ, पोखरा
      [५३]
      सन्तान
      परको बास
      बाँच्ने बुढाबुढीको आस !
    • कविता आचार्य
      [५४]
      कृषि
      बेलामा मेहनत
      उब्जनिको गुजारामा परिवार !
    • दुर्गा आचार्य, मोरङ
      [५५]
      युवा
      खाडी समुद्रपारि
      बा जोत्दै बारी !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [५६]
      बाध्यता
      गाउँले जीवन
      छिट्टो परिवर्तनको आवश्यकता !
    • नारायण कोइराला
      तानसेन, पाल्पा
      [५७]
      किसान
      माटोको सहकार्य वैज्ञानिक प्रविधिको अन्यौल ! – – चेतराज जैशी
      कैलाली, हाल: UAE
      [५८]
      नारी
      प्रविधिको खाेजीमा
      कृषि क्रान्तिकाे सन्देश !
    • राज कुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [५९]
      किसानी
      रह्यो निसानी
      अचेल स्त्री पिसानी !
    • अच्युत घिमिरे, सरपाङ, भुटान
      [६०]
      पुरातन
      कृषि प्रणाली
      परम्परागत शैलीकाे जतन !
    • केशव प्रसाद ढकाल ‘प्रीतबीज’, गाेरखा
      [६१]
      महामारी
      बाँझो खेतबारी
      गोरुको सट्टा नारी !
    • जिज्ञासु पन्त, लमजुङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- ११७

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P