• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

चित्रमा मुक्तक लेखन अभ्यास शृङ्खला – ५२ सम्पन्न

  • ८ कार्तिक २०७९, मंगलवार ०९:५२ मा प्रकाशित
  • “समाजसेवामानिस्वार्थसहभागिता साहित्यउत्थानरविकासमाहाम्रोप्रतिबद्धता “

    जैमिनी साहित्यिक मञ्च बागलुङ द्वारा सञ्चालित चित्रमा मुक्तक अभ्यास शृङ्खला {५२}१ वर्ष पुगेकोमा हार्दिक शुभकामना 🌺
    र शृङ्खला ५२ सम्मका सबै सहभागीहरू मुक्तककार ज्यूहरूमा आभारी सहित सादर धन्यवाद ।

    ✍️मुक्तक 🇳🇵

    प्रकृतिको उपहार सर्वगुणी जननी हो पानी
    सर्वोत्तम र अमृत मिठो लाग्नु हो जिन्दगानी
    उदाहरण दिन्छन् कर्कलाको,सहारा सदाको
    तर हावाको झोक्कामा सकिन्छ सबै कहानी ।

    ✍️प्रेम थापा “मन”🇳🇵

    ✍️मुक्तक

    थोपा थोपामा प्राणको रस भर्छ पानी,
    समुन्द्र हावा बादल हुदै तल झर्छ पानी ।
    पानीले सृष्टिको मुटु ढुकढुकाई रहन्छ ,
    पृथ्वी वायु अाकाश तेज भर पर्छ पानी।

    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी 🇳🇵

    ✍️मुक्तक

    कर्कलाको पानी र जिन्दगानी उस्तै लाग्छ
    एकै झट्कामा टुङ्गिने कहानी उस्तै लाग्छ
    केको फूर्ती लगाउँछौ देखाउँछौ आडम्बर,
    खहरेको पानी अनि यो जवानी उस्तै लाग्छ ।

    ✍️वसन्त अनुभव
    घोराही, दाङ🇳🇵

    ✍️ मुक्तक

    एकताको पाठ, यस चित्रबाट सिक्न सकिन्छ
    बोले पछि पिठो जस्तै बिक्न सकिन्छ
    पानीको थोपा जस्तै उदाहरण यो चित्रमा
    मिलेर काम गर्दा समस्यासँग टिक्न सकिन्छ।

    ✍️Singer Bishal🇳🇵

    ✍️मुक्तक

    कर्कलोको पातमा टलक्क टल्किएको छ शित
    जीवनदान दिन्छ गर्छ सम्पूर्ण प्राणीको हित
    अलौकिक शक्ति छ पानीमा
    विशाल आगो समक्ष पनि हुन्छ उसकै जित ।

    ✍️प्रगति शर्मा पुष्पा🇳🇵

    ✍️मुक्तक

    राखेर, हाम्रै तस्बिर सिरानीमा सधै, अहो कयौं बिहानी सकिन्छ
    अनि सन्तानलाई केही बनाउने आश आमाको जवानी सकिन्छ
    यसैले,यी हामी आफै बुझौ मित्र,यार कर्कलाको पानी न हौ
    अक्सर हामी आफै बाटो बिराए हाम्रो पूरा जिन्दगानी सकिन्छ।
    ✍️ प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत🇳🇵

    ✍️मुक्तक

    कर्कला पानीजस्तै भाछ जिन्दगी भर छैन् कत्ति
    जनम पछि मरण अवश्य छ त्यसैले डर छैन् कत्ति
    संघर्ष र सुख दुःख को चर्खांमा घुमदो रैछ जिबन
    एकछाक खान लाउन पुगोस् अरू रहर छैन् कत्ति ।

    ✍️ सिर्जन रामु गुरुङ्ग राङ्खानी🇳🇵

    ✍️मुक्तक

    जीवन जीवन भन्छु जीवन पातमा नचाइरहेछु
    जीवन मेरो हो तर कसैको लागि बचाइरहेछु
    थाहा छैन यो कति खेर पुर्लुक्क कहाँ खस्ला
    तर पनि जीवन हँसाइ दुखलाई पचाइरहेछु!

    ✍️पशपति राई खोटाङ🇳🇵

    ✍️मुक्तक

    कर्कलोको पानी जस्तै हो हाम्रो जिन्दगानी
    राम्रो काम गर्नुपर्छ समयको महत्व ठानी
    धर्तीका पाहुना हौ हामी घमण्ड कत्ति नगरौं
    त्यसैले कसैलाई पनि नगरे जीवनमा हानी ।

    ✍️आर्मित्मा थापा मगर
    स्याङ्जा🇳🇵

    ✍️मुक्तक

    भर छैन हजुर कर्कलाको पानी जस्तो जीवन
    अथक लगानी पछि हजुर बन्छ कस्तो जीवन
    मरिहत्ते बेकार हो जाँदा लाने त होइन कसैले
    सद्भावना ठूलो हो घमण्डले बन्छ सस्तो जीवन।

    ✍️निर्मला सुवेदी,बागलुङ🇳🇵

    ✍️मुक्तक

    अप्ठ्यारो महसुस नगर्ने कतिपयको बानी छ
    मुठी सासको जिन्दगानी कर्कलाको पानी छ
    सत्य यथार्थ नपच्ने चेतनशील मानव पनमा
    आदर्शवादी भएर व्यवहारमा आनाकानी छ ।

    ✍️” जिज्ञासु ” पन्त
    लमजुङ 🇳🇵

    ✍️मुक्तक

    जीवन रसिलो लाग्छ, देख्दा मूलको पानी
    अझ हराभरा लाग्छ, देख्दा आफ्नै जवानी
    के रहेछ र आखिर कर्कलाको पातमा हेर्दा
    सुख खोज्न घुमेको दुःख भेट्ने त्यो मदानी ।

    ✍️सविता के.सी., काठमाडौँ 🇳🇵

    ✍️मुक्तक

    हाम्रो जीवन कर्कलाको पाती जस्तै हुन्छ
    विछोड हुँदा अकस्मात भित्री मुटु छुन्छ
    विहानीको किरण जस्तै चम्किएको भए
    बाढी पहिरो गएको देख्दा धेरै मन रुन्छ ।

    ✍️अम्विका अधिकारी
    झापा विर्तामोड 🇳🇵

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चित्रमा मुक्तक लेखन अभ्यास शृङ्खला – ५२ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७४औँ भाग शनिबार सम्पन्न

  • ५ कार्तिक २०७९, शनिबार २३:१५ मा प्रकाशित
  • काठमाण्डौँ, ०५ कार्तिक । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७४औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    photo: Basant Anubhav

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    १.
    तिहार
    जताततै उज्यालो
    कहि नहोस् अँध्यारो !
    ✍️
    रमा पन्त

    २.
    दीपावली
    उज्यालो पर्व
    मनाएर गरौँ गर्व !
    ✍️
    पशपति राई
    खोटाङ

    ३.
    दीपावली
    सबैतिर उज्यालो
    हाम्रो महान् चाडपर्व !
    ✍️
    खेमराज पुरी
    कैलाली

    ४.
    तिहार
    सबैको सहमति
    झलिमिली बल्ने बत्ती !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    ५.
    दीपावली
    सबैमा खुसीयाली
    झिलिमिली बत्ती बाली !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ६.
    दीपावली
    महान् पर्व
    लाग्ने अति गर्व !
    ✍️
    रसज्ञ छहरा
    नवलपुर

    ७.
    दीपावली
    झिलिमिली झिलिमिली
    मन फुरुङ्ग तिरिमिरी !
    ✍️
    कृष्ण जोशी
    हाल मेरिल्याण्ड, अमेरिका।

    ८.
    दीपावली
    लाखौँ बत्ती
    देशमा शान्तिकाे मार्ग !
    ✍️
    केशर बाेहरा
    अछाम

    ९.
    झिलिमिली
    बत्तीको पर्व
    आजभाेलि लाग्दैन हर्ष !
    ✍️
    भावना मञ्जु
    माेरङ

    १०.
    दीपावली
    दीपमय पर्व
    हिन्दु धर्मावलम्बीको गर्व !
    ✍️
    म्यामराज राई
    भोजपुर।

    ११.
    यमपञ्चक
    पाँच दिनको
    दिनै पिच्छेको पूजा !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    १२.
    तिहार
    रमाइलो पर्व
    सप्तरङ्गले सजिएको निधार !
    ✍️
    मंगला उपाध्याय

    १३.
    तिहारले
    ल्याओस् हर्ष
    अनि समृद्धिको निष्कर्ष !
    ✍️
    प्रेम थापा “मन”

    १४.
    झिलिमिली
    तिहारको रौनक
    भैली देउसी व्यपक !
    ✍️
    सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

    १५.
    दीपावली
    जताततै उज्यालो
    भैलिनीको घरमा आगमन !
    ✍️
    आशा भण्डारी

    १६.
    दीपावली
    फूलकाे उत्सव
    हिन्दुहरूकाे महान पर्व !
    ✍️
    केसी उर्मिला

    १७.
    तिहार
    रमझम चारैतिर
    देउँसीभैलो आयो घरैनिर !
    ✍️
    तेजप्रसाद खनाल
    लमही देउखुरी दाङ

    १८.
    तिहार
    मनमा बहार
    हर्ष उमङ्गको चाड !
    ✍️
    घनश्याम पौडेल
    गौरीगंगा नगरपालिका ९, कैलाली

    १९.
    दीपावली
    उज्यालोको पर्व
    पशुपन्छी पुजिनु धर्म !
    ✍️
    देवकी केसी

    २०.
    तिहार
    बत्तीको झिलिमिली
    हिन्दुकाे महान पर्व !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी५सङ्गम काेलाेनी भक्तपुर ।

    २१.
    तिहार
    फूलको पर्व
    झिलिमिली बत्तीको सौन्दर्य !
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    २२.
    दीपावली
    झिलमिल पाला
    धर्तीका तारा उज्याला !
    ✍️
    श्रीकृष्ण शर्मा
    पोखरा

    २३.
    बत्ती
    चारैतिर फूल
    दिदीभाइ बिचको पुल !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    २४.
    उज्यालो
    मनको दीयो
    अन्धकार हटाई लियो !
    ✍️
    होम प्रसाद नेउपाने
    बुढानिलकण्ठ ।

    २५.
    दीपावली
    अन्धकारकाे भागाभाग
    मिठाई टीका सेलरोटी !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर

    २६.
    दीपावली
    मनको उज्यालो
    निकालौँ सबै मिली !
    ✍️
    गोपे दाजु
    पाँचथर ।

    २७.
    दीप
    ल्याउँछ उज्यालो
    सबैको घर आँगनमा !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी

    २८.
    दीपावली
    चारैतिर उज्यालो
    मनमा हर्ष उमङ्ग !
    ✍️
    प्रतीक्षा पल्लवी

    २९.
    दीपमाला
    सुख समृद्धि
    लक्ष्मीको गरी आराधना !
    ✍️
    धर्मी शाक्य बुटवल
    रुपन्देही

    ३०.
    बहार
    उत्साह उमङ्ग
    झिलिमिली उज्यालो तिहार !
    ✍️
    शारदा आचार्य
    ललितपुर !

    ३१.
    पर्व
    ज्योतिको वर्षा
    मनमा उत्साह गर्व !
    ✍️
    बिकास बिक्रम थापा

    ३२.
    दीपावली
    मौलिकताको पर्व
    सम्पूर्णमा खुसीको गर्व !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    ३३.
    दीपावली
    खुशीको बहार
    घरघरमा लक्ष्मीको आगमन !
    ✍️
    अम्बिका अधिकारी
    झापा विर्तामोड

    ३४.
    दीपावली
    पर्वले चारैतिर
    छर्दै स्वर्णिम उज्यालो !
    ✍️
    सुशीला पौडेल

    ३५.
    उत्सव
    देउसी भैलो
    तिहारको झिलिमिली रमाइलो !
    ✍️
    टीकाराम जाेशी
    टीकापुर

    ३६.
    हर्ष
    शरद उपहार
    चेली माइतीकाे भेट ।
    ✍️
    टङ्कबहादुर अालेमगर
    त्रियुगा नगरपालिका -११, संगमटाेल, उदयपुर
    १ नम्बर प्रदेश ।

    ३७.
    तिहार
    बत्तीको झिलिमिली
    भाइबहिनीको माया मिली !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    ३८.
    आदिम
    मौलिकताको सभ्यता
    दीयोभै बढोस् हार्दिकता !
    ✍️
    कमला देवकोटा

    ३९.
    तिहार
    उज्यालोको पर्व
    नेपाली साँस्कृतिक गर्व !
    ✍️
    गोपालप्रसाद पौड्याल
    विराटचोक

    ४०.
    तिहार
    रमाइलो पर्व
    मनमा आनन्द गर्व !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    हाल मलेशिया

    ४१.
    तिहार
    छैनन् दिदिबहिनी
    सधैँ हुन्छ खल्लो !
    ✍️
    प्रदिप नेपाली
    बिहादी ५ उराम,पर्बत

    ४२.
    दीपावली
    सद्भावको पर्व
    मनमा छाउने हर्ष !
    ✍️
    राम नेउपाने

    ४३.
    तिहार
    झिलिमिली साँझ
    रमाइलो सबैको माझ !
    ✍️
    आर्मित्मा थापा मगर
    स्याङ्जा

    ४४.
    तिहार
    पुजैपुजाको चाड
    चेलीमाइती सम्बन्ध प्रगाढ !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ४५.
    उज्यालो
    जगाउँ मनभित्र
    हट्नेछ ईर्ष्याकाे जालाे ।
    ✍️
    मुरारीराज मिश्र
    कुमारीगाल ।

    ४६.
    दीप
    उमङ्गको तिहार
    प्राणी प्रकृति पूजन !
    ✍️
    कण्ठराज गिरी
    टीकापुर

    ४७.
    झिलिमिली
    चारैतिर बत्ती
    चाहना शुभ दीपावली !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    ४८.
    दीपावली
    झिलिमिली पारेर
    चाड मान्छन् नेपाली !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    ४९.
    दीपावली
    दीप प्रज्वलन
    लक्ष्मीको आगमन निश्चित !
    ✍️
    त्रिलोक रामदाम
    भैरहवा~८ ,रुपन्देही

    ५०.
    तिहार
    लक्ष्मी पूजा
    झिलिमिली घरमा भाइटीका !
    ✍️
    मनोज थापा

    ५१.
    अपूर्व
    झिलिमिली पर्व
    हिन्दू संस्कृतिकाे गर्व !
    ✍️
    प्रद्युम्न चालिसे

    ५२.
    तिहार
    रमाइलो उत्सव
    दाजुभाइ दिदीबहिनीकाे पर्व !
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही

    ५३.
    दीपावली
    बनाएर रङ्गोली
    आराधना मन खोली !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    ५४.
    तिहार
    झिलिमिली बत्ती
    चौतर्फी उज्यालो संसार !
    ✍️
    कविता आचार्य
    कैलाली

    ५५.
    मन
    खुशीले गदगद
    तिहार नजिकै देशमा !
    ✍️
    विक्रम तिरूवा सलिन
    जुम्ला

    ५६.
    उज्यालो
    धर्तीमा तारा
    झिलिमिली बत्ती सारा !
    ✍️
    संझना
    पोखरा

    ५७.
    /उदक/
    दीपावली
    झिलिमिली बत्ती
    चाैतर्फि चाडकाे राैनक !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    ५८.
    दीपावली
    मौलिक पर्व
    संस्कृति संरक्षणमा गर्व !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७४औँ भाग शनिबार सम्पन्न

    साताका तीन लघुकथा

  • ५ कार्तिक २०७९, शनिबार ०८:४५ मा प्रकाशित
  • ‘साताका तीन लघुकथा’को बिसौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (फुपूको लाख, हाम्रो शिक्षा र अलमल ) छनोट गरी प्रकाशन गरिएको छ।

    १) लघुकथा – फुपूको लाख

    ✍️ म्यामराज राई
    आसबहादुरसॅंग घरबारी थियो । धारा आउॅंथ्यो । जाँगर भने थिएन । ऋण काढेरै मीठो मसिनो खान चाहिॅं खान्थ्यो । नातागोता, आफन्तहरू सबैतिर ऋण लिइसकेको थियो । तिर्न सक्ने हैसियत थिएन । स्रोत थिएन । तर, ऋण पाउन अनेक् तिकडम लगाउन छोडेन । भर्खर विदेशबाट आएकी आफ्नी फुपूको घरतिर बाटो सोझ्यायो।

    “एक लाख तपाईॅंबाट आशा छ है ।” उसले खातामा पैसा जम्मा गर्नुपर्ने कथा सुनायो ।
    ‘कहिलेसम्ममा फिर्ता गर्छस् ।’ फुपूले सोधिन । किनकि ऊ उनको साक्खै भदा हो । एउटा शर्तसहित आस देखाईन्, “घरबारी बाँझो राख्न पाउॅंदैनस्, नि ।”

    ‘नखाऊॅं दिनभरिको सिकार, खाऊॅं भने कान्छा ‘बा’को अनुहार भनेझैँ ।’ उसको मन उसैसित बोल्यो । दोमनबीच शर्त मान्न तयार छु भन्ने आशयमा टाउको हल्लायो । र, ऊ लाखको बिटोसॅंगै घर फर्क्यो । पुन: सोचमग्न भयो, ‘बैङ्कमा पैसा हुन्छ । आजबाट मेरो घर बैङ्क र म बैङ्क मालिक ।’

    फुपूसॅंग सम्झौता गरे अनुसार घरबारी बाँझो राख्न मिलेन । नगदे बाली बारीभरि लगायो । मेहनती पाखुरी बजायो । खुद्रा खुद्री पैसा गोजीमा पर्न थाल्यो । पाखुरी जति धेरै बजायो, त्यतिनै लक्ष्मी भित्रिइरहिन् ।

    घरबारीले साथ दिएपछि छ महिनापश्चात् फुपूको लाख रकम उसले फिर्ता गर्यो ।

    • कार्तिक ०३, २०७९
      हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    २) लघुकथा – हाम्रो शिक्षा

    ✍️ छायाँदत्त न्यौपाने ‘बगर’
    बिहानको समय थियो । घाम झुल्किन बाँकी । यात्रीहरू गन्तव्यमा पुग्न हतारिएका थिए । सिट भरिएपनि कलङ्की चौकमा बसले यात्री खोजिरहेको थियो ।

    एक जना बुढा मान्छे लौरो टेक्दै बसमा चढे । बसको सहयोगीले सिट देखाएनन् । बुढा आफैँले आँखा डुलाए । बस्ने ठाउँ खाली थिएन । माथिपट्टि जेष्ठ नागिरक लेखेको सिट पनि भरी थियो ।

    मेरो अगाडिको सिटमा बसेका यस्तै ६०/६५ वर्षका बुढा ‘यहाँ बस्नुस् !’ भन्दै आफू उठे । लौरो टेका बुढाले ‘यो त जेष्ठनागरिक सिट होइन् ? म तपाईॅंलाई उठाएर कसरी बसूँ ?’ प्रश्न गरे ।
    सिट दिएका बुढाले थपे- ‘म उभिन सक्छु । मलाईभन्दा तपाईॅंलाई बढी खाँचो छ सिटको ।’

    लौरो टेकेका बुढा पनि के कम ! उनका आँखाहरू जेष्ठनागरिक सिटतिर फर्किरहेका थिए । सिट दिने बुढाले लौरे बुढा जेष्ठनागरिक सिटमै बस्न मन गरेको थाहा पाए । उनले सुटुक्क बल्लबल्ल पाएको सिट लौरे बुढाका लागि छोड्नुपर्ला भनेर झ्यालतिर मुन्टो घुमाएर बसिरहेका पोसाकधारी महाविद्यालयका छात्रछात्राको मन पनि सुने ।

    उनले विद्यार्थीहरूतिर देखाउँदै ‘उहाँहरू बिरामी हुनुहुन्छ, तपाईॅं यहाँ बस्नुहोस् न भनेर आफूले छाडेको सिट देखाए ।’
    दुई जना बुढाका तर्क सुन्नेहरू जिल्ल परेर मुखामुख गर्दै थिए ।
    पर्वत हाल : काठमाण्डौँ

    ३) लघुकथा – अलमल

    ✍️ राजेश भट्टराई
    मेरो घरको सामुन्ने घरको बुबा बित्नु भयो । दाहसंस्कार र काजकिरिया गर्न पर शहरमा पढ्न बसेको छोरालाई बोलाइयो । किरिया गर्न कपाल खौरिन भन्दा अस्विकार गर्दै भन्यो, -“किन खौरिने कपाल ? किन गर्ने काज किरिया ? अहिलेको जमानामा पनि यस्तो रुढीवादी कुरा गरेर हुन्छ ? लास जलाइयो, दुःख मनाउँ गरियो, पुग्यो ।”

    त्यसको एक महिनापछि छेउको घरको आमा बित्नुभयो । छोराहरूसँगै बिहे गरेर गएका छोरीहरू पनि किरिया गर्न तम्सिए । अरूहरूले “छोरीहरूले त पर्दैन ।” भन्दा जवाफ फर्काउँदै भने- “किन पर्दैन ? के हामीहरू आमाका सन्तान होइनौँ ?”
    “हौ । तर तिमीहरूले अन्तिममा उम्किने बेलामा तिन दिनमात्र गरे पुग्छ।”
    “किन तिन दिनमात्र ? के हामीहरूलाई दाईहरूलाई भन्दा थोरै समय गर्भमा राखेर जन्माउनु भएको आमाले ?”

    म भने अलमलमा परेँ । यिनीहरूमध्ये वास्तविक क्रान्तिकारी को हो ?
    सैनामैना 11,रुपन्देही
    हाल भरतपुर चितवन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • ५ कार्तिक २०७९, शनिबार ०१:३१ मा प्रकाशित
  • १
    रहर
    मनको चाहना
    आवश्यक हुन्छ बहाना !

    २
    आवश्यकता
    नभई नहुने
    पैसाले कहिल्यै नपुग्ने !

    ३
    शिक्षा
    तिखार्ने ज्ञान
    व्यापार बढाउने अपार !

    ४
    सरकार
    लगामको अभाव
    जनजीवन भयो दरार !

    ५
    अस्पताल
    स्वास्थ्य उपचार
    यसमा पनि व्यापार !

    ६
    आधारभूत
    नभइ नहुने
    नभए के गर्ने ?

    ७
    गरिबी
    बञ्चित अवस्था
    छाक टार्ने सपना !

    ८
    रोजगार
    आम्दानीको स्रोत
    छैन सबैको बिजोक !

    ९
    इच्छा
    सुखद जीवन
    हुन्छ घाँडो जिन्दगानी !

    १०
    निष्कर्ष
    अन्तिम निचोड
    अविश्वासीलाई मनैले निरोर !

    ११
    शङ्का
    अविश्वासको घेरो
    चोखो मन मेरो !

    १२
    विश्वास
    जित्छ मनले
    नटिक्ने बोल्छ जनले !

    १३
    मूर्ख
    ठेगान नभएको
    बोलीले खाडल खनेको !

    १४
    ठेगाना
    बस्ने ठाउँ
    बोलीले किन्छ गाउँ !

    १५
    मित्रता
    भित्री आत्मियता
    कृष्ण र सुदामा !

    १६
    दृष्टि
    मनको सोच
    अप्रिय शब्द बोझ !

    १७
    घाउ
    काटेको ठाउँ
    खुकुरी शब्दको नाउँ !

    १८
    होइन
    असमर्थ जनायो
    शब्दले आफैँ गनायो !

    १९
    तिल
    पूजामा अर्पण
    खोज भेटिन्छ दर्पण !

    २०
    अन्त
    आखिर पूर्णविराम
    व्यहोरा देखियो हराम !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

    उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

  • ४ कार्तिक २०७९, शुक्रबार १६:५६ मा प्रकाशित
  • १
    शरद्
    साैम्य सुन्दर
    चाडपर्वकाे अनेक बहार!

    २
    तिहार
    उज्यालो दीपमाला
    मित्रता प्रेमकाे पर्व!

    ३
    लक्ष्मी
    धनकी देवी
    वैभव ऐश्वर्य समृद्धि!

    ४
    उज्यालो
    चेतना ज्ञान
    पुगेको धरामा सर्वत्र!

    ५
    पर्व
    सांस्कृतिक गर्व
    अस्तित्वभित्रकाे अनेक मर्म!

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपट भाग-१५ सम्पन्न

  • ४ कार्तिक २०७९, शुक्रबार ०७:५८ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग:-१५
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०७/०३

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १५[पन्ध्रौंँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

              
    दिपावली तथा यमपञ्चकको बारेमा यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रवर्तक तथा परिकाल्पनाकार
    =================
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    सुशीला पौडेल

    चित्र संकलन गुगलबाट
    —————–
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    सङ्कलक :-
    ———-
    दुर्गा आचार्य & सुशीला पौडेल
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजन
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्रपट पञ्चाङ्ग   [०१]

    दियो बाली पूजा गरेर म बसेको छु ।
    दाइ तिम्रो पर्खाइमा तेल घसेको छु।
    पर्खाइमा  राखेर  नबस  आउ  शुभ ।
    चार दिवार झिलीमिलीमा पसेको छु ,
    नभन यमराज  जालमा फसेको छु ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    चित्रपट पञ्चाङ्ग  [०२]

    घरघरमा  उज्यालो  पार्न  आउनु पर्छ बैनी ।
    भैली देउँसीमा पैसा झार्न आउनु पर्छ बैनी ।
    दिपक  जलाई  मनाउँ  मिलेर हामी सबैले  ,
    दु:ख पीडा मिलेर नै सार्नु आउनु पर्छ बैनी ।
    कार्तिकको ग्रहलाई  तार्न आउनु पर्छ बैनी ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    चित्रपट पञ्चाङ्ग  [०३]

    अलिकति खुसी दिएर जान्छ ।
    फाटेको हृदय सिएर जान्छ ।
    हुनेलाई राम्रो नभए ऋण,
    भएको उमङ्ग लिएर जान्छ ।
    हर्षको मुहान पिएर जान्छ ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग   ०४

    लक्ष्मी पुजा गरेर रातभरि जाग्राम बसौंला तिमी आउनुहै।
    देउँसीभैलो खेल्दै गाउँघर आँगनी पसौंला तिमी आउनुहै।
    तिहार पर्वको अवसर बर्षमा एक पटक आउने होनि,
    सप्तरङ्गी टीका पालैपालो निधारमा घसौंला तिमी आउनुहै।
    जनम जन्मादि दीर्घायुको कामनाले कसौंला तिमी आउनुहै।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।

    चित्रपट पञ्चाङ्ग  ०५

    तिहार हाम्रो महान् पर्व रमी मनाऊँ सधैँ ।
    दाजुभाइ दिदीबहिनी माया खनाऊँ सधैँ ।
    परम्पराको मौलिकता जगेर्ना गरेर नै ,
    वास्तवमा नेपाली हामी भन्ने जनाऊँ सधैँ ।
    बडम्पन र देखासिकीमा नगनाऊँ सधैँ।

    ✍️तेजप्रसाद खनाल, लमही  दाङ।

    चित्रपट पञ्चाङ्ग   ०६

    मेरो लागि चाडपर्व   नआए   पनि हुन्थ्यो ।
    हाम्रो आँगनिमा गीत   नगाए पनि हुन्थ्यो ।
    दाजुभाइ   यसपाली   परदेशमा       हुने ,
    आफ्नै कोखको नभए नधाए पनि हुन्थ्यो ।
    सेल रोटि फिनि    झर नखाए पनि हुन्थ्यो ।

    ✍️चेतना पोखरेल, बिराटनगर ।

    चित्रपट पञ्चाङ्ग   ०७

    फूलैफूलको तिहार मनाउन भाइ आएनन् ।
    मपनी छु है  भनेर जनाउन भाइ आएनन् ।
    एकोहोरो माया मेरो खाली निधार यसपाली ,
    फूलको माला उनेर  बनाउन भाइ आएनन् ।
    तिम्रो हुँ  भनेर गिन्ती गनाउन भाइ आएनन् ।

    ✍️पार्वती अर्याल , भरतपुर चितवन।

    चित्रपट पञ्चाङ्ग   ०८

    दियो बाली  दिपावली मनाउँ सबैले।
    महान  पर्व   भनेर   जनाउँ   सबैले।।
    माता देवी लक्ष्मीको पुजा पाठ गरेर।
    सप्तरंगले   मण्डप   बनाउँ   सबैले।।
    दिदीको हातको टीका लगाउँ सबैले।।

    ✍️मल्ल लक्ष्मी श्रेष्ठ?,मेची किनार
    बिर्तामोड झापा ।

    चित्रपट पञ्चाङ्ग   ०९
    [०१]
    साहित्यमा चम्किलो तारा भइ देउ भाइ।
    मानिसको  सक्षम  पारा  भइ  देउ भाइ।
    सुख दुःखमा  सक्षम  भएर  हिँड्नु  पर्छ,
    ज्ञानेन्द्रीय  बाँधेर  सारा  भइ  देउ भाइ।
    त्यो उच्च नामको नै नारा भइ देउ भाइ।
    [०२]
    रातमानै पुजागरेर लक्ष्मीको लक्ष्मी पाउला तिमी आउन ।
    देउसी भैलो खेल्दै सबै घर घरमा जाउला तिमी आउन ।
    बर्ष घुमेर सबैका ती घर घरमा  आउने चाड तिहार,
    साइतमै सप्तरङ्गी टीका क्रमबद्ध लाउला तिमी आउन ।
    दिर्घायुको कामनाले नै फूल मालाले छाउला तिमी आउन

    ✍️बेदु न्यौपाने काठमाडौ ✍️

    चित्रपट पञ्चाङ्ग   १०

    खुशी साट्ने निराशा जाने आयो  तिहार।
    घर दैलो लिपपोत गरि माने आयो तिहार।
    झिलीमिली बत्ती बाली पुजा गर्छन् कुलको ,
    गरीबीको धन नहुँदा नि सेल खाने अायो तिहार।
    सबै मिली रमाइलो उपहार लाने अायो तिहार ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।

    चित्रपट पञ्चाङ्ग   ११

    खुशी साट्न तिहारमा आए मेरा दाजै ।
    द्याैसी भैलाे घुमीघुमी गाए मेरा दाजै।  
    सप्तरङ्गी  टीका अनि मखमली माला
    शिरभरि  ढाकाटाेपी लाए मेरा  दाजै ।
    लक्ष्मीपूजा गरी प्रसाद खाए मेरा दाजै।

    ✍️चन्द्रावती अधिकारी, काेहलपुर वाँके ।

    चित्रपट पञ्चाङ्ग   १२

    म रोएर किन बस्थे खुसी साट्न पाइने भए ।
    भर्थे  घाउका डोबहरू मन भाट्न पाईने भए ।
    मानिसको लेबल हेरी कुरा गर्ने यो समाजमा,
    करौतींकै धार बनिदिन्थे काट्न पाईने भए ।
    टाढानै जान्थे सम्बन्ध छाट्न पाईने भए ।

    ✍️शन्जना शर्मा,  दाङ लमही ।

    चित्रपट पन्चाङ्ग  १३

    मेरा माइतीराजाकाे दु:ख हरेर जाउन।
    असल भई ज्ञानकाे ज्याेती छरेर जाउन।
    कतै हिँड्दा नलागाेस् ठेस कहिलेपनि,
    जिन्दगीमा  उन्नति प्रगति गरेर जाउन।
    लक्ष्मीकाे बास हाेस सम्पत्ति  भरेर जाउन।

    ✍️मनिषा विष्ट,मेचिनगर १५,फुलमासी ।

    चित्रपट पञ्चाङ्ग   १४

    आँसुसँगै हासो मिलाउनु पर्छ।
    टुटेको मनलाई सिलाउनु पर्छ।
    यम पञ्चक को पूजा गरी हेर,
    दाजु भाइलाई खिलाउँनु पर्छ ।
    प्रेमको आभास दिलाउनु पर्छ।

    ✍️सरस्वती श्रेष्ठ इटहरी ।

    चित्रपट पञ्चाङ्ग   १५

    दसैँको खुशी नसक्दै फेरि लायो है तिहार।
    कात्तिक दाना लिनको लागि आयो है तिहार।
    आँउछ सँधै तिहार यस्तै उमङ्ग साथमा,
    फेरि नि गाँउ बस्ती बस्तीमा छायो है तिहार।
    चेलीको हात माइती साथ पायो है तिहार।

    ✍️घनश्याम पौडेल, पोखरा ।

    चित्रपट पञ्चाङ्ग   १६

    तिहार घुम्दै वर्ष दिन बित्द‌ै फेरि आएकाे छ ।
    जताततै बगैँचामा फूलैफूल लगाएकाे छ ।
    दिदी बहिनी र दाजु भाइ बिचमा भेट्ने माैका ,
    याे बेला जुर्ने हुँदा जताततै खुसी छाएकाे छ ।
    र त भाइ टीकामा टीका लगाउन पाएकाे छ।

    ✍️ताेयानाथ सुवेदी, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   १७

    सँधै तिहारमा दाजु भाइ नहुँदा खाली छ मन।
    माईत एक्ली चेली भई जन्मिदा जाली छ मन।
    आफ्नै घर आँगन सजाउँछु लक्ष्मी पुजा गरेर,
    अरुको दाजु भाइ टीका लगाउँदा काली छ मन।
    यसरिनै बित्यो यो तिहार सम्झना फाली छ मन।

    ✍️कमला पाण्डे पराजुली झापा चारआलि ।

    चित्रपट पञ्चाङ्ग   १८

    दियो बल्यो ज्योतिले चारैतिर उज्यालो बनाइ दिपावलीमा।
    रिङ्गे पटाका, झिलिमिली मिल्के बत्तीले मनाइ दिपावलीमा।
    दसैंलाई वर्षाले कुट्यो, तिहार त डल्लै बाँकी छ मनाउन,
    घरघर लयमा देउसी र भैलोले जनाइ दिपावलीमा।
    खुशी सारा छाइरहने, वेदना सब छनाइ दिपावलीमा।

    ✍️ अच्युत घिमिरे- तिर्खोला भुटान बाट 🇧🇹

    चित्रपट पञ्चाङ्ग   १९

    फूलको माला भाईलाई तयार पार्छु तिहारमा ।
    तेलको घेरा हाली दुश्मनलाई बार्छु तिहारमा ।
    परदेशमा भाइ छुट्टि पाए पक्का आउनेछन ,
    भैली देउसी खेल्दै घर घरमा चार्छु तिहारमा ।
    भाइको जित हुन्छ भने सदैव हार्छु तिहारमा ।

    ✍️सहयात्री शोभा अर्याल, बुटवल१४ रुपन्देही ।

    चित्रपट पञ्चाङ्ग   २०

    दाजुभाइ  घर  आउनु  यसपालि  तिहारमा ।
    मनाऔ पर्व झिलिमिली बत्ती बाली तिहारमा ।
    कति  गए  बाचा कसम खेर  आउँछु  भनेर,
    कति  सुके  फूलहरु  फूलकै  डाली  तिहारमा।
    यसपालि त नहोस् है तिम्रो गला खाली तिहारमा।

    ✍️पशपति राई , खोटाङ ।

    चित्रपट पञ्चाङ्ग   २१

    आराधना गरी लक्ष्मीकाे साथ पाउँला तिहारमा
    सम्झना राखी देउसिरे भन्दै गाउँला तिहारमा
    रमाउँ सवै खुशीकाे चाड आउँदैन बारम्बार
    बुनेर माला सप्तरंगी टिका लाउँला तिहारमा
    चेली र माइती  खुशीले भर्दै छाउँला तिहारमा

    ✍️उर्मिला के.शी., धनकुटा !

    चित्रपट पञ्चाङ   २२

    घर घरमा   झलमल्ल पारौं हामी  दिप बालेर आउ ।
    मन तन  रलमल्ल  पारौ    सबैले इर्षा फालेर आउ ।
    वर्ष  दिनको  यो  हर्ष र उमंगको चाडपर्व  हो दाजै ,
    दाजु बहिनीको प्रगाढ   ममता   सुन झैँ गालेर आउ ।
    तिम्रै दीर्घायुको दिप बाल्दै बैरीको शीर ढालेर आउ ।

    ✍️इन्दिरा देवकोटा, कपिलवस्तु न .पा .३ ।

    चित्रपट पञ्चाङ्ग   २३

    यो पाली परदेशबाट दाजुभाइ  आएका छन्।
    झिलिमिली दिपावलीको रौनकता छाएका छन्।
    सेलरोटी र मिठाई परिकारमा नै रमाई,
    सबैजना मिलेर फूलमाला,टिका लाएका छन् ।
    रोटे,लिङ्गे पिङमा खेल्दै द्यौसी भैलो गाएका छन् !

    ✍️बिबस पारदर्शी , भद्रपुर  झापा ।

    चित्रपट पञ्चाङ्ग   २४

    आँगनीको फूलले तिहार बोलाए जस्तो छ ।
    फूलहरु  देखेर  भँवरा  टोलाए  जस्तो  छ ।
    तिहार  आउँदा  आँगनमा  सयपत्री फुल्ने ,
    फूलको सुगन्धले भँवरा लोलाए जस्तो छ ।
    दिदी र भाइको न्यानो माया घोलाए जस्तो छ ।

    ✍️बुद्धिमान दनुवार , सुरुङ्गा ४ झापा ।

    चित्रपट पञ्चाङ्ग   २५

    झिलिमिली बत्ती बालेर तिहार मनाउनु पर्छ।
    दाजुभाइ दिदीबहिनी एकता जनाउनु पर्छ।
    वर्ष दिनको  तिहारमा आउन सक्दिनँ नभन्नु,
    हामी सबै जम्मा भएर  रंगोली बनाउनु पर्छ।
    हामीले  रंगोलीमा रङ्ग र फूल खनाउनु पर्छ।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २६

    देउसी भैली गाएर तिहार मान्नु पर्छ।
    टीका र माला लाएर तिहार मान्नु पर्छ।
    वर्ष दिनको चाडपर्वमा जम्मा भएर,
    हामीले रोटी खाएर तिहार मान्नु पर्छ।
    सबैको माया पाएर तिहार मान्नु पर्छ।

    ✍️ह्यारिशन ह्यारिश , काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २७

    आफैँ आफ्नो परम्परा धान्नुपर्छ
    पर्वलाई   पहिचान   ठान्नुपर्छ
    चाड तिहार फूल अनि बत्तीको
    चेलीसाथ  माइतीले  मान्नुपर्छ
    अनुपम छ संस्कृति  जान्नुपर्छ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।

    चित्रपट पञ्चाङ्ग   २८

    सप्तरङ्गी टीकाले निधार सजाउन मन छ ।
    साथीसँगी मिली द्यौसी र भैलो गाउन मन छ ।
    दसैँ त्यस्तै भयो अब तिहार नबिग्रियोस् मेरो ,
    यो गलामा सयपत्रीको माला लाउन मन छ ।
    मेरी प्यारी बहिनीको हाँसो कमाउन मन छ ।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग-१५ सम्पन्न

    चित्रमा मुक्तक लेखन अभ्यास शृङ्खला – ५१ सम्पन्न

  • ३ कार्तिक २०७९, बिहीबार ०७:२६ मा प्रकाशित
  • १ .मुक्तक 🇳🇵

    आफ्नै प्रकृतिको पानी मिठो लाग्नु हो जिन्दगी
    भोगाई नाफा नोक्सानी मिठो लाग्नु हो जिन्दगी
    राम्रो सम्झे रत्न रहेछ,समय अचम्मको चक्र रहेछ,
    सुख दु:खको हर कहानी मिठो लाग्नु हो जिन्दगी ।

    ✍️प्रेम थापा “मन”

    २.मुक्तक 🇳🇵

    जीवन भोगाइको बेग्लाबेग्लै कहानी हुन्छ
    सस्तो नसोच्नु कतै यसमा ठूलो लगानी हुन्छ
    न त यो कुनै जीत हो हजुर, न त हार नै हो
    भोगाइले सिकाएको पृथक आनीबानी हुन्छ।

    ✍️निर्मला सुवेदी,जैमिनी-९,बागलुङ।

    ३.मुक्तक🇳🇵

    मिठो मसिनो पाए सम्म खाेजेर खाने संसार
    सकेसम्म जलथलमा घुम्न हाे जाने संसार
    पाए जति भाेगाैं संसार आनन्दमा रमाएर
    आखिर फुस्स भइ जाँदा केही नलाने संसार ।

    ✍️ढाकानाथ खतिवडा
    माइजाेगमाइ,इलाम

    ४.मुक्तक 🇳🇵

    कर्म गरेर ज्यान पाल्न पन्छीले नि सिकाउँछ हजुर
    सागर ताल छेउ किनारबाट दाना झिकाउँछ हजुर
    सन्तानलाई गुणका शिक्षा आफ्नै भावमा पढाउदै
    चेतनशील प्राणी नभए पनि जुनी टिकाउँछ हजुर ।

    ✍️ जिज्ञासु पन्त

    ५.मुक्तक🇳🇵

    कला आमा-को जति अरुको मनमा कहाँ हुन्छ
    गालिमा पनि करुणा पराएको बचनमा कहाँ हुन्छ
    खुसि यसरी पनि त हुन सकिँदो रहेछ जीवनमा ;
    प्रकृतिले झै रिझाउने शक्ति त्यो धनमा कहाँ हुन्छ ?

    ✍️सन्तोष ढुङ्गाना

    ६.मुक्तक🇳🇵

    आफ्नो व्यबहार सबैलाई सिकाउन पर्छ
    हरेक काम ठूलोबाटै गरेर देखाउन पर्छ
    यो त जिन्दगीको चक्र हो चलिरहन्छ सधैं
    यसरी नै आफ्नो अस्तित्व बचाउन पर्छ ।

    ✍️प्रदीप नेपाली।
    बिहादी ५ उराम,पर्बत।

    ७.मुक्तक🇳🇵

    बुझ्ने को लागि खास हो जिन्दगी
    सोच्ने को लागि आस हो जिन्दगी
    आमा रहुन्जेल हरेक खुसी भेटिन्छ
    आमा शब्द नै साहस हो जिन्दगी ।

    ✍️सागर शर्मा

    ८.मुक्तक🇳🇵

    आ आफ्नै नियति भाेग्नै पर्छ
    तिर्खा मेटाउने उपायले नै टर्छ
    चुच्चाले पानी पिएर नै पनि
    उसकाे उदर उसैले जसरी भर्छ।
    ✍️ मधुसूदन प्रसाद घिमिरे

    ९.मुक्तक🇳🇵

    स्वतन्त्र भई जिउनु, पँ‍‌छीले जस्तै जिन्दगी
    दु:ख प्यासी भै पिउनु, पँ‍‌छीले जस्तै जिन्दगी
    जीवन त त्यही सागर जस्तै हो, छालहरूको
    प्रेमलाई प्रेमले सिउनु, पँ‍‌छीले जस्तै जिन्दगी
    ✍️ नगेन्द्र थापा मगर जैमिनी १० बागलुङ

    १०.मुक्तक🇳🇵

    स्वच्छ,निर्मल अनि कञ्चन पानी हौ तिमी
    मेरो जिन्दगीको जिन्दगानी हौ तिमी
    तिमी बिना यो संसार देख्न कहाँ सम्भव छ र?
    साँच्ची भनुँ भने यी आँखाको नानी हौ तिमी ।

    ✍️सिलसिला क्षेत्री कुश्मीसेरा

    ११.मुक्तक🇳🇵

    उज्यालो हुन्छ त्यो ठाउँ जहाँ रात हुन्छ,
    छोराछोरीको भबिस्यमा सधैं उनको हात हुन्छ,
    छुन सक्दैन संसारको कुनै पनि संकटले,
    हाम्रो जीवनमा आमा,बुवाको साथ र बात हुन्छ।

    ✍️Singer Bishal

    १२.मुक्तक🇳🇵

    कुनै कमि राख्दिन पंछि भैकन सन्तान हुर्काउन
    नसक्दा निल्न बचेराले चारा चबाउदै मुखभित्रै कोचाउन
    कति जानेकी पंछि भैकन मानव झैं लालनपालन गर्न
    हेर न आफ्नै पंखले उड भनी खसाली दिन्छे गुँडबाट घुर्क्याउन ।

    ✍️रिता लामा

    १३.मुक्तक🇳🇵

    सुस्त सुस्तै दिलम हल चल मचाएर आऊ
    निदाएको परेली बिउँझाउने गरेर आऊ
    छाडि देऊ अरूका कुरा जुनी काट्ने गरेर
    बस्नेछु मुलबाटोमा सप्तरङगी फूल छरेर आऊ ।

    ✍️ सरगम घतान
    बागलुङ बलेवा

    १४.मुक्तक🇳🇵

    पानीमा बस्ने पंक्षीलाई आहाराको खाँचो हुन्छ
    आफ्नो बच्चालाई माया गर्ने तरीका साँचो हुन्छ
    शान्त स्वच्छ बनपाखामा डुली हिड्ने चरीलाई
    शिकार बन्दुकबाट निस्कने गोली काँचो हुन्छ ।

    ✍️अम्विका अधिकारी
    झापा विर्तामोड

    १५.मुक्तक🇳🇵

    हजारौं सपनाहरू तारा बनेरै चम्किनुपर्छ
    जागौँ युवा समस्या छिचोलेरै लम्किनुपर्छ
    पूर्वका मोतिहरू, पश्चिमका उठ हिराहरू
    मातृभूमि बचाउनुछ विषादी छम्किनुपर्छ ।

    ✍️हरी शर्मा

    १६.मुक्तक🇳🇵

    हेर्नेलाई होला दायाँबायाँ हो त्यो त आफ्नै छायाँ हो
    अनेक थरि आमाको सन्तान प्रतिको माया हो
    अरे मुर्खहरू खुआएको सायद हो पानी
    हुनत तर सन्तान आँखाको नानी हो काया हो ।

    ✍️दिपक क्षेत्री

    १७.मुक्तक🇳🇵

    सागरमै हुँदा पनि पिउन सिकाउछिन् आमाले
    धर्तीमा रहँदासम्म जिउन सिकाउछिन् आमाले
    ए आमा ! आमा शब्द मात्रै पनि कति महान छ
    फाटिएको मन पनि सिउन सिकाउछिन् आमाले!

    ✍️ पशपति राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on चित्रमा मुक्तक लेखन अभ्यास शृङ्खला – ५१ सम्पन्न

    उदक यात्री आर्त अकुलीनका सुन्दर उदकहरू

  • ३ कार्तिक २०७९, बिहीबार ०६:५३ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    सूर्योदय
    बिहानी लाली
    मन लोभ्याउने दृष्य !

    २
    शरद्
    किसानको खेत
    चारैतिर सुनका बालाहरू !

    ३
    सत्यमोहन
    संस्कृति धरोहर
    वाङ्मय शताब्दी‌‌ पुरुष !

    ४
    वियोग
    मुटुको व्यथा
    आँसुको गहिरो सागर !

    ५
    सफलता
    आकाशको जून
    सबैभन्दा सोझो नुन !

    ६
    नेता
    समयसँगै फेरि
    हात्तीका दाँत प्रदर्शन !

    ७
    वृन्दावन
    कृष्णको क्रिडास्थल
    हिन्दुको प्रसिद्ध तीर्थस्थल !

    ८
    चौतारी
    शीतल छहारी
    मिली बसेका दौँतरी !

    ९
    बिहान
    भाले बास्ने
    कतै स्याल कराउने !

    १०
    उद्यान
    सुन्दर दृश्य
    सौम्य फूलको संसार !

    • आर्त अकुलीन, देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका सुन्दर उदकहरू

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का कविता लेखनको ५५ औँ शृङ्खला सम्पन्न

  • २ कार्तिक २०७९, बुधबार २०:०९ मा प्रकाशित
  • साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का कविता लेखनको ५५ औँ शृङ्खला असाेज २९ गते शनिबार सम्पन्न भयाे ।

    यस श्रृङ्खलामा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७० जना टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे ।
    ५५ औँ शृङ्खलाको लागि टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष तथा प्रशिक्षक ताराप्रसाद चापागाईंले समसामयिक विषयमा लेख्नु भएको व्यङ्ग्यात्मक टुक्कालाई प्रतिनिधि टुक्काको रुपमा राखिएकाे थियाे ।

    ==========▪️<>▪️==========
    अभ्यासका लागि प्रतिनिधि व्यङ्ग्यात्मक टुक्का कविता

    जरा  काट्न  नसकेर  हाँगातिर  लाग्याै,
    माकुराे झैँ जाल बुन्दै अझै टाढा भाग्याै ।
    ◾️ताराप्रसाद चापागाईँ
    ==========▪️<>▪️==========

    सहभागीहरूद्वारा सृजना गरिएका टुक्का कविताहरू –

    [१]
    आफू गर्न सक्दैनन् काट्छन् अरूको खुट्टा
    बिगार्छन् बनेको काम मिलेर तान्छन् सुट्टा ।
    ◾️नवीन जाेशी
    कैलाली
    [२]
    जति जाल बुने पनि काही कतै नै  सर्दैन
    नाच्न नजान्दैमा आँगन टेढो मान्नु पर्दैन ।
    ◾️बेदु न्यौपाने
    काठमाडौ
    [३]
    जालै जालमा बसेका छन् , नेपाली जनताहरू,
    हटाउन खोज्दाखेरि त, आउछ फटाहाहरू।
    ◾️एवाइ प्रभात
    धनकुटा हाल मोरङ
    [४]
    गरि खान नसक्ने खुट्टा तान्न तिर लाग्छ
    लाज पचाउन अनेक बहाना पारि भाग्छ।
    ◾️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमौ ५ सङ्गम काेलाेनी भक्तपुर ।
    [५]
    हुतीहारा मान्छेले नै पाे कुरा धेरै काट्छ ,
    चाहिँने जति पन्साएर नचाहिँने साट्छ ।
    ◾️त्रिलाेचन भण्डारी
    मेचचीनगर, झापा
    [६]
    आफू बसेको हाँगालाई आफैँले काट्ने गरेर
    हालत के होला ? बुनेको जालमा आफैँ परेर ।
    ◾️मीरा काफले
    में.न. पा. ९
    [७]
    सधैँ आर्कालाई खाडल खन्नेहरू आफैँ पर्छ,
    जति धेरै माथि उड्छ उतिछिटो खसेर मर्छ।
    ◾️सुरेशकुमार पान्डे।
    दाङ घोराही १८
    [८]
    खुट्टा तान्नेलाई तान्न देऊ,जाल बुन्नेलाई बुन्नदेऊ
    तान्ने र बुन्नेहरू थाकुन, तिमी अझ धेरै जागिदेऊ ।
    ◾️काली गोर्खाली
    [९]
    थाम्नै नसके पछि  ढल्नु नै पर्यो
    ढले पछि हाँगा भाच्यो पात झर्यो।
    ◾️साँग्रीस मानन्धर मोती
    क्याक्मी हटिया स्याङ्जा
    हाल ति .न. पा रुपन्देही
    [१०]
    जरा भन्दै बस्नेहरू एकैठाउँकाे वास
    हाँगा हेर्दै जानेहरू टाढा पुग्ने आस ।
    ◾️इन्द्र कुमार श्रेष्ठ
    कमलाकुञ्ज, ओखलढुङ्गा।
    [११]
    कसैको त पेसा यही अर्काको खेदो खन्ने
    उग्र रुपिपना देखाई म छु  जान्ने भन्ने ।
    ◾️शारदा बि सी
    अर्घाखाँची शितगङ्गा ५
    [१२]
    जालीकै छ सन्सार सारा मैले कसाे गर्ने
    साेझाे सिधा जहिल्यै पनि भड्खालाेमा पर्ने ।
    ◾️निरज कोइराला
    बेलका १ उदयपुर
    [१३]
    जरा काट्नेहरू बनेका छन् माली
    जालीलाई सबै बजाउँछन्  ताली।
    ◾️बिके मुखिया
    दार्जीलिङ भारत।
    [१४]
    जरै देखि उगाल्न तम्सिएका गभारो लाग्न थाले चहार्न
    प्रभावकारी ओखती चाहिने भयो सखापपारी बढार्न ।
    ◾️प्रेम थापा “मन”
    बागलुङ
    [१५]
    आरिस गर्ने नामर्द आफैँ जलेर मर्छन्,
    अर्काको खाेइरो खन्दै आफ्नै नोक्सान हर्छन् !
    ◾️बिबस पारदर्शी
    भद्रपुर   झापा ।
    [१६]
    हाँगा होइन  यता त  जरै  काट्ने चलन बस्यो
    यस्तै रितले गोर्खा जातिको सम्मान हेर खस्यो।
    ◾️दीपक ठटाल जलन
    खरसाङ
    [१७]
    हाँगा काट्नु तिमीले बरु काट्नु हुन्न जरा
    बुद्धि विवेक प्रयोग गरि बनाऊ हराभरा ।
    ◾️रत्ना पुन मगर
    रुकुम पश्चिम्
    [१८]
    हाँगामा बसेर त्यही काट्दा आफै झरिन्छ, बुझ्ने कहिले
    जितियो भनेर त्यसरी किन मख्ख पर्नु होला अहिले ।
    ◾️राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास
    [१९]
    अाफ्नो ज्ञान गुमिसक्यो, अर्ति दिन्छौ अरू,
    ध्यान गर ,गुफा पस ,भलो होला बरु ।
    ◾️होम प्रसाद नेउपाने
    धरान,सुनसरी
    [२०]
    आफू गर्न नसक्नेहरू अरूको पछि पर्छ ,
    अर्काको देखेर आरिसले जलेर उ मर्छ ।
    ◾️बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा
    [२१]
    जरा काट्न  खोजेको त हो नि हुँदो रहेछ बलियो
    म मात्रै होला भन्थे जालो बुन्ने देँखे अरू खलियो।
    ◾️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    हाल मलेशिया
    [२२]
    खुट्टा तान्नेहरू तान्दै गर,
    आफ्नै मात्र सधैँ पेट भर।
    ◾️सुशीला पाैडेल
    [२३]
    चाहे हाँगा काट्न खाेज चाहे काटिदेऊ जरा
    देखेर  अटल  सतिसाल  पक्क  पर्याे  बरा ।
    ◾️मित्र `उराठी´ गाैतम
    अमरपुर गुल्मी हाल ति न पा-२ ,रुपन्देही
    [२४]
    नेपालीको भेडे बानी हिँड्छन् आली आली,
    नेताको भाषण सुनी व्यर्थै बजे ताली ।
    ◾️भगवती दवाडी
    झापा
    [२५]
    माथि मुहान  छ फाेहाेर ,
    तल जति साेरछस् साेर ।
    ◾️प्रद्युम्न चालिसे
    तनहुँ देवघाट ।
    [२६]
    घर भित्रका आमा बालाई लिएर कता फाल्यौ
    भगवान सम्झि तिमिले ढुङ्गालाई पुज्न थाल्यौ ।
    ◾️पुष्कर बाबु
    महाबु ३, दैलेख
    [२७]
    मूल सफा नगरेर धारा सफा खोज्यौ , 
    कुरा गरि ठिक्क पार्ने कस्तो बाटो रोज्यौ ।
    ◾️कर्ण दयाल ‘सोराडी’
    मेलौली नगरपालिका ७ ,बैतडी
    [२८]
    जसको जति शक्ति छ, व्यवहार त्यस्तै देखाउँछ
    आफ्नो शक्ति नहुनेले पनि उल्टाे नाम लेखाउँछ।
    ◾️रामप्रसाद बेल्बासे’एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल-बुद्धभूमि-३,कपिलवस्तु ।
    [२९]
    जराले नै धान्न सक्छ बिरासत भने ,
    हाँगाबिँगा छिमलेर विजेता झैँ बने ।
    ◾️रामकृष्ण दुवाडी
    पाेखरा
    [३०]
    सँगै हुँदा बोल्न पनि डराउछन्  कति,
    पिठ्यु पछि कुरा काट्छन् बिग्रे पछि मति।
    ◾️घनु भाट क्षेत्री
    शितगंगा १३, सिमलपानी अर्घाखाँची ।
    [३१]
    जरा फाल्न सकिदैन फेरि पलाएर अाउछ,
    माकुराले पनि आफ्नाे जालाे आफैँ बुन्न धाउछ।
    ◾️शाेभा आचार्य गाैतम
    काठमाडाैँ
    [३२]
    सबै हाँगा मैले भाँचेकाे सृष्टि संसार मेरै,जाल बुन्छु ,
    जस्तो लाग्छ मलाई खैरात छैन तेरै,अझै के के थुन्छु।
    ◾️रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    [३३]
    हाँगा र जरा झैँ लुछाचुँडी गरे, सिङ्गो देश खण्डन गर्नलाई
    सामन्तवादीले सात टुक्रा पारे देश, आ-आफ्नै पेट भर्नलाई।
    ◾️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [३४]
    जालीको केही उपाय छैन टाढा भाग्नै पर्यो,
    धूर्त मान्छेको चाल हेर  सजिलो तिर सर्यो।
    ◾️अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।
    [३५]
    भलो  सोचौँ भलो गरौँ त्यागौँ कुविचार
    जरा मात्रै खन्न  बसे लागिन्न है पार ।
    ◾️विनोद जोशी
    दशरथ चन्द नगरपालीका ०९ , बैतडी
    [३६]
    खुट्टा तान्नु पनि  सकेको हेर हाम्रै जातिले कति,
    गँगटा प्रवृत्ति छैनन् होला अरूमा हामीमा जति ।
    ◾️राजेन्द्र प्रधान ‘पासा ‘
    दार्जीलिङ ।
    [३७]
    घमण्ड के गर्छौ मरेर जाँदा नाङ्गो शरीर खाली हुन्छ
    दुःखी भनेर किन हाँस्छौ हेपेको देखी भित्री मन रुन्छ।
    ◾️अम्विका अधिकारी
    झापा विर्तामोड
    [३८]
    गन्तव्य थियो एकातिर पाइला अन्तै सार्यौ,
    उचाइ चढ्ने कुरा गर्थ्यौ तर भुइँमा झार्यौ।
    ◾️प्रदीप के रिमाल
    इटहरी, सुनसरी।
    [३९]
    जरा हुन पितापुर्खा हाङ्गा हौँ हामी
    आशीर्वाद तिनको लिई बनौँ दामी ।
    ◾️उत्तम बराल
    महोत्तरी गौ.न.पा -०४
    [४०]
    छेउछाउ बसेर  तानातान नगर,
    उर्लिएर आउँछ एकदिन सगर ।
    ◾️जमुना आचार्य
    सिन्धुपाल्चोक
    [४१]
    फूल र फल पाएपछि तिमी मख्ख हुने
    माटोसरिको जरा देखेर चाहिँ नछुने।
    ◾️रतन पाण्डे ‘पारतन’
    दार्जीलिङ।
    [४२]
    जरा काट्न नसक्नेले मात्र हाँगा काट्छन्
    स्वार्थ लिन जनताका तलुवा नि चाट्छन् ।
    ◾️बाबुराम गौतम
    गुल्मी
    [४३]
    अहो कति तम्सिएका छन् भनि जरा काट्न
    उभो लाउन नसक्नेले के सक्छन् र आँट्न ।
    ◾️रतन बिष्ट
    आलिताल डडेल्धुरा
    [४४]
    जरा काट्ने काट्दै गर्छन् डराउनु हुन्न
    सही सत्य काम गरे केहीले नी छुन्न।
    ◾️सरस्वती श्रेष्ठ
    इटहरी
    [४५]
    जाल बुन्ने माकुरीको नपरौँ है छेउ
    बन्धनमा पर्नु अघि बुझ्नुपर्छ भेउ ।
    ◾️मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४६]
    नबुझिकन जरा तान्नेहरू तान्नु,
    लहरा तान्दा पहरा थर्किन्छ जान्नु ।
    ◾️पेम्बादोर्जे भोम्जन
    बकैया गाउँपालिका -११, मकवानपुर,
    हाल श्री जनजागृति माध्यमिक विद्यालय
    बकैया -०८, मकवानपुर।
    [४७]
    हिम्मत हुनेले पो जरा काट्न लाग्छ ,
    कायर त सधैँभरि टाढा नै भाग्छ ।                   
    ◾️भेष कुमारी लामिछाने
    देवदह  ०५ , खैरेनी  रुपन्देही  ।
    [४८]
    जालझेल गर्दे हतारमा सबै जरा कटिदैन
    सत्कर्म जसले गर्छ त्यो कहिल्यै पनि मासिदैन ।
    ◾️सुमित्रा पोखरेल
    काठमाडौं
    [४९]
    अाफ्नै देशका भूभागलाई टुक्रापारी काटे,
    नियम  कानुन् सबै मिची  डलरसँग साटे।
    ◾️मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा
    [५०]
    जरा हाँगा जहाँ काटे नि पीडा मलाई भयो,
    घात  गरेर जालमा  पार्यो  मनै  मरी  गयो ।
    ◾️नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ ।
    [५१]
    जरा काट हाँगा काट सिङ्गो बोट काट पासा
    अन्यायी र अत्याचारी अाजकल हुन्छन् खासा ।
    ◾️बिके माकजु
    भक्तपुर ।
    [५२]
    जालीलाई दिन्छन् यहाँ ताली
    सिधा सादालाई  जैले  गाली।
    ◾️प्रेम सुनार
    दैलेख
    [५३]
    किन होला यहाँ देख्नै नहुने कमजोरी ?
    सके मार्ने नसके भाग्न गर्छन् मन चोरी।
    ◾️भुपेन्द्र राना मगर
    धादिङ
    [५४]
    आर्काको जरो काट्ने आफै मेटिन्छन्
    काट्ने  र  उखल्ने   सदैव   भेटिन्छन् ।
    ◾️सोमनाथ लुइटेल “रवि पाल्पाली”
    [५५]
    बल्ल जुरेको ठुलो बन्न,
    जरै काट्छु मिलेन भन्न।
    ◾️अच्युत घिमिरे
    भुटान बाट 🇧🇹
    [५६]
    लुटि खाने मानवहरू सबै भएका छन् माली,
    काम भन्दा कुरा ठुला गर्नेलाई हजारौँ ताली ।
    ◾️सहयात्री शोभा अर्याल
    रुपन्देही १४ बुटवल
    [५७]
    अरूकाे खुट्टा तानेर पेट भर्नेकाे भलाे हुन्न ,
    घटिया मान्छेकाे केही कुराले पनि मन छुन्न ।
    ◾️केसर बाेहरा (सङ्घर्ष )
    सुदुरपश्चिम अछाम,
    हाल भारतबाट ।
    [५८]
    हाँगाबिँगा काट्दै गयौ सकेनौ काट्न जरा
    पूरै काट नत्र फेरि छोडेमा अधमरा ।
    ◾️रचना शर्मा प्रतीक्षा
    इमाडोल, महालक्ष्मी न पा, ललितपुर ।
    [५९]
    हराभरा देशकै जरा यिनले काट्न लागे
    सावधान जोगाउ ज्यान अब त युवा जागे ।
    ◾️ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा
    हाल- बुटवल फूलवारी २ रुपन्देही
    [६०]
    सजिलो हुन्छ हाँगो काट्न, काट्नभन्दा त जरा,
    परिन्छ कि आफ्नै जालमा, डर भो  कठैबरा ।
    ◾️वसन्त अनुभव
    घोराही, दाङ
    [६१]
    गरेर खाएको देखेर जाल बुन्नु नथाल्नु
    माकुरीले जस्तैगरि आफूमा मृत्यु नपाल्नु।
    ◾️बि.कुलुङ
    दार्जिलिङ
    [६२]
    जस्तालाई तस्तै भन्न नसक्नु कमजोरी कसको,
    पछुताउनु पर्छ अवश्य, बुद्धि बिग्रन्छ जसको ।
    ◾️रबि श्रेष्ठ
    सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही !
    [६३]
    टेढा मात्र बाँकी राखि सिधा रुख ति काटिए
    राजनीति खेलमा पनि सबै नेता माटिए ।
    ◾️नारायण काेईराला
    तानसेन, पाल्पा
    [६४]
    नेता जति बाठा भै यहाँ चुनाव जितेर सुविधा ताक्ने
    देशभरि मान्छेले काम नपाई बेरोजगारीले ढाक्ने ।
    ◾️पवन कुमार बुढाथेाकी
    काठमाडौं
    [६५]
    आफू जस्तो अरुलाई नि देखेर हाे कि उस्तै
    आफ्नाे घरमा तालामारी अर्कोतिर दुरुस्तै ।
    ◾️शर्मिला खतिवडा
    विर्तामोड ,झापा
    [६६]
    जरा मात्र हैन अब रुखै ढाल्नु पर्छ
    नत्र भने बिथितिकाे सारा राेग सर्छ ।
    ◾️कृष्ण अधिकारी
    विर्तामोड ,झापा
    [६७]
    कसको तागत काट्नलाई,आमाको दुधले सिँचेको जरा
    हाँगा मात्र होइन अब उनि, पुग्छन् अध्यारो कुना कन्दरा ।
    ◾️यामनाथ आचार्य
    पर्वत
    [६८]
    भत्किएको घर छ मेरो त्यहीँ माथि भिर
    चलाउनु जान्दैन उसैको हातमा तीर ।
    ◾️जि कुमार गौतम
    भद्रपुर -१
    [६९]
    अबुझ रहेछन् कठैबरा हाँगा तिर पो लागे
    आउछन् कि नजिक भनेको त झनै टाढा भागे ।
    ◾️योगप्रसाद उपाध्याय चापागाईं
    गोठाटार, काठमाण्डौं ।

    जय टुक्का ! जय साहित्य !!
    ”””””””””””””””””””””””””’

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का कविता लेखनको ५५ औँ शृङ्खला सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- १० सम्पन्न

  • २ कार्तिक २०७९, बुधबार १०:०६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग १०[दसौँ]
    ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
    मिति:- २०७९/०६/३१ साँझ ०८ बजे सम्म ।
    ………………………………………….

      प्रवर्तक तथा परिकल्पनाकार
      ================
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    प्रशिक्षक:-
    ———–
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनस्याम पौडेल
                  
    भाषा शुद्धीकरण:-
    ————
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी
    सुशीला पौडेल

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल & दुर्गा आचार्य

                       संयोजक:-
                       =====
       सोमनाथ लुइटेल “रवि पाल्पाली”
                           तथा
       पञ्चाङ्ग साहित्य समाज नेपाल ।
    ======================

    अभ्यास संरचना
    ————
    यमपञ्चक तथा दिपावलीको उपलक्ष्यमा ०१ [०१] लेख्न हुन  हार्दिक अनुरोध गर्दछौँ। दिपावलीको पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।

    पञ्चाङ्गको संरचना :- अक्षर आफ्नो इच्छा
    अनुप्रास :- आफ्नो इच्चा
    स्थायी :- आफ्नो इच्छा
    ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-
    उठान गर्दा  विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ ।

    बिजुली बन्यो पहिले खालि तारमा छौँ अझै [०१]
    भ्रष्टाचारको जालो  भ्रष्टको मारमा छौँ अझै [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नु पर्छ

    राम्रो  थियो  त्यति  बेला आज प्रवर्द्धन छैन [०३]
    ———————————

    १,२,३का लाइनलाई जोड दिँदै परिणाम दिनुपर्छ ।

    महङ्गी   र कालो  बजारको भारमा छौँ अझै [०४]
    अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै [०५]

    उदाहरण पञ्चाङ्ग  [१]

    बिजुली बन्यो पहिले खाली तारमा छौँ अझै [०१]
    भ्रष्टाचारको जालो  भ्रष्टको मारमा छौँ अझै [०२]
    राम्रो  थियो  त्यति  बेला आज प्रवर्द्धन छैन [०३]
    महङ्गी   र कालो  बजारको भारमा छौँ अझै [०४]
    अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै [०५]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    उदाहरण  [०२]

    दिपावली   पर्वले  उमङ्ग दिई  आयो सबैमा [०१]
    पीडा भुली रसरङ्ग  डुल्दै लिई आयो सबैमा [०२]
    झिलीमिली चारैतिर अँध्यारो  हटाएर आयो [०३]
    सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा [०४]
    मन  हृदय कुनामा  पसी जिई आयो सबैमा [०५]

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    =========================

    पञ्चाङ्ग   ०१

    शरद   ऋतुले  आज   उमङ्ग  लिएर आयो।
    चारैतिर  खुसीयाली   लहर   दिएर  आयो।
    दिपावली  तिहार   चाडपर्व  संस्कृति हाम्रो ,
    चेली र माइतीको   फूलमाला सिएर आयो।
    शुष्कशुष्क सितल चिसो हावा पिएर आयो।

    💢होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग   ०२
    [०१]
    घर चिटिक्क सजाई बसेको ।
    लक्ष्मी भजन भजाई बसेको ।
    धन्तेरसको   नगन्य  उपमा ,
    खैँजडी शंख बजाई बसेको ।
    सिँगारिएर  लजाई  बसेको ।
    [०२]
    दिपावली  पर्वले  उमङ्ग    दिई आयो सबैमा ।
    पीडा भुली रसरङ्ग डुल्दै   लिई आयो सबैमा ।
    झिलीमिली चारैतिर  अँध्यारो हटाएर आयो ,
    सम्बन्ध बाँधी अमृत घडा पिई आयो सबैमा ।
    मन  हृदय कुनामा  पसी जिई आयो सबैमा ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   ०३
    [०१]
    सबैको  घर आँगन  उज्यालो  हुनु  पर्छ ।
    शुभ  दिपावलीले  सबैलाई   छुनु   पर्छ ।
    कसैको निधार खाली नरहोस् यसपालि ,
    कात्तिके  कालो  ग्रह  दान गरी धुनु पर्छ ।
    नखेल्नु  जुवा  तास  हारेपछि   रुनु पर्छ ।
    [०२]
    बिजुली बन्यो पहिले खालि तारमा छौँ अझै ।
    भ्रष्टाचारको जालो  भ्रष्टको मारमा छौँ अझै ।
    राम्रो  थियो  त्यति  बेला आज प्रवर्द्धन छैन ,
    महङ्गी   र कालो  बजारको भारमा छौँ अझै ।
    अँध्यारो बन्यो दिन त्यसैको सारमा छौँ अझै ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया ।

    पञ्चाङ्ग   ०४

    पहिले आए मानेर बसेका छन् ।
    सुन्दर कुर्सी छानेर बसेका छन् ।
    पुस्तौँ सम्मलाई पुगेपछि के छ ?
    अनि त ढुङ्गा हानेर बसेका छन् ।
    आफ्नैले खुट्टा तानेर बसेका छन् ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०५

    लौरोको  साहाराले  जीवनभर  नाच्नु  परेको छ।
    जसोतसो  गरेर पनि  जिन्दगी  साँच्नु  परेको छ।
    बुढा   भएपछि   काम गर्न   नसक्ने   भएर गैयो,
    प्रतेक   दिननै   वचन   खाएर   बाँच्नु   परेको छ।
    कहिले आउँछ काल भन्दै औंला भाँच्नु परेको छ।

    💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा ।

    पञ्चाङ्ग   ०६

    तिहारको छुट्टी   पारी आउनु भाइ तिमी ।
    दिदीको आँगनीमा नै छाउनु भाइ तिमी ।
    भैली देउँसीमा  नाँचौला घरघरमा गएर ,
    आफ्नै दिदीको घरमा धाउनु भाइ तिमी ।
    दिदीकै हातको टीका लाउनु भाइ तिमी ।

    💢पार्वती अर्याल, भरतपुर चितवन ।

    पञ्चाङ्ग   ०७

    सवैकाे नै घरघरमा दिपावली आएकाे राम्रो !
    हर्ष उमंगले चारैतिर उज्यालो छाएकाे राम्रो ।
    दियाे बाली सयपत्री र मखमलीकाे माला सँगै ,
    घरका कुना कुनामा धनकी लक्ष्मी धाएकाे राम्रो ।
    सजिएर चेली माइती भाइटिका लाएकाे राम्रो ।

    💢उर्मिला के.शी. , धनकुटा  ।

    पञ्चाङ्ग   ०८
    ०१]
    मलाई पनि कसैले आस गरेकै हुन्छ ।
    समयसँगै  सपना  पनि  मरेकै  हुन्छ ।
    यस्तै हुन्छ कहिलेकाही बाध्यताले गर्दा,
    पहरामा पनि वृक्ष आफै सरेकै हुन्छ।
    चन्द्रमामा पनि कालो छाँया परेकै हुन्छ।
    ०२]
    आरोप नै यस्तै  छ केहि  गरेजस्तो।
    अभिनय  गर्दिन्छ  ज्युदैँ  मरेजस्तो ।
    यस्तोलाई   मैले  नै  दया  गर्नुपर्ने,
    बेलाबेला जिस्किन्छ मन परेजस्तो ।
    मुख हेर्दा  विचरा आँसु  झरेजस्तो ।

    💢दस्ता कौशिक, पाँचथर ।

    पञ्चाङ्ग   ०९

    दिपावली पर्व हाम्रो आयो वरिपरि ।
    सबैको मनमा खुसी छायो वरिपरि ।
    बालबालिका जम्मा हुन थाले चोकमा,
    आज काग आई गीत गायो वरिपरि ।
    देउँसी भैलीमा नाचौँ लायो वरिपरि ।

    💢 तेजप्रसाद खनाल
               लमही दाङ।

    पञ्चाङ्ग   १०
    [०१]
    खुशीको बहार गिज्याएर आयो दसैँ तिहार ।
    लुकेको दु:खले  फिजाएर आयो दसैँ तिहार।
    नभन्नु कसैलाई मन दुखेको चाड पर्वमा ,
    चिरिएको मुटु बिजाएर आयो दसैँ तिहार ।
    परदेशी मन रिझाएर आयो दसैँ तिहार ।
    ०२]
    खुशीयाली तिहारमा रमाउदै आयो है हजुर ।
    सप्तरङ्गी टीका निधार टलक्क लायो है हजुर ।
    दाजु र भाई दिदीबहिनी मिलेर गाउदै नाच्दै,
    खुसीको मौका गाउघर तिर नि  छायो है हजुर।
    सेलरोटी पकाइ अचार सब्जी खायो है हजुर ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।

    पञ्चाङ्ग   ११

    यसपालि तिहारमा भाइ टीका लाउन आउँछु भन्थ्यो ।
    आँगनिमा भैलो देउसीमा गित गाउन आउँछु भन्थ्यो ।
    सपना बनायो भाइ तिमीले घरै अँध्यारो बनाएर ,
    साहिँली माहिलीको घरमा साच्चै धाउन आउँछु भन्थ्यो ।
    दिदिबहिनीले दिएको कोसेली लाउन आउछु भन्थ्यो ।

    💢जानुका गौतम, काठमाडौं ।

    पञ्चाङ्ग   १२

    तिहार आयो घर घरमा भैलो गाउनु कसरी ।
    आफु त   मुगलानमा   घर   आउनु कसरी ।
    बहिनीले  माला   गास्दै  टीका  तयार गर्दा ,
    बिदेशमै  मन  रोयो  अति    लाउनु कसरी ।
    नत बिदा मिल्छ   त्यो पैसा  पाउनु कसरी ।

    💢शन्जना सर्मा, दाङ लमही ।

    पञ्चाङ्ग   १३

    नेपालीका मन मुटुभित्र छाई दिनू।
    समस्यामा समाधान बनी आई दिनू।
    सताब्दी पुरुष हे! सत्यमोहन जोशी,
    तिमी गए पनि माया उस्तै लाई दिनू।
    नेपाल र नेपालीको गाथा गाई दिनू।

    💢घनश्याम पौडेल, पोखरा ।

    पञ्चाङ्ग   १४

    यसपालि तिहारमा भाइ टीका लाउन आउँछु भन्थ्यो ।
    आँगनिमा भैलो देउसीमा गित गाउन आउँछु भन्थ्यो ।
    सपना बनायो भाइ तिमीले घरै अँध्यारो बनाएर ,
    साहिँली माहिलीको घरमा साच्चै धाउन आउँछु भन्थ्यो ।
    दिदीबहिनी अपूर्व  कोसेली पाउन आउछु भन्थ्यो ।

    💢संगिता शर्मा, सिन्धुली ।

    पञ्चाङ्ग   १५

    गर्दै छु आफैँलाई धिक्कार यसपालि ।
    बन्ने भएँ नदीको किनार यसपालि ।
    विदेशीलाई सबै कुरा सम्झना मात्रै ,
    छैन नि त दुःखीको तिहार यसपालि ।
    खाली रहने भयो निधार यसपालि  ।

    💢श्रीकृष्ण शर्मा, पोखरा ।

    पञ्चाङ्ग   १६

    मनमा भएको अध्यारो भगाउन आयो तिहार।
    दिदीभाइको प्रेम गाडा  वनाउन आयो तिहार।
    हर्ष र उल्लासको झिलिमिली  मन नै दंग हुने,
    गलाभरी नै  मखमली  लगाउन  आयो तिहार।
    दुःखसुख त्यसैमा मिल्दै रमाउन आयो तिहार।

    💢कला ढकाल , झापा  ।

    पञ्चाङ्ग   १७

    तिमीहरुले लक्क्ष हासिल गर्दा म हाँस्दैछु यहाँ ।
    मनमा सपनाका कयौं मालाहरु गाँस्दैछु यहाँ ।
    उच्च नाम राख्नु शिर झुक्नु कहीँ नपरोस् तिमीले,
    बाटामा पर्ने अबरोध हरुलाई माँस्दैछु यहाँ ।
    अतुलनीय सम्झनाका बिम्बहरु साँच्दैछु यहाँ ।

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग  १८

    तिहार आयो भन्छन  पाकेको छैन सेल नै ।
    दाजुभाइ आउनेकुनै  आएको छैन मेल नै ।
    खुसीभए  चाडबाड    रमाईलो  पनि  हुने ,
    पहिले जस्तो  हुदैन  देउसी भैलो खेल  नै ।
    किनहोला चारैतिर   देख्छु है जाल झेल नै।

    💢सीता शर्मा/बिरंगज ।

    पञ्चाङ्ग   १९

    हाम्रो देश डुवान मा परेकै छ अझै ।
    गरिबीको रेखा मुनी झरेकै छ अझै।
    नेताहरू त भोटका लागी कराएका,
    युवा खाडिमै पसिना छरेकै छ अझै।
    मुक्त  भएन भिरमा सरेकै  छ  अझै।

    सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।

    पञ्चाङ्ग   २०

    सयपत्री ढकमक्क फुलेको छ।
    बारीभरी मखमली झुलेको छ।
    चेली-माइतिको पर्व हो तिहार ,
    उमङ्गले अनुहार खुलेको छ ।
    दुःख पिर सबले नै भुलेको छ।

        💢अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   २१

    बर्षदिनमा फेरि लौ आयो तिहार।
    दिदीबैनीको मनमा छायो तिहार।
    मखमली सयपत्री फलेर राम्रो,
    सप्तरङ्गी टिका भाई पायो तिहार।
    ओखर फोडी शत्रु भगायो तिहार।

    💢सुमित्रा पोखरेल काठमाडौं ।

    पञ्चङ्ग   २२

    तिहारमा भाइलाई भनी उनेको माला वैलेर जानेभो।
    भाइलाई भनी मैले भाइ मसला ल्याए कैलेर जानेभो।
    योपालि तिहारमा मैले भाइलाई टीका लाउन पाइन,
    भाइलाई भनी लुगा ल्याएँ दिन भएन मैलेर जानेभो।
    सप्तरंगी टीका ल्याएँ लाइदिन भएन खैरेर जानेभो।

    💢बेदु न्यौपाने काठमाडौ ✍️

    पञ्चाङ्ग   २३
    [०१]
    पाेहाेर जस्तै  दिपावाली नि आयो आमा।
    सबैकाे घरमा खुशीयाली छायाे आमा।
    चेलीबेटी  पनि  जम्मा  हुन थाली सके,
    आगनी काग आएर  गीत गायाे आमा।
    भैलीनी सँगै नाचाैँ नाचाैँ झै लायाे आमा।।
    [०२]
    याे तिहारमा घरमा आउनु भाइ।
    फूलमालाले गला नै छाउनु भाइ ।
    खुशीयालीमा  सबै  सँग रमाएर,
    मरै घर तिमी आफै धाउनु भाइ ।
    रमाइलो गरि टीका लाउनु भाइ।।

    💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल ।

    पञ्चाङ्ग   २४

    दु:खलाई पानीको फोको,बनाउने लक्ष्य लिनु।
    सुखलाई मायाको पोको, बनाउने लक्ष्य लिनु।
    यो जीवन  सफल, बनाउनु छ  आफ्नै कर्मले,
    दूध दुँदा  अडिने  डोको, बनाउने  लक्ष्य लिनु।
    सत्कर्म  जीवनको धोको, बनाउने लक्ष्य लिनु।
                            
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- १० सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P