• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

  • २७ माघ २०८२, सोमबार १४:२१ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङमा आज एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाइ (फेरि भेटौला) कार्यक्रम गरियो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तुबाट यस चिकित्सालयमा सरुवा भई आउनुभएका कविराज निरीक्षक वसन्त रावतलाई स्वागत तथा लामो समय यस चिकित्सालयको पञ्चकर्म विभागमा काम गरी हाल कोशी प्रदेश, भोजपुरमा नयाँ नियुक्ति भई जानलाग्नुभएका कविराज राजन चौधरीको विदाइ, अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगी र चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले संयुक्त रूपमा टीका, माला तथा दोसल्ला ओढाएर गर्नुभएको थियोे । साथै उक्त अवसरमा राजन चौधरीलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियोे ।

    अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तव स्वागत तथा विदाइ मन्तव्य दिनुभएको थियोे । विदाइ हुँदै गर्नुभएका राजन चौधरीले पनि चिकित्सालयमा काम गर्दै गर्दा आफूले अनुभूत गरेको राख्नुभएको थियोे ।

    कार्यक्रमको सञ्चालन चिकित्सालयका वरिष्ठ अधिकृत एवम् सूचना अधिकारी बसन्त बहादुर के.सी.ले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजTagged वसन्त अनुभव

    साउदीमा कार्यरत जित गैरे क्यान्सरद्वारा पिडित, उपचारका लागि सहयोगको अपिल

  • २५ माघ २०८२, शनिबार २३:५४ मा प्रकाशित
  • साउदी अरब— साउदी अरबस्थित पिज्जा सप नामक कम्पनीमा कार्यरत रहँदै आएका पाल्पा जिल्लाका जित बहादुर नेपाली (गैरे) गम्भीर प्रकृतिको क्यान्सर रोगद्वारा पिडित भएपछि उपचारका लागि सहयोगको अपिल गरेका छन् । जीवन–मृत्युको संघर्ष गरिरहेका ४३ बर्षिय गैरे आर्थिक अभावकै बीच उपचाररत छन्।

    पाल्पा जिल्लाको साविक दर्छा गाउँ विकास समिति–१, हाल रामपुर नगरपालिका–३ स्थायी ठेगाना भएका गैरेले साउदी अरबमा श्रम गरी परिवारको भविष्य सुरक्षित गर्ने प्रयास गर्दै आएका थिए। तर स्वास्थ्यमा समस्या देखिएपछि प्रारम्भिक उपचार साउदीमै गरेपनि रोग जटिल बन्दै गएपछि थप उपचार सम्भव हुने नदेखिएकोले उनलाई नेपाल ल्याइएर उपचार गरिरहेको परिवारले जनाएको छ।

    नेपालकै उत्कृष्ट चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निरन्तर उपचार गराईरहेका गैरेको उपचार प्रक्रिया लामो र अत्यन्तै खर्चिलो रहेको उपचार गर्ने चिकित्सकहरुले बताएका छन् । गैरेको आर्थिक अवस्था कमजोरका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेकोले स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु उपचारकोलागि सहयोग गर्न परिवारले अपिल गरेको छ।

    श्रम गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याएका श्रमिकको जीवन बचाउन सबैमा मानवीय सहयोग आवश्यक रहेको भन्दै “सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ,” परिवारजनले बताएका छन्।

    जित गैरेको उपचारका लागि आर्थिक सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले साउदी अरबमा रहनु भएका नम्न समाजसेवी सँग सम्पर्क गरि सहयोग गर्न सक्नेछन्।

    आर्थिक संकलन संयोजक:
    श्री बीरेन्द्र कुमार चौधरी : 054-054-7829
    श्री पदम महत : 055-700-3824

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    रहेनन् राते काइँला

  • २५ माघ २०८२, शनिबार ११:०८ मा प्रकाशित
  • नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’ को आज बिहान हृदयाघातका कारण ६८ वर्षको उमेरमा निधन भएको छ ।

    शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियोे । अस्पताल श्रोतका अनुसार बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनको ईसिजी गरेपश्चात अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियोे ।

    नेपाली चलचित्र ‘चिनो’मा खलनायकको भूमिकामा खेलेदेखि उनी ‘राते काइँला’को नामले परिचित थिए । नेपाली, भोजपुरी, बलिउड फिल्महरूमा आफ्नो छुट्टै पहिचान बनाएका थापाको निधनले समस्त शुभचिन्तक एवम् सिने जगत गहिरो शोकमा डुबेको छ ।
    दिवंगत सुनिल थापाको आत्माले छिट्टै चिरशान्ति प्राप्त गरोस् हार्दिक श्रद्धाञ्जली !

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged वसन्त अनुभव

    ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम सम्पन्न

  • २९ पुष २०८२, मंगलवार १५:१५ मा प्रकाशित

  • काठमाडौँ, पौष २६ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चका आजीवन सदस्य
    लघुकथाकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजे (भारतीय समयानुसार बेलुका ५:४५ देखि राति ८:४५ बजे) सम्म चलेको थियोे ।

    ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रह, तुमिन, सेले, पूर्व सिक्किम, गान्तोक,भारत निवासी लघुकथाकार हेमराज अधिकारीको पहिलो लघुकथा कृति हो । जसमा कुल ८० वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् । अधिकारी सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य एवम् प्रशासक र नमस्ते आधुनिक लघुकथा मञ्चको आजीवन सदस्य हुनुहुन्छ ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.कपिल लामिछानेले आफ्नो मन्तव्यमा ‘नेपाली जाति, नेपाली साहित्य, नेपाली भाषा नेपालमा मात्र छैन । नेपालको राजनैतिक भूगोललाई उछिनेर नेपाल बाहिर पनि एउटा ठूलो नेपाली संसार छ । यो कुरा आजको परिचर्चाले पुष्टि गरेको छ’ भन्नुभयो । साथै उहाँले मञ्चको कामको प्रशंसा गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले पनि नेपालभित्रका नेपाली लघुकथाकार र लघुकथाको मात्र कुरा गर्दैन, नेपालबाहिरका लघुकथाकार एवम् लघुकथाहरूको कुरा गर्न, सम्मान गर्न तम्तयार छ भन्ने कुराको पनि आजको कार्यक्रमले पुष्टि गरेको उल्लेख गर्नुभयो ।
    ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रहको बारेमा आफ्नो धारणा राख्दै उहाँले कृतिमा ‘विस्मरण’को कुरा उठाइनु, लघुकथामा हास्य रसको प्रयोग त्यति नभइरहेको अवस्थामा हास्य रसको प्रयोग गरिनु जस्ता कुराहरू उल्लेखनीय रहेकोे भन्दै कृतिकारलाई अझ दृढ भएर लाग्न प्रेरित गर्नुभयो ।
    कृति सुन्दर, पठनीय भएको उल्लेख गर्दै उहाँले कतिपय लघुकथाहरूमा अन्त्य बिस्तार भएको, एउटै लघुकथामा धेरै कालखण्ड आएको, कथाको सार जस्तो देखिएको(जस्तै- चिन्ता र चिता), निबन्धको प्रभाव देखिएको हुँदा सर्जक सचेत रहनुपर्ने बताउनुभयो । साथै उहाँले ‘सामान्यतया यस्ता समीक्षा कार्यक्रममा कृतिका धेरै कमजोर पक्षलाई बताएर सर्जकलाई हतोत्साहित गर्ने गरिँदैन । तसर्थ समीक्षकका कुरा सुनेर सर्जक धेरै हौसिन पनि नहुने’ बताउनुभयो ।

    कार्यक्रममा ‘च्यातिएको जुत्ता’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको विश्लेषण गर्दै परिचर्चाकार डा.हरिप्रसाद भण्डारीले लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो । साथै ती विविध विषयहरूभित्र पनि धेरै विविधता रहेकोे बताउनुभयो ।
    ‘साहित्यकार गरिब भए पनि उनीहरू विचारक हुन्छन्, महान हुन्छन् जस्ता सकारात्मक भावहरू, साहित्यमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर ‘च्यातिएको जुत्ता, पर्फ्युम ब्रान्ड, टिकटकको नृत्य, हुरीको डढेलो, कङ्ग्राचुलेसन सर आदि शीर्षकका लघुकथाहरूले गरेका छन् ।
    समकालीन राजनीतिमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर कफनको खरानी, चिसो चुल्हो, खुद्रा मोल आदि शीर्षकका लघुकथाहरूले गरेका छन् ।
    नेपाली संस्कृति र सांस्कृतिक पर्वहरूमा आएको विचलन, विकृतिहरूको उजागर टोपीको गर्व, सम्बन्धको पुनर्जन्म, कुन लुतो फाल्ने जस्ता लघुकथाहरूले गरेका छन् ।
    प्रविधिको विकास र व्यस्त आधुनिक समाजका कारण वृद्धवृद्धामा पर्नगएको असर, विकसित विकृतिको उजागर अनलाइन सन्तान, विवश मौनता, मुख्य अतिथि, पाखाबारीको मल, कठै सन्चमान जस्ता लघुकथाहरूले गरेका छन् ।
    समाजमा रहेकोे गरिबीको पराकाष्ठाको उजागर ‘बाबाको बाध्यता, कम्बल, चमत्कारको प्रतीक्षा, रुञ्चे माइलोको दसैँ जस्ता लघुकथाहरूले, जीवन दर्शनका सुन्दर पक्षको उजागर मनबहादुरको मन, जङ्गलको बतास, पोलेका मकै जस्ता लघुकथाहरूले, नारी उत्पीडन, स्वतन्त्रता जस्ता कुराको उजागर माइली, हारपछिको जीत, पितृदण्ड जस्ता लघुकथाहरूले गरेको उल्लेख गर्नुभयो । साथै शिक्षा (पौमाङ्गे धिरी), धार्मिक(ब्राह्मणको चतुर्‍याइँ), अन्धविश्वास(ज्योतिष), तेस्रो लिङ्गी(आघात) लगायत विविध विषयवस्तुमा रचित लघुकथाहरूले समाज, राजनीति जस्ता क्षेत्रमा गतिलो व्यङ्ग्य प्रहार गरेका छन् ।
    यसरी विविध विषयवस्तुलाई कथानक बनाई विकृति, विसङ्गति माथि प्रहार गर्दै अन्तमा लघुकथामा सकारात्मक सोच ल्याउनु, हरेक लघुकथामा बिज वाक्य स्थापना गर्नसक्नु कृतिकार अधिकारीको सफल पक्ष रहेकोे छ ।’ उहाँले भन्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.विदुर चालिसेले ‘च्यातिएको जुत्ता’को शिल्प शैली र सौन्दर्यगत पक्षको परिचर्चा गर्नुभएको थियोे ।

    ‘हरेक सर्जकको पहिचान उसको आफ्नो विशिष्ट शैलीले हुन्छ। जुन उसले आफ्नो कृति वा सृजना मार्फत प्रस्तुत गर्ने गर्दछ’ भन्नुहुँदै परिचर्चाकार डा.चालिसेले ‘लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा नेपाली भाषा, साहित्य, संस्कृतिको सुगन्ध पाइने, स्थानीय भाषा (आञ्चलिकता), शैली, परम्परा जस्ता विषयहरू संयोजन भेटिने’ बताउनुभयो ।
    साथै उहाँले लघुकथाहरूमा प्रयुक्त भाषामा सरलता, अनुच्छेदहरूको कुशल संयोजन, विचार, भाव, विम्बहरूको सही प्रयोग, बिज वाक्यको स्थापना, लेखन अनुशासन, इको साउण्ड (प्रतिध्वनीत)को प्रयोग, अधिकांश कथाहरू परावर्तन गर्ने शैलीको प्रयोग जस्ता कुराहरू अधिकारीका सबल पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँका लघुकथाका पात्रहरू कर्तव्यपरायण रहेकोे उल्लेख गर्दै सिक्किमेली समाजमा रहेका प्राकसन्दर्भलाई लघुकथामा समावेश गर्नुभएको बताउनुभयो । साथै उत्कृष्ट शब्द चयन र मानवेतर पात्रको प्रयोग लोभलाग्दो रहेकोे बताउनुभयो ।
    सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै परिचर्चाकार डा. चालिसेले ‘लघुकथाको शीर्षकमा अङ्ग्रेजी शब्दको प्रयोग नगरिदिएको भए सुनमा सुगन्ध हुने थियोे’ भन्नुभयो ।

    कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘च्यातिएको जुत्ता’ का कृतिकार हेमराज अधिकारीले समीक्षकहरूबाट आफ्नो कृतिमा त्यति आलोचना नआएकोमा खुसी व्यक्त गर्दै आएका आलोचना/सुझावलाई ग्रहण गर्ने र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा साहित्यकारहरू त्रिपुरा पोखरेल खरेल, डा.पारसमणि दंगाल, चक्रपाणि भट्टराई, महेश प्रसाईले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
    अन्तमा धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम निकै कठिनाइका बावजुद सफल भएको बताउनुभयो ।
    ‘नेपालबाहिर रहनुहुने नेपाली भाषी स्रष्टाहरू नेपाली भाषामै लेख्नुहुन्छ, नेपाली भाषामा कटिबद्ध हुनुहुन्छ, हिन्दी भाषामा लेख्नुहुन्न । बरु हामी नेपालीहरू हिन्दी लगायत विदेशी भाषामा लेख्न लालायित हुने गर्दछौँ ।’ उहाँले भन्नुभयो । परिचर्चा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, कृतिकार लगायत कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिहरू, कार्यक्रम हेर्ने/सुन्ने दर्शक/श्रोता, सबैप्रति उहाँले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.कपिल लामिछाने, प्रा.डा. विदुर चालिसे, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.हरिप्रसाद भण्डारी, डा.पारसमणि दंगाल, त्रिपुरा पोखरेल खरेल, अवधेश सिंह, हेमराज अधिकारी, महेश प्रसाईं, इन्दिरा गौतम, कुमार काफ्ले, चक्रपाणि भट्टराई, गंगादेवी शर्मा, डा. टीकाराम पोखरेल, प्रा.डा.खेमराज खनाल, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, सत्यजीत, लोकनाथ पुडासैनी, महेन्द्र न्यौपाने, मीठू कुमारी पाठक, प्रार्थना खनाल, जीविका अश्रु, सुरेशकुमार पाण्डे, तुलसी पण्डित, पुण्य कोइराला, रेवतीरमण सापकोटा, आयुष बडाल, प्रतीक्षा पौडेल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम प्रविधि ह्यान्डलिङ आयुष बडालले गर्नुभएको थियोे ।


    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged वसन्त अनुभव

    “नेपाली साझा मञ्च साउदी”को चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुन.अन्जान गुभाजु

  • २७ पुष २०८२, आईतवार ०१:१८ मा प्रकाशित
  • समर्पण रम्जान

    नेपाली साझा मञ्च, साउदी अरबले नववर्ष २०२६ को पावन अबसर पारेर आफ्नो १०औँ वार्षिकोत्सव तथा चौथो अधिवेशन, नववर्ष २०२६ शुभकामना आदान–प्रदान कार्यक्रम गत 9 जनवरी २०२६ शुक्रबारका दिन दम्माम शहरमा भव्य रूपमा सफलतापूर्वक सम्पन्न गोरेको छ छ ।

    नेपाली दूतावास रियादका श्रम काउन्सिलर कबिराज उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशन ,तृतीय सचिव दिनेश शिवाकोटी, नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिका तुलसी क्षेत्री हरु विशिष्ट अतिथिमा रहेका थिए भने नेपाल एयरलाइन्सकी कन्ट्री हेड अन्जु शर्मा, ग्लोबल आईएमई रेमिटका गल्फ हेड राम बी. छेत्री, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदकी निवर्तमान उपाध्यक्ष यासमिन सैयद बेगम, साउदीस्थित एनआरएनए एनसिसी अध्यक्ष उमेश भट्टराई, साथै विभिन्न राजनीतिक, जातिय भातृ तथा सामाजिक संघ–संस्थाका प्रतिनिधि, सामाजिक व्यक्तित्वहरू, स्थानिय कलाकारहरू आतिथ्य र बाक्लो जनमानसको उपस्थितमा सांस्कृतिकमय बाताबरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि बाट पानसमा बत्ती बालेर सम्पन्न गरिएको कार्यक्रममा मञ्चका महासचिव राजु केसीले स्वागत मन्तव्यसहित मञ्चले हालसम्म गरेका सामाजिक, आर्थिक, शैक्षिक तथा श्रमिक राहत एवं उद्धार गतिविधिहरूको प्रतिवेदन प्रस्तुत गर्दै यो कार्यकालमा करिब १५ हजारभन्दा बढी नेपालीहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लाभान्वित भएका जनाएका थिए।

    कार्यक्रमलाई थप आकर्षक र स्मरणीय बनाउन लोक तथा दोहोरी गायिका तुलसी छेत्रीले “तथा गायक रोम लामा तथा स्थानीय कलाकारहरू दिव्या र दीक्षा थापा, मुस्कान शर्मा, अर्जुन छेत्री, सुभाष परियार आदिको उत्कृष्ट प्रस्तुतिले कार्यक्रमको रौनक अझ बढाएको थियो।

    कार्यक्रममा प्रमुख अतिथि श्रम काउन्सिलर उप्रेतीले मञ्चले विगतदेखि हालसम्म पुर्‍याएको योगदानको खुलेर प्रशंसा गर्दै नववर्ष २०२६ को शुभकामना तथा नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभेच्छा व्यक्त गर्नुभयो। साथै साउदी अरबको कानुनी संवेदनशीलताबारे सचेत गराउँदै दूतावास सधैँ श्रमिकको पक्षमा रहेको स्पष्ट पार्नुभयो। अन्य अतिथिहरूले पनि शुभकामना मन्तव्यमार्फत मञ्चको सामाजिक योगदानको उच्च मूल्याङ्कन गर्नुभयो।

    नेपाली साझा मञ्च, साउदी अरबको नव–गठित कार्यसमिति (२०२६–२०२८)मा   प्रमुख संस्थागत संरक्षकमा कृष्ण पुरी, संरक्षकमा विष्णु घिमिरे, प्रमुख सल्लाहकारमा अकल प्रधान, सल्लाहकारहरूमा टिकाराम पाण्डे, नागेश तामाङ, अध्यक्ष अन्जान गुभाजु, उपाध्यक्षहरूमा राजु केसी,भरत पौडेल, महासचिवमा तेज सिलवाल,सिन्धुली, सचिवमा बिपुल ढुङ्गाना, कोषाध्यक्षमा डिबी बलामी मगर, सदस्यहरूमा प्रनिशा रिमाल, राज जैरु, पुन्य प्रसाद घिमिरे, टी.बी. कुबर, गङ्गाराम तामाङ, कृष्ण गिरी, नेत्र न्यौपाने, रम्जानदिन मियाँँ , प्रेम बोहोरा, जगदिश खनाल. खड्ग तामाङ, सोम ब बिके रहेका छन्

    कार्यक्रम सफल पार्न प्रायोजन तथा सहयोग प्रदान गर्नु हुने नेपाल एयरलाइन्स, ग्लोबल आईएमई रेमिट, लालीगुराँस रेस्टुरेन्ट (रियाद), काठमाडौँ नेपाली रेस्टुरेन्ट (दम्माम), एभरेस्ट नेपाली रेस्टुरेन्ट, हलेसी नेपाली रेस्टुरेन्ट (खोबर), भेटघाट चौतारी रेस्टुरेन्ट, एभरेस्ट जर्नी ट्राभल, बीपीएल कार्गो, विभिन्न संघ–संस्था, सामाजिक व्यक्तित्व, मञ्चका सदस्यहरू तथा सम्पूर्ण शुभेच्छुक मित्रहरूमा साथै, नेपालबाट लोकगायिका ल्याउन पहल गर्नु हुने कास्की सेवा समाजका संरक्षक तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ साउदी शाखाका प्रमुख सल्लाहकार अमर सापकोटा, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक कृष्ण पुरी तथा अमृता पुरी संरक्षक विष्णु घिमिरे, प्रमुख सल्लाहकारअकल प्रधान तथा नेपाल एयरलाइन्सकी कन्ट्री म्यानेजर अन्जु शर्मा लगायत सम्पूर्ण सहयोगीहरूलाई मन्चले धन्यबाद तथा आभार ब्यक्त गरेको छ ।

    साथै आगामी कार्यकालमा नेपाली साझा मञ्च, साउदीले बचत, बैंक खाता, डिम्याट, निःशुल्क श्रम नवीकरण, अनलाइन पासपोर्ट फाराम तथा सामाजिक सुरक्षा कोषसम्बन्धी विषयमा श्रमिकहरूका लागि समन्वयकारी भूमिका अझ प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, समाज

    ठोरीको वृद्धाश्रममा न्यानो कम्बल वितरण

  • २६ पुष २०८२, शनिबार २२:२० मा प्रकाशित

  • २५ पौष, बिरगंज।
    उपकार सेवा नेपालले सधैंझैं सामाजिक सेवाअन्तर्गत ठोरी गाउँपालिका वडा नं. १ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमाबुवा तथा बालबालिकाहरूका लागि न्यानो कम्बल वितरण गरेकोछ।

    हालको जाडो मौसमलाई ध्यानमा राख्दै संस्थाले सबैलाई उपभोग हुने गरी २७ थान न्यानो कम्बलको व्यवस्था गरी आश्रमलाई उपलब्ध गराएको हो। यस अवसरमा आश्रमका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक कार्यक्रमको आयोजना गरी उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले कम्बल हस्तान्तरण गर्नुभएको थियो।

    उपकार सेवा नेपालले उक्त आश्रमलाई प्रत्येक महिना खाद्यान्न सामग्रीसहित अन्य आवश्यक जिन्सी सामानहरू पनि नियमित रूपमा सहयोग गर्दै आइरहेको जनाएको छ।


    Posted in समाज

    दामोदर न्यौपानेको प्रमुख एड्मिन रहेको “Facebook Monetize सहकार्य’ फेसबुक ग्रुपले फेसबुक आम्दानीमा नेपालीहरुलाई ठुलो सहयोग गर्दै

  • २९ मंसिर २०८२, आईतवार १७:१४ मा प्रकाशित
  • समर्पण रम्जान दिन

    सामाजिक संजालको अधिकतम प्रयोगसँगै मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन गरि Earning सेवा औपचारिक रूपमा सुरु गरेसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने अवसरप्रति नेपाली प्रयोगकर्ताको चासो उल्लेखनीय रूपमा बढ्दै जाँदा दामोदर न्यौपाने द्वारा बनाईएको Facebook Monetize सहकार्य’ फेसबुक ग्रुपले फेसबुक प्रयोगकर्ता नेपालीहरुलाई ठुलो टेवा मिलेको छ ।

    यसअघि मेटाले फेसबुक मोनेटाइजेसन सुविधा ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराउँदै आएको थियो । तर गत अगस्ट ३१ देखि मेटाले ‘इन–स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता छुट्टाछुट्टै मोडेलहरूलाई चरणबद्ध रूपमा हटाउँदै एकीकृत ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ प्रणाली लागू गरेको हो ।

    दामोदर न्यौपाने र प्रदीप गौतम हरुको एड्मिनमा संचालित उक्त ग्रुपमा 15जना मोडरेटहरु रहेर संचालित छ । केहि समय अगाडि 50-60K ग्रुप सदस्यहरु रहेको उक्त ग्रुपमा दिनानुदिन तिब्रगतिले सदस्यहरु बढ्दै अहिले 103k भन्दा बढि रहेको र ग्रुपमा रहेका सदस्यहरु अन्य सामाजिक संजाल प्रयोगकर्ताहरूले एक–आपसमा फलो गर्ने, पोस्टमा लाइक तथा कमेन्टमार्फत इङ्गेजमेन्ट बढाउने र फेसबुकले तोकेका आवश्यक मापदण्ड पूरा गर्न सहयोग आदान–प्रदान गरिरहेका छन् ।

    अन्य सहकार्यात्मक ग्रुपहरू मध्ये हाल **‘Facebook Monetize सहकार्य’** नामक फेसबुक ग्रुप विशेष रूपमा संजालमा सक्रिय देखिएको छ । भने यसै ग्रुपमार्फत फेसबुक मोनेटाइजेसनसम्बन्धी जानकारी, अनुभव साटासाट तथा कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक मार्गदर्शन प्रदान हुँदै आएको छ । ग्रुप ए़़ड्मिनका अनुसार आगामी दिनमा ग्रुपलाई अझ व्यवस्थित, प्रभावकारी र सक्रिय बनाउँदै लैजान सदस्यहरूबाट साथ, सहयोग र सुझावको अपेक्षा गरिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १४३

  • १९ मंसिर २०८२, बिहीबार ०९:५४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयत्रिचालीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०७/२०

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४३एकसयत्रिचालिसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सबैको आओस् पञ्चाङ्ग
    सुन्दर जाओस् पञ्चाङ्ग
    सयपत्री फूल जस्तै,
    बासना छाओस पञ्चाङ्ग
    समय पाओस् पञ्चाङ्ग।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    तिहारकाे झल्को हुने सयपत्री फूल
    मिलाएर माला उने सयपत्री फूल
    छ भाइ परदेश म दिदी स्वदेशमा,
    कुटुक्क याे मन छुने सयपत्री फूल
    आँसुले परेली धुने सयपत्री फूल ।

    भवानी घिमिरे
    सर्लाही ।

    👉🏻पञ्चाङ्ग‌:०३
    एकातिर यो जीवनको भार छँदैछ
    अर्कातिर सयपत्रीको हार छँदैछ
    जिन्दगी चुनौतीहरूको भागबन्डा हो
    आखिर यता वार उता पार छँदैछ
    नभए विफलता दुई चार छँदैछ ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४


    तिहारको बेला सयपत्री फुल फुलेर आयो
    सारा बादल फाटी निलगगन खुलेर आयो
    हरियाली मौसम स्वच्छ सुन्दर ती दृश्यसँगै,
    गैरी खेतमा पहेलपुर धान झुलेर आयो
    किसानले पाकेका ती धानबाली डुलेर आयो।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०५
    सयपत्री फूल ढकमक्क फुलेको आहा!
    त्यसैमा रमाउँदै पुतली डुलेको आहा!
    रङ्गिन फूलले मन नै आनन्द गरायो
    फूलेको डाली नै लटरम्म झुलेको आहा!
    आँगन नै सुन्दर बनेर खुलेको आहा!
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    सयपत्रीको फूल फुल्यो भयो रमाइलो
    भ्रमरा र पुतली भुल्यो भयो रमाइलो
    मगमग बास्नादार यो तिहारको बेला,
    देउसी खेल्दै नाच्यो डुल्यो भयो रमाइलो
    चेली माइती बाधा खुल्यो भयो रमाइलो ।
    -गुणनिधि घिमिरे
    पाँचथर खान्द्रोङ
    हालः- अमेरिका
    पञ्चाङ्ग:०७
    देश विकास नगर्नेको भलो हुँदैन
    पुर्खाले नदिएको कुनै थलो हुँदेन
    टुप्पाबाट पलाएकाले जे पनि भन्लान्,
    खेत छैन त दाईॅ हाल्न खलो हुँदैन
    भोकै बसी कुकुरलाई कलो हुँदैन।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग-०८
    धन पैसामा हैन मनलाई यतै भुलाउनु पर्छ
    सपनीमा हैन बिपनीमै जिन्दगी डुलाउनु पर्छ
    सुक्यो पसिना परदेशमा सुक्यो नि आगनीमै फूल,
    अब आफ्नै माटोमा रोपेर पसिना फुलाउनु पर्छ
    बाँझिएको खेत पनि धानको बाला झुलाउनु पर्छ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged पञ्चाङ्ग, वसन्त अनुभव, सुशीला पौडेल

    इस्लामिक दावा सेन्टर सनैया जेद्दाद्वारा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

  • ७ मंसिर २०८२, शनिबार ०९:५१ मा प्रकाशित

  • जेद्दा, साउदी अरब ! साउदी अरबको जेद्दा स्थित सनैयामा रहेको इस्लामिक दावा सेन्टरको नेपाली बिभागद्वारा गत २१ नोभेम्बर शुक्रबारका दिन नेपाली श्रमिकहरू बीच एक आपसी भेटघाट तथा परिचयत्मक कार्यक्रम सम्पन्न गरेको छ।

    नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्य दूत पारस पण्डितको प्रमुख अतिथ्यमा दावा सेन्टरका नेपाली विभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। सनैया स्थित श्रमिक नेपाली दाजुभाईहरूको उपस्थितिमा एकआपसी भेटघाट तथा परिचय गराउने उद्देश्यका साथ गरिएको उक्त कार्यक्रममा अतिथिहरूमा एनआरएनए साउदी अरबका उपाध्यक्ष राजगिरी, एनआरएनए आरसीसी जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, साझा मञ्च साउदी अरबका उपाध्यक्ष तेजबहादुर सिन्दुली, सेन्टरका इन्चार्ज इब्राहिम अबु खालिद रहेका थिए !


    रमजान दिन मियाँद्वारा संचालित उक्त कार्यक्रम अलि अख्तरले कुरानिक आयत पढेर सुरु गरिएको थियो ! सेन्टरका इन्चार्ज अबु खालिदले स्वागत गरेका थिए ! छोटो छोटो मन्तव्य दिने क्रममा आफ्नो सेन्टरको उद्देश्य, सेन्टरले गर्ने कामहरु र नेपालीहरुका लागि सेन्टरले गर्ने साथ सहयोग तथा ईस्लाम प्रतिको आस्था संबन्धी सेन्टरका नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँले जानकारी गराएका थिए ! अतिथिहरु सबैले आ आफ्नो परिचय दिदैं सेन्टरले समय समयमा नेपाली दाजुभाइहरुसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रमका साथै खेलकुद कार्यक्रम गर्दै नेपालीहरुलाइ एकजुट गराउन सहयोग गरेकोमा खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेकाथिए ।


    प्रमुख अतिथी महाबाणिज्यदूत पारस पन्डितद्वारा कार्यक्रममा उठेका केही श्रमिक समस्याहरुको जवाफ दिदै यस्तो श्रमिकमुखी कार्यक्रम गरिएकोमा सेन्टरलाइ धन्यवाद दिएका थिए ! श्रमिकहरुलाइ कुनैपनि समस्या परेमा दूतावासको नम्बरमा कल गर्न र म्यासेज गर्न अनुरोध गर्दै श्रमिक समस्या समधानमा महाबाणिज्यदूताबास जेद्दाले कुनै कसर बाकी नराख्ने पनि जानकारी गराए ।
    कार्यक्रममा सेन्टरद्वारा प्रमुख अतिथिलाइ मायाको चिनो दिदैं कार्यक्रम समापन गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाज

    उपकार सेवा नेपालद्वारा भगवाननगर आश्रमका आश्रितलाई मासिक खाद्यान्न तथा जिन्सी सामग्री सहयोग

  • ३ मंसिर २०८२, मंगलवार ११:३५ मा प्रकाशित

  • उमेश कुशवाहा, वीरगञ्ज

    २ कार्तिक,
    उपकार सेवा नेपालले सधैंझैँ ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित १८ जना अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवासहित बालबालिकाका लागि आवश्यक दैनिक उपभोग्य सामग्री वितरण गरेको छ।

    आश्रितहरूको नियमित उपभोगका लागि चामल, दाल, खानेतेल, नून, बिस्कुट, मसुर दाल, मुङ दाल, स्वाबिन, चना, अचार, सर्फ, लुगा धुने साबुन, नुहाउने साबुन, डाइपर, धनिया, खुर्सानी, बेसार तथा अन्य खाद्यान्न र जिन्सी सामग्रीहरू संस्थाद्वारा उपलब्ध गराइएको हो।

    आश्रयस्थलका सदस्य रामबहादुर थिङलाई घरमै बोलाई एक सानो कार्यक्रममार्फत संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारूले उक्त सामग्रीहरू हस्तान्तरण गरेका छन्।

    उपकार सेवा नेपालले आश्रममा आश्रित व्यक्तिहरूको आधारभूत आवश्यकता पूरा गर्नका लागि हरेक महिना खाद्यान्न तथा अन्य जिन्सी सामग्री प्रदान गर्दै आइरहेको छ।

    Posted in समाज

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P