• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

एक दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन : ओली 

  • १२ भाद्र २०७८, शनिबार १४:०५ मा प्रकाशित
  • १२ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।
    शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’
    अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।
    उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भने ।
    ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताए । ‘केही मान्छे पतीत भएका हुन् बिग्रिएका हुन् । बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्’ उनले भने ।
    ओलीले एमाले फुटेको नभई अलिकति चोइटिएको बताए । ‘फुट्नु र चोइटिनु फरक कुरा हो । चोइटाको कसलाई खाँचो हुँदैन ।

    Posted in राजनीतिLeave a Comment on एक दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन : ओली 

    माओवादी र नेकपा एस बीच एकीकरण हुने

  • ११ भाद्र २०७८, शुक्रबार १३:५१ मा प्रकाशित
  • काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी बीच एकीकरण हुने भएको छ । एकीकरणको भित्री सहमति भएपनि केही महिना लाग्ने बुझिएको छ ।
    नेकपा एसले देशभर संगठन निर्माण गरिरहेको छ । एमालेबाट जतिसक्दा बढी नेता कार्यकर्ता पक्षमा पारेपछि उसले आफ्नो खास शक्ति स्पष्ट गर्ने बुझिएको छ । त्यसपछि एकता प्रक्रिया बढ्ने नेकपा एसका एक नेताले बताए ।
    उपसभामुख नेकपा एसले पाउने सहमति भए अनुसार टुंगिएपछि एकता प्रक्रियाले गति लिने भएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नहुने संवैधानिक व्यवस्था छ ।
    आगामी आमनिर्वाचन अगावै एकीकरण गरेर जाने तयारी अनुसार माधव नेपालले संगठन निर्माणमा सक्रियता बढाइसकेका छन् । प्रचण्ड र माधव नेपालले विचार मिल्ने अन्य शक्तिसँग पनि एकता गरेर चुनावमा जाने रणनीति बनाइसकेको बुझिएको छ ।
    संघीयता, गणतन्त्र र धर्मनीरपेक्षका पक्षधर शक्ति एक भएर चुनावमा जाने गरी अग्रिम गृहकार्य अनुसार पछिल्लो घटना विकास भएको बुझिएको छ ।-फाइल तस्बिर

    Posted in राजनीतिLeave a Comment on माओवादी र नेकपा एस बीच एकीकरण हुने

    सिके राउतको गणतन्त्र सुदृढ गर्ने नयाँ अवधारणा सार्वजनिक ॥

  • ११ भाद्र २०७८, शुक्रबार १२:५३ मा प्रकाशित
  • कपिलवस्तु/ जनमत पार्टीका अध्यक्ष सिके राउतले चुनिएर गएका प्रतिनिधिले जनताको पक्षमा काम गर्न नसकेमा फिर्ता बोलाउने प्राबधान हुनुपर्ने बताएका छन्। उनले जनतासँग वास्तविक सम्प्रभु बनाउन राइट टु रिकलको व्यस्था हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए। यो उनको नया अवधारण गणतन्त्र सुदृढीकरणकालागि कोशेढुंगा हुने दावि गरिएको छ ।

    कपिलवस्तुको पकडीमा आयोजित जनसभा कार्यक्रममा राउतले जनतामा सम्प्रभुता व्यवहारमा लागू नभएको दाबी गरे। ‘जनता सम्प्रभुता व्यवहारमा लागू भएको छैन । राइट टु रिजेक्टको अधिकार जनताको हातमा अधिकार दिनु हो ।’ उनले भने ‘जनप्रतिनिधिले बाचा अनुसारको काम गरेन भने जनताले फिर्ता बोलाउन सक्ने अधिकार जनताको हातमा दिनु जनसम्प्रभुता कायम गर्नु हो। यो खालको जनसम्प्रभुताको सिद्धान्त हामीले राखेका छौं।’

    उनले प्रत्यक्ष प्रजातन्त्र, डिजिटल डेमोक्रेशी पनि आफ्नो पार्टीको सिद्धान्त रहेको उल्लेख गरे। जनताले हरेक निर्णयमा सहभागी हुन पाउनुपर्ने राउतको भनाइ छ। ‘जस्तो गाउँपालिकामा ६०–७० करोडको बजेट आएको छ भने त्यो नेताहरुले मात्र निर्धारण गर्छ।’ उनले भने‘ त्यसको कार्यान्वयनको लागि जनतालार्य सोधिनुपर्छ। गाउँपालिकाले हरेक मतदातालाई सिम कार्ड उपलब्ध गराएर डिजिटल माध्यमबाट जनताको राय लिन सक्छ।’ 
    
    राउतले प्रतिनिधी सभा विघटनलाई आफूहरुले असामान्य घट्नाको रुपमा लिएको बताए। नेपालमा एउटै पुस्ताले सबै खाले राजनीतिक व्यवस्था देखेको भन्दै उनले फेरी पनि व्यवस्थामाथि चुनौति थपिएको उल्लेख गरे। २ तिहाइको सरकार हुँदा पनि असामान्य अवस्था आएको भन्दै नेपाली जनताले राजनीतिबाट अपेक्षा गर्ने ठाउँ नभएको उनको भनाइ छ । राउतले सरकार बदल्न भन्दा पनि सहि पात्र चयन र पार्टीहरुमा शुद्धिकरणका लागी अभियान थाल्नुपर्ने उल्लेख गरे ।
    Posted in राजनीतिLeave a Comment on सिके राउतको गणतन्त्र सुदृढ गर्ने नयाँ अवधारणा सार्वजनिक ॥

    निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय

  • १० भाद्र २०७८, बिहीबार १७:५४ मा प्रकाशित
  • माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध नेकपा एमाले अदालतमा जाने भएको छ ।

    बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी उपचार खोज्ने निर्णय गरेको सचिव प्रदीप ज्ञवालीले बताए ।

    पार्टीले काबराही गरेर सूचना दिइसकेको व्यक्तिहरुलाई समेत गणना गरेर सनाखत गराएको, अनुपस्थित व्यक्तिको पनि सनाखत गर्नुका साथै हस्ताक्षर नगरेका व्यक्तिहरुको समेत सनाखत गरिएको एमालेले जनाएको छ ।

    एमाले सचिव प्रदीप ज्ञवाली भन्छन्, ‘निर्वाचन आयोगको भूमिका दल विभाजनमा सहयोगी हुने होइन । कानुनसम्मत गर्ने हो । तर कयौं कुराहरु यो ढंगको देखिएकाले कानुनी उपचार खोज्ने भनेका हौं ।’

    पार्टीले कारबाी गरेर पत्र पठाएपछि सांसदहरुलई पदमुक्त गरेको सूचना नटाँस्नु सभामुखको गल्ती भएको एमालेले बताएको छ । ‘यसको पनि कानुनसम्मत संसदीय अभ्यास अनुसार विरोध गर्छौं’ उनले भने ।

    स्थानीय जनप्रतिनिधिहरुले पनि दल रोज्न पाउने राजनीतिक दलसम्बन्धी अध्यादेशको व्यवस्था संविधानको मर्म विपरीत भएको भन्दै ज्ञवालीले कानुनी उपचार खोज्ने बताए ।

    केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । सचिव प्रदीप ज्ञवालीका अनुसार प्रदेश र र मातहतका कमिटीहरुलाई २ जेठ २०७७ पूर्वको अवस्थामा लैजान प्रदेश समन्वय कमिटीले समन्वय गर्ने छ ।

    जनसंगठनलाई २ जेठ २०७५ पूर्वको अवस्थामा लैजान महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट र टोपबहादुर रायमाझी सम्मिलित कार्यदल बनाइएको छ । युवा विद्यार्थी लगायतका संगठनमा उमेर हदका कारण विदा भएका नेताहरुलाई भने नफर्काइने सचिव ज्ञवालीले जानकारी दिए ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on निर्वाचन आयोगविरुद्ध अदालत जाने एमालेको निर्णय

    पानीजहाज कम्पनी खोल्न आवश्यक छैन : माधव नेपाल 

  • १० भाद्र २०७८, बिहीबार १६:०९ मा प्रकाशित
  • १० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले पानी जहाज कम्पनी खोल्न आवश्यक नभएको बताएका छन् ।
    नयाँ दलले मान्यता पाएपछि बिहीबार आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले विकास निर्माणबारे पार्टीको अवधारणा सार्वजनिक गरेका हुन् । ‘पानी जहाज कम्पनी खोल्न आवश्यक छैन, मेची महाकाली रेल कुदाउने अवस्था पनि छैन,’ उनले भने, ‘सडक सञ्जाल विस्तारमा जोड दिन्छौं ।’
    हावादारी योजना आफूहरुको प्राथमिकतामा नपर्ने उनले बताए ।

    Posted in राजनीतिLeave a Comment on पानीजहाज कम्पनी खोल्न आवश्यक छैन : माधव नेपाल 

    ४२ नेपाली काबुल विमानस्थलमा

  • ९ भाद्र २०७८, बुधबार २०:५० मा प्रकाशित

  • अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रकृया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समुहबद्ध रूपमा उद्धारको पर्खाइमा रहेका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेको मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    हालसम्म करिब ८०० को हाराहारीमा नेपाली अफगानिस्तानबाट उद्दार भइसकेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई पनि काठमाडौंसम्म ल्याउनको लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on ४२ नेपाली काबुल विमानस्थलमा

    विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

  • ९ भाद्र २०७८, बुधबार ०९:३५ मा प्रकाशित
  • पार्टीको स्थायी कमिटी बैठकका निर्णयहरूबारे जानकारी गराउन तथा अन्य समसामयिक राजनीतिक विषयमा स्पष्ट पार्न ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुन्।

    आजै दिउँसो माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगले दल दर्ताका लागि सनाखत गर्न समय छुट्याएको छ। त्यसअघि अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन्।

    विगतमा नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्य मंगलबारदेखि एमालेको बैठकमा सहभागी भएका थिए। सो बैठकमा पार्टीका संरचना २ जेठ, २०७५ को अवस्थामा फर्काउने सहमति भएको छ ।

    मंगलबारको बैठकमा नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यका साथै माओवादी केन्द्रबाट एमालेमा गएका नेताहरू समेत सहभागी थिए।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on विशेष पत्रकार सम्मेलन गर्दै एमाले अध्यक्ष ओली

    थारुअकल्याणकारी पर्साद्वारा थरुहट आन्दोलन टिकापुर घटना बारे अन्तरकृया

  • ७ भाद्र २०७८, सोमबार २२:१४ मा प्रकाशित

  • मेघराज राय जिराभवानी भदौ ७

    थारु कल्याणकारिणी सभा पर्साले ऐतिहासिक थरुहट थरुवान बिद्रोह टिकापुर घटना र अगामी कार्यदिशा बिषयमा पर्सा गढी नगरपालीका वडा २ कार्यलयको सभाहलमा थारु कल्याकारिणी सभा पर्साको उपाध्यक्ष रामेशवर महतो थारुको सभापतित्वमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रममा पर्सा गढी नगरपालिका वडा२ का वडा अध्यक्ष बेदमन दास थारु, थारु कल्याकारिणी सभा केन्द्र का केन्द्रिय सदस्य बृजमोहन चौधरी थारु,केन्द्रिय पार्सद महेन्द्र चौधरी,केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार थारु,था.क.पर्साका सचिव भगवत प्रसाद थारु,कोषाध्यक्ष राजु प्रसाद थारु,सदस्य बालकृष्ण चौधरी,भुपु.था.क.पर्साका सदस्यहरु एवम् सन्चारकर्मीहरुको उपस्तिथि रहेको थियो।

    कार्यक्रममा केन्द्रिय सदस्यीय बृजमोहन चौधरीले टिकापुरका घटना बारे जनकारी गराएका थिए अहिले सम्म एउटा थारु समाजका अगुवा नेता माननीय रेशम चौधरीलाई छुट्याउन हामी थारु सामाजमा रहेका हामी थारुहरु जागरुक हुनुमा जोड दिनु भयो।

    त्यसतै केन्द्रिय पार्सद नन्दकिशोर पन्जियार थारुले मन्तव्यमा पर्साका थारु दाजु भाईहरुलाई जागरुक हुन समय आको उहाले बताएका थिए थारु कल्याणकारिणीका प्रतिनिधिहरुलाई सक्रिय हुन्न समेत जोड दिनु भाको थिए।

    थारु कल्याणकारिणी सभा पर्साको आयोजना अन्तरक्रिया कार्यक्रममा थारु अगुवाहरुले आ आफ्नो मनतबय कार्यक्रम समापन राखी समापन गरेको थियो।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on थारुअकल्याणकारी पर्साद्वारा थरुहट आन्दोलन टिकापुर घटना बारे अन्तरकृया

    बालकोट वार्ता : १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति 

  • ७ भाद्र २०७८, सोमबार १६:१० मा प्रकाशित
  • ७ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकता पक्षधर नेताहरुबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएको छ ।
    सहमति अनुसार मंगलबार स्थायी कमिटीको बैठक बोलाइएको छ, जसले १० बुँदे अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका कमिटीहरु क्रियाशील बनाउने कार्यतालिका बनाउने नेताहरुले बताएका छन् ।
    एमालेमा लामो समय माधवकुमार नेपालसँग रहेका, तर उनको नेतृत्वको नयाँ दलमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई लगायतका नेताहरुले नेकपा एकीकृत समाजवादीको दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्नुअघि १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न र १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अल्टिमेटम दिएको थियो ।
    त्यसको अघिल्लो दिन नेताहरुले अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलसँग छलफल गरेका थिए । ओली निवास बालकोटमा भएको छलफलमा २७ असारमा भएको १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति जुटेको छ ।
    १० बुँदेअनुसार पार्टीलाई २ जेठ २०७५ मा फर्काउने प्रस्ताव बनाउन उपाध्यक्ष भीम रावल, महासचिव पोखरेल र उपमहासचिव विष्णु पौडेललाई जिम्मा दिइएको छ । एकता पक्षधर एक नेताका अनुसार पार्टी एकता हुन्छ कि हुन्न भन्ने विषय उक्त प्रस्तावमा भर पर्नेछ ।
    दुबै पक्ष आशावादी
    बालकोट छलफलमा सहभागी दुबै पक्षका नेताहरु १० बुँदे कार्यान्वयन हुनेमा आशावादी देखिएका छन् ।
    १० बुँदेले भने अनुसार २०७५ साल जेठ २ गते कायम भएका नेकपा एमालेका केन्द्रदेखि प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, गाउँ, वडा, टोलसम्मका सम्पूर्ण कमिटीहरु क्रियाशील गर्ने सहमति भएको भन्दै सचिव योगेश भट्टराईले भने, ‘कसरी क्रियाशील हुन्छन् भनेर भोलि स्थायी कमिटीबाट सम्पूर्ण ढाँचा प्रस्तुत गर्छौं ।’
    साथै २ जेठ २०७५ मा जुनजुन नेताहरुको जिम्मेवारी जे थियो, त्यो यथावत राख्न पनि अध्यक्ष ओली तयार भएको सचिव भट्टराईले जानकारी दिए ।
    संस्थापन पक्षमा रहेका सचिव प्रदीप ज्ञवालीले पनि पार्टी छाडेका वा विभाजनमा लागेका बाहेक सबै नेताहरुलाई पूर्ववत जिम्मेवारी दिने सहमति भएको जानकारी दिए ।
    १ साउनमा स्थायी कमिटी जेठ २ कै निरन्तरता भएपनि कतिपय नेता नआएको भन्दै उनले भने, ‘अब उहाँहरु समेत मम्मिलित भएपछि व्यवहारिक रुपमै हामी जेठ २ मा फर्किएर अघि बढ्छौं । जेठ २ मा जुनजुन संरचना थिए पार्टीभित्र, ती संरचनाहरु क्रियाशील हुन्छन् ।’
    यसबारे औपचारिक निर्णय गर्न भोलि मंगलबार ११ बजे स्थायी कमिटी बैठक बोलाइएको छ । छलफलपछि एमाले सचिव ज्ञवाली भन्छन्, ‘यो छलफल पश्चात पार्टीको एकतामा जे खालका समस्याहरु थिए, त्यो समाधान हुने र पार्टी दृढतापूर्वक अगाडि बढ्ने विश्वास हामीले लिएका छौं ।’
    एकताको आह्वान गर्ने
    एकता पक्षधर नेताहरुले माधवकुमार नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिनुपर्ने शर्त राखेको थियो ।
    अध्यक्ष ओलीसँग भएको छलफलमा भोलिको स्थायी कमिटीमार्फत अलग्गै पार्टी दर्ताको प्रक्रिया रोक्न र पार्टी एकतामा आउन आह्वान गर्ने सहमति भएको छ ।
    एकता प्रक्रियामा आउन साथ विगतमा भएका कारबाही स्वतः अमान्य हुने र पार्टीमा कसैलाई पनि अन्याय हुन्न भन्ने सुनिश्चिता स्थायी कमिटीले गर्ने भन्दै सचिव भट्टराईले भने, ‘हामी कोही पनि विभाजनको पक्षमा नजाऔं, एकताकै पक्षमा कायम रहौं ।’
    माधव नेपालसँग सम्वाद गर्ने र एकतावद्ध हुन औपचारिक अपील समेत गर्ने भन्दै उनले अघि भने, ‘नयाँ पार्टी गठनको प्रक्रियाबाट उहाँहरु अलग हुनुपर्छ, १४ जनामाथि भएको कारबाही फिर्ता हुन्छ भनेर अध्यक्ष कमरेडले भन्नुभएको छ ।’
    प्रवक्ता ज्ञवालीले भने माधव नेपालहरु एकतामा आउनेमा शंका व्यक्त गर्छन् । ‘माधव कमरेडले अर्कै बाटो तय गरिसक्नुभएको छ । पार्टी नै दर्ता गरिसक्नु भयो भने उहाँ एकतामा फर्किनुहुन्छ भनेर कसरी विश्वास गर्न सकिन्छ ?’
    ओली पक्षमा रहेका ज्ञवाली भन्छन्, ‘तर हामीले दल दर्ता प्रक्रियामा रहेका साथीहरुलाई फर्किएर आउनुस््, त्यो बाटो गलत छ भनिरहेका छौं । सम्भवत भोलि बैठकले पनि त्यो ढंगले सम्भवत केही कुरा गर्नेछ ।’
    यद्यपि अपील नै गरेपनि माधव नेपालसहित केही नेता फर्किने सम्भावना नदेखेको उनले सुनाए ।

    Posted in राजनीतिLeave a Comment on बालकोट वार्ता : १० बुँदे कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति 

    मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप

  • ७ भाद्र २०७८, सोमबार ०९:१९ मा प्रकाशित
  • कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए।

    आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्यालयमा आउनुभएको थियो, भिडियो पनि देखाउनुभएको थियो,’ प्रहरीका अनुसन्धान अधिकारीले भने, ‘उहाँहरूले भनेअनुसार मुद्दा दर्ता गर्ने हदम्याद कटिसकेकाले कानुन व्यवसायीसँग छलफल गरेर आउन सुझाव दिएर पठाएका हौं।’

    प्रहरीको सम्पर्कमा पुगेका पीडितले उक्त भिडियो २०७६ माघतिरको भएको बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P