• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

प्रधानमन्त्री देउवाद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

  • २५ आश्विन २०७८, सोमबार १३:५१ मा प्रकाशित
  • २५ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन् ।
    सोमबार कास्की आइपुगेका प्रधानमन्त्री देउवाले सोमबार बिहान विमानस्थलको निरीक्षण गरेका हुन् ।
    सोमबार बिहान १० बजे पोखरा पुगेका देउवाले सोमबार बिहानसम्म कार्यकर्ता भेटघाटमा व्यस्त थिए । कार्यकर्ता भेटघाटपछि विमानस्थलको निरीक्षण गरेका हुन् ।
    प्रधानमन्त्री आजै काठमाडौं फर्किने कार्यतालिका रहेको छ ।

    Posted in राजनीतिLeave a Comment on प्रधानमन्त्री देउवाद्वारा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

    मन्त्रीलाई माधव नेपालको निर्देशन : बदनाम हुने काम नगर्नुस्

  • २४ आश्विन २०७८, आईतवार १८:०५ मा प्रकाशित
  • २४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरुलाई विवादित र बदनाम हुने काम नगर्न निर्देशन दिएका छन् ।
    मन्त्रीहरुलाई आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अधयक्ष नेपालले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न निर्देशन दिएका हुन् । ‘बदनामी कमाउने र विवादमा पर्ने कुनै पनि कामहरु तपाईंहरुबाट हुने छैन भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ’ उनले भने ।
    अध्यक्ष नेपालले अघि भने, ‘यो मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलुका बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरु सँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् । सिधा कुरा, रक्सी खाने बानी छ भने बानी त्याग्नुस् । अरु आचरण, महिलासँग जोडिएका त्यस्ता कुनै कुराहरु सुन्नु नपरोस् ।’
    पीए र सल्लाहकार नियुक्त गर्दा पार्टीको परामर्शमा नियुक्त गर्न पनि अध्यक्ष नेपालले निर्देशन दिए ।
    उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिबाट मुक्त हुन पनि मन्त्रीहरुलाई सचेत गराए ।
    ‘तपाईंहरुले इमान्दारिताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं’ उनले भने, ‘…जुन संस्थाको जिम्मेवारी तपाईंहरुले सम्हालिरहनुभएकाो छ, त्यो संस्थाको हितलाई केन्द्रबिन्दूमा राखेर, अनि जनताको हितलाई केन्द्रविन्दुमा राखेर तपाईंंहरुले काम गर्नु हुनेछ ।’
    अध्यक्ष नेपालले अघि भने, ‘काम गर्दाखेरि निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट तपाईंहरु मुक्त हुनुपर्छ । त्योबाट टाढा रहनुपर्छ । आफ्नो योग्यता र क्षमता, कार्यसम्पादनमा उत्कृष्टताको आधारमा नै कुनैपनि व्यक्तिको छनौट गर्ने र जिम्मेवारी दिने कुरामा तपाईंहरु लाग्नुहुनेछ ।’

    Posted in राजनीतिLeave a Comment on मन्त्रीलाई माधव नेपालको निर्देशन : बदनाम हुने काम नगर्नुस्

    बागमती प्रदेश सभाको बैठक बस्दै

  • २४ आश्विन २०७८, आईतवार १२:४९ मा प्रकाशित
  • २४ असोज, हेटौंडा । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । बागमती प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गत आज अपराह्न ३ बजे प्रदेश सभाको बैठक बस्न लागेको हो ।
    यही अधिवेशनमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिनेछिन् । एमाले विभाजन भएसँगै बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । एमालेका विभाजनपछि १३ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि शाक्यले विश्वासको मत लिन लागेकी हुन् ।
    प्रदेश सभा सचिवालयका सचिव कृष्णहरी खड्काले आजै ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिले नै आजको कार्यसूची टुंगो लगाउने बताए ।
    शाक्यले असोज २४ गतेका लागि प्रदेश सभा आह्वान गरेर विश्वासको मत लिने प्रस्ताव राख्ने र २५ गते मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरे पनि एकिन भने नभएको एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए ।
    भोटिङमा तत्काल जानैपर्ने विपक्षको जोड
    मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता भइसकेको छ र त्यो तत्काल भोटिङमा लैजानुपर्ने विपक्षी गठबन्धनको जोड छ ।
    नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री युवराज दुलाल (शरद)ले भने, ‘संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले आज वा भोलि विश्वासको मत लिनैपर्छ । तर सत्ता पक्ष प्रक्रिया सुरु भयो भनेर ढाँट्ने र अझै पनि अनैतिक ढंगले बसिरहने षडयन्त्रमा लागेको छ । हाम्रो गठबन्धनको जोड चाहिँ संवैधानिक व्यवस्था अनुसार विश्वासको मत छिनोफानो गर्न भोटिङमै जानैपर्छ भन्ने छ ।’
    बागमती प्रदेश सभाका कूल १०९ सांसदमध्ये एमालेका ४३, कांग्रेसका २२, माओवादीका २३, समाजवादीका १३, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद एक जना छन् ।
    विश्वासको मत पाउन शाक्यलाई ५७ मत आवश्यक पर्छ । गठबन्धनमा रहेका दलहरुको बहुमत रहेका कारण शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ ।

    Posted in राजनीतिLeave a Comment on बागमती प्रदेश सभाको बैठक बस्दै

    नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने

  • २४ आश्विन २०७८, आईतवार ११:३० मा प्रकाशित
  • काठमाण्डाै – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने बताउनुभएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोपपछि हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताउनुभएको हो । आफ्नै विवेकले राजीनामा दिने निर्णयमा पुगेको उहाँको भनाइ छ ।

    अस्ति शुक्रवार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै प्रधानमन्त्री देउवाले उद्योग मन्त्रीमा गैरसांसद हमाललाई समेट्नु भएको थियो । हमाल प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनेको भन्दै तीव्र आलोचना भइरहेको छ । 

    Posted in राजनीतिLeave a Comment on नवनियुक्त उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने

    अस्थायी शिविर द्वारा दमाममा राहदानी वितरण सेवा सम्पन्न।

  • २३ आश्विन २०७८, शनिबार २०:५५ मा प्रकाशित
  • नेपाली राजदूतावास रियाद र एनआरएनए साउदी अरबको संयुक्त पहलमा अधिकांश नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको शहर दमाममा आउटरिच कार्यक्रम अन्तगर्त राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये ८२५ जनाको राहदानी बितरण कार्यक्रम संयुक्त रूपमा सफल भएको छ ।

    नेपाली दूतावास रियादका का. बा. राजदूत श्री दिलिप कुमार पौड्याल प्रथम सचीव श्री ऋषि आचार्य, पुर्बी क्षेत्रमा कार्यरत नेपाली राजदुतावासका जनसम्पर्क अधिकारी श्री नारायण पासवान , लगायतको उपस्थिति रहेको थियो भने एनआरएनए मध्य्पुर्ब उप-संयोजक राजेन्द्र अर्याल, साउदी अरबका संस्थापक एवम् संरक्षक, राजु सैयद, निवर्तमान अध्यक्ष तथा नव निर्वाचित आईसीसी सदस्य श्री तेज थापा,अध्यक्ष श्री डमर यादब, महासचिव श्री उमेश भट्टराई, ,प्रबक्ता श्री शुक्र मोक्तान, सदस्य गणेश अर्याल, क्षेत्रिय अध्यक्ष श्री विष्णुप्रसाद भण्डारी, लगायत क्षेत्रीय तथा स्थानीय समन्वय समितिका पदाधिकारी हरुको उपस्थिति रहेको थियो !

    राजदुतावास रियादद्वारा जानकारी गराएअनुसार हिजो ०८ अक्टोबर २०२१ का दिन राहदानी बितरण कार्य मात्रै भएको र । राहदानी नविकरणको लागि सोही स्थानमा आगामी १२ नोभेम्बर २०२१ मा राहदानी शिविर राखिने छ ।

    Posted in अन्तर्राष्ट्रिय, राजनीतिLeave a Comment on अस्थायी शिविर द्वारा दमाममा राहदानी वितरण सेवा सम्पन्न।

    प्रदिप यादवलाई मन्त्री नबनाएपछि यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

  • २३ आश्विन २०७८, शनिबार ११:०३ मा प्रकाशित
  • वीरगंज । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदिप यादवलाई जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री नबनाएकाे आक्राेशमा वीरगंजमा प्रदर्शन भएकाे छ ।

    सांसद यादवका समर्थकहरुले वीरगंजकाे घण्टाघरमा जसपाका अध्यक्ष उपेन्द्र यादवकाे पुत्ला जलाउँदै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरुले पर्सा जिल्लालाई घात गर्न पाइदैन् , उपेन्द्र यादव  मुर्दाबाद, काला नाग मुर्दाबाद,  जसपाका शान प्रदिप यादव जिन्दावाद, नेता कस्ताे ? प्रदिप यादव जस्ताे लगायतका चक्राे नारा लगाएका थिए ।

    कुन्दन कुमार सिंहको नैतृत्वमा भएकाे प्रदर्शनमा जसपाका वीरगंज महानगरका उपाध्यक्ष शेख रुस्तम, समाजवादी युवा संघका वीरगंज महानगर अध्यक्ष सद्दाम हुसैन, हरिन्द्र साह, अंशु साह कानू, समाजवादी विद्यार्थी यूनियन पर्साका अध्यक्ष एजाज बाबु रांकि, मनाेज यादव लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

    Posted in राजनीतिLeave a Comment on प्रदिप यादवलाई मन्त्री नबनाएपछि यादवलाई काला नाग भन्दै वीरगंजमा प्रदर्शन

    न्यायपालिका कम्फरटेबल बनाउन गजेन्द्र हमाललाई उद्योगमन्त्रीको सपथ गराइँदै

  • २२ आश्विन २०७८, शुक्रबार १५:११ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ गठबन्धनले न्यायपालिकाको कोटाबाट नेपालगञ्जका गजेन्द्र हमाललाई मन्त्री बनाउने भएको छ । हमाललाई प्रधानमन्त्री शेरवहादुर देउवाको सचिवालयबाट मन्त्रीको सपथका लागि तयार रहन खबर गइसकेको स्रोतले जनाएको छ ।

    हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनाइने भएको छ । नेपाली कांग्रेस बाँकेका पूर्वसभापति रहिसकेका हमाल पछिल्लो समय कांग्रेस राजनीतिमा त्यति सक्रिय छैनन् । तर, उनलाई प्रधानन्यायाधीशको नाता लगाएर न्यायपालिकाको भागबण्डामा मन्त्री बनाउन लागिएको हो ।

    सर्वोच्च अदालतमा सत्ता गठबन्धनका दलहरूको आधिकारिकता विवाद, माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्दा तथा संवैधानिक नियुक्ति बदरलगायतका मुद्दाहरू विचाराधीन रहेकाले न्यायपालिका कम्फरटेबल बनाउन हमाललाई मन्त्री बनाउन लागिएको हो ।
    साभार :नेपाल प्रेस

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on न्यायपालिका कम्फरटेबल बनाउन गजेन्द्र हमाललाई उद्योगमन्त्रीको सपथ गराइँदै

    दलगत भागबन्डापछि गुटगत गलफती

  • २१ आश्विन २०७८, बिहीबार ११:०७ मा प्रकाशित
  • कांग्रेसमा ७ मध्ये पौडेलले मागे ३, देउवा २ मात्र दिन तयार

    सत्ता गठबन्धन दलभित्र मन्त्रालय भागबन्डा गरेको भोलिपल्टै माओवादी केन्द्रले मन्त्री हुने व्यक्तिको नाम टुंगो लगाएको छ । सरकारको नेतृत्व गरेको कांग्रेस, गठबन्धनका दुई दल एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छान्न सकेका छैनन् । कांग्रेसमा नेता रामचन्द्र पौडेल समूहले तीन मन्त्रालयमा दाबी गरेपछि सहमति जुट्न सकेको छैन ।

    एकीकृत समाजवादीमा मन्त्रालय थोरै छुट्याइएकामा असन्तुष्टि छ । उक्त दलभित्र मन्त्रालय नथपिए सरकारमै नजाने कि भन्ने सवालसमेत उठेको छ । जसपामा भने आकांक्षी धेरै भएकाले व्यवस्थापन गर्न सकस भएको छ ।

    सत्ता गठबन्धनको दोस्रो ठूलो दल माओवादी केन्द्रले नयाँ अनुहारलाई मन्त्रिपरिषद्मा लाने भएको छ । माओवादी स्थायी कमिटी सदस्य गणेश साहका अनुसार स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, केन्द्रीय सदस्य शशि श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले मन्त्रीको नाम प्रस्ताव गरेका थिए । मन्त्रीका लागि प्रस्ताव गरिएका नाममा केही नेताको असन्तुष्टि देखिएको छ ।

    यसअघि नै अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रले अब शिक्षा, भूमि व्यवस्था र खेलकुद मन्त्रालय पाउने गठबन्धनमा मोटामोटी सहमति भएको छ । अध्यक्ष दाहालले पार्टीमा अझै मन्त्रालय हेरफेर हुने सम्भावना रहेको ब्रिफिङ गरेकाले को कुन मन्त्रालयमा जाने भन्ने निर्णय भइसकेको छैन । अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल यसअघि नै मन्त्री भइसकेका छन् । ‘थप तीन मन्त्री र एक राज्यमन्त्री पाउने पक्का भएकाले नाम टुंगो लगाएका हौं । मन्त्रालय निर्धारण गर्न बाँकी छ,’ स्थायी कमिटी सदस्य साहले भने ।

    बैठकमा गिरिराजमणि पोखरेलले वरिष्ठ नेताको हैसियतमा नारायणकाजी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुन उपयुक्त हुने धारणा राखेका थिए । ‘उहाँको नेतृत्वमा पार्टी र सरकारबीच समन्वय सजिलो हुन्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै एक नेताले भने । तर उनको प्रस्तावलाई दाहालले गम्भीरतापूर्वक लिएनन् । पछिल्लो समय दाहाल र श्रेष्ठबीच मतभेद देखिँदै आएको छ ।

    श्रेष्ठ आफैंले पनि उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गर्न चाहेका थिए । बैठकमा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पनि मन्त्री दाबी गरेका थिए । ‘पार्टीभित्रको काम र वरिष्ठताका आधारमा मेरो पनि चाहना छ । अघिल्लो पटक पनि लामो समय काम गर्न पाइनँ,’ गजुरेलले बैठकमा भनेका थिए । गजुरेल २०७२ मा कृषिमन्त्री बनेका थिए । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशि श्रेष्ठलाई मन्त्री बनाउन लागिएकामा केही नेता असन्तुष्ट देखिएका छन् । असहमति भए फरक मत राख्न सकिने दाहालले बताए पनि निर्णयमा फरक मत कसैले लेखेका छैनन् । दाहालले असार २९ मा पार्टीभित्र छलफलै नगरी जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रीका लागि सिफारिस गरेका थिए । यसपटक भने दाहालले पार्टी बैठकमा औपचारिक निर्णय गराएर मन्त्रीको टुंगो लगाएका हुन् ।

    सिफारिस भएकाहरू को–को हुन् ?

    स्थायी कमिटी सदस्य पौडेल २०६८ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए । उनी बागलुङ २ बाट निर्वाचित सांसद हुन् । २०३६ सालदेखि राजनीतिक जीवनमा सक्रिय पौडेल माओवादीको केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै हाल स्थायी कमिटी सदस्य छन् । स्थायी कमिटी सदस्य भएर पनि हालसम्म मन्त्री नहुनेमा पौडेल मात्रै थिए । उनले विद्यार्थी संगठनबाट राजनीति गरेका थिए । बाँके १ बाट निर्वाचित सांसद गहतराज माओवादीको केन्द्रीय सदस्य हुन् । २०५१ सालबाट माओवादी राजनीतिमा सक्रिय उनी क्षेत्रीय ब्युरो प्रमुख तथा २०५७ सालपछि विभिन्न जिल्लाको इन्चार्ज भएका थिए । २०६० सालमा माओवादी केन्द्रीय सदस्य भएका गहतराज २०७३ सालमा केन्द्रीय सचिवालय सदस्य थिए । उनले पनि विद्यार्थी संगठनबाट राजनीति गरेका थिए ।

    श्रेष्ठ प्रतिनिधिसभा राज्य व्यवस्था समितिकी सभापति हुन् । उनी समानुपातिकबाट निर्वाचित सांसद हुन् । २०३४ सालदेखि विद्यार्थी राजनीतिमा आबद्ध श्रेष्ठ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी थिइन् । २०५५ सालमा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य भएकी उनी एकीकरणमार्फत २०६५ मा माओवादीमा आबद्ध भएकी थिइन् । श्रेष्ठ पोलिटब्युरो, सचिवालय सदस्य हुँदै हाल केन्द्रीय सदस्य छिन् । उनले लामो समय महिला संगठनमा काम गरेकी थिइन् । हाल समानुपातिक सांसद यादव माओवादीले सशस्त्र विद्रोह सुरु गर्नुअघि नै हत्या गरिएका रामवृक्ष यादवकी छोरी हुन् । २०४४ सालमा अखिल छैटौंमार्फत राजनीतिमा आबद्ध रहेकी यादव २०६८ मा एमाओवादीको केन्द्रीय सदस्य, २०७० मा पोलिटब्युरो सदस्य हुँदै केन्द्रीय सदस्य छिन् ।

    पौडेल समूहको असन्तुष्टिले कांग्रेस अनिर्णीत

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुइटा मात्र मन्त्री दिने भएपछि कांग्रेसभित्र असन्तुष्टि देखिएको छ । पौडेल समूहले ३ मन्त्रीको माग गर्दै आएको छ । सरकारमा पठाउने नामबारे छलफल गर्न बुधबार दिउँसो नेता रामशरण महतको निवासमा पौडेल समूहको बैठक बसेको थियो । कांग्रेसका भागमा ७ मन्त्रालय परेको हुँदा आफ्नो समूहले तीनवटा पाउनुपर्ने धारणा नेताहरूले राखेका थिए ।

    बैठकमा सहभागी एक नेताका अनुसार मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, तेजुलाल चौधरी, राजन केसी र सञ्जय गौतमको नाममाथि छलफल भएको थियो । यीमध्ये रिजाल र बडूको सम्भावना बढी रहेको ती नेताले बताए । रिजाल महामन्त्री शशांक कोइराला र बडू वरिष्ठ नेता पौडेलनिकट हुन् । प्रकाशमान सिंहले भने राजन केसीलाई मन्त्री बनाउन चाहेका छन् । सिंहले बुधबार साँझ देउवासँग छुट्टै भेटसमेत गरेका थिए । ‘हामीले तीन मन्त्री मागेका छौं, यसका लागि प्रधानमन्त्रीसँग कुरा पनि भइरहेको छ,’ ती नेताले भने ।

    मन्त्रिपरिषद् विस्तारकै लागि प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ शीर्ष नेताहरूले पनि छलफल गरेका थिए । उक्त बैठकमा समेत पौडेल समूहले प्रधानमन्त्रीसँग तीनवटा मन्त्रालयको माग राखेको थियो । ‘तर सबैतिर मिलाउनुपर्ने भएकाले दुईभन्दा बढी दिने सकिने अवस्था छैन,’ देउवानिकट सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘सम्भवतः मन्त्रिपरिषद् विस्तारअघि त्यही आधारमा उहाँहरूले नाम दिनुहुन्छ होला ।’ पौडेल समूहमा कोइराला र सिंहको समेत छुट्टै उपसमूह छन् । पार्टीको आसन्न महाधिवेशनमा तीनै जनाले सभापति पदमा दाबीसमेत गरिरहेका छन् । दुइटा मात्र मन्त्री पाउने भएपछि समूहभित्र सन्तुलन मिलाउन सकस भइरहेको एक नेताले बताए ।

    कांग्रेसले प्रधानमन्त्रीबाहेक ७ मन्त्री र एक राज्यमन्त्री पाएको छ । त्यसमध्ये गृहमा बालकृष्ण खाँण, परराष्ट्रमा नारायण खड्का, कानुन–न्याय तथा संसदीय मामिलामा ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य तथा जनसंख्यामा उमेश श्रेष्ठ (राज्यमन्त्री) नियुक्त भइसकेका छन् । चारै जना देउवा समूहका हुन् । प्रधानमन्त्री देउवाले बाँकी ४ मध्ये पौडेल समूहलाई दुई दिएर आफ्नो समूह र कृष्णप्रसाद सिटौला समूहलाई एक–एक वटा छुट्याएका छन् । सिटौला समूहले उमाकान्त चौधरीलाई पठाउने भएको छ । ‘हाम्रो समूहबाट सौहार्द रूपमा (उमाकान्त चौधरीको) नाम पठाइसकिएको छ,’ सिटौला समूहका एक नेताले भने ।

    देउवाले आफ्नो समूहबाट पुष्पा भुसाललाई पठाउन खोजेका छन् । देउवानिकट एक नेताले कांग्रेसबाट पठाउने नाम क्षेत्रीय र समावेशी हिसाबले सन्तुलित बनाउने प्रयास भइरहेको बताए । कांग्रेसले गृह, रक्षा, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाएको छ । कानुन–न्याय तथा संसदीय मामिला मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि हाल उक्त मन्त्रालयको नेतृत्व गरिरहेका कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लाने मनस्थितिमा प्रधानमन्त्री देउवा रहेका उनीनिकट नेताले बताए ।

    जसपामा आकांक्षी धेरै

    गठबन्धनमा रहेको अर्को दल जसपामा आकांक्षी धेरै भएकाले मन्त्रीको नाम टुंग्याउन समस्या भएको छ । भागबन्डामा जसपाले चार मन्त्रालय पाएको छ । कार्यकारिणी समितिको बैठकले मन्त्रीको नाम टुंग्याउने जिम्मा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको थियो । राई काठमाडौंबाहिर भएका कारण बुधबार नाम टुंगो लाग्न नसकेको नेताहरूले बताएका छन् । नेता मोहम्मद इस्तियाक राईले शीर्ष नेताले बिहीबार मन्त्रीको नाम टुंगो लगाउने जानकारी दिए ।

    जसपामा राजेन्द्र श्रेष्ठ, महेन्द्र यादव, रेणु यादव, प्रदीप यादव, अमृता अग्रहरी, मृगेन्द्र यादव, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत नेता मन्त्रीका आकांक्षी छन् । सबै पार्टीबाट नाम सिफारिस भए प्रधानमन्त्री देउवाले बिहीबार नै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

    Posted in राजनीतिLeave a Comment on दलगत भागबन्डापछि गुटगत गलफती

    पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा

  • १८ आश्विन २०७८, सोमबार १६:१५ मा प्रकाशित
  • १८ असोज, काठमाडौं। सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन् ।
    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले सो भनाई बाहिर आएको हो।
    संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरवारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए । सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्‍याए।
    उनले संसदको कार्यभार असाधारण र असमान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकतावद्ध हुन आह्वान गरे।
    ‘हामीले जुन प्रण गरेका छौं।संघीय संसदलाई जीवन्त र जनमुखि बनाउने । त्यो सुत्र बाक्यलाई मैले त सधैभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । संघीय संसदको कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं । सभामुख सापकोटाले भने, ‘हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई ईतिहासले संघीय संसदको नेतृत्वमा, प्रतिनिधिसभाको सभामुखमा लगेर राखेको छ । म यो पदको लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु।’
    सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए÷नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाईरहेको दावी गरे। । उनले दर्शन शाष्त्रलाई उधृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणा समेत राखे ।

    Posted in राजनीतिLeave a Comment on पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत छु : सभामुख सापकोटा

    अख्तियार विरुद्ध जसपाकाे विरुद्ध प्रदर्शन

  • १८ आश्विन २०७८, सोमबार ०६:११ मा प्रकाशित
  • पर्सा संवददाता

    वीरगंज । अख्तियार विरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले विरुद्ध प्रदर्शन गरेको छ।

     जनता समाजवादी पार्टी (जसपा) पर्साले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग विरुद्ध आइतबार पनि वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ । प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासकाे कार्यालयले छापामारी गरेको विरुद्धमा जसपाले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेको हो । 

    जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा वीरगञ्जको घण्टाघरबाट शुरु भएको विरोध प्रदर्शन माइस्थान, महाविस्थान, आर्दशनगर, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा सहभागीहरुले अख्तियार मुर्दावाद, संघियता मास्न पाइँदैन, छापामार शैली चल्दैन, मुख्यमन्त्री हाम्रा गौरव हुन् लगायतका नारा लगाएका थिए । 

    कोण सभालाई समाजवादी मुस्लिम संगठनका केन्द्रिय अध्यक्ष मौलाना नुरुल होदा, प्रदेश सभा सदस्य सिँहासन साह कलवार, जसपाका केन्द्रिय सदस्यहरु टेकबहादुर शाक्य, मोहनलाल चौधरी, केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम, मधेश प्रदेश समिति सदस्य मदन प्रसाद चौहान, जसपाकी जिल्ला सदस्य एवम् पाेखरिया नगरपालिकाकी उप मेयर सलमा खातुन, सजपाका जिल्ला सचिव तबरेज अहमद लगायतले सम्बोधन गरेका थिए । 

    सभालाई सम्बोधन गर्दै जसपा नेपालका नेताहरुले अख्तियारको छापामारी शैलीमा छापा मारेकाे भन्दै बिराेध गरेका थिए । उनीहरुले अख्तियार संघियता सिध्याउन खोजेको आरोप लगाए । अख्तियारले छापामार शैलीमा मुख्यमन्त्री कार्यालयमा छापा मार्नु नहुने वक्ताहरुकाे तर्क थियाे । 

    वक्ताहरुले अख्तियार पुर्वाग्रही भएको समेत आरोप लगाए । मधेशी समुदायको त्याग र बलिदानीबाट प्राप्त भएका उपलब्धीहरु सहन नसकेर संघियता मास्न खोजेको उनीहरुकाे भनाई थियो । 

    प्रदर्शन कार्यक्रममा सहभागि हुन गाउँ गउँबाट सर्वसाधारण र कार्यकर्ताहरुलाई बाेलाइएकाे थियाे । ट्याक्टरमा समेत पार्टी निकटका मानिसहरु प्रदर्शन कार्यक्रममा सहभागि हुन गाउँ गाउँबाट सदरमुकाम आएका थिए ।

    ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रममा अनियमितता भएको आशंकामा अख्तियारको टोलीले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापामारी केही कागजात नियन्त्रणमा लिएकाे थियो ।

    अख्तियारको छापामारीविरुद्ध जसपाको प्रदेश समितिको निर्देशन अनुसार प्रदेश २ को ८ वटै जिल्लाकाे सदरमुकाममा अख्तियार विरुद्ध प्रदर्शन भएको हाे । यसअघि शनिवार साँझ जसपाले अख्तियार कै विरुद्धमा मसाल जुलुश समेत प्रदर्शन गरेको थियो । 

    अख्तियारले थालेकाे अनुसन्धानलाई प्रभावित पार्न जसपाले पर्दशन गरेकाे भन्दै यसकाे चाैतर्फी आलाेचना समेत भइरहेकाे छ । समाजिक संजालमा आलाेचकहरु विभिन्न थरीका व्यंगहरु गरेर पनि आलाेचना गरिरहेका छन् ।

    Posted in राजनीतिLeave a Comment on अख्तियार विरुद्ध जसपाकाे विरुद्ध प्रदर्शन

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P