काठमाडौँ : टिकटकमा केही समय राखेर हटाइएको एक भिडियोले एमालेका पोलिटव्यूरो सदस्य गुलावजङ्ग शाह विवादमा तानिएका छन्। ‘झिमझिम सानी’ बोलको गीतमा बनाइएको टिकटक भिडियोमा शाह एक युवतीसँग सुतिरहेका देखिन्छन्। उनी निदाइरहेका छन्।
टिकटक बनाउने युवतीले गालामा हात लैजाँदै’झिमझिम सानी नझिम्क्याऊ परेली’ बोलको गीतमा टिकटक भिडियो बनाएकी हुन्।
शाह एमालेका कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक र सल्यान प्रदेशसभा (क) बाट निर्वाचित सांसद समेत हुन्। उनीसँग देखिएको युवती एमाले सल्यानकी जिल्ला कमिटी तहकी नेतृ भएको दाबी गरिएको छ।
भिडियो ती युवतीकै आइडीबाट अपलोड भएको थियो। तर अपलोड भएको केही समयमै सो भिडियो हटाइयो। तर शाहसँगै खिचेका फोटोहरू जोडेर अर्को क्लिप बनाएर सोही आइडीबाट अपलोड भएको थियो। अहिले सो अकाउन्टका सबै सामाग्री डिलेट गरिएको छ।
उमेश कुशवाहा ,वीरगंज: लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश सदस्यमा पर्साको बहुदरमाई नगरपालिकाको मालती कुशवाहा मनोनयन भएकी छन।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिको अध्यक्ष जितेन्द्र सोनलको अध्यक्षतामा बसेको बैठकमा कुशवाहालाई फूलमाला टिका लगाई मधेश प्रदेश सद्स्यमा मनोनयन गरिएको छ।
कुशवाहाले नेपाल महिला मैत्री विकाश केन्द्रका अध्यक्ष तथा विश्व हिन्दू परिषदको प्रदेश सक्रिय चौकिदार समेत रहेकि कुशवाहाले बताउनु भयो।
आउने चुनावमा मालती कुशवाहाले पर्सा जिल्ला संसदीय क्षेत्र नम्बर ३(ख) बाट चुनाव लड़ने तयारीमा रहेकि समाजिक संजाल आफ्नो फेसबुकमा लेखिकी छन।
कुशवाहाले आफ्नो फेसबुकमा लेखेकि कुरा जस्ताको त्यस्तै :- असमानता, अनियमितता, अपारदर्शिता र विशेष गरी महिला हिंसा, लैंगिक विभेद, युवाको भविष्य ,आफनो क्षेत्र को विकास , र क्षेत्र नंबर ,३,ख,को सुखि सम्प बनाउँछु भन्ने आशा र मेरो सम्पुर्ण क्षेत्र नंबर ३ ,ख,को बासीहरुले गर्नुभएको भरोसाको उच्चतम सम्मान गर्दै निरन्तर तपाईहरु को हक अधीकार र हित को लागि सँधै कटिबद्ध भइरहने प्रण गर्दैछु । मलाई विश्वास गरेर तपाई हरु एक चोटि मलाई आफनो अमुल्य मत दिएर मलाई बीजय बनाउनु म सम्पुर्ण मतदाता प्रति र आफनो क्षेत्र को जानता प्रती उच्च सम्मानका साथ हार्दिक प्रतीज्ञा ज्ञापन गर्दछु ।
कार्यक्रममा लोसपाका मधेश प्रदेश अध्यक्ष,माननीय सदस्य ,नेतागण, नवनिर्वाचित मेयर ,उपमेयरको,उपस्थिति रहेको थियो।
काठमाडौं, असार १४ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राजधानीको फोहोर राजधानी वा छिमेकी स्थानीय तहको सहयोगमा कतै व्यवस्थापन गर्ने गोप्य योजना बनाएका छन् ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र अर्थमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको फोहोर बन्चरेडाँडामा लैजान नदिने भन्दै बैठकमा काठमाडौं महानगरबासीमाथि खनिएको महसुस गर्दै उनले सो गोप्य योजना बनाएका हुन् ।
डेढ साताअघि हेटौंडामा आयोजित दुई दिने कार्यक्रममा सो विषय उठान गरेपछि मेयर साह र उपमेयर सुनिता डंगोल दोस्रो दिनको कार्यक्रममा नबसी फर्किएका थिए। आपलाई अपमान भएको महसुस गर्दै मेयर र उपमेयर दोस्रो दिनको कार्यक्रममा सहभागी भएनन्।
महानगरवासी र जनप्रतिनिधिमाथि अपमान भएको महसुस गरेका मेयर साहले महानगरको फोहोर महानगरमै व्यवस्थापन गर्न गोप्य योजना बनाएका छन् ।
केही दिनदेखि मेयर साह र उपमेयर डंगोल महानगरको फोहोरमैला व्यवस्थापन समितिका संयोजक एवं वडा नम्बर १२ का अध्यक्ष बालकृष्ण महर्जन, सदस्य र कामपाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलसहितको टिम बसेर योजना तयार गरिरहेका छन्। महानगरको फोहोर व्यवस्थापन गर्न करोडौं रुपियाँ खर्च हुने गरेको छ ।
सो खर्च व्यवस्थापन गर्न र वैज्ञानिक रूपमा फोहोर विसर्जन गर्न नयाँ उपाय अवलम्बन गर्न लागेको हो । कामपाले कहिलेदेखि महानगरभित्रै वा छिमेकी जिल्लामा फोहोर व्यवस्थापन गर्नेछ भन्ने विषयमा कसैसँग उत्तर छैन । तर, मेयर साहले विभिन्न स्थानको अवलोकन गरी केही समयपछि राजधानीनजिकै फोहोर व्यवस्थापन गर्ने तयारी गरिरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।
१२ असार, काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएपछि कुनै समूहमा नलागेका नेता वामदेव गौतमले आफ्नै नेतृत्वमा अलग पार्टीको अभ्यास सुरु गरेका छन् ।
शनिबार ललितपुरको धोबिघाटमा राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका गौतमले आइतबार चन्द्रागिरीमा केन्द्रीय समिति बैठक राखेका छन् ।यो बैठकले ७१ सदस्यीय केन्द्रीय समिति, केन्द्रीय पदाधिकारी, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म पार्टी संरचना निर्माणको थालनी गर्ने गौतम निकट एक नेताले बताए । ‘धोबिघाटमै पदाधिकारी घोषणा गर्ने तयारी थियो । तर थप छलफल गर्न चन्द्रागिरीमा बैठक राखिएको हो’, ती नेताले भने ।नेकपा विभाजित भएपछि १४ माघ २०७७ मा गौतमले ६५१ सदस्यीय नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेका थिए । यो अभियानले विभाजित नेकपालाई फेरि जोड्ने गौतमको घोषणा थियो ।तर सर्वोच्च अदालतले पार्टीको नाम विवादमा २३ फागुनमा नेकपा एमाले र माओवादी केन्द्रको एकता अस्वीकार गरेपछि नेकपाको अस्तित्व नै रहेन । २ भदौ ०७८ मा पुनर्स्थापित एमाले पनि विभाजित भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी बन्यो ।एकपछि अर्को विभाजनको अवधिमा सक्रिय राजनीतिक गतिविधिमा नदेखिएका गौतमले अन्ततः आफ्नै नेतृत्वमा अलग पार्टी संरचनाको अभ्यास सुरु गरेका हुन् । अलग पार्टी नभने पनि गौतमले राजनीतिक प्रतिवेदनमै पार्टी संरचना बनाउने उल्लेख गरेका छन् । त्यसका निम्ति नेकपा एकता राष्ट्रिय अभियानको नाम बदलेर ‘पार्टी एकता राष्ट्रिय अभियान’ राखेका छन् ।
‘पार्टी एकता समन्वय समिति नेपाल कम्युनिष्ट पार्टीको एउटा समूहको रुपमा रहनेछ । यसका सबै किसिमका दस्तावेजहरु नेपाल कम्युनिष्ट पार्टीका दस्तावेज सरह रहनेछन् । त्यसपछि यो अभियान पार्टी एकता समन्वय समितिमा रुपान्तरण हुनेछ’, गौतमको प्रतिवेदनमा भनिएको छ ।
गौतमको प्रतिवेदन अनुसार यो पार्टीको सिद्धान्त भने एमालेकै जस्तो मार्क्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवाद रहनेछ ।
‘समन्वय समिति र यसमा संगठित हुने व्यक्तिहरुलाई मार्गदर्शन गर्ने सिद्धान्तका रुपमा माक्र्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) रहनेछ । समन्वय समितिको कार्यक्रम बहुदलीय समाजवाद हुनेछ’, गौतमले प्रस्ताव गरेका छन् । यसअघि गौतमले एकीकृत समाजवादीमा जान जबजलाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने शर्त राखेका थिए ।
माधव नेपालले पार्टी दर्ता गरेमा त्यसमै लाग्ने सार्वजनिक अभिव्यक्ति समेत दिएका उनले एकीकृत समाजवादीका निम्ति चुनावी गीत पनि लेखेका थिए । तर शनिबार राष्ट्रिय भेला राखेर गौतमले अलग पार्टी संरचना निर्माणको थालनी गरे ।
‘पुनः पार्टी एकता सम्पन्न नहुँदासम्म पार्टी एकता समन्वय समिति हाम्रो नेतृत्व केन्द्रका रुपमा रहनेछ’, उनको प्रतिवेदनमा छ । पार्टी सदस्यहरुका निम्ति गौतमले १७ बुँदे मार्गदर्शन तयार पारेका छन् भने राजनीतिक एजेण्डाका रुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित १७ बुँदे संविधान संशोधनको प्रस्ताव अगाडि सारेका छन् ।
तर एमाले र पछि नेकपाका उपाध्यक्ष रहेका गौतमको पार्टी संरचनामा राष्ट्रिय राजनीतिमा स्थापित नेताहरू भने नरहने देखिएको छ । लामो समयदेखि गौतमलाई साथ दिदै आएका नेता हरि पराजुलीले समेत गौतम नेतृत्वको पार्टी संरचनामा पदाधिकारी रहन अस्वीकार गरेका छन् ।
‘पार्टी एकता गर्ने अभियानमा उहाँ (हरि पराजुली) संलग्न हुँदै आउनुभएको थियो । तर अहिले पदाधिकारी बस्न मान्नु भएन’, गौतम निकट अर्का नेताले भने । पराजुलीले एउटै व्यक्ति दुई पार्टीको जिम्मेवारीमा रहन नसक्ने तर्क गरेका छन् ।
तर गौतमले उनलाई मनाउने प्रयत्न गरिरहेका छन् । गौतमले आफूले बनाउन लागेको पार्टी नभएर पार्टी बन्नुअघिको अस्थायी संरचना भएको तर्क गरेका छन् । ‘पार्टी एकता समन्वय समिति, पार्टीमा रुपान्तरण हुनुभन्दा पहिलेको अस्थायी संरचना हुनेछ’ गौतमको तर्क छ, ‘रुपान्तरण नहुँदासम्म संयोजन समितिका सम्पूर्ण संरचना र दस्तावेजहरु पार्टी सरह रहनेछन् ।’
तर गौतमले अहिले तीन पार्टीमा टुक्रिएका नेकपा पुनर्एकीकरण हुन नसकेको अवस्थाबारे भने प्रष्ट निर्णय दिएका छैनन् । ‘हाम्रो प्रयत्नका बाबजुद नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्एकीकरण हुन सकेन भने पार्टी एकता समन्वय समितिको बैठकबाट आवश्यक निर्णय गरिनेछ’, राजनीतिक प्रतिवेदनमा भने गौतमले यति मात्रै लेखेका छन् । आफू निकट नेताहरुलाई भने अलग पार्टी नै बनाउन थालेका गौतमले बताएका छन् ।
उद्देश्य : नेकपाको पुनरोदय
एकता अभियान घोषणा गरेको १७ महिनापछि फेरि गतिविधि थालेका गौतमले आफू नेतृत्वको पार्टी संरचनाको उद्देश्य भने नेकपाको पुनरोदय रहेको जनाएका छन् । नेकपाको पुनर्एकीकरणका निम्ति गौतमले विकल्प समेत सुझाएका छन् । त्यसका निम्ति कम्तीमा पनि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता गर्न वार्ता सुरु गर्ने घोषणा गरेका छन् ।
२ जेठ २०७५ को समझदारीका शर्तहरू संशोधन गरेर अगाडि बढाउँदा यी तीन पार्टीबीच एकता सम्भव हुने उनको प्रस्ताव छ । ‘… दुई अध्यक्ष रहने व्यवस्थाका ठाउँमा एक मात्र अध्यक्ष रहने व्यवस्था सही रहेको हाम्रो अनुभवले सावित गरेको छ । तसर्थ पुनःएकीकृत पार्टीमा एक अध्यक्ष र एक सह अध्यक्ष अथवा मानार्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ’ गौतमको सुझाव छ, ‘एकता महाधिवेशनबाट साझा समझदारीमा अरु कुनै विकल्पमा जान पनि सकिने छ ।’
यसले ३ जेठ २०७५ कै नेकपाको पुनरोदय हुने गौतमको निष्कर्ष छ । यसपछि जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता वा कार्यगत एकताका निम्ति वार्ता गर्नुपर्ने उनले प्रस्ताव गरेका छन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा चारजना मन्त्रीसहितका १० जना सांसदहरूले विद्रोहको संकेत गरेका छन् । पार्टीको मन्त्री फेर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विद्रोहको संकेत गरेका हुन् ।
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा चारजना मन्त्रीसहितका १० जना सांसदहरूले विद्रोहको संकेत गरेका छन् । पार्टीको मन्त्री फेर्ने निर्णयप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विद्रोहको संकेत गरेका हुन् ।
अध्यक्ष माधवकुमार नेपाललाई उनीहरूले संयुक्त हस्ताक्षर गर्दै ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । जसमा संसदीय दलको बैठकको पनि माग गरिएको छ ।
के छ आठ बुँदे ध्यानाकर्षण पत्रमा ? १) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।
२) पूर्वजानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठीक मान्न सकिँदैन । ३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक-पटक आजै/भोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न । ४) मन्त्रीहरूले संसदमा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं । ५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं । ६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सही मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं । ७) मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टीम पूरै फिर्ता र नयाँ टीम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं । ८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउनसमेत माग गर्दछौं ।
रोल्पा जिल्ला कारागारमा कैदी सुन्दर हरिजनले गरेको आत्महत्याबारे छानविन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ ।
उक्त घटनाका सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगतरूपमा सत्यतथ्य छानविन गरी तयार पारेको प्रतिवेदन मङ्गलबार गृहमन्त्री खाणलाई बुझाएको हो । गृहमन्त्री खाणले कैदी हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनमा समेटिएका विषय कानुन अनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।
रोल्पा कारागार कार्यालयमा गत जेठ ४ गते हरिजनले झुण्डिएर आत्महत्या गरेका थिए । प्रतिवेदनले दोषी औँल्याएकालाई कानुन अनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने गृहमन्त्री खाणले प्रतिबद्धता जनाए । घटनाबारे छानविन गर्न सहसचिव सेढाईंको संयोजकत्वमा मन्त्रीस्तरीय निर्णयबाट जेठ १७ गते ५ सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झङ्कनाथ ढकाल, प्रहरी उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका थिए ।
समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरवाही तथा त्रुटि गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न सिफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईंले बताए । समितिले २०७७ मङ्सिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदी हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटि तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफ्नो ‘प्रेमी’ को घरमै छिरेर आतंक मच्चाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिप्रका तुलसीपुरमा पुर्याएको हो ।
मन्त्री वली आफ्ना एक पीएसओसहित प्रेमी एकराज बस्नेको तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको घरमा आज बिहान प्रवेश गरेकी थिइन् । घरभित्र छिरेर उनले ‘मेरो एकराज खोइ ?’ भन्दै एकराजकी श्रीमती र छोरीलाई समेत कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । उनले कोठाभित्रको दराजसमेत तोडफोड गरेको बताइएको छ ।
घटना हुँदा एकराज घरमा थिएनन् । उनका आफन्तहरुले प्रहरीलाई खबर गरेका थिए । इप्रका तुलसीपुरबाट प्रहरी टोली आएर विमलालाई नियन्त्रणमा लिएको छ । गत वर्षको भदौमा विमला वलीले आफ्नो फेसबुक स्टोरीमा एकराजलाई चुम्बन गरिरहेको फोटो पोष्ट गरेकी थिइन् । उक्त तस्वीरसहितको समाचार प्रकाशित भएपछि विमला र एकराजले फोटोसप गरिएको दावी गरेका थिए । साथै एकराज आफ्नो भाइ पर्ने विमलाले बताएकी थिइन् । विमलाका श्रीमानको केही समयअघि दुर्घटनामा मृत्यु भएपछि उनी विवाहित पुरुष एकराजसँग नजिकिएकी हुन् । सर्वोच्चमा मुद्दा खेपिरहेकी छन् विमला नेकपा एमालेबाट प्रदेशसभा सदस्य निर्वाचित भएका उत्तर कुमार वलीको दुर्घटनामा मृत्युपछि तत्कालीन नेकपाबाट श्रीमती विमला वली सांसद निर्वाचित भएकी थिइन् । नेकपा विभाजनपछि उनी एमाले संसदीय दलको बैठकमा सहभागी भए पनि सरकार परिवर्तनका बेला माओवादीतिर लागेकी थिइन् । एमालेले उनलाई कारवाही गरी प्रदेशसभा सदस्यबाट निस्कासनको सूचना सभामुखलाई दिए पनि लुम्बिनीका सभामुखले उनलाई जोगाएपछि सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
काठमाडौं, २७ जेठ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ । सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयको बैठक तय भएको छ ।‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘२९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।’ उनका अनुसार गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामदेखि अन्य विषय सचिवालयको बैठकको प्राथमिकतामा पर्नेछन् ।स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि उपाध्यक्ष घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणलगायत चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो ।
पर्साको जिराभवानी गाउँपालीका वार्ड नम्बर एक महादेवपट्टीको वडाध्यक्षमा विजयी भएका नेकपा एमालेका रामशरण खवासले आज पदभार सम्हालेका छन् । जिराभवानी गाउँपालीका का नवनिर्वाचित गापा अध्यक्षको अनोज चौधरीको प्रमुख अतिथिमा पदभार ग्रहणको गरेका छन ।वडाध्यक्ष खवासले सपथ ग्रहण चुनाव सक्ने लगतै गरे पनि आज वडा कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् ।
उनले आज वडा कार्यालयको उद्घाटन गरेका हुन। नवनिर्वाचित वडाध्यक्ष खवासले आज वडा कार्यालयको उद्घाटन गर्दै आफ्नो मात्रै विजयी नभइ सम्पूर्ण वडावासीको विजयी भएको बताए । साथै, उनले जनताहरुका सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए । जनताहरुको साथ र सहकार्य गरि विकास निर्माणको कामकाजमा अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए । सो कार्यक्रममा वार्ड सदस्यमा बिजय उमेदवार शुभनारायण पटेल नरशिह दिस्वा महिला सदस्य पतली देबी, गिता देबी राम, जिराभवानी गाउँपालीका का पुर्ब गाउँपालीका अध्यक्ष रामप्रीत महतो पुर्ब गाउँपालीका उपाध्यक्ष उषा देबी थरुनी जिराभवानी गापाका प्रमुख प्रसाशिकिय अधिकृत प्राण मेहता वडा सचीव प्रभु यादव बिओपी महादेवपट्टीका ससत्र प्रहरी निरीक्षक केदार राई ईलाका प्रहरी कार्यालय सेढ्वाका प्रहरी नायब निरीक्षक प्रकाश महतो पर्साका चर्चित समाजिक अभियन्ता प्रकाश थारु स्थानीय बुधिजिबी महिला लगायतको सहभागिता रहेको थियो ।सो कार्यक्रमका पुर्ब जनप्रतिनिधिहरुको मायाको चिनो सहित बिदाइ गरेको थियो भने सहजीकरण रामप्रीत महतोले गर्नु भाको थियोे ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ । शनिबार दिउँसो पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न भएलगत्तै अध्यक्ष ठाकुर प्रधानमन्त्री देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए ।
दुई नेताबीच संघ र प्रदेशको आगामी निर्वाचनमा कसरी जाने भन्ने बारेमा छलफल केन्द्रीत हुने लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए । प्रधानमन्त्री देउवाले पार्टी अध्यक्ष ठाकुरलाई मिटिङका लागि बोलाउनुभएको र त्यसमा आगामी संघ र प्रदेशको निर्वाचनमा हुने गठबन्धनबारे छलफल केन्द्रित भएको उनले बताए ।
झाले भने, ‘आगामी अर्को निर्वाचन पनि आउँदैछ, प्रतिनिधिसभा र प्रदेशसभाको । त्यस विषयमा पनि पार्टीको कार्यकारिणी समिति बैठकमा छलफल भयो । तर, प्रधानमन्त्रीजीले पार्टी अध्यक्षलाई मिटिङमा बोलाउनु भएकाले आज बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री देउवा र पार्टी अध्यक्षबीच आगामी चुनावमा गठबन्धन गर्ने विषयमा छलफल हुन्छ नै ।’
यसैबीच, लोकतान्त्रिक समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि (आइतबार) बिहान ११ बजे पनि बोलाइएको छ । बिजुलीबजारस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा गरी आगामी संघ र प्रदेशको निर्वाचनको आन्तरिक तयारीको बारेमा विस्तृत छलफल हुने केन्द्रीय कार्यकारिणी सदस्य झाले बताए ।