पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४३ [त्रिचालिसौँ ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/२६ गते समय :- साँझ ८ बजे ।
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:-
✍️अन्तर चित्तदेखि शुद्धमय हुनु छ [०१] ✍️तर कहिल्यै नहोस् क्रुद्धमय हुनु छ [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————-
💢मित्र शान्ति र अहिंसाको मुलुक हो याे [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️काँडाले नि नसोच्नू युद्धमय हुनु छ [०४] ✍️बरु मन, वचन बुद्धमय हुनु छ [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ । …………………………………………………………
उदाहरण पञ्चाङ्ग ………………………
अन्तर चित्तदेखि शुद्धमय हुनु छ [०१] तर कहिल्यै नहोस् क्रुद्धमय हुनु छ [०२] मित्र शान्ति र अहिंसाको मुलुक हो याे [०३] काँडाले नि नसोच्नू युद्धमय हुनु छ [०४] बरु मन, वचन बुद्धमय हुनु छ [०५]
✍️श्रीकृष्ण शर्मा पोखरा हाल घान्द्रुक
…………………………………………………………
पञ्चाङ्ग [०१]
अन्तर चित्तदेखि शुद्धमय हुनु छ । तर कहिल्यै नहोस् क्रुद्धमय हुनु छ । मित्र शान्ति र अहिंसाको मुलुक हो याे , काँडाले नि नसोच्नू युद्धमय हुनु छ । बरु मन, वचन बुद्धमय हुनु छ ।
✍️श्रीकृष्ण शर्मा, पोखरा हाल घान्द्रुक । …………………………………………………
पञ्चाङ्ग [०२]
आत्मा ज्ञान बाँडेर गए बुद्धले। राम्रो कीर्ति छाडेर गए बुद्धले। बुद्ध जन्मेको देशमा शान्ति राख्दै, मुर्खलाई फाँडेर गए बुद्धले। आस्नो तृष्णा माडेर गए बुद्धले।
✍️सरस्वती श्रेष्ठ इटहरी, पञ्चाङ्ग । ……………………………………………
पञ्चाङ्ग [०३]
नेपाली माटोमा जन्मिएको भगवान बुद्ध हाम्रो। यति राम्रो यति निर्मल शक्ति भएको शुद्ध हाम्रो। संसारलाई शान्तिको मार्ग देखायौ सन्देश पायौँ, तिम्रो नाममा रिस राग गर्ने बेनामी क्रुद्ध हाम्रो। मानिसले ज्ञान पाएपनि विनाशको युद्ध हाम्रो।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ………………………………………………………
पञ्चाङ्ग [०४]
मानव ऑफै बीचमा अनेकौॅ युद्ध निस्किए। विष्णुका दशौॅ औतार लिएर बुद्ध निस्किए। कपिलवस्तु जिल्लाको लुम्बिनी क्षेत्रबिचमा, जन्मेका तिनै बालक मनका सुद्ध निस्किए। शान्तिका दूत हुनाले युद्धका रुद्ध निस्किए।
✍️घनश्याम पौडेल, पोखरा । ………………………………………………………
पञ्चाङ्ग [०५]
बुद्ध नै शान्तिका अग्रदुत थिए महान्। घाँसीबाट अत्यधिक शिक्षा लिए महान्। बनाय मानिसले उनैलाई देवता, दुनियाँलाई नै उपदेश दिए महान्। टुक्राएका संरचनालाई सिए महान्।
✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ । ……………………………………………………
पञ्चाङ्ग [०६] [०१] मनले रुवायाे मनले हँसायाे आज । सारा वन एक फूलले वसायाे आज। पदमा हुँदा सबैमा हाई हाई हुने, पद सकिदा त नयन रसायाे आज । महको लाेभमा जीवन फसायाे आज । [०२] जन्मिए बुद्ध नेपालमा ज्ञान बाँड्नलाई हेर । दुःखी घाउमा मलम, लगाइ छाड्नलाई हेर । राज्य भाेगकाे सुख छाेडी हिँड्ने गर्थे याेगी बनी, भिक्षाबाट भरण गर्थे तृष्णा फाँड्नलाई हेर । अशान्तिकाे जिलाे यहाँ नराखी माड्नलाई हेर ।
✍️भवानी घिमिरे , सर्लाही । …………………………………………………………
पञ्चाङ्ग [०७]
कुनै पनि धर्मले भन्दैन हामी क्रुद्ध हुनुपर्छ। ज्ञान र अज्ञानको बिचमा वाक जुद्ध हुनुपर्छ। रक्तपात लडाईं पशुत्व हो यो युगको होइन, रिस रागलाई मार्न शान्तिकामी बुद्ध हुनुपर्छ। लिई बुद्धको ज्ञान हामी नेपाली शुद्ध हुनुपर्छ ।
हजार माइलको यात्रा गर्न पाइला आफैंले चाल्नुपर्छ। यात्रामा अनेक अवरोध आउँछ त्यो आफैंले ढाल्नुपर्छ । भगवान गौतम बुद्धले त यही कुरा सिकाएका थिए , ईष्र्या मोह रीसराग वैमनस्यता भित्रै बाट फाल्नुपर्छ। आफैंभित्र छ अथाह ज्ञानको ज्योति त्योआफैंले बाल्नुपर्छ।
✍️पशपती राई, खोटाङ्ग । ……………………………………………………………………
पञ्चाङ्ग [०९] [०१] दरबार त्याग गरे गौतम बुद्धले। शान्तिको प्रकाश छरे गौतम बुद्धले बुद्ध जयन्तीको सबैमा शुभकामना, अशान्ति सबैको हरे गौतम बुद्धले। पीपलको भर परे गौतम बुद्धले। [०२] सत्य था पाउन न्यायालय धाउनेछन् एक दिन। बाच्नेकाे भन्दा मर्नेकाे गीत गाउनेछन् एकदिन। आफू निर्दाेष छु भनेर घमण्ड नगर्नु दाेषीले, काला कर्तुतहरु बाहिर आउनेछन् एकदिन। अपराधीले आफ्नाे सजाय पाउनेछन् एकदिन।
✍️सुशीला पौडेल । …………………………………………
पञ्चाङ्ग [१०]
ज्ञानकाे लागि ध्यान गरेका बुद्ध । शान्तिका वाणीहरू छरेका बुद्ध । गृहस्थ त्यागेर ज्ञानकाे खाेजीमा, सबैका दुःख,दर्द हरेका बुद्ध । ज्ञानकाे सागरले भरेका बुद्ध ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ………………………………………………
पञ्चाङ्ग [११]
बुद्ध जन्मिएको देश शुद्ध हुन्छन् । शान्ति भूमि देश किन क्रुद्ध हुन्छन् । शान्ति भूमि अहिंसाको देश हाम्रो , नेपाल यो मातृभूमि बुद्ध हुन्छन् । जनता यी किन युद्धमय हुन्छन् ।
✍️बेदु न्यौपाने, काठमाडौ ❤️ । ……………………………………………
पञ्चाङ्ग [१२]
हरेक मनमा बुद्ध खोजेर । नेपाली पनमा बुद्ध खोजेर । शान्ति र अहिंसा रोजेर बाटो, निर्मल तनमा बुद्ध खोजेर । असल जनमा बुद्ध खोजेर ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………
पञ्चाङ्ग [१३]
नौ डाडा पारी त्यो सानो गाउँ झुल्के घामले सुहायो। यो धरातललाई बुद्धको ज्ञान र नामले सुहायो। प्राणीमा हामी मनुष्य चोला पाएर यहीँ धर्तीमा, जीवनलाई मुक्ती पुजन गर्ने कामले सुहायो। ‘बुध्मं शरणं गच्छामी’ गाउने यो सामले सुहायो।
✍️अच्युत घिमिरे, भुटानबाट । ………………………………………………………
पञ्चाङ्ग [१४]
शान्तिको सन्देश अझै छरिरहेछन् बुद्धले। पृथ्वीपथमा डुलेर झरिरहेछन् बुद्धले। जन्मभूमिको खवर के छ नजर लगाऊँ, भनी ध्यान उपासना गरिरहेछन् बुद्धले । हुन्न हिंसा पाप भन्दै सरिरहेछन् बुद्धले।
बुद्ध तिम्रै मार्गमा अघि बढ्न सकौँ। पुस्तकका पानामा ज्ञान पढ्न सकौंँ। विश्व लाई चिनायौ शान्ति भुमी भनी, तिम्रै अर्ति लिई शिखर चढ्न सकौँ। शत्रु सामु शान्तीले हामी लड्न सकौँ।
✍️सरिता सेढाई , धादिङ । …………………………………………………
उँभौली पर्व तथा २५८५औँ गौतम बुद्ध जयन्तिको हार्दिक मङ्गलमय शुभकामना !! साथमा एक पञ्चाङ्ग
पञ्चाङ्ग [१६]
अन्यायमा हुदैन है रुद्ध बन्न सिक्नु। न्याय लिन आफैँभित्र युद्ध बन्न सिक्नु । शान्तिपूर्ण अर्ति सुन्नु आदर्शका कुरा , स्वावलम्वी बन्नु अनि शुद्ध बन्न सिक्नु । पढि लेखि ज्ञान लिनु बुद्ध बन्न सिक्नु।
जब इतिहास रच्नु उनको, निरन्तर स्वभाव भेटिनु रह्यो । जब प्रतिघात रच्नु उनको, सरासर प्रभाव मेटिनु रह्यो । छ समय साथ साथ उनको, अनित्य छ त जन्म जीवन कसै, हर वय काल हेर उनको, ल जीवन छ साथ लेटिनु रह्यो । कति सुखदुःख खप्नु उनले, सजीवन नि आज रेटिनु रह्यो ।
पञ्चाङ्ग [०२]
प्रवेश झरी र मेघ जगमा, निरन्तर सदैव दर्किनु यहाँ । अनेक थरीथरी सुख कतै, निरन्तर स्वरूप फर्किनु यहाँ । अनेक प्रकार जीवन सधैं,न भर्किनु यहाँ न धर्किनु कतै, ल आपत पर्छ जीवन कसै,निशान नि ल छोड तर्किनु यहाँ । छ सुन्दर जिन्दगी अब कतै, जगात नि छोड र लर्किनु यहाँ ।
पञ्चाङ्ग [०३]
न रीस र रागको चलन ती, न जात न भात छ वर्किनु कतै । न साम न दामको चलन ती, न दण्ड न भेद छ थर्किनु कतै । न झर्किनु चर्किनु वचनमा, त्यसै किन थर्किनु भो अब यहाँ , परे अब जर्कनु छ पथमा, त्यसै किन धर्किनु फर्किनु कतै । परे अब लड्नु जति जगमा, छ अन्तिमसास छ हर्किनु कतै ।
✍️राजेन्द्रकुमार बज्राचार्य, काठमाडौं । ……………………………………………………………………
पञ्चाङ्ग [१८]
भानु बुध्द जन्मेकाे देश छ। हिमाल पहाड र बेस छ। मान्छे मात्र किन हाे रित्तामा, जता ततै हिँसा र क्लेस छ। बुध्दत्व र मानव बाँकी सेष छ ।
विश्वभरी नै शान्तिको ज्ञान छरेर आए बुद्ध । नेपालमा शान्तिको प्रतीक भएर आए बुद्ध । मानव जातिमा दया र धर्मको सुमार्ग देखाई, लोभ र लालचदेखि टाढा बनेर आए बुद्ध ।
आमा मायादेवीको गर्वमा बसेर आए बुद्ध ।
वीणा रोका , दाङ घोराही । …………………………………………………
पञ्चाङ्ग [२१]
धन्दा कालो खुलेर आयो। घरैपिच्छे डुलेर आयो। जाम थियो पहिले कता, फुत्त बाटो भुलेर आयो । पत्रिकामा झुलेर आयो ।
दिनमा दुलामा लुक्छन् अनि रातमा बाहिर निस्कन्छन् यी नागिन सर्पहरू विभिन्न स्वरूपमा देखिन्छन् कहिले सडकमा देखिन्छन् कहिले खेलबारीमा र कहिले फूलबारीमा देखिन्छन् कहिले लेक बेसीमा हुन्छन् सडकदेखि सहरसम्म हैकम जमाएर एकछत्र राज गर्छन् आफूलाई भने सर्वेसर्वा ठान्छन् र हुकुमी शासन चलाउँछन् दैनिक आफ्ना प्रवृत्तिहरू देखाउँछन् प्रमुख कारण उनीहरू नागिन न हुन् अर्थात् सर्पहरू हुन् प्रेमले जति नै दुध पिलाए पनि आखिर विष वमन गर्छन् !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १०३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] परिचारिका कर्मठ सेविका साक्षात् जीवित देविका !
वरिष्ठ साहित्यकार, भाषाविद्, समालोचक डा. विदुर चालिसेको पुस्तक लघुकथाकल्पको लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवम् एन.डी.आर.आई.का पूर्वअध्यक्ष, त्रिभुवन विश्वविद्यालयमा भाषाविज्ञानका इमेरेट्स प्राध्यापक, अग्रणी भाषाविद्, नेपाल प्रज्ञा-प्रतिष्ठानको सम्पादकीय बोर्डका सदस्य प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेलले उक्त पुस्तकको शनिबार लोकार्पण गर्नुभएको थियो । लोकार्पित पुस्तकको प्रकाशक समेत रहेको नमस्ते आधुनिक लघुकथा मञ्चले भर्चुअल माध्यमबाट कार्यक्रमको आयोजना गरेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार एवम् समालोचक त्रय डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी र डा. शङ्कर प्रसाद गैरेले विमोचित कृतिको समालोचना गर्नुभएको थियोे ।
लोकार्पण कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि प्रा.डा. माधवप्रसाद पोखरेलले लघुकथाकल्पमा भाषा विज्ञानको कुरालाई समावेश गरेर लेखिएको हुँदा अन्य पुस्तक भन्दा पृथक र विशिष्ट भएको उल्लेख गर्नुभयो । साथै उहाँले लघुकथा लेखिरहँदा आम पाठकलाई भुल्न नहुने र सहज बोधगम्य बनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ समालाेचक, साहित्यकार प्रा. डा. कुमारप्रसाद कोइराला, वरिष्ठ साहित्यकार, कवि, कुथुङ्ग्रीका प्रयाेक्ता, समालाेचक पुष्कर लोहनी, वरिष्ठ साहित्यकारहरू डा. श्यामप्रसाद न्यौपाने, डा.शेखर कुमार श्रेष्ठ र कृष्ण बजगाईले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
आफ्नो लोकार्पित कृतिबारे बोल्नुहुँदै डा.विदुर चालिसेले आम पाठक आफ्नो गुरु भएको र आफूले पाठक सामु आफ्नो गृहकार्य राखेको बताउनुभयो ।
कार्यक्रममा प्रा.डा.माधव प्रसाद पोख्रेल, प्रा. डा. क्रिष्टाेभ स्ट्रन्स्की ( पोल्याण्ड ), डा. हरिप्रसाद सिलवाल, डा. गीता त्रिपाठी, डा. शङ्कर प्रसाद गैरे, प्रा.डा.कुमार कोइराला, डा. श्रृजना शर्मा ( गुवाहाटी, भारत ), डा.विदुर चालिसे, डा.श्यामप्रसाद न्यौपाने, डा.शेखर कुमार श्रेष्ठ, विजय चालिसे, पुष्कर लोहनी, कृष्ण बजगाईं, हिमलाल श्रेष्ठ, राजेन्द्रकुमार आचार्य, अवधेश सिंह, विश्वराज अधिकारी, कृष्णजी शर्मा (घनश्याम डल्लाकोटी), वसन्त अनुभव, निर्मला बराल, बन्दना घिमिरे, दिनेश मैनाली, कमल पौडेल, नानीमाया अधिकारी, मित्र उराठी गौतम, सम्यक सिग्देल, सीता रेग्मी, रोहिणी लोहनी, सुधा बास्कोटा ढकाल, अनु विज्ञाति, शिवहरि अधिकारी, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अनिल आचार्य, विष्णु भण्डारी, इन्दिरा चापागाईं, मन गहिरे, शेखर अर्याल, उर्मिला पन्त पाण्डे, सुरेशकुमार पान्डे, आयुष बडाल, प्रतीक्षा पौडेल, अमित प्रधानाङ्ग लगायतका साहित्यकार, पत्रकार, लघुकथाप्रेमीहरूको उपस्थिति रहेकोे थियोे ।
नआलमका संस्थापक अध्यक्ष एवम् लोकार्पण कार्यक्रमका सभाध्यक्ष श्री कृष्णजी शर्मा ( घनश्याम डल्लाकोटी ) ले कार्यक्रमको समापनको क्रममा बोल्नु हुँदै नेपाली लघुकथाको उन्नयनमा नमस्ते आधुनिक लघुकथा मञ्चको काम विन्दुबाट सिन्धु बन्दै गएको कुरा उल्लेख गर्नुभयो ।
बिजुली र इन्टरनेट अवरुद्धका कारण निर्धारित समयभन्दा १० मिनट ढिलो गरी अपरान्ह २ : ४० बजे सुरु भएको ‘लघुकथाकल्प’ लोकार्पण कार्यक्रम अपरान्ह ५ : ३० बजे मात्र समाप्त भएको थियो ।
उक्त कार्यक्रमको उद्घोषण प्रतीक्षा पौडेलले गर्नुभएको थियोे भने आयुष बडाल र अमित प्रधानाङ्गले प्राविधिक संयोजन गर्नुभएको थियो ।
चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. ४ को गैँडाढापमा स्रष्टा मिलन, पुस्तक लोकार्पण, रचना वाचन तथा कला-सांस्कृतिक प्रदर्शनी कार्यक्रम शनिबार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजना र राप्ती नगरपालिका वडा नं. ४ को प्रायोजनमा भएको उक्त कार्यक्रमको उद्घाटन वरिष्ठ साहित्यकार, समालोचक, भाषाविद् तथा नमस्ते आधुनिक लघुकथा मञ्चका संरक्षक डा. विदुर चालिसेले गर्नुभएको थियो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा र राप्ती नगरपालिका, वडा नम्बर-४ का वडाध्यक्ष एवम् सामाजिक अभियन्ता श्री केदार आचार्य, वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरे, वरिष्ठ साहित्यकार श्री केशवराज आमोदी, साहित्य सङ्गम, चितवनका उपाध्यक्ष, छन्दोवद्ध काव्य प्रतिष्ठानका सचिव राजेन्द्र घायल लगायतको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा साहित्यकारहरू- चुडामणि ओली, रोहिणीप्रसाद लोहनी, ज्ञानु उपाध्याय, निरज कोइराला, तुलसी पण्डित, मनोहरी पौडेल, विष्णुमाया पन्थी, शिवहरि अधिकारी, गणेश नेपाली, यमुना प्रधानाङ्ग मुना, शेखर अर्याल, मीठू कुमारी पाठक, वसन्त अनुभव, रामशरण थपलिया, मणिराम नेपाल, सम्राट सुमन लगायतले शुभकामना मन्तव्यसँगै आ-आफ्ना रचना वाचन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा सन्त कुमार चौधरी, गोविन्दराज कँडेल, सोवेन्द्र चौधरी, अन्जु चौधरी, नारायण सिंह बराल थापामगर, शिवप्रसाद अर्याल, दिपेन्द्र थपलिया, ज्ञानेन्द्र घिमिरे, हरिप्रसाद गजुरेल, सरिता भट्ट, सुजन घिमिरे, विषम मियाँ लगायत स्थानीय महानुभावहरूको उपस्थिति रहेकोे थियोे ।
प्रचलित भन्दा फरक ढङ्गले (व्यानरमा हस्ताक्षर गरेर) उद्घाटन गरिएको कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत सम्पूर्ण अतिथिहरूलाई मञ्चका सचिव वसन्त अनुभवले आफ्नो स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने ‘गुरु सङ्गीत पाठशाला’, खैरहनी-८, पर्साबजारका सङ्गीत प्रशिक्षक श्री कुमार सिंजाली मगरको गायन समूहले गीतद्वारा स्वागत गरेको थियोे ।
कार्यक्रममा विभिन्न जातजातिहरूको मौलिक संस्कृति झल्काउने नृत्य प्रदर्शन गरिएका थिए । जसमा थारूहरूको जितिया पर्वमा नाचिने प्रख्यात ‘झाम्टा नाच’, थारू सम्प्रदायकै फागु पर्वमा नाचिने प्रख्यात डफ्फु नाच, लाठी नाच तथा झर्रा नाच, मगर समुदायको कौडा नाच, सनातन भजन समूबाट भजन तथा खैँजडी नाच प्रदर्शन गरिएको थियोे । कार्यक्रमको उद्घोषण मञ्चका उपाध्यक्ष शेखर अर्याल र सदस्य मीठू कुमारी पाठकले गर्नुभएको थियो ।
‘लघुकथाको सुगन्ध: १२ फूल १०८ सुगन्ध’ संयुक्त लघुकथासङ्ग्रहको लोकार्पण
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथाको सुगन्ध: १२ फूल १०८ सुगन्ध, संयुक्त लघुकथासङ्ग्रहको शनिबार लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि डा. विदुर चालिसेले एक कार्यक्रम विच लोकार्पण गर्नुभएको हो । लोकार्पित लघुकथा सङ्ग्रहको समीक्षा गर्नुहुँदै डा.चालिसेले प्रस्तुत सङ्ग्रह केवल लघुकथा सङ्ग्रह मात्र नभएर समालोचनाको पनि सङ्ग्रह भएको बताउनुभयो ।
लघुकथाकार एवम् समीक्षक निरज कोइरालाले शुभकामना मन्तव्य दिदै प्रस्तुत सङ्ग्रह एउटा मात्र नभएर १२ वटा सङ्ग्रह भएको उल्लेख गर्नुभयो । प्रस्तुत सङ्ग्रहमा १२ जना लघुकथाकारहरूले फरक फरक विषयमा लेखिएका ९/९ वटा लघुकथाहरू सङ्ग्रहित छन् ।
अम्बिका धिताल– आनन्द, बोक्सी, बयान, भेट्ने उपाय, समाधान, एकछिन, विशेष दिन, नपचेको कुरा र स्वर्ग ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १०२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४२ [बयालिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०१/१९ गते समय :- साँझ ८ बजे ।
श्रमको उचित मूल्य देउ,विदाले खान दिंदैन। ठगी खाने सपना नदेख,पापले सान दिंदैन। किन गर्छौ तिमी धनी गरिब बिचमा भेदभाव? आफै परिश्रम गरी खाऊ,कसैले दान दिंदैन। मरेर खाली हात जाने हो,दौलत लान दिँदैन।
भने जस्तो माग आएन यो बजारमा। हाम्रा सामु राम्रो छाएन यो बजारमा। श्रमिक दिवस नारामै सीमित भयो , दाताले सुहित चाहेन यो बजारमा। श्रमले नै मूल्य पाएन यो बजारमा।
✍️श्रीकृष्ण शर्मा, पोखरा । ……………………………………………
पञ्चाङ्ग [०३]
पसिना सुकेपछि मुल्य पाउन नपरोस् सरकार । श्रमिकले पैसाको लागि धाउन नपरोस् सरकार । बेथिति अनि अन्यायको कहिले अन्त गर्छौ तिमीले , जनता नबुझ्ने नेतालाई दाउन नपरोस् सरकार । तिम्रै गित शधैँ हामिले गाउन नपरोस् सरकार ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ………………………………………………………………
पञ्चाङ्ग [०४]
पसिनाको मूल्य अर्कैले लिएको देखियो। श्रमिकले नुनिलो आँसु पिएको देखियो। भाषणमा मात्र श्रम दिवस मनाउने, ओ मन्त्री ज्यू!गरिब मर्दै जिएको देखियो। टुक्रेको सपनाले दिल सिएको देखियो।
✍️पुष्पा नेपाल (सुवेदी), इलाम। …………………………………………………
पञ्चाङ्ग [०५]
श्रमको उचित ज्याला भर्नुपर्छ सरकारले । मूल्यांकन काे कदर गर्नुपर्छ सरकारले । नातावाद कृपावाद अन्त्य गर्ने तेराे काम, पसिनाकाे राम्रो बीउ छर्नुपर्छ सरकारले । श्रमिकको पीडा सबै हर्नुपर्छ सरकारले ।
✍️प्रविणा पल्लवी, महाेत्तरी । …………………………………………………
पञ्चाङ्ग [०६]
उन्नतिको सम्भावना गरेपछि हुन्छ । कहाँ हुन्छ भाषणले छरेपछि हुन्छ। सबै भन्दा उत्तम मानव श्रम शक्ति, प्रथम स्थान श्रमिक परेपछि हुन्छ। सम्बृद्धिको अमृतले भरेपछि हुन्छु ।
✍️सुदर्शन पौडेल , बेनि ५ म्याग्दी । ……………………………………………………
पञ्चाङ्ग [०७]
दिनरात नभनी श्रम गर्नेले,कहिल्यै पार पाएनन् । अघि बढीरहे हुनेखाने,हुँदा खानेले सार पाएनन् । नेतृत्व सँधै नै उही तालमा,जनता त सँधै बेहालमा, चुनाैतीकाे पहाड जताततै,छेक्ने कुनै बार पाएनन्। धेरै दिए आश्वासन,तर सक्कली व्यवहार पाएनन्।
✍️उर्मिला के.शी., धनकुटा । …………………………………………
पञ्चाङ्ग [०८)
बजार भाउ राम्रो आएन सरकार । मनमा कुनै शान्ति छाएन सरकार। श्रमिक दिवस नारामा मात्र सीमित , साँझ बिहान खाना खाएन सरकार। श्रमिकले खास् मूल्य पाएन सरकार।
✍️सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………………
पञ्चाङ्ग [०९]
रगत त धेरै बगिसक्यो अब पसिना बगाउनुपर्छ। भाषणमा होइन अब समय श्रममा लगाउनुपर्छ। गनाउँछ भन्दै पसिना कसैले कसैको खानु हुँदैन , बोलेर मात्रै ठिक्क पार्ने अल्छीलाई अब भगाउँनुपर्छ। श्रमिकको पसिना खाने ठगलाई अब हगाउँनुपर्छ!
✍️पशपती राई, खोटाङ । …………………………………………………………………
पञ्चाङ्ग [१०]
आफ्नै जीवनसँग हारिरहने श्रमिक हुँ म। यो ज्यान दाउमा पारिरहने श्रमिक हुँ म। भोक टार्नका लागि परिवार पाल्नका लागि , हरपल पसिना झारिरहने श्रमिक हुँ म। सकि नसकि छाक टारिरहने श्रमिक हुँ म।
✍️रेणु चन्द ठकुरी, सुन्दर शुदुरपश्चिम डोटी । ………………………………………………………
पञ्चाङ्ग [११]
खोजेर कामको मूल्य । भेटेर नामको मूल्य । कहिले आउला दिन, गरिब गामको मूल्य । निष्पक्ष रामको मूल्य ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………
पञ्चाङ्ग [[१२]
पसिना आफ्नो देशमै बगाउ न तिमी। बिदेश जाने रहर भगाउ न तिमी । सबै यूवा न बिदेशीदै केही राम्रो , काम गर्ने जागर त जगाउ न तिमी । यो पाखामा आमालाई सगाउ न तिमी ।
✍️सुमित्रा पोखरेल, काठमाडौं। ………………………………………………
पञ्चाङ्ग [१३]
श्रमिककाे परिश्रम बिना खान छैन। श्रमकाे दान गर्नेकाे कुनै मान छैन। श्रमिकका मिहिनेती हातहरू राम्रो, स्वार्थ रहित श्रमको केही लान छैन । श्रम भन्दा ठूलो अरू कुनै दान छैन ।
✍️शाेभा आचार्य गौतम , काठमाडौँ । ……………………………………………
पञ्चाङ्ग [१४]
खेतबारी मेलापात धाउन पाए हुन्थ्यो। चुने घर जस्तापाता छाउन पाए हुन्थ्यो। भुँडीवालहरुको नै हुने गर्छ सम्मान, भोको पेट गाँस चारो लाउन पाए हुन्थ्यो। श्रमको उचित मुल्य पाउन पाए हुन्थ्यो।
✍️सरिता सेढाई, धादिङ । …………………………………………………
पञ्चाङ्ग [१५]
खाली भए श्रमिकले श्रम पाएका छैनन् दिवस मनाउन पर्ने भयो । भेलबाढीले छाक टारेर भएन अन्य व्यवस्था जनाउन पर्ने भयो । सबैलाई चाहिएको आधुनिक प्रविधिमैत्री रोजगारी कता छ र खै? कृषि प्रधान देशमा खेतबारी बाँझै परीक्षण खनाउन पर्ने भयो । क्रान्ति ल्याएर शिक्षा उद्योग व्यापार कृषिको पेसा छनाउन पर्ने भयो।
श्रमिकलाई मात्रै सपना छर्छन् यहाँ । श्रमिकहरुनै भोकभोकै मर्छन् यहाँ । श्रमिकहरुको दुख देख्दैन सरकार, श्रमिक लुट्नेहरुनै भुँडी भर्छन् यहाँ । श्रमिकको आशुमानै मोज गर्छन् यहाँ ।
✍️देवकी के.सी. , काठमाडौं । …………………………………………………
पञ्चाङ्ग [१७] [०१] गरिखाने मान्छेको मुख मोसिनु हुँदैन। गरिबी पसिनाले धनी पोसिनु हुँदैन । अधिकारहरू सुनिश्चितता हुनु पर्छ, श्रम दिवसमा खुसीले जोसिनु हुँदैन । समान श्रम मूल्यहरू खोसिनु हुँदैन। [०२] जोश जाँगर बढाउदै अल्छी हर्नुपर्छ। आफ्नो सीप र कौसलताहरू छर्नुपर्छ। आफ्नो भाग्य निर्माण गर्ने छँदैछ समय, क्षमता अनुसार सक्दो काम गर्नुपर्छ। सन्तान सँगै आफ्नो पनि पेट भर्नुपर्छ।
✍️होम प्रसाद, धरान,सुनसरी । ……………………………………………………
पञ्चाङ्ग [१८]
मोटो धेरै यहाँ मसिनाको मुल्य आएको छैन। श्रमिकले गर्ने पसिनाको मूल्य आएको छैन। भोको पेट भर्न खाडीमा बस्नु पर्ने भयो बाध्य , यस्तै हेर यिनै असिनाको मूल्य आएको छैन। संकुचित भयो कसिनाको मुल्य आएको छैन।
✍️डिल्ली राज घिमिरे, भुमिकास्थान९ अर्घाखाँची । ……………………………………………………
पञ्चाङ्ग [१९]
परिश्रम गर्नुपर्छ। खाली खेत भर्नुपर्छ। श्रमको कदर गरौं , दस नङ्ग्रा खर्नुपर्छ। उचित मुल्य पर्नुपर्छ ।
✍️धनमाया चौधरी, कैलाली। …………………………………………………
पञ्चाङ्ग [२०]
श्रम नगरी खान पाइँदैन। बिना श्रमको मान पाइँदैन। श्रम दिवसको शुभकामना काम नभए दान पाइँदैन। बिना सल्लाह जान पाइँदैन।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं । …………………………………………
पञ्चाङ्ग [२१]
समानता योग्यतामा काम पनि बराबरी। उस्ता उस्तै कामलाई दाम पनि बराबरी। श्रमिकको दिन आज दुखसुख खोल्नुपर्छ, काम केही नहुनेको नाम पनि बराबरी। आखिरमा सबै जाने ठाम पनि बराबरी।
✍️घनश्याम पौडेल,पोखरा । ……………………………………………………
पञ्चाङ्ग [२२]
श्रमिक हामी सत्कर्म गर्छौँ बसेर धर्तीमा। गर्दछौँ पूजा श्रमको हामी रमेर धर्तीमा। धान र मकै फलाई अन्न धर्तीका पुजरी, जहान पाल्न पसिना बेच्छौँ झरेर धर्तीमा। दिदैन मूल्य मालिक गाली सहेर धर्तीमा।
✍️वीणा रोका, दाङ घोराही । ………………………………………………
पञ्चाङ्ग [२३]
सानोतिनो मज्दुर काम समाएकोछु आमा। सिठोपिठो खाएर नी रमाएकोछु आमा। दु:ख सुख यस्तै रहेछ परदेशको मामला, अलिअलि भए पनि त कमाएकोछु आमा। थोरै घरमा पठाउन जमाएको छु आमा।
✍️मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा । ……………………………………………………
पञ्चाङ्ग [२४]
श्रम गरेर मजदुर जनायौ आज । ठुला महल तिमीले नै बनायौ आज। सन्तानको भोक टार्नका निमित्त गर्ने, आफ्नो ज्यान जोखिममा भनायौ आज। सधैँ अन्यायको आवाज खनायौ आज।
✍️कला ढकाल झापा । ………………………………………………
पञ्चाङ्ग [२५]
गरिबीको अन्त्य गर्न खाडी पसेँ म। भोको पेटलाई भर्न खाडी पसेँ म। म एक गरीब, श्रम गर्ने व्यक्ति हो, बा आमामा खुसी छर्न खाडी पसेँ म। दुष्ट आँखालाई हर्न खाडी पसेँ म।
✍️सुशीला पौडेल । ………………………………………………
पञ्चाङ्ग [२६]
माथि आकाश रुँदा तल धर्ती चिसिने भयो । आवाज ठुलो निकाली बादल रिसिने भयाे । पूरानाे त्यो रीतिथिति नछाड्ने भएरै हाेला , मकै पिस्दामा सधैँभरि घुन पिसिने भयो । कुर्सीकाे लाेभले भ्रष्टमा सन्त मिसिने भयाे ।
✍️भवानी घिमिरे , सर्लाही । ………………………………………………………
पञ्चाङ्ग [२७]
कष्टकर भै दियो जिन्दगीभर । दर्दमा थपी लियो जिन्दगीभर । श्रमिक दिवसको शुभकामना, दुखी रहेको फियो जिन्दगीभर । शक्ति नै सारा थियो जिन्दगीभर।
✍️भगवती दवाडी, झापा । …………………………………………
पञ्चाङ्ग [२८]
अब त संसार भरिका मजदुर उठ्नु पर्छ । आन्दोलनको गर्नु छ हामी सुर जुट्नु पर्छ । एक मईले नै दिन्छ हामीलाई देउ प्रेरणा , एकतामा हुन्छ हक भरपुर खुट्नु पर्छ । ढोंगीले गय्रो सपनालाई सधैँ कुट्नु पर्छ ।
✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ । ……………………………………………………
पञ्चाङ्ग [२९] पहिलो प्रयास
घनघाेटी काम गर्नेलाई गरम् भएकाेछ। घरभित्र राज गर्नेलाई भरम् भएकाेछ । मुखले भन्न नसक्ने इज्जत जाने डरले , ठगेर खाने शाेषकलाई शरम् भएकाेछ। पाेखिनु पर्ने मनकाे व्यथा चरम् भएकाेछ ।
श्रमिकको विकास गर्न सबैले सहयोग गर्नुपर्छ। सिपै नजानेका श्रमिकले एकदिन भाेकै मर्नु पर्छ। प्रगति पथमा लम्कने बानी गरेर अगाडि बढेमा, मजदुरहरूकाे घरमा पनि अन्नपात भर्नुपर्छ। कुदृष्टिले हेर्ने भावनाहरूलाई बिचैमा हर्नुपर्छ।
✍️निला घिमिरे, जनकपुर। …………………………………………………
पञ्चाङ [३१]
दिनरात खटिएर श्रम गर्दा पनि। खान नै पुग्दैन आधि पेट भर्दा पनि। पसिनाको मूल्य बुझ्दैन यो सरकार, पाउन्न राहात संकटमा पर्दा पनि। खै सहयोग खानै नपाइ मर्दा पनि।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १०० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू