• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

स:शुल्क PCR परिक्षण गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, परिक्षण शुल्क एकमुष्ट रु ४ हजार ४ सय

  • २३ भाद्र २०७७, मंगलवार १३:२९ मा प्रकाशित
  • घोराही, दाङ, २३ भाद्र
    दाङ जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स:शुल्क PCR परिक्षण गर्ने भएको छ । मंगलबार एक स:शुल्क PCR परिक्षण गर्ने सम्बन्धि परिपत्र जारी गर्दै उक्त जानकारी गराएको हो ।

    स्वेच्छाले स:शुल्क PCR परिक्षणका लागि अनुरोध भइ आएका ब्यक्ति तथा संस्थाहरुको स्वावको PCR परिक्षण नेपाल सरकारको निर्णय बमोजिम एकमुष्ट ४ हजार ४ सय रुपैयाँ लिई गरिने प्रतिष्ठानले जनाएको छ । साथै उक्त सेवाका लागि स्वाव संकलन कार्य प्रतिष्ठानको Fever clinic बाट बिहान ८ बजे देखि १० बजे सम्म गरिने परिपत्रमा उल्लेख छ ।

    विभिन्न सरकारी कार्यालय, न्यायालय, गण, प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, बैंक तथा वित्तीय संस्था, राष्ट्रिय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, निजि अस्पतालबाट संस्थागत तथा ब्यक्तिगत रुपमा समेत वैदेशिक रोजगारि र पासपोर्ट बनाउने प्रयोजनका लागि तथा एक जिल्ला बाट अर्को जिल्ला जान PCR परिक्षणको रिपोर्ट आवश्यक परेको भनी स:शुल्क परिक्षण गरिदिन अनुरोध आएपछि प्रतिष्ठानले शुल्क लिएर PCR परिक्षण गर्न लागेको प्रतिष्ठानका निर्देशक सागर पन्थीद्वारा हस्ताक्षरित परिपत्रमा जनाईएको छ ।

    साथै प्रतिष्ठानले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७/५/२१ गतेको पत्र निर्देशन भए अनुसार संलग्न National Testing Guidelines for COVID-19 ले निर्दिष्ट गरे अनुसार PCR परिक्षणहरु भने नि:शुल्क गर्ने जनाएको छ ।

    साथै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको National Testing Guidelines for COVID-19 अनुसार मात्र स्वावको नमुना पठाउन र सो बाहेकका स्वावको नमुना नपठाउन सम्बन्धित निकाय सबैमा अनुरोध समेत गरेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on स:शुल्क PCR परिक्षण गर्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, परिक्षण शुल्क एकमुष्ट रु ४ हजार ४ सय

    बोल्दे विस्थापितलाई राहत लिएर पुगे पूर्वमन्त्री र समन्वय प्रमुख

  • २३ भाद्र २०७७, मंगलवार ११:४८ मा प्रकाशित
  • सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका ५ बोल्देका पहिरो पिडितलाइ राहत वितरण गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङ जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङ, लगाएतले विस्थापितको घरदैलोमा पुगेर पहिरोको अनुगमन समेत गरेको छ ।

    अनुगमन गर्ने दौरानमा पहिरो पीडित विस्थापितलाई अस्थायी वासस्थानको लागी आवस्यक सामाग्री प्रदान गरिएको छ । पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङको पहलमा बोल्देका विस्थापितलाई राहत सामाग्री उपलव्ध गराइएको हो ।

    सांसदसहित जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङ सामेबार राहत सामाग्री लिएर बोल्दे पुग्नुभएको थियो । पहिरोले घरवास नै जोखिममा परेपछि विस्थापित स्थानीयका लागी खानेपानीका लागी पाईप, अस्थायी शौचालय र म्याट लगायतका सामाग्री प्रदान गरिएको छ । यसअघि नै जिल्ला समन्वय समितिले बोल्देका विस्थापितका लागी टेण्ट लगायतका सामाग्री व्यवस्था मिलाइसकेको छ ।

    बोल्देबासीका लागी तत्काललाई अस्थायी व्यवस्थापन भएपनि उनीहरुको स्थायी वासस्थान व्यवस्थापनमा अब लाग्नुपर्ने पूर्व मन्त्री एवम सांसद शेरबहादुर तामाङले बताउनुभयो । सांसद तामाङले अब जिल्लामा जति पनि बिस्थापित भएका छन् ति सबैलाइ सुरक्षित स्थानमा स्थानान्तरण गर्न पहल भइरहेको बताउनुभयो ।

    उहाँले नमुना एकिकृत बस्तिको निमार्ण गरि विस्थापितहरुलाइ स्थानान्तरण गर्न प्राविधिक सर्बेको काम भइरहेको पनि बताउनुभयो । स्थानियले जंगलि जनावरले समेत आफुहरुलाइ बस्न खान नदिएको भन्दै गुनासो गरेपछि तामाङले वैकल्पिक खेतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

    पिडितहरुलाइ सम्बोधन गर्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्ण गोपाल तामाङले अब सबै पालिकाका जनप्रतिनिधि भएर साझा ढंगले अगाडि बढ्ने छलफल भइरहेको भन्दै विस्थापित हरुको उचित ब्यबस्थापनका लागि काम भइरहेको बताउनुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on बोल्दे विस्थापितलाई राहत लिएर पुगे पूर्वमन्त्री र समन्वय प्रमुख

    विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २२ भाद्र २०७७, सोमबार २०:४७ मा प्रकाशित
  • काठमाडौं, २२ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । आज मात्र ९ सय ७९ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका १ जना
    झापाका १६ जना
    पाँचथरका ६ जना
    भोजपुरका १ जना
    मोरङका ३९ जना
    सुनसरीका ६५ जना
    सोलुखुम्बुका १ जना

    प्रदेश २ मा
    धनुषाका ४४ जना
    महोत्तरीका ३ जना
    सप्तरीका १९ जना
    सर्लाहीका २० जना
    सिरहाका ४१ जना

    बागमती प्रदेशमा
    काठमाडौंका २९३ जना
    काभ्रेका २८ जना
    चितवनका १९ जना
    दोलखाका ३ जना
    धादिङका ४ जना
    भक्तपुरका १३ जना
    मकवानपुरका ७३ जना
    ललितपुरका २० जना
    सिन्धुपाल्चोकका ३ जना
    सिन्धुलीका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ३० जना
    गोरखाका १८ जना
    तनहुँका ६ जना
    नवलपरासी पूर्वका १६ जना
    पर्वतका १ जना
    लमजुङका १५ जना

    प्रदेश ५ मा
    कपिलवस्तुजा २ जना
    गुल्मीका ८ जना
    नवलपरासी पश्चिमका २ जना
    पाल्पाका ५ जना
    प्युठानका १ जना
    बर्दियाका ४१ जना
    बाँकेका ४२ जना
    रुपन्देहीका ४१ जना

    कर्णाली प्रदेशमा
    कालिकोटका २ जना
    जाजरकोटका १ जना
    जुम्लाका १ जना
    दैलेखका ३ जना
    सुर्खेतका १९ जना

    सुदूरपश्चिम प्रदेशमा
    कञ्चनपुरका ७ जना
    कैलालीका ३ जना
    बझाङका १ जना
    बाजुराका १ जना

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

    ओबीसीका अध्यक्षले पालिकामा संगठन बिस्तार गर्दै, धोबिनी गाँउपालिकामा १५ सदस्यी कमिटी गठन।

  • २२ भाद्र २०७७, सोमबार १९:५९ मा प्रकाशित
  • कमिटी गठन गरेपछि सामूहिक फ़ोटो लिदै

    उमेश कुशवाहा
    वीरगज,भाद्र २२

    अखिल नेपाल पिछाड़वर्ग (ओबीसी) महासंघ पर्साले १४ स्थानीय तह मध्य धोबिनी गाउपालिकामा पहिलो संगठन बिस्तार गरी १५ सदस्यीय कमिटी गठन गरेको छ।

    अकलेश साहको अध्यक्षतामा अखिल नेपाल पिछाड़वर्ग (ओबीसी) महासंघ धोबिनी गाउ पालिकाको बैठक आज सम्पन भएको छ।

    अखिल नेपाल पिछाड़वर्ग (ओविसी) पर्साद्वारा ले आज धोवनी गाँउपालिकामा
    कमिटी गठन गरेको छ ।

    महा संघ पर्सा जिल्लाका अध्यक्ष अकलेश साहको अध्यक्षतामा बसेको बैठकले १५ सदस्यी गाँउपालिका कमिटी गठन गरेको हो ।

    नव गठित कमिटीको अध्यक्षमा औनित राज रौनियार,उपाध्यक्षमा रुतेन्द्र कुमार पटेल,सचिवमा देव आशिश पाल, कोषाध्यक्षमा वृजकिसोर साह रौनियार, सह सचिवमा पवन कुमार पटेल, सल्लाहकारमा अकलेश ठाकुर लोहार ,सदस्यहरुमा सतेन्द्र कुशवाहा राजकुमार गुप्ता, दिना राउत,भीम कुमार पटेल,सहद पटेल,श्यामनन्द पटेल,नागेंद्र पटेल,संतोष साह कानू,राजु साह कानू लगायत रहेका छन ।

    बैठकले रक्तदान कार्यक्रमको आयोजना, कोरोना नियन्त्रण बारे जनचेतना र गाँउपालिकामा हुने बिकाश निर्माणको अनुगमन गर्ने,अति विपन्न र समस्यामा परेको लाई सहयोग गर्ने,गलत गति बिधि हुन नदिने जस्ता निर्णय गरेको अध्यक्ष साहले बताउनुभयो ।

    ओबीसीका अध्यक्षले पर्सा जिल्लाको १४ स्थानीय तह गाउ गाउमा नै संगठन बिस्तार गर्न ।

    बैठकमा ओविसीका राजकुमार साह, नवलकिसोर साह, राजन साह,संदिप साह,रूपेश रौनियार ,संदीप महतो लगायतको उपस्थिती रहेको थियो

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on ओबीसीका अध्यक्षले पालिकामा संगठन बिस्तार गर्दै, धोबिनी गाँउपालिकामा १५ सदस्यी कमिटी गठन।

    आज ९ सय ७९ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो

  • २२ भाद्र २०७७, सोमबार १८:४४ मा प्रकाशित
  • काठमाडौ, २२ भाद्र
    नेपालमा विगत २४ घण्टामा ९ सय ७९ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ६ सय ४१ र महिला ३ सय ३८ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७ सय ३९ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ५९ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ९ हजार ६९ जना र होम आइसोलेसनमा ७ हजार १ सय ९० जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ११ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला ४ जना र पुरुष ७ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, प्रदेश २ मा ३ जना, बागमती प्रदेशमा ५ जना, गण्डकी प्रदेशमा १ जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ३६ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३० हजार ६ सय ७७ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ६ सय ७९ जना, प्रदेश नं. २ मा ८ हजार ७ सय ९७ जना, बागमती प्रदेशमा ४ हजार १ सय ५० जना, गण्डकी प्रदेशमा १ हजार ८ सय ४१ जना, प्रदेश नं. ५ मा ५ हजार ४ सय ८१ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय ४९ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ३ सय ८० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १६ हजार २ सय ५९ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ७ हजार १ सय ९० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ९० जना, प्रदेश नं. २ मा ३ हजार जना, बागमती प्रदेशमा २ हजार ३ सय ३४ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ८ सय ०७ जना, कर्णाली प्रदेशमा ४० जना, र सुदुरपश्चिम प्रदेशमा १ सय १९ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९ हजार ६९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ७ सय ३१ जना, प्रदेश नं. २ मा ४ सय ८२ जना, बागमती प्रदेशमा ४ हजार ८ सय ४० जना, गण्डकी प्रदेशमा ८ सय ३६ जना, प्रदेश नं. ५ मा १ हजार ९७ जना, कर्णाली प्रदेशमा ३ सय ३६ जना, र सुदुरपश्चिम प्रदेशमा ७ सय ४७ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ४ हजार ७ सय ३९ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ७२ जना, प्रदेश नं. २ मा ६ सय १८ जना, बागमती प्रदेशमा ४ सय ६१ जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार १७ जना, कर्णाली प्रदेशमा ४ सय ४४ जना, र सुदुरपश्चिम प्रदेशमा ६ सय ३३ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ७१ रहेको छ । जसमा प्रदेश न.१ मा ६ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा १ सय ११ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २१ जना, कर्णाली प्रदेशमा ३ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २० जना रहेका छन । जसमा वागमती प्रदेशमा १८ जना र प्रदेश नं. ५ मा २ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ५ रहेको छ । जसमा ताप्लेजुङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ११ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, पर्सा, रौतहट, सर्लाही, बारा, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ७३ लाख १६ हजार ६ सय ०५ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख २९ हजार ६ सय ७२ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ९३ हजार ५ सय ५४ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ९३ लाख ९३ हजार ३ सय ७९ जना रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on आज ९ सय ७९ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुग्यो

    लायन्स क्लब अफ वीरगंज आर्दशनगर द्वारा प्रसौनी बिर्तामा राहत बितरण

  • २२ भाद्र २०७७, सोमबार १८:२३ मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज, भाद्र २२

    लामो समय देखीे निषेधाज्ञाका कारण गरिब, बिपन्न, असहाय र दैनिक ज्यालादारी गरी आफनो जिविका पार्जन गर्नेहरु समस्यामा परेका छन। समस्यामा परेपछि आज खाद्यान राहत सामग्री बितरण गरिएको छ।

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाए पनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिए पछि चुलो नबल्ने घरमा राहत सहयोग गरिने र जनताको समस्यालाई आफ्नो समस्या बुझि दिन रात लायन्स क्लव अफ वीरगंज आर्दशनगरले लागि परेको छ।

    लायन्स क्लब अफ वीरगंज आर्दशनगरको सहयोगमा आज वीरगंज २३ प्रसौनी बिर्तामा राहत बितरण गरिएको छ ।

    संचारकर्मी बिक्की नेपालको बिशेष पहल र लायन्स क्लव अफ वीरगंज आर्दशनगरको आर्थिक सहयोगमा अति बिपन्न २५ परिवारलाई राहत समाग्री बितरण गरिएको होलायन्स कल्व अफ आर्दशन नगरका अध्यक्ष संजय कुमार खेतानको अध्यक्षतामा आयोजित राहत बितरण कार्यक्रममा प्रत्येक परिवारलाई १५ केजी चामल र एक किलो दाल बितरण गरिएको थियो ।

    श्री नेपाल राष्ट्रिय अधारभुत बिद्यालयमा आयोजित कार्यक्रममा नेकपा युवा नेता एवं वडा सदस्य लालबाबु यादव क्लबका पुर्व अध्यक्ष प्रकाश भाहेति, क्लवका सदस्य बिरेन्द्र कुमार शर्मा, , समाजसेवी प्रहलाद गुप्ता गोंड,पत्रकार आरोहण साह लगायतको सहभागिता रहेको थियो । कार्यक्रको सहजीकरण स्थानिय राकेश साहले गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on लायन्स क्लब अफ वीरगंज आर्दशनगर द्वारा प्रसौनी बिर्तामा राहत बितरण

    तुलसीपुरमा हालसम्म ९ महिने बालक सहित १ सय १९ जना कोरोना संक्रमित, जसमध्ये पुरुष ८७ र महिला ३२ जना

  • २१ भाद्र २०७७, आईतवार २२:५५ मा प्रकाशित
  • तुलसीपुर, २१ भाद्र
    तुलसीपुरमा हालसम्म पुष्टि भएका जम्मा कोरोना संक्रमित संख्या १ सय १९ रहेको छ । जसमा ९ महिने बालक देखि वृद्ध समेत रहेका छन । संक्रमित मध्ये पुरुष ८७ जना र महिला ३२ जना रहेको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका कोभिड फोकल पर्सन बिमल केसीले जनाएका छन ।

    त्यस्तै सक्रिय संक्रमितको संख्या भने ४१ रहेको छ । जसमध्ये पुरुष १७ र महिला २४ रहेका छन । सक्रिय संक्रमितहरुमध्ये होम आईसोलेसनमा ९ जना, होटल आईसोलेसनमा ३ जना, भेरी अस्पताल आईसोलेसनमा २ जना र कोरोना विशेष अस्पताल बेलझुण्डिमा २७ जना रहेका छन ।

    त्यस्तै हालसम्म संक्रमित स्वास्थ्यकर्मी तथा कर्मचारीको संख्या २० पुगेको फोकल पर्सन केसीले जनाएका छन । जसमा चिकित्सक २ जना, नर्सिङ ६ जना, पारामेडीक्स ५ जना, मस्वास्वसे २ जना, चालक १ जना, कार्यालय सहयोगी ४ जना रहेका छन ।

    फोकल पर्सन केसीका अनुसार हालसम्म पिसिआर परिक्षण संख्या २ हजार ९ सय ०२ पुगेकी छ । समुदायस्तरमा गरिएको ९ सय २५ कोरोना परीक्षण मध्ये ३९ पोजिटिभ देखिएको थियो ।

    साथै तुलसीपुर उपमहानगरका क्वारेन्टाइनमा बस्नेहरुको संख्या हालसम्म २ हजार ४८ पुगेको फोकल पर्सन केसीले जानकारी दिएका छन । उनका अनुसार आजै नेपाल आर्मीको १९ नं. बाहिनीको आईसोलेसनमा रहेका ९ जना कोरोना संक्रमितहरु २८ दिनपछि डिस्चार्ज भएका छन ।

    साथै उनले सिल भएका ३ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको भोली पिसिआर परिक्षण गरिने जनाएका छन । पिसिआर परिक्षणका लागि भिटियम अभावका कारण कन्ट्याक्ट ट्रेसिंगमा परेका र लक्षण देखिएका व्यक्तिहरुको मात्र पिसिआर परिक्षण गरिने बताएका छन । उनले कन्ट्याक्ट ट्रेसिंगमा परेका व्यक्तिहरुको पनि स्वास्थ्य अवस्था जाच गरेर मात्र पिसिआर परिक्षण गरिने जनाएका छन ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on तुलसीपुरमा हालसम्म ९ महिने बालक सहित १ सय १९ जना कोरोना संक्रमित, जसमध्ये पुरुष ८७ र महिला ३२ जना

    कर्णालीका हिमाली जिल्लामा खाद्यान्न संकट, ‘चीनले दिएन नाका खोल्न अनुमति’

  • २१ भाद्र २०७७, आईतवार २१:४५ मा प्रकाशित
  • सुर्खेत, १ भदौ २०७७
    कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकले वर्षेनी खाद्य संकट बेहोर्दै आएका छन्। यस वर्ष पनि लामो समय लकडाउन हुदाँ र उत्तरी चीन नाका बन्द हुँदा सहज ढुवानी हुन नसकेपछि कर्णालीका तीन हिमाली जिल्लामा खाद्य अभाव देखिएको हो।

    प्रदेशको हिमाली तीन जिल्ला डोल्पा, हुम्ला र मुगुस्थित खाद्यान्न मौज्दात हुने खाद्य डिपोहरु रित्तिएपछि खाद्यान्न अभाव हुन लागेको हो। मुगुमा आपतकालिन अवस्थाका लागि पाँच सय क्विन्टल चामल राखिएको र थप ६ हजार क्विन्टल चामल माग गरिएको छ। कोटा र मागअनुसार कहिल्यै खाद्यान्न ढुवानी नहुने हुम्लामा यसपटक ७३ हजार क्विन्टल चामल माग गरिएको छ। अहिले माथिल्लो डोल्पामा ढुवानी हुन नसक्दा खाद्यान्न अभाव भइरहेको छ।

    अघिल्ला वर्षहरुमा सिमा जोडिएको हुम्ला र माथिल्लो डोल्पाको उत्तरी भागमा चीनको तिब्बत मार्गहुदैँ खाद्यान्न आपुर्ति हुने गरेको थियो। कोरोना भाइरस संक्रमणले गर्दा सिमा नाका बन्द भएपछि खाद्यान्न आपुर्ति हुन सकेको छैन। जसले गर्दा हिमाली जिल्लाहरुमा खाद्यान्न अभाव सुरु भएको हो।

    हुम्लामा अहिले दुई वटा खाद्य डिपो छन् भने, पाँच वटा बिक्री केन्द्र छन्। डिपोमा न्युन खाद्यान्न भए पनि बिक्री केन्द्रमा भने छैन।

    ‘दुई वटा डिपोमा न्युन खाद्यान्न छ, बाँकी बिक्री केन्द्रहरुमा छैन,’ खाद्य व्यवस्था तथा व्यापार कम्पनी, हुम्लाका प्रमुख रामबहादुर विष्टले भने, ‘ढुवानीका लागि ठेक्का अन्तिम स्वीकृतीमा छ, ठेक्का स्विकृत भइहाले पनि बाटोघाटोको समस्याले अहिले ल्याउन नसकिने अवस्था छ।’

    गत वर्ष भदौ महिनामा खाद्यान्न पाएका माथिल्लो डोल्पाका नागरिकले अहिलेसम्म पाउन सकेका छैन। माथिल्लो डोल्पाका तीन गाउँपालिकमा भदौ महिनामा ढुवानी हुने खाद्यान्न यसपटक अहिलेसम्म हुन सकेको छैन। यी क्षेत्रका नागरिकले खाद्यान्न मात्रै नभएर दैनिक उपभोग्य सामग्रीसमेत चीनबाटै ल्याउने गरेकोमा लामो समय सिमानाका बन्द हुदाँ समस्यामा परेका छन्।

    ‘माथिल्लो डोल्पाको तीन गाउँपालिकामा खास यो समयमा खाद्यान्न ढुवानी गर्नुपर्ने,’ सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले भनिन्, ‘केन्द्र सरकारबाट ठेक्का लागिसकेको छ। हाम्रो तयारी पुरा भइसकेको छ। खास अहिले हामी चाइनाको अनुमति नआएको भएर रोकिएका छौँ।’

    सदरमुकाम दुनैमा चार हजार मेट्रिक टन चामल मौज्दात रहेको स्थानीय प्रशासनको भनाई छ।

    ‘सदरमुकास्थित डिपोमा रहेको खाद्यान्न ढुवानीका लागि केन्द्र सरकारसँग समन्वय गरिरहेका छौँ,’ उनले भनिन्।

    प्रदेशका दश जिल्लामध्ये दैलेख, जाजरकोट, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगु जिल्लामा स्थानीय उत्पादनले तीन महिना पनि खान नपुग्ने भएपछि वर्षेनी खाद्य संकटको समस्या हुने गरेको छ। प्रदेशमा तीन लाख ५२ हजार मेट्रिक टन खाद्यान्न आवश्यक पर्नेमा तीन लाख २६ हजार मेट्रिक्टन खाद्यान्न मात्रै उत्पादन हुने गरेको छ।

    वर्षेनी २५ हजार मेट्रिक्टन खाद्यान्न अपुग हुने कर्णालीमा भारतलगायत तेस्रो मूलुकको रोजगारीमा गएका फर्किएसँगै यसवर्ष थप खाद्यान्न अपुग हुने प्रदेश सरकारको अनुमान छ। प्रदेश सरकारले अघिल्लो आर्थिक वषकै बजेटले खाद्यान्न खरिद गरी आपतकालिन अवस्थाका स्थानहरुमा वितरण गरेको प्रदेश सरकारको भनाई छ। यस आर्थिक वर्ष ५० करोड बजेट विनियोजन गरेको छ।

    खाद्यान्न आपुर्तिमा सचेत भएको भन्दै भोकमरी हुन नदिने प्रदेश सरकारको भनाई छ। ‘खाद्यान्नको व्यवस्था केन्द्रले गर्नुपर्छ र ढुवानीका लागि हामी गर्छौं, छलफल भइरहेको छ,’ प्रवक्ता विमला केसीले भनिन्, ‘छलफल हुदाँहुदैँ नागरिक मर्ने अवस्था हुन लाग्दा प्रदेश सरकारले त्यसै उम्कन पाउँदैन। यदि प्रदेश सरकारले गर्नै पर्ने हो भने, आफै खाद्यान्न किनेर ढुवानी गर्छौं।’

    चामललाई मात्रै खाद्य हो भनेर बुझ्ने परम्परा अन्त्य गर्नुपर्ने सरकारको भनाई छ। ‘हामीले पनि चामललाई मात्रै खाद्य हो भनेर बुझ्नु हुदैँन,’ उनले भनिन्, ‘आफैँले उत्पादन गरेको जे निस्कन्छ त्यही खाऔँ। स्थानीय उत्पादन गरेको कोदो, फापर, मकै जस्ता खाद्यान्न खानमा जोड दिए यस्तो समस्या हुदैन्थ्यो।’
    पहिलो पोष्ट (पी बी खड्का)

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on कर्णालीका हिमाली जिल्लामा खाद्यान्न संकट, ‘चीनले दिएन नाका खोल्न अनुमति’

    स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा

  • २१ भाद्र २०७७, आईतवार २१:२९ मा प्रकाशित
  • काठमाडौ, २१ भाद्र
    स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल गत ३ दिन देखि क्वारेन्टाइनमा बस्दै आएका छन् ।

    तीन दिन अघि परिवारको एक सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टर भित्रै क्वारेन्टाइनमा बस्दै आएका हुन ।

    उनले आफू क्वारेन्टाइनमा बस्दै आएको ३ दिन पुगेको र चिकित्सकको सल्लाह बमोजिम ७ दिन पुगेपछि आर टि पिसिआर परिक्षण गरिने जानकारी दिए ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on स्वास्थ्यमन्त्री ढकाल क्वारेन्टाइनमा

    विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २१ भाद्र २०७७, आईतवार २१:०१ मा प्रकाशित
  • काठमाडौं, २१ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको छ । आज मात्र ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    उदयपुरका १ जना
    ताप्लेजुङका १ जना
    भोजपुरका १ जना
    ओखलढुंगाका १ जना
    झापाका २८ जना
    मोरङका २९ जना
    संखुवासभाका ६ जना
    सुनसरीका ८६ जना

    प्रदेश २ मा
    धनुषाका १० जना
    पर्साका २५ जना
    बाराका ७३ जना
    महोत्तरीका ३ जना
    रौतहटका ८ जना
    सप्तरीका ११ जना
    सर्लाहीका ५ जना
    सिराहाका ६ जना

    बागमती प्रदेशमा
    काठमाडौंका २९० जना
    काभ्रेका १ जना
    चितवनका ३० जना
    दोलखाका ७ जना
    धादिङका १० जना
    भक्तपुरका ३२ जना
    ललितपुरका ३२ जना
    सिन्धुपाल्चोकका १ जना
    सिन्धुलीका २ जना

    गण्डकी प्रदेशमा
    कास्कीका २१ जना
    गोरखाका ५ जना
    तनहुँका ७ जना
    नवलपरासी पूर्वका १२ जना
    लमजुङका २ जना
    वागलुङका ३ जना
    स्याङजाका २२ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका ११ जना
    कपिलवस्तुका ४ जना
    दाङका ३ जना
    नवलपरासी पश्चिमका २ जना
    पाल्पाका १९ जना
    प्युठानका ४ जना
    बर्दियाका ६ जना
    बाँकेका ६ जना
    रुपन्देहीका ३५ जना

    कर्णाली प्रदेशमा
    कालिकोटका १ जना
    जाजरकोटका २ जना
    जुम्लाका ५ जना
    दैलेखका २ जना
    सुर्खेतका ४४ जना

    सुदूरपश्चिम प्रदेशमा
    अछामका ११ जना
    कञ्चनपुरका ३ जना
    कैलालीका २१ जना
    डडेल्धुराका २ जना
    बझाङका १० जना

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P