• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साउदीअरब देखी नेपाल सम्मको हवाई उडान अवरुद्ध सम्बन्धमा एनआरएनए साउदीको ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ति!

  • २८ माघ २०७८, शुक्रबार २३:४६ मा प्रकाशित
  • साउदीअरबको दम्माम र रियाद बाट नेपालको काठ्माण्डौँका लागी सिधा उडान भर्दै आएको हिमालयन एयरलाइन्सले एक सुचना जारी गर्दै अचानक अनिश्चित समयावधिको लागी सबै उडान रद्ध गरिएको कारण सयौँ यात्रीहरू मर्कामा परेका छन्।हिमालयन एयरलाइन्सले अपरिहार्य परिस्थितिको कारण उल्लेख गर्दै सबै उडान स्थगित गरिएको सुचनामा जनाएको छ।


    अनपेक्षित र पूर्व सुचना विना यसरी उडान स्थगित हुँदा पूर्व निर्धारित उडान तालिका बमोजिम टिकट लिएर तयारी सहित एयरपोर्ट पुगेका यात्रीहरू विचल्लिमा पुगेका छन्। यस प्रकार सयौँ यात्रुहरू मर्कामा परेको जनाउँदै एनआरएनए एनसीसी साउदीअरबले आफ्नो ध्यानाकर्षण सहित प्रेस विज्ञप्ति जारी गरेको छ। संघको अध्यक्ष डमर कुमार यादव र महासचिव उमेश भट्टराई द्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ “ आफ्नो बासस्थान छोडेर घर फर्किने आशाका साथ खाली हात रहेका नेपाली यात्रीहरुलाई तत्काल उडान नहुन्जेल सम्मका लागि होटेलको ब्यबस्थापन तथा तत्काल रद्द फ्लाइट सुचारू गरि जिम्मेवारी बहन गरिदिनुहुन सम्बन्धित हिमालय एयरलाइन्स र नियामक निकाय नेपाल पर्यटन बिभागको ध्यानाकर्षण गराउन चाहन्छौँ ।”


    एनआरएनए एनसीसी साउदीअरबले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको त्यस्तैः
           प्रेस बिज्ञप्तिः

     साउदि अरबको दमाम र रियाद देखी काठमाडौ नियमित उडान गर्दै आइरहेको हवाई सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सबाट बिना सूचना एक्कासि उडान रद्द गरेको कारण सयौं नेपालीहरु विमान स्थलमा अलपत्र परिरहेको प्रति गैर आबासिय नेपाली संघ, साउदी अरबको गम्भीर ध्यानाकर्षण भएको छ । सयौं किलोमिटर दुरि तय गरि आ आफ्नो बासस्थान छोडेर घर फर्किने आशाका साथ खाली हात रहेका नेपाली यात्रीहरुलाई तत्काल उडान नहुन्जेल सम्मका लागि होटेलको ब्यबस्थापन तथा तत्काल रद्द फ्लाइट सुचारू गरि जिम्मेवारी बहन गरिदिनुहुन सम्बन्धित हिमालय एयरलाइन्स र नियामक निकाय नेपाल पर्यटन बिभागको ध्यानाकर्षण गराउन चाहन्छौँ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीअरब देखी नेपाल सम्मको हवाई उडान अवरुद्ध सम्बन्धमा एनआरएनए साउदीको ध्यानाकर्षण सहितको प्रेस विज्ञप्ति!

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार २३:३५ मा प्रकाशित
  • १
    प्रेम
    जीवन्त पाठ
    बाँच्ने अकाट्य उपाय !

    २
    ढुकुर
    प्रेमका प्रतीक
    आपसी प्रेमालाप जोडी !

    ३
    माया
    प्रेममा अडेको
    संसार रहेको असार !

    ४
    सद्भाव
    प्रेम साटासाट
    लिने आफ्नै भाग !

    ५
    शून्यता
    एकत्व लगाव
    एकलै ताली नबज्ने !

    ६
    पाठ
    सिक्ने पक्षीबाट
    सदा लिने आशीर्वाद !

    • कमला देवकोटा
      पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार २३:३४ मा प्रकाशित
  • १.
    मानव
    बुद्धिकाे खानी
    मनमा दया दानी !
    २.
    रहर
    खुसीकाे भाव
    पूरा नहुँदा जहर !
    ३.
    जमिन
    अन्नकाे भाँडाे
    नगर्नेलाई खेती घाँडाे !
    ४.
    परिवार
    आफन्तकाे जमघट
    एकअर्कामा सबै निर्भर !
    ५.
    कुकुर
    घरकाे रक्षक
    चाेरलाई सधैँ ठर !
    ६.
    बन्चराे
    अचानाेकाे भराेसा
    झुक्कएर ताक्ने घुँडाे !
    ७.
    भकारी
    अन्नकाे भण्डार
    एक वर्षकाे चाँजाे !
    ८.
    झाेला
    बाेक्ने साधन
    काँधलाई सधैँ पीडा !
    ९.
    चट्याङ
    बादलकाे लडाइँ
    खसे जनधनको क्षति !
    १०.
    प्रकृति
    मौसमकाे सन्तुलन
    हावाहुरी असिना घामपानी !

    नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    उदक यात्री बिनुबाबा घिमीरेका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार २३:२९ मा प्रकाशित
  • १
    गुनासाे
    जिन्दगीकाे पाटाे
    हांँसाे आखिरी नासाे!

    २
    बटुवा
    कहिले ढँटुवा
    कहिले भने लठुवा !

    ३
    सानी
    आँखाकी नानी
    लाजले पानी पानी !

    ४
    कमाइ
    आफ्नैमा रमाइ
    नत्र साँचाेमा जनै !

    ५
    पहाड
    घुम्नमा रमाइलाे
    जिन्दगानी धेरै झन्झटिलाे !

    • बिनुबाबा घिमीरे
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री बिनुबाबा घिमीरेका उत्कृष्ट उदकहरू

    साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’ को चौथो शृङ्खला सम्पन्न, २२ जना स्रष्टाहरूको सहभागीता

  • २८ माघ २०७८, शुक्रबार १५:२६ मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को चौथो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन हुँदै आएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखनको चौथो शृङ्खलाको प्रशिक्षकमा सविता के.सी. र चन्द्रावती अधिकारी रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार प्रत्येक हप्ताको बिहीबार उक्त शृङ्खला सञ्चालन गरिदै आएको छ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन कार्यक्रमका परिकल्पनाकार सोमनाथ लुइँटेल “रवि पाल्पाली” ले गर्नुभएको थियो ।

    चित्रपट

    चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पञ्चाङ्ग   ०१

    राम्रो देखिन्छ   डाँडाकाँडा  जालेको हिमपातले
    चौर    खेत   बारीमा सेतै   टालेको हिमपातले
    दुलहिले   सेतो बर्को नै ओढेको जस्तो लाग्दछ
    प्रकृतिले  सुन्दर  दृष्य  चालेको      हिमपातले
    मनुष्य, पशु   पंक्षीलाई      गालेको हिमपातले ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग   ०२

    पुस्ताका चरा बचेरा यही रुखमा पलेको थियो
    अनगिन्ती फलहरू हाँगाभरि नै फलेको थियो
    समय समयमा परिवर्तन हुन्छन् हावापानी
    असिना पानी र हिउँले माटो जरा गलेको थियो
    के बनाएछ प्रकृतिले रूप सबै ढलेको थियो ।

    ✍️सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   ०३

    हिमपात  फुर्फुर  पर्दा  चिसो बढ्यो सारै
    आकाश बाट हिउँ झर्दा चिसो बढ्यो सारै
    गरिवका  नांगा  आंङ  थर्थर  काप्दै  छन
    ऋतुराज  घुमेर     सर्दा चिसो बढ्यो सबै
    वातावरण  नस्ट  गर्दा  चिसो बढ्यो सारै।।

    ✍️लक्ष्मी प्रसाद फुयाल
    पथरी शनिश्चरे मोरङ।

    पञ्चाङ्ग   ०४

    मौसम फेरिएको छ हिउँ परेको छ ।
    बाच्ने चाहाना र अभिलाषा मरेको छ ।
    माघ सकिनै लाग्दा झन जाडोले छोयो ,
    आखिर मौसमले यस्तो के गरेको छ ।
    आज रविले लाली खै कता छरेको छ ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग   ०५

    चित्रपट पञ्चाङ्ग

    हिमपातले हरियाली रित्यायो दृश्य अलग भो
    यसरी डाँडै भरी हिऊ मिलायो दृश्य अलग भो
    प्रकृतिको नियमलाई छेक्न कसले पो सक्छ र
    गरिब निमुखाको आंङ चिसायो दृश्य अलग भो
    कतै त आवस्यकतामा सिंचायो दृश्य अलग भो ।

    ✍️प्रेम थापा “मन ” बागलुङ

    पञ्चाङ्ग   ०६

    हिउँदे महिना हिउँ पर्दा डाँडा पाखा सेत्तै
    ठण्डी जाग्यो अनि जाडो लाग्यो रुख हाँगा सेत्तै
    हेर्न राम्रो खेल्न राम्रो बाच्नलाई गाह्रो भयो
    अस्ति अस्ति देखिएका एेले डाँडा नाङ्गा सेतै
    रुख बिरुवा बोट जम्मै सोझा टेउडा  सेतै

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   ०७

    प्रकृतिले दिएको छ साथ जोगाइ राखौ
    हिमालले नै हिउँको खात जोगाइ राखौ
    सुन्दर देश लोभ्याउदै बोलाउछ पारी
    पहाडले फलफुल जात जोगाइ राखौ
    तराइमा उर्बर छ भात जोगाइ राखौ।

              गणेश पौडेल
           कालिका ६ सुर्यपुर
               चितवन ।

    पञ्चाङ्ग   ०८

    चारैतिर  सेताम्मे  हिउँ  परेको छ
    बतासले सुस्तरी चिसो छरेको छ
    हुनेलाई त न्यानो  कपडा  छँदैछ
    गरिब-गुरूवा  कक्रेर  मरेको  छ
    सम्पत्तीवालाले बसाइँ सरेको छ।

    ✍️अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   ०९

    शार्दूलविक्रीडित, एक पञ्चाङ्ग
    ———————————-
    ठन्डी  याम हिमाद्रिले  शिशिरमा, झ्याप्पैछ  सारा  वन,
    चाँदी हो कि भुवा, कपास भुइँमा, स्याप्पै छ सारा वन।
    फेर्दै  श्वेत   लता,  नवीन  कपडा,   मोती  छरेझैँ  अहो,
    पाखा, खोच, उपत्यका, तिर सबै, ल्याप्पै छ सारा वन।
    डाँडा, भेक र गाउँ  शुभ्र  हिउँमा, ठ्याप्पै छ  सारा वन।।

    ✍️नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग   १०

    जताततै चिसोले आगो बालेको छ
    हिमपात ले यो ज्यान गालेको छ
    माघ महिना सकिन लाग्दा पनि यसपाली
    जाडोले हामी सबैलाई ढालेको छ
    पानी परेर झन् चिसो फालेको छ।

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग   ११

    साह्रै पर्यो हिमपात लुगलुग भो तन
    सेताम्य हेर जताततै कठ्याङ्ग्रियो वन
    न तनमा न वनमा, घाम लागेन कतै,
    तड्पिरहेछन् निर्वस्त्र कठै गरिब जन
    प्रकृति निर्दयी भै पार्दैछ कठोर मन ।

    ✍️वसन्त अनुभव ,दाङ

    पञ्चाङ्ग   १२

    ठाउँ र मौसम अनुसार हिउँ परेर आएको छ
    गरिबीले गर्दा नै बाच्ने चाहाना मरेर आएको छ ।
    कति रात बिताउने आधार आगो नैत छ सहारा ,
    यो बेलामा मौसमले किन यस्तो गरेरआएको छ ?
    देखिदैन घाम त कता किरण छरेर आएको छ ।

    ✍️दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग   १३

    सबैतिर प्राय हिउँ झरेको छ
    जिउँ नै लखतरान परेकाे छ
    माघ भरि छोडेन चिसोले कतै
    कठ्यारीएर बिरुवा मरेको  छ
    आज  घामले किरण छरेको छ ।

    ✍️दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग १४

    शिशिरको तुसारोले हिउँलाई बोलाउँछ होला
    मनव मन,तन प्रकृतिसँगै लोलाउँछ होला
    रुखभरि हाँगैहाँगा हिमपात भरिएको हेर
    मनै रम्ने दृश्यले मानव मन टोलाउँछ होला
    डल्लैडल्ला हिउँले मलाई  त्यतै डोलाउँछ होला

    ✍️सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग १५

    जताततै सेताम्मे छ हिउँ झरी हाेकि?
    प्रकृतिले याे अनाैठाे बिउ छरी हाेकि?
    रमाईलाे कसैलाई कतिलाई कष्ट,
    बलियाे र निर्धाे यहाँ जीउ परी हाे कि?
    माैसमले माया गरी घिउ भरी हाेकि ?

    ✍️चन्द्रावती अधिकारी , बाँके कोहलपुर

    पञ्चाङ्ग १६

    माघ महिनामा पानी परेको छ
    हिमालमा सेतै हिउँ झरेको छ
    बस्तु भाउको धेरै बिजोग भयो
    बच्चा चिसोले गुँडमा मरेको छ
    मान्छे बेशिमा बसाई सरेको छ

    ✍️तारा घिमिरे , सङ्खुवासभा

    पञ्चाङ्ग १७

    माैसमी हिउँ सफेद नभ कि चरी जस्ती छ
    विपिन कुञ्ज मैदान चाहार्न झरि जस्ती छ
    हिमाली बस्ती छाेडेर मानव भेट्न अाईछ
    स्वर्गीय धरा खेलेर स्नेहले भरी जस्ती छ
    अति नै राम्री सुन्दरी स्वर्ग कि परि जस्ती छ

    ✍️सुरेश चन्द्र घिमिरे , लमजुङ

    पञ्चाङ्ग १८

    शिशिरमा आकाश रुँदा हिउँ झर्ने रहेछ
    ओभाउन चर्काे त्याे घाम लाग्नु पर्ने रहेछ
    सम्झनु नि सधैँ एकनास हुँदैन समय
    गर्मि सहने पनि त्याे चिसाेमा मर्ने रहेछ
    सुख र दुःखले त पालाेफेराे गर्ने रहेछ

    ✍️रामराजा के. सी.
    फर्पिङ, काठमाडौं

    पञ्चाङ्ग १९

    पञ्चाङ्ग चित्रपट अभ्यास :०४
    हरियो रुख सेतै भएको देखिएको छ।
    रुखका पात हाँगा सबै नै छेकिएको छ।
    माघ महिनामा परेको हिउँले सतायो,
    रुखमा बस्ने बचेरा कता छेलिएको छ।
    सुख्खा ठाउँ पनि अब केही फेरिएको छ।

    ✍️ह्यारिस ह्यारिसन, काठमाडौं

    पञ्चाङ्ग २०

    डाँडा पाखामा सेतै हिउँ परेको छ।
    कति बालीनाली सखाप गरेको छ।
    हिउँदेको वर्षा,हिँउको कारणले,
    कतिको खाने अन्नबाली मरेको छ।
    चिसोले मान्छे मृत्युतिर सरेको छ।

    ✍️सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग २१

    चाँदको चमक लिएर प्रकृति भुइँमा झरेकी अहो
    डाँडा काँडा वन चउर तिर सबै भुवा छरेकी अहो
    जाडो थर्थरी छ कपाउने मुटु बाच्लान कसोरी हरे
    नाङ्गा , भोका विवश जीवन कतै विचल्ली परेकी अहो
    के हाल होला निरीह प्राणी वनका कठै मरेकी अहो

    ✍️पद्मा रिजाल , बाँके

    पञ्चाङ्ग २२

    प्रकृतिको उपहार सेतै फुलेको छ
    जमिन देखि बोट सम्म नै पुरेको छ
    कहिले घाम कहिले पानी जिन्दगानी
    हिमाल पहाड पछ्यौरी त्यो पुगेको छ
    तिमीलाई हेर्दैमा दिल यो बुझेको छ।

    ✍️निर्मला सुवेदी,बागलुङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘पञ्चाङ्ग चित्रपट’ को चौथो शृङ्खला सम्पन्न, २२ जना स्रष्टाहरूको सहभागीता

    आगलागी अपडेट : मृत्यु भएका पाँचै जनाको सनाखत

  • २८ माघ २०७८, शुक्रबार ०९:०६ मा प्रकाशित
  • तुलसीपुर,२८-माघ/ दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भिषण आगलागीमा परेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ । मृत्यु हुनेमा एकै परिवारका तीन जना र अन्य परिवारका दुई जना रहेका छन् ।गएराती पौने २ बजेदेखि लागेको आगोमा परेर मृत्यु हुनेमा चार जना बालबालिका रहेका छन् भने एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इरम फुटवेयरका संचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का अन्दाजी ४०/४२ वर्षीय नजरदिन अली, उनको अन्दाजी १३/१४ वर्षीया छोरी सजिता खातुर र छोरा अन्दाजी ५/६ वर्षका आवीदिन अली रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।त्यसैगरी उक्त आगलागीमा परेर सोही पसलमा काम गर्ने अन्दाजी १४/१५ वर्षीय हसज बकस र १७ वर्षीय मसिन वकस रहेका छन् । उनीहरुको शव जलेको अवस्थामा प्रहरीले शुक्रबार बिहान निकालेको थियो । मृतकहरुको शव अहिले राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on आगलागी अपडेट : मृत्यु भएका पाँचै जनाको सनाखत

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार ०६:४६ मा प्रकाशित
  • ✍️ आर्त अकुलीन
    १
    शिशिर
    बस्तीको चाहाना
    पारिलो घामको किरण !
    २
    ढिकी
    आफ्नै मौलिकता
    एउटा स्थानीय प्रविधि !
    ३
    बिहानी
    उज्यालो दृश्य
    पूर्वको घाम प्यारो !
    ४
    हिमानी
    आँखाको नानी
    पग्लेर पानी पानी !
    ५
    प्रेम
    अदृश्य शक्ति
    संसारिक अटुट मोह !
    ६
    जीव
    प्राकृतिक देन
    सृष्टिकै सुन्दर उपहार !
    ७
    ढुकुर
    प्रेमका प्रतीक
    आत्मिक मायाको पाठ !
    ८
    यात्रा
    पीरको कहानी
    जिन्दगी भीरको बाटो !
    ९
    ज्ञानदाता
    जीवित सरस्वती
    सीप साधनाले हर्षित !
    १०
    राष्ट्रियता
    माटोको सुगन्ध
    मेची महाकाली जीवन्त !
    ११
    हिमाल
    हिउँका फूलहरू
    अनुपम प्राकृतिक सौन्दर्य !
    १२
    दम्भ
    मनको बादल
    एउटा कालो संसार !

    कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    उदक यात्री सोमनाथ लुइटेलका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार ०६:४१ मा प्रकाशित
  • १
    कल्पना
    मनको रहर
    अँध्यारो कोठामा बन्द !

    २
    गन्तव्य
    उच्च हिमाल
    नेपथ्य जटिल समस्या !

    ३
    आकाश
    फराकिलो सोच
    पौरखीको कदर नहुने !

    ४
    आस
    निराश परिमाण
    सफल असफल परिणाम !

    ५
    हावा
    चिसो मौसम
    कमजोर आत्माको स्थिति !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      गुलरिया, बर्दिया
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सोमनाथ लुइटेलका उत्कृष्ट उदकहरू

    उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार ०६:३९ मा प्रकाशित
  • १.
    सपना
    रमाइलो गाउँघर
    कोरोनाले विक्षिप्त समय !

    २.
    विस्थापित अनन्त कालसम्म परदेशी चामलको छाक !

    ३.
    कर्तव्य
    कार्य दक्षता
    योग्यताको असिम परिचय !

    • अम्विका अधिकारी
      बिर्तामोड, झापा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २८ माघ २०७८, शुक्रबार ०६:३७ मा प्रकाशित
  • १
    पथ
    जीवन यात्रा
    उद्देश्य गन्तव्यमा पुग्ने !

    २
    चौतारी
    विश्राम थलो
    माया लगाउने गोठालो !

    ३
    धर्म
    बाटो अनेक
    पुग्ने स्थान एउटै !

    • सरस्वती श्रेष्ठ
      रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P