🌺 केही उदक 🌺 —————– … ✍️ आर्त अकुलीन १ क्षितिज रक्तिम लाली खोजमा सुनौलो बिहानी ! २ सडक राता गोरु चौतर्फी रातै नियत ! ३ गोमन बिखको दम्भ जीवन आखिर मृत्यु ! ४ त्रिफला जीवन बुटी तन मन स्वस्थ ! ५ वर्षात् खोलामा पानी संरक्षण खोजमा सेतु ! ६ लसुन एक वस्तु अनेक किसिमको ओखती ! ७ काग सन्देश वाहक विभिन्न अर्थको द्योतन ! ८ घुन किराको जात चौतर्फी अन्नको नास ! ९ उपियाँ स्पष्ट नदेखिने अकस्मात् भित्रभित्रै डस्ने ! १० लालिमा मनको आभा भावमा दिव्य ज्योति !
२३ साउन, काठमाडौं । सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा प्रहरीले काठमाडौंको टोखा नगरपालिकाबाट एक युवकलाई पक्राउ गरेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका-८ घर भई माछापोखरी बस्ने २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको प्रहरी प्रभाग गोंगबुले जनाएको छ । खबर पाएपछि पुगेको गोंगबु प्रभागको टोलीले ज्ञानेन्द्रलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।
शुद्धीकरण ————– सोमनाथ लुइटेल भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
समायोजन ————- दुर्गा आचार्य & भवानी घिमिरे
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको पाँचौं अभ्यासमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१
लौ जडिबुटी कसले पायो जडिबुटी जो बिरामी उसैले नै खायो जडिबुटी निको हुन्छ सबै रोग खायो भने पक्कै खुट्टो भाँचे पछि आफै लायो जडिबुटि गाउँघर सबैतिर छायो जडिबुटी ।
✍️दस्ता कौशिक,पाँचथर।
चित्रपट पञ्चाङ्ग ०२
रोग लागे पछि हाम्रो मन पनि रुन्छ साथी एलोपेथिक् औषधिले अलि अलि छुन्छ साथी हाम्रा वरपर धेरै औषधिका भण्डार छन् प्रकृतिका झारपात निकै राम्रो हुन्छ साथी जडिबुटी प्रयोगले सबै रोग धुन्छ साथी ।
✍️गुणनिधि घिमिरे दमक ।
चित्रपट पञ्चाङ्ग ०३
धेरैजसो बिरुवा पातलाई मानिन्छ जडिबुटी कुन के काममा प्रयोग गर्ने छानिन्छ जडिबुटी सामान्य देखि बहुल्य वनस्पति चिन्न नसक्नाले पेट दुखेको बेलामा ढाडमा हानिन्छ जडिबुटी रुघा मर्की लाग्दा गुर्जो लहरा तानिन्छ जडिबुटी ।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०४
चिन्नेलाई जडिबुटी अमुल्य हुन्छ हजुर कतिको नजरमा जडिबुटी तुच्छ हजुर हरियो वन नेपालको धन हो महोदय कतिपय जडिबुटी वनमै सुक्छ हजुर देशले आफ्नै सम्पत्ति नचिन्दा दुख्छ हजुर ।
✍️बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा
चित्रपट पञ्चाङ्ग ०५
बुद्धिमानले खान्छ जडिबुटीकाे औषधी सधैं किनेर लान्छ जडीबुटीकाे औषधी अंग्रेजी औषधीले खराब पनि गर्छ नि अचुक भनेर ठान्छ जडीबुटी औषधी पैसाले पनि त धान्छ जडीबुटी औषधी ।
✍️नवराज भट्ट, महेन्द्रनगर, कञ्चनपुर ।
चित्रपट पञ्चाङ्ग ०६
आफ्नै छन् घरमा जम्मा जडिबुटी निको भो शरमा जम्मा जडिबुटी जाने प्रयाेग अर्थ लस्कर खात डलर भरमा जम्मा जडिबुटी नेपथ्य करमा जम्मा जडीबुटी ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग ०७
जडिबुटी विशेष औषधी नै मान्नु पर्छ कुन हाे केको लागि प्रयोग गर्न जान्नु पर्छ बिमार व्यथाबाट निरोगी रहनलाई बगैंचादेखि डाँडासम्म गइ तान्नु पर्छ हेरविचारले खास चिनेर छान्नु पर्छ ।
✍️ अच्युत घिमिरे, भुटान बाट ।
चित्रपट पञ्चाङ्ग ०८
जडिबुटीले नै भरेको मानिएको देश बिश्वमा नै हेर्दाखेरी छानिएको देश जान्नुपर्छ खोज्न प्रयोग गरौं मिलेर स्रोत साधनले भरिपूर्ण ठानिएको देश तर नेताकै कारणले नै गानिएको देश ।
✍️सोमनाथ लुइटेल रवि पाल्पाली ।
चित्रपट पञ्चाङ्ग ०९
अन्न धेरै फलाउने लक्ष्य हाम्रो भाछ आज छिटो धनी बनौं भनि मन त्यतै गाछ आज भएभरकाे विष राखी बिगार्छौ ताजा खाना जडिबुटी यहाँ हेर पाखा लागि राछ आज बिरामी दैनिकी झैँ औषधालय धाछ आज ।
✍️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १०
तिमीले भन्यौ मन ठुलो हो आखिरी भयो धन ठुलो हो स्याउ सुन्तला मिठो त्रिफला जडिबुटीको वन ठुलो हो बुझेमा स्वस्थपन ठुलो हो ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ११
प्राचीन कालबाट आएको ओखती जडिबुटी मानव सभ्यतामा छाएको ओखती जडिबुटी ऋषिमुनिबाट आजसम्म उपचार गर्दैछौँ हाम्रो जीवनले नै पाएको ओखती जडिबुटी मनपराएर नै खाएको ओखती जडिबुटी ।
✍️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग १२
हाम्रै वनपाखा भरी जडीबुटी छान्नु पर्छ संरक्षण गरी वन जडीबुटी मान्नु पर्छ अमला र काफल पाक्दा खुशी छ चरा पनी जोगाएर वनपाखा जडीबुटी खानु पर्छ महत्व छ संसारमा जडीबुटी जान्नु पर्छ ।
✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग १३
सानाे ठुलो जानेकाले दिएको अर्ती मान्नु पर्छ आफ्नै घर वरिपरि छन् जडिबुटी जान्नु पर्छ डाक्टरकाे दवाइले मात्रै हुँदैन क्यारे यहाँ बुढापाकाले भनेको कुरा त राम्रो ठान्नु पर्छ घरमै बनेको ओखती राम्रोसँग छान्नु पर्छ ।
✍️सहयात्री शाेभा अर्याल , रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग १४
हरेक छन् नेपालमा जडिबुटी हामीले चिनेको राम्रो गुण युक्त पाईन्छ औषधी सबैले खोज्न हिनेको राम्रो जडिबुटी खाेज्ने व्यक्तिलाई त राज्यबाट सम्मान गराैँ चोरी चकारी हुँदै देखे जसले पनि त्यो छिनेको राम्रो प्रशोधन केन्द्र बनाई राख्नु त्यहीँ बाट किनेको राम्रो ।
✍️दुर्गा आचार्य मोरङ।
चित्रपट पञ्चाङ्ग १५
जडिबुटी के हो भनि ऋषि मुनिलाई सोध्नु पर्छ वन पाखा गएर सबैले जडिबुटी खोज्नु पर्छ अब हुँदैन रासायनिक दवाइ सेवन गर्नु आयुर्वेदिक औषधीलाई नै सबैले रोज्नु पर्छ नत्र भने हाम्रो शरीरले ठुलो दुःख भोग्नु पर्छ।
✍️मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा।
चित्रपट पञ्चाङ्ग १६
जडिबुटीले नेपालको शान दिएको छ चिनाएर बिश्वमा हाम्रो मान दिएको छ जोगाउनु पर्छ सबैले मिली जडिबुटी अन्य देशमा नेपालले दान दिएको छ जटिबुटी राम्रो नामले गान दिएको छ ।
✍️अनुप आचार्य, मोरङ।
चित्रपट पञ्चाङ्ग १७
गाउँ घर जताततै, भन्नुपर्छ अब बाँझापाखा बारीहरु,खन्नुपर्छ अब जडिबुटी खेती गरी,आम्दानी बढाई धितमारेर रुपियाँ, गन्नुपर्छ अब आफूपनि हट्टाकट्टा, बन्नुपर्छ अब।
जडिबुटीको खानी भएको हाम्रो देश जलश्रोतमा पानी भएको हाम्रो देश जल, जमिन र जडिबुटी प्रयोग गर्दा विश्वकै माथि जानी भएको हाम्रो देश आँखामा राख्ने नानी भएको हाम्रो देश।
✍️ह्यारिश ह्यारिशन, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १९
मेरो देशमा आयुर्वेद जडिबुटी पाईन्छ यहाँ चारवर्ण छत्तिस जात आफ्नै गित गाईन्छ यहाँ डाँडा काँडा हरियाली वन डाँफे मुनाल नाँचेको मकै फापर आयुर्देव ओखती त खाईन्छ यहाँ हाम्रो देशको जडिबुटी बेच्न अन्त्यै जाईन्छ यहाँ।
✍️कमला पाण्डे पराजुली, झापा चारआलि मेची नगरपालिका १३
चित्रपट पञ्चाङ्ग २०
जडिबुटी हाम्रो शान हो विश्व चिनाउने मान हो घृणा गर्नु हुन्न कसैले विदेशी औषधी भान हो प्रकृतिको एक दान हो।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २१
यी मसला ओखतीभएका छन् ल्वाङ् सुकुमेलहरु रहेका छन् आयुर्वेदिक ओखती यही हाे राेगीले व्यथा त सहेका नै छन् जान्नेले यही कुरा कहेका छन् ।
✍️मधुसुदन प्रसाद घिमिरे, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २२
हाम्रो देशमा कति अमुल्य पाइन्छ जडिबुटी प्रयाेगमा ल्याउन जाँगर चाहिन्छ जडिबुटी यार्सागुम्बा घाेर्ताप्रे तितेपाति भएको नेपाल सिस्नाे,घ्युकमारी जिम्मु आदि खाइन्छ जडिबुटी दशमै बिदेशीलाई खान ल्याइन्छ जडिबुटी ।
✍️दुर्गा निरौला, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २३
जडिबुटि सधैं प्रयोग गरौ मित्र सबैको तन र मनमा भरौ मित्र समयमै हामीले चिन्नुपर्छ हेर रोगलाई निको पार्न नै सरौ मित्र अब हामी यसैमा भर परौ मित्र ।
✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २४
जता हेर्यो उतै पाइन्छ जडिबुटी समस्या परेमा चाहिन्छ जडिबुटी अंग्रेजी औषधि भन्दा राम्रो मानिन्छ घरमै खोजी बनाइन्छ जडिबुटी स्वास्थ्य समस्यामा खाइन्छ जडिबुटी । ✍️वसन्त अनुभव घोराही, दाङ
चित्रपट पञ्चाङ्ग २५
नमासौ बोट बिरुवा जडिबुटी बनाउन मिल्छ यहि हो है ओखती को पहिचान जनाउन मिल्छ चलेको चलन संसारमा आयुर्वेद भनिकन जीवन असल उपचार भनी मनाउन मिल्छ शरिर बनोट निखार आउँछ छनाउन मिल्छ .
काठमाडौ, २१ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
photo: sabita kc
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] पुल सम्पत्तिको दुरुपयोग बाटो बिहिन विकास ! ✍️ खेमराज पुरी कैलाली
[२] पुल छैन बाटो बनाउनेले घिच्यो काट्टो ! ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
[३] बाटो खोला माथि वैकुण्ठ तर्ने पुल ! ✍️ होम प्रसाद धरान,सुनसरी ।
[४] सरिता यात्राको दुरुहता मार्ग बिनाको सेतु ! ✍️ कण्ठराज
[५] बर्खा भेल बाढी धन जनको क्षति ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन – ६ संखुवासभा हाल मलेसिया
[६] बजेट पुलको नाम काम नगरी झ्वाम ! ✍️ रमा पन्त पाल्पा।
[७] पुल नेपाली हौडा सबै मिलेर स्वाहा ! ✍️ राेशन पराजुली धरान।
[८] वर्षात् खोलामा पानी संरक्षण खोजमा सेतु ! ✍️ आर्त अकुलीन कैलाली
[९] पुल बिना बाटोको को हिँड्ने होला ? ✍️ बिके माकजु भक्तपुर ।
काठमाडौ, १४ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
social media
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] महिमा साउन महिना हरियो वस्तुको गरिमा ! ✍️ पशपती राई खोटाङ
[२] श्रावण महिलाको पर्व महिलामा महान गर्व ! ✍️ खेमराज पुरी कैलाली
[३] महिला साउनको महिनामा सधैँ प्रकृतिको साथमा ! ✍️ समुन्द्रा शर्मा सुनसरी
[४] श्रावण हरियो रङ्ग हेरेर नपर्नुस् दङ्ग ! ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती-३,काभ्रे
साताका तीन लघुकथाको सोह्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (माया, खसीको मासु र ढोङ्गी) छनोट गरी प्रकाशन गरिएको छ।
१) लघुकथा: माया
✍️ खगेन्द्र बस्याल
विवाह भएको केही महिना बित्यो । यस बिचमा धेरै फोटा खिचिए । तर उसले एउटै पनि फोटो अनुहार पुस्तिकामा पोष्ट गरेन ।
यो चाला देखेर नव विवाहित श्रीमतीले भनी,- “म नराम्री देखिन्छु र !” उसले भन्यो, “मायाका अतिरिक्त धेरै राम्री पनि लागेर कार्यालय समय सकिना साथ सरासर घरमा आएकै छु । तिमीसँग अन्तरङ्ग कुराकानी गरिरहेकै छु । पोखरा, लुम्बिनी, सौराहा पनि घुमाइसकेँ । कसरी आयो यस्तो कुरा ?”
उसले भनी, “अहिलेसम्म एउटै पनि फोटो अनुहार पुस्तिकामा पोष्ट गर्नुभएको देखिनँ नि ! तपाईंले नराखेसम्म मलाई पनि राख्ने आँट आएनँ । माइतीतिर पनि अहिल्यै खट्पट् सुरु भइसकेको हो र ! भनेर शङ्का गर्न थाले ।” त्यो सुनेर उसले भन्यो, “ती फोटाहरू अरूलाई देखाउन नभएर हामी आफैँले फुर्सदमा हेर्नका लागि खिचेको होइन र ? तिमीलाई फोटाहरू देखाउन मन भए एउटा कार्यक्रम नै राखेर फोटो प्रदर्शनी नै गर्ने कि ?”
पतिको कुराले अँध्यारो मुख बनाउँदै उसले भनी, “त्यसो भनेको कहाँ हो र ? खाली ठट्टा मात्रै गर्नु हुन्छ !” उनी रुन लागेको चाल पाएर उसले भन्यो, “उसो भए ! हामी दुवैले एकै खालको अभिव्यक्ति लेखी आजै पोष्ट गरौँ । हाम्रा आफन्त एवम् शुभ चिन्तकहरू ! हामी मायालाई प्रदर्शनको रुपमा लिन चाहँदैनौँ । हाम्रो दाम्पत्य जीवनमा कतै तिक्तता आयो कि भनेर कल्पना नगर्नुहोला । हामीले माया हृदयमा राख्छौँ । फेसबुकमा देखाउनका लागि होइन् ।”
तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।
२) लघुकथा : खसीकाे मासु
✍️ छविलाल खड्का
हरिहर बाजे नम्बरी पण्डित । धर्मशास्त्रका ज्ञाता । सुँगुर र भैँसी खानेहरूलाई थुक्छन् । पण्डितका घरमा कुखुराकाे मासुकाे कुरा गर्नेलाई थर्काउँछन् । मांसहारी चाहिँ मांसहारी नै हुन् तर शुद्ध खसीकाे मात्रै । स्त्री चाैपायाकाे मासु खाने अगति पर्छन् भन्ने मान्यता छ, उनकाे ।
उनी बजारबाट फर्कँदै थिए । चैते दसैँ । मासु खान मन लाग्याे । गाेजीमा पैसा रहेनछ । चिनेकै मासु पसले भएकाेले भने, “माइला ! पैसा सबै सकिएछ । उधाराेमा एक किलाे मासु दिन्छस् ?’
“भैहाल्छ नि बाजे !” पसलेले एक किलाे मासु दियाे । साँझ घरमा मासु पाक्याे । सबै परिवार रमाएर मीठाे मुखले खाए । उनले हात धुँदै मनमनै साेचे, “खसीकाे मासु भनेकाे खसीकै हाे ! कति स्वादिलाे ?”
सुत्नेबेला पण्डित्नीले पैसा दिँदै भनिन्, “बाजे ! मैले त आज थाराे बाख्री बेचिदिएँ ।” त्यत्ति नै खेर फाेनकाे घण्टी बज्याे । काेटकाे गाेजीमा पैसा राख्दै मजाले फाेनमा गफिए ।
बिहान चिया खाएर पसलतिर गए । काेटकाे गाेजीबाट हजारकाे नाेट निकाल्दै भने, “माइला ! ल हिजाेकाे मासुकाे पैसा लेऊ ।” धर्म हार्न नसकेर माइलाले पाँच सय फिर्ता दियाे । उनले आश्चर्य मान्दै भने, “हजार रुपैँया किलाे हैन र ?”
“हाे बाजे ! तर हिजाेकाे मासु हजुरकै घरकाे थियाे, त्यसैले ।”
काेहलपुर
३) लघुकथा: ढोङ्गी
✍️ सुरेशकुमार पान्डे।
केही दिनदेखि गाउँमा खुबै चर्चा चलेको थियो,- “एउटा गेरुवा वस्त्रधारी निकै जान्ने त्रिकालदर्शी बाबा ! गाउँमा छिरेको छ ।” बाबा जसको घरमा गएपनि खुबै सम्मानका साथ खान, बस्न र सक्दो दान दक्षिणा पाउँथ्यो । गाउँलेहरूको ऊ प्रति निकै विश्वास र सम्मान थियोे । गाउँमा केही हरायो वा कोही बिरामी भयो कि त्यहीँ बाबाको शरणमा जान्थे ।
यसरी टाढा-टाढाका गाउँमा पनि उसको प्रचारप्रसार भयो । गाउँलेहरूले उसलाई कुटिया बनाएर बसाल्ने निधो गरे । तर बाबाले मानेन,- “म फकिर सन्यासी मान्छे ! कसैको पिँजडामा थुनिएर बस्न सक्दिनँ ।”
एकदिन पल्लो गाउँको टुक्केले उक्त बाबाको बारेमा सुन्यो । ‘यति प्रचारप्रसार हुने बाबा पक्कै पनि असाधारण हुनुपर्छ ।’ उसले मनमनै सोच्यो । अनि दर्शन गर्ने निधो गरेर बाबा बस्ने गाउँमा पुग्यो ।
जब टुक्के त्यहाँ पुग्यो; ऊ तीनछक पर्यो । लामो दाह्री पालेको, गेरुवा वस्त्र धारण गरेको उक्त त्रिकालदर्शी बाबा त ! अरू कोही नभएर उसकै गाउँको फरार अपराधी बिर्खे थियोे । जो महिला ओसारपसार र बेचबिखन गरेको आरोपमा एक महिना अघि मात्र जेल चलान भएको थियोे । दाङ, घोराही- १८
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग २ (दुई) ——————————————– ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/१७ …………………………………………. प्रशिक्षक:- ———– सोमनाथ लुइटेल “रवि पाल्पाली” तोयानाथ सुवेदी
भाषा शुद्धीकरण ———— सोमनाथ लुइटेल रवि पाल्पाली भवानी घिमिरे पुष्पा सुवेदी नेपाल
सङ्कलक :- ———- सुशीला पौडेल
समयोजक दुर्गा आचार्य ,भवानी घिमिरे तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ।
विवाद गरि बोलीले मारेर गयौ मलाई अन्यथा भयो जमिन सारेर गयौ मलाई बलले आर्ज नैतिक भएर बुद्धि देखाउ शासन गर्दै भोगाइ सारेर गयौ मलाई कसरी हुन्छ तिमीले खारेर गयौ मलाई ।
जीवन बित्छ दु:खले बारेर गयौ मलाई तनाव दर्द भागमा पारेर गयौ मलाई जीवन ढल्दा बलेको राप ताप्दैन कसैले भागमा जित आफैले हारेर गयौ मलाई हलको गोरु बनाइ नारेर गयौ मलाई ।
गलत सही भनेर झारेर गयो मलाई नारीको हेला सहेर दारेर गयौ मलाई निशब्द भएँ देखेर काम गरेन सुद्धीले तिक्तता बोली रसमा तारेर गयौ मलाई संसारै दुई आखाले चारेर गयौ मलाई ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग :०२
मेरो इच्छा मारेर गयौं माया अन्तै सारेर गयौ अलपत्र पार्यौ बीचमा हिड्ने बाटो बारेर गयौं कोशी नदी तारेर गयौ।
✍️तारा घिमिरे सङ्खुवासभा ।
पञ्चाङ्ग:०३ १ रूखाे बाेलेर मारेर गयौं मलाई अन्तै मायाले बारेर गयौं मलाई दु:खले बल्लबल्ल जाेडेकाे त्याे घर घर न घाट पारेर गयौं मलाई फुल्न नपाई झारेर गयौं मलाई । २ काँडे तारकाे बार बारेर गयौं, हजारौं सपना याे मारेर गयौं। धेरै इच्छा र आकाङ्क्षा थिए मेरा, मन पर्ने त्यो फूल सारेर गयौं। उर्लि आएको खाेला तारेर गयौं।
✍️सहयात्री शाेभा अर्याल बुटवल १४ रूपन्देही ।
पञ्चाङ्ग:०४
मलाई माया मारेर गयौ तिमीले बसाइँ अन्तै सारेर गयौ तिमीले जिन्दगीको यात्रा सँगै काटौँला भन्थ्यौ बोली वचन टारेर गयौ तिमीले घर न घाट पारेर गयौ तिमीले ।
✍️सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग:०५
उडेर आकाश रूखमा बस्ने चरी झारेर गयौ चारो नपाएर मेरा बचेराहरू मारेर गयौ बहादुर निसाना बाज संम्झन्छौ र गौरव गर्छौ तिम्रा मरेका कूलपित्रृ पुरुषार्थ दारेर गयौ मरेर मुक्ति पाएको छु मैले तिमी हारेर गयौ।
✍️होम प्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग ०६
आँखामा आँसु झारेर गयौं लाएको माया मारेर गयौं फेरि के को लागि आउदै छौ बसाई अन्तै सारेर गयौं मलाई आँखा तारेर गयौं
✍️सुमित्रा पोखरेल काठमाडौं ।
पञ्चाङ्ग ०७
आस देखाएर तिमीले त जिउदै मारेर गयौ मलाई भेट नै नहोस् भनी अन्तै घरबार सारेर गयौ मलाई स्वार्थमा खेलेर मेरो जीवन उजाडि दियौ यसरी किन ? भेट्न थियो एकपटक भन्दै थिएँ टारेर गयौ मलाई फर्कन नसकोस् भनेर जंगार तारेर गयौ मलाई।
✍️दुर्गा आचार्य मोरङ ।
पञ्चाङ्ग ;०८ ✍️✍️❤️❤️ आशा देखाएर झारा टारेर गयौ मलाई नजिक आए झैँ टाढा पारेर गयौ मलाई आशा भरोसा जिम्मेवारीबोध लुटियो सबै आउँछु ल भनि माया मारेर गयौ मलाई कता नदेखिने ठाउँ सारेर गयौ मलाई ।।
✍️जमुना आचार्य सिन्धुपाल्चोक ।
पञ्चाङ्ग:०९
गाजलु आँखाको नशामा, पारेर गयौ मलाई चितुवाले बाच्छो दारेझैँ, दारेर गयौ मलाई घुँक्कघुँक्क गरेर रुँदा सम्झी तिमीलाई फेरि आँखा झिंम्काई पुनः आश, झारेर गयौ मलाई घुम्टो ओढी डोलीमा चढी, मारेर गयौ मलाई
✍️केशव न्यौपाने सानु बेलकोटगढी ७, नुवाकोट ।
पञ्चाङ्ग १०
आज किन यति दोधारमा पारेर गयौ मलाई । व्यर्थमा यसरी नौनी जस्तै खारेर गयौ मलाई । अनि धोका दिनु थियो भने नजिक किन सरेको? इच्छा पूरा गरेर अनि त टारेर गयौ मलाई। अब अन्त्यमा निर्जीव पारि मारेर गयौ मलाई ।
✍️अनुप आचार्य, मोरङ ।
पञ्चाङ्ग ११
औँसीको रात झैँ पारेर गयौ मलाई किन किन माया मारेर गयौ मलाई के भूल थियो र मेरो बुझेनौ तिमीले अर्कैसँग माया सारेर गयौ मलाई आँखाबाट आँशु झारेर गयौ मलाई।
✍️रोजिना लोहनी पाण्डे, ११ भरतपुर ।
पञ्चाङ्ग १२
पीडा चोटमा आकाशको तारा झारेर गयौ मलाई फलामको तारले जन्जिरमा खारेर गयौ मलाई जीवन त्यति सजिलो कहाँ छर सोचेर रोेजे जस्तो दुईटा डुङ्गामा चडेर नदी तारेर गयौ मलाई धनी गरिब छुट्याई संसार चारेर गयौ मलाई
✍️अम्विका अधिकारी, झापा विर्तामोड।
पञ्चाङ्ग:१३
मुखले निकै चिल्लो पारेर गयौ तिमी। बसाइँ भने अन्तै सारेर गयौ तिमी। किन अगाडि ठिक्क पार्नु पर्यो र अब, काँडाको झाडी माथि झारेर गयौ तिमी। मलाई त जिउँदै मारेर गयौ तिमी।
✍️ह्यारिस ह्यारिसन” काठमाडौं ।
पञ्चाङ्ग:१४
यो मुटु तनावमा पारेर गयौ तिमी सदाका लागि माया मारेर गयौ तिमी सल्लाह सुझावले जानु हुँदैनथ्यो र दुई मुटुको दुरी सारेर गयौ तिमी मिलनलाई नित्य बारेर गयौ तिमी।
✍️ अच्युत घिमिरे-भुटान बाट 🇧🇹
पञ्चाङ्ग १५ १ नारी भएरै माया सारेर गयौ मलाई। भासमा जिन्दगी छ मारेर गयौ मलाई। उमारि स्नेह नखोज्नु अब कुरा धेरै छ, बारी हुनाले ऋण पारेर गयौ मलाई। दिल भित्रमा खिल झारेर गयौ मलाई। २ अरूले भन्यो भनेर किन हारेर गयौं मलाई अपुरो के थियो र तिमीले सारेर गयौ मलाई मायालुले दिएको कसम मिथ्या बनाएर गयौ असम्भव भएको वस्तुलाई झारेर गयो मलाई आफ्नो भागको दु:ख तनाव पारेर गयौ मलाई ।
✍️सीता कडेंल सापकोटा, चितवन भरतपुर।
पञ्चाङ्ग :१६
काँडेतारले बारेर गयौ मलाई तिखो बोलीले झारेर गयौ मलाई कति निस्ठुरी धोकेबाज रहेछौ है आसा देखाई टारेर गयौ मलाई जिउँदै तिम्ले मारेर गयौ मलाई ।
✍️बुद्धिमान दनुवार, सुरुङ्गा –४ झापा
पञ्चाङ्ग १७
हरियो चुरा देखाइ आँखा नारेर गयौ मलाई सोचेको थिएँ आफन्त झाँको झारेर गयौ मलाई बोलेको कुरा नबुझ्दा सम्बन्ध झनै बिग्रदै गयो अभिमन्यूको चक्रब्यूमा झैँ पारेर गयौ मलाई गलत थियौ तिमी नै बाटो बारेर गयौ मलाई।
✍️संगिता शर्मा, सिन्धुली ।
प्पञ्चाङ्ग १८
मनमा रहेको विचारकाे आस्था आज मर्दैन मारेर यहाँ । पुर्खाकाे रगतले काेरेकाे सीमा अब सर्दैन सारेर यहाँ । जंगे पिलरलाई खम्बा नसाेच वीर हुन् ती खडा छन् है सदा , हात नलम्काउ रति खबरदार छाेड्छन् गिँडा पारेर यहाँ । हरेक नेपालीमा गाेर्खेकाे हिक्मत जमेकाेछ खारेर यहाँ ।
✍️भवानी घिमिरे,सर्लाही ।
पञ्चाङ्ग १९
तिमीले भन्दा पनि गाड तरेर जान सकिन आफ्नैको सल्लाहमा भर परेर जान सकिन प्रतिष्ठाको कुरा पनि भयो छोडेर जानलाई आत्मा साथ नहुँदा त्यसै गरेर जान सकिन जाउ जाउ भ्णे नि आफै सरेर जान सकिन ।
✍️मिराज लुइटेल, काठमाडौं ।
पञ्चाङ्ग २०
जहिलेदेखि तिमीले माया मारेर गयौ पराई ~बागमा प्रेम फूल सारेर गयौ पलपल~ मर्दै र पलपल बाँच्दै छु म मेरो यो जिन्दगी धरापमा पारेर गयौ सिङ्गो मुटु टुक्राटुक्रा पारि फारेर गयौ
✍️पुष्पा नेपाल ( सुवेदी), इलाम ।
पञ्चाङ्ग २१ समपञ्चाङ्ग १
मन तन मिल्यो तिमीसँग हेर हारेर जादिन। लडेर खान्छु नङ्ग्रा खियाउँछु त बारेर जादिन।। जतिसुकै बिडम्वना जिवनमा आएपनी सानू। त र म यहाँ सत्रु अगाडि आँसु झारेर जादिन।। मेरो बोलिनै खस्रोछ र पनि म खारेर जादिन।
सोचेजस्तो हुन्न जिवनमा खोली तारेर जादिन। परिआए गर्धन थापिदीउँला मारेर जादिन।। ज्युँदो लास भएर बाँच्नु भन्दा मर्नु नै भलो भन्छन् संघर्ष गर्छु बाँचुन्जेल बसाई सारेर जादिन।। म यस्तै हुँ आफ्नै तँ सम्झिन्छु गाउँ चारेर जादिन।