तुलसीपुर, १४-असोज/ तुलसीपुर उपमहानगरपालिकाले बजार क्षेत्रका फुटफाथ पसल तथा ठेलागाडाहरु तीन दिन भित्र हटाउन आग्रह गरेको छ । सड्क पेटीमा फुटपाथ पसल संचालन गर्दा बजार अव्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिम बढेकाले फुटपाथ पसल र ठेलागाडाहरु असोजको १३ देखि लागू हुने गरी तीन दिन भित्र हटाउन आग्रह गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बसपार्क स्थित पातुखोला पुलको उत्तर तर्फ खाली स्थानमा फुटपाथ तथा ठेलागाडामा पसल संचालन गर्न पटकपटक सूचना तथा माईकिङ गरी जानकारी गराउँदा समेत अटेरी गरेको हुँदा अबको तीन दिन भित्र पसल हटाउन आग्रह गरेको हो ।
बुधबार तुलसीपुरमा बसेको पुर्ण बैठकबाट निणर्य भएको हुँदा अन्तिम पटक पुनः यो सूचना जारी गरिएको छ, अन्यथा तोकिएको समयभित्र फेरी अटेरी गरेमा सामानहरु उठाईने र सो सामान उठाउँदा कुनै क्षेति भएमा तुलसीपुर उपमहानगरपालिका जिम्मेवार नहुँने सूचनामा जानकारी गराईएको छ । उपमहानगरपालिकाले फेरी एक सूचना जारी गदै असोजको १३ गते देखि लागू हुने गरी बजार क्षेत्रका सडक पेटीमा व्यापार व्यवसायी गदै आएका फुटफाट पसल र ठेलागाडाहरु तिन दिन भित्र हटाउन भनेको छ ।
१२ असोज, काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८९९.५ ग्राम सुन बरामद गरेको छ । प्रहरीले एकैदिन फरक- फरक समयमा उक्त सुन बरामद गरेको हो । प्रहरीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट दुई जनालाई पक्राउ गरी उनीहरुको साथबाट १४९.५ ग्राम सुन बरामद गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर दुवाकोट बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-७ का ३३ वर्षीय समुन्द्र दंगाल र काठमाडौं बुढानीलकण्ठ नगरपालिका-१२ बस्ने संखुवासभा खाँदबारी नगरपालिका-११ ठेगाना भएका ४३ वर्षीय सन्तवीर राई रहेका छन्। समुन्द्रले सिंगापुर एयरलाइन्सको उडानद्वारा मलेसियाबाट सिंगापुर हुँदै काठमाडौं आएका यात्रुहरुलाई भन्सार छली गर्न उक्त परिमाणको धातु लुकाई छिपाई लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको थियो। थप सोधपुछको क्रममा उक्त कार्यमा राई समेतको संलग्नता रहेको भन्ने खुल्न आएपछि राईलाई समेत प्रहरीले पक्राउ गरेको हो। यस्तै आइतबार नै प्रहरीले विमानस्थलबाट ७५० ग्राम सुनको बाला १४ थान र सिक्री १ थान बरामद गरेको छ । उक्त धातुका बाला तथा सिक्री आफूहरुको नभइ मलेसियाको विमानस्थल र आसपासबाट नामथर स्पष्ट नखुलाएका व्यक्तिहरुले दिई पठाएको र उक्त सामान काठमाडौं विमानस्थल आसपास तथा विभिन्न होटलहरुमा रिसिभ गर्न आउँने व्यक्तिलाई दिनु भनेर ल्याएको खुल्न आएपछि प्रहरीले उनीहरुको साथबाट सुन बरामद गरेको हो । सिंगापुर र मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाई भन्सार छली गर्न लगाई काठमाडौं विमानस्थलमा संकलन गर्न लागेको भन्ने सूचनाको आधारमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले विमानस्थलको विभिन्न स्थानहरुबाट शंकास्पद १५ जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको कुल राजस्व रकमको १.७३ प्रतिशत चौधरी ग्रुपले मात्रै तिरेको ग्रुपले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कोभिड महामारीले अर्थतन्त्रमा पारेका गम्भीर असरका बीच पनि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढी राजस्व तिरिएको ग्रुपको भनाइ छ । चौधरी ग्रुपका अनुसार उसले आर्थिक वर्ष २०७४/७५ मा ९ अर्ब ६७ करोड ५७ लाख, २०७५/७६ मा ११ अर्ब ६७ करोड ५९ लाख र २०७६/७७ मा ९ अर्ब ८७ करोड २३ लाख रुपैयाँ बराबर कर तिरेको थियो । पछिल्लो चार आर्थिक वर्षमा मात्र ग्रुपले साढे ४५ अर्ब राजस्व बुझाएको जनाएको छ ।
चौधरी ग्रुपको खाद्य पदार्थदेखि जलविद्युत् र वित्तीय क्षेत्रमा समेत लगानी छ । ग्रुप मातहत सञ्चालित विभिन्न कम्पनीले उक्त राजस्व योगदान गरेका हुन् । ‘कोभिडका कारण राष्ट्रिय अर्थतन्त्र नै संकुचित भएको समयमा हामीले राजस्वमा गर्न सकेको उल्लेख्य योगदानको तथ्यले मलाई उत्साहित बनाएको छ,’ ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘स्वास्थ्य संकटको व्यवस्थापन र कोभिड खोप खरिदलगायत सरकारका अत्यावश्यक दायित्व व्यवस्थापनमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको होला भन्ने मैले विश्वास लिएको छु ।’
काठमाण्डाै – गएको साउनयता साढे १४ लाख रुपैयाँभन्दा धेरैकाे म्याद गुज्रिएका वस्तु नष्ट गरिएको छ ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा १४ लाख ५३ हजार ५ सय ५४ रुपैयाँ बराबरको वस्तु नष्ट गरिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो।
उहाँका अनुसार विभागले हरेक दिन ५ वटा टोलीमार्फत दैनिक ५० वटा पसलमा अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा हरेक व्यापारीले केही न केही अनियमितता गरेको भेटिएको उहाँले जानकारी दिनुभयो।
धेरैजसो पसलमा म्याद गुज्रेका सामान बेच्ने र बढी मूल्य लिने गरेको भेटिएको छ । विभागले साउनयता अहिलेसम्म २३ लाख रुपैयाँ जरिबाना असुलेको छ । नियमित अनुगमन गर्दै आएको दाबी गरेको विभागले अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट १२ जना कर्मचारी थप गरेर दशैँ तिहार लक्षित अनुगमन सुरु गरेको छ
यो अनुगमनमा पनि व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ तिहारलाई लक्षित गरेर गरेको अनुगमनमा पनि धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको प्रवक्ता सेढाईँले जानकारी दिनुभयो ।
यो महिना सुरु भएपछि विभागले अहिलेसम्म झण्डै ६ सय वटा पसलमा अनुगमन गरिसकेको छ । नियम उल्लङ्घन गर्नेलाई कसुर अनुसार ५ हजार देखि तीन लाख रुपैयाँसम्म जरिबाना हुने गरको छ।
काठमाण्डाै – सरकारले अनलाइनबाट टिकट काट्ने यात्रुहरूलाई एक लिटरकाे पानीकाे बाेत्तल सित्तैमा दिने बताएकाे छ । आज आइतवार सिंहदरबारमा बसेको विकास तथा प्रविधि समितिको बैठकमा यातायात व्यवस्था विभागमा महानिर्देशक नमराज घिमिरेले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले अनलाइन र माेबाइलबाट टिकट बुकिङ गर्न अनुराेध गर्दै यस वर्ष अनलाइनबाट टिकट काटेर आउने यात्रुलाई एक लिटरकाे पानीकाे बाेत्तलकाे व्यवस्था गरिएकाे जानकारी दिनुभयाे ।
विभागका महानिर्देशक घिमिरेले दशैँमा टिकट वितरण गर्न धेरै बिचौलिया देखापर्ने समस्या रहेको भन्दै यस वर्ष टिकट काउन्टरमा बसेकाहरूलाई परिचय पत्र र तोकिएको पोसाक उपलब्ध गराउने भएकाले काउन्टरमा रहेका पोसाक लगाउने र परिचय पत्र भएकाहरूबाट मात्रै टिकट काट्न आग्रह गर्नुभयो ।
यसैबीच सरकारले भाेलि साेमवारदेखि दशैँका लागि मध्यम तथा लामाे दुरीकाे सार्वजनिक गाडीकाे अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।
उहाँले कोरोना भाइरस महामारीको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न र टिकट काट्न तथा गाउँ जाँदा हुने भिडलाई मध्यनजर गर्दै काठमाण्डाैका विभिन्न ठाउँबाट गाडी छुट्ने बताउनुभयो ।
यस्तै बैठकले दशैँको अवसरलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।
दाङ, १०-असोज/ सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।
विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेको छ ।
भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’मा इन्धनको सूचकलाई मात्र अहिलेको मूल्यको आधार लिइ प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ । नयाँ भाडादरअनुसार दाङ काठमाण्डौ जाने यात्रुले एक हजार २ सय ५० रुपैयाँ भाडा तिर्नुपर्नेछ । यसअधि दाङ काठमाडौँ भाडा एक हजार १७ रुपैयाँ लाग्ने गरेको थियो ।
विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाउनुभएको छ ।
उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नु भयो । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एिसियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनु भयो । उपमहासचिव पौडेलले विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गर्नु भयो ।
उहाँले भन्नु भयो, ‘सेकेण्ड फेजको निर्माणको काम अघि बढाउनका लागि एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ । डिजाइनका कामहरु सम्पन्न भएका छन । अत्याधुनिक टर्मिनल निर्माणको डिजाईनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्यो भने हाम्रो निम्ति मान्य हुने छैन । हामी सशक्त ढंगले जवाफ दिनेछौं । र सेकेण्ड इन्टरनेशनल एयरपोर्ट सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग शिघ्राधि शिघ्र सम्झौता गर्न र नयाँ ढंगले सेकेण्ड फेजको काम अघि बढाउनका लागि निम्ति हामीले दवावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता छ । हामी सो कामलाई रोक्न दिनेछैनौं ।’
उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरिकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावी समेत गर्नुभयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुट्ट्याइएको बजेट सरकारले कटौति गरेको भन्दै असन्तुष्टि समेत जनाउनुभयो ।
असोज ७/पर्साको ठोरी नाकाबाट भारतीय कपडा र राङा भैसीको तस्करी हुने क्रम फेरि बढेको छ । ०७२/०७३ मा मधेस आन्दोलनका क्रममा ठोरी नाकाबाट इन्धनका साथै भारतीय कपडाको पनि व्यापक तस्करी भएपछि प्रहरी र राजश्व कार्यालयले कडाइ गर्दा रोकिएको कपडा र राङ्गा भैसीको तस्करी अहिले फेरि व्यापक मात्रामा भइरहेको स्थानीयवासीले बताएका छन् ।
कारोबारीहरुले भारतको रक्सौल , बेतिया , नरकटियागन्ज लगायतका बजारबाट खरिद गरेको कपडा,पितल को भाडाकुडा र इलेक्ट्रोनिक समान ठोरी नाका हुदै अवधै रुपमा भित्रयाएर चितवनको माडी , नारायणगढ , पोखरा र काठमाण्डौ सम्म पुरयाउने गरेका छन् । भारतबाट राजश्व छलेर ल्याइएको भारतीय कपडा ठोरीबाट चल्ने यात्रुवाहक बसमा राखेर विभिन्न शहरमा कारोबारीहरुले पुरयाउने गरेका हुन् । ठोरीमा रहेका छोटी भन्सार कार्यालय , सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरि का सशस्त्र प्रहरी निरीक्षक शंकर कोइराला र इलाका प्रहरी कार्यालयका ठोरि प्रहरी निरीक्षक ब्रहम्देव साह कै मिलोमतोमै कारोबारीहरुले भारतीय कपडाको इलेक्ट्रोनिक समान र भाडाकुडा को तस्करी गर्दै आएको स्थानीयवासीले बताएका छन् । ठोरी छोटी भन्सार कार्यालयले घरायसी प्रयोजनका लागि ल्याइने पाच हजार मुल्य बराबरको सामानको मात्र भन्सार प्रज्ञापनपत्र काट्ने गरेको छ । तर कारोबारीहरुले भन्सारका कर्मचारी र प्रहरीको मिलोमतोमा एकै पटकमा लाखौ रुपैया मुल्य बराबरको कपडा र इलेक्ट्रोनिक समान अवैध रुपमा भित्रयाउदै आएको स्थानीयवासीले बताएका छन् । यसैबिच पर्साको सुवर्ण पुर बाट काठमाडौ को लागि चल्ने रात्री बसमा पनि चिनी कपडा को तस्करी भैरहेको स्थानीयले बताएका छ्न ।तस्करीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्ण पुर र ईलाका प्रहरी कार्यालय ठोरी को सुरक्षाकर्मिले खुल्याम रुपले तस्कर सङ मिलेर आफै सो समान हरु बसमा सेटिङ गर्ने गरेको स्थानीयले जनाएका छ्न।भारतको विभिन्न ठाउ बाट खरिद गरि अबैध तरिका बाट बिजयबस्ती मालिबस्ति रामनगर स्वाउलिबस्ती को नाकाबाट दिन्हु जसो भार्तिय राङ्गा भैंसी भित्र्याई जगरनाथपुर को पसुहाट बजार न पुर्याई सो ठाउँको बिलबिजक बनाई दिन्हु जसो राङ्गा भैंसी पिकअप भैन र ट्रकमा लोड गरेर नेपालको विभिन्न ठाउँमा पुर्यादा समेत पुलिस प्रसान मौन हुदा ? आर्थिक नजराना रहेको स्रोतको दाबी रहेको छ।
४ असोज, काठमाडौं । दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले कोरोना भाइरसबाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको हो ।
राष्ट्र बैंकबाट मात्रै नभएर बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ नोट सटहीको व्यवस्था गर्ने भएका छन् । वाणिज्य बैंकहरुले वितरण गर्नका लागि ४ अर्ब रुपैयाँका नयाँ नोट लगिसेकेको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए ।
बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने आजदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने कार्यकारी निर्देशक नेपालले जानकारी दिए । यसका अलवा केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।
राष्ट्र बैंकले सर्वसाधरणका लागि ३० देखि ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही गर्ने तयारी गरेको छ । जसमध्ये १२ देखि १५ अर्ब रुपैयाँसम्म ५, १०, २०, ५० र १ सय रुपैयाँको नोटहरु वितरण गर्ने तयारी राष्ट्र बैंकको छ । ‘विगतका केही वर्षको ट्रेण्ड हेर्दा हरेक वर्ष ३० देखि ३५ अर्ब रुपैयाँ हामीले वितरण गर्ने गरेका छौं, यस वर्ष पनि हाम्रो तयारी यस्तै छ,’ उनले भने, ‘१२ देखि १५ अर्ब रुपैयाँ साना दरका नोट साटिन्छ त्यसबाहेक अन्य खर्च समेत असोज र कात्तिकमा धेरै हुने भएकाले ५ सय र १ हजार दरका नोटहरु पनि बजारमा ठूलै मात्रामा जानेछन् ।’
कार्यकारी निर्देशक नेपालका अनुसार प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण हुनेछ ।
हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।
केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा बिहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए । तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ ।
काठमाडौं । के तपाई वैदेशिक रोजगारीबाट नेपाल फर्कदै हुनुहुन्छ ? कुन सामान नेपाल ल्याउँदा कति रुपैंया भन्सार तिर्नुपर्छ भनेर जान्न चाहनुहुन्छ ? त्यसो हो भने तपाइको लागि यो जानकारी महत्वपूर्ण हुनेछ । भन्सार विभागले पछिल्लो समय कायम गरेको भन्सार दररेट बारे जानकारी दिंदैछौं ।
नेपाली नागरिक नेपाल सरकारको श्रम स्वीकृती लिइ वैदेशिक रोजगारीमा जानु भएको हो ? र १२ महिना वा सो भन्दा बढी विदेश बसेर नेपाल फर्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वीकृती भएको साथै लगातार १ वर्ष भन्दा बढी बैदेशिक रोजगारी गरी नेपाल फर्कनु भएको हुँदा एक पटकको लागि ३२ इन्च सम्मको टिभीमा महसुल लाग्दैन । यदि तपाई १२ महिना भन्दा कम अवधि विदेश बसेर नेपाल फर्कँदै हुनुहुन्छ भने तपाईंको श्रम स्वीकृती भएतापनि साथै लगातार १ वर्ष भन्दा कम मात्र विदेश बसी फर्कनु भएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ । साथै यदि तपाई नेपाल सरकारको श्रम स्वीकृती नलिइ वैदेशिक रोजगारीमा जानु भएको हो भने तपाईंको श्रम स्वीकृती नभएको हुँदा तपाईंले साथमा ल्याउने ३२ इन्चको टिभीमा नियम अनुसार कर लाग्छ।
३२ इन्च भन्दा ठुलो नेपाल ल्याउँदै हुनुहुन्छ भने टेलिभिजन महशुल भन्सार कार्यालयद्वारा कायम गरिएको मूल्यमा : भन्सार महसुल २० प्रतिशत, अन्तशुल्क १० प्रतिशत, र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्नेछ ।
सुन ल्याउँदा कति लाग्छ ? सुनका गहना
सुनका गहना ५० ग्रामसम्ममा कुनै भन्सार महसुल लाग्दैन ।
सोभन्दा बढी १०० ग्राम सम्मको सुनको गहनामा प्रति १० ग्राम १०५०० रूपैया भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।
त्यो भन्दा बढी सुनका गहना बोकेको अवस्थामा थप १०० ग्रामसम्म प्रति १० ग्राम रू. १२००० भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।
तर, २५० ग्राम भन्दा बढी सुनको गहना बोकेमा बढी भएजति सबै जफत हुनेछ ।
जस्तो तपार्इले २६० ग्राम सुनको गहना बोक्नु भयो भने,
सुरूको ५० ग्राम भन्सार महसुल = ०
५१ ग्रामदेखि १५० ग्राम सम्म (१०० ग्राम सुनको गहनाको भन्सार) = १०० * १०५०० / १० = १,०५,०००
१५१ ग्रामदेखि २५० ग्रामसम्म (१०० ग्राम सुनको गहनाको भन्सार) = १०० * १२००० / १० = १,२०,०००
२५१ ग्रामदेखि २६० ग्राम सुन (१० ग्राम सुन) = जफत हुने
काँचो सुन
काँचो सुन अधिकतम १०० ग्रामसम्म भन्सार महसुल तिरेर ल्याउन पाइन्छ ।
पहिलो ५० ग्रामसम्म प्रति ग्राम ९५० रूपैंया भन्सार महसुल लाग्दछ ।
थप ५० ग्राम सम्म प्रति ग्राम १०५० रूपैया भन्सार महसुल लाग्दछ ।
सो भन्दा बढी काँचो सुन बोकेमा बढी भएजति सबै सुन जफत हुनेछ ।
अन्य सामान महसुल लाग्ने वस्तुहरु
भन्सार महसुल बुझाई ल्याउन पाउने वस्तुहरु: नेपालमा स्थायी बसोबास गर्ने नेपाली नागरिक विदेशमा गई नेपाल फर्कदा व्यक्तिगत प्रयोजनका सामानहरुमा समदरमा भन्सार महसुल तिरेर ल्याउन पाइन्छ,
एक एक सेट :
व्यवसायिक पेशामा लागेका (डाक्टर, इन्जिनियर जस्ता) यात्रुको दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान २/२ थान,
अन्य नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा २/२ थान,
यसमा तोकिएको परिमाणभन्दा वढी चुरोट वा सिगार ल्याएमा त्यस्तो बढी परिमाणमा लाग्ने भन्सार महसुलमा शतप्रतिशत थप भन्सार महसुल तिरी ल्याउन पाइन्छ ।
महसुल नलाग्ने वस्तुहरु आफ्ना लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, डाक्टरले जारी गरेको पुर्जी बमोजिमको औषधि, शारीरिक सहाराको रुपमा प्रयोग गरेका सामान भए त्यस्ता सामान,एक एक थान :
पेशागत प्रयोगका सामान्य प्रकारका सामानहरु:
(जस्तैः ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलकुद सम्बन्धी सामान जस्तै फूटबल, भलिबल, बैडमिन्टन सेट,
सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु) १/१ थान,
१ लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित सुनका वा चाँदीको गहना गुरिया