• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

साउदी अरबको अल्कासिमबाट एघार जना नेपालीको उद्धार।

  • २८ कार्तिक २०७९, सोमबार २३:०३ मा प्रकाशित
  • साउदी अरबको अल्कासिममा कामविहीन भई अलपत्र अवस्थामा रहेका ६ जना नेपालीलाई आरसीसी अल्कासिमको समन्वय र नेपाली राजदुतावास रियादको विशेश पहलमा उद्धार गरि नेपाल फर्काइयको छ भने बाँकी रहेका पाँचजना टिकटको पर्खाइमा रहेको त्यहाँ स्थितआरसिसी अल्कासिमका संरक्षक तथा सामाजिक अभियन्ता बिशाल श्रेष्ठले बताउनुभयो।

    करिब एक बर्ष पहिले नेपालबाट आई छ महिना देखी इकाम रिनु नभएर काम बिहिन भएका एघार जना पीडित नेपालीहरुलाइ आरसिसी अल-कासिमको समन्वय र नेपाली राजदुतावास रियादको विशेश पहलमा बहिर्गमन भिसा लगाइएता पनी टिकटको अभावमा छ जनालाई मात्र नेपाल पठईएको र टिकटको व्यवस्था मिलाएर बाँकी पाँच जनालाई पनी छिट्टै नेपाल पठाउने तयारी भइरहेको श्रेष्ठले बताउनुभयो।

    पीडितहरु महोत्तरी जिल्ला निवासी राम जीवन दास काथवनिय, सिरहा जिल्ला निवासी शिव सुन्दर मन्डल, प्रमोद कुमार मन्डल, बिशाल सर्मा तिवारी, इश्वरी प्रशाद भुसाल, सन्तोष कुमार मन्डल, रौतहट जिल्ला निवासी निरन्जन साह, राजेस बैठा, सुभ नारायण राय यादव र बारा जिल्ला निवासी स्यामबाबु प्रसाद यादव, छोटेलाल यादव बिशाल श्रेष्ठको सम्पर्कमा आएका थिए ।


    पीडितहरुका अनुसार करिब एकबर्ष पहिले नेपाल स्थित प्रतिज्ञा ओभरसिसबाट साउदी अरबको जेद्दा स्थित एसिसी कम्पनीमा आएका थिए भने छ महिना पछी कम्पनी द्वारा इकामा नवीकरण गर्न नसक्दा काम बिहिन भएर तिन महिना पहिलेनै कासिम आएका र त्यहाँ पनी खाना बस्नको समस्या भए पछी प्रतिज्ञा ओभरसिस संग समन्वय गरेर खानाको लागि केही रकम पनी उपलब्ध गराइएको श्रेष्ठले बताउनुभयो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबको अल्कासिमबाट एघार जना नेपालीको उद्धार।

    साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइयो

  • १६ कार्तिक २०७९, बुधबार ११:३५ मा प्रकाशित
  • काठमाडौं : साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइएको छ। 
    मृत्युदण्डको सजाय पाएर १५ वर्षदेखि जेल जीवन बिताइरहेका उदयपुरका विवेक दाहालको मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो। 

    मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीमा जमिनमा गाडिएको छ। रियादस्थित नेपाली दूतावासकाअनुसार जुवेल जेल प्रशासनले कार्तिक ६ गते दाहाललाई मृत्युदण्डको सजाय कार्यान्वयन गरेको हो। 

    साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले दूतावासलाई जानकारी नदिई मृत्युदण्डको सजाय कार्यान्वयनमा आएको बताए।

    ‘दाहाललाई माफी दिइन्छ भनेर हामी ढुक्क थियौं। तर एक्कासि मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको खबर आयो। जेल प्रशासनले ४८ घण्टापछि मात्रै सूचना दियो,’ सुवेदीले भने, ‘यो हाम्रो लागि निकै दुर्भाग्यपूर्ण हो।’

    विवेक दाहालले सन् २००७  फेब्रुअरी २ मा आफन्त राजेन्द्र विष्टको हत्या गरेका थिए।  अदालतले विष्टको हत्या गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

    २००६ मा साउदी अरब पुगेका दाहाल, विष्ट र सुडानी नागरिक साउदी मरुभूमिमा ऊँटको हेरचाह गर्ने काम गर्थे। दाहालले सुतिरहेको बेला विष्ट र सुडानी नागरिक हत्या प्रयास गरेका थिए। विष्टको तत्काल मृत्यु भएको थियो भने सुडानी नागरिकको आँखामा क्षति पुगेको थियो। उनीमाथि पशु करणी गरेको आरोप लागेको थियो। 

    साभार- थाहा खबर बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा एक नेपालीलाई मृत्युदण्ड दिइयो

    साउदीमा रोल्पाका एक युवकको मृत्यु

  • १५ कार्तिक २०७९, मंगलवार १८:२३ मा प्रकाशित
  • वैदेशिक रोजगारका लागि साउदी अरबमा रहेका रोल्पाका एक युवकको रियादमा मृत्यु भएको छ । साउदीस्थित रियादको एक रेस्टुराँमा कार्यरत पूर्वी रोल्पाको लुंग्री गाउँपालिका–५ गोठीबाङ बडाचौरका ४१ वर्षीय हिरे घर्तीमगरको सोमबार (अक्टोबर ३१) मृत्यु भएको उनको परिवारले जनाएको छ ।

    हिरेका भाई सुन्दरबहादुरका अनुसार काम गर्दागर्दै कात्तिक ८ गते अचानक बेहोस भएका हिरेलाई उपचारका लागि किङ सलमान अस्पतालमा पुर्‍याएर भर्ना गरिएको थियो । करिब एक सातासम्म अस्पतालमा राखिए पनि सन्चो नभएको र अस्पतालमा सोमबार उनको मृत्यु भएको जानकारी पाएको उनले बताए ।

    ‘त्यहाँको नेपाली दूतावासका कर्मचारीसँग सम्पर्क गरेका थियौं, सुरुमा उपचार हुन्छ भन्ने खबर आयो । एक सातापछि भने बचाउन सकेनौं, मृत्यु भयो भन्ने जानकारी आयो,’ सुन्दरले भने ।

    विदामा घर आउने योजनामा रहेका हिरे रेस्टुराँमा काम गर्ने क्रममा अचानक ढलेका थिए । रियादस्थित अल्कावसा अल्हासावैह नामको कम्पनीमा कुकका रुपमा कार्यरत उनलाई बिरामी भएबित्तिकै अस्पताल पुर्‍याइएको थियो । ‘सुरुमा ब्रेन ह्यामरेज भएको खबर आएको थियो, अस्पतालमा आफ्नो मानिसलाई पठाएर उपचार गराउने व्यवस्था मिलाएका थियौं । उपचार भएन,’ सुन्दरले भने ।

    बिरामी हिरेलाई एउटै कोठामा सँगै बस्ने साथीले अस्पतालमा पुर्‍याएका थिए । सुरुमा अप्रेसन गरेर ज्यान जोगाउन सकिने परिवारमा जानकारी आएको थियो । अस्पतालमा पुर्‍याएपछि उनी बेहोस भएका बेलामा अंग दान गर्नेबारे अस्पतालका कर्मचारीले परिवारसँग अनुमति मागेका थिए । परिवारले अंग दान गर्ने अनुमति नदिएको सुन्दरले बताए ।

    अंग दान गर्नेबारे अस्पतालबाट च्याटमा र मौखिक रुपमा अनुमति मागिएको भए पनि परिवारले उपचार गर्नतिर ध्यान दिन आग्रह गरेको थियो ।

    अस्पताल पुर्‍याएको तेस्रो दिनदेखि आफन्तलाई भेट गर्न नदिएको सुन्दरको गुनासो छ । यसैबीच, हिरेको मृत्यु भएको वा हत्या गरिएको भन्नेबारे परिवारले आशंका गरेको छ । नेपालमा ल्याइएको शवको पोष्टमार्टम गर्न र अंगभंग नभएको शव बुझ्ने पारिवारिक चाहना भएको सुन्दरले बताए ।

    ७ वर्षअघि पहिलोपटक साउदीमा गएका हिरे एक पटक विदामा घर आएका थिए । घरमा उनका दुई छोरी र दुई छोरा गरी चार सन्तान छन् । एक वर्षअघि सुन्दरका एक आफन्त भाईको मृत्यु साउदीमै भएको थियो ।

    साभार:- कान्तिपुर डटकम बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदीमा रोल्पाका एक युवकको मृत्यु

    खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

  • ९ कार्तिक २०७९, बुधबार ११:२६ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारको क्रममा लाखौँ नेपालीहरु खाडीका बिभिन्न देशहरुमा छन् । अहिले बिभिन्न खाडी मुलुकहरुको भिसा सहि छ कि छैन, भन्ने कुरा अनलाइनबाटै चेक गरेर थाहा पाउन सकिन्छ ।

    तपाईँलाई जारी गरिएको भिसा सक्कली हो कि हैन हेर्नका लागि तल उपलब्ध देशमा क्लिक गर्नुहोस् ।


    कतार

    यूएई

    साउदी अरेविया

    ओमान

    बहराइन

    कुवेत
    वैदेशिक रोजगार सम्बन्धि अझै जानकारी आवश्यक भएमा वैदेशिक रोजगार एप डाउनलोड गर्नुहोला

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on खाडी देशको भिसा अनलाइनबाटै कसरी चेक गर्ने ?

    पचास हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू द्वारा ‘साउदी अरबमा अध्ययनका लागि नाम दर्ता ।

  • ९ कार्तिक २०७९, बुधबार ०७:४५ मा प्रकाशित
  • रियाद – शिक्षा मन्त्रालयले ‘स्टडी इन साउदी अरेबिया’ नामक नयाँ महत्वाकांक्षी शैक्षिक कार्यक्रमका लागि नाम दर्ता गराउने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या ५० हजार नाघेको पुष्टि गरेको छ ।

    दर्ता प्रक्रिया ‘स्टडी इन साउदी अरेबिया’ प्लेटफर्म (https://studyinsaudi.moe.gov.sa) मार्फत नाम दर्ता गराउने मिति जनवरी २०२३ को मध्यसम्म जारी रहने मन्त्रालयले जनाएको छ।

    यूएईको शारजाहमा भईरहेको एक्स्पो सेन्टरमा शनिबार सम्पन्न १८औँ अन्तर्राष्ट्रिय शिक्षा सम्मेलनमा दर्ताका लागि ठूलो सहभागिता रहेको थियो । युएईको शिक्षा मन्त्रालय र शारजाह प्राइभेट एजुकेशन अथोरिटीको संयुक्त आयोजनामा ​​भएको चार दिने कार्यक्रममा साउदी शिक्षा मन्त्रालय र साउदी विश्वविद्यालयहरूले सहभागिता जनाएका थिए।

    साउदी अरबको मन्त्रिपरिषद्ले सेप्टेम्बर २७ मा दीर्घकालीन र छोटो अवधिको शैक्षिक भिसा जारी गर्ने ऐतिहासिक निर्णय लिएको थियो, जस अन्तर्गत विश्वभरका पुरुष र महिला विद्यार्थी, अनुसन्धानकर्ता र शिक्षाविद्हरूलाई साउदी अरबमा उच्च अध्ययनका लागि शैक्षिकहब को रूप मा विकास गर्ने उद्देश्यले कार्यक्रम ल्याएको बताईएको छ।

    शिक्षा मन्त्रालयले शैक्षिक भिसा योजनाले उत्कृष्ट प्रतिभा भएका विद्यार्थीलाई आकर्षित गर्नुका साथै शैक्षिक प्रक्रियाको गुणस्तर र अनुसन्धान र नवप्रवर्तनको उत्पादन बढाउने लक्ष्य लिएको स्पष्ट गरेको छ ।

    यस योजनाले साउदी अरबलाई विश्वव्यापी शैक्षिक संस्थाहरूको वर्गीकरण र दक्षताको स्तर बढाउन र मध्यस्थता र अरबी भाषा शिक्षाको मूल्यहरू फैलाउन राज्यको योगदान बढाउनुका साथै साउदी अरबलाई एक आकर्षक विश्वव्यापी शैक्षिक गन्तव्यको रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पचास हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीहरू द्वारा ‘साउदी अरबमा अध्ययनका लागि नाम दर्ता ।

    विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

  • ६ कार्तिक २०७९, आईतवार ०७:५० मा प्रकाशित
  • काठमाडौं । आप्रवासी श्रमिकहरुको लागि वैदेशिक रोजगार विभागले प्रदान गर्ने सेवा सम्बन्धि जानकारी मुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)को आयोजनामा भर्चुअल माध्यमबाट उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    शुक्रबार सम्पन्न उक्त घकार्यक्रममा वैदेशिक रोजगार विभागले श्रमिकलाई प्रदान गर्ने सेवाहरु र विदेशमा विभिन्न किसिमका समस्या परे के गर्ने?, भन्ने विषयमा व‌ैदेशिक रोजगार विभागका निर्देशक डम्बर बहादुर सुनुवारले परामर्श प्रदान गरेका थिए ।

    विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विभागले सहयोग गर्दै आएको निर्देशक सुनुवारले जानकारी दिए । धेरै जस्तो समस्या यी माथि उल्लेखित समस्याहरु भएकोले समयमा पीडितले उजुरी नगर्दा र विभिन्न कानुनी प्रक्रियाले गर्दा पीडितले छरितो सेवा नपाएको सत्यभएपनि यसको सुधारको लागि सबैले पहल थाल्नुपर्ने उनले बताए ।

    विदेशमा अलपत्र परेमा, विभिन्न स्वास्थ्य समस्यामा परेमा, करार दायित्व पुरा नगरेको अवस्थामा, कानुनी प्रतिरक्षाको सन्दर्भमा विद्युतीयमाध्यमबाट पनि उजुरी गर्न सकिने हुनाले सहज भएको निर्देशक सुनुवारले बताए । उजुरी दिदा विदेश स्थित नेपाली नियोग, विभागको कार्यालय, परराष्ट्रमन्त्रालय, प्रशासन लगायतका सरकारका सम्बन्धित निकायमा उजुरी गर्न सकिने उनले बताए । साथै वैदेशिक रोजगारीका क्रममा यस्ता समस्या परेकाको उद्धार पनि तुरुन्तै हुने निर्देशक सुनुवारले बताए ।

    हाल नेपालमा ८ सयभन्दा बढी म्यानपावर कम्पनीले ईजाजत् लिएर विदेशमा श्रमिक पठाउदै आएकोले ईजाजत प्राप्त संस्थाबाट मात्रै विदेश जानपर्ने निर्देशक सुनुवारले आग्रह गरे । कामदारको माग प्रमाणीकरण अनुसार विभागले पूर्व श्रमस्वीकृती, कामदार छनोट लागि अनुमति, अन्तिम श्रम स्वीकृति, ईजाजतपत्र लगायतका सेवाहरु विभागले प्रदान गर्दै र नियमन गर्दै आएकोले आप्रवासी श्रमिकहरु पीडित नहोउन भन्ने तिर विभाग सजग रहदै आएको निर्देशक सुनुवारले बताए ।

    कार्यक्रममा मलेसिया तथा खाडी र अन्य मुलुकमा कार्यरत श्रमिकहरु, विभिन्न मुलकमा रहेका आप्रवासीसम्बन्धि काम गर्ने संस्थाका प्रतिनिधिहरु, पीएनसीसीका स्वयंसेवकहरु लगायतको उपस्थिति रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on विदेशमा अलपत्र परे, स्वास्थ्य समस्या भए के गर्ने ?

    पीएनसीसी द्वारा बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै

  • ३ कार्तिक २०७९, बिहीबार २०:०३ मा प्रकाशित
  • काठमाडौं । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) द्वारा आगामी कात्तिक ४ गते अथार्त अक्टोबर २१ मा प्रवासी श्रमिकहरुका लागि बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिने भएको छ ।

    प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले बैदेशिक रोजगार बिभागका महानिर्देशक डम्बर बहादुर सुनुवार मुख्य अतिथी तथा परामर्शदाताका रुपमा उपस्थित भई भर्चुअल माध्यमबाट
    कार्यक्रममा परामर्श तथा अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको पीनसीसीका आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा वैदेशिक रोजगारीमा रहेका वा जाने तयारीमा रहेका नेपालीहरुले रोजगार बिभाग द्वारा उपलब्ध गराइने सेवा सुविधाको बारेमा आवश्यक प्रक्रिया बारे जानकारी दिईनेछ ।

    कार्यक्रममा सहभागी हुनको लागी जुम आईडी 2897414063 र पासवर्ड pncc प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ। कार्यक्रम नेपाली समयाअनुसार बेलुका ८ बजे सञ्चालन हुनेछ । कार्यक्रमलाई पिएनसीसीको आधिकारिक फेसबुक पेज, हिमालयन दृष्टि र हिमालटाईम्स डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गरिने भएको छ।

    कार्यक्रम मितिः २०७९ कार्तिक ४ गते (शुक्रवार)/ अक्टोबर २१, २०२२
    समयः नेपालबाट सांझको ठिक ८:०० बजे
    मलेसिया: १०:१५ बजे, युएई : १८:१५ बजे, साउदी : १७:१५ बजे, कतारः १७:१५ बजे

    zoom ID – 2897414063/
    Passcode – pncc

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on पीएनसीसी द्वारा बैदेशिक रोजगार बिभाग द्वारा प्रदान गर्ने सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै

    साउदी अरबमा ‘ट्वीट’ गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय

  • २ कार्तिक २०७९, बुधबार १०:१० मा प्रकाशित
  • साउदी अरेबियाको एक अदालतले अमेरिकी नागरिक साद इब्राहिम अल मादीलाई ट्वीट गरेको आरोपमा १६ वर्षको जेल सजाय सुनाएको छ।

    साउदीको अदालतले ७२ वर्षिय अल-मादीलाई देशलाई अस्थिर पार्ने प्रयास गरेको र आतंकवादलाई सहयोग गरेको अभियोगमा दोषी ठहर गर्दै सजाय सुनाएको इब्राहिमका छोराले बीबीसीलाई जानकारी दिएका छन्।

    अमेरिकी र साउदी अरबको दोहोरो नागरिकता लिएका अल-मादी गत वर्ष नोभेम्बरमा आफ्नो परिवार भेट्न फ्लोरिडाबाट रियाद आएको बेला पक्राउ परेका थिए।

    इब्राहिमका अनुसार यी आरोपहरू प्रमाणित गर्ने प्रमाणका रूपमा अदालतमा १४ वटा ट्वीट मात्रै पेश गरिएको थियो।

    बीबीसीका अनुसार यी ट्वीटहरूमा जेद्दा र मक्काका पुराना संरचनाहरू भत्काइएको विषयमा आलोचना, राज्यमा गरिबीको चिन्ता र साउदी पत्रकार जमाल खशोग्गीको हत्याप्रति गरिएको चिन्ताका विषय थिए।

    अभियोजकहरूले उनलाई अधिकतम ४२ वर्षको जेल सजाय दिन चाहेको उनले बताए। दुई हप्ता अघि, उनलाई १६ वर्षको जेल सजाय सुनाइएको थियो र त्यसपछि १६ वर्षको यात्रा प्रतिबन्ध लगाइएको थियो।

    इब्राहिमले आफ्नो बुबालाई पक्राउ गरेदेखि नै साउदी अधिकारीहरूले यातना दिइरहेको दाबी गर्दै आफ्नो बुबालाई आफूले जेलमा मरेको हेर्न नचाहने बताएका छन्।

    अल-मादीका छोराले पहिलो पटक यसबारे मिडियासँग कुरा गरेका हुन्, जबकि अमेरिकाले उनलाई त्यसो नगर्न सल्लाह दिएको थियो।

    पक्राउ परेदेखि इब्राहिमले बुबासँग कुरा गर्न पाएका छैनन्। तर, परिवारका अन्य सदस्यले बुवालाई भेटेर आफू सञ्चै रहेको बताएका छन्। यद्यपि इब्राहिमले यो दाबीमा शंका गरेको बताउँछन्।

    इब्राहिमले आफ्नो बुबाको मुद्दामा अमेरिकाको चासो नदिएको आरोप लगाए। इब्राहिमले यस विषयमा कुरा गर्न आफ्नो ह्वाइट हाउससँग सम्पर्क हुन नसकेको बताए।

    जुलाईमा अमेरिकी राष्ट्रपति रियादको भ्रमणमा रहेका बेला उनले आफ्नो बुबाको मुद्दाबारे बीबीसीलाई जानकारी दिएका थिए।

    बीबीसीसँग कुरा गर्दै उनले अमेरिकाको दोहोरो मनोवृत्तिमाथि प्रश्न उठाए। उनी भन्छन्, ‘यदि रूस वा इरानमा कुनै नागरिक हिरासतमा परेको भए अमेरिकाले तत्काल कारबाही गर्ने थियो, तर साउदी अरेबियामा जेल परेको कोही नागरिक छ भने पनि यहाँको एक ब्यारेल तेल व्यक्तिभन्दा धेरै मूल्यवान हुन्छ।’

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदी अरबमा ‘ट्वीट’ गरेको आरोपमा अमेरिकी नागरिकलाई १६ वर्षको जेल सजाय

    डुङ्गा पल्टिदा अवैध रूपमा अमेरिका जान लागेका तीन नेपालीको मृत्यु

  • ३१ आश्विन २०७९, सोमबार ०८:१४ मा प्रकाशित
  • तुलसीपुर, ३१ असोज । मध्य अमेरिकाको दक्षिणी क्षेत्रमा रहेको पानामाको समुद्रमा डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा तीन नेपाली र एक भारतिय नागरिक रहेका छन् ।

    अवैध बाटो मार्फत अमेरिका जान लागेका २५ जना चढेको डुङ्गा दुर्घटना भएको हो । बेपत्ता हुनेहरुमा दुई जना युवा रुकुम पश्चिम र एक जना प्युठानको रहेको जानकारी प्राप्त भएको छ ।

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ७ का २५ वर्षका प्रदिप खत्री र मुसिकोट नगरपालिका ५ का अन्दाजी ४० वर्षका रमेश गौतम र प्युठानका काले गिरी दुर्घटनामा परेर बेपत्ता हुनुभएको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

    अक्टोबर १३ तारिखको राती पानामा देशको राजधानी पानामा शहरस्थित समुद्रमा डुङ्गा दुर्घटना भएको बताईएको छ । दुर्घटनापछि जीवित रहेकाहरुलाई त्यहाँको सेनाले हवाई जहाज मार्फत कोष्टारिका लिएको छ । उक्त दुर्घटनामा अन्य के कति क्षति भएको भन्ने बारेमा पुरा विवरण आउन सकेको छैन ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on डुङ्गा पल्टिदा अवैध रूपमा अमेरिका जान लागेका तीन नेपालीको मृत्यु

    भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

  • २५ आश्विन २०७९, मंगलवार १०:४२ मा प्रकाशित

  • जापान : र्‍यापर भिटेन यतिबेला सांगीतिक कार्यक्रमको सिलसिलामा जापानमा छन्। आइतबार बेलुका राजधानी टोकियोमा नेपाली समुदायले कन्सर्ट आयोजना गरेको थियो, जहाँ भिटेनले प्रस्तुतिभन्दा पनि हर्कतका कारण चर्चा बटुले। कन्सर्टमा गीत गाउँदा गाउँदै उनले अस्वभाविक व्यवहार देखाउन थालेका थिए। उनलाई संयमित तुल्याउन आयोजकलाई हम्मेहम्मे परेको थियो। गाउँदा गाउँदै बोतलले आफ्नै टाउकोमा हिर्काएका थिए।

    आफ्नै टाउकोमा आफैले बोतलले हानेका उनी एक्कासी मञ्चमा ढलेका थिए। त्यसपछि उनले गीत गाउन पनि सकेनन्। भुइँमा ढलेपछि दर्शकले उनको पक्षमा हुटिङ गरेपछि आयोजकले पानी छम्किएर केही बेरमा उठाएको थियो। ब्युँझिएपछि भिटेनले गाउन नसक्ने बताएका थिए। 

    दर्शकले होहल्ला गर्न थालेपछि उनले आइन्दा शो नगर्ने र यही नै अन्तिम शो हुने बताएका थिए। भिटेनले एक्कासी किन यस्तो हर्कत गरेर स्टेजमै बेहोस भए भन्नेबारेमा दर्शक र आयोजकको आफ्नै तर्क छन्। मदिराले लठ्ठिएर भिटेनले त्यस्तो हर्कत देखाएको त्यहाँ पुगेका दर्शक बताउँछन्।

    अर्कोतर्फ, आयोजकले चाहिँ मदिराका कारण भिटेन बेहोस नभएको दाबी गरेको छ। मदिराकै कारण उनी ढलेका हुन् वा स्वास्थ्यको कारण भन्ने जानकारी भने दिइएको छैन। तर, दर्शकहरूले भने भिटेन मदिराकै कारण ढलेको बताँउछन्। भिटेनले भने शारीरिक असन्तुलनका कारण ढलेको दाबी गरेका थिए। भिटेनले गाउन नसक्ने भएपछि स्थानीय कलाकार र डिजेले दर्शकलाई मनोरञ्जन दिएका थिए।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, मुख्य खबरLeave a Comment on भिटेनले आफ्नै टाउकोमा फुटाए बोतल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P