“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: त्रिहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७३ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०८/२५ गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ जिउँदा मान्छेलाई ढलाउने धेरै छन्। मारे पछि बिचार गलाउने धेरै छन्। सक्छौ जिउँदै हुँदा राम्रो गरि देखाऊ, मरे पछि आगोले जलाउने धेरैं छन्। फालिने ऐंँजेरु झैंँ पलाउने धेरै छन्। सुशीला पौडेल
पञ्चाङ्ग:०२
आउने जाने क्रम चलि रहन्छ यहाँ। हृदय भित्र आगो बलि रहन्छ यहाँ। मानिसको व्यवहार हुन्छ अजीबको, जिउँदोमा आगोले जली रहन्छ यहाँ। समयले किन हाे छलि रहन्छ यहाँ। ह्यारिस
पञ्चाङ्ग:०३
उज्यालाे चटक्क त्यागेर अँध्याराे रातमा रमाउनेकाे जमात हुँदा । सम्पूर्ण काम छाेडेर बकम्फुसे बातमा रमाउनेकाे जमात हुँदा । कसरी सिँगार्न सकिन्छ मेराे मुलुकलाई आजै भनिदेऊ भगवान् , आफ्नाे याे उन्नतिमा भन्दा अर्काेकाे घातमा रमाउनेकाे जमात हुँदा । आफू कौडीमा बेचिँदै पराइकाे हातमा रमाउनेकाे जमात हुँदा ।
भवानी घिमिरे सर्लाही
पञ्चाङ्ग:०४
बारी जोत खन कुला काम लाग्न सक्छ । आफैँ बाल्न सिक चुला काम लाग्न सक्छ । बन्नुभन्दा एकलकाँटे र अन्तर्मुखी, राख्ने गर दिल खुला काम लाग्न सक्छ । भोलि म हुँला नहुँला काम लाग्न सक्छ । ✍️ वसन्त अनुभव घोराही, दाङ
पञ्चाङ्ग:०५
रुँदै काटेका रातको भाउ छैन यहाँ। गन्तव्य भेट्नेको हेर्दा पाउ छैन यहाँ। शकुनीले जाल थाप्यो जुवाको खालमा, पाण्डव पासाको कुनै दाउ छैन यहाँ। भित्र चोट छ बाहिर घाउ छैन यहाँ ।
✍श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०६ अक्षर-१६
भोकले सधैँ सधैँको नारा लाएर के गर्नु ? पछिल्तिर पिठिउमा आरा लाएर के गर्नु ? कति हेरि रहनु समयलाई एक नास, नबोल्नेको छेउमा त्यो बारा लाएर के गर्नु? थोत्रो समझदारीको पारा लाएर के गर्नु?
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०७ हिलो छ्यापी छ्यापी साउन पन्ध्र त उत्सव पो मनाएका थिए। नेतालाई बाउसे नर्तकीलाई रोपाहार बनाएका थिए। न पानी हाल्न आए कोही,न त झार गोड्न नै पो सघाए खोइ, व्यर्थमा कर्मलाई अपमान गरी किसान भनाएका थिए। किसानको त चुहिन्थ्यो पसिना उ त सुन पो गनाएका थिए। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८ चोरलाई खोर अनि साधुलाई सुली सुनेका होलान् । भावी पीडित आउनेले यिनै कुरा त गुनेका होलान् । हाम्रो समाज रङ्गमञ्च प्रपञ्चले भरिएको मात्र , छल कपट गर्दै सत्तामा बस्दै जाल बुनेका होलान्। कसैले कसैको न्याय बोल्यो भन्दै मुख थुनेका होलान् । बेदु न्यौपाने, काठमाडौँ ✍️🇳🇵
पञ्चाङ्ग:०९ हरे कृष्ण हरे राम भन्दै । आनन्दले जाऊँ धाम भन्दै । जिन्दगी यो बित्न लाग्यो अहो, हतारमा सधैँ काम भन्दै । गोजी नै रित्तो छैन् दाम भन्दै । भगवती दवाडी ,झापा
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (४६औँ) शृङ्खलाका लागि लघुकथाकार एलपी पराजुलीको लघुकथा ‘अनुसरण’, लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘बाध्यता’ र लघुकथाकार एकल यात्रीको लघुकथा ‘दोष’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा: अनुसरण
✍️ एलपी पराजुली “छोराको कल आउँदा कि त बाथरूम छिर्नु हुन्छ कि त बाहिर निस्कनु हुन्छ । आजकल के भएको छ, तपाईंलाई ? राम्रोसँग बोल्नु नै हुन्न । छोराको कल आएको छ, म धमाधममा छु । एकछिन नातिसँग कुरा गराउँनू न, आफू पनि बोल्नू ।”
बुढीको हातबाट मोबाइल समाएर उसले चुपचाप पल्लो कोठामा खेल्दै गरेको नातिको अगाडि राखिदियो । चारवर्षे नाति अष्ट्रेलिया बस्ने आफ्ना बाबाआमालाई देखेर भिडियो कलमा रमाउन थाल्यो । ऊ भने भित्तो हेरेर टोलाउन थाल्यो ।
“हजुरबुवा, मेरो बाबासँग बोल्नु न एकछिन !” नातिले मोबाइल तेर्स्याएपछि उसले झसङ्ग हुँदै मोबाइल समात्यो र हत्तपत्त क्यामेरा बन्द गरेर “हेलो” भन्यो । उसले भिडियोमा छोरालाई देख्यो तर छोराले उसलाई देखेन । “बाबु कता गयो ? लड्ला है बाबा ! राम्ररी हेर्नू .. ।”
मुखमा आएको अमिलो पानी घुटुक्क निल्दै उसले “हस्” भनेर फोन काट्यो । कानमा गुन्जिरहेको थियो एक महिना अघिको छोरासँगको अन्तिम वार्तालाप । “घरबाट गएदेखि हाम्रो सन्चो बिसन्चो, गाह्रो अप्ठेरो केही सोध्दैनस् । केवल आफ्नो छोराको मात्र चिन्ता गर्छस् । तेरो लालनपालनका निम्ति मैले मेरा बाबुआमा त्यागेँ, परिवार त्यागेँ, सकिनसकी पढाएँ, लेखाएँ, दु:ख गरेर विदेश पठाएँ तर आज मेरो कुनै सम्झना छैन । के यही हो त छोराको कर्तव्य ?”
छोराले जवाफ फर्काउँदा ऊ भित्तामा टाँगिएको आफ्नै बाबुको तस्बिर हेरेको हेर्यै भयो । उसको विगत चलचित्रझैँ आँखा अगाडि घुम्यो । छोराको व्यङ्ग्यात्मक वचन कानमा गुञ्जियो ।
“बाबा ! पारिवारिक सम्बन्ध र कर्तव्यको पाठ, मैले तपाईँकै व्यवहारबाट सिकेको हुँ । तपाईँले जे जे गर्नु भयो; मैले पनि त्यहीँमात्र गरिरहेको छु । पुत्रले पिताको अनुसरण गर्नु गलत हो र ? “ कपन, काठमाडौं २२ मंसिर २०८०
२) लघुकथा: बाध्यता
✍️ यमुना प्रधानाङ्ग ‘मुना’ बिहानी प्रहर । घामको लाली आँगनभरि छरिएको थियो । घरआँगन सफा गर्दै गरेकी रश्मीको मन भने खल्लो थियो । चोटाबाट दौडिँदै आएर अङ्गालो हाल्दै छोरीले भनिन्- “आमा ! आज तपाईँ र बाबाको विवाह भएको दिन । happy wedding anniversary !”
आमाले भनिन्- “छोरी ! तिमी त सानै छ्यौ, कसरी थाहा पायौ ?” “बुबाले फोन गरेर भन्नुभएको । उहाँले यो पनि भन्नुभयो कि आमालाई मनपर्ने मिठाई किनेर खुवाऊ । आमालाई माया गर ।”
छोरीको कुराले रश्मीको आँखाबाट बलिन्द्र आँसुका धारा छुटे । नछुटोस् पनि कसरी ! श्रीमान्, विवाह भएको छ महिनामा विदेश उडेको, आज १३ वर्ष भइसक्यो । परदेशबाट दुईवर्षपछि घर आउँदा, गर्भ रहेर जन्मेकी छोरी नै आज ११ वर्षकी भइसकेकी थिई । बिचमा जम्मा दुईपल्ट त घर आए ।
एकक्षणपछि साउने झरीझैँ आँखाबाट झरेका भेललाई दुई हातले सपक्क पुछी र मन दह्रो बनाएर आफैँले आफैँलाई भनी, रश्मीले- ” आ..! लिन्नँ पीर ! आफ्नै देशमा केही गर्छु भनेर काम थालेकै हो । घाटैघाटा लाग्यो, उल्टै ऋण खेप्नु पर्यो । देश धनी भएको भए, देशमै रोजगार भएको भए, आज कोही पनि विदेशिनु पर्थेन नि !” वीरगञ्ज, पर्सा रचना: २०८०/०८/२६
मीठू हस्याङ्ग फस्याङ्ग गर्दै भित्रबाट बाहिर निस्की । यताउति हेरी सरितामात्र देखी । उसले प्रश्न गरी- “हैन ! किन चिच्याएकाे सरिता ? के भयाे तिमीलाई ?” “हेर न मीठू ! ऊ त्याे काग सुकेकाे काठकाे ठुटाेमा बसेर करायाे । राति सपना पनि नराम्रो देखेकी थिएँ । आज के अनिष्ट हुने हाे, कुन्नि ?” सरिताले भनी ।
“हैन, तिमी पनि अन्धविश्वासलाई प्रश्रय दिइरहन्छौ । विश्वका मानिस कहाँ पुगिसके, हामी भने अझै सत्रौँ शताब्दीतिर छौँ । अब यसरी हुन्न । हामी परिवर्तन हुनुपर्छ ।” मीठूले सम्झाउँदै थिई ।
सरिताले मीठूकाे कुरा नसुनेझैँ गर्दै भनी- “ए छाेरी ! एक अम्खोरा पानी ले ले; सुनपानी छर्केर दाेष कटाऊँ ।”
टुक्का कविता एक नविनतम प्रयोगवादी काव्य उपविधा हो । विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै तुक अर्थात् अनुप्रास मिलाएर दुई हरफमा लेख्ने गरिन्छ । जसका दुई हरफमा अक्षर सङ्ख्या बराबर हुनुपर्ने विधान छ । टुक्काको पहिलो हरफले विषयवस्तुको उठान र विस्तार गर्दछ भने दोस्रो हरफले त्यसलाई समर्थन गर्दै भावलाई उत्कर्षमा पुर्याएर समापन गर्दछ । यो ५ देखि २७ अक्षर सम्ममा लेख्न सकिन्छ । टुक्का कविता छ्न्द र स्वछन्द दुवै शैली र साहित्यका सबै रसमा लेख्न सकिन्छ ।
पछिल्लो समय पाठकहरूको रुचि लामा लामा सृजनामा भन्दा छोटा छोटा सृजनामा रमाउने गरेकाले पनि साहित्यमा छोटा र छरिता विधा उम्रिएका र हलक्क बढेर आएका छन् । जस्तो उपन्यास, कथाको साटो लघुकथा, महाकाव्य, काव्य, लघुकाव्यको साटो लघुत्तम काव्य- टुक्का, उदक, बाछिटा आदि मौलाइरहेका छन् ।
टुक्का कविताको विजारोपण धादिङ धुनिवेँशीका वरिष्ठ टुक्काकार एवम् साहित्यकार ताराप्रसाद चापागाईँले वि.स.२०७७ साउन २५ मा गर्नुभएको थियोे । विजारोपण सँगै विभिन्न साहित्यकार, साहित्यप्रेमीहरूको साथ र हात पाएर टुक्का छोटो समयमै हर्लक्क मौलाएर आएको छ । पछिल्लो समय टुक्का कविता लेख्ने सर्जक र पढ्ने पाठकको सङ्ख्या तीब्र गतिमा बढ्दै गएको पाइन्छ ।
'महक' कृतिका कृतिकार म्यामराज राईको जन्म पिता जोगबहादुर राई र माता आश बुङ राईको चौथो सन्तानको रूपमा वि.स. २०४४ साल असार १२ गते हतुवागढी- ६, होम्ताङ, भोजपुरमा भएको हो । उहाँले धनकुटा बहुमुखी क्याम्पसबाट अङ्ग्रेजी विषयमा स्नातकसम्मको शिक्षा हासिल गर्नुभएको छ । ६० दशक देखि नै साहित्य लेखनमा लाग्नुभएका राई नमस्ते आधुनिक लघुकथा मञ्च र किराँत राई वान्तवा खिमको आजीवन सदस्य हुनुहुन्छ । अत्यन्त भद्र, शालीन, मिलनसार व्यक्तित्व राई अहिले वैदेशिक रोजगारको सिलसिलामा जापानमा हुनुहुन्छ ।
प्रकाशनको हिसाबले प्रस्तुत 'महक' टुक्का कवितासङ्ग्रह उहाँकोको दोस्रो कृति हो । यसभन्दा पहिले उहाँले 'हाम्रो बाटो' नामक लघुकथासङ्ग्रह, २०७९ प्रकाशित गरिसक्नुभएको छ । कथा, कविता, लघुकथा, मुक्तक, गजल लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार/टुक्काकार राईका सृजना अत्यन्त सशक्त र चोटिला हुने गर्दछ्न् ।
महक टुक्का कविता सङ्ग्रहको संरचनात्मक कुरा गर्नुपर्दा यसमा कुल १ सय ३० पृष्ठहरू (कभर पेज सहित) रहेका छन् । जसमध्ये १ सय १५ पेजमा टुक्का कविताहरू रहेका छन् भने बाँकी पेजमा विभिन्न व्यक्तित्वहरूको शुभकामना, कृतिकारको भनाइ, विषयसूची लगायतका कुराहरू रहेका छन् ।
अञ्जना छिलिङ राई प्रकाशक र टुक्का साहित्य समाज नेपाल वितरक रहेको महकको आवरण दिलिप राईले, कम्प्युटर सुवास मगरले र ग्लोबल प्रिन्ट कनेक्सन, काठमाडौँले मुद्रण गरेको थियोे । पहिलो संस्करणमा ५ सय प्रति प्रकाशन गरिएको थियोे भने पुस्तकको मूल्य तीन सय राखिएको छ ।
आवरण पृष्ठ निकै आकर्षक, रोचक र सार्थक रहेको छ । फक्रिएको फूलबाट निस्किएको महक (बासना) टाढा टाढा फैलिएको दर्शाइएको छ ।
महक कविता सङ्ग्रहको मुख्य भाग (१ सय १५ पृष्ठ) लाई ३ भागमा बिभक्त गरिएको छ । जसको पहिलो भाग 'क' (९७ पृष्ठ) मा क्रमशः ५ देखि २७ अक्षर सङ्ख्या भएका ९ सय ६८ वटा स्वछन्द टुक्काहरू रहेका छन् ।
त्यस्तै दोस्रो भाग 'ख' को १६ पृष्ठमा वसन्ततिलका, भुजङ्गप्रयात, शालिनी, रूपामाली, महालक्ष्मी, तोटक लगायत १४ वटा छन्दका १ सय ३९ टुक्काहरू रहेका छन् ।
त्यस्तै अन्तिम एवम् तेस्रो भाग 'ग'को २ पृष्ठ मध्ये पहिलो पृष्ठमा नेपाली अनुवाद सहित वान्तवा राई भाषाका ३ वटा टुक्का र दोस्रो पृष्ठमा जापानी भाषाको १ वटा टुक्का नेपाली अनुवाद सहित रहेका छन् ।
प्रस्तुत पुस्तक 'महक'मा टुक्काकारले टुक्का कविताको नियमलाई अक्षरश: पालना गर्नुभएको देखिन्छ । उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय ऎतिहासिक, समसामयिक विषयवस्तुमा रहेर आफ्ना भावनाहरूलाई अत्यन्त रोचक, घोचक र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
टुक्काकार राईका सृजनाहरू अत्यन्त सशक्त, चोटिला मर्मस्पर्शी हुने गर्दछ्न् । उहाँका टुक्काहरूमा मातृप्रेम, भातृप्रेम, राष्ट्रप्रेम, राष्ट्रप्रतिको चासो, चिन्ता, सचेतना आदि भेटाउन सकिन्छ ।
– अन्धकार जति महत्त्व प्रकाशको छ, त्यत्तिकै महत्त्व फूलको महकको पनि हुन्छ भनेर बताउनु भएको छ ।
अँध्यारोमा महत्वपूर्ण बत्तीको चहक,
कसलाई मन पर्दैन फूलको महक ।
– उहाँका टुक्कामा मायाप्रेम, अनुरागका कुरा भेटाउन सकिन्छ ।
लोभलाग्दो मृगनयन,
पाए हुन्थ्यो निजी चयन ।
– प्रेममा फसाउने प्रयास गर्ने र सफल नभएमा झुठो मुद्दा लगाउने, जेल पुर्याउने पछिल्लो समय विकसित घटना प्रवृति प्रति उहाँले चोटिलो व्यङ्ग्य दाग्नुभएको छ ।
पिरतीको खेल,
नाता बिग्रे जेल ।
– पसिनाको कुनै मूल्य नभएको स्वार्थी, धोखेबाज, मौकापरस्त मान्छेहरूको मात्र प्रगति देखिने गरेकोमा उहाँको आक्रोश छ ।
काम गर्ने भोकाए,
मौका ढुक्ने मोटाए ।
– विगतमा देखिएको कोरोना महामारीलाई लिएर उहाँले आफ्नो पीडा, कुण्ठा, भोगाइ, सल्लाह र सुझाव टुक्का मार्फत व्यक्त गर्नुभएको छ।
पापी यो कोरोनाले,
दु:ख पायो साराले ।
– पछिल्लो समय देखापरेको राजनीतिक विसङ्गति, बेइमानी र नेता प्रतिको वितृष्णा प्रति उहाँका टुक्काहरूले व्यङ्री गरेका छन् ।
जन्ताले विश्वास गर्ने,
नेताले ढुकुटी भर्ने ।
चुनाव आयो गाउँ पस्ने,
जितेपछि त छुरा धस्ने ।
मलाई दल र दलदल उस्तै लाग्छ,
नभईनहुने धेरै हुँदा चैन भाग्छ ।
देश विकासमा लाग भनी चुन्यौँ राजनेताहरू,
लाज लाग्छ हेर्नेलाई, कुकुरले हड्डी छोड्छ बरू ।
– उहाँले आफ्नो टुक्काप्रति मोह यसरी प्रकट गर्नुभएको छ ।-
आज मिठो सपना देखेँ,
सपनामा नि टुक्का लेखेँ ।
– उहाँका टुक्काहरूमा आमाप्रतिको स्नेह, प्रेमका भावहरू यसरी छचल्किएका छन् ।
यति दह्रो हुन्छ आमाको काख,
जति बलियो मान्छौ त्यो अग्राख ।
मन मेरो आमाबा र घरले जल्छ,
जति रफ्तारमा हुरी बतास चल्छ ।
– देशमा विद्यमान अपराध, अराजक प्रवृति विरुद्ध आवाज उठाउँदै उहाँले हरहमेशा डटेर सामना गर्न आव्हान गर्नुभएको छ ।
हत्या हिंसा र बलात्कार,
विरोध गरौँ लगातार ।
चहलपहलमा बेथिति,
बहिष्कार गरौँ कुरीति ।
कानुन जरुर हुनुपर्छ अनि सही कार्यान्वयन,
स्थानीयबाट शुरु गरौँ हाम्रो नभई राम्रो चयन ।
– जति नै शिक्षा दीक्षा लिएपनि नैतिकवान र संस्कारी बन्न नसकेको प्रति उहाँको गुनासो रहेको छ ।
शिक्षा लिए शिक्षित भएनन्,
दीक्षा गरे संस्कारी बनेनन् ।
– हाम्रा मौलिक रीतिरिवाज, कला, संस्कृति, परम्पराको ह्रास हुनुमा हामी स्वयम् दोषी भएको उल्लेख गर्नुभएको छ ।
तरुल, रोटी, मकर मेला,
भुलेछौँ पिज्जा खाएको बेला ।
– जति प्रविधिको सदुपयोगले हामीलाई नजिक बनाएको छ । हरेक काममा सजिलो बनाएको छ । त्यत्तिकै प्रविधिको दुरुपयोगले हाम्रो समाज, परिवार भाड्ने, घरबार तोड्ने गरेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
प्रविधिले नजिक ल्यायो यो संसार,
गलत प्रयोग बिगार्यो घरबार ।
– उहाँको टुक्कामा अन्तर्राष्ट्रिय चासो, चिन्ता पनि भेटाउन सकिन्छ।
जेलेन्स्कीको चाहना युद्ध विराम गर्ने,
पुटीनको चाहना छ सबै शक्ति हर्ने ।
– पछिल्लो समय निकै मौलाउँदै आएको अनियमितता, भ्रष्टाचार विरुद्ध उहाँको चासो, चिन्ता र आक्रोश रहेको छ ।
कहिल्यै भरी नहुने कस्तो बोक्छ्न् गोजी ?
सोच्दा मात्रै छक्क लाग्छ गर्छन् मनमोजी ।
– नेपालमा प्रचलन नै बन्न पुगेको असारे विकास प्रति उहाँले चोटिलो व्यङ्ग्य गर्नुभएको छ ।
कालोपत्रे उप्कन्छ नपुग्दै महिना दिन,
मापदण्ड थाहा हुँदा नि बन्छन् नेत्रहीन ।
एघार महिना सुतौँ हामी मज्जाले निद्रा पुग्ने गरी,
विकास गर्न असार छ नि फिँजाइदिउँ आँखाभरि ।
– भ्रष्ट, कामचोर, गद्दार नेता नचुन्न, सोचेर बुझेर मात्र आफ्नो अमूल्य मत दिन उहाँको आग्रह रहेको छ ।
गद्दार नेता चुनिनुको हो यो प्रतिफल,
भोट हाल्दा मतदाताले सोचौँ पलपल ।
– सबैको आ-आफ्नै पिर, व्यथा हुन्छन् । खाली मात्रामा कम वेशी हुने उहाँको मत रहेको छ ।
पिर व्यथा कस्को हुन्न दुनियाँमा हेर ?
सानो ठुलो बेग्लै होला सम्झ एकफेर ।
– देशकै खम्बा मानिने युवाशक्ति दिनानुदिन विदेश पलायन हुने गरेकोमा चिन्ता व्यक्त गर्दै स्वदेशमै कर्म गरेर नेपाल आमा सिगार्न उहाँको अनुरोध रहेको छ।
पाखो बारी बाँझो बन्यो, युवा शक्ति खाडी,
मिहिनेत केही छैन चाहन्छ ऊ गाडी ।
ल्हासा किन जानु प्रिय ? सुन फल्छ खेतभरि,
पौरखले भाग्य बन्छ माया बढ्छ अजम्मरी ।
टुक्काकार राईले हाम्रा मौलिक चादपर्वहरू, राष्ट्रिय विभूतिहरू लगायत विविध विषयमा सुन्दर टुक्काहरू पस्कनुभएको छ । समाजमा देखापरेका बेथिति, कुरीतिहरू उजागर गर्दै सभ्य र शालीन तरिकाले हटाउन आह्वान गरेका छ ।
यसरी टुक्काकार म्यामराज राईको महक टुक्का कवितासङ्ग्रहमा जीवन र जगतप्रतिको चासो, चिन्ता, मातृप्रेम, राष्ट्रप्रेम, राजनीति र नेता प्रतिको वितृष्णा भेटाउन सकिन्छ । भरपुर व्यङ्ग्य भेटाउन सकिन्छ ।
यति भनिरहँदा उहाँको यस सङ्ग्रह कुनै त्रुटि वा दोषरहित छ भन्ने चाहिँ होइन । यद्यपि पुस्तक प्रकाशन गर्दा शतप्रतिशत त्रुटि रहित बनाउनु भनेकाे गम्भीर चुनाैतिकाे विषय हाे । वर्ण विन्यास, पद सङ्गतिको दृष्टिले कतिपय स्थानमा त्रुटिहरू भेटाउन सकिन्छ । केही टुक्काहरूमा अनुप्रास दोष, अक्षर सङ्ख्या नमिलेको पनि भेट्न सकिन्छ ।
समग्रमा प्रस्तुत 'महक' टुक्का कविता सङ्ग्रह अत्यन्त सुन्दर, उत्कृष्ट र पठनीय सङ्ग्रह बन्न पुगेको छ । यस्तो सुन्दर कृति प्रकाशन गरेर नेपाली साहित्यको उन्नयनमा ईटा थप्ने कार्य गर्नुभएकोमा कृतिकार राईलाई हार्दिक बधाई दिन चाहन्छु । साथै कृतिको भव्य सफलताको शुभकामना ! धन्यवाद !
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- छपनौ हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०८/ २१गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:५७ [सन्ताउनौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~ पञ्चाङ्ग:०१ मयूर कति सुन्दर देखिन्छ प्वाँखले। रंगिन जति सुन्दर देखिन्छ प्वाँखले। मुरली बजाउने कृष्णजीकाे शिरमा, मुकुट अति सुन्दर देखिन्छ प्वाँखले। कलाकाे गति सुन्दर देखिन्छ प्वाँखले। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ मयूरको प्वाँख लिएर हिँड्न मन छ। टुटेकाे हृदय सिएर हिँड्न मन छ। कति अजिवकाे सफर छ जिन्दगीमा एकान्त ठाउँमा पिएर हिँड्न मन छ। कसैलाई सबै दिएर हिँड्न मन छ। ह्यारिस
पञ्चाङ्ग:०३ हिमाल र पहाडका पाखा राम्रो। झरना खोला नदी नाला शाखा राम्रो । प्राकृति सुन्दरता मनमोहक, डाँफे मुनाल गाएको भाखा राम्रो। मयुरको प्वाँख राम्रो आँखा राम्रो ॥ गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०४ अक्षर-१७
सुन्दर अनि प्रकृतिको प्रिय हुन्छ कति राम्रो। सबैको मनमा बस्ने त्यो ठाउँ छुन्छ कति राम्रो । भगवान देखि मानवीय स्वभाव प्रिय लाग्ने , एक नासले नै सबैको कुरा सुन्छ कति राम्रो । जंगलको सौर्न्दर्य बढाउन गुन्छ कति राम्रो ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०५ कलकल खोला झरझर झर्ना कति सुन्दर गीत छ। लगाम छैन समयरुपी घोडाको चल्ने आफ्नै रीत छ। हरेक प्राणीको आँखा त छनि तर देख्दैन आफुलाई, हेर्ने आँखा सुन्दर भएदेखि संसारमा सबै मीत छ। प्रकृतिमा भएका जति सबै रङहरु आफैं सित छ। पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
बादलसँगै उडी हिड्ने चरी देखेर । स्वर्गका ती अप्सरा अनि परी देखेर । मन चञ्चल बनायौ लाेभमा परेर , टलक्क टल्किने सारीका जरी देखेर । उदेक लाग्छ अनेकन थरी देखेर ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०७ मयूरको आङ्गफाट खसेको यो कल्की। श्रीकृष्णको शिरमाथि बसेको यो कल्की। आहा! कति सुन्दर छ मनै लोभ्याउने, लाग्छ सोह्र श्रृङ्गार नै घसेको यो कल्की। रूप रङ्ग सौन्दर्यले कसेको यो कल्की।। घनश्याम पौडेल, पोखरा
पञ्चाङ्ग ०८ मयूर कल्की लिला नै अपरम्पार छ मितव्ययीपन आफ्नै ढङ्गमा सार छ प्यारा सबैका अनगिन्ति संगिनी साथ रङ्गीन जीवन यसको छुट्टै धार छ गोपिनीका गोपाल प्रेरणाको तार छ
जमुना आचार्य सिन्धुपाल्चोक
पञ्चाङ्ग:०९ मयूर प्वाँखमा अनेक रङ्गले भरिएको हुन्छ। शरीरकाे साैन्दर्यता यत्रतत्र छरिएकाे हुन्छ। इन्द्रेणी लाग्दा फरर नाच्ने स्वभाव भएकाे पन्छी, झट्टै प्वाँख झर्न नसक्ने गुणले दरिएकाे हुन्छ। घरमा शाेभा बनाउन सम्मान गरिएकाे हुन्छ ! सुरेश चन्द्र घिमिरे
पञ्चाङ्ग:१०
अनेकन रुपरङ्ग पन्छीमा भरिएका हुन्छन्। उडेर संसारको आकाशमा छरिएका हुन्छन्। मयूर पंख अति सुन्दर प्रकृतिको रचना, पंख पंखमा ईन्द्रेणी रङ्गले दरिएका हुन्छन्। खोलेर पंख उड्दा नभमा फर्फरिएका हुन्छन्।
टुक्का कविता एक नविनतम प्रयोगवादी काव्य उपविधा हो । जुन विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै तुक अर्थात् अनुप्रास मिलाएर दुई हरफमा लेख्ने गरिन्छ । जसका दुई हरफमा अक्षर सङ्ख्या बराबर हुनुपर्ने हुन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान र विस्तार गर्दछ भने दोस्रो हरफले त्यसलाई समर्थन गर्दै भावलाई उत्कर्षमा पुर्याएर समापन गर्दछ ।
छ्न्द र स्वछन्द दुवैमा ५ देखि २७ अक्षर सीमाभित्र रहेर लेख्न सकिने टुक्का कविता पछिल्लो समय अत्यन्त रुचाइएको विधा बन्न पुगेको देखिन्छ । आजका मान्छेहरू हरेक कुरा छिटो छरितो होस् भन्ने चाहन्छ्न् । साहित्य पनि अचार झैँ जिब्रोमा पुग्नेबित्तिकै टक्क स्वाद दिने स्वादिलो हुनुपर्छ, नकि स्वादका लागि लामो समय चपाइरहन परोस् । लामा लामा रचना पढ्न समय नमिल्ने, झर्को मान्ने प्रवृति देखापरेको छ । तसर्थ पछिल्लो समय छोटा छोटा विधाहरू जस्तो- टुक्का कविता, उदक कविता, लघुकथा आदि मौलाउँदै आएका छन् ।
वरिष्ठ टुक्काकार ताराप्रसाद चापागाईँद्वारा लेखिएको 'टुक्का' दुई हरफको टुक्का कविता सङ्ग्रह टुक्का कविता विधाकै पहिलो सङ्ग्रह बन्न पुगेको छ । सम्भवतः मलाई जानकारी भएअनुसार कृतिकारको पनि यो नै पहिलो कृति हो ।
यस कृतिका कृतिकार स्वयम् टुक्का कविता विधाकै प्रवर्तक हुनुहुन्छ। टुक्का कवितालाई जन्माउन, हुर्काउन र आजको यस स्थितिमा ल्याउनमा उहाँको ठूलो भूमिका रहेकोे छ । यद्यपि उहाँको यस कार्यमा सहयोग गर्ने, होस्टेमा हैस्य गर्ने हजारौँ हातहरू थिए, छन् र रहिरहने छन् ।
पिता स्वर्गीय हिमप्रसाद चापागाईँ र माता भगवती चापागाईँको कान्छाे पुत्ररत्नको रूपमा टुक्काकार ताराप्रसाद चापागाईँको जन्म २०३५ साल माघ महिनाको ८ गते (साबिक नाैबिसे गा.बि.स. वडा नं.३ ) धुनीवेसी नगरपालिका वडा नं.९ धादिङमा भएको हो ।
गीत, कथा, कविता, निबन्ध लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार चापागाईँ हाल वैदेशिक रोजगारको सिलसिला दुबईमा रहनुभएको छ ।
टुक्का कविता लेखन कार्य वि.स.२०७७ साउन २५ गतेबाट प्रारम्भ गरेपनि उहाँले २०७७ पुस १७ गते औपचारिक रूपमा सार्वजनिक गर्नुभएको थियोे । टुक्का कविताको उन्नयन र विकासका लागि साङ्गठनिक रूपमा आवद्ध हुँदै २०७८ साउन ४ गते टुक्का साहित्य समाजको दर्ता गरेर अगाडि बढिरहनु भएको छ । उहाँ नै टुक्का साहित्य समाजको संस्थापक तथा वर्तमान अध्यक्ष पनि हुनुहुन्छ ।
'टुक्का' टुक्का कविता सङ्ग्रहको संरचनागत कुरा गर्नुपर्दा यसमा कुल ९६ पृष्ठ(कभर पृष्ठ सहित) रहेकोे छ । पुस्तकको केवल ५९ पृष्ठभित्रमा ५ सय टुक्का कविताहरू रहेका छन् भने बाँकी पृष्ठमा प्रकाशकीय, शुभकामना, लेखकको भनाइ, विषयसूची, टुक्का कविताकाे परिचय रहेका छन् ।
टुक्का साहित्य समाज नेपाल प्रकाशक रहेको यस पुस्तकको मुद्रण ऋचा अफसेट प्रेसले गरेको छ । २०७८ सालमा प्रकाशित यस पुस्तकको मूल्य भने दुईसय रुपियाँ तोकिएको छ ।
कृतिकारका स्वर्गीय पिता हिमप्रसाद चापागाईँ र माता भगवती चापागाईँप्रति समर्पण गरिएको यस पुस्तकको आवरण निकै सुन्दर र आकर्षक रहेको छ । आकारको दृष्टिले मझौला भन्न नमिले पनि सानो चिटिक्क परेको सुहाउँदो छ । पुस्तकको कागज पनि बलियो राम्रो रहेकोे छ ।
टुक्का कविता रहेका कुल ५९ पृष्ठहरू मध्ये पहिलो खण्डमा छन्द टुक्काहरू ४ पृष्ठभित्रमा रहेका छन् । जसमा भुजङ्गप्रयात छ्न्द, सवाई छ्न्द र झ्याउरे छन्द गरेर २८ टुक्का रहेका छन्। बाँकी ५५ पृष्ठमा पाँच अक्षरदेखि २७ अक्षरसम्मका कुल ४ सय ७२ टुक्का कविताहरू रहेका छन् । सबैभन्दा धेरै १० अक्षरका १ सय १ टुक्का कविताहरू रहेका छन् भने सबैभन्दा कम २५ र २७ अक्षरका २/२ वटा टुक्का कविताहरू रहेका छन् ।
प्रस्तुत पुस्तक 'टुक्का' टुक्का कवितासङ्ग्रहलाई सर्सर्ती नियाल्दा टुक्काकारले टुक्का कविताको नियमलाई अक्षरश: पालना गर्नुभएको देखिन्छ । उहाँले आफ्ना भावनाहरूलाई अत्यन्त रोचक, घोचक र सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
टुक्काकार चापागाईँका टुक्काहरूमा नेपाली माटोको सुगन्ध पाइन्छ । विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीप्रतिको उहाँको माया, स्नेह, चासो र चिन्तामा कुनै कमी पाइदैन ।
उहाँले टुक्का मार्फत नै आफ्नो प्रेमावेग अत्यन्त सुन्दर र शालीन ढङ्गले प्रस्तुत गर्नुभएको छ ।
सधैँ बाँधिराख अङ्गालोमा नछोड कहिल्यै भङ्गालोमा । (९२)
सधैँ साथ माया दिनु तिमी मेरी रानी अझै उर्जा थप्दै जानू पिरतीको खानी । (३२७)
रात बित्यो तारा गन्दै कुरे थेँ आउँछ्यौ भन्दै । (२६)
त्यस्तै उहाँले आफ्ना टुक्का मार्फत नै समाजमा रहेर द्वेध चरीत्र प्रस्तुत गर्ने धोखेबाजहरू प्रति कटाक्ष गर्नुभएको छ।
अगाडि पर्दा चिप्ला कुरा पछाडिबाट हान्यो छुरा । (३६)
त्यस्तै उहाँका टुक्काहरूमा जीवन र जगत प्रतिको चासो, चिन्ता भेट्न सकिन्छ । उहाँले के गर्नहुन्छ, के गर्न हुँदैन भन्ने कुरा टुक्का मार्फत नै सत्यबोध गराउनुभएको छ ।
जानु छ एकदिन सबै छोडेर नहिँड्नू ठूलो बनी बाटो मोडेर । (१८७)
मर्नु छ एकदिन कसले के लान्छ ? जसरी आयो उस्तै खाली हात जान्छ । (२१०)
अहङ्कार मात्र गरी जीवन चल्दैन परिश्रम नगरी त्यसै चुलो बल्दैन । (२५०)
टुक्का कविता लेख्न सबैलाई आग्रह गर्दै उहाँ भन्नुहुन्छ:-
अभ्यास गरौँ टुक्कामा आएर लेख्नुपर्छ समय मिलाएर । (१३८)
संसारमा सबैभन्दा अमूल्य माया, स्नेह भनेको आमाको हुन्छ भन्दै उहाँ यसरी टुक्का मार्फत पोखिनुभएको छ ।
ममताको खानी हो आमाको काख मेरो स्वर्ग त्यही किन खोज्नु लाख । (१८७)
शब्द सुन्दै कति प्यारो सम्झिँदै छु आमा हुर्काउन बढाउन धेरै गर्यौ धामा । (२५२)
बाध्यतावश आफू विदेशी भूमिमा रहेपनि उहाँको भित्री चाहना भने कोही पनि नेपाली विदेश दास बन्न नजाऊन्, आफ्नै देशमा बसेर नेपाल आमालाई सिँगारून् भन्ने रहेकोे छ ।
सीप सिकौँ केही गरौँ स्वदेशमै पनि विदेशिनु नपरोस् है कोही दास बनी । (२५४)
दैनिक हजारौँ छन् मान्छेहरूको लर्को मौन छ विमानस्थल मान्दैन कुनै झर्को । (३०९)
स्वदेशमै केही गर्ने वातावरण जुटाऊँ सबैतिर देश विकासको मुहान फुटाऊँ । (३६९)
गरी खाउँला जोतेर खेतबारी रुँदै भन्दछिन् हृदयकी पियारी । (१७१)
आफ्नै घर खेतबारी सजाउने काम अरूको गुलामीले किन खोज्नु दाम ? (२३९)
असारको पन्ध्र वर्षात् धेरै रुझेर झरीमा धानको बीउ रोपेझैँ माया जिन्दगीभरिमा । (२७)
परदेशमा जान्छौ किन खोज्दै रोजगारी बिराउँदा सुन फल्नेछ हाम्रै खेतबारी । (३०८)
देशमा घटेका समकालीन घटना प्रति उहाँको निकै चासो र चिन्ता देखिन्छ । एमसीसी प्रतिको उहाँको धारणा यस्तो रहेको छ ।
दुई ढुङ्गाको तरुलमा पस्यो खपिसी राष्ट्रघाती बुँदा बोकी आयो एमसीसी । (२४९)
प्यारो अनि सुन्दर छ नेपाली भाषा हाम्रो जोगाऔँ हामी संस्कृति र आफ्नै भेष राम्रो । (३१४)
नेपालमा मनाइने हरेक चाडपर्व लक्षित टुक्काहरू यस सङ्ग्रहमा भेट्न सकिन्छ ।
आऊ चेली माइतमा तीज मनाऔँ दर खाई हाम्रो पर्व भव्य बनाऔँ । (२०८)
विश्व समुदाय कोभिड महामारीमा जकडिँदा नेपाल पनि अछुतो रहेन । कोरोनाका कारण देखापरेको अप्रिय दृश्य उजागर गर्दै त्यसबाट सुरक्षित रहने उपाय पनि उहाँले बताउनुभएको छ ।
नदेखिने जीवाणुले आक्रमण गर्दा मुख हेर्नै नपाइने आफ्नै मान्छे मर्दा । (९)
सुरक्षित बनौँ आफ्नै घरभित्र बसी आक्रमण गर्नेछैन कोरोनाले पसी । (११)
नेपालमा व्याप्त भ्रष्टाचार, कुरीति प्रति उहाँको निकै चासो, चिन्ता र आक्रोश रहेको पाइन्छ ।
लौन अति भयो भ्रष्टाचार सहनु कति यो अत्याचार । (१०५)
पछिल्लो समय आफ्ना वृद्ध आमाबुबाहरूलाई हेलाँ गर्ने, आश्रम पठाउने जुन गलत संस्कार, संस्कृति स्थापित हुन थालेको छ । त्यसलाई निरुत्साहित गर्न उहाँका टुक्काहरूले बुलन्द आवाज उठाएका छन् ।
वृद्ध भए ती आमाबाबा मुटुमा अटाऊ आँसु लाग्छ तिमीलाई आश्रम नपठाऊ । (२९५)
हामीहरूलाई हुर्काउन दु:ख गरेका अपार बुढेसकालमा ती बाबुआमा अलपत्र नपार । (४२४)
समाजका अग्रज हाम्रा मार्ग निर्देशक जेष्ठ नागरिक सम्मान गरौँ नैतिक शिक्षा ज्ञान पाई सबल भयौँ यिनको जीवनमा उज्यालो छरौँ । (४६९)
जनताका दु:ख पीडामा मलम लगाउनु पर्नेमा सरकारले उल्टै अझै पीडा थप्ने गरेकोप्रति उहाँको आक्रोश छ ।
जनतालाई दु:ख पीडा महङ्गीका कुरा लापर्बाह सरकार छ उल्टै हान्छ छुरा । (२९६)
लडाइँ झगडाबाट क्षति बाहेक केही उपलब्धि हुँदैन भन्दै उहाँले शान्तिको आह्वान गर्नुभएको छ ।
परदेशमा बस्ने सबै मानिसहरू सुखी, मस्तीमा हुन्छन् भन्ने सोचाइ प्रति उहाँले कटाक्ष गर्नुभएको छ ।
घर परिवार आफ्ना सबै सम्झनामा हुँदा, कसले देख्छ परदेशमा एक्लै बसी रुँदा । (३५८)
पैसा कमाई सुखी बनी जीवन जिउने आस, काम र पैसा भन्दाभन्दै परदेशमै भो लास । (४०७)
उहाँका टुक्काहरू बालबालिका हाम्रा भविष्यका कर्णधार हुन्, तिनका सुरक्षा, पालनपोषण हाम्रो जिम्मेवारी हो । बाल अधिकारको सुनिश्चित हुनुपर्छ भन्ने कुरामा उहाँको मत रहेको छ ।
नबनाउनु साना नानी मजदुर अनि ज्यामी बालअधिकार सुरक्षामा जागरूक हौँ हामी । (३९६)
पौष्टिकता भरपुर छ कुपोषण रोक्न वरदान शिशुका लागि अमृतसमान नछुटाऊँ स्तनपान । (४४४)
नेपालमा सवारी चालक र पैदल यात्री दुवैबाट ट्राफिक नियमको उल्लङ्घन हुँदा सवारी दुर्घटना हुने गरेको र नियम पालना गरे दुर्घटनाबाट बच्न सकिने उहाँको मत रहेकोे छ ।
ट्राफिक नियम पालना गरे दुर्घटना धेरै टर्छन् सडकमा देखिने ती जनसेवक कति दु:ख गर्छन् । (४४२)
कथा, कविता, गीत, लघुकथा, मुक्तक, निवन्ध लगायत साहित्यका विविध विधामा कलम चलाउनु हुने साहित्यकार/टुक्काकार चापागाईंका सृजना अत्यन्त सशक्त, चोटिला मर्मस्पर्शी हुने गर्दछ्न् ।
टुक्काकार ताराप्रसाद चापागाईँका टुक्का कविता सङ्ग्रहमा जीवन र जगतप्रतिको चासो चिन्ता, मातृप्रेम, राष्ट्रप्रेम, राष्ट्रप्रतिको अतिराग, राजनीति र नेता प्रतिको वितृष्णा भेटाउन सकिन्छ । उहाँका टुक्कामा समकालीन चेत रहेको पाइन्छ, भरपुर व्यङ्ग्य भेटाउन सकिन्छ । देश, समाज र समग्र जीवन भेटाउन सकिन्छ ।
यति भनिरहँदा उहाँको यस सङ्ग्रहमा कुनै त्रुटि वा दोष नै छैनन् भन्ने चाहिँ होइन । वर्ण विन्यास, पद सङ्गतिको दृष्टिले कतिपय स्थानमा त्रुटिहरू भेटाउन सकिन्छ । कुनै कुनै टुक्काहरूमा अनुप्रास दोष, अक्षर सङ्ख्या नमिलेको पनि भेट्न सकिन्छ । अर्को संस्करण निकाल्दा कृतिकारले अवश्य पनि त्यस तर्फ ध्यान दिनुहुने नै छ ।
पुस्तक प्रकाशन गर्दा शतप्रतिशत त्रुटि रहित बनाउनु भनेकाे गम्भीर चुनाैतिकाे विषय हाे । यस सङ्ग्रहकाे कमजाेर पक्ष नियाल्दा छन्दमा लेखिएकाे टुक्काहरू मध्ये एक ठाउँमा छन्द भङ्ग भएकाे र स्वच्छन्द टुक्काहरू मध्ये केही टुक्का कविताहरूमा तुक दाेष देखिएकाे छ ।
समग्रमा प्रस्तुत 'टुक्का' टुक्का कविता सङ्ग्रह अत्यन्त सुन्दर, उत्कृष्ट र पठनीय दस्तावेज बन्न पुगेको छ । पाठकले किनेर पढ्दा पुरै मूल्य असूल हुने कुरामा कुनै दुईमत छैन । यस्तो सुन्दर कृति प्रकाशन गरेर नेपाली साहित्य भण्डारमा समर्पण गर्नुभएकोमा यस कृतिका कृतिकारलाई हार्दिक बधाई दिन चाहन्छु र भव्य कृति सफलताको शुभकामना ! धन्यवाद !
कृति: टुक्का (दुई हरफका कविता सङ्ग्रह) विधा: टुक्का कविता सङ्ग्रह कृतिकार: ताराप्रसाद चापागाईँ प्रकाशक : टुक्का साहित्य समाज, नेपाल प्रथम संस्करण: २०७८ साल (२०२२) मूल्य: रु. २०० पृष्ठ: ८८
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १३३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] दिमाग भेडाको बास तीक्ष्ण ज्ञानको चिराग !
वसन्त अनुभव
[२] दिमाग भएन भने बिगार्छ सानो कुरा !
शोभा आचार्य गौतम, काठमाडौँ
[३] बुद्धिहिन अस्तव्यस्त सधैँ मात्र कुकर्ममा तल्लीन !
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११३ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५८ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
न उठेर ~~~~सुख पाएँ हजुर न बसेर, लाग्दैछ हिँड्नु पो पर्छ कि खरानी घसेर । ✍️
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१) गराउँछन् सधैँ घरमा छि: छि: अनि दुर दुर, बस्नै मन लाग्दैनँ हजुर ! बिग्रिरहन्छ सुर । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२) यस्तै रहेछ नि मुर्दारहरूले ल्याएको नयाँ चलन, आराम होला भन्ठानेको त झन् बढ्येा यहाँ हेर जलन ! ✍️ पवन कुमार बुढाथेाकी काठमाडौं
३) शान्ति भएमा मनमा जहाँ पनि सुख हुन्छ, नत्र हिराकै थुप्रो भए पनि दुःखले छुन्छ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
४१) न रुँन सक्छु न हाँस्नु सक्छु यो भौतिक जीवनमा आएर, जिन्दगीदेखि विरक्तियो मन हिँड्नुपर्ला भजन गाएर । ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
४२) घसेर खरानी पाइदैन कतै सुख, हाँसी खेली रमाउँ हामी भुलेर दुख। ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा बजार ।
४३) जन कर चुसी चुसी भएकै थियौ हृष्टपुष्ट, अझै के चिज पुगेन र भयौ फेरि असन्तुष्ट । ✍️ बाबुराम गौतम, गुल्मी
४४) राम्रा जति बसाइँ सर्छौ रजाइ छ लुट्नेकै, जनको समर्थन पनि छ दिमाग भुट्नेकै । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
४५) जीवन सङ्घर्ष हो सोचे जस्तो हुन्न, नगर्नू लेखाजोखा कहिले नि छुन्न। ✍️ पुष्पा राई, खाेटाङ।
४६) ‘मुखमा राम’ भएकाले खान पनि कति भ्याए, साेझाका दिन गए, गणतान्त्रिक सिद्धान्तवादी त खरा हुन् पैसाकै आगाेमा जल्ने भए । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
४७) नहारी हिम्मत गर्न पनि ठाउँमा आफ्नो मान्छे छैन, बोलिदिने मान्छे हुनेले मात्रै त पाउने गर्छन् चैन । ✍️ बूढानीलकण्ठ ,काठमाडौँ
४८) उठे पनि बसे पनि रमाएनन् किन किन, युवाहरू देशबाट पलायन दिन दिन । ✍️ भगवती दवाडी, झापा
४९) काम गर्दा न जस पाएँ, नगर्दा झन् के होला , जसो गरे नि चित्त नबुझ्ने मानिसको चोला । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
५०) खरानी घस्नु पर्दैन, भगाऊ भ्रष्ट दुच्छर, बन्छ सम्पन्न नेपाली, बन्छ नेपाल सुन्दर। ✍️ रामशरण न्यौपाने, भक्तपुर
५१) जति काम गरे पनि छैन दुई छाक टर्ने, श्रमको मूल्य नपाउँदा श्रमिक भए मर्ने । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
५२) बाेकेर श्रमकाे भारी हिड्नुपर्छ जीवनमा, दु:खले छुन्न श्रममा विश्वास राख्ने मनमा । ✍️ एस वि प्रगति प्यूठान (हाल:पाल्पा)
५३) मनभरि पाप भएपछि हुन्छ दिमागमा हल्ली खल्ली, कहाँ पाइन्छ र हजुर? शान्ति घुमिकन सडक गल्ली । ✍️ ध्रुव श्रेष्ठ खोटाङ, हाल काठमाडौ ।
५४) बुझिदिने कोही छैन मनको पीडा बेथा, भतभती पोलेको मन अरूलाई केथा? ✍️ दुर्गा आचार्य मोरङ
५५) न त पखाल्दा जान्छ, न सुनाउँदा सुन्छ बैरागी, छेकेर ल्याउन खोज्दा, उम्केर लुक्दछ अभागी । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी ।
५६) खरानी हैन बारूद बन्नुपर्छ, जति झुक्यो उति नै दमन गर्छ। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
५७) पस्ने बेला आँखा चिम्लेर अर्कोतिर पस्छाै, कसको रिसले आज फेरि खरानी घस्छौ ? ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
५८) मह काढ्नेले हात चाट्छ खेर फाल्ने हैन, हात चाट्ने लोभमा सधैँ मह काढ्ने छैन । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: बहतरौऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७२ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०८/१८ गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ रंगिन फूलका थिए पात थरीथरीका। पन्छाइदिए भनेर जात थरीथरीका। मानवका मानवता हराए कता तिर, भाेक त एउटै थियाे भात थरीथरीका। थालमा पातमा दिने हात थरीथरीका। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ जिन्दगी हाँसेर बिताउनु छ। दुश्मन मासेर बिताउनु छ। अपनत्वका ती सम्बन्धहरू, छातीमा टासेर बिताउनु छ। मित्रता गाँसेर बिताउनु छ। ह्यारिस
पञ्चाङ्ग:०३ बोट बिरुवाका पात फरक। मान्छे पिच्छे हुन्छ जात फरक । विभेद नहोस् सबै एउटै हो , अलिनो स्वादको भात फरक । बनाउने पारा हात फरक ॥
सहयात्री शोभा अर्याल
पञ्चाङ्ग:०४ जहिले पनि जहाँ पनि मौकै छोप्ने कस्तो हराम। जसलाई भेट्यो उसलाई नै कोप्ने कस्तो हराम। मानवताको भन्ने त अलिकति पनि नभएको, आदर्शको माटोमा अहंकार रोप्ने कस्तो हराम। अमृत भरेको घडामा बिष चोप्ने कस्तो हराम। -पशपती राई खोटाङ । रुपन्देही , बुटवल
पञ्चाङ्ग:०५ देश एउटै हो तर जात थरीथरीका। फूलफल, कोपिला र पात थरीथरीका। मान्छे एउटै हो तर मौसम झैँ बदल्ने, अपत्यारिला उसका बात थरीथरीका। एकै पानीले हुने बर्सात थरीथरीका ।
श्रीकृष्ण शर्मा पोखरा
पञ्चाङ्ग:०६
रगत एउटै तर जात अनेक। एउटै बनावट छ हात अनेक। अनेकतामा एकता नै हुन्छ राम्रो, विभिन्न विचार अनि बात अनेक, गर्छन् यहाँ सक्नेहरु घात अनेक । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ सुरुमा आफैँ सम्बन्ध जाेड्याै तिमीले के भयाे कुन्नि बिचमा ताेड्याै तिमीले खै गुनासो गरेर पनि केही नहाेला माैका पाउँदा त हिरा फाेड्याे तिमिले हिंँड्दाहिंँड्दै बाटाे माेड्याै तिमीले
उर्मिला के.शी. धनकुटा !
पञ्चाङ्ग:०८
मनमा राखेकी छु तिमीलाई भुलेकी छैन हेर। तिमीलाई छाडेर अन्त कतै डुलेकी छैन हेर । टाढा छु मेरो बिवसता बुझ्नु नबुझ्नु तिम्रो कुरा, डाली डाली छानेर कहिँ कतै झुलेकी छैन हेर। देखाउँ कसरी अरुको साम्न्ने खुलेकी छैन हेर।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ४४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
कति छन् घाइते रहर, कति त मरिसके, पहेँलिए ओइलाए, रूखबाट झरिसके ।
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
१) घरले जा जा भन्छ आइज भन्छ वनले, त्यागौँ भन्छु लोभ मोह तर मान्दैन मनले । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
२) तनले मनलाई सोध्दा मुसुक्क पो हाँसिदिन्छ, मन मनै हो कहिले दिन्छ कहिले आफैँ लिन्छ । ✍️ प्रेम थापा “मन”बागलुङ
३) रहर पुरा गर्नु त छ अझै भर्नु पनि छ भकारी सुन, उमेरले नेटाे काटे पनि लोभले लाउन सकिनँ गुन । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी
४) अन्धाधुन्ध गोली चल्छ निर्दोषले दुःख पाउँछ, देशका नेताको काम देख्दा रुन मन लाउँछ । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
५) रमितेहरू हेलिकोप्टरमा भूकम्प पीडितको दुर्दशा हेरी फर्के, राहत पाउनु त कहाँ हो कहाँ त्यहाँ केहीका चिसोले ज्यान नै घर्के । ✍️ पवन कुमार बुढाथोकी काठमाडौँ
६) सङ्घर्ष गर्दागर्दै कति मरे आसहरू, अलिकति बटुले, धेरै भए लासहरू । ✍️ एवाइ प्रभात धनकुटा छेन्ताङ
७) त्यहीँ मन पापी भएको हो खटनले, सरकारले मिलाए हुने जतनले । ✍️ भगवती दवाडी ,झापा
८) चुनावमा गठबन्धनकाे पहाडा जाेडियाे, जनता दु:खमा पर्दा त उनैलाई छाेडियाे। ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
९) घरले जा र वनले आइज् भन्ने बेलासम्म कति धनको लोभ गर्छन्, मान्छे देश बेचेर पनि नपुग्नेहरू अब धनकै मोहले नै मर्छन्। ✍️ बेदु न्यौपाने काठमाडौँ 🇳🇵
१०) कमाउने रहरले पसियो सहर, परिस्थितिले बनायो ठाउँ न ठहर । ✍️ बिके मुखिया दार्जीलिङ, भारत ।
११) एक वन जलेपनि त अर्को वन पलाउँछ भन्छ वनले, भ्रष्टाचार गर्दै गर्दिनँ भन्छु तर मान्दैन याे पापी मनले । ✍️ सहयात्री शाेभा अर्याल बुटवल, रुपन्देही
१२) अन्धाधुन्ध गाेली चल्छ विदेशी सहरमा, गरिब त ! मरिसके इच्छाकै रहरमा । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम ।
१३) रहर नै रहर छन्, अझै छन् कति कति, पाइएन तिनको कतै असली ओखती । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी ।
१४) नेपालमा कौतुहलता मच्चिएको छ, युद्ध हुने सङ्केत, किन मर्न खोज्दैछन् एक आपसमा, बरु हुनु नि सचेत । ✍️ कबिताहरी सुन्दर हरैँचा नगरपालिका १ मोरङ
१५) सपना साकार हुँदैछ उसको लुटेर यो देश, सत्ताको खेलमा छक्याई बदलियो उसकै भेश। ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
१६) रहर र आकाङ्क्षा कति थिए होलान् तपाईँ हाम्रो, मन भौतारिई रह्यो, भेटिएन कही बाँध्ने काम्रो। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
१७) आज होला भोलि होला भन्दाभन्दै रहर मरे, कति गए तुहिएर नै कति आत्मदाह गरे । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३
१८) अकालमै मर्छन् यही देशका नागरिक, उनैको नाममा नेता मागिरहन्छन् भिक। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
१९) ढल्कदै छ उमेर लोभका रहर अझै उस्तै जाग्छ, संसारमा मान्छे जस्तो आरिष्य अरू छैन होला लाग्छ। ✍️ शंकर कार्की, मकवानपुर
२०) खै के भनौँ जता माउ उतै बाच्छो भने जस्तो, छक्कै पर्नु अझै कति सम्झाउ, नबुझ्ने कस्तो ? ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा ।
२२) एकदिन सबैकाेआउँछ पालाे ढिलाे र चाँडो मात्र, राम्राे काम गरी सबैको नजरमा बनाैं मुख्य पात्र । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा१ चार नम्बर कपिलवस्तु
२३) रूखमा हुन्जेल हल्लाउँछ झरेपछि गलाउँछ, अन्त्य होइन है समय आउँदा फेरि पलाउँछ । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
२४) रहरहरू धेरै हुँदा रैछन् जीवनरूपी वनमा, कति पूरा हुन्छन् कति भने गुम्सिन्छन् केवल मनमा । ✍️ बाबुराम पाण्डे अर्घाखाँची
२५) किन मान्नु टोपी दिवस टोपी पर्छ भने लुकाउनू, किन बोक्नु देशको झण्डा झण्डा पर्छ भने झुकाउनू । ✍️ ध्रुव श्रेष्ठ खोटाङ, हाल काठमाडौँ ।
२६) लाेभ माथि लाेभ थप्दै कुकार्यमा पसेर, रित्तियाे जीवन धनकाे लाेभमा फसेर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी
२७) होशमा आएदेखि थाहा भयो जागेर, सकियो जीवन पैसाकै पछि भागेर। ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल
२८) युद्धको बाटो त्यागेर सारा सुमार्ग खोजेर, मिलेर आज लम्कनु सबै विकास रोजेर । ✍️ आर्त अकुलीन
२९) बाँच्नु पनि किन पर्छ ती निमुखाहरू ? मस्तिमा बाँचेकालाई लैजा काल बरु । ✍️ जी.वि.चिन्तन घाेराही-१४ दाङ २०८०/०८/१६ बिहान ८:१४
३०) झरेका मरेका के कुरा गर्नु ? वाक्क लागेमा वैतरणी तर्नु । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
३१) बटुल्नु पर्छ धनसम्पत्ति आफ्नो पालो आउँदा, पछि के हो अहिले डाडु पन्यु आफैँ समाउँदा । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
३२) अधुरै हुन्छन् उत्कट इच्छा हुँदैनन् कहिल्यै सिद्ध, लालच माथि लालच थपिन्छ भएता पनि ऋद्ध l ✍️ बाबुराम गौतम, गुल्मी
३३) दर्दनाक पीडाहरू लुकाएर बाँचेका छन् कति ? लगाउँ मलम ती दर्दमा धर्म हुन्छ मागे जति । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
३४) मनु त हो रहर लाग्छ त्यस्तै गनुपर्छ कर्म, वर्षात ऋतु बनिदिनू तिमी बुझेर यो मर्म । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
३५) छायाँ शिशिरको पर्दा, नाङ्गिन्छन् वृक्ष यस्तरी, वसन्त फर्किदा भोलि, ठाँटिन्छन् दुलहीसरि। ✍️ रामशरण न्यौपाने, भक्तपुर
३६) रहर पालेर मात्र के गर्नु सकिन्न पूरा गर्न, ढकमक्क फुल्ने रङ्गीचङ्गी फूल पनि पर्छ झर्न । ✍️ चूडा निर्भीक गोरखा हालःकाठमाण्डौ ।
३७) आजभोलि देशमा अशान्ति नै अशान्ति छ धेर, विकासमा खर्चिने समय त यसै गयो खेर । ✍️ दुर्गा भट्टराई मोरङ -३
३८) द्वन्द जनयुद्धमा कति मान्छे मरे मारियो, उपलब्धि केही भएन, सत्ताकै लागि दोहोरो भिडन्त जनतामा उपयुक्त सन्देश गएन। ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाडौ हाल बारा सिमरा
३९) रहरको पछि हिँड्ने मान्छे अक्सर दुखी हुन्छ, मनका रहर सबै पुग्ने संसारमा कुन छ ? ✍️ पुष्पा सुवेदी नेपालगञ्ज,बाँके ।
४०) हिजोआज मेरो पनि उराठिलो दिन आयो, ओइलिएर झरेको पात डडेलोले खायो। ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ
४१) सङ्घर्ष जीवन हो उतारचढाव आउँछन्, हार नमानी अघि बढे सुख पनि पाउँछन् । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
४२) उचाल्नेकाे पछार्नेकाे राज्य भयो हाम्रो, तरपनि युद्धभूमि नबनेकै राम्रो । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
४३) सफलताकाे शिखर चुम्ने रहर थियोे कति, समयले साथ नदिँदा मन दुख्यो आज अति । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
४४) रहरहरू घाइते भए पनि जहर कहिले नखानू, मुना पलाउँछ बोटमा, हारेर सत्यानाशतिर नजानू । ✍️ मोती सुब्बा