नेपाल सरकारले ८ देशका राजदूतहरू सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका, बेलायतसहित ८ देशका राजदूतहरू सिफारिस गर्ने निर्णय भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
सचिवालयका अनुसार भारतमा पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन्। त्यस्तै अमेरिकामा पूर्वसचिव चन्द्र घिमिरे, बेलायतमा डा. विजन पन्त, डेनमार्कमा सुम्निमा तुलाधार, स्पेनमा पुष्पराज राजकर्णिकार, दक्षिण कोरियामा सुशील प्याकुरेल, मलेसियामा नेत्रप्रसाद तिमल्सिना र साउदी अरबमा अबुसुफ्यान खान मुसलमान सिफारिस भएका छन्।
सरकारले केही दिनअघि ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो। गठबन्धनमा आबद्ध प्रमुख दलहरूले राजनीतिक भागबण्डका आधारमा राजदूत सिफारिस गर्ने सहमति गरेका थिए। सोहीअनुरुप एमाले, माओवादी र जसपाबाट ८ जना राजदूतहरू सिफारिस भएका हुन्।
मोरङ सुनसरी सेवा समाज साउदी अरबद्वारा साउदी अरबको पूर्वी क्षेत्रमा क्षेत्रीय संगठन विस्तार गरिएको छ।
साउदी अरबको पूर्वी क्षेत्रमा हिजो १०मईका दिनमा गरिएको उक्त कार्यक्रममा मोरङ सुनसरी सेवा समाजको क्षेत्रीय संगठन विस्तार गरिएको हो।
उक्त विशेष कार्यक्रममा मोसुका केन्द्रीय प्रतिनिधि कुमार कार्की मोसु साउदी अरबका अध्यक्ष दीपक थापा लगायत गैर आवासीय नेपाली संघकी अध्यक्ष रविना अर्याल नेपाली राजदूतावास पूर्वी क्षेत्रीय सम्पर्क अधिकारी नारायण पासवान, राप्रपा साउदी अरबका अध्यक्ष कुबेर हुमागाईं ले आफ्नो मन्तव्य राख्नुभएको थियो। त्यस्तै उक्त कार्यक्रममा जनप्रगतिसिल साउदी अरबका अध्यक्ष रामचन्द्र वाग्ले, जनसम्पर्क समिति साउदी अरबका महामन्त्री सुरेशराज त्रिपाठी तथा झापाली समाज साउदी अरबका अध्यक्ष रविन गिरी लगायतले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम संयोजक रोशनकुमार श्रेष्ठ द्वारा उपलब्ध गराइएको जानकारी अनुसार पूर्वी क्षेत्रीय संगठनको अध्यक्षमा राजन ओझा, उपाध्यक्षमा तेजु श्रेष्ठ, सचिवमा राकेशकुमार राजवंशी। सहसचिवमा धर्मप्रसाद भट्टराई, कोषाध्यक्षमा जीवनगिरी तथा सदस्यहरूमा पुष्पा राई, रामप्रसाद पुरी, शुक्र लिम्बू, तथा सुरेश जिमी ले जिम्मेवारी पाएका छन्।
सो कार्यक्रम सभ्य तथा भव्य रुपमा सफल पार्न कार्यक्रम संयोजक रोशन श्रेष्ठ, कर्ण बहादुर बस्नेत तथा जिवन गिरीको मुख्य भूमिका रहेको थियो।
दम्माम, साउदी अरब ! सतारुढ नेकपा माओवादी केन्द्रको प्रवास भातृ संगठन नेपाली जन प्रगतिशील मोर्चाको अध्यक्षमा रामचन्द्र वाग्ले निर्विरोध निर्वाचित भएका छन् ।
गत १२ अप्रेल २०२४ शुक्रबार का दिन साउदी अरबको को पुर्बी क्षेत्र दम्माममा आयोजित मंचको छैठौं महाधिवेशनले एक दसक देखि साउदीमा कार्यरत नुवाकोटका वाग्लेलाई अध्यक्षमा निर्वाचित गरेको हो।
साउदीको प्रतिष्ठित कम्पनी अनाबिबमा बिगत १० बर्ष देखि कार्यरत वाग्ले श्रमिक आन्दोलन मार्फत तत्कालीन बिद्रोही माओवादीमा आबद्ध भएका थिए। वैदेशिक रोजगारीको सिलसिलामा साउदीमा कार्यरत अबस्थामा श्रमिक राहत तथा उद्वारमा सकृय रहदै आईरहेका छन् ।
महाधिवेशनमा माओवादीका केन्द्रिय उपाध्यक्ष तथा पुर्व मन्त्री पम्फा भुसाल र सचीव तथा पुर्व मन्त्री राम कार्की हरुको सहभागिता रहेको थियो ।
नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको पूर्वी प्रान्त दमाममा हुने छैठौं महाधिवेशन लाई सम्बोधन गर्न माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल साउदी अरव आएकी छिन् ।
आज १२ अप्रिल शुक्रबार दमाम स्थित रोज गार्डेन होटेलमा हुन गईरहेको उक्त कार्यक्रममा माओवादी केन्द्रका सचिव राम कार्कीको पनि उपस्थित रहने बताइएको छ!
को हुन् पम्फा भुसाल?
पहिलो सम्विधान सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तरगत ललितपुर ३बाट विजयी संविधान सभा सदस्य पम्फा भुसाल तत्कालीन समयमा माओवादी केन्द्रीय सदस्य थिइन् ।
२०७८ असार २९ गते शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ति भए सङ्गै उर्जा तथा सिंचाई मन्त्री भएकी भुसाल नेपाली राजनीतिज्ञ तथा पहिलो महिला पार्टी अध्यक्ष को रूपमा परिचित छिन्। उनी नेकपा केन्द्रमा प्रवक्ता समेत हुन् ।
उनी प्रतिनिधिसभा निर्वाचन, २०७४ मा पनि ललितपुर ३ बाट विजयी भइन । तर गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा ललितपुर ३ बाट ८७६९ बोट सहित तेस्रो नम्बरमा चित्त बुझाउनु परेको थियो।
जनमोर्चा नेपालको पहिलो महिला अध्यक्ष बनेकी भुसालले विक्रम सम्बत २०३३ सालदेखि विद्यार्थी राजनीतिबाट राजनीति गरेकी हुन् । २०३७ सालमा चौथो महाधिबेसनको सदस्यता लिएकी भुसाल २०५१ सालमा माओवादीकी केन्द्रीय सदस्य भइन् ।
फुर्सदको बेला समाजिक तथा राजनीतिक विषयमा अध्ययन गर्न रुचाउने भुसाल समाजिक असमानता देखेर नै राजनीतिमा लागेको बताउछिन् ।
विद्युत उपनामले चिनिने भुसाल ५ दिदीबहिनी र एक भाइमा साहिली हुन् । औसत नेपाली भन्दा सम्पन्न परिवारमा जन्मिएकी भुसाल ग्रामीण समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्।
पटकपटक गरेर १ वर्ष जेल बसेकी भुसाल फुन्टीबाङ बैठकपछि माओवादीकी पोलिटब्युरो सदस्य बनेकी थिइन्। २०१९ साउनमा अर्घाखाची किमडाँडा -५ आँपखोलामा भुसालको जन्म भएको हो। अन्तरिम कालमा माओवादी सरकारमा हुँदा महिला बालबालिका तथा समाजकल्याण मन्त्री थिइन्।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत) आज साउदी अरब आईपुग्नु भएको छ।
डा राउतलाई मंगलवार बेलुकी दम्माम अन्तर्राष्ट्रिय बिमानस्थलमा जनमत पार्टीको प्रवास संगठन गैर आवासीय मधेसी संघ ,साउदीका अध्यक्ष दिनेश साहु ,नेपाली राजदुतावासका पुर्बी क्षेत्रका सम्पर्क अधिकारी नारायण पासवान लगायत १५० जना भन्दा बढी सदस्य तथा शुभेच्छुकले स्वागत गरेको छ।
मधेस विभिन्न समय भएको आन्दोलनबाट चर्चामा आएको अध्यक्ष राउत गैर आवासीय मधेशी संघ ,साउदी अरबको आयोजनामा हुने नब बर्ष २०८१ ,रमादान ईद्को शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यको लागि एक हप्ता साउदी भ्रमण आउनु भएको हो।
अध्यक्ष राउतले बिहिवार (अप्रिल १०) साउदीको पुर्बी क्षेत्र जुबेलमा र शनिबार (अप्रिल १२) राजधानी शहर रियादमा हुने कार्यक्रममा सम्बोधन गर्नु हुनेछ।उहाँले साउदी बसाईक्रममा यहाँको विकासको अबलोकन गर्ने , नेपाली श्रमिक समस्या बारे प्रत्यक्ष जानकारी लिने र श्रमिक लगायत सरोकारबाला संग अंतरक्रिया गर्ने बताएको छ।
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय संघीय साम्सद डा. चन्द्रकान्त राउत (सि.के. राउत) ईस्लाम धर्मावलम्बीहरुको इदको समयमा साउदी अरब आउने भएका छन्।
विभिन्न कालखण्डमा भएका मधेस आन्दोलनबाट बहुचर्चित अध्यक्ष राउत गैर आवासीय मधेशी संघ ,साउदी अरबको आयोजनामा हुन लागिरहेको नब बर्ष २०८१ तथा रमादान ईद्को शुभकामना आदान प्रदानका साथै सास्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यको लागि साउदी आउने भएका हुन् ।
अध्यक्ष राउत आगामी अप्रिल ८ तारिख साउदीको पुर्बी क्षेत्र दम्माम आईपुग्ने छन् । राउतले अप्रील १० तारिख जुबेल र अप्रील १२ तारिख रियादमा हुने कार्यक्रमम सम्बोधन गर्नुहुने र अप्रील १३ तारिख स्वदेश फर्कने कार्यतालिका रहेको छ।
अध्यक्ष राउतले साउदी बसाईक्रममा यहाँको विकासको अबलोकन गर्ने , नेपाली श्रमिक समस्या बारे प्रत्यक्ष जानकारी लिने र श्रमिक लगायत सरोकारबाला संग अंतरक्रिया गर्ने कार्यक्रम रहेको छ।
रियाद – मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्। शुक्रबार, ०९ फरवरी २०२४ मा साउदी अरेवियाको रियाद शहरमा आयोजित संस्थाको तेस्रो साधारणसभाले थापा अध्यक्ष सहित २७ सदस्यिय कार्यसमिति चयन गरेको हो। १ जनवरी २०२० सातौं शाखाको रुपमा स्थापित सो संस्थाले सुजनसेर राईको अध्यक्षता,नेपाली राजदुतावास महामहिम राजदुत नवराज सुबेदी ज्युको प्रमुख आतिथ्यता नियोग उपप्रमुख डमरु बल्लभ पौडेल ज्यु, प्रथम सचिब टेक नारायण गिरी तथा मोसु नेपालका सल्लाहकार एबं प्रवास शाखा समन्वय समितिका संयोजक कुमार कार्कीको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो। सो साधारण सभाले अध्यक्षमा दिपक थापा उपाध्यक्ष : रोशन कुमार श्रेष्ठ उपाध्यक्ष : तुलाराम लिम्बु (राज) उपाध्यक्ष : कल्पना बस्नेत पोखरेल उपाध्यक्ष : सन्दिप कार्की उपाध्यक्ष : किशोर राई सचिब – देवेन्द्र विश्वकर्मा सहसचिव : लोक बहादुर पुरी सहसचिव : सन्जिब कोईराला सहसचिव : जयन्ती लिम्बु कोषाध्यक्ष : खेमराज कार्की सहकोषाध्यक्ष : शिवराज अधिकारी सहकोषाध्यक्ष : लाल बहादुर बोगटी सहकोषाध्यक्ष : मीन प्रसाद अधिकारी युवा संयोजक : पुरण तामाङ महिला संयोजक : ईशारा दहाल सदस्य : कमल महतो सदस्य : सोमिया सुन्दास सदस्य : आशिमा श्रेष्ठ सदस्य : रोशन बस्नेत सदस्य : अमर कार्की सदस्य : सीता क्षेत्री थापा सदस्य : फुर्वा लिम्बु सदस्य : शर्मिला मगर सदस्य : ऋत्तम भट्टराई सदस्य : ईन्दिरा श्रेष्ठ सदस्य : बिनोद खड्का
सल्लाहकार परिषद – सल्लाहकार संयोजक : सुजनशेर राई सल्लाहकार : हेम सुवेदी सल्लाहकार : राजेन्द्र अर्याल सल्लाहकार : दिनेश न्यौपाने सल्लाहकार : रबिना अर्याल सल्लाहकार : गणेश पोखरेल सल्लाहकार : नगेश तामाङ सल्लाहकार : अमर श्रेष्ठ सल्लाहकार : अरुण केसी सल्लाहकार : राजेन्द्र लिम्बू सल्लाहकार : नवीन मुडभरी सल्लाहकार : मनिष कोईराला सल्लाहकार : कर्ण बहादुर बस्नेत सल्लाहकार : मनोज धिमाल सल्लाहकार : सुरेन्द्र मोक्तान तामाङ निर्वाचित भएका छन्।कार्यसमितिको अवधी २ वर्षको रहनेछ। कार्यक्रममा २०२२/२४ को कार्य सम्पादनको मुल्याङ्कन गरी खेमराज कार्की र गणेश पोखरेल लाई सुजनसेर राईले प्रशंसा पत्रले सम्मान गरेका थिए। सोहि कार्यक्रममा समाज मा अतुलनीय योग्दान पुर्याउदै आउनु भएका समाजसेवी द्वय दिपक रेग्मी ब्याबसायी, नेका नेता एबं NRNA-ICC सदस्य) र ब्याबसायी अ्मर सापकोटा लाई मोसु मानार्थ दिएका छन्।
कार्यक्रममा सबै पाहुनालाई मोसु साउदिको प्रगति बिवरण पुस्तक बनाई बितरण गरेका थिए। उठेका जिज्ञासा लाई राईले सम्बोधन गरेका थिए।
कार्यक्रममा निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महामहिम नवराज सुबेदी र नियोग उप प्रमुखले सुजनसेर राईको २०२२/२४ कार्यकाल र मोसुको अभियान बारे खुलेरै प्रसंशा र धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा जितेन्द्र थपलिया, बिष्णु घिमिरे, हेम सुबेदी, रुपक वाइबा, टेक नारायण गिरी, दिपक रेग्मी, रबिना अर्याल , अमर श्रेष्ठ , अर्जुन थापा, अमर सापकोटा, लगायल धेरै बक्ताहरुले शुभकामना र बधाई दिएका थिए।कार्यक्रममा नेपाली नृत्य समुहले पुर्वै रमाइलो गितमा नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई मनोरञ्जन गराएका थिए। बासुरी बादक राज यात्री को समुहले बाध्यबादन बजाएर मनोरञ्जन दिएका थिए । NRNA-ICC सदस्य दिपक रेग्मी, NRNA-NCC अध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति सभापति अर्जुन थापा, प्रवासि नेपाली मन्च अध्यक्ष अंमर श्रेष्ठ , प्रवासी मन्च गंगा गोदार, पानस उपाध्यक्ष धिरज साउद , मानार्थ द्वारिकाराज गिरी, अन्नपुर्ण पोष्ट मध्यपुर्व प्रतिनिधि बिष्णु घिमिरे अन्तरसंस्था अध्यक्ष अमृत पौडेल, लगायत चालिस माथि संस्थाको अध्यक्ष र प्रतिनिधि साथै १८३ सामाजिक अभियान्ताहरुको उपस्थिति थियो भने राज लिम्बुले कार्यक्रम संचालन गरेका थिए। अन्त्यमा सभापति राईले सबै आदरणीय पाहुना प्रति कृतज्ञता ब्यक्त गर्दै आफ्नो कार्यकाललाई माया गरे झैं दिपक थापाको नेतृत्व लाई पनि साथ र माया गरिदिन अनुरोध गर्दै शुभकामना दिएर कार्यक्रम समापन गरेका थिए।
रियाद साउदी अरब ! नेकपा माओबादी केन्द्रको गौरवशाली प्रवास भातृ संगठन नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबले आफ्नो निरन्तर संगठन बिस्तारलाई अगाडी बढाउने क्रममा रियाद क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।
निरन्तर आफ्नो संगठन बिस्तार गर्ने क्रममा जुबेल क्षेत्रमा १९ जनवरी २०२४ मा क्षेत्रीय अधिबेसन सम्पन्न गरिसकेको र अन्य क्षेत्रहरूमा संगठन बिस्तार गर्ने क्रममा आगामी २ फेब्रुअरी २०२४ शुक्रबारको दिन दिउँसो ठिक १: बजे रियाद क्षेत्रीय अधिवेशन गर्न गइरहेको जानकारी गराएको छ।
आगामी दिन हरुमा आफ्नो पाटी सङ्गठन प्रति अझै प्रतिबद्द भएर श्रमिक वर्गको हक हित र अधिकार सुनिश्चितताको लागी अग्रपंक्तिमा रहेर अघि बढ्ने भन्ने बिश्वास लिएर रियादको होटल डिमोरा नेपाली मार्केट बथामा यो अधिवेशन गर्न लागेको नेपाली जनप्रगतिशिल मञ्च साउदीले जानकारी गराएको छ । उक्त अधिवेशन सफल बनाउन रियाद तथा आसपासमा रहनुहुने माओवाद विचार बोक्ने माओवादी केन्द्र पार्टी प्रति आस्था र भरोसा राख्ने समर्थक शुभेच्छुक शुभचिन्तक ज्युहरुलाइ उपस्थितिको लागि हार्दिक अनुरोध तथा निमन्त्रणा पनि गरेको छ ।
रियाद साउदी अरब ! “जनजन मा रास्वपा, मनमन मा रास्वपा, प्रवासमा पनि रास्वपा” अब जान्नेलाई छान्ने भन्ने मुल नाराका साथ संगठन बिस्तारमा अगाडि बढ्ने क्रममा प्रवास नेपाली सम्पर्कविभाग रास्वपा निकट भातृ संगठन साउदी अरब द्वारा रियादमा “प्रवास साखा” समिती गठन कार्यक्रम गर्ने भएको छ ।
उक्त समिति गठन कार्यक्रम आगामी २ फेब्रुअरी २०२४ शुक्रबारका दिन रियादको बथा स्थित डिमोरा होटलमा हुने प्रवास नेपाली सम्पर्क विभागले जानकारी गराएको छ । पुर्वी क्षेत्र दम्माममा “साखा समिती” गठन गरिसकेको र संगठन बिस्तारलाइ अगाडि बढाउने क्रम जारी राख्दै रियादमा साखा समिती बिस्तार गर्न लागेको प्रवास नेपाली सम्पर्क विभागले जनाएको छ ।
उक्त कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गराउन साउदीमा कार्यरत सम्पुर्ण घण्टी प्रेमी नेपालीहरु, विभिन्न पेशा व्यावसायीहरु, संघ संस्था हरु, मिडिया तथा सबै मान्यजन समाजसेवीहरु, साथै सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरुलाई कार्यक्रममा उपस्थित हुनका लागि हार्दीक निमन्त्रणा तथा अनुरोध गरेको छ ,
सम्पर्कको लागि । Laxman puri-0575433806 Rajendra thapa-0592515240 Awatr Tahapa-0596946803
मिति -2 फ्रेवरी 2024 ,शुक्रबार स्थान -रियाद बथ्था डिमोरा होटल
आयोजक: प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरव परिवार।