• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

क्रियापुर्ति सहित ६० जनाकाे काेराेना रिपाेर्ट नेगेटिभ

  • २४ भाद्र २०७७, बुधबार १४:३४ मा प्रकाशित

    तुलसीपुर २४ भाद्र

    दाङ तुलसिपुरमा कोरोना भाईरस संक्रमणको आसंकामा तुलसीपुर उपमहानगरपालिकाबाट संकलन गरिएको ६० जनाको नमुना स्वाव परिक्षण गर्दा सवैको रिपोट नेगेटिभ आएको छ । राप्ती स्वास्थय विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा तुलसीपुर ११ स्थित कृयापुर्ति सहित सवैको रिपोट नेगेटिभ आएको फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।भाद्र १९ गते भारतबाट कृयापुर्ति सहित तिन जना घर आएका थिए । त्यस्तैगरी पवनगर स्वास्थ्य चौकी, हेमन्तपुर नगर स्वास्थ्य केन्द्र र मानपुर स्वास्थ्य चौकीका कर्मचारीमा समेत कोरोना संक्रमण देखीएपछि तिन वटै स्वास्थ्य चौकीका कर्मचारीको स्वाव संकलन गरि परिक्षण गरिएको थियो । फोकल पर्सन केसीका अनुसार बालापुर क्वारेन्टाईनमा बसेकाहरुको पनि कोरोना परिक्षण गरिएको हो । कन्ट्याक्ट ट्रेसिङको आधारमा समुदाय स्तरका व्यक्तिको पनि नमुना स्वाव संकलन गरि परिक्षण गरिएको हो । कोरोना आसंकामा स्वाव परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि स्वास्थ्य चौकीमा जारी सिल हटाईएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on क्रियापुर्ति सहित ६० जनाकाे काेराेना रिपाेर्ट नेगेटिभ

    तुलसिपुर वाहिनिका काेराेना सङ्क्रमित ३० जना मुक्त

  • २४ भाद्र २०७७, बुधबार १०:२३ मा प्रकाशित

    तुलसिपुर २४ भाद्र
    दाङ तुलसीपुर नेपालि सेनाको १९ नम्बर बाहीनी कोरोनामुक्त भएको छ । ९ जना संक्रमित डिस्चार्ज भएसंगै बाहिनीका ३० जना संक्रमित सबै कोरोना मुक्त भएको १९ नम्बर बाहीनीले जानकारि दिएकाे छ ।गत साउन १८ गते प्युठानबाट आएका एक जवानमा कोरोना संक्रमण देखिएपछि संक्रमितको सम्पर्कमा आएकाको परिक्षण गर्दा साउन २७ गते २९ जनामा कोरोन संक्रमण देखिएको थियाे ।

    संक्रमित मध्ये २१ जना भदौ ९ गते रिर्पोट नेगेटीभ आएर डिस्चार्ज भएका थिए भने बाँकी ९ जनाको कोरोनाको कुनै लक्षण नदेखिएपछि १४ दिन आइसोलेसन र १४ दिन क्वारेन्टाइनमा बसेर डिस्चार्ज भएको नेपाली सेनाले जनाएको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on तुलसिपुर वाहिनिका काेराेना सङ्क्रमित ३० जना मुक्त

    अन्यत्र भन्दा काेराेना परिक्षण शुल्क महङ्गाे भएकाेमा सर्वत्र विराेध

  • २३ भाद्र २०७७, मंगलवार १९:४७ मा प्रकाशित

    तुलसीपुर २३ भाद्र

    दाङको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पिसिआर प्रबिधिबाट कोरोना परिक्षण स:शुल्क हुने भएको छ । प्रतिष्ठानले सार्बजनिक सुचना जारी गरेर अबदेखि स्वेच्छीक रुपमा लक्षण देखा परेकाले पिसिआर प्रबिधीबाट कोरोनाको परिक्षण स:शुुल्क हुने जनाएको हो ।

    प्रतिष्ठानले सरकारले तोकेको मापदण्ड अनुसार ४ हजार ४ सय रुपैयामा कोरोनाको परिक्षण गर्ने भएको छ । यद्यपी अन्यत्रको तुलनामा महंगो भएको भन्दै सामाजिक सञ्जालमा भने यस्को विरोध भैरहेको छ ।

    Posted in ताजा अपडेटLeave a Comment on अन्यत्र भन्दा काेराेना परिक्षण शुल्क महङ्गाे भएकाेमा सर्वत्र विराेध

    विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २३ भाद्र २०७७, मंगलवार १९:२५ मा प्रकाशित
  • काठमाडौं, २३ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । आज मात्र ९ सय ०२ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    इलामका १ जना
    उदयपुरका २ जना
    ओखलढुंगाका १३ जना
    झापाका १६ जना
    मोरङका ५१ जना
    सुनसरीका ३८ जना

    प्रदेश २ मा
    धनुषाका ३३ जना
    पर्साका १४ जना
    बाराका १२ जना
    महोत्तरीका ४ जना
    रौतहटका ८ जना
    सप्तरीका १८ जना
    सर्लाहीका ६ जना
    सिरहाका ४ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ३०० जना
    काभ्रेका २ जना
    चिततवनका २० जना
    दोलखाका २ जना
    धादिङका ८ जना
    नुवाकोटका ३ जना
    भक्तपुरका ५८ जना
    मकवानपुरका २४ जना
    रामेछापका ८ जना
    ललितपुरका ३८ जना
    सिन्धुपाल्चोकका १ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ३० जना
    गोरखाका १८ जना
    तनहुँका ३ जना
    नवलपरासी पूर्वका ७ जना
    पर्वतका १ जना
    लमजुङका २ जना
    वाग्लुङका १० जना
    स्याङजाका १ जना

    प्रदेश ५ मा
    अर्घाखाँचीका १ जना
    कपिलवस्तुका १ जना
    गुल्मीका १ जना
    दाङका ३ जना
    बर्दियाका ७ जना
    बाँकेका ५ जना
    रुपन्देहीका २१ जना
    रोल्पाका १ जना

    कर्णाली प्रदेशमा
    दैलेखका १ जना
    सुर्खेतका १८ जना

    सुदूरपश्चिम प्रदेशमा
    कञ्चनपुरका ९ जना
    कैलालीका ७७ जना

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

    कोरोना कहर:नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि कोरोना चपेटामा

  • २३ भाद्र २०७७, मंगलवार १८:५८ मा प्रकाशित
  • काठमाडौं ।

    कोरोना कहर:नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि कोरोना चपेटामा परेको छन।

    कोरोना कहरका कारण पुरै देश बिदेशनै त्रसित भएको छ, पीड़ा खेपी रहेको छ। कोरोनाले नेता,स्वास्थ्यकर्मी,संचारकर्मी, डाक्टर,कर्मचारी,अन्य कसैलाई छाडेको छैन।

    नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    मंगलबार स्वाब दिएको कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।

    उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on कोरोना कहर:नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला पनि कोरोना चपेटामा

    आज ९ सय ०२ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो

  • २३ भाद्र २०७७, मंगलवार १८:४९ मा प्रकाशित
  • काठमाडौ, २३ भाद्र
    नेपालमा विगत २४ घण्टामा ९ सय ०२ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ५ सय ९५ र महिला ३ सय ०७ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ३ सय १० जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १४ हजार ८ सय ६८ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५३ जना र होम आइसोलेसनमा ६ हजार ८ सय १५ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ६ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष ५ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा २ जना, गण्डकी प्रदेशमा ० जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय ६ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार २ सय ८७ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३२ हजार ९ सय ६४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा २ हजार ८ सय १६ जना, प्रदेश नं. २ मा ९ हजार ५ सय २३ जना, बागमती प्रदेशमा ५ हजार ०४ जना, गण्डकी प्रदेशमा १ हजार ९ सय ९२ जना, प्रदेश नं. ५ मा ५ हजार ७ सय ५१ जना, कर्णाली प्रदेशमा २ हजार ३ सय ९८ जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ४ सय ८० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १४ हजार ८ सय ६८ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ८ सय १५ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ८ सय ४० जना, प्रदेश नं. २ मा २ हजार ५ सय जना, बागमती प्रदेशमा २ हजार ४ सय २९ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ७ सय ८४ जना, कर्णाली प्रदेशमा ४० जना, र सुदुरपश्चिम प्रदेशमा १ सय २२ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार ५३ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ६ सय ६४ जना, प्रदेश नं. २ मा ३ सय ५३ जना, बागमती प्रदेशमा ४ हजार ३ सय ५३ जना, गण्डकी प्रदेशमा ७ सय ५७ जना, प्रदेश नं. ५ मा ८ सय ९० जना, कर्णाली प्रदेशमा ३ सय ०६ जना, र सुदुरपश्चिम प्रदेशमा ७ सय ३० जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ५ हजार ३ सय १० रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ९४ जना, प्रदेश नं. २ मा ५ सय ९२ जना, बागमती प्रदेशमा ४ सय ५२ जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार ४६ जना, कर्णाली प्रदेशमा ५ सय २४ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार १ सय ०८ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ४४ रहेको छ । जसमा प्रदेश न.१ मा ६ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा ८५ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २० जना, कर्णाली प्रदेशमा ३ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २३ जना रहेका छन । जसमा वागमती प्रदेशमा २२ जना र प्रदेश नं. ५ मा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ६ रहेको छ । जसमा ताप्लेजुङ, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ८ वटा रहेका छन । जसमा मोरङ, सुनसरी, धनुषा, सर्लाही, ललितपुर, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ७५ लाख १९ हजार ४ सय ३३ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख १० हजार ९ सय ०४ रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ८ लाख ९७ हजार ४ सय ९२ पुगेको छ । निको भई घर फर्कनेको संख्या १ करोड ९६ लाख ११ हजार ३७ जना रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on आज ९ सय ०२ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुग्यो

    सिन्धुपाल्चोक मा जारी लकडाउन भदौ ३१ गते सम्म यथाबत, मोडालिटी भने परिबर्तन गरिने

  • २३ भाद्र २०७७, मंगलवार १८:१९ मा प्रकाशित
  • सिन्धुपाल्चोकमा लकडाउनको मोडालिटी परिवर्तन गरिने भएको छ । भदौ १ गतेदेखि जारी लकडाउन चौथोपटक भदौ २४ गतेदेखि ३१ गतेसम्मको लागि थप गर्दा मोडालीटी समेत परिवर्तन गरिएको हो ।

    नयाँ नियमानुसार अब बजारका सबै पसल व्यवसाय दिउँसो ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने भएको हो । पसल खोल्दा स्वास्थ्य मापदण्डले तोकेको सबै प्रकृया अनिवार्य पुरा गर्नुपर्ने र त्यसको अनुगमन भने सिन्धुपाल्चोक उद्योग वाणीज्य महासंघले गर्ने भएको छ ।

    मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन खुकुलो पार्ने निर्णय गरेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए । सवारी साधन सञ्चालन गर्ने, अन्तरजिल्ला हिहडुल गर्ने लगाएतका यसअघिका निर्णय भने यथावत नै रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on सिन्धुपाल्चोक मा जारी लकडाउन भदौ ३१ गते सम्म यथाबत, मोडालिटी भने परिबर्तन गरिने

    पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणाली बाट बितरण गर्ने

  • २३ भाद्र २०७७, मंगलवार १७:५१ मा प्रकाशित
  • जिल्लाका १२ स्थानीय तहमध्ये पहिलोपटक पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बैँकसंग आधिकारीक सम्झौँता गरी सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणाली मार्फत वितरण गर्ने भएको छ ।

    गाउँपालिका र मेगा बैक लिमिटेड पाँचपोखरी शाखा बीच आज सो सम्झौता भएको हो । गाउँपालिका र मेगा बैक बीच विद्युतिय प्रणाली अनुसार सामाजिक सुरक्षा भत्ता भुक्तानी रणनीति २०७४ को अनुसूची ४ र सो बमोजिम शर्त मान्य हुने गरि आर्थिक बर्ष २०७७/०७८ देखि ०७९/०८० सम्म तिन बर्षको लागि बैँक सगं सम्झौता भएको हो ।

    गाउँपालिका प्रमुख टासि लामा, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला र मेगा बैक लि पाँचपोखरी शाखाका प्रबन्धक चतुर प्रसाद भट्टराई बिच सम्झौता कार्य सम्पन्न भएको हो ।


    संम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै शाखा प्रबन्धक भट्टराई ले जिल्लाकै विकट मानिने पाँचपोखरी थाङ्पाल गाउँपालिका क्षेत्रमा बैँकीङ प्रणाली मार्फत सेवा दिन पाउँदा खुसि व्यक्त गर्दै जनता माझ सरल सहज ढंगबाट सेवा प्रदान गर्न बैँकले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।


    त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला ले सामाजिक सुरक्षा भत्ता वितरणमा चुस्त दुरुस्त ढंगबाट सरकारले चालेका कदम नियम अनुसार पालिकाले जनता माझ सेवा प्रदान गर्ने बताउनु भयो । गाउँपालिका अध्यक्ष लामाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जेष्ठ नागरीक ,एकल ,अपाङ्ग असाहय, अतिअशक्त ब्यक्तिहरुलाई सरल र सहज ढंगबाट बैंकले भत्ता वितरण गरिदिनु पर्ने बताउनु भयो ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on पाँचपोखरी थाङ्पाल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता अब बैंकिङ प्रणाली बाट बितरण गर्ने

    तुलसीपुरमा कन्ट्याक्ट् ट्रेसिंग टिमलाई अभिमुखिकरण

  • २३ भाद्र २०७७, मंगलवार १५:१५ मा प्रकाशित
  • तुलसीपुर, दाङ, २३ भाद्र
    तुलसीपुरमा आज एक कार्यक्रमको आयोजना गरि कन्ट्याक्ट् ट्रेसिंग टिमलाई अभिमुखिकरण गरिएको छ । उक्त कार्यक्रमको आयोजना स्वास्थ्य कार्यालय दाङले गरेको थियो ।

    स्वास्थ्यका लागि सक्षम प्रणालीको आर्थिक सहयोग र विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा संचालित उक्त कार्यक्रममा तुलसीपुरमा कोभिड रोकथाम र नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरु र कन्ट्याक्ट ट्रेसिंग टिमको सहभागिता रहेकोे थियो ।

    कार्यक्रममा कन्ट्याक्ट ट्रेसिंग टिमलाई कोरोना संक्रमित व्यक्तिहरुको कसरी ट्रेसिंग गर्ने, कसरी सकृय केसहरूलाई व्यवस्थापन गर्ने, पिसिआर परिक्षणका लागि के कस्ता मापदण्ड अपनाउने र कन्ट्याक्ट ट्रेसिंग फाराम कसरी भर्ने जस्ता विषयमा सहभागीहरुलाई अभिमुखिकरण गरिएको थियो ।

    अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगद वहादुर शाही, विश्व स्वास्थ्य संगठनका मेडिकल अफिसर डा पवन उपाध्याय, जिल्ला कोभिड फोकल पर्सन कमल चन्द, प्रविण तिमिल्सिना लगायतका ब्यक्तिहरुले प्रशिक्षण दिएका थिए। कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीको स्वागत मन्तव्यबाट सुरु भएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on तुलसीपुरमा कन्ट्याक्ट् ट्रेसिंग टिमलाई अभिमुखिकरण

    कपिलवस्तुमा एक पत्रकारको मृत्यु, मृत्यु पछि कोरोना संक्रमण पुष्टि

  • २३ भाद्र २०७७, मंगलवार १४:२९ मा प्रकाशित
  • दाङ, २३ भाद्र
    कपिलवस्तुमा एक पत्रकारको मृत्यु पश्चात् कोरोना संक्रमण पुष्टि भएको छ । तौलिहवाका ती ६२ वर्षीय पत्रकारको हिजो सोमबार मृत्यु भएको हो ।

    कोरोना संक्रमणका कारण मृत्यु हुने पत्रकारमा उनी पहिलो हुन पुगेका छन । मृतक पत्रकार नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद रहेको बुझिएको छ ।

    उच्च रक्तचाप, मधुमेह र मृर्गौला सम्बन्धि समस्याबाट पिडित ती पत्रकारलाई अचानक स्वास्थ्य समस्या देखिएपछि जिल्ला अस्पताल तौलिहवा पुर्‍याईएको थियो । सोही अस्पतालमा उपचार गर्दागर्दै उनको मृत्यु भएको थियो ।

    मृत्यु पछि उनको स्वाव संकलन गरि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा पिसिआर प्रविधिबाट परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on कपिलवस्तुमा एक पत्रकारको मृत्यु, मृत्यु पछि कोरोना संक्रमण पुष्टि

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P