• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

विद्यार्थीलाई नि:शुल्क इन्टरनेट प्रदान गर्ने शिक्षा मन्त्रालयको निर्देशिकामा उल्लेख,

  • २६ भाद्र २०७७, शुक्रबार १८:३२ मा प्रकाशित
  • काठमाडौं : कोरोना महामारीका कारण शैक्षिक संस्थाहरू बन्द रहँदा पहुँच भएको परिवारका बालबालिका अनलाइन कक्षा लिइरहेका छन्। इन्टरनेटको पहुँच बाहिर रहेका विद्यार्थीहरुले अनलाइन कक्षा लिन पाइएका छैनन्। यसैबीच अनलाइन शिक्षा सहजीकरणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय एवम् त्यहाँ अध्ययनरत विद्यार्थीलाई नि:शुल्क इन्टरनेट सेवा दिने गरी निर्देशिका जारी गरेको छ।

    मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ भदौ १९ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत गराएको थियो। उक्त निर्देशिकामा नेपाल टेलिकम लगायतका इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि नि:शुल्क वा सहुलियत शुल्कमा डेटा प्याकेज प्राप्त गरी मन्त्रालयले विद्यालय र विद्यार्थीलाई उपलब्ध गराउने प्रावधान समावेश गरेको छ।

    तर, यसको सेवा दिने सम्बद्ध कम्पनीहरूलाई भने मन्त्रालयले जानकारी नै पठाइसकेको छैन। सेवा प्रदायक कम्पनीहरू मन्त्रालयको उक्त निर्देशिका बारे जानकारी नै नभएको बताउँछन्। शिक्षा मन्त्रालयले निःशुल्क वा सहुलियत शुल्कमा इन्टरनेट प्राप्त गरी उपलब्ध गराउने व्यवस्था निर्देशिकामा समावेश गरे पनि अहिलेसम्म ‌औपचारिक प्रस्ताव नआएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए।

    स्कुल-कलेज नखुल्दा आफ्ना बालबालिकाको एउटा शैक्षिक सत्र पूरै जोखिममा परेको भन्दै अभिभावकहरु चिन्तित छन्। उनीहरूले बाध्य भएर महंगो शुल्क तिरेरै भएपनि छोराछोरीलाई  अनलाइन कक्षा पढाउन घरमा इन्टरनेट कनेक्सन लिइरहेका छन्।

    एनटीसी र एनसेलले दिइरहेका छन् डेडिकेटेड शैक्षिक डेटा प्याक

    अहिले सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक एनसेलले अनलाइन कक्षा सञ्चालनका लागि शैक्षिक डेटा प्याक उपलब्ध गराइरहेका छन्। टेलिकमले ‘इ-शिक्षा प्याकेज’ र ‘ह्याप्पी लर्निङ प्याक’ देशका कुनै पनि शैक्षिक संस्थाका शिक्षक तथा विद्यार्थीलाई उपलब्ध गराइरहेको प्रवक्ता जोशीले जानकारी दिए।

    इ-शिक्षा प्याकेज ६ जीबी र १५ जीबी डेटा प्याकमा उपलब्ध रहेको टेलिकमले जनाएको छ। ६ जीबी डेटाको मूल्य २ सय ६० रुपैयाँ र १५ जीबी डेटाको ५ सय रुपैयाँ रहेको टेलिकमले जनाएको छ।

    यी दुवै प्याक बिहान ५ देखि साँझ ५ बजेसम्म मात्रै चलाउन सकिने कम्पनीले जनाएको छ। यस्तै, ह्याप्पी लर्निङ प्याक २४ जीबी र ३५ जीबी डेटा प्याकमा उपलब्ध छ। २४ जीबीको ३ सय १५ रुपैयाँ र ३५ जीबीको ५ सय रुपैयाँ मूल्य रहेको टेलिकमले जनाएको छ। इ-शिक्षा प्याकेज र ह्याप्पी लर्निङ प्याक २८ दिनसम्मलाई योग्य हुने टेलिकमले जानकारी दिएको छ।

    यस्तै, एनसेलले पनि स्टुडेन्ट प्लान सञ्चालन गरिरहेको छ। अनलाइन कक्षालाई लक्षित गरी ल्याइएको यो प्याकमा इ-लर्निङअन्तर्गत २० जीबी डेटा रहने एनसेलले जनाएको छ। स्टुडेन्ट प्लानको सुरुआती मूल्य २ सय ५५ रुपैयाँदेखि ७ सय २ रुपैयाँसम्म रहेको कम्पनीले जानकारी दिएको छ। इ-लर्निङसहित यो प्याकेजमा फोर जी नेटवर्कमा चल्ने गरी थप २ देखि ८ जीबी डेटा रहने एनसेलले जनाएको छ। यो प्याक ३० दिनसम्मलाई योग्य हुने बताइएको छ।

    अन्य दूरसञ्चार सेवा प्रदायकले भने शैक्षिक प्रयोजनका लागि भन्दै छुट्टै डेटा प्याक उपलब्ध गराएका छैनन्। साभार पहिलोपोस्ट बाट ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विद्यार्थीलाई नि:शुल्क इन्टरनेट प्रदान गर्ने शिक्षा मन्त्रालयको निर्देशिकामा उल्लेख,

    कीर्तिपुरमा घरबेटीको कुटाइबाट एकको मृत्यु

  • २६ भाद्र २०७७, शुक्रबार १८:२४ मा प्रकाशित
  • कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जनाको मृत्यु भएको छ।

    कीर्तिपुर नगरपालिका ७ बस्ने ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा बहालमा बसेका बारा कलैयाका ४८ वर्षीय शम्भु चौधरीमाथि कुटपिट गरेका थिए।

    महर्जनले काठको भाटाले हिर्काउँदा शम्भु गम्भीर घाइते भएको महानगरीय प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) रूकेश तन्डुकारले बताए।

    आज दिउँसो उनीहरूबीच विवाद हुँदा झडप भएको हो। त्यहीक्रममा बहालमा बसेका पुरूष घाइते भएका थिए’ उनले भने।

    चौधरीले केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्न थालेका थिए। तर आज चौधरीले मापसे गरी महर्जनको घरमा झगडा गर्न पुगेको प्रहरीले जनाएको छ। 

    घाइते भएका उनको उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको डिएसपी तन्डुकारले जानकारी दिए। प्रेमलाल महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।

    मृतकको बाहिरी चोट भने नदेखिएको डिएसपी तन्डुकारले बताए।

    ‘उनको बाहिर चोट भने देखिएको छैन। भित्री चोट देखिन्छ’ उनले भने, ‘पोष्टमर्टम रिपोर्ट आएपछि पूर्ण विवरण आउँछ।’ आजको सेतोपाटिले छापेको छ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on कीर्तिपुरमा घरबेटीको कुटाइबाट एकको मृत्यु

    बन्धक बनाई फिरौती माग्ने तीनजना पक्राउ

  • २६ भाद्र २०७७, शुक्रबार १८:१५ मा प्रकाशित
  • काभे, भदौ २६ । काभ्रेमा व्यक्ति अपहरण तथा शरीर बन्दक बनाई फिरौती रकम माग्ने तीनजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पाँचखाल नगरपालिका– १२ तीनघरेका आकाश परियार, तेमाल गाउँपालिका– ७ सविना तामाङ र रोेशी गाउँपालिका उमा परियारलाई पक्राउ गरेको हो ।

    उनीहरुले पाँचखाल नगरपालिका–१२ देवभूमिका राजकुमार दनुवारको अपहरण गरी बन्धक बनाई ५० हजार फिरौती माग गरेको प्रहरीले जनाएको छ ।

    बिहीबार राती बनेपा नगरपालिका–१० बुडोलबाट पिडित राजकुमार दनुवारलाई सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी कुमार विक्रम थापाले जानकारी दिनुभयो ।इमेज खबर बाट।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on बन्धक बनाई फिरौती माग्ने तीनजना पक्राउ

    विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

  • २६ भाद्र २०७७, शुक्रबार १७:२९ मा प्रकाशित
  • काठमाडौं, २६ भदौ
    नेपालमा पछिल्लो प्राप्त जानकारी अनुसार कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ । आज मात्र १ हजार ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रीफिङमा दिएको जानकारी अनुसार थप संक्रमितको प्रदेश तथा जिल्ला अनुसार विवरण निम्नानुसार रहेको छ ।

    प्रदेश १ मा
    झापाका १४ जना
    मोरङका ४७ जना
    संखुवासभाका १२ जना
    सुनसरीका ४४ जना

    प्रदेश २ मा
    धनुषाका २ जना
    पर्साका ३ जना
    बाराका २ जना
    महोत्तरीका २ जना
    रौतहटका ६ जना
    सप्तरीका ४ जना
    सर्लाहीका ७ जना
    सिराहाका ४२ जना

    बागमती प्रदेशमा
    काठमाडौंका ६२० जना
    कभ्रेपलान्चोकका ११ जना
    चितवनका ७४ जना
    धादिङका १ जना
    नुवाकोटका ३ जना
    भक्तपुरका ३८ जना
    मकवानपुरका ५४ जना
    रामेछापका १ जना
    ललितपुरका ३८ जना
    सिन्धुपाल्चोकका २ जना
    सिन्धुलीका २ जना

    गण्डकी प्रदेशमा
    कास्कीका ११ जना
    गोरखाका ६ जना
    तनहुँका ८ जना
    नवलपरासी पूर्वका ३८ जना
    पर्वतका २ जना
    लमजुङका ६ जना
    स्याङजाका ४ जना

    प्रदेश ५ मा
    कपिलवस्तुका २८ जना
    गुल्मीका २० जना
    दाङका ५ जना
    नवलपरासी पश्चिमका ३५ जना
    पाल्पाका १२ जना
    प्युठानका १३ जना
    बर्दियाका १ जना
    बाँकेका १८ जना
    रुकुम पुर्वका ११ जना
    रुपन्देहीका १०२ जना
    रोल्पाका ३ जना

    कर्णाली प्रदेशमा
    जुम्लाका १ जना
    सुर्खेतका २६ जना

    सुदूरपश्चिम प्रदेशमा
    कंचनपुरका २ जना
    कैलालीका ६७ जना
    डोटीका ६ जना

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on विगत २४ घण्टामा कुन कुन जिल्लामा कती, कती संक्रमित

    आज १ हजार ४ सय ५४ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुग्यो

  • २६ भाद्र २०७७, शुक्रबार १७:०२ मा प्रकाशित
  • काठमाडौ, २६ भाद्र
    नेपालमा विगत २४ घण्टामा १ हजार ४ सय ५४ जना नयाँ संक्रमित थपिएका छन। जसमा पुरुष ९ सय ९१ र महिला ४ सय ६३ रहेका छन ।

    आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा प्रबक्ता डा. जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।

    प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ६ हजार ७८ जना र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार २ सय ९१ जना र होम आइसोलेसनमा ६ हजार ६ सय ३४ जना रहेका छन ।

    विगत २४ घण्टामा कोरोनाका कारण ५ ब्यक्तिको मृत्यु पुष्टि भएको छ । जसमध्ये महिला १ जना र पुरुष ४ जना रहेका छन । मृत्यु हुनेमा प्रदेश १ मा १ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा १ जना र प्रदेश ५ मा १ जना रहेका छन । यसरी हालसम्ममा मृत्यु हुनेको संख्या भने ३ सय २२ पुगेको छ ।

    त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ९ सय ७२ रहेको छ भने हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३६ हजार ६ सय ७२ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ३ हजार ३ सय २४ जना, प्रदेश नं. २ मा १० हजार २ सय ४२ जना, बागमती प्रदेशमा ६ हजार ५ सय ३५ जना, गण्डकी प्रदेशमा २ हजार १ सय ४३ जना, प्रदेश नं. ५ मा ६ हजार २ सय ४८ जना, कर्णाली प्रदेशमा २ हजार ४ सय ७० जना, र सुदुरपश्चिम प्रदेशमा ५ हजार ७ सय १० जना रहेको छ ।

    मन्त्रालयका प्रबक्ता डा. गौतमका अनुसार हाल सक्रिय संक्रमित संख्या १४ हजार ९ सय २५ रहेको छ । होम आइसोलेसनमा बस्नेको संख्या ६ हजार ६ सय ३४ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ३७ जना, प्रदेश नं. २ मा २ हजार १ सय ४५ जना, बागमती प्रदेशमा २ हजार ५ सय ०१ जना, गण्डकी प्रदेशमा १ सय जना, प्रदेश नं. ५ मा ६ सय ७८ जना, कर्णाली प्रदेशमा ९० जना, र सुदुरपश्चिम प्रदेशमा १ सय ८३ जना रहेको छ ।

    त्यस्तै संस्थागत आइसोलेसनमा बस्नेको संख्या ८ हजार २ सय ९१ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ४ सय १९ जना, प्रदेश नं. २ मा ४ सय ०१ जना, बागमती प्रदेशमा ४ हजार ८ सय १० जना, गण्डकी प्रदेशमा ७ सय ६२ जना, प्रदेश नं. ५ मा १ हजार १ सय ०२ जना, कर्णाली प्रदेशमा २ सय ५३ जना, र सुदुरपश्चिम प्रदेशमा ५ सय ४४ जना रहेको छ ।

    त्यस्तै हाल क्वारेन्टाइनमा बसिरहेकाको संख्या ६ हजार ७८ रहेको छ । जसमध्ये प्रदेश नं. १ मा ९ सय ९५ जना, प्रदेश नं. २ मा ४ सय ९२ जना, बागमती प्रदेशमा ४ सय ६१ जना, गण्डकी प्रदेशमा ५ सय ९४ जना, प्रदेश नं. ५ मा १ हजार २ सय ४० जना, कर्णाली प्रदेशमा ६ सय २३ जना, र सुदुरपश्चिम प्रदेशमा १ हजार ६ सय ७३ जना रहेको छ ।

    नेपालमा हाल आई सि यु मा उपचाररत कोरोना संक्रमितहरुको संख्या १ सय ७० रहेको छ । जसमा प्रदेश न.१ मा ५ जना, प्रदेश न. २ मा २४ जना, बागमती प्रदेशमा १ सय ७ जना, गण्डकी प्रदेशमा ५ जना, प्रदेश नं. ५ मा २२ जना, कर्णाली प्रदेशमा ६ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन । भेन्टिलेटर सहितको उपचाररत संक्रमित भने २५ जना रहेका छन । जसमा वागमती प्रदेशमा २२ जना, प्रदेश नं. ५ मा २ जना र सुदुरपश्चिम प्रदेशमा १ जना रहेका छन ।

    नेपालमा संक्रमित संख्या शून्य हुन पुगेका जिल्लाहरुको संख्या ७ रहेको छ । जसमा सोलुखुम्बु, म्याग्दी, मनाङ, मुगु, डोल्पा, हुम्ला र मुस्ताङ रहेका छन । त्यस्तै ५०० भन्दा बढी संक्रमित हुने जिल्ला ५ वटा रहेका छन । जसमा सुनसरी, सर्लाही, चितवन, रुपन्देही र काठमाण्डौ पर्दछन ।

    विश्वभर हालसम्म कोरोनाको जम्मा केस संख्या २ करोड ८३ लाख ३५ हजार ६ सय ६७ रहेको छ भने सक्रिय संक्रमित संख्या ७० लाख ६४ हजार १० रहेको छ । हालसम्म मृत्यु हुने विरामीको संख्या ९ लाख १४ हजार २ सय ६६ पुगेको छ । निको भई घर फर्कनेको संख्या २ करोड ३ लाख ५७ हजार ३ सय ९१ जना रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on आज १ हजार ४ सय ५४ जना थप कोरोना संक्रमित, जम्मा संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुग्यो

    कोरोनाको उपचारमा आयुर्वेदको प्रयोग बढाउन प्र.म.ओलीको आग्रह

  • २६ भाद्र २०७७, शुक्रबार १६:१३ मा प्रकाशित
  • काठमाडौँ, २६ भदौ
    प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताएका छन्।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ आयुर्वेदिक क्षेत्रका विज्ञसंँग छलफलमा उनले कोभिड –१९ को रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने बताए।

    प्रधानमन्त्री ओलीले आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकीकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए। आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने प्रवृत्ति हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको जनाउँदै यसमार्फत भविष्यमा सिङ्गो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगको विकास गर्ने लक्ष्य राखिएको उनले बताए।

    कोरोना भाइरस नियन्त्रणमा आयुर्वेदलाई प्रयोग मात्रै नगर्न र यसको प्रयोगलाई बढाउन उनले सबैको ध्यानाकर्षण गरे। प्रधानमन्त्री ओलीले आयुर्वेदमार्फत उपचारमा हाल भइरहेका काम र उपयोगी घरेलु विधिको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गर्न पनि आग्रह गरे।
    जनमुखी खबर

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोरोनाको उपचारमा आयुर्वेदको प्रयोग बढाउन प्र.म.ओलीको आग्रह

    दिनेश एफ एममा पत्रकार माथि भएको सांघातिक हमला प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाको गम्भीर ध्यानाकर्षन !

  • २६ भाद्र २०७७, शुक्रबार १५:४६ मा प्रकाशित
  • आज बिहान दिनेश एफ एममा पत्रकार माथि भएको सांघातिक हमला प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले गम्भीर ध्यानाकर्षन भएको जनाएको छ !
    थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यस संचार गृहका सह-सम्पादक जनक बिष्ट लगायत पत्रकारमाथि गरिएको आक्रमणको घटना प्रति पत्रकार महासंघ घोर निन्दा गर्दछ भनि उल्लेखित बिज्ञप्तिमा जनाईएको छ !

    साथै बिज्ञप्तिमा कुनै पनि समाचार प्रति बिमति भय कानुनी बाटो हुदा हुदै सञ्चार गृहमा सांघातिक आक्रमण गरिनुले पछिल्लो समय आम पत्रकार अरुले असुरक्षित महसुस गर्नु परिरहेको छ भन्दै आक्रमण घटनामा संलग्न हरुलाई तुरुन्त कानुनी दयरामा ल्याई आवस्यक कारवाही गर्न माग गरेको छ भनि उल्लेख गरिएको छ !

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on दिनेश एफ एममा पत्रकार माथि भएको सांघातिक हमला प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाको गम्भीर ध्यानाकर्षन !

    तुलसीपुर उपमहानगरलाई दुई निजि अस्पतालद्वारा ५ सय १५ थान भिटियम सहयोग

  • २६ भाद्र २०७७, शुक्रबार १५:३८ मा प्रकाशित
  • तुलसीपुर, दाङ, २६ भाद्र
    तुलसीपुर उपमहानगरपालिकालाई दुई निजि अस्पतालहरुले ५ सय १५ थान भिटियम सहयोग गरेका छन । सहयोग गर्ने निजि अस्पताल मध्ये तुलसीपुर सिटि हस्पिटलले २ सय थान किट र मेट्रो काठमाडौं हस्पिटल काठमाडौंले ३ सय १५ थान किट सहयोग गरेको हो ।

    उक्त भिटियम तुलसीपुर सिटि अस्पतालका संचालक विमल रिजाल, विनिल केसी र हेमराज शर्माले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

    तुलसीपुरमा समुदायस्तरमा कोरोना संक्रमित व्यक्तिहरु भेटिन थाले पछि तुलसीपुर उपमहानगरपालिकाले लकडाउनको समयमा समुदायमा नै अन द स्पट स्वाव संकलन गरि पिसिआर परिक्षणको लागि दायरा वढाएको छ ।

    यसरी परिक्षणको दायरा वढेसंगै तुलसीपुरमा भिटियमको अभाव खड्किरहेको थियो । उक्त सहयोगले कोरोनाको थप पिसिआर परिक्षणका लागि सहयोग पुग्ने जनस्वास्थ्यप्रवर्द्धन शाखाले जनाएको छ। हाल सम्म तुलसीपुरमा ३ हजार ५१ जनाको स्वाव परिक्षण गरिसकिएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on तुलसीपुर उपमहानगरलाई दुई निजि अस्पतालद्वारा ५ सय १५ थान भिटियम सहयोग

    भ्रममा नपर्न मेलम्ची नगरपालिकाको सार्वजनिक रुपमा आग्रह

  • २६ भाद्र २०७७, शुक्रबार १४:४६ मा प्रकाशित
  • मेलम्ची नगरपालिका र कार्यालयमा कार्यरत कर्मचारीहरु राती अबेरसम्म कार्यालयमा बसेको भन्दै केही तस्बिर र भिडियो सामाजिक संजालमा आएको कुराप्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ ।

    २६ गते शुक्रबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले रातसाँझ खटिएर काम गर्ने कर्मचारीको विषयमा यथार्थ नबुझी समाचार सम्प्रेषण हुँदा कर्मचारीको मनोबल घट्ने र कार्यसम्पादनमा नकारात्मक असर पर्ने हुँदा विषयवस्तुको यथार्थता बुझेर मात्र प्रतिक्रिया जनाउन सबैमा अनुरोध पनि गरेको छ ।

    साथै कार्यालयबाट यथार्थता बुझ्ने प्रक्रिया सुरु भएको र कर्मचारीबाट कुनै गल्ती भएको ठहरिएमा कारवाही गरिने समेत विज्ञप्तिमा उल्लेख छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीतिLeave a Comment on भ्रममा नपर्न मेलम्ची नगरपालिकाको सार्वजनिक रुपमा आग्रह

    गण्डकी प्रदेशमा एकैदिनमा ६५ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७९५ पुग्यो

  • २६ भाद्र २०७७, शुक्रबार १३:३८ मा प्रकाशित
  • २६ भदौ, काठमाडौं । गण्डकी प्रदेशमा थप ६५ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

    गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ९ : ५० बजे र १० : ४५ बजे १७/१७ जना र ११ बजे ३१ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

    निर्देशनालयका अनुसार नवलपुरका ३३ जना, कास्कीका १२ जना, तनहुँका ११ जना, लमजुङका ५ जना, स्याङजाका र पर्वतका २/२ जना रहेका छन् ।

    तनहुँका ५ जना संक्रमित प्रहरी हुन् भने अन्य सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

    क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, भरतपुर अस्पताल, चितवन र क्षयरोग उपचार केन्द्रमा भएको परीक्षबाट उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

    योसँगै गण्डकीमा संक्रमितको संख्या २७९५ पुगेको छ । अनलाइन खबर बाट।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on गण्डकी प्रदेशमा एकैदिनमा ६५ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या २७९५ पुग्यो

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P