
काठमाडौ, ३२ असार । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४२ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
उनलाई जिताउन मैले, हार्दै हार्दै गएँ,
अन्तमा उनी नगर बधु, म दलाल भएँ ।
✍️ वसन्त अनुभव

सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१]
तिम्रै निम्ति बिताउँछु मेराे सारा जिन्दगानी,
प्यास मेट्नु तिमी सबकाे म चाहिँ तिम्राे पानी ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी
[२]
सेवा र सेवक एउटै समयमा एकैजना हुन्न,
वर्तमान अरूलाई सुम्पी तिमी लाग्यो भविष्य गुन्न।
✍️
म्यामराज राई
भोजपुर
[३]
खोजी गर्दै हिँडेकाथ्यौ दलाल काम पहिले,
धोका पाउँदा थाहा भो नसा लागेछ अहिले ।
✍️
बेदु न्यौपाने
काठमाडौ
[४]
पहिल्यै दलालीको बाटो रोजेका’थ्यौ अब पछुताउँछौ किन?
द्वारपाल भै बस नगरवधूको तयार छिन् बक्सिस दिन !
✍️
प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर
[५]
दलाल बनी सुःख सुबिधा पाउने होइन रहर,
समयले न दिदा साथ हुनुपर्यो यसैमा निर्भर।
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही१८
[६)
सफलताको लागि सँगै हिँडेकाे थिएँ तिम्रै भरले,
जब मेरो अस्मितानै लुट्न खाेजौ टाढा भएँ डरले ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५भक्तपुर ।
[७]
जति हत्कण्डा अपनाए पनि उनैलाई नृप ठान्छन् ,
दलालहरूले उनैलाई विष्णुको अवतार मान्छन् ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[८]
सारा सम्पत्ति त के ? हरपल साथ दिने वाचा थियो हाम्रो,
नगर बधू बन्यौ आखिर, मेरो आफ्नै जोवन भयो चाम्रो ।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[९]
जित्नेहरू जहिल्यै सिंह बन्दै जान्छन् जिताउने सधैँ नै रूने,
कहिले आउला यो समाजमा सबैको अवसर उस्तै हुने।
✍️
शंकर कार्की
मकवानपुर
[१०]
अन्धो हुन्छ माया भनी जान्नुपर्छ हामीले,
केही हुन्न त्यस्तो झारफुक गर्दा धामीले ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया
[११]
देश, जनता र समृद्धि जडसुत्र यो भन्छु,
मध्यस्थता नगरी न तिमी बन्छौ न म बन्छु ।
✍️
होम प्रसाद नेउपाने
धरान,सुनसरी
[१२]
तिमीले जिते संसार नै मेराे हुन्छ ठानेँ पहिले ,
कुर्सीकाे फेरिँदाे रुप बुझेँ धोका हुँदामा अहिले ।
✍️
निरज कोइराला
बेलका
[१३]
स्वार्थी भए, साथ लिए, जिती लागेछ मात,
आफ्नो बाटो सोझाएर, गर्नु गरेछन् घात !
✍️
रबि श्रेष्ठ
सन्धिखर्क-१,अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही !
[१४]
जस्तालाई तस्तै भइदियो, सुर्ताउँछौ किन ?
उनीलाई रिझाई राख, सदा बक्सिस लिन ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[१५]
जसरी तसरी जिताएर उनलाई नगर बधु बनाएँ,
आखिरीमा नाङ्गिएर दलालको उपनाममा खुशी मनाएँ !
✍️
बिबस पारदर्शी
भद्रपुर ङापा
[१६]
न रावण थिएँ म, न राम भएँ,
पासा पल्टियो दलाल बन्न गएँ ।
✍️
बिके मुखिया
दार्जीलिङ भारत।
[१७]
झुटो मायाजालमा पारी बेचिस् छोरी चेली,
कोठीभित्र रोइरा’का छन् चमेली र बेली ।
✍
नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[१८]
तिम्रो प्रशंसा र तारिफ गर्ने नै बनायौ नि मेरो धन्दा,
यसैगरि तिमीले पार्यौ ममाथि नराम्रो जादुको फन्दा !
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौं
[१९]
आफू दलाल भई उनलाई, सामान बनायाै,
वधुलाई नगरमा बेची, धेरै दाम कमायाै !
✍️
गाेपालकृष्ण डंगाेल
काठमाण्डाैँ (हाल इटहरी)
[२०]
नहारी कसैले यहाँ कसैको त जीत हुन्न,
जित्नेलाई पनि किन यहाँ विवेकले छुन्न ।
✍️
त्रिलोचन भण्डारी
मेचिनगर,झापा
[२१]
लुकाएर वास्तविकता किन कुरा चपाउँछौ,
उनको दोष देखाएर आँफैलाई बचाउँछौ ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[२२]
तिम्रै लागि लडेँ म ज्यान दिएर,
धोका दियौ बस्दैछु आँसु पिएर ।
✍️
सरस्वती श्रेष्ठ इटहरी
[२३]
सोच्नु त सोचेकै हो मैले पनि त तिम्रो लागि,
साथ दिएन तिम्रै भाग्यले, रहेछौ अभागी ।
✍️
सुरेखा चाम्लिंग
भक्तपुर २
[२४]
जस्तो नेता त्यस्तै जनता, उस्तै-उस्तै हामी
दलालीको भरमा देश, बनाउने दामी ?
✍️
बि.कुलुङ
दार्जिलिङ
[२५]
उनलाई भिजाउन म पानी बनेँ,
खुसी पार्नकै निम्ति मैले स्वामी भनेँ ।
✍️
सन्तु
[२६]
निष्ठुरी बनेर गइन् उनी मेरो विश्वास तोडेर,
नहोस् यस्तो अरूलाई गर्दछु बिन्ती हात जोडेर ।
✍️
दीपक ठटाल जलन
[२७]
स्वार्थी छ संसारै स्वार्थ बिना काे छर यहाँ,
इच्छा पूर्ति पश्चात् बिर्सन्छन् सबै मान्छे जहाँ ।
✍️
रामप्रसाद पुरी,
बादेल, खाेटाङ ।
[२८]
अनगिन्ती इच्छा चाहानाले सताइएका हामी,
याैन-कर्मी दलाल नामले पत्याईएका नामी ।
✍️
रामकृष्ण दुवाडी
पाेखरा ।।
[२९]
म कुर्सीमा बस्छु र दलाल काम गर्छु,
बैङ्कको लकरमा नोटै नोटले भर्छु ।
✍️
मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार
बिर्तामोड झापा
[३०]
नेपालका भोगी नेता के ल्याउँथे रेल,
छुचुन्द्राको टाउकोमा चमेलीको तेल ।
✍️
शुदर्शन शर्मा
सिरानचोक ३गोरखा
[३१]
धन सम्पत्ति धेरै कमाएर लागेछ मात,
आफ्नो दुनाे भरी अरू माथि गरे अन्तर्घात ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३२]
पहिला तिमीले आफ्नो औँकातको खोजी गर्नू,
भतुवा खोज्दै हिड्ने बुज्रुगको पासमा पर्नू ?
✍️
दस्ता कौशिक
पाँचथर।
[३३]
तिम्रै लागि आधा जीवन बिताएँ मैले त्यसै,
आखिरमा छोडेर गयौ चुसी जीवन रसै ।
✍️
दुर्गा भट्टराई
मोरङ
[३४]
जिताउन भनी तिनलाई के के गरे मैले,
विकास केही गरेनन् भ्रष्टाचार गरे जैले ।
✍️
भगवती दवाडी ,झापा
[३५]
तिम्रो जित र मेरो हारमा, खुसी मनाएँ,
तिम्रो त्यो अनुहारमा मेरै आभास पाएँ ।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[३६]
उनलाई खुसी राख्न सधैँ हार्दै-हार्दै गयौ,
चाहे जस्तै बन्न पुगेछौ र त दलाल भयौ ।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[३७]
खोली तरेर लौरी बिर्सने तिम्रो बानी,
तिम्रो नै भरमा पर्दा भयो साह्रै हानी ।
✍️
देबकी के .सी.
काठमाडौ
[३८]
टेढो औँलाले घिउ झिक्नेहरू सबैतिर टिक्छन्,
आफ्नो दुनो सोझ्याएपछि तिनी धोका दिन सिक्छन् ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ १, काठमाडौँ
[३९]
हार सम्झे जित सम्झे तिम्रोपछि पर्दा,
अनायासै झुक्नु पर्यो तिमीले नै गर्दा ।
✍️
जि कुमार गौतम
भद्रपुर -१ झापा
[४०]
शुद्ध बानीबेहोराका गाह्रो मानिस पाउन,
मिल्छ भन्ने थाहा पाए खोज्छन् बगर धाउन ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[४१]
आदर्शकाे पात्र ठानी सर्वेसर्वा ठान्दै दिएको साथ,
तिम्रा घृणित व्यवहारले वाक्क भई समाए माथ ।
✍️
प्रद्युम्न चालिसे
देवघाट तनह ।
[४२]
जता हेर्यो धोखेबाज संसार देखियो,
अलिअलि विश्वास थियो सबै मेटियो ।
✍️
रचना शर्मा प्रतीक्षा,
महालक्ष्मी नपा, ललितपुर ।
[४३]
जता हाेचाे उतैतिर ताल आफैँ पर्छ,
निमुखाकै मुखभित्र घाेचाे पर्ने गर्छ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४४]
नसकिने भयो विकासमा हानाथाप हुन हाले,
घिउ मुछेर भात खाऊ भन्दा हात टोक्दिन थाले ।
✍️
अम्विका अधिकारी
झापा विर्तामोड










