शान्तिनगर, दाङ, १६ असार /अज्ञात समूहको सांघातिक आक्रमणबाट दाङ शान्तिनगर गाउँपालिका वडा नं. २ का वडाध्यक्ष फर्साराम डाँगी गम्भिर घाईते भएका छन् ।
मंगलबार विहान ११ : ४० बजेतिर अज्ञात समूहले कार्यकक्ष मै साघातिक आक्रमण गर्दा डाँगीको टाउको र खुट्टामा गम्भिर चोट लागेको छ । उनका अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
डाँगीलाई ४ / ५ जनो समूहमा आएका ब्यक्तिहरुले दाउरा र रडले आक्रमण गरेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै विप्लवको पर्चा समेत भेटिएको भन्दै यस विषयमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिब बहादुर सिंहले जानकारी दिए ।
वडाध्यक्ष डाँगीलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लग्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष कमानसिह डाँगीले बताउनुभयो ।
अनलाइन राप्ती

